Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दुःसमय

विमल निभा विमल निभा
भदौ २३, २०८०
- साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एउटा काया थियो
    उसको पनि
    र त्यसको वाचाल
    आख्यान, सास छरिएका
    हुन्थे यताउता
    त्यही रहन्थ्यो
    उसको प्रतिच्छाया
    खपडाको छानातल
    र हावा आइजाइ गर्ने
    छेउतिरको मचानमा
    प्रत्येक मौसमको
    व्यग्रतापूर्वक प्रतीक्षा
    हुनेगर्थ्यो हम्मेसी

    विहान एक टुक्रा
    घाम आएर हेरिरहन्थ्यो
    लामा जुँगा बाबाको
    महतारी एकनासले
    नाङ्लोको लयमा
    निफनिरहनु हुन्थ्यो
    जिन्दगीका कणहरूलाई
    र ओथाराको कुखुरा
    खोरभित्र हुन्थ्यो
    अदृश्य हुँडारको त्रास
    केही परको माटोमा
    उभिइरहेको हुन्थ्यो
    बुढो जामुनको गाछी
    र चिर्पट दाउरा भित्र
    लुकेर बसेको हुन्थ्यो
    करेत साँप, म
    सामुन्नेबाट झण्डै
    हुत्तिएर भित्र पस्थें

    अँध्यारो विरोधी
    उत्साह जस्तै जुँगारेखी
    थियो उसको र एउटा
    प्रिय उपनाम पनि
    (जस्तो जुनकिरी)
    एक दिन उज्यालोको
    धारमा निस्कियो
    एक्लै नै, दुवैतिर
    उदण्ड चुनौतीहरू
    ठडिएका थिए ठिङ्ग
    र उसका अजम्मरी
    सपनाहरू अगाडि–अगाडि
    अझ अगाडि पुगेपछि
    हठात् ओठमा आउँथ्यो
    अनाम सुसेली, त्यसपछि
    कुनै परिचित भाका
    लोकलय सँगसँगै

    को हो मलाई
    बेपत्ता घोषित गर्ने
    पकट–पटक ?
    के मदान्ध सत्ताधिकारी ?
    सामाजिक अभियन्ता
    भनिने पाखण्डी
    चमेरोको फौज ?
    परपीडक टाउकाहरू ?
    अथवा घाती मनहरूका
    कुख्यात दोछाया ?

    चौराहा, गोठ, घोडेटो,
    गल्ली, सुरुङ, कारखाना,
    पुल, उकालो, जंगल,
    खलियान, बगैंचा, गुफा,
    आरन, भञ्याङ, चउर
    गोरेटो, वस्ती, पहाड,
    खेत, आँगन, मेला,
    चियापसल अर्थात्
    कहाँ पुगेन कवाज
    खेल्दाखेल्दै उसको
    चेतनाको जागृत
    पाइलाहरू, जस्तै एक,
    दुई, तीन, चार,
    पाँच, छ, सात,
    आठ, नौ, दस,
    एघार, बाह्र, तेह्र,
    चौध, पन्ध्र, सोह्र,
    र सत्रहरू, अब पनि
    के एक्लो थियो त
    ऊ ? होइन

    पहिलो दिन
    मेरो पिछा गरियो
    दोस्रो दिन हत्या
    तेस्रो दिन शायद
    अपहरण गरियो मेरो
    चौथो दिन समातेर
    थुनियो एकान्तमा
    र पाँचौ दिन
    जीवितावस्था मै
    जमिनमा गाडियो
    छैठौं दिन मेरो
    हाडखोर झिकेर
    जीपमा राखियो
    र टाढा जंगलमा लगी
    इन्काउन्टर गरियो
    सातौं दिन एक पटक
    फेरि मारियो मलाई
    र आठौं दिन
    सिकारी कुकुरहरूद्वारा
    मेरो निरन्तर पिछा
    नवौं दिन फेरि बेपत्ता
    दसौं दिन
    कुनै सुनसानमा
    मेरो लास डढाएर
    खरानी पारियो
    र एघारौं दिन
    म कहाँ थिएँ हँ ?

    को हो त्यहाँ
    सरकारी नेपथ्यमा ?
    हाइप्रोफाइल दुस्मन ?
    अथवा चाङका चाङ
    विकासे नामधारी काँढा ?
    कसले रोकेको वेगवान
    समयको पहिया ?
    र कहाँ छन् ती
    मलाई बेपत्ता ठानेर
    असाध्यै रमाइरहेका
    समकालीन गद्दारहरू ?

    उसको थकान
    कहिल्यै पुग्न सकेन
    आत्मिय अतीतको
    छेउ, जहाँ एउटा
    उखुवारी थियो
    घरको पछिल्तिर
    र सँगसँगै सानो
    पानीपोखरी, पानी कम
    र झ्याङ बेसी, पाहुना
    चराहरू आउँथे डुल्दाडुल्दै
    सीनकुखुराहरू देखिन्थे
    अनवरत क्रीडामा
    (सेवारमाथि संभोगरत)
    त्यसमा पानीफल
    फल्ने गर्थ्यो, जसलाई
    बोलीचालीको लवजमा
    ‘सिंघाडा’ भनिन्थ्यो
    र त्यसको लोभमा
    उसको मझदादाइ
    हातमा कठबाँसको लठ्ठी
    लिएर सुस्तरी पोखरीको
    पानीमा पस्थे
    र ऊ किनारको हिलोमा
    उभिएर हेरिरहन्थ्यो

    आएको थिएँ म ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      विमल निभा

      विमल निभा

      Related Posts

      जो लुट्छ देश मेरो त्यै बन्छ राष्ट्र नेता, सच्चा इमानी मान्छे रेटिन्छ छानी-छानी (गजल)

      जो लुट्छ देश मेरो त्यै बन्छ राष्ट्र नेता, सच्चा इमानी मान्छे रेटिन्छ छानी-छानी (गजल)

      दिपकराज घिमिरे
      जेष्ठ २६, २०८१

      जे माग्छ देश मेरो त्यो ल्याउनै छ बाँकी यौटा नयाँ बिहानी झुल्काउनै छ बाँकी फाँडेर झाडी वन्को काँडे बुट्ट्यान मास्दै...

      हर (Her) प्रेम, प्रविधि र मानवताको अद्भुत मिश्रण

      हर (Her) प्रेम, प्रविधि र मानवताको अद्भुत मिश्रण

      कृष्ण सुनुवार
      जेष्ठ ७, २०८१

      प्रेम, प्रविधि र मानवता बीचको एउटा जटिल संबन्धलाई सामान्य आसयबाट प्रकट गरिएको सुन्दर प्रेम कथा हो हर। स्पाइक जोन्जे द्वारा...

      ‘ह्वाङ ख’ नदीको सेरोफेरो

      ‘ह्वाङ ख’ नदीको सेरोफेरो

      मनोज कुमार रिजाल
      बैशाख २४, २०८१

      हिउँदे प्रभाव कमजोर हुँदै बसन्तको आगमन लमतन्न फैलिँदो छ, सँगै प्रशस्त फुलहरु फुल्न र हरिया मुनाहरु पलाउँन थालेको छ। आम...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      रविलाल अधिकारीः एउटा प्रतिवद्ध प्रगतिवादी लेखकको विदाइ

      रविलाल अधिकारीः एउटा प्रतिवद्ध प्रगतिवादी लेखकको विदाइ

      झलक सुवेदी/शिवकुमार पौडेल
      माघ २१, २०८०

      कालो संसदकालको उदयले नेपालमा छाउँदा पालो शासन चल्न गो अधमरो काँग्रेसीले पाउँदा । नेपाली इतिहासमा असजिलो एउटा कुरा लेखियो भैंसालोटनमा...

      शब्दथुमभित्रको सत्रथुम

      शब्दथुमभित्रको सत्रथुम

      सञ्जित फलाना
      पुस ७, २०८०

      “पालामको मुर्च्छना” कवितासंग्रहबाट कविको रुपमा परिचित प्रकाश थाम्सुहाङ निबन्धसङ्ग्रह “शब्दथुम”बाट निबन्धकारको रुपमा उदाएका छन्। ताजा र मौलिक निबन्धहरु सङ्ग्रहित शब्दथुममा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.