Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

स्वतन्त्रता बारे क्युवाले अमेरिकालाई के सिकाउन सक्छ

टि डी हार्पर सिप्मेन पिएच डी टि डी हार्पर सिप्मेन पिएच डी
माघ ९, २०७४
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    क्युवाको सन्दर्भमा “केही पनि छैन” भन्ने अमेरिकी धारणा परम्परागत अर्थशास्त्रीय शब्दहरूबाट बुझ्न सकिदैन, बरु च्यातेर धुजा पारिएको स्वतन्त्रताको उदारवादी कथनबाट बुझ्न सकिन्छ । स्वतन्त्रताको यो कथनसँगै यस्ता मुल्यहरू जोडिएर आउँछन्, जसले यदि अनन्त तन्काइएन भने बाँच्नयोग्य जीवन स्तर माथिको पहुँच भन्दा खराब अस्वतन्त्रता (un-freedom) तर्फ इसारा गर्दछ। अमेरिकामा हामी हाम्रो गुणस्तरीय जीवनबारे उचित स्तरको अधिकार भन्दा असफल हुने र सङ्घर्षको स्वतन्त्रतालाई बढी महत्व दिन्छौं।

    “… क्युवालीहरूसँग केही पनि छैन ।”  यी शब्दहरू एक अपरिचित र म बिच आदानप्रदान भएका थिए जब हामी दुबैजना हवानाका लागि उड्ने तयारीमा आफ्ना झोलाहरू जचाउन जे एफ के विमानस्थलमा लाईनमा उभिरहेका थियौं । यो संवादभन्दा तीन मिनट अगाडि आफ्ना साथीसँग गफ गर्दै हाम्रा ठूला–ठूला झोलाहरू जचाउन लाईनमा उभिइ रहेका थियौं र हाम्रा पछाडि उभिएकी एक युवा महिला हाम्रा झोलाहरू घोरिएर हेरिरहेकी थिइन् । “ के तपाईं क्युवा जाँदै हुनुहुन्छ?”, उनले सोधिन् ।

    आफ्नो उत्साह रोक्न नसकी मैले उत्साहपूर्वक भने, “ हो जाँदैछौं, यो हाम्रो पहिलो यात्रा हो ।”

    उनी हाम्रो उत्साहमा सामेल भए जस्तो लागेन र उनले सोधिन्, “के तपाईंहरू त्यहाँ अलि लामै समय बिताउदै हुनुहुन्छ?”

    “होइन केही दिन मात्र”, मैले जवाफ फर्काएँ ।

    उनको अनुहारका भावभङ्गीमाले यस प्रकारको सवालजवाफ गराईलाई धोका दिईरहेको थिएन । “ए, तपाईं आफ्ना केही सरसामान त्यहीं छोडेर आउनुहुने रहेछ, मेरो मतलब तपाईंहरूको सामान अलि धेरै देखिन्छ ।”

     तबमात्र मलाई हेक्का भयो यो वार्तालापको मेरो क्युवा भ्रमण गर्ने जीवनभरको सपनासँग कुनै साईनो नै थिएन। आफ्ना कुनै सामान त्यहाँ छोड्ने हाम्रो सोचाई नरहेको जानकारी उनलाई गराईसकेपछि मैले हाम्रा सामान भरिएका झोलाहरूबारे उनी किन यति साह्रो  चिन्तित भएको भनी सोधें।

    अलि रिसाए जस्तो स्वरमा उनले भनिन्, “क्युवालीहरू साच्चीकै गरीब छन्। त्यो देश तेस्रो विश्वमा पर्छ।”

    केही गरीब राष्ट्रहरूको भ्रमण गरिसकेकीे हुनाले म केही अलमलिए । किन ठूला झोलाहरू बोकेर क्युवा जान अस्वीकार्य थियो? के मैले क्युवा भ्रमणका लागि यात्रा सम्बन्धी ब्लगहरू चाहार्दा क्युवा यात्रामा मेरा ठूला झोलाहरू प्रति क्युवालीहरू सांस्कृतिक रूपमा सम्बेदनशील हुन्छन् भन्ने कुरा पढ्न छुटाएँ की?“ मैले यीनै झोलाहरू लिएर तथाकथित तेस्रो विश्वका २–४ वटा मुलुकहरूको भ्रमण गरिसकेकीे छु । “समस्या कहाँनिर छ भनेर मैले बुझ्न सकिरहेको छैन”, मैले भने ।

    फेरि झन्झट लागेको हाउभाउका साथ उनले भनिन्, “क्युवा बिल्कुल भिन्न छ। त्यहाँ केही पनि छैन।”

    हाम्रो औपचारिक वार्तालाप केही क्षण मै सकियो तर मेरो मस्तिष्कभित्र मेरी ती सहयात्रीसँगको वार्तालाप चलि नै रह्यो।

    म क्युवासम्बन्धी तथ्याङ्कहरू र कथाहरूले ती महिलालाई जवाफ दिन चाहन्थें, जसले क्युवालीहरू सामाजिक रूपमा अमेरिकीहरू भन्दा धेरै विकसित छन् भन्ने देखाउँछन् । म वहाँले “केहि पनि छैन” भन्नुको अर्थ पनि सोध्न चाहन्थे— के क्युवालीहरूको शरिरमा श्वास नै छैन? के त्यो केही पनि होईन? उनी मेरा झोलाहरूमाथि नै केन्द्रित भएको छाँटले उनले भौतिक सम्पतिको दृष्टिबाट मात्र कुरा गरिरहेकी थिइन् भन्ने मैले ठम्याएँ । म उनलाई कसरी गरीबी सम्बन्धी अमेरिकी धारणा अरु देशहरूका लागि दारूण हुन्छ र स्वयं अमेरिकाका लागि भने क्षमाशील हुन्छ भनेर पनि बुझाउन चाहन्थें । वास्तवमा मैले यी सब कुरा मध्ये उनलाई केही पनि भनिन किनभने उनी भन्दै थिइन् यो उनको तेस्रो क्युवा भ्रमण हो । उनलाई प्रतिउत्तर दिन मसँग कुनै प्रत्यक्ष अनुभव थिएन । म केवल आदरपूर्वक उनीसँग विदा भएँ र मैले अफ्ठ्यारो किसिमले आफ्ना पोका पन्त्यौरा अर्को तौलने केन्द्र तर्फ घिसार्न सिवाय केही गरिन ।

    मेरो क्युवाको यो वास्तविक यात्रापूर्व मैले फ्लोरिडाबाट केवल ९० माईल टाढा रहेको यस टापुबारे पढ्ने आदत बसाएकी थिएँ ताकी दारूण र टिठले भरिएको अमेरिकी मानसिकतामा डढेलो झोस्न सक्थें । मैले त्यो देशको इतिहासको कार्लोस मुरको पिपिन्चोनः रेस एण्ड रिभोल्युसन इन कास्त्रोस् क्युवा  र कास्त्रोको वार, र्‍यासिज्म एण्ड इकोनोमिक इन्जस्टीस  मार्फत् सन्तुलित अध्ययन गर्ने कोशिस गरेकी छु । रैथाने साहित्यले जहिले पनि अमेरिकी मिडीयामा हुने चित्रण भन्दा बिल्कुलै फरक बढी विस्तृत र विकसित भइरहेको सामाजिक र आर्थिक चित्र पेस गरको हुन्छ।

    सङ्ख्यात्मक तथ्यांकहरूले पनि क्युवालीहरू अन्य धेरै मानिसहरूभन्दा राम्रो अवस्थामा रहेको देखाउँछन्। क्युवाको बाल मृत्युदर ४.५ मृत्यु प्रति १००० जन्म छ भने अमेरिको ६.१ मृत्यु प्रति १००० जन्म छ। अझ अलाबामा जस्ता संयुक्त राज्यको मृत्युदर त ८.७ जस्तो उच्च छ। क्युवामा एचआइभि÷एड्स को फैलावट पश्चिमी गोलार्ध मै सबैभन्दा कम छ । यस विपरित वासिङ्टन डिसी जस्ता ठाउँमा त आधिकारिक रूपमै एचआइभि÷एड्स ले महामारीको रूप लिएको छ। यति सबै हुँदा पनि किताबी ज्ञानले मात्र कुराकानी थाल्दा जीवन्त अनुभव संगालेका मानिसहरूका निष्कर्षहरूसँग वादविवादमा उतार्छ भनि म जान्दथें।

    एयरपोर्टको वार्तालाप क्युवाली जनताको विचल्ली प्रति असम्वेदनशील भएको ममाथि लाग्ने आरोप पहिलो भने होईन । एकपटक शिक्षक सहयोगीका रूपमा तुलनात्मक  राजनीतिको परिचय दिने कोशिसमा म मेरा विद्यार्थीहरूलाई कसरी आधुनिकिकरण सिद्धान्तले उदार प्रजातन्त्र र पूँजीवादमाथि लगाएको जोरले (push) सामाजिक भलाईहरूको (social goods) पहुँचलाई आवश्यकीय रूपले सहज बनाउँदैन भनेर बुझाईरहेकी थिएँ। त्यस बखत मैले क्युवाले प्रजातन्त्र र पूँजीवादका प्रचलित आदर्शहरू मान्दैन र पनि त्यो देश अन्य धेरै तथाकथित प्रजातान्त्रिक देशहरूभन्दा कम गरिबीग्रस्त र बढी साक्षारता दर छ भन्ने उदाहरण पेस गरेकी थिएँ। तुरन्तै एक विद्यार्थीले हात उठायो र आश्र्चयचकित हुँदै भन्यो, “हो तर क्युवालीहरूसँग केही हुँदैन। मेरो परिवार क्युवाबाट आएको हो र सबै परिवारजनले क्युवाका सबै थोकलाई घृणा गर्छन्। “ त्यस समयमा उसको दावीलाई प्रतिवाद गर्ने कुनै ब्यक्तिगत अनुभव मसँग थिएन । उक्त विद्यार्थीलाई पनि मैले एयरपोर्टकी अपरिचितलाई जस्तै चुपचापका साथ हेर्न सिवाय केही जवाफ दिन सकिन।

    त्यो वार्तालाप त्यतै अन्य वार्ताहरूले हामी होजे मार्टी अन्तरराष्ट्रिय विमानस्थलमा नउत्रिदासम्म बाटाभरी मलाई सताइरहे । मैले पश्चिम अफ्रिकी एउटा देश भ्रमण गर्दा जस्तै क्युवामा पनि भुई धुलोले भरिपूर्ण हुनेछ, एयर कन्डिसन र हाम्रा झोलाहरू बाहिर ल्याउने कन्भेयर बेल्टको ब्यवस्था हुने छैन भन्ने अपेक्षा गरेकी थिएँ (त्यहाँ त्यस्तो अब्यवस्था थियो किनभने विमानस्थलको पुननिर्माण भईरहेको थियो)— केही पनि नभएको देशका बारेमा मेरा यस्तै–यस्तै कल्पना थिए । तर यसको विपरित त्यो एअरपोर्ट म पुगेका, विदेशका साथै यु एसका धेरै साना एयरपोर्टहरू जस्तै थियो । मैले त्यहाँको कार्गो क्षेत्रबाट थुप्रै मानिसहरूले ४० इन्चका प्लाज्मा टेलिभिजन र महंगा साउन्ड सिस्टमहरू उठाइरहेको देखें । मानिसहरूले त्यस्ता उच्चकोटीका इलेक्ट्रोनिक सामानहरू त्यति सजिलै ल्याउन सक्नेछन, त्यो पनि “केही पनि नभएका” मानिसहरूको देशमा भन्ने किसिमको भावना मेरो मनमा आउँदै आएन ।

    मानिसहरूले त्यस्ता उच्चकोटीका इलेक्ट्रोनिक सामानहरू त्यति सजिलै ल्याउन सक्नेछन्, त्यो पनि “केही पनि नभएका” मानिसहरूको देशमा भन्ने किसिमको भावना मेरो मनमा आउँदै आएन।

    मैले हालसम्म भ्रमण गरेका देशहरू मध्ये क्युवा मात्र त्यस्तो देश हो, जहाँ मैले सडकमा एउटा पनि भिखारी देखिन । क्युवा एक्लो देश हो जहाँ मेरो बोलीमा अमेरिकी लवज झल्किदा पनि स्थानीय बजारमा मैले स्थानीय बासिन्दाहरू सरह मुल्यमा सामान किन्न सकें । यसपछि क्युवामा मेरा बाँकी सबै अनुभवहरूले मेरा प्रारम्भिक भावनालाई किल्ला सरह दृढ बनाएः हाम्रो “केही छैन” को धारणा हाम्रो दक्षीणी छिमेकी विरुद्धको राजनीतिक प्रोपोगाण्डासँग फुस्काउनै नसकिने गरि गाँसीएको छ।

    क्युवालीहरूको अनावश्यक पिडीतीकरण (unqualified victimization) अघिल्लो सप्ताहन्तमा क्यारेबियन क्षेत्र र संयुक्त राज्यका केही भागमा आएको समुद्री आँधी ईर्माले मच्चाएको विध्वंशका क्रममा प्रत्यक्ष देखियो। शुक्रबारका दिन क्युवाले विगत ८० वर्षमा पहिलो पटक पाँचौं बर्गको आँधीको सामना गरिरहेको थियो। टापुका केही भाग बाढीले गर्दा डुवानमा परेका छन्, पूर्वाधारहरू भत्किएका छन् र हजारौं मानिसहरू आफ्नो घर फर्किन सकिरहेका छैनन् । त्यति सानो टापुमा त्यो परिमाणको विध्वंश मच्चियो र पनि मृत्यु हुनेको सङ्ख्या १० मात्र पुग्यो।

    क्युवाली सरकार, सरकार स्वयम्ले सन् १९६३ मा गठन गरेको हुरिकेन रेस्पोन्स सिस्टम (समुद्री आँधी सम्बोधन प्रणाली) मार्फत् सामना गर्न सफल भयो। उक्त प्रणाली भित्र आँधीबाट प्रभावित हुने बढी सम्भावना भएकाहरूलाई सुरक्षित बासस्थानमा स्थानान्तरण गर्ने व्यवस्था पनि समावेश छ । देशभित्र त्यो परिमाणको विध्वंश मच्चिएको समयमा पनि क्युवाले ७५० स्वास्थ्यकर्मी आँधी प्रभावित क्यारेबियनका छिमेकी टापुहरूमा पठाईसकेको छ।

    सरकारको तयारी (preparedness) वा आवश्यकता परेका अवस्थाहरूमा स्वास्थकर्मीहरू देशबाहिर पठाउने निरन्तर प्रतिबद्धता प्रति कमै ध्यान दिईएको छ । अन्तरराष्ट्रिय नीति केन्द्र (Centre for International Policy) अनुसार समुद्री आँधीबाट क्युवालीहरू मर्ने सम्भावना अमेरिकीहरू मर्ने सम्भावनाभन्दा १५ गुणा कम छ, भन्ने कुरालाई कमै स्वीकारिएको छ । जलवायु परिवर्तनको कारण नै हालको प्राकृतिक प्रकोपहरू बृद्धि भइरहेको कुरा निर्विवाद रूपले जोडिएको छ। यस कुरालाई वर्तमान अमेरिकी सरकारको विपरित क्युवाली सरकारले धेरै पहिले नै स्वीकार गरिसकेको छ र त्यसको सम्बोधनको ब्यवस्था मिलाई सकेको छ।

    क्युवाको सन्दर्भमा “केही पनि छैन” भन्ने अमेरिकी धारणा परम्परागत अर्थशास्त्रीय शब्दहरूबाट बुझ्न सकिदैन, बरु च्यातेर धुजा पारिएको स्वतन्त्रताको उदारवादी अर्थ्याईबाट बुझ्न सकिन्छ। स्वतन्त्रताको यस्तो अर्थ्याईसँगै यस्ता मुल्यहरू जोडिएर आउँछन, जसले यदि अनन्तरुपमा तन्काइएन  भने बाँच्नयोग्य जीवनस्तर माथिको पहुँच भन्दा खराब अस्वतन्त्रता (un-freedom) तर्फ इसारा गर्दछ । संयुक्त राज्य अमेरिकामा हामी हाम्रो गुणस्तरीय जीवनलाई उचित स्तरको अधिकार भन्दा असफल हुने र सङ्घर्षको स्वतन्त्रतालाई बढी महत्व दिन्छौं ।

    यो तथ्य क्युवाली सरकारले अन्तरराष्ट्रिय सुपरिवेक्षणको निगरानीमा चुनाव सम्पन्न नगरेसम्म र वाक स्वतन्त्रता प्रदान नगरेसम्म आर्थिक नाकाबन्दीलाई निरन्तरता दिने अन्य परम्परागत रूपमा उदारवादी अमेरिकी राजनीतिक संस्थाहरू सहित डोनाल्ड ट्रम्पको योजनामा अझ बढी प्रष्टसँग देख्न सकिन्छ । अन्यथा कसैले आफ्ना लोकहितकारी स्रोतहरू क्युवा जस्तो ठाउँमा कसरी केन्द्रित गर्नसक्छ ? जवकि हामीलाई थाहा छ, क्युवाको केही दक्षीणमा रहेको हाइटीमा सन् १८०४ देखि नै राजनीतिक, आर्थिक र सामाजिक पूर्वाधारहरू माथि अनवरत आक्रमण भईरहेको छ ?

    ख्यातिप्राप्त मानवशास्त्री पउल फार्मरले जातियकरण र राजनीतिकरण गरिएका तरिकाहरूले गर्दा कसरी अमेरिकीहरूले क्युवालीहरूले जीवनस्तरमा त्यत्रो प्रगति गर्दागर्दै पनि उनीहरूलाई पिडित देख्न सक्छन् जबकी उनीहरू हाईटीबासीहरूलाई दायीत्व ठान्दछन् भनेर कुशलतापूर्वक देखाएका छन्।

    क्युवालाई यस्तो रोगनमा रङ्गाउनुका परिणामहरू पनि छन् । एक अर्थमा क्युवालाई निरन्तर निर्धन र दरिद्र चित्रित गरिरहनुले बृहत अमेरिकी, पूँजीवादी स्वार्थलाई फाईदा (सेवा) पुर्‍याउने कथन  पुनरुत्पादन गर्छ। असङ्ख्य राजनीतिक सत्ता पलट  प्रयासहरू र सन् १९६२ देखिको निरन्तरपूर्ण नाकाबन्दीका बाबजुद पनि उक्त देशले आफ्ना देशवासीका साथै त्यस देशको नागरिकता ग्रहण गर्न चाहनेहरूलाई आधारभूत आवश्यकताहरू प्रदान गरिरहेका छ। कुनै अर्को देशले यस्तो गर्व गर्न सक्दैन। हामीले क्युवाबाट सिक्ने अवसर पनि गुमाउँनेछौं।

    यसको अर्थ क्युवा स्वर्ग नै हो भन्ने किमार्थ होईन, वास्तवमा कुनै पनि देश स्वर्गसरी छैन। र, अमेरिकी मिडियाले क्युवाका सम्बन्धमा सत्य र ‘वैकल्पिक तथ्यहरू’ दुबैको अर्थ नलाग्ने गरी पाठ पढाइरहेको छ। यद्यपि क्युवा अमेरिकीहरूका लागि कल्याणकारी यात्रा गन्तब्यबारे मात्र होइन अन्य धेरै कुरामा कामलाग्दो हुनसक्छ। उसले हामीलाई बाँच्न पुग्ने तलब (ज्याला), स्वास्थ्य सेवा र बसोबासयोग्य आवास प्राप्तिको हाम्रा सङ्घर्षलाई उपयोगी सामाजिक र आर्थिक नमूनाहरू (मोडलहरू) (साथसाथै ऐक्यबद्धता पनि) प्रदान गर्न सक्छ।

    धेरै नमूनाहरू (मोडलहरू) मध्ये एक नमुना (मोडल) को रूपमा क्युवालाई लिने हो भने ‘केही पनि छैन‘ र ‘स्वतन्त्रता’ सम्बन्धी हाम्रो बुझाई वास्तव मै बदलिन सक्छ । म के आसा गर्छु भने जब बढीभन्दा बढी अमेरिकीहरूले क्युवाको भ्रमण गर्नेछन्, शित युद्धदेखि पुनरउत्पादन गरिराखिएको एक पक्षीय ब्याख्याको ( बर्णन प्रतिरोध गर्ने राष्ट्रिय बहसको थालनी हुनेछ ।

    टि डी हार्पर–सिप्मेन कनर्नेगी मेल्लोन विश्वविद्यालयको राजनीति र रणनीति संस्थानकी पोष्टडक्टोरल फेलो हुन् । उनको अनुसन्धानको रूचिका क्षेत्र भित्र राजनीतिक अर्थशास्त्र, अन्तरराष्ट्रिय विकास, अफ्रिका, ल्याटिन अमेरिका र मानवअधिकार पर्दछन् । 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टि डी हार्पर सिप्मेन पिएच डी

      टि डी हार्पर सिप्मेन पिएच डी

      सिप्मेन कनर्नेगी मेल्लोन विश्वविद्यालयको राजनीति र रणनीति संस्थानकी पोष्टडक्टोरल फेलो हुन् । उनको अनुसन्धानको रूचिका क्षेत्र भित्र राजनीतिक अर्थशास्त्र, अन्तरराष्ट्रिय विकास, अफ्रिका, ल्याटिन अमेरिका र मानवअधिकार पर्दछन् । 

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.