Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिका : बन्दुक नियन्त्रण लागि पनि समानुपातिक प्रणाली

र, करिब दुई तिहाइ अमेरिकनहरू अचेल भन्ने गर्छन् कि अमेरिकामा दुई भन्दा धेरै पार्टीहरू हुनु आवश्यक छ। र, ५० प्रतिसतभन्दा बढी अमेरिकीहरू आफूलाई ‘स्वतन्त्र’ ठान्छन्। उनीहरू डेमोक्रेट या रिपब्लिकन हुन अस्वीकार गर्छन्।

nepal_readers nepal_readers
साउन २, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -लि द्रुतम्यान-

    जबजब अमेरिकामा सामूहिक गोलीबारी (बन्दुक प्रहार)का घट्ना सार्वजनिक हुन्छन्। त्यसपछि उही पूरानै चक्र दोहोरिन्छः रोदन, क्रोध, हतासा र निरासा। त्यसपछि अमेरिकीहरू आफूलाई निसहाय महसुस गर्छन् र अनुमान गर्छन्, ‘जे गरे पनि केही हुनेवाला छैन। हाम्रो राजनीतिक व्यवस्थाले केही पनि गर्न सक्दैन।’ अमेरिकासँगै तुलना गरिने अन्य लोकतान्त्रिक देशहरूः अस्ट्रेलिया, न्यूजील्याण्ड, क्यानडा र बेलायतले सामूहिक गोलीबारीलाई ध्यानमा राख्दै बन्दुक प्रहारका घट्नालाई सुहाउँदो खालका कानूनहरू बनाएर केही सुधारहरू गरेका छन्। तर अमेरिकामा कुरो फरक छ। यहाँ बन्दुकसम्बन्धी कानुनमा मामूली सुधारका कुरा गर्दा समेत त्यसलाई ‘भयावह र विवादास्पद’ बनाइन्छ।

    कमजोर बहुमत

    अधिकांश अमेरिकीहरू बन्दुकसम्बन्धी कानूनमा सामान्य सुधार गर्ने पक्षमा छन्। या, अधिकांश अमेरिकीहरूले चुनावअघि बन्दुकसम्बन्धी कानूनलाई सुधार गर्ने वाचा गर्ने पार्टीलाई नै चुनाबमा जिताउँछन्। त्यसो हुँदाहुँदै पनि त्यसले बन्दुकसम्बन्धी कानूनमा सुधार ल्याउन सक्दैन। यतिसम्म कि बहुमतको समर्थन हुँदाहुँदै पनि राष्ट्रिय कानूनहरू परिवर्तन गराउन सकिँदैन। यसको अर्थ हो, बहुमतको कुरा नसुनिने अचम्मको प्रणालि बनेको छ अमेरिकामा। बहुमत जनताले डेमाक्रेटहरूलाई नै समर्थन जनाउँदा समेत केही सुधार गर्न सकिँदैन। ‘बन्दूक नियन्त्रण गर्नुपर्छ’ भन्ने पक्षधरहरूले पहिलेदेखि नै ठान्ने गरेका छन् कि ‘जे गरेपनि आखिर केही हुनेवाला छैन।’ यता, रिपब्लीकनहरू भने पहिलेबाटै धेरै गुणा विश्वस्त छन् कि ‘बन्दुकबाहेक अरु सबै थोक समस्या हो।’

    बन्दुकसम्बन्धी कानूनमा सामयिक सुधारका लागि  डेमोक्रेटहरूलाई चुनाबमा  बहुमतमा जिताएर मात्रै पनि हुँदैन। रिपब्लीकनहरूसँग बन्दुकसम्बन्धी कानून सुधारका समूहहरूलाई डोनेट गर्नका लागि लबिङ गराएर मात्रै पनि हुँदैन। बन्दुकधारी हमलाहरू यति धेरै मात्रामा भइरहँदा पनि उल्टै बन्दुकसम्बन्धी कानूनमा सुधार गर्ने कुरा उल्टै निराशाजनक अवस्थामा पुग्छ। किन पुग्दैछ भन्ने कुरालाई हामीले भित्रैदेखि बुझ्न जरुरी छ। हामी किन एउटै भित्तामा बारम्बार टाउको ठोक्दै घुमिरहेका छौँ?

    तर यो समस्याबाट निस्कने एउटा बाटो छ, त्यो हो राजनीतिक व्यवस्थामा सुधार। यहाँ दुई दलीय व्यवस्था छ, जहाँ ‘डिस्ट्रिक्ट इलेक्टोरल सिस्टम’मार्फत एक सदस्य चुनिने गरिन्छ। यसले नै यो दुई दलीय व्यवस्थालाई जोगाएको छ। अब यसलाई परिवर्तन गरौँ। त्यसो गर्न सकियो भने नयाँ सम्भावनाका ढोकाहरू खुल्नेछन्। बन्दुकको मामलामा मात्रै नभएर जलवायु परिवर्तन, आप्रवासी मुद्धा र लोकतन्त्रकै बारेमा पनि हामीले नयाँ ढंगबाट सोच्न सक्नेछौँ। यदि हामीले दुई दलीय प्रणालीलाई भत्काउन सफल भयौँ र समानुपातिक प्रणालीमार्फत डिस्ट्रिक्टबाट सिट ल्याउने पार्टी–प्रणाली बनाउन सक्यौँ भने हामी यति धेरै मुद्धाहरू तथा प्रगति रोक्ने कदम र हर्कतहरूलाई तोड्न सक्थ्यौँ। यो एउटा सिधा तरिका हुन्थ्यो, जसका लागि संवैधानिक संशोधनसमेत आवश्यक पर्दैन।

    त्यसो गर्न सकियो भने त्यसबाट अन्यत्र पनि लाभ मिल्नेछ। यसो गर्न सकियो भने गेरीमेन्डरिङ (चुनावी जालसाझीं) को अन्त्य हुन्छ र चुनाबमा भोट खसाउने मतदाताहरूको सङ्ख्या पनि बढ्न जानेछ। समानुपातिक प्रणाली अपनाउँदा प्रत्येक भोटको महत्व र प्रभाव हुन्छ। त्यसो हुँदा स्वभाविक रूपमा धेरै भोटरहरूले भोट खसाल्नेछन्। अपनत्व महसुस गर्नेछन्।

    अब एकैछिनका लागि कल्पना गरौँ, यदि आउँदो नोभेम्बरमा डेमोक्रेट र रिपब्लीकनबीच मात्रै भोट हाल्ने वाध्यता हुनुको साटो जनताले ६ वटा पार्टीहरुबीच आफूलाई मन परेकालाई छान्ने मौका हुन्थ्यो भने धेरै राम्रो हुन्थ्यो। किनभने अनेकौँ विषयहरूमा ६ पार्टीका विविध विचार र अवधारणाहरू हुन्थे। सँगै, यी अनेकौँ पार्टीहरूमध्ये एउटाचाहिँ अति दक्षिणपन्थी मागा (मेक अमेरिक पार्टी अगेन) पार्टी हुन्थ्यो। र, त्यो पार्टी स्वभाविक रूपमा बन्दुकवादी पार्टी हुन्थ्यो। र, त्यो पार्टीले बढीमा २० प्रतिशतमात्रै मत प्राप्त गर्थ्यो होला। र, त्यस्तो पार्टी स्वयंले आफैँमा केही गर्ने दम राख्दैनथ्यो।

    यसो भएपछि अन्य कम दक्षिणपन्थी पार्टीहरू पनि बन्दुकसम्बन्धी कानून परिवर्तनका पक्षमा उभिन्थे। किनभने पेशेवर वर्ग तथा शहरोन्मुख  गाउँहरूका भोटरहरूको भोट पाउन यिनीहरू आपसमा प्रतिस्पर्धा गरिरहेका हुन्थे। बहुदलीय व्यवस्थाको समानुपातिक निर्वाचनमा राजनीति केबल ‘जेरो सम गेम’ हुँदैन। पार्टीहरू आपसमा मिलेर जान पनि सक्छन्। वास्तवमा पार्टीहरू मिल्नैपर्छ। यसो हुँदा नै नयाँ पार्टीहरूले नयाँ खालका सोच र अवधारणाहरू ल्याउन सक्छन्। तर दुई पार्टीको एकाधिकार भएको अवस्थामा नयाँ विचार उदाउने सम्भावनाहरू कम हुन्छ।

    सहज छ समानुपातिक प्रणालि ल्याउन

    तत्कालै समानुपातिक प्रतिनिधित्व पद्धति लागू गराउनका लागि कंग्रेसले एउटा कानूनमात्रै पास गर्नुपर्छ। र, यो भोलि नै गर्न सकिन्छ। संविधानमा त्यो व्यवस्था छ र अमेरिकी इतिहासमा कंग्रेसले त्यसको पूरापूर उपयोग गरेको छ। र, एक डिस्ट्रिक्टमा एउटा प्रतिनिधि हुने व्यवस्था पनि कंग्रेसले नै तय गरेको हो। कंग्रेसले चाह्यो भने एक डिस्ट्रिक्टमा आवश्यकताअनुसार ५ देखि ७ जनासम्म सदस्य हुने व्यवस्था गर्न सक्थ्यो र हाउसको आकार बढाउन पनि सक्थ्यो । (हाउसको लागि उचित जम्मा  संख्या खासमा ७ सय हो।) सिनेट आफैँमा जटिल समस्या हो। तर दुई दलीय संरचना तोडिँदै जाँदा हाउसमा सुधार सुरु गरियो भने यसले नयाँ सम्भावना खोल्छ।

    समानुपातिक प्रतिनिधित्वको विषय असम्भवझैँ लाग्छ तर हामी अनौठो र जटिल राजनीतिक क्षणमा छौँ। प्रणालि आफैँमा समस्या हुन गएको छ। र, प्रणालि आफैँमा समस्या भएकाले यसको अब सुधार गर्नैपर्छ। निश्चितै रूपमा अमेरिकी राजनीतिमा हाइपर पार्टिसान (अति पक्षतापूर्ण ध्रुविकरण) हुनु नै एक समस्या हो। र, त्यसै कारण ‘हामी र तिनीहरू’ भन्ने सोचले हामीमा बास गरेको छ। त्यसो भएपछि तर्कसंगत कुरालाई पनि निषेध गर्ने गरिन्छ। यस्तो मनोविज्ञानले ‘कि हामी, कि तिनीहरू मात्रै’ सोच्न पुग्छौँ । यसले ‘कि लड्ने कि उड्ने’ स्थितिमा पुर्‍याइदिन्छ हामीलाई। वास्तवमा लामो समयसम्म दुई दलीय प्रणालिले अमेरिकाको राजनीतिमा काम गर्न सक्यो किनभने क्षेत्रीय मतभेद र विचार राख्नेहरू यसमा समेटिएका थिए। अल्लि नियालेर हेर्ने हो भने २० औँ शताब्दिको उत्तरार्धको धेरै जसो समय चार दलीय झैँ प्रणालि थियो। जसमा लिबरल डेमोक्रेट र कन्जरभेटिभ डेमोक्रेट्स, कन्जरभेटिभ रिपब्लिकन र लिबरल रिपब्लिकनहरूले डिस्ट्रिक्ट फ्र्याक्सनका रूपमा काम गर्थे।

    त्यस्तो चार दलीय प्रणालिमा, गठबन्धन बारम्बार बदलिइरहन्थ्यो। र, फरक धारबीच सम्झौता हुने कुरा सामान्य थियो। त्यस्तो किन पनि थियो भने फरक पार्टीहरूबीच पनि विचारमा सामिप्यता हुन्थ्यो र भोटरहरू जुनसुकै पार्टीप्रति पनि उदार थिए। उति कट्टर थिएनन्। त्यसको अर्थ, कंग्रेसले समसामयिक जटिल समस्याहरूमा फरक पार्टीहरूबाट पनि समर्थन पाउँथ्यो। उदाहरणका लागि १९६४ र १९६५ का प्रमुख नागरिक अधिकारसम्बन्धी कानुन दुबै दलको समर्थनमा भारी बहुमतका साथ पास भएका थिए। तर नागरिक अधिकारसम्बन्धी त्यस्ता ऐनहरू उत्साहका साथ पास भएपनि अमेरिकी राजनीतिलाई द्रुत गतिमा पुनर्गठन गराउन भने सकेन। र, यो खालको बहुआयामी, बहु–ध्रुवीय राजनीति अब विस्तारै एक–आयामी बन्यो। ‘हामी’ र ‘उनीहरू’ बीचको पक्षपातपूर्ण राजनीति हावी हुन थाल्यो।

    यस्तो हुनुका तीन प्रमुख कारणहरू थिए।

    सबैभन्दा पहिले, दुबै राजनीतिक दल भुगोल र विचारधाराका आधारमा अधिक स्पष्ट रूपमा एकिकृत र क्रमवद्ध भए। दक्षिणी तथा ग्रामीण रूढीवादी डेमोक्रेटहरू कंग्रेसबाटै हराए। तिनको ठाउँमा अधिक रूढीवादी रिपब्लिकनले लिए। तटीय तथा उपनगरीय उदारवादी तथा उदारवादी रिपब्लिकनहरू पनि कंग्रेसबाट हराए। उनको ठाउँ अधिक उदार डेमोक्रेटहरूले लिए। दुबै पार्टीका भौगोलिक स्थानहरू खुम्चिए। रिपब्लिकनहरू अधिक समान रूपबाट रूढीवादी भए। यता डेमोक्रेटहरू बहुत अधिक समान रूपबाट उदार भए।

    दोस्रो, यो छँटाई (सर्टिङ) सँगसँगै, राष्ट्रिय राजनीति विस्तारै ती जातिहरूमा प्रभाव पार्न थाल्यो। जबकि पहिले यहाँका मान्छेहरू जिल्लाका मुद्धामा विभाजित हुन्थे या एकिकृत हुन्थे। १९६० को दशकदेखि १९७०का प्रारम्भिक दिनमा संघीय सरकारको अधिकार बढाइयो।र, सोही कारण त्यतिखेरसम्म रहेको पार्टीहरूको गठवन्धनलाई खुम्च्याउने काम गर्‍यो। र, त्यही कारण दक्षिणतर्फका राज्यमा लामो समयदेखि डेमोक्रेटको प्रभावलाई कमजोर बनायो। र, आर्थिक विनियमका कारण व्यापारीवर्गलाई परिचालित गर्‍यो अथवा संगठित बनायो।

    तेस्रो वासिङ्टनमा सत्ता कब्जा गर्ने कुरा अधिक महत्वपूर्ण कुरा हुनगयो। त्यसमा पैसाको चलखेल पनि उत्तिकै हुन थाल्यो। जति–जति पार्टी विचारधारा र भूगोलको आधारमा ध्रविकृत हुँदै गए, डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीको प्रभाव र यी दुईबीचको फासला र पक्षधरता बढ्दै गयो। आखिरमा, हामीसँग २० औँ शताब्दीको उत्तरार्धतिर चार–पक्षीय पार्टी प्रणालीजस्तो प्रणालि थियो। सन् १९९४ मा रिपब्लिकनले रिपब्लिकनका जुझारु नेता न्युट गंगरिचको नेतृत्वमा पहिलो पटक कंग्रेस चुनाबलाई राष्ट्रियकरण गरे। उनी जण्ड रिपब्लिकन थिए। १९९४ अघि डेमोक्रेटहरूले हाउसमा ४० वर्षदेखि आधिपत्य जमाएका थिए। वासिङ्टनमा आम बुझाइ यो थियो कि हाउसमाथि सधैँ डेमोक्रेटले मात्रै नियन्त्रण राख्नेछ।

    ‘पुण्य र पाप’

    तर १९९४ बाट वासिंगटनको शक्ति प्रत्येक चुनाबबाट परिवर्तन हुनेतर्फ अघि बढ्यो। यसबाट अमेरिकी राजनीतिको खेल बदलिन थाल्यो। सम्भावित एकिकृत सरकार एउटै मात्र पार्टीको हुनेभएपछि सरकारभन्दा बाहिरको पार्टीले बनेको सरकारलाई असहयोग गर्नुमै या ह्वाइट हाउससँग कम्प्रमाइज नगर्नुमै कल्याण हुनथाल्यो। राष्ट्रपतिको पार्टीलाई खराब देखायो, बाँकी टिकट बिग्रन्थ्यो। त्यसो भएपछि आफ्नो पक्ष सत्तामा आउन सक्थ्यो। त्यसो भएपछि आधा रोटी पाउनुको सट्टा सिंगै रोटी तपाईंको हात पर्थ्यो। तर राष्ट्रपतिको पार्टीलाई सहयोग गरेर उसलाई जिताउन सहयोग गरे त तपाईँंआफू टिमको साथ सत्तामा जाने सम्भावनालाई नै कम गर्नेतर्फ जानुहुन्थ्यो।

    यसरी दलहरूबीच गहिरो विभाजन र राजनीतिको थप राष्ट्रियकरणको नयाँ युग सुरु भयो। बढ्दो पक्षपातपूर्ण ध्रुवीकरण सुरु भयो। अति ध्रुवीकरणले सबैलाई एउटा पक्ष लिनका लागि बाध्य पार्छ। बाँकी मध्यमार्गीहरू पनि कुनै न कुनै एउटा ध्रुबमा अटाउनका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्। बढ्दो प्रतिस्पर्धामा जो तिव्र गतिमा दौडन्छ, उसकै जित हुन्छ। आजको बन्दुकको मुद्धामा पक्ष र विपक्ष हुनुमा पनि बलिया कारणहरू छन्। ग्रामिण अमेरिकामा बन्दुके संस्कृति बलियो छ। जहाँ ग्रामिण स्वनिर्भरता र शिकारका लागि बन्दुक प्रयोग गरिन्छ। र, बन्दुकबाट गरिने हत्या उति ठूलो समस्या होइन। बन्दुकको स्वामित्व एकदमै कम भएपनि बन्दुकसम्बन्धी हत्याहरू खासगरी शहरी क्षेत्रको समस्या हो।

    र, स्पष्ट रूपमा डेमोक्रेट आजका दिनमा शहरीया वर्गको पार्टी बनेको छ भने दुर्गम अमेरिकाको पार्टीको रूपमा रिपब्लिनकन भएको छ। र, यी दुईबीचको फासला गहिरो हुँदै गइरहेको छ। रिपब्लिकन र डेमोक्रेटले बन्दुकलाई फरक रूपमा बुझ्ने गरेका छन्। र, यसमा राजनीति जोडिएपछि त अझै यो विषय झनै पेचिलो बनेको छ। पक्ष र विपक्षका भाष्यहरू यसरी बन्दै गएका छन् कि बन्दुकवादी र गैरबन्दुकवादीको द्वन्द्व अब ‘पुण्य र पाप’मा बाँडिएझैँ छ।

    सन् १९९४ मा कंग्रेसले सीनेटमा ५६ मतका साथ हतियार प्रतिबन्धलाई पास गरेको थियो। १० जना उदारबादी रिपब्लिकनले त्यसको पक्षमा भोट हाले। तर सन् २००४ सम्ममा यो फासफुस नै भयो। यतिखेर रिपब्लिकनहरूले कंग्रेस र ह्वाइट हाउस नियन्त्रण गरेका थिए। र, दस जना सिनेटहरू जसले हतियार प्रतिबन्धको पक्षमा भोट गरेका थिए, यतिखेरसम्म त ३ जनामात्र हतियार प्रतिबन्धको पक्षमा देखिए। ३ जनामध्ये एक जनाले त पार्टी छाडिसकेका थिए।

    लगभग एक दशकपछि, सन् २०१३ मा, स्यान्डी हुकमा एउटा २० वर्षको युबाले बन्दुक चलाएर २६ जनाको हत्या गरेलगत्तै अझै नरम खालको बन्दुकसम्बन्धी सुधार कानुन पास गर्न खोजियो तर असफल भयो। यस पटक ४ जना रिपब्लिकनहरूले सो कानूनलाई समर्थन गरे। सिनेटमा जम्मा ५४ भोट पर्‍यो सो कानूनका पक्षमा। जबकि कानून पास गर्नका लागि ६० भोटको आवश्यकता पर्थ्यो।

    आश्चर्य यो छ कि ८१ प्रतिशत रिपब्लिकन उत्तरदाताहरूले भनेका थिए कि उनीहरू व्यक्तिगत रूपमा बन्दुकसम्बन्धी कानूनमा गरिने सुधारको समर्थनमा छन्। ५७ प्रतिसतले सिनेटले कानून पास गर्ने कुराको समर्थनसमेत गरेका थिए। यति हुँदाहुँदै पनि उक्त कानून पास हुन सकेन। किनभने बन्दुक नियन्त्रण गर्ने नीतिसँग सहमत भएपनि कतिपय रिपब्लिकनहरूले तत्कालिन् राष्ट्रपति ओबामालाई उक्त कानून पास गर्ने श्रेय दिन चाहेका थिएनन्। कंग्रेसले चाहेअनुसार काम गर्न नसक्दा पनि कतिपय राज्यले भने त्यस दिशामा काम गर्न सफल भए। आफ्ना राज्यहरूमा स्पष्ट बहुमत पाएका डेमोक्रेटहरूले बन्दुकमाथि कडा नियन्त्रण गर्नेगरी कानून बनाए। ठीक त्यसको बिपरित कतिपय रिपब्लिकनले जितेका राज्यहरूले चाहिँ बन्दुक अधिकारबारे अझै खुला कानून पास गराए।

    रिपब्लिकन मतदाताहरूले बन्दुक नियन्त्रणले बन्दुक हिंसालाई रोक्न सक्छ भन्ने कुरामा थप शङ्का गरे। बन्दुकमाथि कडाई गर्नु अमेरिकालाई थप असुरक्षामा राख्नु उनीहरूको बुझाई थियो। बन्दुकले मात्रै वास्तविक अमेरिकी नायक र तिनका परिवारलाई रक्षा गर्न सक्थ्यो भन्ठान्थे उनीहरू। र, यो अवधारणालाई फैलाउने काम अमेरिकाको बन्दुक उद्योग र नेसनल राइफल एसोसिएसनले गर्‍यो। र, यो आफैँमा पहिचानको राजनीति पनि हो। बन्दुक राख्ने कुरा कतिपय अमेरिकीका लागि परिचय नै बनेको छ। राइफल एसोसियएसनले नै त्यस अवधारणालाई बढी रूपमा मलजल गरेको थियो। र, यो परिचय श्वेत, क्रिश्चियन र ग्रामिण परिचय हो। र, लेखक लिलियाना मेसनका अनुसार यी सबै परिचयको समुच्च रूप अर्थात् मेगा परिचय हो: रिपब्लिकन।

    र, सामुहिक परिचय अमेरिकी राजनीतिको महत्वपूर्ण हिस्सा हो। र, राजनीतिमा सामूहिक परिचयको ठूलो अर्थ छ। राजनीति नै त्यस्तो कुरा हो, जुन सामुहिक रूपमा गरिन्छ। र, चार पार्टी राजनीति छाँटिएर दुई–पार्टी–राजनीतिमा रूपान्तरण हुँदै गर्दा धेरै पहिचानवाला समूहहरू कि डेमाक्रेटमा आइपुगेका छन्, कि रिपब्लिकन पार्टीमा आइपुगेका छन्।

    उदार जनता

    र, करिब दुई तिहाइ अमेरिकीहरू अचेल भन्ने गर्छन् – अमेरिकामा दुई भन्दा धेरै पार्टीहरू हुनु आवश्यक छ। र, ५० प्रतिशतभन्दा बढी अमेरिकीहरू आफूलाई ‘स्वतन्त्र’ ठान्छन्। उनीहरू डेमोक्रेट या रिपब्लिकन हुन अस्वीकार गर्छन्। त्यसको मतलव अधिकांश अमेरिकीहरू अमेरिकामा नयाँ सुधारका लागि उदार छन्। र, अमेरिकी सरकारप्रति उनीहरूको भरोसा गिर्दो छ। अमेरिकी सरकारी निकायहरूप्रति व्यापक अविश्वास र असन्तुष्टि अमेरिकी राजनीतिमा आवधिक रूपमा दोहोरिइरहेको छ। र, त्यसैले पनि अमेरिकी राजनीतिले सुधारको माग गर्दछ। र, अमेरिकामा राजनीतिक सुधारको परम्परा छ। त्यसले प्रजातन्त्रलाई थप प्रतिनिधिमूलक र समावेशी पनि बनाउने गरेको छ। अब समानुपातिक प्रतिनिधित्वलाई अमेरिकन राजनीतिमा भित्र्याइयो भने त्यो अमेरिकी परम्पराको अर्को चरणका रूपमा अंकित हुनेछ ।

    निस्सन्देह, अमेरिकाका दुई प्रमुख राजनीतिक दलका नेताहरू खाइपाइ आएको सत्ता त्याग्न चाहँदैनन्। यद्यपि, दुवै पक्षभित्र अनेकौँ फ्रयाक्सन (गुट) हरू छन्। धेरै प्रगतिशील डेमोक्रेटहरू आफ्नै बेग्लै पार्टी बनाउन चाहन्छन्।  ‘मूल डेमोक्रेट’हरू स्थापित डेमोक्रेटहरूले पछाडिबाट सधैँ घिच्याइराखेको महसुस गरिरहेका छन्। रिपब्लिकनभित्र पनि त्यही हाल छ। थप उदारवादी डेमोक्रेटहरू उन्मुक्त भएर बेग्लै पार्टी चलाउन पाउँदा पक्कै खुसी होलान्। त्यसो हुँदा पुलिसलाई डिफन्ड गर्ने क्रिटिकल रेस थ्योरी जस्ता ‘हार्ने मुद्दा’हरूमा उनीहरूले पनि घिच्चिनु पर्ने थिएन।

    सेन्टर टु राइट विचार बोक्ने अनुदारवादी म्यागा (मेक अमेरिका ग्रेट अगेन) गुटले रिपब्लिकन पार्टीलाई अहिले नियन्त्रणमा लिएको छ। यस्तो अवस्थामा रिपब्लिकनबाट अर्को पार्टी बन्ने हो भने सेन्टर टु राईट या सेन्टर लेफ्ट ढल्कने रिपब्लिकनहरूले पनि लाभ उठाउनेछन्। यी समूहहरूमा गणना गर्दा, सुधारलाई समर्थन गर्नेहरूकै बाहुल्य ठूलो छ। र, यस्तो अवस्थामा समानुपातिक प्रतिनिधित्व नै उचित हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ। त्यही कारण नै धेरै जसो पश्चिमी युरोपले १८९९ देखि ११९९ सम्म समानुपातिक प्रतिनिधित्व अपनाएको थियो। किनभने अघिल्ला बहुमतवादी मतदान प्रणालीहरूभन्दा धेरै स्थिर खालको प्रणालि थियो त्यो। र, बहुमतवाला मतदान प्रणालीमा थोरै संख्याको मतदानले पनि ठूला अस्थिरताहरू उत्पन्न गर्थ्यो। त्यही कारणले गर्दा पनि समानुपातिक प्रणालीलाई धेरै राम्रो प्रणालीका रूपमा हेरिएको थियो।

    निस्सन्देह, अमेरिकी समाजको वास्तविक विभाजन र वास्तविक द्वन्द्वको लागि एक अन्तिम अस्त्र नै समानुपातिक प्रणालि होइन। तर यो त्यस्तो प्रणालि हो, जसले सबैलाई आवधिक रूपमा आफ्नो पोजिसनको मूल्यांकन गर्ने मौका दिन्छ र परम्परागत रूपमा दुई दलीय द्वन्द्व र जेरो सम गेमलाई अन्त्य गर्नेछ। समानुपातिक प्रतिनिधित्वको प्रणालिले अमेरिकी समाजका अनेकौँ पहिचानहरूलाई एकजुट पार्ने, पुर्नव्यवस्थित गर्ने र नयाँ समूहहरू गठन गर्ने ढोका खोल्छ। राजनीतिक सुधारका लागि हामीलाई यसले सोच्न वाध्य पार्ने बाटो नै समानुपातिक प्रणालि हो। किनकि हाम्रा कठिन समस्याहरूलाई हल गर्नका लागि हामीले नयाँ नयाँ उपयाहरू त खोज्नै पर्छ।

    noemamag.com बाट नेपाल रिडर्सका लागि प्रकाश अजातको अनुवाद। 

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.