Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भ्रमहरूमा लपेटीएका किम जोङ ऊनलाई पछ्याउँदै

एन्ड्रू सलमन एन्ड्रू सलमन
साउन ३, २०७५
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सम्भवत अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता किम जोङ ऊनबीचको बहुप्रतिक्षित शिखर वार्ताको सबैभन्दा ठूलो आकर्षण भनेको विश्वमञ्चका सबैभन्दा बढी आइकोनिक (inocic) तर रहस्यमयी नेतालाई नजिकबाट देख्न पाउनु हो। किमको उपस्थिति र स्टाइललाई खिल्ली उडाइन सकिन्छ। किम जोङले विश्वको सबैभन्दा शक्तिशाली मानिससँग भेट गर्दैछन् भन्ने कुराले किम विश्वको एक भयानक राष्ट्रको नेतृत्व गर्दैछन् भन्ने स्पष्ट पार्छ।

    सिंगापुरमा किमका प्रत्येक कदमलाई नजिकबाट नियाल्ने मध्ये लेखक सेबास्टियन फलेटी पनि एक हुन्। उनी किमलाई आत्मविश्वासका साथ पागल होइनन् बरु आकर्षक मोहक र विवेकी खेलाडी हुन् भन्दछन्। उत्तर कोरियाको अधिनायकवादले सुदृढ तुल्याएको उनको निर्दयता सम्भवतः उनले बाल्यकालमा भोगेका चोट र धोकाहरूको मनोवैज्ञानिक असर हुनसक्छ र उनको स्वास्थ्य कमजोर छ।

    किमले अघिल्लो वर्षको अन्तर्राष्ट्रिय बहिस्कार अभियानलार्इ उत्कृष्ट ढंगले तोडेकाछन् र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जतिकै निर्णायक, अनुभवी र आपसी आकर्षण देखाउँछन्। यसले अब यी दुई अमेरिकी र कोरियाली नेताहरूबीच कुनै अकल्पनीय व्यक्तिगत सम्बन्ध विकास हुने तर्फ सङ्केत गर्दछ।

    रहस्यमयी किम तेस्रो

    ले फिगारो एसिया नामक संचारका सम्वादाता फालेटी एक दशक देखि किमसम्बन्धित हल्ला, जनबोली र तथ्यहरू पछ्याउँदै चिन–उत्तर कोरिया सिमाना, गुवाम, ओसाका, प्योङयाङ, सोल, टोकियो, संघाई र वासिङ्टनमा भौंतारिदै विभिन्न  भगौडाहरू, अध्येताहरू, जासुसहरू र अधिकारीहरूको अन्तरवार्ता लिइरहेकाछन् । उत्तर कोरिया एसियाको सबैभन्दा ठूलो समाचार भएकाले लेखक किमले “ मेरो अस्तित्व अपहरण गर्‍यो” भन्दछन् ।

    पहिलो रहस्य थियो- किम जाेङ इलकाे उत्तराधिकारी को ? सन् २००८ मा किम जोङ इललाई हृदयघात भयो र सन् २०११ मा उनको मृत्यु भयो।  सन् २००९ मा सोल उत्रिएका फलेटी हल्ला र अनुमानहरूमा रुमल्लीरहेका थिए । उनी भन्छन् “सबै मानिस उत्तराधिकारीको तस्बिर  मागिरहेका थिए तर हामी अझै अन्धकारमा थियौं”।

    सन् २०१० मा, नयाँ नेताको खुलासा हुने सम्भावनाका साथ पार्टीको एउटा महत्वपूर्ण बैठक बस्नेवाला थियाे । जसको ठिक एक हप्ता अगाडि, आफ्ना सहकर्मी रिपोर्टरहरूका साथमा फलेटी प्योङयाङ् भ्रमणमा निस्किए। “सबैले त्यस बैठकबाट नेताको खुलासा हुने अपेक्षा गरिरहेका थिए। यस बिषयमा हामीले हामीलाई सहयोग गर्नेहरु हैरान बनाइसकेका थियौं र उनीहरू मानसिक तनावमा पुगेका थिए। तर यो बिषय अत्यन्त गोप्य राखिएको थियो ।”

    मैले पनि आफ्नो भाग्य परिक्षण गर्ने विचार गरें र उनलाई साेधें, किमका कुनै छोरा छन्?  गाइडले भनिन् -किमका छोरा छन् र उनी सेनामा युवा जर्नेल छन्। हाम्रो कलेजमा उनकाबारे पढाई हुन्छ। उनका बारेमा एउटा गीत पनि छ“।

    यस्तैमा फलेटीले आफ्नो होटेलका बारमा आफ्ना गाइडसँग कुराकानी गरे। “मेरा सम्पादक यो पेशामा भाग्य भनेको व्यवसायिक सीप हो, भन्ने गर्छन्”, फलेटीले भने । “ मैले पनि आफ्नो भाग्य परिक्षण गर्ने विचार गरें र उनलाई साेधें, किमका कुनै छोरा छन्?  गाइडले भनिन् -किमका छोरा छन् र उनी सेनामा युवा जर्नेल छन्। हाम्रो कलेजमा उनकाबारे पढाई हुन्छ। उनका बारेमा एउटा गीत पनि छ“।

    उनको जवाफ सुनेर फलेटी चकित परे।  सारा विश्व र सि आइ ए अनुमान लगाइरहेका थिए, तर यी विद्यार्थी भन्छिन् -सबै प्योङयाङबासीलाई उनको बिषयमा जानकारी छ। फेलाटी भन्दछन्-  यसले देखाउँछ त्यहाँको  नाजुक भनिएकाे  ब्यवस्थामा गाेप्यता सुरक्षित राख्न कतिको सम्भव छ भनेर।

    एक हप्ता पछि किम जोङ् उनको नाम सरकारी सञ्चारमा देखापर्‍यो।

    त्यसपछि फेलाटीलाई सूचना दिने ती विद्यार्थीले मैले त ठट्टा गरेको हो भन्दै आफ्नो कुरालाई बटार्न खोजिन्। यो घटना पछि फेलाटीको मनमा उत्तर कोरीयालीहरूप्रति सहानुभूति र सम्मान पलायो।

    उनीहरू मुर्ख छैनन् र उनीहरूमा ब्यक्तिगत आलोचनात्मक सोचको पनि कमी छैन तर स्वतन्त्र समाजमा बस्ने हामीले कुनै गल्ति गर्यौं भने हामीले केही समय समस्या भोग्नु पर्ने हुनसक्छ । त्यहाँ सानो कमजोरीकालागि पनि ठूलो मूल्य चुकाउनु पर्ने हुनसक्छ, त्यसैले उनीहरू निरन्तर मानसिक कसरत गरिरहेका हुन्छन् ।”

    “हामी उत्तर कोरियालीहरूलाई रोबोट ठान्छौं तर मेरो अनुभवमा उनीहरूको ब्रेनवास अवश्य गरिएको हुन्छ र उनीहरू ब्यवस्थामा बाँधिएका हुन्छन्, तापनि उनीहरूले एक किसिमको ब्यक्तिवादीता कायम राखेका हुन्छन् । उनीहरू मुर्ख छैनन् र उनीहरूमा ब्यक्तिगत आलोचनात्मक सोचको पनि कमी छैन तर स्वतन्त्र समाजमा बस्ने हामीले कुनै गल्ति गर्यौं भने हामीले केही समय समस्या भोग्नु पर्ने हुनसक्छ । त्यहाँ सानो कमजोरीकालागि पनि ठूलो मूल्य चुकाउनु पर्ने हुनसक्छ, त्यसैले उनीहरू निरन्तर मानसिक कसरत गरिरहेका हुन्छन् ।”

    बाल्यकालको विश्वासघात, लालनपालन र कठाेरता

    केही मिडियाले किमलार्इ एक विक्षिप्त ब्यक्तिका रूपमा चित्रण गर्छन्, तर फलेटी त्यसलाई पश्चिम केन्द्रित बुझाई भनेर नकार्छन् । उनी भन्दछन्, “यसमा पहिलो कुरा उनको छाँटकाँट (शारिरीक बनावट) हुनु हो। उनी धेरै मोटा छन् र यो नै समकालिन फेसनको चाहना राख्ने  र पातलो ज्यानमाथि मरिहत्ते गर्ने पश्चिमा दर्शककालागि उनको यो स्थूल माेटाे शरीर अपाच्य हुन्छ नै ।” उनी थप्छन्, “ उनी पुल्पुल्याइएका बालक झैं लाग्छन् र अमेरिकालाई चुनौति दिन्छन् र उनले आफ्ना पिताले भन्दा बढी आणविक परिक्षण गरेका छन् । त्यसले उनी भङ्जाहा/उदण्ड झैं लाग्छन् ।” फलेटी किम र उनको नजिकको सर्कल बारे फेरि थप्छन्, “वास्तवमा प्योङ्याङका इलाइटहरू शान्त र विवेकी छन्। उनीहरू अति यथार्थवादी छन्, त्यहाँको राजनीतिक ब्यवस्था पनि अति यथार्थवादी छ। जब अन्तर्राष्ट्रिय सम्बन्धकाे बिषय अगाडि आउँछ उनीहरू अति नै यथार्थवादी बन्दछन्, उनीहरूको जीवन नै दाउमा छ ……उनीहरूका लागि ), गद्दाफीको घटना खाली सैद्धान्तिक मात्र होइन ।”

    वास्तवमा प्योङ्याङका इलाइटहरू शान्त र विवेकी छन्। उनीहरू अति यथार्थवादी छन्, त्यहाँको राजनीतिक ब्यवस्था पनि अति यथार्थवादी छ। जब अन्तर्राष्ट्रिय सम्बन्धकाे बिषय अगाडि आउँछ उनीहरू अति नै यथार्थवादी बन्दछन्, उनीहरूको जीवन नै दाउमा छ।

    यो टड्कारो प्राथमिकताले गर्दा बढी ध्यान राजनीतिक सोचाइमा केन्द्रित भएको छ। उत्तर कोरियाली नेतृत्वका लागि (विश्वका अन्य नेताहरूको तुलनामा) सजिलो छ, किनकी उनीहरू सामू विराेधाभासपूर्ण प्राथमिकताहरू छैनन्। फलेटी भन्छन्, “ उनीहरूको प्रमुख ध्येय ठूला शक्तिशाली राष्ट्रहरुबाट ध्वस्त हुनबाट कसरी जोगिने, कसरी बाँच्ने र यस कार्यमा उनीहरू सफल पनि भइरहेकाछन्।”

    उमेरले अर्थ राख्ने त्यो संस्कृतिमा र त्यस्तो खतरनाक शासन ब्यवस्थामा  अनुभवले अालोकाँचो र कलिलै उमेरमा शक्तिमा पुगेका किमलार्इ स्थापित हुन सङ्घर्ष गनुपर्ने वा कसैको कठपुतली बन्नु पर्ने हुनसक्छ भनेर धेरै बुज्रुकहरूको अनुमान थियो। तर उनीहरू गलत सावित भए। “उनले नेतृत्वको उच्च तहमा पूर्ण नियन्त्रण कायम गरेकाछन् र सम्भावित आफ्ना प्रतिस्पर्धीहरूलाई पनि तह लगाइसकेकाछन्,”- फलेटी भन्दछन्।

    फलेटीको विचारमा बुज्रुकहरूले सोचेभन्दा किम धेरै परिपक्क अवस्थामा थिए। त्यहाँका जनता उनलाई “मार्शल” भनेर जान्दछन् र उनले सुरक्षा सेवा र सैन्य तालिम लिएको विश्वास गरिन्छ।  सैन्य तालिम उनले देशको सैनिक एकेडेमीमा प्राप्त गरेकाछन् ।

    तापनि उनी लगातार अमेरिकाबाट सुरक्षा सुनिश्चितताको माग गरिरहेकाछन्। फलेटी भन्दछन् -यो गहिरो गरी गाडिएको उनको निजी चासोबाट उत्पन्न भएको हुनसक्छ। किम धेरै कम मानिसहरूमाथि विश्वास गर्छन्, ती मध्ये हुन् उनका ठूल्दाजु जोङ र बहिनी यो जोङ । बाल्यकाल देखि नै यी तीनजनाले अनिश्चित भविष्यको सामना गर्नुपर्‍यो। उनीहरू आफ्ना बाबुकी व्याइते पत्नीका सन्तान थिएनन्, उनकी भित्रीनी एक नर्तकीको योङ हुईका सन्तान थिए । उनीहरूले विशिष्ट स्वीस स्कुलमा शिक्षा प्राप्त गरेका छन्, तर त्यो कुनै “सुखदपूर्ण प्रवास” थिएन।

    सन् १९९० को दशकमा भिषण अनिकालको समाचार बाहिर आयो। जसले उनका बुबा किम जाेङ इललाई निरङ्‌कुश शासकको रूपमा चित्रित गर्‍यो। राष्ट्र असफल हुने ब्यापक हल्ला चल्यो। त्यसै बेला सन् १९९८ मा स्विजरलेण्डमा रहेका उनीहरूका अभिभावक मामामाइजु भागेर अमेरिकाको शरण परे। सन् २००४ मा उनीहरूकी आमाको क्यान्सरबाट मृत्यु भयो । यी दुर्भाग्यको श्रृङ्खलाले असुरक्षाको भावना पैदा गर्‍यो।

    “जुन माइजुले उनीहरूलाई हुर्काइन् उनी नै शत्रुको शरणमा गइन्। त्यसैले उनी पुल्पुल्याइएका बालक, एक राजकुमार भएता पनि उनले विश्वासघातको सामना गर्नुपर्‍यो। यो मेकियाभेलीको पुस्तक पढे जस्तै छ,”, फलेटी भन्दछन्। यो कठिन किशोर अवस्था थियो र यी चोटहरूले उनका ठूल्दाजु जोङ र बहिनी यो जोङबीच गहिरो एकता स्थापित भयो।

    शक्तिमा पुग्ने आफ्नो परिवाको तेस्रो पुस्ताका नेता बनेपछि विश्वासघातका अरू घटना थपिएः लामो समय देखि सत्ताका भित्रिया रहेका जाङ र सौतेला दाजु जोङ नामबाट। आफ्नै आर्थिक साम्राज्य बनाउने कोशिस (संभवत बेजिङको सहयोगमा) आरोपमा जाङलाई मृत्युदण्ड दिइयो। जोङ नामको मलेशियामा हत्या भयो (दक्षिण कोरियामा शरण लिने तयारी गरेको आधारमाः सम्भवत अमेरिकासँगको उनको सम्पर्कका कारण)।

    किमले आम रूपमा “आतङ्कको शासन” भनिने ब्यवस्था कायम गरे। फलेटीअनुसार किमको शासनका पहिला वर्षहरूमा ब्यापक पजनी गरियो। उनी वास्तविक बोस को हो भनेर देखाउन चाहन्थे। उनले धेरै अधिकारीहरूलाई त्रसित बनाए।

    जोङलाई हटाउदाको दृष्य सबैभन्दा नाटकीय थियोः उनलाई पोलिट ब्युरोको बैठकबाट गिरफ्तार गरियो । यो वास्तविक बोस को हो भनेर देखाउन गरिएको थियो। त्यो बैठक मन्त्रिपरिषदको बैठक जस्तै थियो र अचानक पुलिस भित्र पस्यो र उनलाई गिरफ्तार गर्‍यो ।

    हाल किमले पूर्ण नियन्त्रण कायम गरेकाछन् “ यो काम जाङ्सँग मिलेर पनि गर्न सकिन्थ्यो। यसो गर्दा सामुहिक नेतृत्वको आभाष मिल्थ्यो । तर किम सबै शक्ति आफ्नो हातमा केन्द्रित गर्न चाहन्थे”, फलेटी भन्दछन्।

    उनका अन्य विश्वासपात्रहरूमा नाम नसुनिएकी उनकी सौतेनी दिदी सोल सोङ एक हुन्। सबै प्रमुख घटनाहरू पछाडिकी मुख्य खेलाडी उनैलाई मानिन्छ। त्यसपछि उनकी श्रीमती रि सोल जु छिन् । उनी एक नर्तकी थिइन् र किमका बाबुको सल्लाहमा उनले किमसँग विबाह गरेकी थिइन्।


    खाइलाग्दा सुकुमार

    यी सबै हुँदाहुँदै पनि किमका सवल पक्ष पनि छन्। किमका बाबु, जसले जम्मा एक पटकमात्र जनसंबोधन गरेका थिए, भन्दा भिन्न छन्।  किमले राम्रो सार्वजनिक ब्यक्तित्व निर्माण गरेका छन्। “किमका बाबु अति नै चलाख थिए तर सीमित घेरामा बस्न रुचाउथे। उनी जनताबाट टाढै रहन्थे र रहस्यमय लाग्थे । किम बढी खुला, शारिरिक रूपमा फुर्तिलो देखिन्छन् र जनतामा भिजेका छन्”, फलेटी भन्दछन् ।

    किमलाई भेटेका मानिसहरूका अनुसार किम पनि (अन्य तानाशाहहरू जस्तै) ब्यक्तिगत आकर्षणले भरिपूर्ण छन्ः उनी खाइलाग्दा छन् , रमाइला र रसिक छन् । उनी खानपिनमा रमाउछन्। दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँगको अप्रिल शिखर वार्ताका समयमा उनको आकर्षक ब्यक्तित्व सामू दक्षिण कोरियालीहरू कायल भएका थिए। निष्कर्षमा फलेटी भन्छन्, “ उनी दृढ इच्छाशक्ति भएका, आत्मविश्वासी, महत्वाकांक्षी र सम्भवतः लहडी छन् ।” युवाअवस्थाले किमलाई दुरदृष्टि राख्न सक्षम तुल्याएकोछ।

    यसलाई ब्याख्या गर्दै फलेटी भन्छन्, “ प्रजातान्त्रिक देशका नेताहरूको तुलनामा किमले दिर्घकालिन सोच राख्न सक्छन्। हालसम्म किमको दुरदृष्टि  ब्युन्जिन (byungjin) नीति नै हाे। याे एउटा यस्तो नीति हाे जसले आणविक हतियारको स्वामित्व र आर्थिक विकासलाई जोड्छ । तर यहाँ प्रश्न उठेको छ- किमको अायु कति लामाे छ ?

    उनी धुम्रपानका कुलती छन्।  उन्तर-कोरियाली अप्रिल शिखर वार्ताको समयमा पत्रकारहरूले दश खुट्किला भर्‍याङ चढ्दैमा किमको सास फुलेको  समाचार लेखेका छन्।   किमको स्वास्थ्यलाई लिएर फलेटीले  शंका र ठूलो प्रश्न खडा गरेका छन्- उनको उत्तराधिकारी को हुनेछ ?

    उनका हजुरबुबाज्यानमारा ट्युमरबाट पिडित थिए र किमका बुबा मधुमेहबाट। पहिले किमले आफ्ना सम्मानित हजुरबुबा, किम इल सुङ जस्तै देखिन वजन बढाए र बढी प्रभावकारी देखिन भारोत्तोलन पनि गरे होलान्, तर ती व्यायामले गठिलोपना भन्दा मोटोपन मात्र बढ्याे । त्यसाे हुनुमा तनाव वा भारोत्तोलनकालागि फुर्सद नभएर हुनसक्छ।

    उनी धुम्रपानका कुलती छन्।  उन्तर-कोरियाली अप्रिल शिखर वार्ताको समयमा पत्रकारहरूले दश खुट्किला भर्‍याङ चढ्दैमा किमको सास फुलेको  समाचार लेखेका छन्।   किमको स्वास्थ्यलाई लिएर फलेटीले  शंका र ठूलो प्रश्न खडा गरेका छन्- किमको उत्तराधिकारी को हुनेछ ?”

    चिनसँग खेल्दै, अमेरिकासँग खेल्दै र ट्रम्प–किम सम्बन्ध

    फलेटीको विश्वासमा आफ्नो नेतृत्व स्थापित गर्ने र रणनीतिक हतियार कार्यक्रम पुरा गरिसकेपछि किम आफ्नो शासनको दोस्रो चरणमा प्रवेश गर्दैछन्ः प्योङयाङको अन्तरराष्ट्रिय सम्बन्धलाई स्थिर बनाउने। याे काम कुशलता र चतुरताका साथ सम्पन्न पार्दैछन्।

    ६ महिना अगाडि उनी बिल्कुलै कुनामा धकेलिएका थिए, एक्लिएका थिए; अहिले उनी विश्वका सबैभन्दा शक्तिशाली नेताहरूसँग एकल वार्तामा बस्ने हैसियतमा पुगेकाछन्। यो आफैमा पनि ठूलो उपलब्धी हो ।

    उनले सि जिन पिङ र डोनाल्ड ट्रम्पबिच खेले- यो अरु केही नभएर उनका हजुरबाको खेलको दाउ थियो, जसले माओ र स्टालिनलाई एकअर्का विरुद्ध भिडाएका थिए । किमको ट्रम्पसँगको भेट टुङ्गो लागेपछि चिनिया राष्ट्रपतिलाई भेट्ने निम्तो पाए, र अहिले उनलाई थाहा छ यदि उनको ट्रम्पसँग कुनै प्रकारको समझदारी बन्न सकेन भनेपनि उनका पछाडि सि त छदैछन् । फलेटी थप्छन्, “ ६ महिना अगाडि किम बिल्कुलै कुनामा धकेलिएका थिए, एक्लिएका थिए; अहिले उनी विश्वका सबैभन्दा शक्तिशाली नेताहरूसँग एकल वार्तामा बस्ने हैसियतमा पुगेकाछन्। यो आफैमा पनि ठूलो उपलब्धी हो ।

    फलेटी थप के भन्दछन् भने एकअर्का विरुद्धका फाँईफुट्टी र अपमानहरूलाई विर्सने हो भने किम र ट्रम्पबीचकेही समानता पनि छन् । ‘ एक स्रोतले मलाई बतायो कि ‘ उत्तर कोरियालीहरु प्रेमका भोका छन्’ र तिनीहरुलाई स्नेहको अावश्यकता छ, तिनीहरु भावपूर्ण प्रेमका कुराकानी गरिरहेका छन् भने तिनीहरु कोरियाली हुन्”। फलेटी भन्छन् –  यदि धेरै स्नेह र सद्भाव  तिनीहरुलाई दिनु भयो भने तपाईंले सोचेभन्दा धेरै बढी उनीहरु तपाईं‌मा समर्पित हुनेछन्।

    यसै कारण फलेटीको विचारमा ट्र्रम्पको उत्तर कोरियामाथिको चासो उनको राष्ट्रपतिय निर्वाचनभन्दा धेरै अघिदेखिको हो। आफ्ना परम्परावादी अग्रज पूर्व राष्ट्रपतिहरूभन्दा किमसँग कुनै प्रकारको सम्झौतामा पुग्ने बढी सम्भावना ट्रपकाे नै छ ।

    ट्रम्पका एक दाजु छन् तर ट्रम्पले नै आफ्ना बाबुलाई आफू कति आँटिलो छु भन्ने साबित गरे। किमको पनि त्यस्तै अवस्था होः उनले पनि आफ्ना बुबालाई आफ्नो क्रोधद्वारा आफू कस्तो मानिस हुँ भनि देखाए । किमका दाजु कलानिपुर्ण र विनित चरित्रका मानिस भएको विश्वास गरिन्छ – त्यसो हुँदा नै उनका बुबाले हठी किमलाई उत्तराधिकारी राेजे।

    “उनीहरूका समान पारिवारिक अवस्थाका कारण ट्रम्प वास्तव मै किमप्रति आकर्षित भएकाछन्ः दुवैजना बाबुका महिला सन्तान हुन् र दुवैजनालार्इ बाबुकाे उत्तराधिकारी बन्ने अपेक्षा गरिएको थिएन । ट्रम्पका एक दाजु छन् तर ट्रम्पले नै आफ्ना बाबुलाई आफू कति आँटिलो छु भन्ने साबित गरे। किमको पनि त्यस्तै अवस्था होः उनले पनि आफ्ना बुबालाई आफ्नो क्रोधद्वारा आफू कस्तो मानिस हुँ भनि देखाए । किमका दाजु कलानिपुर्ण र विनित चरित्रका मानिस भएको विश्वास गरिन्छ – त्यसो हुँदा नै उनका बुबाले हठी किमलाई उत्तराधिकारी राेजे।

    “एउटा ब्यापारिक वंश हो भने अर्को राजनीतिक वशं। र उनीहरू दुबैका टेक्ने धर्ती चुनाैतीपूर्ण छन्, जस्तो कि न्युयोर्क रियल स्टेटकालागि र प्योङ्याङ राजनीतिका लागि। फलेटी भन्छन् “आफू निर्वाचित हुनुभन्दा अगाडि नै ट्रम्प प्रख्यात थिए र यो नै उत्तर कोरियाली दृष्टीमा ठूलो भिन्नता हो। ”

    फलेटीका विचारमा अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबिच गाढा सम्बन्धको सम्भावना समिकरण भित्रको नयाँ आयाम हो । ट्रम्प डिल गर्नसक्ने मानिस हुन् जसले किमसँगै बसेर खाना खान रुचाउछन्, यो उनको काम गर्ने र सम्बन्ध विस्तार गर्ने शैली हो । फलेटी भन्छन्, “ यो पूर्ण एसियाली शैली हो, पूर्ण कन्फुसियन–ब्यक्तिगत सम्बन्ध।”

    प्योङ्याङको दिर्घकालिन भविष्यकालागि वासिङ्टनसँगको सम्बन्ध जरुरी छ । किमले आफू वरिपरीका शक्तिहरूलाई सन्तुलित राख्न आवश्यक छ “ चीन ठूलो छ र उत्तर कोरिया सानो, यदि उनीहरूले चिनिया मोडेल पछ्याए भने उनीहरू चीनमै डुब्न सक्छन्। फलेटी भन्छन्, “यसैभित्र रणनीतिक दुरदृष्टि लुकेको छः उनीहरूले पूर्ण रूपले दैलो उघार्न सक्दैनन्, विशेष गरि चीनका लागि, उनीहरू सागरमा एक थोपा पानी बन्नेछन् ।”

    यसैले किमले अहिले दक्षिण कोरियाबाट अमेरिकी सेना हटाउनु पर्ने उत्तर कोरियाको पहिले देखिको माग किन अहिले दोहोर्याएका छैनन्। स्पष्ट पार्दै फलेटी थप्छन्, “ दक्षिण कोरियामा कुनै प्रकारको सैन्य उपस्थिति उत्तर कोरियाको पक्षमा हुन सक्छ। तर प्रचारमा उनीहरू यो कहिल्यै भन्ने छैनन् ।”

    आफ्नो अनुसन्धानात्मक गाथामा यो सबै लेखेपछि पनि फलेटी स्वीकार गर्छन् की उत्तर कोरियाका मोहक तर कठाेर नेताबारे अझै धेरै कुरा रहस्यमयी छन् । “ आजको ग्लोबलाइज्ड र एकआपसमा जोडिएको विश्वमा हामीले ‘यो विषयमा जान्दैनौं’ भन्न लाज मान्नु पर्ने अवस्था छैन । यसैले उत्तर कारियाबारे लेख्न रोमाञ्चकारी हुन्छः यो नै अन्तिम मुख्य समाचार हो ।”

    (यो लेख एशिया टाइम्समा जून ९, २०१८मा प्रकाशित भएको थियो । जसलाई दामाेदर उपाध्यायले भावानुवाद गर्नु भएको हो)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: किम जोङ
      एन्ड्रू सलमन

      एन्ड्रू सलमन

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.