Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नवउदारवादको विकल्पः प्रगतिशील पूँजीवाद

जोसेफ ई. स्टिग्लिज जोसेफ ई. स्टिग्लिज
मंसिर १९, २०७९
- अर्थतन्त्र, विचार, विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बजार आफैंद्वारा नियन्त्रित हुन्छ भन्ने अवधारणासहित प्रयोगमा आएको उदारवाद तथा नवउदारवादको विफलतालाई अब यसका प्रवक्ताहरूले नै ढाकछोप गर्न नसक्ने अवस्था बनेको छ। तिनै प्रवक्ताहरू नै आज यसको विकल्प खोज्न थालेका छन्। बजारलाई स्वतन्त्र रहन दिँदा असमानता, गरिबी, शोषण लगायत समस्या झन् चर्किदै गएको उनीहरू स्वयम् स्वीकार गर्छन्। यसै सन्दर्भमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री जोसेफ ई. स्टिग्लिजले गर्नुभएको विश्लेषण सान्दर्भिक भएकाले यहाँ प्रस्तुत गरिएको छः

    मानव हितका लागि सबैभन्दा अनुकूल आर्थिक प्रणाली कुन हो? यो प्रश्नले वर्तमान युगलाई परिभाषित गरेको छ, किनकि अमेरिका तथा अरु स्तरीय अर्थतन्त्रमा नवउदारवाद लागू भएको ४० वर्ष बितिसकेको अवस्थामा अब के कुराले काम गर्दैन भन्ने कुरा हामीलाई थाहा भइसकेको छ।

    नवउदारवादका परीक्षणहरूः धनीहरूका लागि करको दायरा घटाउने, श्रम तथा उत्पादन बजार नियमन नगर्ने, वित्तीयकरण र विश्वव्यापीकरण पूणर्तः असफल भइसकेका छन्। दोस्रो विश्वयुद्धपछिको २५ वर्ष अवधिको तुलनामा अहिलेको आर्थिक वृद्धि कम छ र भएको वृद्धि पनिअत्याधिक आय भएकाहरू कहाँ गएर थुप्रिएको छ। उनीहरूका भन्दा कम आय भएकाहरूको आम्दानी स्थिर रहने र घट्दै जाने भएकाले अबको केही केही दशकपछि नवउदारवादलाई मृत घोषणा गर्नुपर्ने हुन्छ।

    नवउदारवादसँग टक्कर गर्ने होडमा अहिले तीन मुख्य राजनीतिक विकल्पहरू छन्। ती हुन्ः

    • उग्र दक्षिणपन्थी राष्ट्रवाद,
    • मध्यमार्गी-वामपन्थी सुधारवाद र
    • प्रगतिशील वामपन्थी ।

    मध्यमार्गी-दक्षिणपन्थीले नवउदारवादको पक्षपोषण गर्छ र यो असफल भइसकेको छ। र, प्रगतिशील वामपन्थी बाहेक अरु सबै विकल्पहरूले मिति गुज्रिएको विचारधारा बोकेका छन्।

    उदाहरणका लागि मध्यमार्गी-वामपन्थीको लक्ष्य भनेको वित्तीयकरण र विश्वव्यापीकरणका प्रचलित तरिकाहरूमा सामान्य परिवर्तन गर्दै पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्व ब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयरको नीतिलाई २१औँ शताब्दीमा ल्याउनु हो।

    यता राष्ट्रवादी दक्षिणपन्थीहरू विश्वव्यापीकरणलाई अस्वीकार गर्छन् र आजका सबै समस्याको दोष आप्रवासीहरू तथा विदेशीहरूमाथि थोपर्छन्। यो धारले धनीहरूलाई कर छुट दिने, नियमन खारेज गर्ने तथा सामाजिक कार्यक्रममा लगानी नगर्ने जस्ता चरित्र बोकेको छ भन्ने कुरा डोनाल्ड ट्रम्पको कार्यकालले नै पुष्टि गरेको छ।

    यी भन्दा फरक तेस्रो खेमा, जसलाई प्रगतिशील पूँजीवाद भनिन्छ। यसले मुख्यगरी चारवटा प्रथमिकतामा आधारित भएर एउटा नितान्त फरकखालको आर्थिक एजेण्डा सिफारिस गर्छ। प्रगतिशील पूँजीवादका चार प्राथमिकताहरू यसप्रकार छन्।

    पहिलो प्राथमिकताः बजार, राज्य र नागरिक समाजबीचको सन्तुलनलाई पुनर्स्थापित गर्नु।
    मन्द आर्थिक वृद्धि, बढ्दो असमानता, आर्थिक अस्थिरता र वातावरण विनाश बजारबाट पैदा भएका समस्याहरू हुन् र यी समस्यालाई बजार आफैंले हटाउन सक्दैन। वातावरणीय, स्वास्थ्य, कार्यस्थल सुरक्षा र अन्य प्रकारका नियमनको माध्यमबाट बजारलाई नियन्त्रण गर्नु सरकारको कर्तव्य हो। बजारले गर्न नसक्ने र नगर्ने काम सरकारले गर्नुपर्छ। जस्तैः आधारभूत अनुसन्धान, प्रविधि, शिक्षा र आफ्ना जनताको स्वास्थ्यमा सक्रिय लगानी गर्नु सरकारको दायित्व हो।

    दोस्रो प्राथमिकताः राष्ट्रको पूँजी आम हितका लागि सँगै काम गर्ने मानिसहरूको ठूलो समूहमा आधारित छ भन्ने पहिचान गर्नु।
    सामाजिक साझेदारीका लागि बजारहरूले अझैपनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। तर बजार विधिको शासन र लोकतान्त्रिक नियमनको अधिनमा रहे मात्र यो सम्भव छ। अन्यथा व्यक्तिहरू अरुको शोषण गरेर धनी हुन्छन्। उनीहरू नयाँ विचारसहित धन उत्पादनको सट्टा समाजलाई फाइदा नहुने गरी आफूलाई मात्र आर्थिक लाभ हुने काम (रेन्ट सिकिङ) गर्छन्। आजका धेरै धनीहरू शोषण गरेरै यो ठाउँमा पुगेका हुन्। यस्ता मानिसलाई ट्रम्पको नीतिबाट फाइदा भएको छ, जसले धन उत्पादनको मुख्य स्रोतको विनाश गर्दै ‘रेन्ट सिकिङ’ लाई प्रोत्साहन गर्छ। प्रगतिशील पूँजीवादले यो भन्दा विपरित गर्न खोजिरहेको छ।

    तेस्रो प्राथमिकताः केन्द्रीकृत बजार शक्तिबाट बढ्दो समस्यालाई सम्बोधन गर्नु।
    सूचनाको लाभ लिँदै, सम्भावित प्रतिस्पर्धीलाई किन्दै र नवप्रवेशीलाई अवरोध गर्दै वर्चश्वशाली फार्महरू अरुका लागि हानी हुने ठूलो ‘रेन्ट सिकिङ’मा पहुँच पुर्‍याउन सफल हुन्छन्। कर्पोरेट बजारको शक्तिमा वृद्धि हुनुका साथै कामदारहरूको बार्गेनिङ शक्ति घट्दै जाँदा असमानता उच्च बनेको छ भने आर्थिक वृद्धि कमजोर भएको छ। नवउदारवादले भन्दा अझै धेरै सक्रिय भूमिका सरकारले निर्वाह नगरेमा यी समस्याहरू झनै जटिल हुँदै जानेछन् भने रोवोटाइजेसन र एआईका कारण यी समस्याहरू थप चर्किनेछन्।

    चौथो प्राथमिकताः आर्थिक शक्ति र राजनीतिक प्रभावबीचको सम्बन्ध वा कडीलाई तोड्नु।
    आर्थिक शक्ति र राजनीतिक प्रभावले एक अर्कालाई बलियो बनाइरहेका हुन्छन् र यिनले आफैंलाई मात्रै अघि बढाइरहेका हुन्छन्। खासगरी अमेरिकामा धनी व्यक्ति र निगमहरूले निर्वाचनमा असिमित खर्च गर्छन्। अमेरिका ‘एक डलर, एक भोट’ को एउटा अलोकतान्त्रिक प्रणालीतर्फ जाँदै गर्दा त्यहाँ लोकतन्त्रमा अनिवार्य रहेको ‘चेक एण्ड व्यालेन्स’ प्रणालीले काम गरिरहन सक्दैन। त्यससँगै धनीहरूको सम्पत्तिको शक्तिलाई केहीले पनि विवश पार्न सक्ने छैन।

    यो नैतिक र राजनीतिक समस्या मात्र होइन। कम असमानता भएका अर्थतन्त्रहरूले वास्तवमै राम्रो भूमिका निर्वाह गर्छन्। त्यसैले प्रगतिशील पूँजीवादले राजनीतिमा पैसाको प्रभावलाई कटौती गर्दै आर्थिक असमानता घटाउन सुरु गरेको छ।

    कस्तो एजेण्डा चाहिन्छ?
    नवउदारवादले पछिल्ला दशकभरी ध्वस्त पारेको स्थितिलाई सुधार्नका लागि यहाँ त्यस्तो कुनै जादुको छडी छैन। तर माथि उल्लिखित रेखाचित्रसहितको एउटा व्यापक एजेण्डाले यो काम गर्न सक्छ। निजी क्षेत्रले जन्माएको बजारको अत्यधिक शक्ति र असमानता जस्ता समस्याको सामना गर्न सुधारकहरू कत्तिको दृढ छन् भन्ने कुरामा सबैथोक निर्भर छ।

    विस्तृत एजेन्डाले शिक्षा, अनुसन्धान तथा धनका अन्य सही स्रोतहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। यसले वातावरणको रक्षा गर्नुपर्छ र जलवायु परिवर्तनको सामना गर्नुपर्छ। यसले कुनै पनि नागरिक राम्रो जीवनयापन गर्नका लागि आवश्यक हुने कुराबाट वञ्चित नहुने प्रत्याभूति गर्नुपर्छ। यस्ता प्रत्याभूतिमा आर्थिक सुरक्षा, काम तथा उचित ज्यालामा पहुँच, स्वास्थ्य सेवा तथा पर्याप्त आवास सुविधा, सुरक्षित सेवानिवृत्ति तथा सन्तानका लागि गुणस्तरीय शिक्षा पर्छन्।

    यो एजेन्डा महंगो छैन। बरु हामीले यसलाई ग्रहण नगर्दा भने घाटा हुन्छ। राष्ट्रवादी तथा नवउदारवादीहरूले प्रस्ताव गरेको विकल्पले थप आर्थिक सुस्तता, असमानता, वातावरणीय विनाश तथा राजनीतिक शत्रुता जन्माउँछ र हामी तिनको परिणामको कल्पना पनि गर्न सक्दैनौं। प्रगतिशील पूँजीवाद असफल भइसकेको विचारधाराको समुचित विकल्प हो। यसले अहिलेको आर्थिक र राजनीतिक समस्याबाट बच्ने सर्वोत्कृष्ट अवसर प्रदान गर्छ।

    (प्रोजेक्ट सिन्डिकेटबाट अनुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जोसेफ ई. स्टिग्लिज

      जोसेफ ई. स्टिग्लिज

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.