Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारतीय पत्रकारिताको दशा र दिशा

शरद यादव शरद यादव
असार २६, २०७५
- विमर्शका लागि, समाचार
A A
0
Indian press photographers stand behind a fence for security reasons as they take pictures of Belgium's Queen Paola in a school in Mumbai November 6, 2008. Belgium's King Albert II and Queen Paola are on a official state visit to India.     REUTERS/Francois Lenoir   (INDIA)

Indian press photographers stand behind a fence for security reasons as they take pictures of Belgium's Queen Paola in a school in Mumbai November 6, 2008. Belgium's King Albert II and Queen Paola are on a official state visit to India. REUTERS/Francois Lenoir (INDIA)

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतको जनता दल युनाइटेडका सांसद शरद यादवले यो भाषण २२ मार्च, २०१७ का दिन भारतको राज्यसभामा दिएका थिए। यस भाषणमा उनले भारतमा पत्रकारिताको दशा र दिशामाथि महत्वपूर्ण टिप्पणी गरेका थिए। जुन टिप्पणी नेपाली पाठकहरुलाई सन्दर्भका लागि उपयोगी हुने ठानेर यहाँ प्रस्तुत गरिएकोछः

    हिन्दुस्तानका पार्लियामेन्टका दुवै सदन निर्वाचित सदनहरु हुन्। यी दुवै सदनहरुमाथि हिन्दुस्तानका समस्त जनताको भरोसा छ। हामी सबैले जनताका बोलीलाई हिन्दुस्तानका समस्त जनता समक्ष पुर्‍याउने माध्यमहरु मध्ये मिडिया पनि एक हो। आजकाल  एक नया मिडिया,  विजुअल मिडिया विकसित हुँदै सोशल मिडिया पनि आएकोछ।

    मैले एक-दुई सत्य कुरा मात्र के बोलेको थिएँ,  त्यसलाई सोशल मिडियाले यसरी प्रचार गर्‍यो कि यसबाट कैयन अफवाह फैलिएकाछन्। अनेकौ प्रकारका गाली-गलौज चलिरहेकाछन्,  त्यसको परिणामबारे कुनै अनुमान नै गर्न सकिदैन।

    मिडियाका लागि मजीठिया कमीशन बनेको कैयन समय भइसक्यो। आज हामी लोकतन्त्रमा चुनावको सुधार कस्तो होस् भनेर कुरा गरिरहेका छौं?  तर यी सारा मिडियाहरु चुपचाप छन्। चुनाव सुधारको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि – हाम्रो लोकशाही र लोकतन्त्र कुन मार्ग लागेको छ, यसलाई त्यता लग्ने को हुन् ? ती मध्ये एक त्यही मिडिया पनि हो, जसलाई राज्यको चौथो खम्बा भनिन्छ,  यही होइन र ? यसको के हालत छ?

    पत्रकारको लागि मजीठिया कमीशन बनेको छ। स्मरण रहोस् मिडिया र पत्रकारिताको मतलब हो पत्रकार र पत्रकार नै उसको आत्मा हो।

    यो लोकशाही या लोकतन्त्र जुन खतरामा छ, यसको एक कारण यो हो पत्रकारलाई करार। हामीले पत्रकारलाई करारमा हालेका थिएनौ। युरोपबाट एक नयाँ कुरो आएको छ,  हायर एण्ड फायर। त्यही नयाँ कुरो हायर एण्ड फायरबाट सबैभन्दा बढी शिकार कोही भएको छ भने पत्रकार नै भएका छन्।

    मैले ठूला-ठूला पत्रकारसँग सङ्गत गरेको छु र ठूला-ठूला व्यक्तिहरुसँग पनि। हामीले अघिका मिडिया पनि देखेका छौं, आजका मिडिया पनि देखेका छौं। तिनीहरुका महत्वपूर्ण आत्मा कुन हुन्?  सत्य खबर आएकाछन् कहाँबाट ? गत विधानसभाको चुनाव भइरहेको थियो, त्यसबेला म आफैं गएर चुनाव आयोगलाई भनेको थिए कि यो न्यूज पैशा खाएर लेखिएको हो।

    आज जो पत्रकार  छन्, उनीहरु धेरै बेचैन र परेशान छन्, पत्रकारसँग ईमान पनि छ, उ सच्चाईका लागि केही लेख्न पनि चाहन्छ। तर उनीहरुले लेख्न सक्दैनन्। मालिकको सामू उनीहरुलाई भनिएको हुन्छ यस लाइनमा लेख्नुहोस्, यस प्रकारले लेख्नुहोस्, उसका आफ्ना परिवार छन्, उ कहाँ जाओस् ?

    हाम्रो लोकतन्त्रमा बजार आयो, धेरै आयो तर यो जुन मिडिया हो, यसलाई हामीले कसको हातमा सुम्पिएका छौं? यो कस्ता-कस्ता व्यक्तिहरुका हातमा पुगेको छ? एक पूँजीपति छ यस देशको, उसले ४० प्रतिशतदेखि ६० प्रतिशत मिडिया खरीद गरिसकेकोछ। अब यो देशको हालत के होला?

    अब हिंदुस्तान टाइम्स पनि बिक्री हुनेवाला छ। कि बिकीसक्यो कि? कसरी चल्छ अब यो देश? यो चुनाव सुधार, यो बहस, यी सारा चींजहरु के बाट प्रसारित हुनु पर्ने हो? यसबारे बोल्नका लागि कोही तयार नै छैनन्।

    तपाईहरुलाई भन्छु यी कुराहरु लोकशाहीमा, लोकतन्त्रमा, यो निश्चितरुपले मिडियाबाट आउनु पर्ने हुन्। जुन ल्याउनु पर्ने अवस्था बनाउने दायित्व तपाईकै हुन्, यस पार्लियामेन्टका हुन्। कुनै मार्ग निक्लेला या न निक्लेला?  यी जो पत्रकार हुन्,  ती चौथा खम्बा हुन्, तर तिनीहरुका मालिक होइनन्।

    म आज बोली रहेको छु, अब यी मिडिया मेरा खिलाफ लगौंटी कस्नेछन्, तिनीहरु गाली बर्साउनेछन्। तर म जो जब चार वर्षभन्दा धेरै समय जेल बसेर स्वतन्त्र भारतमा आएँ, यदि म नै चुप लागेर बसुँ त मैले हिंदुस्तानका जनतासँग  विश्वासघात गरेको ठहरिनेछ।

    आज धेरै भन्दा धेरैलाई करारमा काम गराइएको छ र पूरा हिंदुस्तानमा जनताका लागि कुनै नोकरी या रोजगारी सिर्जना भइरहेको छैन। सबै स्थानमा पूंजीपति र सबै प्राइवेट सेक्टरका व्यक्ति छन्।

    समाचार पत्रमा सबैभन्दा बढी व्यक्तिहरुलाई करारमा राखिने गरिन्छ। यसरी  मजीठिया कमीशन कसले लागू गर्ला?  तपाईंले कुनै पत्रकारसँग साच्चो कुरा लेखाउनुहोस्, त उ संकटमा पर्नेछ किनकि उसको मालिकले भोलि नै बर्खास्त गरिदिनेछ। अब भन्नुहोस् त, यो मिडिया कसरी सुध्रिएला?

    यदि यो सुध्रिएन भने त चुनाव सुधारसम्बन्धी यो बहस यहीं समाप्त हुनेछ। यसबारे केही समाचार दिनु परेपनि च्वास्स चुस्समात्र दिइनेछ। उसको मालिकले भन्नेछ – कसको समाचार दिने हो, कसको नदिने हो।

    हामी दिनहुँ यहां बोल्ने गर्छौं तर त्यहाँ पनि उसले (मालिक) दिनहुँ भन्नेछ कि हामी जस्ता व्यक्तिका कुरा नछाप किनकि त्यसले त साँचो बोलिरहेकोछ। सच्चाई नै मतपत्रको ईमान हो। तर यस ईमानलाई चारैतर्फबाट पूंजीले घेरी सकेको छ। अकूत कमाउनेहरुले घेरी सकेका छन्। र आजको सबैभन्दा बढी मुश्किल कुरा यो छ कि बहस गरौं त कसरी गरौं?

    हाम्रो मुलुक विशाल छ, एउटा महादेश जत्रै। तर हाम्रो बहस र हाम्रो विचारलाई जनसमक्ष पुर्‍याउने अवस्था छैन। यी अखबारका पूंजीपति मालिक कैयन धन्धा चलाई रहेका छन्।

    यिनीहरुले नै धेरै भन्दा धेरै जमीन लिएका छन् र कैयन प्रकारका धन्धा गरिरहेका छन्। तिनीहरु कहाँ पनि घुस पुग्छ। यिनीहरुलाई नै सबैले टिकट दिन्छन्। म तपाईहरुसँग भनिरहेको छु, यस तरिकाले यो लोकतन्त्र कहिल्यै पनि बच्न सक्दैन।

    यसका लागि एक कानून बनाउन आवश्यक छ कि यदि कसैले मिडिया हाउस चलाउँछ या अखबार चलाउँछ भने, त्यसले अरु कुनै धन्धा गर्न पाउनु हुँदैन। यस देशमा क्रस होल्डिङ्ग बन्द हुनै पर्छ। यस्तो कानून पास गरौं त, अनि हेरौं कसरी हिंदुस्तान सुध्रिदैन?

    हामी जस्ता कैयन व्यक्तिहरु हिंदुस्तानमा छन् जसले धेरै विद्रोहका साथ सत्य बोलेका छन्। पहिला पनि हिंदुस्तानलाई बनाउनमा यस्ता महानुभावले नै काम गरेका थिए। म मान्दिन कि आज यस्ता महानुभाव छैनन्। यस्ता असंख्य महानुभावहरु छन् जो सच्चाईलाई उजागर गर्न चाहन्छन् तर कसरी उजागर गर्ने?

    अर्थात् यस चौथो खम्बामाथि आपत आइलागेको छ। हिंदुस्तानमा अघोषित आपातकाल लागेको छ। यी जो पत्रकारभन्दा माथि विराजमान छन् तिनीहरु केही लेख्न सक्दैनन् किनकि उनीहरुका हातमा केही छैन।

    जो पत्रकार साँचो लेख्छन् उसलाई बर्खास्त गरिन्छ। अनि यो देश कसरी बन्छ? तपाईहरु कसरी सुधार गर्नु हुन्छ त ? सुधार कसरी होला? म सबैलाई सोध्न चाहन्छु।

    यस देशमा मिडियाका बारेमा बहस किन हुने गर्दैन? यस देशमा यस्तो कानून बनाइनु पर्छ ताकि कुनै पनि व्यापारीले कुनै तरिकाबाट क्रस होल्डिङ्ग गर्न नसकोस्।  त्यसपछि हिंदुस्तान बन्ला।

    म यस पार्लियामेंटमा रहनु भएका सरकारका सभासदसँग निवेदन गर्न चाहन्छु कि आज तपाईंहरु त्यहाँ हुनुहुन्छ, हामी यहाँ (प्रतिपक्षमा) छौ,  भोलि त सबै यथास्थानमा नरहौंला। तर त्यतिञ्जेलसम्म हिंदुस्तानका गरीब, मजदूर, किसानहरु लोकतन्त्रबाट टाढा पुग्नेछन् तपाईहामीहरुले जतिकै तागत लगाए पनि तिनीहरु झन् परपर पुग्नेछन्।

    हालको स्थिति यस्तै रहेमा हामी सबैले धेरै तागत लगायौं, तर सच्चाई गरीब सामू पुग्न पाउदैन। जब चुनाव भइरहेको थियो, त्यसबेला म तीनवटा अखबारहरु समक्ष पुगेको थिए। ती अखवारले मेरो स्पष्टीकरण छापेनन्। मैले महिनादिनसम्म कम्प्लेन गरिरहे, तर मेरा कुराबारे एक लाइन समाचार बनाइएन। उनीहरु आजका मेरा कुराहरु पनि छाप्ने छैनन् किनकि त्यहा मालिक बसेको छ। पुरै पत्रकारहरुले मेरा विचारलाई हृदयमा बास दिनेछन्, तर मेरा कुराले उनीहरुका मालिकहरुको कन्पारो तताउनेछ।

    दी वायरमा 24/03/2017 प्रकाशित अङ्शको संक्षेप र भावानुवाद।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      शरद यादव

      शरद यादव

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.