Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के हो लोक कल्याणकारी राज्य? केले हुन्छ भोकमरी?

उनले भने, ‘बीस वर्ष पहिले छ वटा देश : भारत, नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका एवम् भूटानमध्ये भारत श्रीलंकापछि दोस्रो सबैभन्दा राम्रो देशको रूपमा थियो। अब यो दोस्रो सबैभन्दा खराब देश बनिसकेको छ। पाकिस्तानले हामीलाई सबैभन्दा खराब हुनबाट बचाइराखेको छ।’

nepal_readers nepal_readers
कार्तिक २५, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -अमरनाथ-

    सन् १९४३ मा भारतको बंगालमा भएको भीषण भोकमरीका कारण तीस लाखभन्दा बढी मान्छेको मृत्यु भएको थियो। त्यस समय अर्थशास्त्री अमर्त्य सेन दस वर्षका थिए। उनले ढाकास्थित आफ्नो घर अगाडि भोकमरी पीडितहरू एक छाक खानाका लागि रुवावासी गर्दै गरेको र भोककै कारण ज्यान गुमाएको देखेका थिए। त्यतिखेर सम्पन्न मानिसका घरमा भरिभराउ धन सम्पत्ति र अन्न हुँदाहुँदै पनि गरीबीकै हजारौं परिवार उजाडिए र कति भोकभोकै मरे।

    यी सबै दृश्यका साक्षी अमर्त्य सेनको बालमस्तिस्कमा त्यस घटनाले गहिरो प्रभाव पार्‍यो। सम्पन्न व्यक्तिहरूले यदि आफ्नो वरपर रहेका गरीबहरूप्रति थोरै भएपनि सहृदयता देखाउने हो भने हजारौँ गरीबको ज्यान बचाउन सकिने कुरा उनले त्यहाँबाट बुझे। यसै घटनाबाट उनले गरीब मानिसका लागि नै केही काम गर्ने अठोट गरे र अन्ततः उनले लोककल्याणकारी अर्थशास्त्रको अवधारणा प्रतिपादन गरे। जसका लागि सन् १९९८ मा उनलाई नोबेल पुरस्कार प्रदान गरियो।

    उनले लोककल्याण र विकासका विभिन्न पक्षहरूमाथि अनेक पुस्तक तथा शोधपत्र लेखे। उनले घोषणा गरे, ‘मानव जातिको विकासमा कुनै अनुसन्धान बिना कुनैपनि अर्थतन्त्रको उदय सम्भव नै छैन।’ उनलाई नोबेल पुरस्कार दिने निर्णय गरेको समितिले उनको बारेमा भनेको थियो, ‘प्रोफेसर सेनले कल्याणकारी अर्थशास्त्रको आधारभूत समस्याहरूको शोधमा महत्वपूर्ण योगदान गरेका छन्।’

    टेगोरले दिएको नाम

    प्रोफेसर अमर्त्य सेनको जन्म रवीन्द्रनाथ टेगोरको कर्मस्थल शान्ति निकेतनमा भएको थियो। उनका मावली हजुरबुवा एवं प्रसिद्ध संस्कृत विद्वान आचार्य क्षितिजमोहन सेन शान्ति निकेतनमा शिक्षक थिए। आचार्य क्षितिजमोहन सेनको रवीन्द्रनाथ टेगोरसँग घनिष्ट सम्बन्ध थियो। उनका पिता आशुतोष सेन ढाका विश्वविद्यालयमा रसायन शास्त्रका प्रोफेसर थिए र आमा अमिता सेन विदुषी थिइन्।

    गुरुदेव रवीन्द्रनाथ टेगोरले नै उनको नाम अमर्त्य राखिदिएका हुन्। अमर्त्य सेनको शिक्षाको शुरुआत सन् १९४० मा ढाकाको सेन्ट ग्रेगरी स्कुलबाट भएको हो। केही वर्ष उनले मांडले (अहिलेको म्यानमारमा रहेको स्थान) मा पनि बिताए। सन् १९४५ मा अमर्त्य सेनका आमाबुवा परिवारसहित शान्ति निकेतन आए। उनका बुवा केही वर्षसम्म लोकसेवा आयोग, पश्चिम बंगालका अध्यक्ष थिए। पछि उनले संघीय लोक सेवा आयोगमा पनि सेवा गरे।

    ढाका र वर्माबाट फर्किएपछि अमर्त्य सेनले विश्वभारतीबाट आईएससी परीक्षा पास गरे। त्यहाँ उनी प्रथम भए। त्यसपछि उनी कोलकताको प्रेसीडेन्सी कलेजमा भर्ना भए र त्यहाँबाट अर्थशास्त्र र गणित विषय लिएर बी.ए. को परीक्षा उत्तीर्ण गरे। त्यसपछि सन् १९५३ मा उनी क्याम्ब्रिजको ट्रिनिटी कलेजमा अध्ययन गर्नका लागि गए। जहाँबाट उनले अर्थशास्त्रमा दोस्रोपटक बी.ए. गरे र आफ्नो कक्षामा प्रथम स्थान हासिल गरे। सन् १९५९ मा उनले ट्रिनिटी कलेजबाट डक्टरेटको उपाधि प्राप्त गरे।

    नालन्दा विश्वविद्यालयको पुनःस्थापना

    भारत फर्किएपछि डा. अमर्त्य सेन यादवपुर विश्वविद्यालय कलकत्ता (संप्रति कोलकता) मा अर्थशास्त्रको प्रोफेसर नियुक्त भए। सन् १९६०–६१ का दौरान उनले अमेरिकाको ‘साचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी’ मा भिजिटिङ प्रोफेसर भएर काम गरे। सन् १९६३ र १९७१ को मध्यमा उनले ‘दिल्ली स्कुल अफ इकोनोमिक्स’ मा अध्यापन गरे। यसै दौरान उनी जवाहरलाल नेहरु विश्विद्यालय, भारतीय सांख्यिकी संस्थान, सेन्टर फर डेभलपमेन्ट स्टडीज, गोखले इस्न्टिच्युट अफ पोलिटिक्स एण्ड इकोनोमिक्स र सेन्टर फर स्टडीज इन सोशल साइन्सेज जस्ता प्रतिष्ठित भारतीय शैक्षिक संस्थाहरूसँग पनि जोडिए।

    त्यस समय मनमोहन सिंह, के. एन. राज र जगदीश भगवतीजस्ता विद्वान पनि ‘दिल्ली स्कुल अफ इकोनोमिक्स’ मा पढिरहेका थिए। सन् १९७२ मा उनी ‘लन्डन स्कुल अफ इकोनोमिक्स’ गए र सन् १९७७ सम्म त्यहाँ रहेर काम गरे। सन् १९७७–८६ को मध्यमा उनले अक्सफोर्ड विश्वविद्यालयमा पढाए। सन् १९८७ मा उनी हार्वड गए र सन् १९९८ मा उनलाई ट्रिनिटी कलेज, क्याम्ब्रिजको मास्टर नियुक्त भए।

    सन् २००७ मा उनी ‘नालन्दा मेन्टर ग्रुप’ का अध्यक्ष बने। यसको उद्देश्य प्राचीन समयदेखिको नालन्दा विश्वविद्यालयको पुनस्थापना गर्नु हो। सन् २०१२ मा सेनलाई यस विश्विद्यालयमा चान्सलर मनोनीत गरियो। यस विश्वविद्यालय पुनःस्थापित भई सन् २०१४ देखि शैक्षिक कार्यक्रम सुरु भयो। तर अमर्त्य सेनले दोस्रो कार्यकालका लागि भने आफ्नो नाम फिर्ता लिए।

    असमानताको परिणाम

    सन् १९६० र १९७० को दशकमा सेनले आफ्नो शोधपत्रको माध्यमबाट ‘सोसल चोइस’को सिद्धान्तलाई बढावा दिए। अमेरिकी अर्थशास्त्री केनेथ एरोले यस सिद्धान्तलाई पहिचान दिलाएका थिए। सन् १९८१ मा उनको चर्चित पुस्तक ‘पोभर्टी एण्ड फेमिन्सः एन एस्से अन एनटाइटेलमेन्ट एण्ड डिप्राइबेसन’ प्रकाशित भयो।

    यस पुस्तकको माध्यमबाट उनले भोकमरी खाद्यान्नको अभावले मात्र होइन, खाद्यान्नको असमान वितरणबाट पनि हुन्छ भन्ने कुरा औँल्याए। उनले ‘सन् १९४३ को बंगालको भोकमरी’ अप्रत्यासित शहरी विकास (जसले बस्तुको मूल्य बढायो) का कारण भएको तर्क प्रस्तुत गरे। मजदूरले प्राप्त गर्ने ज्याला र वस्तुको मूल्यमा भएको ठूलो असमानताका कारण नै लाखौँ ग्रामीण मजदूर भोकमरीको शिकार भएको उनको तर्क थियो।

    अमर्त्य सेनले भोकमरीको विषयमा मात्रै अनुसन्धान गरेनन्। यसका अलवा ‘डेभलपमेन्ट इकोनमिक्स’ को क्षेत्रमा पनि उनको ठूलो योगदान छ। प्रोफेसर सेनको कार्यबाट ‘संयुक्त राष्ट्र विकास कार्यक्रम’ को ‘मानव विकास रिपोर्ट’ को प्रतिपादनमाथि पनि विशेष प्रभाव पर्‍यो। ‘संयुक्त राष्ट्र विकास कार्यक्रम’को ‘मानव विकास रिपोर्ट’ एक वार्षिक रिपोर्ट हो, जसले विभिन्न प्रकारको सामाजिक र आर्थिक सूचकहरूको आधारमा विश्वका देशहरूको वरियता निर्धारण गर्दछ।

    कल्याणकारी अर्थशास्त्र

    विकाश अर्थशासास्त्र र सामाजिक सूचकहरूमा प्रो. अमर्त्य सेनको सबैभन्दा महत्वपूर्ण र क्रान्तिकारी योगदान होः ‘क्यापेबिलिटी’ को सिद्धान्त। यो सिद्धान्त उनले आफ्नो लेख ‘इक्वेलिटी अफ ह्वाट’मा प्रतिपादित गरे। अमर्त्य सेनले आफ्ना लेख र शोधको माध्यमबाट गरिबीको स्थिति सुधार्नका लागि उपयोगी हुनेगरी गरिबी मापनको तरिका विकसित गरे।

    उनको सिद्धान्तले पश्चिमी मुलुकमा पुरुषको तुलनामा महिलाको संख्या बढी हुँदा भारत तथा चीनमा भने पुरुषको संख्या बढी हुनुको कारणलाई पनि व्याख्या गरेको छ। विद्यमान असमानताको मुद्दामाथि उनको सिद्धान्तले भारत तथा चीनमा पुरुषको संख्या बढी हुनका साथै मृत्युदर पनि कम भएको कुराको व्याख्या गरेको छ।

    सेनका अनुसार भारत र चीनजस्ता देशहरूमा लिंगको आधारमा भ्रुण हत्या गरिने र छोरीहरूको तुलनामा छोरालाई बढी चिकित्सा सेवा उपलब्ध गराइने हुँदा यी देशमा महिलाको तुलनामा पुरुषको संख्या बढी भएको उनको तर्क छ।

    उनी शिक्षा र जनचिकित्सा सुविधाहरूमा सुधार नगरे आर्थिक विकास सम्भव नहुने बताउँछन्। सन् २००९ मा अमर्त्य सेनले ‘द आइडिया अफ जस्टिस’ नामक पुस्तकमा उनले ‘न्यायको सिद्धान्त’प्रतिपादित गरे। उनले अर्थशास्त्रको सम्बन्ध समाजको गरीब र उपेक्षित मानिसको सुधारसँग रहेको स्पष्ट रूपमा घोषणा गरे। उनले प्रतिपादन गरेको अर्थशास्त्रको नियम पछि गएर ‘कल्याणकारी अर्थशास्त्र’को रूपमा विख्यात भयो। उनले यसै कल्याणकारी अर्थशास्त्रका लागि नोबेल पुरस्कार प्राप्त गरेका थिए।

    कस्तो हुन्छ लोकतान्त्रिक व्यवस्था?

    अर्थशास्त्रीय विवेचनाका दौरान अमर्त्य सेनले समाजको सबैभन्दा तल रहेको समुदायका व्यक्तिको आर्थिक वा सामाजिक आवश्यकताहरूलाई बुझ्ने र गरिबीका कारणहरूको समीक्षा गर्नमा पनि ध्यान केन्द्रित गरे। उनले आम्दानी र त्यसको वितरण, आयमा असमानता र विभिन्न आय– वितरणमा समाजको क्रय क्षमताको सम्बन्धको सुक्ष्म व्याख्या गरे र निर्धनता सूचकांक एंव अन्य कल्याण संकेतहरूलाई परिभाषित गरे। यसबाट निर्धनताको लक्षहरूलाई बुझ्न एवम् तिनको निराकरण गर्न सहज हुन्छ।

    अमर्त्य सेनका अनुसार कल्याणकारी राज्यको कुनैपनि नागरिकले स्वयंलाई उपेक्षित महसूस गर्दैन। उनी लोकतान्त्रिक व्यवस्थामा भोकमरी जस्तो स्थितिलाई समाधान गर्ने क्षमता बढी हुने निष्कर्षमा उनी पुग्छन्। लोकतान्त्रिक व्यवस्थामा सरकार जनताप्रति जवाफदेही हुने भएकाले जनताका समस्यालाई नजरअन्दाज गरिरहन सक्दैन।

    यसका लागि उनी भारतको उदाहरण दिन्छन्। भारतको स्वतन्त्रताापछि आवश्यकता भन्दा कम खाद्यान्न रहेको र बाढी तथा अन्य प्राकृतिक विपतका कारण कम उत्पादन भएको समयमा पनि सरकारले वितरण व्यवस्थालाई चुस्त बनाएकाले भोकमरी जस्तो अवस्था हुन नपाएको उनले उल्लेख गरे।

    गरिबी मापन गर्ने विधिको स्थापना

    उनी सन् १९४३ मा बंगालमा भएको भोकमरी कुनै प्राकृतिक घटना नभएर मानव निर्मित भएको तर्क गर्छन्। उनका अनुसार तत्कालीन सरकारले जन आवश्यकताहरूलाई उपेक्षा गर्दै समस्त संसाधनहरूलाई विश्वयुद्धमा आफूले समर्थन गरेको पक्षका लागि खर्च गरेकाले भोकमरीको अवस्था आएको हो।

    सेनले अर्थशास्त्रलाई कोरा बौद्धिकताको दायराबाट हटाएर यसलाई मानवीय संवेदनाहरूसँग जोड्ने प्रयास गरे। उनले अर्थशास्त्रलाई गणितभन्दा बढी दर्शनशास्त्रको नजरबाट हेर्ने अभ्यास गरे। उनी आर्थिक भूमण्डलीकरणको सिद्धान्तको उपयोगितालाई स्वीकार गर्छन्। तर मानव संसाधनको विकास बिना भूमण्डलीकरणको लक्ष्यहरूलाई प्राप्त गर्न सम्भव नरहेको उनको मान्यता छ।

    शिक्षा, स्वास्थ्य, सामाजिक समानताको अभावमा भूमण्डलीकरण अनेक कठिनाइहरूको केन्द्र बन्न सक्छ। प्रो. अमर्त्य सेनले शिक्षा, समानता, पोषण र कल्याण कार्यक्रममा निम्न वर्गको सहभागिताको महत्व दर्शाउँदै निर्धनता सूचकांकहरूलाई युक्तिसंगत बनाउने कोशिस गरेका थिए। जसले व्यापक स्वीकृति पनि पायो। यही निर्धनता सूचकांकलाई हाल मानव विकासको अध्ययनका लागि उपयोग गर्ने गरिन्छ।

    प्रो. दीपक नायरका अनुसार, ‘अर्थशास्त्रीहरू लामो समयदेखि निर्धनताको रेखाको चर्चा गर्दै आइरहेका छन्। निर्धनताको रेखा पनि छ भन्ने कुरा हरेकले जानेको हुन्छ तर कुनैपनि व्यक्ति यस रेखाभन्दा कति तल परेको छ भन्ने कुराको मापन गर्ने विधि सेनले नै बताएका हुन्। यसरी अमर्त्य सेनले स्थापना गरेको यो विधिले गरिबीको वास्तविक स्थिति पत्ता लगाउनुका साथै गरिबीलाई कायम राखिरहने सहायक तत्वहरूको पनि स्पष्ट संकेत गर्छ।

    सरकारका कटु आलोचक

    उनले आफूलाई सधैँ लोकहितको पक्षमा राखे। भाजपा सरकारको नीतिहरूको कटु आलोचना गर्दै उनी भारत सबैभन्दा तीव्र गतिमा बढ्ने अर्थव्यवस्था हुनुका बावजुद सन् २०१४ बाट देशले ‘गलत दिशामा लामो छलाङ’ लगाएको बताउँछन्। आफ्नो पुस्तक ‘भारत र यसको विरोधाभाष’ को लोकार्पणका क्रममा उनले भारतको उल्टो गतिका कारण यो देश यस क्षेत्रकै दोस्रो सबैभन्दा खराब देश भएको बताए।

    उनको सो पुस्तक ‘एन अनसर्टेन ग्लोरीः इन्डिया एण्ड इट्स कन्ट्राडिक्सन’ को हिन्दी संस्करण हो। यो पुस्तक उनले अर्थशास्त्री ज्या द्रेजसँग मिलेर लेखेका हुन्। उनले भने, ‘बीस वर्ष पहिले छ वटा देश : भारत, नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका एवम् भूटानमध्ये भारत श्रीलंकापछि दोस्रो सबैभन्दा राम्रो देशको रूपमा थियो। अब यो दोस्रो सबैभन्दा खराब देश बनिसकेको छ। पाकिस्तानले हामीलाई सबैभन्दा खराब हुनबाट बचाइराखेको छ।’

    अमर्त्य सेनले एउटा अन्तरवार्तामा उनी नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको रूपमा देख्न नचाहने बताएका थिए। उनको यो अभिव्यक्तिपछि भाजपाको राज्यसभा सांसद चन्दन मित्राले ट्वीट गर्दै भने ‘अमर्त्य सेनले आफूले प्राप्त गरेको ‘भारत रत्न’ फर्काइदिनुपर्छ। उनी भारतका मतदाता होइनन् र उनलाई भारतीय राजनीतिका बारेमा बोल्ने कुनै अधिकार छैन।’

    त्यसको जवाफमा अमर्त्य सेनले यदि अटल बिहारी वाजपेयीले यो ‘भारत रत्न’ फर्काउन आह्वान गर्छन् भने यसका लागि आफू तयार गरेको बताए। सन् १९९९ मा एनडीएको शासनकालमा अटल बिहारी वाजपेयी प्रधानमन्त्री भएका समयमा नै उनले ‘भारत रत्न’ प्राप्त गरेका थिए। यस सयम विवाद चर्किँदै गएपछि मोदीका समर्थकहरूले अमर्त्य सेनकी छोरी तथा अभिनेत्री नन्दना सेनका बारेमा सामाजिक सञ्जालमा अश्लील टिप्पणीहरू समेत गरेका थिए।

    यसैबीचमा सन् २०१९ मा भाजपा–पश्चिम बंगालका अध्यक्ष दिलीप मित्रले पनि सेनको विरोध गर्दै भने ‘सधैँ वाम विचारधाराको अनुसरण गर्ने सेनजस्ता बुद्धिजीवी वास्तविकताबाट टाढा भइरहेका छन्।’ जबकि प्रो. अमर्त्य सेन वैचारिक रूपमा वामपन्थी होइनन्। उनी मात्र एक लोककल्याणकारी राज्यका समर्थक हुन्।

    कृतिहरू

    प्रो. अमर्त्य सेनलाई अर्थशास्त्रको नोबेल पुरस्कार र भारतको सबैभन्दा ठूलो सम्मान ‘भारत रत्न’ प्राप्त भइसकेको थियो। यसका अलावा उनलाई देश–विदेशबाट दर्जनौं सम्मान र पुरस्कार प्राप्त भयो। प्रो. अमर्त्य सेन आज पनि सक्रिय र सृजनशील छन्।
    कल्याणकारी अर्थशास्त्रमाथि आधारित अमर्त्य सेनका सयौं शोधपत्रहरू विश्वभरका प्रतिष्ठित पत्रिकामा प्रकाशित भएका छन्।

    उनले विभिन्न आर्थिक विषयमाथि बीस भन्दा बढी पुस्तक लेखेका छन्। जसमा ‘कलेक्टिभ चोइस एण्ड सोसल वेलफेयर’, ‘पोभर्टी एण्ड फेमिन्स’, ‘अन एथिक्स एण्ड इकोनोमिक्स’, ‘कोमोडिटिज एण्ड क्यापेबिलिटीज’, ‘हंगर एण्ड पब्लिक एक्सन(ज्यांद्रेज)’, ‘द अग्र्युमेन्टेटिभ इन्डिया’, ‘आइडेन्टिटी एण्ड भायलेन्स’, ‘च्वाइस अफ टेक्निक्स’, ‘वेलफेयर एण्ड म्यानेजमेन्ट’, ‘इन्डिया इकोनोमिक डेभलभमेन्ड एण्ड सोसल अपरच्युनिटी’, ‘द पोलिटिकल इकोनमी अफ हंगर’, ‘रिसोर्सेज भ्यालू एण्ड डेभलपमेन्ट’ तथा ‘एप्लाइमेन्ट टेक्नोलोजी एण्ड डेभलपमेन्ट’ प्रमुख छन्।

    सवलोग डट इनबाट मेनुका बस्नेतको अनुवाद।

     

     

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.