Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नागरिकताका शर्तहरुको निर्णय मलेहरूले गर्न पाउनुपर्छ

महाथिर विन मुहमद महाथिर विन मुहमद
भदौ ५, २०७४
- विचार, विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मलेहरूले ठानेका छन् कि मलाया सधैँ उनीहरूको भूमि रहिआएको छ र रहिरहनुपर्छ। यदि मलायामा आएर बसोबास गर्ने गैरमलेहरूलाई नागरिकता दिनैपर्छ भने त्यस्तो नागरिकताको प्रकार, त्यसका अधिकार र दायित्वको निर्णय मलेहरूले गर्न पाउनुपर्छ। यो मुलुकको नागरिक भएर गैरमलेहरूले मलेसियाको स्वामित्वमा हिस्सेदारी मात्र पाउने होइनन्, अपितु नागरिकताका विशिष्टता, नागरिकताका सर्त–बन्देज र नागरिक भएपछि पनि उसले परिवर्तन गर्न नपाउने कुराहरू निहीत हुन्छन्। मलाया मलेहरूको आफ्नो भूमि हो ? हुन त, मलेहरू यस भूभागका पहिला बासी पनि होइनन्। अन्य आदिबासीहरू यहाँ मलेहरूभन्दा पहिलेदेखि नै बसोबास गर्दथे। मलेहरूले आदिबासीहरूलाई विस्थापित गर्न हुन्छ भने मलेहरूलाई पनि चिनियाँ र भारतीयहरूले विस्थापन गर्न हुन्छ। त्यसकारण चिनियाँ र भारतीयहरू मलेसरह हुन्। अर्को शब्दमा भन्नुपर्दा, मलेहरूको मलाया प्रायद्वीपमा चिनियाँ र भारतीयहरूको भन्दा बढी अधिकार छैन।

    नागरिकताका शर्तहरु के कस्ता हुन सक्छन् ?

    राष्ट्रिय परिचयको स्थापनाका लागि अन्तर्राष्ट्रिय स्वीकृति र मान्यता अत्यन्त महत्वपूर्ण हुन्छ। यो मान्यता धेरै प्रकारले अभिव्यक्त हुन्छन्। कुटनीतिक सम्बन्ध यस्तो मान्यताको देखिने रूप हो तर औपचारिक सम्बन्ध जहाँ हुँदैनन्, सरकार वा त्यस भूभागको वास्तविक अधिकारी (जोसँग अन्य मुलुकले मोलतोल गर्छन्, सन्धि/सम्झौता गर्छन्, व्यापार गर्छन्, त्यो) पनि त्यस जाति वा राष्ट्रको कानुनी मान्यता प्राप्त शासक मानिन्छ। सारा संसारले अस्ट्रेलियनसँग सम्झौता गर्नु वा त्यससँग संसर्ग बढाउनु तर अस्ट्रेलियाका आदिबासीसँग छुट्टै त्यसो नगर्नुको तात्पर्य अस्ट्रेलिया, आप्रबासी अस्ट्रेलियनको हो भनी मान्यता दिनु हो।

    अस्ट्रेलियाका सुरुका आप्रबासी ब्रिटिस मूलका थिए। त्यसपछि युरोपेली मूलका अन्य आप्रबासी त्यहाँ थपिए। तर, अन्य आप्रबासी त्यहाँ पुग्नुअघि नै उनीहरूले अस्ट्रेलियनका रूपमा आफ्नो अन्तर्राष्ट्रिय चिनारी बनाइसकेका थिए। उसका चिनारीका प्रमुख पक्ष थिए, ऊ अङ्ग्रेजी बोल्छ, आधारभूत रूपमा अङ्ग्रेजहरू जस्तो रीतिथिति अपनाउँछ र क्रिश्चियन धर्म मान्छ। अस्ट्रेलियाले ब्रिटिस राजमुकुटसँग आफ्नो सम्बन्धलाई स्वीकारेको छ, र आफू स्वतन्त्र भएपछि पनि त्यसलाई कायम राखेको छ। यो परिचयको स्थापनाको मतलब के भयो भने पछि गएका युरोपेली र एसियाली आप्रबासीसमेतले यो परिचयको मान्यताभित्र रहनुपर्ने भयो। यो मान्यतालाई नमान्नुको मतलब कानुनी रूपमा अस्ट्रेलियन बन्न नपाउनु भयो। आफ्ना मुलुकसँगका सबै सम्बन्ध त्यागेर अष्ट्रेलियाको स्थायी बासिन्दा हुन्छ र अस्ट्रेलिया छाड्दिन भनेर कुनै गैरब्रिटिस आप्रबासीले भन्दैमा ऊ अस्ट्रेलियन हुन पाउँदैन भन्ने तथ्य यसले देखाउँछ। आधिकारिक अस्ट्रेलियनहरूले मात्रै त्यो नवागन्तुकले कहिलेदेखि आफूलाई अस्ट्रेलियन भन्न पाउँछ भन्ने कुराको निर्णय गर्दछन्।

    स्वीकृत सर्त–बन्देजका मातहत रहन स्वीकार गर्ने व्यक्तिले बसोबासको कानुनी मान्यता पाउँछ र उसका सन्तान अस्ट्रेलियन हुन्छन्। तर, अस्ट्रेलियन भएपछि पनि उसले त्यहाँका स्थापित मान्यताहरूमा परिवर्तन हुनुपर्छ भन्ने अधिकार पाउँदैन र उसले आफ्नो मूल देशको भाषा, संस्कृति त्यहाँ पनि मान्यताप्राप्त हुनुपर्छ भन्न पाउँदैन। रसियन मूलको अस्ट्रेलियनले अस्ट्रेलियामा अन्यसरह आफ्नो अधिकारको दावा गर्दै रसियन भाषा र संस्कृति अष्ट्रेलियामा लागू हुनुपर्छ भनेर ढिपी गर्न पाउँदैन। सुरुका अङ्ग्रेज आप्रबासीहरूले यस्तो कदम सहने छैनन् र आफ्नो स्थितिलाई अझ कमजोर हुन नदिन उपायहरू गर्छन्। त्यो त्यसो गर्ने नव–अस्ट्रेलियालीहरूलाई देश निकाला समेत गर्न सक्छन्।

    जुनबेला उनीहरूले अमेरिकी हुनुको मान्यता पाउँछन्, त्यसैबेला नै उनीहरू आफ्नो भाषा र मूल देशका बारेमा बिर्सने कोसिस गर्न थाल्छन् र आफ्ना झुग्गी–झोपडीबाट आङ तन्काउँदै बाहिर निस्केर आम अमेरिकी जस्तो व्यवहार गर्न थाल्छन्। त्यसपछि तिनीहरू अमेरिकनभन्दा उग्र अमेरिकन हुन थाल्छन् र अमेरिकन हुनुको गर्वका साधनहरूको रक्षा, कानुनको पालना, शिक्षा नीतिको वकालत र खासगरी आप्रबासनसम्बन्धी कानुनको तरफदारीमा सबभन्दा अगाडि हुन्छन् र यसरी अमेरिकन हुनुको स्वीकृत मान्यताहरूका पहरेदार बन्छन्।

    इतिहास र नीतिमा अस्ट्रेलिया जस्तै अर्को देश अमेरिका हो। अस्ट्रेलियाका आदिबासीभन्दा बढी सङ्गठित र बढी विकसित ‘रेड इन्डियन’हरू कहिल्यै पनि संयुक्त राज्य अमेरिकाका स्वामी भनेर अन्तर्राष्ट्रिय रूपमा मानिएनन्। अमेरिकाका विभिन्न भागमा शूरुमै बसोबास गर्न जाने ‘एङ्ग्लो–सेक्सन’ मूलका मात्र थिएनन्, प्रशस्त डचहरू न्यू एमस्टर्डम (पछि न्यूयोर्क) मा गएर बसे। त्यस्तै, दक्षिणमा पर्ने लुजियाना फ्रेन्चहरूले बसाएका हुन्। ब्रिटिस मूलका त १३ राज्य मात्र थिए। आफ्नो अत्यधिक बढी सङ्ख्याको शक्ति र युद्ध र सम्झौताका माध्यमबाट ‘एङ्ग्लो–सेक्सन’ मूलका मानिसहरूले आफ्नो दबदबा कायम गरे र आफ्नालाई अमेरिका भएको स्थायी चिनारी दिए। युरोपेली आप्रबासीहरूको बारम्बारको आगमनले विशुद्ध ब्रिटिस–मूललाई चाँडै अल्पमतमा पार्‍यो तर त्यो आप्रबासनलाई यसरी व्यवस्थापन गरियो कि अङ्ग्रेजी भाषा र संस्कृति अमेरिकी परिचयको आधारभूत पक्ष रहिरह्यो ।

    आज अमेरिकामा त्यस्ता केही स–साना क्षेत्र छन्, जहाँ जनताहरू आफ्नो जातीय मूल थरको भाषा बोल्छन्, केही रीतिथिति पालना गर्छन् र आफ्नै धर्म मान्छन्। यहुदीहरू, इटालियनहरू, प्युरेटोरिकोका आप्रबासीहरू र चिनियाँहरू समेत खासखास क्षेत्रमा सामुदायिक रूपमा बसोबास गर्छन् र आफ्ना भाषा बोल्छन् । तिनीहरूका आफ्नै पत्र–पत्रिकासमेत प्रकाशित हुन्छन्। तिनीहरूले आफ्नो ‘पुरानो देश’सँगको सम्बन्धलाई जीवित राखेका छन्।

    जुनबेला उनीहरूले अमेरिकी हुनुको मान्यता पाउँछन्, त्यसैबेला नै उनीहरू आफ्नो भाषा र मूल देशका बारेमा बिर्सने कोसिस गर्न थाल्छन् र आफ्ना झुग्गी–झोपडीबाट आङ तन्काउँदै बाहिर निस्केर आम अमेरिकी जस्तो व्यवहार गर्न थाल्छन्। त्यसपछि तिनीहरू अमेरिकनभन्दा उग्र अमेरिकन हुन थाल्छन् र अमेरिकन हुनुको गर्वका साधनहरूको रक्षा, कानुनको पालना, शिक्षा नीतिको वकालत र खासगरी आप्रबासनसम्बन्धी कानुनको तरफदारीमा सबभन्दा अगाडि हुन्छन् र यसरी अमेरिकन हुनुको स्वीकृत मान्यताहरूका पहरेदार बन्छन्।

    नजिकैको उदाहरण लिने हो भने हाम्रो छिमेकमा थाइल्यान्ड र भियतनाम छन्। थाइल्यान्डमा ठूलो सङ्ख्यामा चिनियाँ अल्पसङ्ख्यक समुदाय छ। अन्दाजी अढाइ करोड जनसङ्ख्या भएको देशमा तीस लाख चिनियाँ होलान्। यसका अतिरिक्त प्रशस्त चिनियाँहरूले थाइहरूसँग वैवाहिक सम्बन्ध गाँसेका छन् र तिनलाई पनि थाइ नै मानिन्छ । चिनियाँहरूको थाइल्यान्डमा आगमन त्यतिबेलै सुरु भएको हो जति बेला चिनियाँहरूले दक्षिणी प्रान्त (अहिले पनि उनीहरू त्यसै भन्छन्) मा आप्रवास गर्न सुरु गरे। दक्षिणपूर्व एसियाका महाद्वीपमा जोडिएका मुलुकहरूलाई चिनियाँ साम्राज्यका आश्रित राष्ट्रहरू मानिन्थ्यो र चीनको कुटनीतिक नियोगहरूलाई अन्य देशका नियोगलाई भन्दा पहिले मान्यता दिइन्थ्यो। फलतः चिनियाँहरूको व्यापारिक ढिपी र सम्पन्न हुने आकाङ्क्षाले बढीभन्दा बढी चिनियाँहरूको दक्षिण–पूर्व एसियामा आगमन र बसोबासलाई बढायो । निकट अतीतसम्म पनि यी चिनियाँहरूको आफू बसोबास गरेको देशको नागरिकता प्राप्त गर्ने आकाङ्क्षा देखिएको थिएन।

    तथापि, थाइल्यान्डमा सर्वप्रथम चिनियाँहरूको व्यापारमा दबदबाका गम्भीर परिणाम महसुस गरियो। थाइहरूले कहिले राष्ट्रिय मूलधारमा नआएका ठूलो चिनियाँ समुदायले थाइल्यान्डलाई (जो चीनसँगको भौगोलिक सामीप्यको असहज र अपरिवर्तनीय स्थितिमा छँदै्थियो) चीनको साँच्चैको आश्रित राष्ट्र बनाउने खतरा महसुस गरे। यसै भन्न सकिन्न तर के कुरा भने पक्का हो भने थाइल्यान्डको इतिहासको सुरुआतसँगै थाइहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचानमा बढ्दो चिनियाँ समुदायको प्रभाव पर्न नदिने उपायहरू एकपक्षीय रूपमा लागू गरिए। अन्तर्जातीय विवाह, थाइ संस्कृति भाषा–धर्म अपनाउने कुरालाई प्रोत्साहन गर्दै चिनियाँहरूलाई मात्रै लागू हुने गरी व्यापार र रोजगारीमा नियन्त्रण गर्ने नीति बनाइए। देशको शासन–प्रशासनमा थाइहरूको मात्रै अथवा चिनियाँ थाइ मिश्रणका थाइ परिचयसँग एकाकार भएकाहरूसमेतको अधिकार रहने कुरालाई स्थापित गरियो। यसरी तत्कालै थाइल्यान्डमा कसको के र कति अधिकार छ भन्ने विचार भिन्नतालाई सदाका लागि निर्मूल गरियो। कुन विदेशी अप्रबासीले थाइल्यान्डमा पहिले बसोबास गरेको थियो भन्ने प्रश्न उठ्नुअघि नै आधिकारिक थाइहरूले नागरिकता दिने वा नदिने निर्णय गर्ने अधिकार आफ्ना हातमा लिए। तीस लाख चिनियाँ मूलका बासिन्दा स्थायीरूपले थाइल्यान्डमा बसोबास गर्छन् तर त्यसको मलतब उनीहरूलाई आफू थाइ भनेर चिनाउन र आफ्नो भाषा संस्कृतिलाई थाइल्यान्डको भाषासंस्कृति मान्नुपर्छ भन्ने अधिकार पनि छैन।

    दक्षिण–पूर्व एसियामा अन्य स्थान पनि छन् जहाँ चिनियाँहरूले मलेसिया सँगसँगै बसोबास गरेका थिए। तर, कहीँ पनि उनीहरूले आफू आदिबासी जनता भएको दाबी गरेका छैनन् अथवा आदिबासी जनताका रूपमा मान्यता पाएका छैनन्।

    मेरा तर्कहरूका गुरुत्व के हो भने, मलेहरू मलायाका आधिकारिक मालिक हुन् र यदि मलेबाहेक अरूलाई नागरिकता दिनुपर्छ भने त्यो मलेहरूको स्वीकृतिले मात्र दिइनुपर्छ। र, त्यो स्वीकृति सशर्त हुन्छ।

    आधिकारिक नागरिक को हुन्?

    अन्य देशको अध्ययनको पहिलो निचोड के हो भने, कुनै जातिको बसोबासभन्दा पूर्व आदिबासीहरूको बसोबास हुँदैमा त्यो देश तिनै आदिबासी कै ठहर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छैन। आदिबासीहरू जापान, अस्ट्रेलिया, ताइवान आदिमा छन् तर कहीँ पनि तिनीहरूलाई त्यस देशका आधिकारिक जनता मानिँदैन। आधिकारिक जनता भनेका ती हुन् जसले पहिलो सरकारको स्थापना गरे र ती सरकारसँग अन्य मुलुकहरूले आधिकारिक व्यवहार गरे र कुटनीतिक सम्बन्ध स्थापना गरे।

    अर्को अवस्था पनि हुनसक्छ। पहिलो प्रभावकारी सरकार स्थापना गर्ने जनता र तिनका उत्तराधिकारीहरू सधैँ आदिबासी जनताभन्दा सङ्ख्यात्मक हिसाबमा, त्यस भूभागमा बढी हुनुपर्छ। मैले माथि उल्लेख गरेका देशमा यस्तो छ तर दक्षिण अफ्रिका, केन्या र रोडेसिया (जिम्बाब्बे) मा आदिबासी जनजातिहरू, पहिलो प्रभावकारी सरकार स्थापना गर्ने जातिभन्दा कता हो कता बढी छन्।

    यो देशका अवस्थामा आधुनिक विश्वको कस्तो दृष्टिकोण छ भन्ने हामीलाई थाहा छ। केन्यामा रहेको गोराहरूको सरकार पहिलो प्रभावकारी सरकार हो तापनि सारा संसार के कुरामा जोड दिन्छ भने काला अफ्रिकीहरू गोराभन्दा बढी छन्, तिनीहरू त्यस क्षेत्रका आदिबासीहरू हुन्, शासन गर्ने अधिकार उनीहरूकै हो र तिनीहरू नै केन्याका आधिकारिक जनता हुन्। त्यही तर्क दक्षिण अफ्रिका र रोडेसिया (जिम्बाब्बे) का हकमा पनि लागू हुन्छ। यी मुलुकहरूमा पहिलो प्रभावकारी सरकार गोराहरूले नै स्थापित रूपमा गरेका हुन् भन्ने तथ्यका बाबजुद र लामो समयदेखि नै ती मुलुकका प्रतिनिधिका रूपमा स्वीकारिँदै आए पनि त्यो क्षेत्रमा जातीय रूपले सम्बद्ध र जनसङ्ख्याको हिसाबमा पनि धेरै बढी भएका काला अफ्रिकीहरूलाई शासन सत्तामा समावेश गराउन गोराहरूमाथि चर्को अन्तर्राष्ट्रिय दबाब छ।

    मेरा तर्कहरूका गुरुत्व के हो भने, मलेहरू मलायाका आधिकारिक मालिक हुन् र यदि मलेबाहेक अरूलाई नागरिकता दिनुपर्छ भने त्यो मलेहरूको स्वीकृतिले मात्र दिइनुपर्छ। र, त्यो स्वीकृति सशर्त हुन्छ।

    मलायामा निःसन्देह मलेहरूले पहिलो प्रभावकारी सरकारहरू बनाए । मलायाको इतिहासको सुरुआतसँगै मले राज्यहरूले अन्तर्राष्ट्रिय मान्यता पाएका थिए। विदेशी राष्ट्रहरूले व्यवहार, सन्धि/सम्झौता र कुटनीतिक सम्बन्धका बारेमा मले शाषित यिनै मले राज्यहरूसँग सम्पर्क गर्थे। मले प्रायद्वीपका स्थायी आधिकारिक जनता भनेको सधैँ यिनै इचबलन: बबिथग अर्थात् मले नै रहिआएका छन्। आदिबासीहरूले यस्तो मान्यता पाएको कुनै रेकर्ड भेटिँदैन र उनीहरूले यस्तो मान्यता पाउनुपर्ने दावा पनि गरेका छैनन्। यहाँ कुनै त्यस्तो आदिबासीको राज्य भएको जानकारी छैन न त आदिबासीको सरकार भएकै जानकारी छ। त्यसभन्दा पनि ठूलो कुरा त के हो भने इतिहासको कुनै कालखण्डमा पनि उनीहरूको सङ्ख्या मलेहरूको भन्दा बढी थिएन। के कुरा प्रस्ट छ भने यदि आज मलायामा ४० लाख आदिबासी हुन्थे भने मलाया प्रायद्वीप हाम्रो हो भन्ने मलेहरूको दावामा सारा संसारले औँला ठड्याउने थियो। तर, वास्तविकता के छ भने मलायामा आदिबासीहरू केही हजारभन्दा बढी छैनन्।

    चिनियाँ साम्राज्यले केही मले राज्यहरूबाट सलामी दस्तुर लिन्थ्यो। यो आफैँमा पनि मले राज्यहरूको अस्तित्वलाई चिनियाँ साम्राज्यको मान्यताको एउटा रूप र त्यसको सरकारको वैधानिकताप्रति लालमोहर थियो। यसरी के प्रस्टसँग देखिन्छ भने यदि अन्तर्राष्ट्रिय व्यवहारलाई कुनै प्रमाण मान्ने हो भने मले प्रायद्वीपका आधिकारिक जनता भनेका मलेहरू नै हुन्, यसको वास्तविक र पहिलो शासक र यसको मालिक मलेहरू नै हुन्। अरू कुनै जातीय समूहसँग यो तथ्यलाई खण्डन गर्ने आधार छैन । इतिहास, खासगरी आधुनिक इतिहासले मलेहरूको यो दावालाई पुष्टि गर्दछ। विदेशी सरकार र जनताले गर्ने सबै प्रकारका लेनदेन मलायाका शासक मले राजाहरूमार्फत हुन्थे। मलाया प्रायद्वीपका तर्फबाट लेनदेन, सन्धि–सम्झौता गर्ने अधिकारीका रूपमा अरू कसैले कहिल्यै आफूलाई प्रस्तुत गरेन। मलाक्का प्रान्त पुर्तगालीहरूले मलेसँग जितेका हुन्। त्यसपछि त्यो प्रान्त उनीहरूको हारपछि डचहरूको हातमा र तिनको पनि हारपछि अङ्ग्रेजहरूका हातमा पुग्यो। पेनाङ प्रान्त केढा प्रान्तका मले सुल्तानले ब्रिटिसहरूलाई भाडामा दिएका हुन्। डिनडिङ्स र पाङ्कोर क्षेत्र पेराक प्रान्तका मले सुल्तानले भाडामा दिएका हुन्। यी दुई प्रान्तमा बस्ने ब्रिटिसहरूका औपनिवेशिक प्रजा नै ब्रिटिसहरूका उत्तराधिकारी बन्न पाउने बारेमा कहिल्यै पनि प्रश्न उठाइएन। ब्रिटिसहरूसँगै आएका ती आप्रबासीहरूलाई कहिल्यै सोधिएन पनि।

    पुस्तौं बसोबास गर्दा पनि नागरिक नहुन सकिन्छ

    अर्को तर्क छ– असङ्ख्य आप्रबासीहरू मलायामा एक पुस्ता वा त्यो भन्दा लामो समयदेखि बसोबास गरिआएका छन् र आफ्नो मूलथलो आफ्नो मुलुकसँग अब उनीहरूको कुनै सम्बन्ध छैन। यी मान्छे के भन्छन् भने उनीहरू अब मलायाप्रति मात्र बफादार छन् त्यसकारण उनीहरूले पनि मलायाको नागरिकता पाउनुपर्छ र मलेबराबर हक पाउनुपर्छ। बफादारिता प्रमाणित गर्न केही कठिन सर्तहरूका बाधा त छिचोल्नै पर्छ। त्यति हुँदा पनि उनीहरूको सबै दावा प्रमाणित गर्न मुस्किल हुन्छ। आप्रबासीहरूले भन्न सक्छन्– मलाया बाहेक उनीहरूको कुनै देश छैन। उनीहरू मलायामा जन्मेका हुन्, यहीँ काम गर्छन् र सिरिखुरी यहीँ छ। मर्ने पनि यहीँ हो, घाट जाने पनि यहीँ हो। मलेहरूकै जस्तो उनीहरूको जाने अर्को देश वा भन्ने अर्को घर छैन । यहाँ पनि र परदेशमा पनि उनीहरू मलायन नै हुन्।

    तर, अब यो तथ्यमा ध्यान दिउँ– एउटा मले र एउटा भारतीयलाई मलाया छाड्न बाध्य पारौँ, त्यो भारतीय भारतमा गएर बसोबास गर्न र फेरि भारतीय हुन सक्छ तर मले त्यसो गर्न सक्दैन। त्यसैगरी चिनियाँ पनि उसले आफ्ना बारेमा जे सुकै सोचोस्, उसले फर्कने आवश्यकता महसुस गर्यो भने चीनले उसलाई स्वीकार गर्छ। वास्तवमा, मलेसिया बस्ने भारतीयहरूले भारतको नागरिकता लिन चाहँदा भारतले अस्वीकार गरेको हामीलाई थाहा छैन। त्यसैगरी, जब राजनीतिक कारणले मलाया र इन्डोनेसियाबाट चिनियाँहरूलाई निकालियो, चीनले तिनीहरूलाई सहर्ष स्वीकार गर्यो। मलेहरूलाई मलायाबाट हटाउने हो भने तिनीहरूको जाने ठाउँ कहाँ छ? तिनीहरूले आफूलाई देशबासी भन्ने कुनै पनि देशले समेत मलेहरूलाई परापूर्वकालमा इन्डोनेसियाबाट गएको मान्दैन र मले आप्रबासीहरूलाई स्वतः स्वीकार गर्ने छैन।
    हामी अहिले एउटा नयाँ राष्ट्रको निर्माणको प्रक्रियामा छौँ जुन विभिन्न जातीय समूहको फूलबारी हुनेछ । यो नयाँ राष्ट्र र नागरिकताको स्वरूप यस्तो हुनुपर्छ– जसले सबै जातीय समूहहरूलाई समेट्न सकोस् । यदि हामी स्वार्थी जातीय पूर्वाग्रहले जन्माउने भिन्नताहरूबाट बच्न चाहन्छौँ भने, सापेक्ष अधिकार र हकका बारेमा हरेक जातिको समान धारणा हुन आवश्यक छ । यो साझा अवधारणा सर्वव्यापी हुनैपर्छ । त्यसका अतिरिक्त त्यस्ता साझा अवधारणा तथ्यसङ्गत तर्कहरूमा आधारित हुनुपर्छ न कि भावनात्मक उत्तेजना र स्वार्थी नियतमा ।

    आदिबासी भनेका को हुन् ?

    साँच्चैको आदिबासी हुनलाई जातिविशेषको अन्य कुनै जातिसँग जातीय सम्बन्ध हुनुहुँदैन र कुनै एक खास देशसँग सम्बन्धित हुनुपर्छ। कसैको जातीय मूल अर्को देशको जातीय मूलसँग मिल्छ र त्यो देशलाई स्वीकार्य पनि हुन्छ भने उसलाई आदिबासी भन्न सकिन्न र उसले आफूले नयाँ बसोबास गरेको देशलाई आफ्नो भनेर हकदाबी पनि गर्न पाउँदैन। तर, नागरिकताका अन्य तमाम सर्तहरू पूरा गरिएका छन् भने पनि यस्तो हकदाबी गर्न पाइँदैन भनेर भन्न खोजिएको होइन। तर, मात्र बफादारिताको दाबी र बसोबासको अवस्थाले मात्र नागरिकताको अधिकार सिर्जना गर्दैन।

    हामी अहिले एउटा नयाँ राष्ट्रको निर्माणको प्रक्रियामा छौँ जुन विभिन्न जातीय समूहको फूलबारी हुनेछ। यो नयाँ राष्ट्र र नागरिकताको स्वरूप यस्तो हुनुपर्छ– जसले सबै जातीय समूहहरूलाई समेट्न सकोस्। यदि हामी स्वार्थी जातीय पूर्वाग्रहले जन्माउने भिन्नताहरूबाट बच्न चाहन्छौँ भने, सापेक्ष अधिकार र हकका बारेमा हरेक जातिको समान धारणा हुन आवश्यक छ। यो साझा अवधारणा सर्वव्यापी हुनैपर्छ। त्यसका अतिरिक्त त्यस्ता साझा अवधारणा तथ्यसङ्गत तर्कहरूमा आधारित हुनुपर्छ न कि भावनात्मक उत्तेजना र स्वार्थी नियतमा।

    मेरो जोड के मा हो भने मलेहरू मलायाका सक्कली वा आदिबासी जनता हुन् र तिनीहरू मात्रै त्यस्ता जनता हुन् जसले मलायालाई आफ्नो र एक मात्र मुलुक भएको दाबी गर्न सक्छन्। संसारभरि पालना गरिने व्यवहारअनुरूप मलेहरूलाई उनीहरूबाट खोस्न नमिल्ने उनीहरूले गैरआदिबासी नागरिकहरूलाई नागरिकताका प्रकार र दायित्व निर्धारण गर्न सक्ने विशेषाधिकार दिएको छ।

    आधिकारिक नागरिकका अधिकारको सीमा

    आधिकारिक नागरिकका अधिकारका प्रश्नहरूबारेमा फर्कंदै छलफल अघि बढाउँदा के कुरा पनि बुझ्न जरुरी छ भने, त्यस्ता अधिकारका पनि सीमा भने हुन्छन्। ती अधिकारको उपयोगका लक्ष्य र तरिका यस हिसाबको हुनुहुँदैन कि आधिकारिक जनताका अधिकारका नाममा नयाँ आप्रबासी जातिको बहिस्कार होस्। त्यसको लक्ष्य आधिकारिक नागरिकका जातीय समूहका चरित्रगत विशेषताको रक्षा र संबद्र्धन मात्र हुन ग्राह्य हुन्छ। त्यसकारण कुन जातीय मूलको हो भन्ने विषय महत्वहीन हुन्छ र नयाँ आप्रबासीहरूलाई त्यसले अयोग्य घोषित गर्दैन। यी सर्तहरू लागू गर्नुपर्ने एकमात्र कारण के हुनुपर्छ भने नागरिक हुन चाहने आप्रबासीले मूलबासीको चरित्र ग्रहण गर्न पनि इच्छुक हुुनपर्छ, त्यसरी ऊ आफैँ पनि आधिकारिक जनता बन्छ र उसका अधिकार र कर्तव्य पनि समान हुन्छन्। तर, यी अधिकारहरूमा आधिकारिक बासिन्दाको चरित्र नै बदल्न पाउने अधिकार सामेल हुँदैन। जातीय मूलभन्दा आधिकारिक चरित्रमा जोड दिने यो एउटा महत्वपूर्ण सिद्धान्त हो। यो सिद्धान्तको प्रयोग नयाँ नागरिकले पुराना चारित्रिक विशेषता फेर्न नपाउने गरी अधिकारमा कटौती गरेर गरिएको हुन्छ।

    मले द्विविधा (The Malay Dilemma) बाट साभार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      महाथिर विन मुहमद

      महाथिर विन मुहमद

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.