Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकाको अ(न्याय) प्रणाली (दोस्रो कडि)

ड्ययाभिड आर हफम्यान ड्ययाभिड आर हफम्यान
अशोज २३, २०७७
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मैले एकचोटि एउटा फिल्म हेरेको थिएँ। कुन फिल्म हो विर्सें, तर मेरो यो लेखको शुरुवातका विचारहरू यसको परिचयात्मक मनोवादबाट प्रेरित छ। त्यसमा मुख्य पात्रले भन्छ, “सेनामा भर्ती हुनुका चार कारणहरू छन्: देशभक्ति र सेवाको भावना; किनभने यो पारिवारिक परम्परा हो; किनकि यो जागिर हो; वा किनभने तिनीहरू मान्छे मारेपनि मुक्त हुनसकिने ठान्छन्।”

    मेरो यही तर्क छ– यिनै कारणहरूले किन कुनै व्यक्ति पुलिस अफिसर बन्न चाहेको हुन्छ भन्नेमा लागू हुन्छ।

    घृणित रहस्य

    धेरैजसो “मूलधार”का मिडिया “घृणित रहस्य” का सम्बन्धमा छलफल गर्न डराउने गर्छन्। यो दु:खपूर्ण वास्तविकता हो कि धेरै पुलिस प्रमुख, राजनीतिज्ञ, अभियोजक, र न्यायाधीशहरूले वास्तवमा हत्या गर्दा समेत कानूनी रक्षा गर्ने हैसियतलाई कानून कार्यान्वयनमा गर्दाको एक महत्वपूर्ण फाइदाको रूपमा लिन्छन्। यो प्याच्च बोल्न नहुने विषय हो कि यदि अधिकारीहरूलाई कहिलेकाँही जालसाँझी, कुटपिट वा हत्या गर्न छूट दिइएन भने उनीहरूले सुरक्षा बल छोडेर जान्छन् र साथसाथै यस्तो महत्वपूर्ण फाइदाको प्रलोभन बिना, अवकास लिएकाहरुको पदपूर्ति गर्ने आवेदकहरूको संख्या घट्नेछ।

    त्यसो भएर नै पुलिसद्वारा मारिएका हत्याहरूलाई चार तरिकाले सल्ट्याइन्छ:  भित्रभित्रै मामला लुकाइन्छ; भ्रष्ट सरकारी वकिल/अभियोजकहरूले मुद्धा दायर गर्न दिदैनन्;  कथित “ग्राण्ड जुरी” यसको वास्तविकता पत्ता लगाउन नभई निष्पक्षताको भ्रम दिन भेला गरिन्छ; वा अफिसरहरूलाई नियमित रूपमा न्यायाधीश वा सबै गोरा भएको / बहुमत गोरा भएका निर्णायकमण्डलबाट सफाइ दिइन्छ।

    मैले एक पटक समूहमा गरिने कार्यहरुको प्रभावकारिता र कमजोरीहरुका बारेमा छलफल गरेको थिएँ।

    यी कमजोरीहरू सामाजिक परिवर्तनका लागि काम गर्ने समूहहरू भित्र र बीचमा झन् बढ्न सक्छन्। यसको परिणाम, यथास्थितिको समर्थन गर्नेहरु बीच सहयोग प्राप्त गर्न र एकता हुन सजिलो हुन्छ र यसबाट यथास्थितिवादीलाई फाइदा हुन्छ र यसैले परिवर्तनका लागि विकल्प खोजी गर्दैनन्।

    परिवर्तनको लागि वकालत

    अर्कोतर्फ परिवर्तनको लागि वकालत गर्ने समूहहरू त्यहाँ समस्या छ भन्नेमा सजिलैसँग सहमत हुन सक्छन्, तर त्यस समस्याको समाधान के हुनुपर्दछ भन्नेमा पूर्ण रूपमा असहमत छन्।

    उदाहरणका लागि, १९६० को नागरिक अधिकार आन्दोलनको क्रममा उग्र कट्टरपन्थी नेताहरूले पूँजीवादी प्रणालीमा बढी पहुँचको लागि अभियान चलाए भने जुझारु सक्रिय अभियानकर्मीहरूले पूँजीवादी प्रणालीको पूर्णतया उन्मूलनको पक्षमा वकालत गरे।

    यो कुरा पनि बुझ्नु जरुरी छ कि यथास्थितिको प्रतिरक्षा गर्नेहरु सेना र कानून–व्यवस्था  कार्यन्वयन गराउने स्रोतहरुका समेत हर्ताकर्ता छन् र तिनीहरु आफ्ना लालच, भ्रष्ट, स्वार्थ सिद्धि गर्नका लागि यी स्रोतहरुको नियन्त्रण र अपव्याख्या गर्न निर्लज्ज तरिकाले सदा तत्पर हुन्छन्।

    यसभन्दा अघि मैले लेखेको “अमेरिकाको (अ)न्याय प्रणाली: दुई जिव्रे कानून”  मा मैले एफबीआईले १९६० र ७० को दशकमा कुख्यात क्वाइनटेल्प्रो कार्वाही (COINTELPRO operation) मा ब्ल्याक प्यान्थर पार्टी (बीपीपी) लाई कसरी “जनशत्रु नम्बर एक” लेबल लगाइयो, सो को चर्चा गरेको थिएँ।

    तथापि, कमै व्यक्तिले मात्र ती विभिन्न पदहरु कानून कार्यन्वयनकर्ताहरुको छद्म नाम हो भनेर बुझ्दछन्। ती सबै पदाधिकारीहरुले अमेरिकाभरको ब्ल्याक प्यान्थर पार्टी (बीपीपी) लाई कुनै पनि उपाय, कानुनी वा गैरकानुनी तरिकाले नष्ट गर्नका लागि प्रयोग गरेका थिए।

    अर्को शब्दमा, यो हत्या गर्ने लाईसेन्स थियो।

    बीपीपी सदस्यहरूको उत्पीडन

    अन्ततः बीपीपी सदस्यहरूलाई कठोररूपमा सताइयो र निगरानीमा राखियो। सानातिना अपराधका लागि लामो जेल सजाय दिइयो। जस्तो कि ह्युस्टनका बीपीपी नेता ली ओटिस जोनसनलाई उनले एक गुप्तचर अधिकारीलाई मारिजुआना सिगरेट पठाएको आरोपमा तीस वर्ष जेल सजाय दिइयो। अपराध गरेको स्वीकार नगरेका एल्मर “गेरोनिमो” प्रेट, जसलाई गेरोनिमो जी-जागा भनेर पनि चिनिन्छ, लाई एफबीआई एजेन्टले मुद्दा दायर गर्नु अगावै सत्ताइस वर्षसम्म कैदमा राखियो।कैयनको हत्या गरियो। दुई पीडित फ्रेड ह्याम्प्टन र मार्क क्लार्कलाई कथित आतङ्ककारीको बिल्ला लाएर हत्या गरिएको थियो भने एफबीआईले  व्ल्याक प्यान्थरका प्रतिद्वन्द्वी समूहका सदस्यहरूलाई उक्साएर  ४ जना जोन साभेज, सिल्भेस्टर बेल, जोन हग्गीन्स र बन्ची कार्टर हत्या गर्न लगाए।

    यसरी नै, ती दशकहरुमा कु क्लक्स क्लान र अन्य गोरा सर्वोच्चतावादी समूहहरू जस्ता “यथास्थितिवादी” का प्रतिरक्षकहरूलाई हत्या गरेपछि पनि बारम्वार उम्कन दिइन्थ्यो। नागरिक अधिकारकर्मीहरूले केहि हत्याहरूको बखत अनुसन्धान गरे तर समाधान हुन सकेन। यद्यपि मानिसहरूलाई थाहा थियो कि कसले ती हत्या गरेका थिए। कैयनका उपर अनुसन्धान नै गरिएन। एकाध घटनामा मुद्दा चलाइयो, तर सबै वा मुख्यतया गोरा न्यायधिसले “दोषी” नभएको फैसला गर्थे।

    स्वाभाविक रूपमा, यस बिन्दुमा, केही पाठकहरूले यो “पुरानो इतिहास” वर्तमान समयसँग कुनरुपमा सान्दर्भिक छ भनेर  कौतुहलता जागेको हुन सक्छ। स्पष्टरुपमा उत्तर पीडादायी छ।

    त्यही “अमेरिकाको (अ)न्याय प्रणालीः दुई जिब्रे कानून” लेखमा मैले काइल रिटेनहाउस र माइकल रेनोइहलले गरेका एकै प्रकृतिका हत्यामा दुई बीचमा फरकफरक कार्वाही गरिएको बारेमा चर्चा गरेंको थिएँ।

    यो पनि पढ्नुहोस्

    https://www.facebook.com/nepalreaders/posts/1669050726601251

    मेरो खास के कुरा के थियो भने जसरी दशकौं अघि ह्याम्प्टन र क्लार्कलाई पुलिसले मारेका थिए त्यसरी नै रेनोहलले मार्नेछन् भन्ने सोचेको थिएँ। मेरो “अमेरिकाको (अ)न्याय प्रणालीः दुई जिब्रे कानून” भन्ने लेखमा मैले काइल रिटेनहाउस र माइकल रेइनोह्ललले गरिएका भनिएका हत्याहरुमाथि ब्यक्त गरिएका प्रतिक्रियाहरु बारे छलफल चलाएको थिएं। मैले विशेष गरि कसरी दशकौं अगाडि धेरै अभियन्ताहरुले ह्याम्टन र क्लार्कमाथि पुलिसले किन गोलि चलाउनु पर्‍यो भन्ने “सरकारी” ब्याख्यालाई शंकाको नजरले हेर्थे भन्ने विषयमा छलफल चलाए, र म पुलिसले रेइनोइहेल माथि चलाएको गोलीका बारेको “सरकारी” बयानमाथि उत्तिकै शंकाको नजरले हेर्छु ।

    अन्ततोगत्वा, यिनीहरुका समानतामा दृष्टि पुर्‍यायौः पुलिस हिंसा तथा जातवादी अन्यायका विरुद्धमा प्रतिरोध गरिरहेकाहरुका विपक्षमा रिटेनहाउस “यथास्थिति” को प्रतिरक्षा गरिरहेको थियो। एकजना सुराकीले हालै एउटा सूचना चुहाएका थिए– जातिवादी–विरोधी प्रदर्शनहरुका विरुद्धमा नाटकीय कारवाही गर्ने आन्तरिक सुरक्षा विभागले गोरा जातीय अहंकारवादीहरुले उत्पन्न गर्नसक्ने उपद्रोलाई निस्क्रिय पार्‍यो। डोनाल्ड ट्रम्प र उसको भ्रष्ट महान्यायाधिवक्ता विलियम ब्रारले एन्टिफालाई “आतङ्कवादी” सँगठन घोषणा गरी “ज्यानमारा लाइसेन्स’ को गोप्य इशारा जारी गरे। र, यस कार्यलाई रेइनोहेलले समर्थन गरेका थिए। अब आएर उसले गरेको गोलावारी  पछाडिका भावभूमि निर्माणका विषयमा संदेहका प्रश्नहरु उठाइँदैछन्।

    रेइनोहेललाई चकलेट चपाइरहेकाबेला गोली हानियो

    याहू न्युजको भर्खरको रिपोर्टमा– एक प्रत्यक्षदर्शीले रेइनोहेललाई चेतावनी नदिई गोली हानेर मारेको बताएको कुरा लेखिएको छ। “उनी गाडीमा हिंडिरहेकाबेला, फोन समातेर चकलेट चपाइरहेका थिए।” यी प्रत्यक्षदर्शीले अझ बताएका छन् कि “अधिकारीहरूले आफूलाई चिनाएनन् र तिनीहरुले रेनोइहेललाई पक्रन प्रयास गरेनन्।”

    त्यसो भए पनि यथास्थितिवादीका समर्थकहरूले कसरी रिटनहाउस  जसलाई तीन जना मानिसलाई गोली हानेर दुई जनाको हत्या गर्दासमेत घरमा सुत्न दिइयो) आत्म-सुरक्षाको लागि गोली हान्न परेको वा सामान्य “गल्ती भयो” भनेर प्रचार गरिरहेका तर यही यथास्थितिवादीले रेइनोहललाई यस्तो सुरक्षाको सुविधा कहिल्यै दिनेछैनन्।

    जबकि रेइनोहलको अनुसन्धान अझै खुला भइसकेको छैन, यो  निश्चित कुरा हो । यदि उनी हत्यारा थिए भने, ट्रम्प र बारको कोड शब्दका लागि धन्यवाद छ। तर के कुरा निश्चित छ भने रेइनोहलको हत्यारालाई केही गरिने छैन।

    मैले लेखिसकेको छु, “धेरैको भनाइ छ– इतिहास आफैं दोहोरिन्छ, र यदि नदोहोरिए त्यसलाई दुत्कारिन्छ।” यद्यपी यसरी भन्नु त मानसिव होइन तर वास्तविकता यो छ कि मान्छेहरू धेरै अल्पदृष्टि, अज्ञानी वा विगतका पाठहरूबाट सिक्न अति नै उदासीन हुन्छन्।

    त्यसोभएर नै, विश्वले निरन्तर पागलपनको यो प्रख्यात (वा वास्तवमा अझ ठ्याक्कै भन्ने हो कुख्यात) परिभाषा स्मरण गरिरहन्छ: “उपलव्धी भिन्न भिन्न आउँछ कि भनेर एउटै काम पटक-पटक गरिरहने।”

    लेखक डेभिड आर. हॉफम्यान, प्राभदा न्युज सोभियत रुसका  कानूनी सम्पादक हुन्।

    भावानुवाद २०२० सेप्टेवर १३ को  प्राव्दा रिपोर्टबाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      ड्ययाभिड आर हफम्यान

      ड्ययाभिड आर हफम्यान

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.