Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

रामबहादुर भण्डारी 'आर. बी' रामबहादुर भण्डारी 'आर. बी'
पुस १, २०८१
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र कम्युनिष्ट पार्टीमा एक समय संलग्न भएकालाई यसै नामले पुकारिने गरिन्छ। यसै अनुरुप यहि २०८१ कार्तिक ९ र १० गतेका दिन पोखरामा भेला आयोजना भयो र राम्रै उपस्थितिका साथ सम्पन्न भयो।

हिजोको गण्डकी अञ्चल र हालको गण्डकी प्रदेश जसले निर्दलीय पञ्चायत तथा सामन्ती राजसंस्थाको विरुद्धमा संधैभरी आन्दोलनमा संलग्न भयो। गण्डकीका वामहरुले यो देशमा भएको वि. सं. २००७ साल, २०३५/३६ साल, २०४६ साल र २०६२/६३ का विभिन्न संयुक्त जनआन्दोलनहरुमा आफ्नो पूर्ण योगदान गरी आएको छ। यतिमात्र कहाँ हो र नेपाल कम्युनिष्ट पार्टीले क्रुर निर्दलीय पञ्चायती अवस्थामा स्याङजाको हरिनासमा गण्डकी अञ्चल सम्मेलन  २०२८ सालमा सम्पन्न गरेको थियो । सायद त्यस प्रकारको अवस्थामा जारि त्यो सम्मेलन गरियो देशभर अन्यत्र सम्भवतः भएको थिएन।

नेपाल कम्युनिष्ट पार्टीभित्र जसरी प्रथम सम्मेलन २००८ भनौ वा पहिलो महाधिवेशन २०१० साल, दोश्रो महाधिवेशन २०१४ साल र तेश्रो महाधिवेशन २०१९ सालमा नै प्रतिकृयावादी तथा संशोधनवादीका साथै दरवारियापरस्तहरुले पार्टीलाई बिसर्जन गर्ने प्रयत्न गरेका थिए । त्यस्तो बखतमा समेत पार्टीका संस्थापक महासचिव क. पुष्पलालले गण्डक प्रदेशमा आएर पार्टीको संगठनको विस्तारका सार्थ कतिपय विचारात्मक कामको थालनी गर्नुभएको थियो ।२०१९ साल पछि कम्युनिष्ट पार्टी फुटको अवस्थामा गएकै थियो तत्कालीन महासचिवको समूहले पार्टीलाई समेत बिसर्जनको अवस्थामा पुर्‍याएका थिए । सोही बखत क. पि. एल. को पहलकदमी र उहाँका ६ जना साथीबाट ऐतिहासिक तेश्रो राष्ट्रिय सम्मेलन गोरखपुरमा २०२५ सालमा सम्पन्न भयो। यसले नयाँ जनवादी कार्यक्रम पास गर्नुका साथै प्रथम पटक पार्टीको मार्गदर्शक सिद्धान्तमा माओत्सेतुङ विचार आधारको प्रवेश भयो र यसलाई समेत नेपाल कम्युनिष्ट पार्टीको कार्यदिशामा राख्ने काम भयो ।

अब चर्चा गरौं पोखरा भेलाको। नेपालमा हालको अवस्थामा कम्युनिष्ट पार्टीहरु दुई दर्जनका हाराहारीमा रहेका छन् । यसभित्र पार्टीको स्थापना २००६ सालमा भएको मान्ने र नमान्ने तथा पुष्पलाललाई सहर्ष स्वीकार्ने र करबलले स्वीकार्नेहरु समेत रहेका छन् । तर पोखरा भेलाको आयोजकहरुले मूख्य रुपमा केही आधारभूत कुरालाई स्थापित गर्ने निर्णय गर्‍यो र त्यसै अनुरुप कार्यक्रम पनि गर्‍यो । प्रथमतः यसले गण्डकी प्रदेशमा रहेर २०४६ सालभन्दा अघिदेखि कम्युनिष्ट (वामपन्थी) को सदस्य भइ काम गरेको जुनसुकै तह वा हाल सक्रिय, निष्कृय अथवा हाल कम्युनिष्ट भन्न नचाहने समेतलाई समेत सहभागी गरायो। दोश्रो विभिन्न विभाजित कम्युनिष्ट पार्टीमा लागि रहेका वा पछिल्लो काल खण्डमा निष्कृय रहेकाहरुका माझ राखिएको ब्यानरमा एकातिर विश्व कम्युनिष्ट झण्डा हँसिया हथौडा र दोश्रोपट्टी क. पि. एल. को फोटो राखेर न्याय दिने काम गर्‍यो।

त्यस भेलामा सहभागी हुने सबैले आ–आफ्ना अनुभवहरु सुनाए। यसक्रममा  आज देशमा भइरहेको गलत प्रवृत्ति खासगरी कम्युनिष्ट कै नाममा सत्तामा गइरहनेहरुबाट देश र जनताप्रति गरिरहेको बेइमानी र गलत प्रवृत्तिको खुलेरै विमति राखे । सबै वक्ताहरुले एकै स्वरमा पार्टीभित्र विचलन आएको कुरालाई खबरदारी गर्ने  विचार व्यक्त गरे।

गण्डकी प्रदेशमा रहेर आज र हिजो समेत काम गरेका सबै वामहरुलाई उपस्थित गराउन विभिन्न कारणले नसकेको भएतापनि यसका आयोजकको प्रयत्न सफल भएको छ र आगामि दिनमा समेत यस्ता आयोजना भए धेरै राम्रो हुने कुरा सहभागीहरुद्वारा विचार व्यक्त भएका थिए।  हाँलाकी आयोजकहरुलाई आर्थिकदेखि कतिपय अन्य प्रबन्धमा केही समस्या रहन गएको होला तापनि देशभरिमा आफूलाई अग्रणीका रुपमा गण्डकी प्रदेशले अग्रता देखाउन सक्यो ।  यसले जीवनको उतरार्धमा आफ्ना हिजो आन्दोलनका बखत सँगै रहेका तर कतिपय कारण भेटघाट नभएकाहरुकाबीच भेटघाट गराउने काम  गराउन सफल भयो । यो भेला आयोजना गर्ने आयोजकहरुलाई  सबैतिर उच्च सम्मान व्यक्त भएको पाइएको छ । यस कार्यक्रमबाट अन्य प्रदेश र जिल्लाका साथीहरुलाई समेत उत्प्रेरणा प्रदान गर्नेछ भन्ने मेरो विश्वास पलाएको छ । पुन यस भेलाका आयोजक र सहभागीहरु सम्पूर्णलाई धन्यवाद भन्दै यो लेख यहीं विट मार्दछु ।

यो पनि – 

हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

 

रामबहादुर भण्डारी 'आर. बी'

रामबहादुर भण्डारी 'आर. बी'

Related Posts

हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

तीर्थ कोइराला
साउन ४, २०८२

विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

घुस नखाने पार्टी समाजवादको सर्त

घुस नखाने पार्टी समाजवादको सर्त

घनश्याम भूसाल
साउन ८, २०८१

डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

जेकोब ड्रेयर
असार २७, २०८१

१६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

रामराज रेग्मी
असार १२, २०८१

यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

बलराम तिमल्सिना
बैशाख १५, २०८१

एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

नेपाल रिडर्स
माघ १०, २०८०

नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

गुगल मार्फत साइन इन गर्नुहोस्
Sign In with Linked In
वा

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

गुगल मार्फत साइन अप गर्नुहोस्
Sign Up with Linked In
वा

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share via
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

Add New Playlist

नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • मल्टिमिडिया
  • ब्लग

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.