Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

देवी खड्का देवी खड्का
माघ ९, २०७७
- यो हप्ता, राजनीति, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अपहरित गणतन्त्र बहाली, अवरुद्ध संसद सुचारु र व्याप्त भ्रष्टाचारलाई अन्त्य गर्नका लागि हामी आन्दोलनमा छौँ। लोकतन्त्रबिनाको शासक र जनताबाट अनुमोदित नभइकन शासनमात्रै गर्ने शासकहरूलाई कुर्सीबाट खसाल्नका लागि हो यो आन्दोलन हो। मूलतः महिलाहरूमाथि हुने गरेका हत्या, हिंसा र बलत्कार जस्ता विकृति, विसंगति र असमानताप्रति पनि सरकार मौन छ। त्यसैले अझ विशेषगरी भन्नुपर्दा महिलाहरूको हकहितका लागि पनि सरकारविरुद्ध आन्दोलन जरुरी छ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकार निरंकुश, अलोकतान्त्रिक र संघियताविरोधी छ। हामीले यो सरकारलाई जनताको सेवा गर्नका लागि भोट हालेर जिताएको हो। जनतामाथि शासन गर्नका लागि होइन। तसर्थ आज हामी सडकबाट जनतासँग माफी माग्दै ‘हाम्रो भोटको दुरुपयोग भयो र भोट दुरुपयोग गर्नेका लागि हामीले सरकारमा पठाएको होइनौँ’ भनिरहेका छौँ।

    हामीले यो सरकारलाई जनताको सेवा गर्नका लागि भोट हालेर जिताएको हो। जनतामाथि शासन गर्नका लागि होइन। तसर्थ आज हामी सडकबाट जनतासँग माफी माग्दै ‘हाम्रो भोटको दुरुपयोग भयो र भोट दुरुपयोग गर्नेका लागि हामीले सरकारमा पठाएको होइनौँ’ भनिरहेका छौँ।

    केपी ओली कम्युनिष्ट होइनन्

    ओलीको असंवैधानिक कदमले जनताको मन आहत भएको छ। जनता दुःखी छन्। ओली कम्युनिष्ट आन्दोलनभित्र घुसेका निरंकुश शासक थिए। उनी कम्युनिष्ट होइनन्। एउटै शब्दमा भन्नु पर्दा कम्युनिष्टले जनताको सेवा गर्नुपर्ने हो, शासन होइन। तर उनी आज शासक बनिरहेका छन्। यसर्थ, उनी कम्युनिष्टको खोल ओढेका सामन्त हुन्।

    आफ्नै पार्टीको विधानलाई पनि पालना नगर्ने मान्छेले भोलि शासन सत्तामा बस्नका लागि राजा वा एउटा कुनै विदा भइसकेको शक्तिसँग मिलेर निरंकुशता ननिम्त्याउलान् अथवा कोही विदेशी शक्तिसँग साँठगाँठ नगर्लान् भन्ने के ग्यारेन्टी छ र ? प्रधानमन्त्री ओलीलाई यत्तिकै छाडा छोडिदिने, जनताले नथ्थी लगाएर सडकमा नल्याउने र कुर्सीबाट नझार्ने हो भने उनी अझै बढी निरंकुशता तर्फ जानेछन्।

    कम्युनिष्टले जनताको सेवा गर्नुपर्ने हो, शासन होइन। तर उनी आज शासक बनिरहेका छन्। यसर्थ, उनी कम्युनिष्टको खोल ओढेका सामन्त हुन्।

    उनले लोकतन्त्र त ढालिसके, ०७२ मा बनेको संविधान च्यातिसके, गणतन्त्र लत्याइसके, विस्तारै संघियता खारेज गर्दैछन् र अहिले प्रादेशिक सरकारहरूमाथि आँखा लगाइरहेका छन्। उनकै निर्देशनमा स्थानीय तहका सरकारहरू भ्रष्ट बनिरहेका छन्। तसर्थ, केपी ओलीको सरकारबाट जनताले पाउने भनेको थप दुःख, कष्ट र हैरानी मात्रै हो । उनको कदमबाट राष्ट्रले अलोकतान्त्रिक कदम, निरंकुशतन्त्र र कमजोर अर्थतन्त्र मात्रै पाउँछ। उनले जसरी संसद विघटन गरे, त्यो व्यवस्था न कम्युनिष्ट घोषणापत्रमा छ, न आफैंले अध्यक्षता गरेको पार्टीको विधानमा छ, न त संविधानमा नै छ।

    अदालतले न्याय नदिए सडकले दिन्छ

    प्राप्त संवैधानिक अधिकार, जनाधिकार, राजनैतिक अधिकार र शासन प्रणालीमा भएको अधिकारलाई संरक्षण गर्नका लागि जनता एकपटक खड्गप्रसाद ओली शासकको विरुद्धमा सडकमा उत्रिनुपर्छ। देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले उन्नतितर्फ लैजानका लागि जनताले उनलाई ठेगान लगाउनुपर्छ । अनिमात्रै यो संभव छ। नभए संभव छैन।

    हामीले सरकार बाहिर रहेका दलहरूको पनि खराबीको आलोचना गर्नुपर्छ । तर त्यो भन्दा बढी खराब निरंकुश कदमका विरुद्ध जनताले आवाज उठाउनै पर्छ ।

    नेपालका अरु राजनीतिक पार्टीहरू पनि आलोचनामुक्त छैनन् । म एउटा कुनै राजनीतिक दलको मान्छे सडकमा आएको होइन, यो देशको एउटा नागरिक र महिला भएर आएकी हुँ। हामीले सरकार बाहिर रहेका दलहरूको पनि खराबीको आलोचना गर्नुपर्छ । तर त्यो भन्दा बढी खराब निरंकुश कदमका विरुद्ध जनताले आवाज उठाउनै पर्छ । अहिलेसम्म भएका अधिकार पनि जनताकै आन्दोलनबाट प्राप्त भएको हो । तर यसको दुरुपयोग भइरहेको छ।

    एउटा सानो बालक जस्तो संविधानलाई समृद्ध बनाउने, हुर्काउने र बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीले यसको घाँटी निमोठ्ने काम गरेका छन् । जनताको लोकतान्त्रिक अधिकारको घाँटी निमोठ्ने काम भइरहेको छ । यसर्थ, यसको विरोधमा जनताले आवाज उठाउनैपर्छ । खड्गप्रसाद ओली यो असंवैधानिक कदम फिर्ता लिन बाध्य भएनन् भने जनताले बाध्य पार्छन्, जनताले आफ्नो नासो फिर्ता लिन्छन्।

    यदि न्यायलयले न्याय गर्न सकेन र नेपालको राजनीतिक इतिहास तथा जनताको जनभावनालाई न्यायलयले न्याय गरेन भने जनअदालतले न्याय गर्छ । जनताको अदालत भनेको सडक हो । सडकले न्याय गर्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।

    सर्वोच्च अदालतले के गर्छ भन्ने कुरो अदालतका सम्माननीय न्यायधिशहरूको कुरा हो । हामीले भन्ने यत्ति हो कि न्यायलयको काम न्यायलयले गर्छ । यदि न्यायलयले न्याय गर्न सकेन र नेपालको राजनीतिक इतिहास तथा जनताको जनभावनालाई न्यायलयले न्याय गरेन भने जनअदालतले न्याय गर्छ । जनताको अदालत भनेको सडक हो । सडकले न्याय गर्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।

    महिलामुक्तिका लागि एकजुट होऔँ

    महिलाहरूमाथिको उत्पीडन हजारौँ वर्षदेखिको हो । मानव सभ्यताकै सबैभन्दा पुरानो उत्पीडन हो । महिलालाई मान्छे गन्न थालिएको धेरै वर्ष भएको छैन । अहिले पनि कतिपय नेपालका कतिपय गाउँहरू तथा कर्णाली, सुदूरपश्चिम र मधेशका गाउँहरूमा महिलालाई अहिले पनि मान्छे ठानिदैनँ । आमाको मृत्यु हुँदा रुनेलाई ‘आइमाई मर्दा पनि रुने, कस्तो नादानी रहेछ’ भन्ने समाज पनि अहिले हाम्रो ठाउँमा छ ।

    श्रीमानले श्रीमतीलाई बलात्कार गर्दा र घरेलु हिंसा गर्दा ‘उसको सम्पत्ती जे सुकै गरोस्’ भन्ने समाज हामीमाझ छ । तसर्थ, यो समाजलाई पूर्ण सभ्य र मानवचेतनासहितको समाज बनाउनका लागि महिला अधिकार अनिवार्य छ । पूर्ण अधिकार र पूर्ण समानता प्राप्त महिलाबिनाको समाज सम्भव छैन । यसैले यो सभ्य समाज बनाउनका लागि महिला अधिकारको सुनिश्चितता गर्नु आजको युगिन अभिभारा हो । यसका लागि महिलाहरूलाई सुसंस्कृत, अधिकार र चेतनाले सुसम्पन्न बनाउनु जरुरी छ । त्यो अभिभारा पूरा गर्नका लागि आज मेचीदेखि महाकालीसम्मका महिलाहरू र सिंगो नेपाली नागरिकहरू उठ्नुपर्छ।

    सबै नीतिको मूल नीति राजनीति भएका कारण राजनीतिमा जन्मिएको एउटा नयाँ जंगबहादुरलाई कुर्सीबाट खसाल्नका लागि सबै महिलाहरू सडकमा एकजुट होऔँ ।

    मेचीदेखि महाकालीसम्मका र मधेश, पहाड र हिमाल सबैतिरका महिलाहरूलाई एउटै डण्डाले हानिएको छ । निरंकुशता र अलोकतान्त्रिक डण्डाले । त्यसो हुँदा सबै नीतिको मूल नीति राजनीति भएका कारण राजनीतिमा जन्मिएको एउटा नयाँ जंगबहादुरलाई कुर्सीबाट खसाल्नका लागि सबै महिलाहरू सडकमा एकजुट होऔँ । यसका लागि म हार्दिकतापूर्वक दशऔँला जोडेर अनुरोध गर्छु । त्यसपछि हामी अरु अन्याय अत्याचारकाविरुद्ध निरन्तर अघि बढ्नेछौँ र हाम्रो अधिकार प्राप्त हुन्छ । त्यसैले महिला अधिकार प्राप्ति, लोकतन्त्र पुर्नवहाली, गणतन्त्र पुनर्वहाली र संविधान व्यूँताउनका लागि एकजुट भएर लाग्न म सबै आमा, दिदिबहिनी र भाउजुहरूमा हार्दिक आह्वान गर्दछु।

    निरंकुश शासनमा उत्पीडन बढ्छ

    शासकहरू जति निरंकुश हुन्छन्, त्यति कमजोर वर्गमाथि हानी पुग्छ । मजबुतहरूलाई अहिले पनि हानी पुग्दैन । धनाढ्यहरू, व्यापारीहरू (नियमसंगत व्यापार गर्नेहरूलाई भने घाटा छ) र दलालहरूलाई अहिले पनि फाइदै छ। निरंकुशतन्त्रको विशेषता भनेकै जो बलियो छ उसलाई बलियो बनाउदै जाने र जो कमजोर छ उसलाई झन् कमजोर बनाउदै जाने हो।

    भिडियो –

    शासकहरू निरंकुश हुँदा मजदुर, ज्यामी गरेर खानेहरू, महिलाहरू, आदिवासी, जनजाति र दलित समूदायलगायत सबै जातीय, क्षत्रीय र लैङ्गिक हिसाबले परापूर्व कालदेखि समाजमा उत्पीडित वर्गमाथिको उत्पीडन झन् बढेर जान्छ। किनभने उत्पीडितहरूको आवाज सुन्ने र न्याय दिने ठाउँमा कानूनसंगत न्याय हुँदैन । त्यहाँ बल, पहुँच र आवेगको आधारमा न्याय हुन्छ। कमजोर अवस्था भएकाहरूले न्याय पाउँदैनन्।

    व्यक्तिसँग लडाईँ होइन

    हिजो २१/२२ सय वर्ष पुरानो राजतन्त्र हामीले अन्त्य गर्‍यौँ । २ सय वर्ष पुरानो जहाँनिया राणा शासन हामीले अन्त्य गर्‍यौँ र महिलालाई ३३ प्रतिशत सहभागिता गरायौँ । दलित महिलालाई मान्छे गनिँदैन थियो । तर प्रत्येक वडामा एकजना दलित महिला सदस्य अनिवार्य गरायौँ । प्रधानमन्त्री ओलीबाट जुन प्रणाली अवलम्बन गरियो, त्यो प्रणाली संविधान र लोकतन्त्र विपरित छ । संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा यो प्रणाली ल्याउनका लागि हामीले यत्रो वर्ष संघर्ष गरेको होइन, जनताले बलिदानी गरेको होइन र दशौँ हजार शहिदले रगत बगाएको होइन ।

    शासकहरू निरंकुश हुँदा मजदुर, ज्यामी गरेर खानेहरू, महिलाहरू, आदिवासी, जनजाति र दलित समूदायलगायत सबै जातीय, क्षत्रीय र लैङ्गिक हिसाबले परापूर्व कालदेखि समाजमा उत्पीडित वर्गमाथिको उत्पीडन झन् बढेर जान्छ। किनभने उत्पीडितहरूको आवाज सुन्ने र न्याय दिने ठाउँमा कानूनसंगत न्याय हुँदैन । त्यहाँ बल, पहुँच र आवेगको आधारमा न्याय हुन्छ। कमजोर अवस्था भएकाहरूले न्याय पाउँदैनन्।

    अब आउने चुनाव पैसा, डन र मसलको आधारमा हुन्छ भने त्यहाँ दलित, जनजाति, महिला र आर्थिक अवस्था कमजोर भएकाहरूको कसरी प्रतिनिधित्व हुन्छ ? हामी यसको ग्यारेन्टी गर्न सक्दैनौँ । यसर्थ पहिला लोकतन्त्र बहाली हुनुपर्छ । लोकतन्त्रको जगमा टिकेको संविधान र त्यहाँबाट हुने चुनावले मात्रै सबैको अधिकार ग्यारेन्टी गर्छ । यसकारण महिलाहरू पहिला अहिलेको निरंकुशता विरुद्ध अघि बढुन् त्यसपछि अरु अन्यायविरुद्ध लड्दै जाउँ ।

    अहिलेको लडाई खड्गप्रसाद ओलीलाई कुर्सीबाट हटाउने र अर्को कसैलाई त्यसमा राख्न होइन। हाम्रो संविधान च्यातियो, हाम्रो लोकतन्त्र खोसियो, हाम्रो गणतन्त्र धराप बनाइयो र राष्ट्रियतामाथि खतरा भयो । त्यसैले प्रधानमन्त्री ओलीको कदमविरुद्ध अहिलेको आन्दोलन अपरिहार्य छ । यो हाम्रो रहर होइन ।

    संविधानको धारा २ सय ७६ मा कहीँपनि बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने उल्लेख छैन । व्याप्त भ्रष्टाचार, व्यविचार र महंगी बढेको छ । भर्खरै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि सबै समाग्रीको मूल्यवृद्धि हुन्छ। जसरी केन्द्रीय सरकारमा रहेका प्रधानमन्त्रीको वरिपरी भएका मान्छेहरूले भ्रष्टाचार गरिसकेपछि वडाको सदस्यसम्मले भ्रष्टाचार गर्छन्। यो त्यस्तैखालको फर्मुला हो।

    अहिलेको लडाई खड्गप्रसाद ओलीलाई कुर्सीबाट हटाउने र अर्को कसैलाई त्यसमा राख्न होइन। हाम्रो संविधान च्यातियो, हाम्रो लोकतन्त्र खोसियो, हाम्रो गणतन्त्र धराप बनाइयो र राष्ट्रियतामाथि खतरा भयो । त्यसैले प्रधानमन्त्री ओलीको कदमविरुद्ध अहिलेको आन्दोलन अपरिहार्य छ । यो हाम्रो रहर होइन ।

    त्यसैले अहिलेको आन्दोलन यो सबै प्रकारका भ्रष्टाचार, व्यविचार र अलोकतान्त्रिक तन्त्रविरुद्ध हो। ‘बोस सिस्टम’मा सरकार चलाउने र नियमसंगत ढंगले नचलाउनेको विरुद्धमा हो । न कि एउटा व्यक्ति र राजनीतिक पार्टीको पक्षमा।

    हामी प्रधनमन्त्री फेर्नका लागि यो आन्दोलन गरिहरेका छैनौँ । हामी प्रधानमन्त्रीलाई भन्छौँ ‘यी सारा कुराहरू सच्याउनुस्, तपाई नै बस्नुस्, जनताको बीचमा पश्चाताप गर्नुस्, मैले यो गल्ती गरेँ, संविधानमा नभएको कुरा गरेँ, निर्मला पन्त लगायतका छोरीहरूमाथि बलत्कार गर्नेहरूलाई कारवाही गर्छु, म भित्रै रहेका भ्रष्टाचारीहरूलाई निकाल्छु र म संविधानसम्मत ढंगले चल्छु’ भनेर माफी माग्नुस् । यदि खड्गप्रसाद ओलीले यसरी माफी मागे भने अहिले पनि उनी नै प्रधानमन्त्री हुनसक्छन् । हाम्रो लडाई व्यक्तिसँग होइन।

    (नेपाल रिडर्सका लागि नेता खड्कासँग प्रकाश अजातले गरेको कुराकानीमा आधारित। भिडियोः महेश पाण्डेय)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      देवी खड्का

      देवी खड्का

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.