Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
Sunday, May 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अदालत जनताको निगरानीमा छ : डा. गोविन्द केसी

नेपाल रिडर्स नेपाल रिडर्स
माघ १३, २०७७
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    म काठमाडौँ आएको ४०/४५ वर्षजति भयो होला। त्यो बेला धेरै पोखरी, हिटी र ढुंगेधाराहरू हुन्थे । तर विस्तारै–विस्तारै ति पोखरीहरू पुँरिदैछन् । त्यसको ठाउँमा कंक्रिटका पोखरी बनाइँदैछन् । यति मात्रै होइन, राजनीतिक पार्टीका शिर्षस्थ नेताहरू, भूमाफियाहरू र सम्बन्धित निकायका कर्मचारीहरू मिलेर सार्वजनिक जग्गाहरू समेत हडपिरहेका छन् । यो दुःखलाग्दो कुरा हो ।

    पोखरी हाम्रो मौलिकता हो । हामी विदेशीको सभ्यता सजिलै अनुकरण गर्छौँ । तर आफ्नो कला र सम्पदाको संरक्षण गर्न सकिरहेका छैनौँ। कमलपोखरीको कुरा गर्ने हो भने त्यहाँ कंक्रिटको संरचना बनाउने काम हुदैछ, यो विकृति हो । त्यहाँ टेनिस कोर्टलगायतका संरचना पनि बनाउने कुरा भइरहेको छ । त्यो पनि भूमाफियाको हातमा पर्न सक्छ । त्यहाँ परम्परागत शैलीकै पोखरी हुनुपर्छ । बरु पोखरी वरिपरी रुखहरू रोपिनुपर्छ ।

    पहिलाका मान्छेहरू वातावरणप्रेमी थिए । हाम्रो पुस्ताचाहिँ पैसाप्रेमी भयो । नेताहरूमा पनि कसरी पैसा कमाउने भन्ने मात्रै चिन्तन छ । किनभने देशमा दण्डहिनता छ र कसैलाई जवाफदेही बनाइने चलन छैन । प्रधानमन्त्री नै ‘जो अगुवा उही बाटो ….’भनेजस्ता छन् । तर हामीले पोखरीलगायत हाम्रा सम्पदाहरूको जगेर्ना गर्नुपर्छ।

    प्रतिगमनले यस्ता सम्पदाहरूमा ‘कंक्रिटाइजेसन’ गरेको छ । त्यो गलत कुरा हो । प्रतिगमनका नेता प्रधानमन्त्री केपी शर्मा ओली हुन् । हामी कुनै गुट, समूह, पक्ष वा विपक्षमा छैनौँ । हामी जनताको पक्षमा छौँ । हामी जनताको भाषा बोल्छौँ । केपी ओलीले अहिले देवत्व प्राप्त गरिसकेका छन् । हामी त रैतीहरू हौँ । उनी भन्छन्, ‘सडकमा चिच्याएर मात्रै हुन्छ ? यो त हाम्रो तजबिजको कुरा हो, सिंहदरबारको तजबिजको कुरा हो ।’ यसको मतलव यो सरकारले आफैंलाई तानाशाह भनेको छ ।

    नेताहरूमा पनि कसरी पैसा कमाउने भन्ने मात्रै चिन्तन छ । किनभने देशमा दण्डहिनता छ र कसैलाई जवाफदेही बनाइने चलन छैन । प्रधानमन्त्री नै ‘जो अगुवा उही बाटो ….’भनेजस्ता छन् ।

    सडककै भाषा सुनेर २००७ सालमा प्रजातन्त्र आएको हो। जनआवाज सुनेर ०४६ सालमा प्रजातन्त्र पुनर्वहाली भएको हो र सडक आन्दोलनबाटै गणतन्त्र आयो । त्यो बेलाको शासकले सुन्ने तर अहिलेको शासकले नसुन्ने भनेपछि ओली कुन स्तरको तानाशाह हुन् भन्ने बुझिन्छ ।

    तानाशाह भए पनि ‘अलिकति इमान्दार तानाशाह’ भइदिएको भए हुन्थ्यो । ओली बेइमान तानाशाह हुन् । कतिपय तानाशाहमा थोरै भएपनि संवेदनशीलता हुन्छ । जनताप्रति अलिकति सहिष्णुता हुन्छ । तर ओलीमा संवेदनशीलता छैन, इमानदारिता पनि छैन । उनले तानाशाही प्रवृत्ति थोपरिरहेका छन् । प्रत्येक दिन विभिन्न काण्ड, धाँधली, भ्रष्टाचार र अपराध भइरहेका छन् ।

    जनताले रगत, पसिना र ज्यानको अहुति दिएर ल्याएको संविधान तोडमोड गरेर उनले संसद विघटन गरे। संविधानले नदिएको अधिकार प्रयोग गरे । त्यसैले म भन्दैछु, राणा कालमा पनि प्रजातन्त्र आयो र श्री ५ को पालामा पनि प्रजातन्त्र आयो । त्यसैले सडकलाई नसुन्ने र संविधानभन्दामाथि उठेर काम गरिसकेका केपी ओली श्री ५ वा श्री ६ मात्रै होइन, यी त श्री ७ महाराजधिराज हुन् ।

    संविधानअनुसार हामी सार्वभौम नागरिक हौँ । हामीलाई भोट दिने अधिकार छ, हामीले उनीहरूलाई भोट दियौँ भने उनीहरूलाई सडकमा ल्याउन पनि हामीले जानेका छौँ, यो हाम्रो अधिकार र कर्तव्य हो । संविधानका केही अंगमध्ये एउटा त उनले ‘डिजल्भ’ नै गरे । अर्कोलाई उनले दबाब दिइरहेका छन् । न्यायपालिकालाई दबाब दिइरहेका छन् । उनी भन्छन् ‘यो राजनीतिक विषय हो, त्यसकारण संसद विघटन बदर नगर ।’

    त्यसैले सडकलाई नसुन्ने र संविधानभन्दामाथि उठेर काम गरिसकेका केपी ओली श्री ५ वा श्री ६ मात्रै होइन, यी त श्री ७ महाराजधिराज हुन् ।

    प्रधानमन्त्रीका रूपमा संविधानको रक्षा गर्ने कर्तव्य ओलीको पनि हो । तर उनले रक्षा गरेनन्, उनले भक्षण गरे । उनी संविधानको भक्षक भए । संविधानको रक्षा गर्ने मुख्य कर्तव्य न्यायपालिकाको हो । र, जनता सार्वभौम नागरिक हुन्, संविधानमा भएका प्रावधानहरू जनताको हकहितका लागि बनाइएका हुन् । र, संविधानलाई नष्ट गर्न खोजिँदैछ भने त्यसलाई रक्षा गर्ने कर्तव्य न्यायालयको हो ।

    त्यसैले, अदालत जनताको निगरानीमा छ । अदालत हाम्रो निगरानीमा छ । यदि संविधानको रक्षा भएन भने जनता सडकमा उत्रिन्छन् । अदालतमा विद्धान न्यायधिशहरू हुनुहुन्छ । त्यसैले उहाँहरूलाई मैले भनिररहनु पर्दैन । तैपनि खबरदारी गरिराहनुपर्ने जरुरत छ, हामी खबरदारी गरिरहन्छौँ । संविधानको रक्षा हुनुपर्छ र ओलीले सडकको भाषा सुन्नैपर्ने हुन्छ ।

    (सोमबार नागरिक आन्दोलनका क्रममा टंगालस्थित पिपलबोटमा डा. गोविन्द केसीले दिएको मन्तव्य।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.