Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘ह्वाङ ख’ नदीको सेरोफेरो

मनोज कुमार रिजाल मनोज कुमार रिजाल
बैशाख २४, २०८१
- विमर्शका लागि, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हिउँदे प्रभाव कमजोर हुँदै बसन्तको आगमन लमतन्न फैलिँदो छ, सँगै प्रशस्त फुलहरु फुल्न र हरिया मुनाहरु पलाउँन थालेको छ। आम चिनियाँ जीवन नियमित लयमा फर्किएको जनाउ हिउँदमा नीलो पानी बग्ने ‘ह्वाङ ख’ नदीमा यसको नामजस्तै पानी पुनः पहेँलो रंगसहित बग्न थालेको अवस्थाले दिन थालेको छ।

    ‘येलो रिभर’ भनिने यस नदीमाथिको जोंग सेन पुलसमिप बसिरहँदा लाग्छ, चिनियाँ संस्कृतिभित्र गहिरो प्रभाव राख्ने लोङ (ड्रयागन) अहिले नै पानी भित्रबाट बाहिर निस्केर आकासमा उड्दै आउनेछ। सधै देखिरहेका अनुहारभन्दा भिन्न मलाई हेर्दै उसका नीला आँखा चम्काउँदै प्रश्न गर्ला, “कस्तो लाग्दैछ चीन? छैन त गजब? हेर यो नदी, क्या गजब छ, अब गहिरो पानी खोज्नै पर्दैन, म यहाँ ढुक्कले तैरिन र बिलाउन सक्छु। बुझ्यौं, अब म पहिले जस्तो हिंस्रक पनि छैन, अब कुनै संकट पनि त छैन। आकास हरपल शान्त छ, सधै भइरहने युद्ध सकिएको लगभग ७० बर्ष लाग्यो। अब त युद्ध लड्न पनि पर्दैन, जीन्दगी आनन्द छ। नयाँ बर्षमा हुने पटाकाको रमाइलो त तिमीले देखिहाल्यौ, पहिले हुन्थ्यो भने यी आवाजमा आतंकको पर्याय कहलिन्थे, समाज त्राहिमाम र ज्यान जोगाउन दौडन्थे। तर अहिले देख्यौ नि, कस्तो उल्लासमय हुन्छ नयाँ बर्ष।” साँच्चै नै चिनियाँ नयाँ बर्ष अति उल्लासमय थियो। विशेष गरी नयाँ ड्रयागन इयर, बेबी बम्प हुने बर्ष ठान्छन् नीतिविज्ञहरु। चिनियाँ संस्कृतिसम्बन्धी कक्षामा शिक्षक भन्दै थिए, “ड्रयागन बर्षमा जन्मने बच्चा ज्ञान, बल, धन, नाम, पराक्रमले अत्यन्त निपूर्ण हुन्छ। थाहा छ, ‘ज्याक मा’ पनि ड्रयागन बेबी हो नि।”

    निरन्तर घटिरहेको चिनियाँ जन्मदर सिर्जित सम्भावित संकटबीच आएको ड्रयागन बर्षले जन्मदरमा सुधार ल्याउने कुरामा चीनका नीतिनिर्माता आशान्मुख भएको हुनुपर्छ। साँच्चै नै ड्रयागन बेबीको चाहना चिनियाँ समाजभित्र अत्यन्त इच्छित रहेछ। हरेक बाह्र बर्षमा मात्र आउने यो ड्रयागन बर्ष भनेको हाम्रो नेपाली समाजमा साइत जुराउने प्रथासँग समीप छ। प्रेमिल जोडीहरु ड्रयागन बर्षका अवसरमा बिहे गरिहाल्ने र बच्चा जन्माउने तरखरमा लाग्दा रहेछन्। आखिर बैज्ञानिक वादको दाबी गर्ने राजनीतिक विचारधारा बोकेको चीन परम्परित विश्वासमाथि आशान्मुख अनुहार लगाएर बसेको छ, यस बर्ष त बेबी बम्प होला कि? आखिर कडा भौतिकवादी भए पनि निरुपाय भएपछि सबैले सम्झने शब्द चिनियाँ कम्युनिस्ट दर्शनले पनि भन्दो हो— “हेरौ, भगवानको कृपाले यस पटक बच्चा जन्मदर राम्रै होला कि?”

    हैन के सोचिराको? तिमीलाई यो बग्दो पानी के बिघ्न मन परेको? वाङ भन्दै थियो। कानुनको विद्यार्थी ऊ, झल्याँस्स विउँझाइदियो। मुन वाङ, मेरो मिल्ने साथी, अंग्रेजी बोल्न सक्ने र दोहोर कुराकानी गर्नसक्ने एकजना यहीँ मात्र भेटिएको छ। तर म छिटो बोल्दा भने ऊ बुझ्दैन, अनि भन्छ, म तेरो उच्चारण नै बुझ्दिन यार, अलिक विस्तारै बोल न। अफ कोर्स, ह्वाइ नट, म सहज लवजमा भनिदिन्छु। ऊ परिचित हाँसो हाँस्छ।

    चीनमा अध्ययनका लागि आएको पाँचौ महिना पुरा हुँदैछ, बसन्त ऋतु लागिसक्दा पनि मौसम निक्कै सुस्क, प्रकृति निकै उजाड, चिसो तर सुख्खा मौसम हरपल, अब सायद गर्मी पनि प्रचण्ड नै हुन्छ कि? यहाँ केही छ भने यही यौटा ‘यल्लो रिभर’ र यसको पहाडी सेरोफेरोमा बनेका संरचना र बनाइएको कृत्रिम हरियाली, ती पनि निरस र उजाड अनुभव बाँडिरहेको प्रतीत हुन्छ। पहाडहरुमा प्राकृतिक जीवन उमार्न चिनियाँहरुको मेहनत भने गजब छ। सर्वोच्च नेता सीं जिनपिंगको हरियाली प्रवद्र्धन अभियानले यी पहाडलाई केही जीवन त दिएको छ तर पनि यी प्राकृतिक जीवनयुक्त देखिँदैनन्, सुस्क अनुभव बाँड्छन यी हरियाली पनि। तिमीलाई थाहा छ, दश बर्ष अगाडिसम्म यी पहाडहरु पुर्ण रुपमा मरुभुमिजस्तै नाङ्गा थिए। मुन मलाई भन्दै थियो।

    साँच्चै नै यी पहाडहरुको विगत निकै निरस भेटिन्थ्यो, हाल स्वरुप फेर्दैछन् यी। प्रकृतिमा जीवनको रस भर्न सरकारले यहाँका सम्पूर्ण खानीहरु बन्द गराएको छ। यसले प्रान्तको आम्दानी र स्थानीय रोजगारीमा चुनौती ल्याएको छ। आम्दानीको पछि लाग्ने र पैसालाई नै देउता ठान्ने चिनियाँ बानी भने यो वातावरणीय मुल्यका कारण अप्रभावी प्रतीत हुँदै रहेछ। ऊ भन्दै थियो, तिमीलाई थाहा छ, महासचिव सि.जिन.पिंगले वातावारण संरक्षणको नीति घोषणा गरेपछि हाम्रो प्रान्तले खानीबाट हुने विशाल आम्दानी गुमाएको छ, प्रान्तको आन्तरिक उत्पादन पनि निकै नै घटेको छ। तर सबैभन्दा खुसीको कुरा, हाम्रो पुस्ताले पहाडमा हरियाली र आकाशमा चम्किला तारा देख्न पाएको छ। यो चाहिँ हाम्रो लागि सबैभन्दा ठूलो आश्चर्य हो, विगतमा यो दृष्य सम्भव नै थिएन। म उसको कुराले आश्चर्यसहित मुस्कुराउँदै थिएँ। जन्मँदै हरियाली जंगल र पहाड, शान्त तलाउ, उर्लदोँ नदीको भेल हेर्दै आएको मैले उसको खुसी नबुझ्ने कुरै भएन।

    ऊ गजब भन्दै थियो, तिमीलाई थाहा छ एम.के (मेरो नाम उच्चारण गर्न नजानेर ऊ मलाई एम.के सम्बोधन गथ्र्यो) हाम्रो एक नगरको मेयरले सि.जिन पिंगको आदेश कार्यान्वयनका लागि ‘आफ्नो नगरको जिम्मेवारीभित्र पर्ने एक सिंगै पहाडमा हरियो रंग पोतेछ, उसको फट्याँइ बाहिर आउनासाथ जिम्मेवारीबाट बर्खास्त गरी थुनामा पठाइयो। म उसको कुराले हाँस्दै थिएँ। बदमाश जहाँ पनि छन्, फरक चाहिँ बदमाश सजायको हकदार हुन्छ वा पुरस्कारको भन्ने मात्र हो। शायद त्यो मेयर अहिले पनि जेलमा नै होला, उसले सम्भावनातर्फ संकेत गर्यो। जुनसुकै आरोप वा जतिसुकै अनैतिक भए पनि केही समयपछि लावालस्करसहित जेलमुक्त र पुनः राजतिलक हुने देशको नागरिक म अचम्मित भइ नै रहेको थिएँ।

    हिउँले ढाकिएङ्को ‘ह्वाङ ख’ (यलो नदी) किनार

    तिमी चीन आएको पनि निकै भयो, तिमीलाई चीनको विकास कस्तो लाग्यो? मुन मलाई सोध्दै थियो। म चुपचाप उसलाई सुनिरहे। ऊ भन्दै थियो, “तिमीलाई संसारमा धेरै देशहरुको विकासमा पश्चिमी देशको प्रत्यक्ष भुमिका छ भन्ने लाग्दैन। हाम्रै छिमेकी जापान, कोरियाको पुननिर्माण हेर त, तर इतिहास भन्छ, ऐतिहासिक रुपमा नै चीन आफ्नै ढाँचाको विकासपथमा दौडिरहेको छ। जहिले जहिले यो विदेशीको संगत र सल्लाहमा हिड्यो, त्यो समयमा यो देशले भोग्नु परेका दुःख, अभाव र पीडा भनीसाध्य र गनीसाध्य छ र? चीनको आफ्नै बाटो छ, आफ्नै इतिहास छ र आफ्नै विकास तथा राजनीतिको प्रवृत्ति पनि, यो कसैबाट सिकिएको र अनुकरण गरिएको भने होइन है, यो कुरा चाहिँ नभुल न तिमी।”

    हो त, संसार नै साक्षी रहेको अनगिन्ती प्रश्नहरुसहित चम्किरहेको चीनबारे बाहिरी दुनियाँ के भन्छ भन्दा पनि नागरिक के ठान्छन् भन्ने कुराले महत्व राख्दछ। आफ्नो देश, यसको राजनीतिक प्रणाली, यसका इतिहास, वर्तमान र यसका विशेषताहरुबारे जानकार रहेको मुन देखि म अवाक् थिएँ। आफु काम नगर्ने तर सदैव राजनीतिक नेतृत्व, कर्मचारी र देशलाई गाली गरिबस्ने नागरिकहरुको बाहुल्य रहेको देशको एक नागरिकका रुपमा म आफैलाई हेर्दै अवाक् हुँदै थिएँ।

    संसारभर भइरहेको मानिसको बसाइसराइ राम्रो जीवनको खोजीको निरन्तरता न हो। मानिस ऐतिहासिक रुपमा नै सम्पन्न र स्वतन्त्र जीवन जीउन चाहन्छ, यसका लागि मुल्य चुकाउन पनि ऊ पछि पर्दैन, यही त होला नि आजको विकसित देशतर्फ लागिरहेको मान्छेको क्याराभान। व्यक्तिगत स्वतन्त्रता र सम्पन्नताको अनिवार्यताबारे पश्चिमी समाज निसृत ज्ञानचेतनाबाट दीक्षित चीनमा व्यक्तिगत स्वतन्त्रता नभएकामा भने ढुक्क थिएँ। मुनले मेरो प्रश्नमा मुस्कुराउँदै भन्यो, मि. एम के, तिमीलाई छनौट गर्ने अधिकार दिइयो,। एक अनिश्चयको जीवन, सधैको त्रास, डर, अशान्ती, गरिबी र स्वतन्त्रता। अर्को, सम्पन्न र उन्नत जीवन, सुरक्षित समाज र निश्चिन्त भविष्य। तिम्रौ छनौट के? हो यहाँ तिमीले सोचेजस्तो, पश्चिमीहरुले भनेजस्तो छैन। राजीतिक अधिकार पनि छ तर त्यसको निर्दिष्ट विधि छ, व्यक्तिगत स्वतन्त्रताका नाममा यहाँ मनपरितन्त्र भने छैन। तिमी एक पटक सोचि हेर त? हाम्रो समाजमा रहेका तीन पुस्ताबारे, हजुरबुवा पुस्ता, रोग, भोक, शोक, अभाव र चरम गरिबीमा बाँचेर आएको, बुवा पुस्ता क्रमशः शान्त, उत्पादनशील, उद्यम, कानुनी राज्य, राज्य निर्देशित विकास देख्दै र भोग्दै आएको र नाति पुस्ताले अघिल्लो पुस्ताका जीवन अनुभवसँगै आफुले बैभवको भोग गरिरहेको। आज पनि यी तीनवटै पुस्ताले एकै छानामुनि बसेर आफ्नो जीवनका कथा सुनाउँछन्, हामी आम नागरिकलाई संकटबाट बाहिर निकालेर आजको सम्पन्न जीवनमा ल्याइपुर्याउने राजनीतिक प्रणाली आम नागरिक कसैले पनि खराब हो भन्न सक्ला त? बिगतको १०० बर्षको चिनियाँ गौरब हेर न?

    फेरि पनि मनमा जिज्ञासा त थियो नै, चीनको लामो इतिहासमा निकै लामो समयसम्म राज्य चलाउने सम्राटहरुको वंश परम्परा छ। यसमा उनीहरुको शासन कौशल, समृद्धिको सपना र बाटो, व्यवस्था सबलीकरणको योजना र सुदृढिकरणमा प्रतिबद्धताको आफ्नै विशेषताबारे निकै अध्ययन पनि भएका छन्। तर समयक्रममा राज्य सञ्चालनको जिम्मेवारीमा आएको एक व्यक्तिको अदुरदर्शिता र स्वेच्छाचारिताले उक्त सम्राट बंशको समुल अन्त्य भएको र अर्को राज्यव्यवस्थालाई अर्कै बंशपरम्पराको सम्राटले अघि बढाएको देखिन्छ। भर्खर मात्र एक सय बर्षको इतिहास पुरा गर्दै गरेको चिनियाँ कम्युनिस्ट पार्टीले यस इतिहासको घटनालाई कसरी विश्लेषण गरेको होला? आम चिनियाँहरु चिनियाँ कम्युनिस्ट पार्टीको विगत १०० बर्षको काम र वर्तमानमा देखिएको आर्थिक मन्दीको प्रभावलाई कसरी मूल्यांकन गर्दा हुन्? यसबारे मेरो कौतुहल बाँकी नै थियो। मुन बोलिहाल्यो, सायद मेरो आँखाको जिज्ञासा बुझ्न सक्ने भयो कि?

    संसारका अधिकांशलाई लाग्दो हो, बहुराष्ट्रिय कम्पनिहरु चीनबाट बाहिरिँदै छन्। यसले विदेशी लगानी बाहिरिँदै छ, तर वास्तविकता फरक छ एम.के.? आजको आधुनिक चीन विदेशी लगानी भित्र्याउने भन्दा पनि लगानी विस्तार गर्ने तहमा विकास भइसकेको तथ्य किन विर्सन्छौँ? चीनमा खाद्यान्न, कृषि, सेवा, सुचना प्रविधि, अटोमोबाइल, कम्प्युटर चिप्सदेखि लत्ताकपडा, रक्सी उत्पादनसम्मका क्षेत्रमा पश्चिमी बहुराष्ट्रिय कम्पनिभन्दा विशाल रैथाने कम्पनि स्थापित भइसकेका छन्, यिनले नै चीनभित्र हुने व्यवसायको ठूलो हिस्सा ओगट्दा पश्चिमी कम्पनिहरुले मुनाफा आर्जन गर्न नसकेको अवस्था छ, हालै मात्र अमेरिकी टेस्ला कार कम्पनिको हालत वा एप्पल कम्पनिको घट्दो बजारको हिस्सा हेर न! हाम्रो रैथाने गाडी कम्पनिको उत्पादनसँग संसारभर कहीँ पनि प्रतिस्पर्धा गर्न नसकेर अनेक तानाबाना बुनिरहेको आजको पश्चिमी देशहरुको हालत हेर न। सबै कुरा स्पष्ट हुन्न र? हो चीनमा आर्थिक मन्दी छ, तर चीनको निर्यातमुखी बजारलाई राजनीतिक नेतृत्वले आफ्नै उपभोगको हिस्सा बढाउन आन्तरिक उपभोग बजारमा रुपान्तर गर्ने दिशामा नीति तथा योजनालाई केन्द्रीत गर्दैछ। एक तहको संरचनाबाट अर्को तहको आर्थिक संरचनामा फड्को मार्दा हुने सम्भावित संकटको आँकलन हामीलाई छैन भन्ने तिमी विश्वास गर्छौ त? यो अर्थतन्त्रको सबै क्षेत्रको विस्तारसँगै समाधान हुदै जान्छ। हामी हाम्रो देश यही बाटोमा नै जान्छ भन्ने कुरामा ढुक्क रहेका नागरिक हौ भन्ने कुरा आत्मसात गर र थप आशंका नगर न?

    वाङका अनेकौं तर्कहरुसँग अ/सहमत भए तापनि आशंका त छ नै, एक सय बर्षको समय व्यक्तिको जीवनमा लामो समय भए तापनि एउटा व्यवस्था वा देशका लागि लामो होइन, आन्तरिक नागरिकका रुपमा हेर्दा जे देखिए तापनि वर्तमान विश्वराजनीतिमा चिनियाँहरुबारे लेखिन र दर्शनकै तहमा बहश सुरु भएको छ। आगामी दिनमा चीन कसरी अघि बढ्छ भन्ने कुरामा संसारभरका कम्युनिस्ट विचारधारामा आस्था राख्नेहरु उत्सुक साथै चिन्तित पनि छन् भन्नेबारे चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व तह पक्केै पनि जानकार छ। यसको आगामी बाटो र भविष्यको योजनासँग चीनका जनता र चिनियाँ कम्युनिस्ट पार्टी मात्र जोडिँदैन, यो संसारभरका कम्युनिस्ट विचारधारामा आस्था राख्नेहरुको पनि सरोकारमा पर्छ। यो आगामी दिनमा पुँजीवादको वर्तमान शोषणकारी व्यवस्थाको विकल्पका रुपमा कसरी चीनले आफ्नो अर्थराजनीतिक आधारलाई सबल ढंगले अघि बढाउँला भन्ने चिन्ता हो। संसारमा नेता र नेतृत्वले राज्यशक्तिमाथि व्यक्तिगत पकडको अति मोह गर्नाले नै सम्भावनाहरुको समूल अन्त्य भएको उदाहरण त डा. केपी ओलीको दम्भ र त्यसले सिर्जना गरेको अहंकारले नेपालमा कम्युनिस्ट विचारको सर्वोच्चताको समूल अन्त्यको नेपाली वर्तमानको साक्षी म नै हुँ। ‘ह्वाङ ख’ नदीको पानीबाट मुनतर्फ जिज्ञासाभावले म आफ्ना आँखा मोड्दै थिएँ।

    ह्वाङ ख निकट ‘बाइ था’ पहाडबाट देखिने लाञ्जाउ शहर।

    मेरा प्रश्नबारे ऊ थप व्याख्या गर्ने मुडमा थिएन क्यारे, भनिहाल्यो— “एम. के.! चि ल मा?” मैले सहज भावमा जवाफ फर्काएँ, छैन नि, बेला त खाना खाने भएछ त!

    चिनियाँहरु खानाबारे किन यति धेरै चासो? जसले पनि जुनकुनै बेला किन खाना खाइस्? भन्दै सम्वाद थाल्छन्। ऊ मेरो कुरामा निकैबेर हाँस्यो र भन्यो, तिमीलाई के लाग्छ? हो, विगतमा चिनियाँहरुले कैयौ बर्षको भोकमरी सहन गरे। यही चिनियाँ कम्युनिस्ट पार्टीले त हो लगभग १०० बर्ष लगाएर सबै चिनियाँहरुलाई खान र लगाउन पुग्ने बनाएको। तर तिमी भ्रममा नबस, हामी चिनियाँहरु आफुभन्दा अमेरिका मात्र सम्पन्न भएकामा ढुक्क छौँ। बाँकी विश्व त हाम्रा लागि सबै हामीभन्दा गरिब हुन्। यो हाम्रो इगो पनि होला वा अज्ञान पनि, तर याद राख, कुनै चिनियाँले तिमीलाई खाना खायौ? भनी सोध्छ भने या त ऊ तिमीलाई खाना खाउँ भन्ने प्रस्तावका लागि तिमीले खाना नखाएको सुनिश्चित गर्न चाहन्छ, या त तिमीलाई गरिब देशको मान्छे मान्दै चिन्तापूर्वक तिमी खाना खान सक्षम त छौ? भन्ने कुरामा ढुक्क हुन चाहेर सोधेको पनि हुन सक्छ, ‘नि चि ल मा?’

    चिनियाँहरु खाना खाने कुरामा अत्यन्त भावुक र गम्भीर रहेछन् भन्ने मैले यही आएर बुझेको जानेको हुँ। तिमी हाम्रो पाहुना, ल हिड, म आज तिमीलाई चिनियाँ आतिथ्यसहितको खाना खुवाउँछु, भन के खान खान मन छ? अचानक मुनले प्रस्ताव गर्यो। उसको स्वभाविक प्रश्नको उत्तरमा मेरो मुखबाट स्वभाविक जवाफ स्वस्फुर्त निस्कियो, “आज म हटपट खाउँ क्यारे, तिमी?”

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मनोज कुमार रिजाल

      मनोज कुमार रिजाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.