Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

समानुपातिक प्रतिनिधित्व प्रणाली, यसको गणना विधि र नेपाल

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
पुस ३, २०७४
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रतिनिधित्व प्रणालीको मुख्य सैदान्तिक अवधारणा नै Making Every Vote Count नै हो । यस्तो प्रतिनिधित्व बहुमतीय, समानुपातिक, समावेशी, आरक्षित र बिशेष प्रतिनिधित्व हुन्छ । लोकतन्त्रमा प्रतिनिधित्व प्रणालीले खुल्ला प्रतिष्पर्धालार्इ आत्मसात गरेको हुनाले लोकप्रिय रहन्छ । प्रतिनिधित्व पहिलो निर्वाचित प्रणाली, समानुपातिक प्रतिनिधित्व प्रणालीको सार रूप हो ।

    यस्तो प्रकारको प्रतिनिधित्व औपचारिक, सांकेतिक, विवरणात्मक र सारवान हुन्छ । मुलुकको शासन संचालन गर्ने दलीय प्रतिनिधित्वमा दलिय प्रतिष्पर्धात्मक अभ्यास, बालिग मताधिकार र राजनीतिक बहुलवादमा आधारित रही आवधिक निर्वाचनबाट जनताले आफ्नो मत प्रकट गर्दछन् ।

    समानुपातिक प्रतिनिधित्व प्रणालीको सन्दर्भमा जान्नुपर्दा यस अवधारणा लागु गर्न प्रेरित गर्ने व्यक्ती John Adams हुन । सन् १९७६ मा अमेरीकी क्रान्ती पछि त्याहाँको नयाँ सरकार गठनको समयमा “Thoughts on Government, Applicable to the Present State of the American Colonies” नामक जोन एडम्सको लेख प्रकाशित भएसंगै आएको अवधारणा हो । तर यसको व्यवहारिक प्रयोग फ्रेन्च राष्ट्रिय सम्मेलनमा दार्शनिक, संविधानविद निकोलसले सन् १७९३ फरवरीमा संविधानको मस्यौदासंगै नागरिक राजनीतिक अधिकार अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको विषय समावेश गरेसंगै भएको पाइन्छ ।

    पहिलो प्रयोगको रूपमा फ्रेन्च क्रान्तिका राजनीतिक नेता सेन्ट जस्टले क्रान्ति पश्चात संविधान निर्माणको क्रममा राष्ट्रिय सभा निर्वाचनमा एकल असंक्रमणीय मत प्रणाली निर्वाचनको प्रस्ताव राखेपछि यसको व्यवस्था भएको पाइन्छ ।

    प्रतिनिधित्व प्रणाली अन्तर्गत समानुपातिक प्रतिनिधित्व प्रणाली मूलतस् सदर मतको हिस्सा र सोही बरावरको अनुपातमा विधायिकी स्थानमा रूपान्तरण हुने प्रणाली हो । समानुपातिक प्रतिनिधित्वमा दलहरूले प्राप्त गरेको मतको साथै सामाजिक, सांस्कृतिक परिवेशका सन्दर्भमा समेत हेर्ने गरिन्छ ।

    यो निर्वाचन प्रणालीमा मतदाताले उम्मेदवारलार्इ नभर्इ राजनीतिक दललार्इ गोप्य मतदान गर्दछन । समानुपातिक प्रतिनिधित्वको प्रणालीमा राज्यभित्र कुनै एक क्षेत्र वा मूलुकलार्इ एउटा निर्वाचन क्षेत्र मानिन्छ । यो प्रणाली नेपाल सहित विश्वका ८८ देशमा प्रयोगमा ल्याइएको छ । प्रतिनिधित्व प्रणाली अन्तर्गत राज्यको शासकीय प्रणालीमा प्रतिनिधित्व हुन नसकेका महिला, जनजाती, अल्पसंख्यक समुदायलार्इ सहभागी गराउन यो प्रणाली उपयुक्त साधनको रूपमा मानिदै आएको छ ।

    बिश्वका मुलुकका अभ्यासलार्इ हेर्दा अल्वानियामा ४ प्रतिशत थ्रेसहोल्ड र पार्टी सूचीमा आधारित समानुपातिक निर्वाचन प्रणाली रहेको छ । त्यस्तै अर्मानियामा ५ प्रतिशत पार्टी र ७ प्रतिशत निर्वाचन ब्लकमा थ्रेसहोल्ड, अष्ट्रिया ४ प्रतिशत र बेल्जियममा ५ प्रतिशत थ्रेसहोल्डको व्यवस्था छ । अष्ट्रेलियामा भने सिनेटमा एकल संक्रमणीय मत प्रणाली रहेको छ । बोलिभियामा ३ प्रतिशत थ्रेसहोल्डको साथै मिश्रित सदस्य समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली रहेको छ ।

    क्रोएशिया, चेक रिपब्लिक, इस्टोनिया, फिजी, किर्गिस्तान, लाट्भिया, पोल्याण्ड, सर्बिया, स्लोभाकियामा ५ प्रतिशत थ्रेसहोल्डका साथै पार्टी सूचीमा आधारित समानुपातिक निर्वाचन प्रणाली रहेको पाइन्छ । थ्रेसहोल्डको सन्दर्भमा विश्वको सबैं भन्दा धेरै भएको मुलुक टर्की हो, जहाँ १० प्रतिशत थ्रेसहोल्डका साथै पार्टी सूचीमा आधारित समानुपातिक निर्वाचन प्रणाली रहेको छ ।

    यसरी हेर्दा विश्वका अधिकाशं देशहरूमा समानुपातिक प्रतिनिधित्व प्रणाली सूचीमा आधारित र राजनीतिक दलहरूले आवधिक निर्वाचनमा प्राप्त गर्ने मतमा निश्चित थ्रेसहोल्डको व्यवस्था गरेको पाइन्छ ।

    क) समानुपातिक प्रतिनिधित्व प्रणालीमा विश्वमा प्रचलनमा आएका विभिन्न पदतीहरू

    १. पार्टी सूचीमा आधारित मत प्रणाली:
    राजनीतिक दलले एकल सूची निर्वाचन आयोगमा पेश गर्दछन र कुल सदरमतको हिस्सामा राजनीतिक दलको प्राथमिकताको आधारमा निश्चित गणणा विधिबाट प्राप्त सीट संख्याको आधारमा सूचीमा रहेका उम्मेदवारहरू निर्वाचित हुन्छन् । यसमा गणणा विधि Loosermore-Hanby index, Gallagher index, Saint lague index प्रयोग गरिन्छ । यस मध्ये बढी प्रचलनमा रहेको सीट निर्धारण विधि Modified Saint lague index नै हो ।

    २. एकल संक्रमणीय मत प्रणाली: 
    यो प्राथमिकतामा आधारित मत दिने प्रणाली हो । यसमा उम्मेदवारहरूको क्रमसंख्या निर्धारण गरीन्छ र कम मत प्राप्त गर्ने उम्मेदवारहरू सूचीवाट हट्छन । निश्चित थ्रेसहोल्ड पार गरेका दलको पहिलो प्राथमिकतामा परेको उम्मेदवारले प्राप्त गरेको मत बाँकी रहेपछि अर्को उम्मेदवारहरूमा सर्दै जान्छ र उम्मेदवारहरू सूची अनुसार निर्वाचित हुदै जान्छन । यसमा सीट निर्धारण विधि प्रयोग गरिन्छ ।

    कोटा=(कुल मत)/(निर्वाचन सीट +१)+१

    ३. मिश्रित निर्वाचन मत प्रणाली:

    मिश्रित प्रणालीमा समानुपातिक मत अनुसार निश्चित सीट बहुमतीय प्रणालीका आधारमा निर्वाचन गरिन्छ भने केहि सीट समानुपातिक प्रतिनिधित्वका लागी छुट्याइन्छ । स्थान वितरण गर्दा बहुमतीय प्रणाली अन्तर्गत उम्मेदवारको लागि मत दिइन्छ भने समानुपातिक प्रतिनिधित्व अन्तर्गत पार्टीले प्राप्त गरेको मत अनुसार सीट वितरण गरिन्छ । नेपालको सन्दर्भमा वि.सं.२०६४, २०७० र २०७४ को निर्वाचन प्रणाली मिश्रित प्रणालीमा आधारित रहेको छ ।

    कोटा= कूल मत + १ /निर्वाचन सिट + १

    ४. सीमित मत प्रणाली:
    कूल खसेको सदर मतको सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारहरू बिजयी हुन्छन । स्थानीय तहका निर्वाचनमा यो प्रणाली सबैं भन्दा उपयुक्त मानिन्छ । यसमा दुर्इ वा भन्दा वढी उम्मेदवारहरूलार्इ मतदाताले मत दिन्छन ।

    ५. प्राथमिकता गणना प्रणाली: 
    यो प्रणाली बहुसदस्यीय निर्वाचन प्रणालीमा प्रयोगमा ल्याउन सकिने उपयुक्त प्रणाली हो । यसमा मतदाताहरूले मतपत्रमा प्राथमिकता जनाएर मत दिन्छन । कुल मतको जम्मा जोडफल अनुसार बढी मत प्राप्त गर्ने उम्मेदवारहरूलार्इ प्राथमिकताको आधारमा बिजयी घोषणा गरिन्छ ।

    यस बाहेक समानुपातिक प्रतिनिधित्वका मत पदती एकल असंक्रमणीय मत प्रणाली, बैकल्पिक मत प्रणाली, एकमुष्ठ मत प्रणाली, Reweighted range voting, Reweighted approval voting, Asset voting, Random ballot आदी प्रचलनमा रहेका छन् ।

    ख) नेपालमा समानुपातिक प्रतिनिधित्व मत प्रणाली

    समानुपातिक प्रतिनिधित्व अन्तर्गत विश्वका अधिकांश मूलुकले प्रचलनमा ल्याएको प्रणाली पार्टी सूचीमा आधारित मत प्रणाली पनि लोकप्रिय र प्रसिद्व प्रणाली हो । सूचीमा आधारित प्रणालीमा मान्यता प्राप्त राजनीतिक दलले निर्वाचन आयोगमा एकिकृत सूची पेश गर्दछन । छुट्टै समानुपातिक मतपत्रको आधारमा मतदाताले आफुलार्इ रूचाएको दलको चिन्हलार्इ मत दिन्छन । यसरी खसेको कुल सदर मतको हिस्साको आधारमा बिभिन्न प्रचलित गणणा विधि अनुसार सीट निर्धारण गरी दलीय सूचीमा रहेका उम्मेदवारहरू निर्वाचित हुन्छन् ।

    यो प्रणाली खुल्ला, बन्द र स्वतन्त्र गरी ३ प्रकारको हुन्छ । खुल्ला सूचीमा विभिन्न राजनीतिक दलवाट सिफारिश उम्मेदवार र दलको नाम सिफारिश गरिन्छ र मतदाताले मत दिर्इ बिजयी बनाउदछन् । बन्द सूची प्रणाली अन्तर्गत विभिन्न राजनीतिक दलले निर्वाचन आयोगमा पेश गरेका उम्मेदवारहरू मध्ये दलले प्राप्त गरेको कुल सदर मतको आधारमा निश्चित सीट संख्या निर्धारण गरी निर्वाचित हुन्छन । निर्वाचन आयोगमा राजनीतिक दलले पेश गरेको बन्द सूचीमा रहेका उम्मेदवारहरू किटान गरिएको सीट संख्याको आधारमा राजनीतिक दलले नै सूची प्राथमिकता आफै निर्धारण गर्दछन् । स्वतन्त्र सूची प्रणालीमा मतदाताले आफुलार्इ मन परेको दल वा उम्मेदवारलार्इ मत दिन पाउछन् ।

    समानुपातिक प्रतिनिधित्वको सन्दर्भमा यस अघिका आवधिक निर्वाचनलार्इ हेर्दा नेपालमा मिश्रित प्रणाली अन्तर्गत पार्टी सूची मत प्रणाली र बन्द सूची प्रणालीको व्यवहारिक प्रयोगमा ल्याइएको पाइन्छ । अहिले वि.सं.२०७४ को निर्वाचन प्रणालीमा पहिलो हुने प्रतिनिधित्व प्रतिनिधिसभा सदस्यको लागि १६५ र समानुपातिक प्रतिनिधित्व ११० रहने व्यवस्था नेपालको संविधानले नै गरेको छ ।

    त्यस्तै प्रदेश सभामा सम्वन्धित प्रदेशबाट प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य र उक्त सदस्य संख्यालार्इ आधार मानी कायम हुने सदस्य संख्यालार्इ साठी प्रतिशत मानी बाँकी ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था नेपालको संविधानले नै गरेको छ । अर्थात प्रदेश सभाका साठी प्रतिशत सदस्यहरू पहिलो हुने निर्वाचन प्रणाली बमोजिम र बाँकी ४० प्रतिशत सदस्यहरू समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुनेछन् ।

    यसरी हेर्दा प्रतिनिधिसभा बाहेक ७ वटा प्रदेशमा प्रत्यक्षमा ३३० जना र समानुपातिक निर्वाचन प्रणालीबाट २२० गरी जम्मा ५५० जना देहाय बमोजिम उम्मेदवारहरू निर्वाचित प्रदेश सभा गठन हुनेछन् ।

    क) प्रदेश १: प्रत्यक्ष ५६ र समानुपातिक ५३ गरी जम्मा ९३ जना
    ख) प्रदेश २: प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी जम्मा १०७ जना
    ग) प्रदेश ३: प्रत्यक्ष ६६ र समानुपातिक ४४ गरी जम्मा ११० जना
    घ) प्रदेश ४: प्रत्यक्ष ३६ र समानुपातिक २४ गरी जम्मा ६० जना
    ङ) प्रदेश ५: प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी जम्मा ८७ जना
    च) प्रदेश ६: प्रत्यक्ष २४ र समानुपातिक १६ गरी जम्मा ४० जना
    छ) प्रदेश ७: प्रत्यक्ष ३२ र समानुपातिक २१ गरी जम्मा ५३ जना

    यसरी हेर्दा प्रतिनिधिसभामा ११० र प्रदेश सभा ७ वटै गरी २२० जना छुट्टा छुट्टै रूपमा समानुपातिक निर्वाचन प्रणालीबाट उम्मेदवारहरू निर्वाचित गर्नुपर्नेछ । यसको लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७४ अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार ७९ राजनीतिक दलहरूले पेश गरेको अन्तिम बन्दसूची निर्वाचन आयोगले २०७४ मंसीर ३ गते सार्वजनिक गरीसकेको छ । यसै अनुसार समानुपातिक निर्वाचन तर्फ कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका राजनीतिक दलहरू मध्ये निर्वाचन आयोगले निर्धारित गणणा विधिको माध्ययमबाट निश्चित सीट संख्या निर्धारण गरी पेश भएका सूचीको आधारमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि छुट्टा छुट्टै उम्मेदवार निर्वाचित गर्दछ ।

    समानुपातिक मत गणणाको अन्तिम परिणाम पछि अन्तिम बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट महिला, दलित, जनजाती, अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने सीट समेत निर्धारण गरी राजनीतिक दललार्इ प्राथमिककरण सहित अन्तिम नामावली पेश गर्न लिखित अनुरोध गर्ने र प्राप्त भएपछि सोही सूचीको आधारमा निर्वाचित गर्ने प्रचलन रहेको छ । तर कानूनतस् कुल सदर मतको ३ प्रतिशत मत प्राप्त नगरेका राजनीतिक दलको मत भने गणणा हुदैन । यसको भार थ्रेसहोल्ड पार गर्ने राजनीतिक दलले प्राप्त गरेको मतलार्इ नै १०० प्रतिशत मानी गणणा गरिन्छ । नेपालको समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचनमा राजनीतिक दलले प्राप्त गर्ने मतमा ३ प्रतिशतको थ्रेसहोल्ड कायम गरिएको पहिलो निर्वाचन प्रणाली २०७४ को निर्वाचन नै हो । वि.सं. २०६४ र २०७० को निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत सीट निर्धारण विधिमाModified Saint lague index बिधि प्रयोगमा ल्याइएको पाइन्छ ।

    निर्वाचन आयोगले समानुपातिक सीट निर्धारण गर्दा विश्वव्यापी रूपमा प्रचलन विभिन्न गणणा विधिहरू अपनाउने गरिएको पाइन्छ । जस मध्ये विश्वव्यापी प्रचलनमा रहेका सीट निर्धारण गणणा २ विधिहरू निम्नानुसार रहेको पाइन्छ ।

    १. Webster/Sainte lague method:

    यो गणणा विधि विश्वमा प्रचलित र पार्टी सूचीमा आधारित समानुपातिक निर्वाचनको लागि मत गणणामा भरपर्दो उच्च भागफल निर्धारण विधि हो । यस विधिको निर्माता फ्रेन्च गणितिज्ञ एन्ड्रे सेन्ट लिग हुन् र परिमार्जन अमेरिकी सिनेटर डेनियल वेवस्टारले गरेका हुन । यो गणणा विधि D’Hondt विधिसंग समानता छ तर धेरै भागहरूमा विभाजित छ । यो विधिको प्रयोग सर्वप्रथम सन् १८३२ मा प्रस्ताव गरिएता पनि सन् १८४२ मा अमेरिकी कंग्रेसको निर्वाचन प्रणालीमा प्रयोग गरिएको थियो । हाल यो विधिको प्रयोग बोस्निया हर्जगोभिना, इराक, कोसोभो, लाट्भिया, न्यूजिल्याण्ड, नर्वे, स्वीडेन, जर्मनीमा प्रयोगमा रहेको छ । स्वीडेनले ४ प्रतिशत दलीय थ्रेसहोल्डमा यस विधिको प्रयोग गरेको छ भने नेपालमा संविधानसभाको निर्वाचन २०६४ मा बिना थ्रेसहोल्ड पनि यसको प्रयोग गरिएको पाइन्छ । यस विधिमा गणणा गर्ने सुत्र:

    Quota=V/2S+1

    जसमा (V) भन्नाले राजनीतिक दलले प्राप्त गरेको जम्मा सदर मत र (S) भन्नाले समानुपातिक निर्वाचन प्रणालीमा राजनीतिक दललार्इ जम्मा छुट्याइएको कोटा । शुरूमा सबैं पार्टीलार्इ शुन्य (०) आधार मानिन्छ । जस्तोस समानुपातिक प्रणालीमा ७ सिट छुट्याएको छ, पार्टी (A) सदर मत ५३०००, पार्टी (B) को सदर मत २४००० र पार्टी (C) को २३००० छ भने यसरी गणणा हुन्छ ।

    denominator /1 /3 /5 /7 /9 /11 /13 Seats won (*) True proportion
    Party A 53,000* 17,666* 10,600* 7,571 5,888 4,818 4,076 3 3.71
    Party B 24,000* 8,000* 4,800 3,428 2,666 2,181 1,846 2 1.68
    Party C 23,000* 7,666* 4,600 3,285 2,555 2,090 1,769 2 1.61

    २. D’Hondt Method:

    यस विधिलार्इ जेफर्सन विधि भनेर पनि चिनिन्छ । पार्टी सूची समानुपातिक निर्वाचन प्रणालीमा दलीय सीट निर्धारणका लागि यो विधि उच्च औषत विधि पनि हो । यस विधिका व्याख्याता अमेरीकी लेखक, दोस्रो उपराष्ट्रपति तथा अमेरीका फाउन्डर पिता थोमस जेफर्सन हुन् । यसको प्रयोग सन् १७९१ मा भएको अमेरीकी व्यवस्थापिकाको निर्वाचनमा भएको हो भने यस विधिलार्इ बेल्जियम गणितिज्ञ Victor D’Hontd को सहयोगमा परिमार्जित रूपमा युरोपमा व्यवस्थापिकाको सीट बाँडफाडमा प्रयोगमा ल्याइएको थियो ।

    हाल यस विधि अर्मेनिया, अल्वानिया, अर्जेन्टिना, अष्ट्रिया, बेल्जियम, ब्राजिल, बुल्गेरिया, कम्बोडिया, चिली, जापान, कोलम्बिया, क्रोएशिया, डेनमार्क, पूर्वी टिमोर, इक्वेडर, फिजी, फिनल्याण्ड, पोर्चुगल, पोल्याण्ड लगायत विश्वका ४२ देशहरूमा प्रयोगमा रहेको रहेको पाइन्छ । यो विधि Sainte lague method संग मिल्दोजुल्दो रहेको छ । यसको गणणा विधि:

    Quota=V/S+1

    जसमा (V) भन्नाले राजनीतिक दलले प्राप्त गरेको जम्मा सदर मत र (S) भन्नाले समानुपातिक निर्वाचन प्रणालीमा राजनीतिक दललार्इ जम्मा छुट्याइएको कोटा । शुरूमा सबैं पार्टीलार्इ शुन्य (०) आधार मानिन्छ । यस विधि अनुसार उदाहरणको लागिस जम्मा सदर मत २,३०,००० भयो र जम्मा दलको लागि छुट्याइएको सीट ८ वटा छ र निर्वाचन थ्रेसहोल्ड पार गरेका पार्टी संख्या ४ छ भने, प्रत्येक राजनीतिक दलले प्राप्त गरेको सदर मतलार्इ पहिले १ ले भाग गरिन्छ, त्यसपछि क्रमशस् २,३,४,५,६,७ र अन्तिममा ८ ले भाग गरी योग निकालिन्छ । यसमा ८ अंक नै उच्च भागको अंक मानिन्छ । यसमा उच्चतम मत संख्या १,००,००० देखि न्यूनतम २५,००० लार्इ आधार मानिन्छ । तुलना गर्दा (१,००,०००/२,३०,००० × ८ = ३.४८) हुन्छ ।

    Denominator 1 2 3 4 5 6 7 8 Seats
    won (*)
    Proportionate
    seats
    Party A 100,000* 50,000* 33,333* 25,000* 20,000 16,666 14,286 12,500 4 3.4
    Party B 80,000* 40,000* 26,666* 20,000 16,000 13,333 11,428 10,000 3 2.8
    Party C 30,000* 15,000 10,000 7,500 6,000 5,000 4,286 3,750 1 1.1
    Party D 20,000 10,000 6,666 5,000 4,000 3,333 2,857 2,500 0 0.7

    ग) नेपालमा समानुपातिक मत गणना विधि:

    नेपालमा हालको निर्वाचन २०७४ मा राजनीतिक दलहरूले प्राप्त गरेको सदर मतको आधारमा ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका ५ राजनीतिक दललार्इ Sainte lague method अनुसार समानुपातिक मत सीट निर्धारण गर्दा निम्न हुन जान्छ । (नोट: यो निर्वाचन आयोगको विधिसंग मेल खादैन र यसले निर्वाचन आयोगको कामसंग पनि सम्वन्ध राख्दैन । बुझ्न सजिलोका लागि प्रयोग मात्र गरिएको छ ।)

    १. ने.क.पा.एमाले ३१,६१,२९५
    २. नेपाली काँग्रेस ३१,११,६४३
    ३. माओवादी केन्द्र १२,९५,९०३
    ४. संघीय समाजवादी फोरम ४,७०,४८६
    ५. रा.ज.पा. ४,६९,४६१
    कुल सदर मतस् ९५,०३,६१८ (२०७४ पौष १ गते शनिबार राती १० वजेसम्मको मतगणणा, निर्वाचन आयोग) ।
    ६. नेपालको संविधान अनुसार संसदमा समानुपातिक सीट निर्धारणस् ११०
    ७. पाँच पार्टीले पाएको कूल मतस् ८५,०८,७८८ लार्इ १०० प्रतिशत मान्दा,
    Temporary divisor 77.352,618
    Highest quotients 110

    राजनीतिक दल ने.क.पा. एमाले नेपाली काँग्रेस माओवादी केन्द्र संघीय समाजवादी फोरम रा.ज.पा.
    मत ३१,६१,२९५ ३१,११,६४३ १२,९५,९०३ ४,७०,४८६ ४,६९,४६१
    सेन्ट लिग मेथड अनुसार प्राप्त गर्ने सीट संख्या ४१ ४० १७ ६ ६

    यस हिसाबले ने.क.पा.एमाले ४१ सीट, नेपाली काँग्रेस ४० सीट, ने.क.पा. माओवादी केन्द्र १७ सीट,संघीय समाजवादी फोरमको ६ सीट र रा.ज.पा.को ६ सीट निर्धारण हुन्छ । (प्रशाशन डटकममा प्रकाशित गृह मन्त्रालयका उपसचिव अर्जुन भण्डारीकाे  लेख साभार)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.