Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Monday, April 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

धर्मराउँदैछ अमेरिकी साम्राज्य

युरोपियन वैश्विक साम्राज्यको युगअघि विश्वको आर्थिक केन्द्र पूर्वी तथा दक्षिण एसियामा थियो। भारत र चीन विश्वका धनी देशहरू थिए, इरानदेखि जापानसम्मका राष्ट्रहरू धनी देशमा गनिन्थे। आजको दिनमा यही क्षेत्रमा अधिक जनसंख्या देखिन्छ। युरोपियन जितको समय युरोपियनहरूले एसियालाई अस्थायी रुपमा गरीब बनाउँदै यहाँको धन आफूतिर ताने। दोस्रो विश्वयुद्धपछि युरोपियन उपनिवेशिक साम्राज्यको पतनसँगै यो अवस्था पनि टुट्यो, तर त्यसपछि त्यही व्यवस्थापन अमेरिकाले सम्हाल्यो। अहिले त्यो टुक्रिरहेका छन्, र एसिया उदाइरहेको छ। अर्को वर्षसम्म क्रयशक्तिको आधारमा पाँच ठूला अर्थव्यवस्था मध्ये चारवटा एसियन राष्ट्र हुनेछन्। पाँचौं अमेरिका हुन्छ, र यो धेरै समयसम्म यस स्थानमा रहँदैन।

जोन माइकल ग्रिअर  जोन माइकल ग्रिअर 
बैशाख १९, २०८०
- विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सुरुमा केही आधारभूत कुरा गरौं। विश्वका झण्डै ५ प्रतिशत मानिस अमेरिका बस्छन्। यति जनसंख्या तर केही वर्ष अघिसम्म यो देशमा मात्र विश्वको एक तिहाइ उर्जा, उत्पादनहरू तथा एक चौथाइ कच्चा पदार्थ थियो। अरु कसैलाई नचाहिएर होइन, न त अमेरिका आफैले उत्पादन गर्ने र बाँकी दुनियाँले किन्ने भएर यो सब भएको हो। अमेरिका एउटा प्रभुत्वशाली देश भएकाले विश्वका अरु देशहरूसँग असन्तुलित सट्टापट्टा गर्छ, जसले गर्दा त्यसलाई विश्वको सम्पत्तिको असमानुपातिक हिस्सा प्राप्त भयो। यस्तो खालको विश्व व्यवस्था नयाँ भने होइन। ब्रिटिशले आफ्नो प्रभुत्व भएका दिनहरूमा यो भन्दा बढी सम्पत्ति कव्जामा राखेको थियो। साथसाथै स्पेनिश साम्राज्यले यति नै सम्पत्ति संग्रह गरेको थियो। यी मुलुकहरु भन्दा अघि पनि  साम्राज्यहरू थिए तर यातायातका प्रविधिहरू सीमित भएका कारण नै विश्वको सम्पत्तिमा तिनको पहुँच त्यति धेरै हुन सकेको थिएन। युरोपका मानिसहरू फुसको छानो भएको माटोको घरमा बसेर निर्वाह गरिरहेका बेला तिनका शक्तिशाली शासकहरू एसिया तथा अफ्रिका पुग्न सफल भएका थिए।कुनैपनि साम्राज्यको उदय तब हुन्छ, जब त्यो राष्ट्र अरु कुनै देशमाथि हावी हुन्छ र त्यहाँबाट सम्पत्ति लुट्न सक्छ। तिनीहरूले रेकर्ड राख्न नसकिने गरी लुटेका छन्, र तिनीहरूले मानव सभ्यता रहुन्जेल लुट्छन् भन्ने कुरामा कुनै शंका छैन।

    अमेरिकाको उदय
    २० औँ शताब्दीको सुरुवाततिर युरोपभित्र चलेका एकअर्कालाई ध्वङ्श गर्ने युद्धहरुका क्रममा ब्रिटिश साम्राज्यको पतनपछि अमेरिकी साम्राज्यले शिर उठाउने मौका पायो। सन् १९३० आसपास जर्मनी, सोभियत युनियन वा अमेरिका मध्ये कसले उछिन्छ भन्ने कुरा अस्पष्ट नै थियो। दोस्रो विश्वयुद्धपछि जर्मनीको हार भयो। त्यसपछि दुई प्रतिस्पर्धीले अरु देशहरूलाई नियन्त्रण राख्नका लागि सेना निर्माण गरे। ती दुई एक अर्कामा लडे, दुई मध्ये एक पतन नहुन्जेलसम्म आफ्ना प्रभावका प्रतिस्पर्धी क्षेत्रलाई आफ्नो हातमा लिन संघर्ष गरिरहे। जब सन् १९९१ मा सोभियत युनियन विभाजित भयो तब अमेरिका मात्र अन्तिम साम्राज्यको रुपमा उभिन सफल भयो।सन् १९८९ मा फ्रान्सिस फुकुयामाले अमेरिकाले विश्वमा उच्च स्थान हासिल गर्ने र सदा सोही स्थानमा रहिरहने उद्घोष गर्दै एक लेख लेखेका थिए। जुन उद्घोष गलत सावित भयो।

    विश्वमा एक मात्रै साम्राज्यको प्रभुत्व हुनासाथ अरु धेरै प्रतिस्पर्धीहरू विश्व शक्ति बन्नका लागि आआफ्ना हतियारमा धार लगाउन थाल्ने कुरा निश्चितै छ। तिनीहरूले त्यस हतियारको प्रयोग पनि गर्छन्। किनभने साम्राज्यहरु कुनै समयपछि आफ्नो बर्बादीको खाडल खन्न थाल्छन्। साम्राज्यका आर्थिक तथा सामाजिक कृत्यहरूले नै साम्राज्य बन्न सम्भव बनाउने अवस्थाहरूको विनाश गर्छन्। यस्तो विनास ढिलो वा चाँडो हुने कुरा तिनले आफ्ना अधिनस्थ गरेका देशबाट सम्पत्ति लुट्न अपनाएका व्यवस्थाहरुसँग निर्भर रहन्छ। अमेरिकाले प्रयोग गरेको व्यवस्था धुर्त्याइँपूर्ण थियो। तर यो अधिकांशको तुलनामा अल्पकालिन थियो। सरल भाषामा भन्नुपर्दा अमेरिकाले अरु अधिकांश मुलुकमा एउटा व्यवस्थापनको श्रृंखला लागु गर्‍यो। यो भनेको अन्तर्राष्ट्रिय व्यापारको ठूलो हिस्साले विनिमयको माध्यमको रुपमा अमेरिकी डलरको प्रयोग गर्ने  ग्यारेन्टी थियो। र, उसले बढ्दो विश्व आर्थिक गतिविधिका लागि अन्तर्राष्ट्रिय व्यापारको आवश्यकता पर्ने देखेको थियो। (यी सबै ‘वैश्विीकरण’का नाममा व्यवहारमा हुने कुरा हुन्।) उसले गरेको यो व्यवस्थापनले अमेरिकालाई आश्चर्यजनक रुपमा बजेट घाटाको माध्यमबाट डलरको प्रयोग गर्न अनुमति दियो। यसकारण ती डलरबाट अमेरिकाले ठूलो मात्रामा विश्वको सम्पत्ति किन्नका लागि प्रयोग गर्न सक्ने प्रबन्ध मिलायो।

    विदेश व्यापारका लागि डलर आवश्यक पर्ने भएकाले अरु देशका केन्द्रीय बैंक तथा व्यापारिक फर्महरूलाई डलर संचित गर्नुपर्ने भयो। यी कारणहरु नै मुद्रास्फिति नियन्त्रणमा आउँदा अमेरिकाका धनी वर्गहरूले जवरदस्ति फाइदा लिन सके।  यो व्यवस्थाले नेटवर्किङ् गरी सदस्य बनाई ठगी गर्ने पोन्जी स्किम जस्तै ढिलो वा चाँडो संकटहरु उव्जाउने निश्चित थियो। यसकारण नै सन् २०१० देखि अमेरिका एकदेखि अर्को संकटको सामना गरिरहेको छ। यो आकस्मिक घटना होइन। अमेरिकालाई विश्व पिरामिडको सबैभन्दा माथि राख्न सहयोग गर्ने उसको ‘सम्पत्ति चुस्ने यन्त्र’ अब डगमगाउन थालेको छ। अरु उदाउँदा देशहरूले आफ्नो घरेलु बजारलाई फैलाउनका साथै अमेरिकाले आफ्नै अर्थतन्त्र बनाउनका लागि प्रयोग गरेको ट्रेड बेरियरको प्रयोग गर्दै आफ्नै सम्पत्तिको ठूलो हिस्सा ओगट्ने उपाय पत्ता लगाएपछि अमेरिकाको यो यन्त्र काम नलाग्ने हुन थालिसकेको छ। एउटा प्रश्न बाँकी रह्यो कि अब कति चाँडो यो यन्त्र पूर्णरुपमा असफल हुन सुरु हुन्छ?

    चुनौतीका श्रृंखला
    रुसले गत वर्षको फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका र यसका समर्थकले सैन्य बलको माध्यमबाट मात्र प्रतिक्रिया दिएनन् थप रुसमाथि सजाय स्वरुप तिनले आर्थिक प्रतिबन्धहरू लगाए। यसो गर्दा ‘रुसी अर्थतन्त्र अपाङ्ग बन्छ र रुस आफू अगाडि घुँडा टेक्न बाध्य हुन्छ’ भन्ने अपेक्षा ती देशले गरेका थिए। ‘अमेरिकी साम्राज्यलाई पछि पार्न सक्ने वा त्यसमा रुची राख्ने देश(चीन)का बारेमा केही भन्न आवश्यक छ’ भनेर वासिंगटनका कसैले पनि विचार गरेका थिएनन्। जुन निकै आवश्यक थियो। क्रयशक्तिको आधारमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश चीनले रुसबाट तेल, ग्यास, अन्न र अन्य उत्पादनहरू आफ्नो देशमा आयात गर्‍यो। क्रयशक्तिको आधारमा तेस्रो ठूलो अर्थतन्त्र भएको भारतले पनि त्यसै गर्‍यो, विश्वका अरु १०० राष्ट्रले पनि रुसलाई साथ दिए।

    त्यससँगै इरानले रुसलाई साथ दियो। इरान त्यस्तो देश हो जसको बारेमा धेरैजसो अमेरिकीहरू पटक पटक मुर्ख सावित भएका छन्। इरान विश्वको १७ औं ठूलो देश हो। यो टेक्सास भन्दा दोब्बर ठूलो छ भने यसमा पर्याप्त तेल तथा प्राकृतिक ग्यासको भण्डारण छ। यो एउटा फल्दोफुल्दो औद्योगिक शक्ति पनि हो। उदाहरणका लागि योसँग विस्तृत अटोमोबाइल उद्योग छ, साथै यसले आफ्ना अर्विटर सेटलाइटहरू लन्च गरेको छ। यसले १९७८ को शाह शासन अन्त्यको केही समयपछि अमेरिकाको गम्भीर प्रतिबन्धहरूको सामना गर्दै आएको छ। त्यसैले पनि इरानी सरकार र यसका आद्योगिक क्षेत्रहरु अनेकखाले प्रतिबन्धहरूबाट बच्नका लागि च्याम्पियन नै छन्। युक्रेन युद्ध लगत्तै, रुस र इरानले आकस्मिक रुपमा इरानलाई ठूलो लाभ हुनेगरी व्यापारिक सम्झौता सुरु गरे। स्पष्ट रुपमा भन्नुपर्दा इरानले त्यस्ता प्रतिबन्धको कसरी सामना गर्ने भन्ने विषयमा दुःख गरेर पाएको आफ्नो ज्ञानलाई रुससँग बाँडेको छ। चीन, भारत र अरु धेरै मुलुकको सानो सहयोगमा अमेरिका र यसका धुरीका देशहरुको प्रतिबन्ध क्रमिक रुपमा असफलता देखिन थालेको छ। बरु आजका दिनमा त्यस्ता प्रतिबन्धहरूले रुसलाई होइन, अमेरिका र युरोप स्वयंलाई पोलिरहेको छ। अमेरिकी नेतृत्वले आफैंलाई यस्तो सुरुङमा पुर्‍यायो, जहाँबाट उ फर्किन सक्दैन। युक्रेनमाथि रुसी अभियान कुनै हतारको निर्णय होइन। रुसीहरूसँग हतार गर्नुपर्ने कुनै कारण पनि छैन। यो समय अमेरिकाको पक्षमा छैन भन्ने कुरा उनीहरू राम्रोसँग जान्दछन्।

    वासिंगटनसँग प्रतिबन्धलाई प्रयोग गरेर अन्तर्राष्ट्रिय व्यापारबाट हटाउने धम्की केही साना देशहरूलाई तर्साउने छडी थियो। तर ती देश त्यति साना पनि थिएनन्, जसमाथि अमेरिकाले आक्रमण गर्न सक्छ वा सीआइएको समर्थनमा ‘शासन परिवर्तन’ गर्न सक्छ। पछिल्लो वर्षमा वासिंगटनसँगको त्यो ठूलो छडी सन्ठी जस्तो कमजोर बन्यो, र भाँचिएर बाइडेनतर्फ फर्कियो। नतिजा स्वरुप विगतमा कुनै उपाय नदेखेका ती देशहरूकै मुद्रा अन्तर्राष्ट्रिय व्यापारका लागि प्रयोग भइरहेको छ। भनौं विदेश व्यापारका लागि अमेरिकी मुद्राको बदलामा केही उदाउँदा शक्ति राष्ट्रहरूको मुद्रा चल्न थालेको छ। यसरी विनिमयको वैश्विक माध्यमको रुपमा अमेरिकी डलरका दिन अब समाप्त भइरहेको छ।

    कहाँ हुनेछ विश्व अर्थतन्त्रको केन्द्र?
    यस विषयमा आर्थिक क्षेत्रका ज्ञाताहरूको प्रतिक्रिया चाखलाग्दो छ। ती मध्ये धेरै अहिले भइरहेको कुरा अस्वीकार गर्छन्। हुन त पछिल्ला केही वर्षहरूका तथ्यांक र अरु बुंदाहरूले पनि अरु कुनै देशका मुद्राले डलरको ठाउँ लिन तयार भएको कुरा देखाउँदैन। तर, यो असान्दर्भिक हो।  ग्रेट डिप्रेसन(महा मन्दी)को सुरुवाती वर्षमा जब ब्रिटिश पाउन्डले यस्तै खालको भूमिका गुमायो, अरु कुनै राष्ट्रका मुद्रा यसको स्थान लिन तयारी अवस्थामा थिएनन्। यो अवस्था सन् १९७० सम्म वा त्यसपछि पनि रहिरह्यो, जसले गर्दा अमेरिकी डलर वैश्विक व्यापारको मुद्राको रुपमा स्थापित भयो। त्यस बीचमा, अन्तर्राष्ट्रिय व्यापार अनौठो तरिकाले अघि बढ्यो, व्यापार गर्ने देशहरूले कस्तो मुद्रा तथा वस्तुको विनिमय गर्न सक्थे, त्यही चलाए। यसको अर्थ यसो भन्न सकिन्छ कि अहिले मुक्त वैश्विक व्यापारमा त्यस्तै अवस्था देखा परेको छ, जसले ‘डलर युग’ पछिको समयलाई परिभाषित गर्नेछ।यस परिवर्तनले दिने परिणामहरू मध्येको एउटा रोचक कुरा भनेको नयाँ शक्ति राष्ट्रहरूको उदय हुनु हो। ती मध्ये कति पहिल्यै शक्ति बनिसकेका राष्ट्र पनि हुन्छन्।

    युरोपियन वैश्विक साम्राज्यको युगअघि विश्वको आर्थिक केन्द्र पूर्वी तथा दक्षिण एसियामा थियो। भारत र चीन विश्वका धनी देशहरू थिए, इरानदेखि जापानसम्मका राष्ट्रहरू धनी देशमा गनिन्थे। आजको दिनमा यही क्षेत्रमा अधिक जनसंख्या देखिन्छ। युरोपियन जितको समय युरोपियनहरूले एसियालाई अस्थायी रुपमा गरीब बनाउँदै यहाँको धन आफूतिर ताने। दोस्रो विश्वयुद्धपछि युरोपियन उपनिवेशिक साम्राज्यको पतनसँगै यो अवस्था पनि टुट्यो, तर त्यसपछि त्यही व्यवस्थापन अमेरिकाले सम्हाल्यो। अहिले त्यो टुक्रिरहेका छन्, र एसिया उदाइरहेको छ। अर्को वर्षसम्म क्रयशक्तिको आधारमा पाँच ठूला अर्थव्यवस्था मध्ये चारवटा एसियन राष्ट्र हुनेछन्। पाँचौं अमेरिका हुन्छ, र यो धेरै समयसम्म यस स्थानमा रहँदैन। छोटकरीमा भन्दा, अमेरिका कङ्गाल हो। संघभन्दा तलका हाम्रा सरकारहरु, हाम्रा ठूलठुला औद्योगिक निगमहरु र हाम्रा बहुसंख्यक धनाढ्यहरुलाई धेरै ऋण लागिसकेको छ। अब तिनीहरुबाट सेवा लिन अमेरिकाले अरु मुलुकबाट चुसेको/नकमाएको सम्पत्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष वेहोरेमात्र सम्भव छ। तर तिनीहरुका ऋणलाई भुक्तानी गर्न सकिदैन र ती बाट धेरैसमयसम्म सेवा लिन सकिने छैन। अब एकमात्र विकल्प भनेको भुक्तानी नगरेर ती सेवा प्रदायहरुको अस्तित्व नामेट गर्नु हो, जुन व्ययको सर्वमान्य स्तरमा आधारित व्यवस्थामा सम्भव हुँदैन। यसैगरी आज अमेरिकामा एक सामान्य जीवन शैलीका रुपमा मानिने प्रावधानहरुलाई नामेट गरिदाँ त्यसको प्रभाव गम्भीर हुनेछ।

    त्यसको प्रभाव, यो देशका निवासीहरु मध्ये ५ प्रतिशत १९४५ अघिको जीवनशैलीमा फर्किने छन्। यदि हामीसँग १९४५ मा भएका जस्तै फ्याक्ट्रीहरू थिए भने, त्यस समयका जस्तै तालिमप्राप्त जनशक्ति, प्रचुर मात्रामा प्राकृतिक संशाधन र हाम्रो आदत मितव्ययी थिए भने हामीले एउटा विदारक संक्रमणकालको सामना गर्नुपर्थ्यो, तर यस्तो पराजय भोग्नुपर्थेन। तर मुस्किलको कुरा ती क्षमताहरु अब हामीसँग छैनन्। किनकि ७० र ८० को दशकमा अन्तरदेशीय कारोवारको क्रेज हुँदा फ्याक्ट्रीहरू बन्द भए, जुनकारण साम्राज्यवादी अर्थतन्त्र अवरुद्ध हुन गयो र र तालिमप्राप्त जनशक्ति अति नै उपेक्षामा परे।

    के अमेरिका पुनः बन्न सक्छ?
    अमेरिका समस्याग्रस्त छ। तर उसँग समाधान पनि छ। यो खुशीको खबरसँगै अर्को दुःखद खबर छ, यस समाधानमा पुग्नका लागि दुई दुशक लामो गम्भीर उथलपुथललाई पार गर्नुपर्ने हुन्छ। यसको समाधान भनेको अमेरिकी अर्थतन्त्रको पुनर्निर्माण हुनुपर्छ, जसले वस्तुहरू तथा गैरवित्तिय सेवाहरू उत्पादन गर्नुपर्छ। आफैले नकमाएको धनको प्रवाह तितरवितर हुन थालिसकेको छ र अमेरिकीहरूका लागि विदेशी सामान धान्न नसकिने भएको छ, त्यसैले अब अमेरिकामै उत्पादन गर्नु उसका लागि फाइदाजनक हुन्छ। अवश्य पनि यो कठिन छ। किनकि हाम्रो पूर्व साम्राज्यको परियोजनाको समर्थन गर्नका लागि तयार गरिएका हाम्रा आर्थिक तथा राजनीतिक प्रणालीलाई भत्काउनु छ। यस्तो प्रणालीको सबैभन्दा स्पष्ट उदाहरण भनेको अमेरिकी जीवनमा सरकार, कर्पोरेट तथा गैरनाफामूलक म्यानेजरियल जब(काम) क्यान्सर जस्तो विस्तार हुनु हो। साम्राज्यको युगमा यो एउटा सुझबुझपुर्ण कदम थियो, किनभने यसले गरीबलाई आवश्यक नोकरी दिएर उपभोक्ता– अर्थतन्त्रमा पैसाको प्रवाह गर्छ। यस क्षेत्रमा हुने श्रमले राष्ट्रिय समृद्धिमा योगदान नगरेपनि यिनको पैसाले उपभोक्ता क्षेत्रलाई सहयोग गर्छ। यी क्षेत्रका कर्मचारीको श्रमले राष्ट्रिय समृद्धिमा कुनै योगदान दिँदैन, बरु उपभोक्ता उद्योगलाई भने फाइदा गर्छ। तर, यो पानीको फोकाको हावा फुस्किरहेको छ। यसको सूचक होः अहिले ठूला कम्पनीहरूले कर्मचारी कटौति गर्नु।

    ट्विटर लिइसकेपछि एलन मस्कले उक्त कम्पनीका ८० प्रतिशत स्टाफलाई निकाले। त्यति नै संख्यामा नभएपनि अरु ठूला इन्टरनेटहरु मर्ज हुँदा आफ्ना कर्मचारीलाई त्यसरी नै काँटछाँट गरिरहेका छन्।  एआईको बारेमा पछिल्लो हल्लीखल्लीले त्यस्तै ट्रेन्डलाई प्रयोग गर्न सहयोग गरिरहेको छ। च्याटबट पछाडिको लार्ज ल्यांग्वेज मोडेलको नाम होः एलएलएम। यो मानव भाषालाई जस्ताको तस्तै नक्कल गर्नमा माहिर छ। ठूलो संख्याका अफिसहरूले कन्ट्रयाक्ट, लीगल व्रिफ, प्रेस रिलिजहरू, मिडिया स्टोरी लगायतका प्रोडयुसिङ टेक्स्टहरूमा आफ्नो समय खर्च गर्ने गर्छन्। यी कामहरू अब एआईले गर्न सक्ने भएका छन्। एलएलएम प्रोडक्सनका लागि कम्युटर कोडिङ अझ धेरै सजिलो हो। त्यसैले तपाईंले यस्ता धेरै सफ्ट्वेयरका रोजगारीहरूलाई ‘गुडबाई’ भन्नुपर्ने बेला आएको छ। आर्थिक गतिविधिका अरु जुनसुकै स्वरुपहरूले यस्तै दरारको समस्या भोगिरहेका छन्। गोल्डम्यान स्याचको पछिल्लो रिपोर्टका अनुसार औद्योगिक क्षेत्रका करिब ३०० मिलियन जब(रोजगारी)हरू पूर्ण तथा आंशिक रुपमा एलएलएमले आगामी केही वर्षमा विस्थापित गर्नेछ।

    त्यस्तै नतिजा दिने अर्को प्रविधि होः सीजीआई इमेज क्रियसन। लेवाइजले केही समय अघि उसका सबै क्याटलग तथा विज्ञापनहरूका लागि महंगा मोडल तथा फोटोग्राफरहरूको बदलामा सीजीआई इमेजहरू प्रयोग गर्ने घोषणा गरेको थियो। अब एउटा प्रोग्रामले मेरिलिन मुनरोका फुटेजहरू उनका फिल्महरूबाट लिएर मेरिलिन मुनरोको नयाँ फिल्म बनाइदिन्छ, त्यो पनि रियल मुनरो, म्यामेरा क्रू र अरुले लिने मूल्य भन्दा कम मूल्यमा बनाइदियो भने अचम्म मान्नु पर्दैन। यसरी व्यापक अर्थव्यवस्थामा उच्च मूल्य तिरिने नोकरीहरूमा ठूलो गिरावट आउनेछ।  यो सबैको नतिजा के हुन्छ त ? जानकारहरूको एउटा समूहले ठूल्ठूलो स्वरमा भन्ने छन् कि यसबाट प्रभाव पार्नेगरी कुनै परिवर्तन आउँदैन। अर्को समूहले चिच्याउँछ कि हामीमा आपत आइलाग्यो। आजको दिनमा हामीले कल्पना गर्न सक्ने यिनै दुई विकल्प हुन्। अवश्य पनि यी दुई मध्ये वास्तवमा केही पनि हुनेवाला छैन। बरु यसको सट्टा अमेरिका लगायत अरु देशका मध्य तथा उच्च मध्य वर्गले त्यस्तै खालको सुस्त विध्वंशको सामना गर्नेछन्, जुन २० औं शताब्दीमा ती देशका मजदुर वर्गमाथि हावी भएको थियो। लेअफहरू (कर्मचारी कटौती), निगमका बर्बादी, तलव तथा नाफामा गिरावट, र ‘कुनै सहयोग आवश्यक छैन’ संकेतको पछिल्लो हाइटेक भर्सनले एक अर्कालाई अनियमित खाडलतिर लगिरहेका छन्। पैसा कमाउने सबै विजनेसहरू, जसले यो वर्गको जीवन धानिरहेका छन्, तिनले विस्तारै आफ्नो आम्दानी गुमाउने छन्। आधा शताब्दी पहिले अमेरिकाको रस्ट बेल्ट र इंग्लिस मिडल्यान्ड्सका कारखाना शहरहरू खोक्रो बनाइए जसरी नै समुदाय खोक्रो हुनेछ। यस्ता कुराहरु क्षणभरमै हुँदैनन्। अमेरिकी डलरले विदेश व्यापारमा विश्वव्यापी माध्यमको आफ्नो ठाउँ गुमाइरहेको छ, तर आउँदा केही वर्षहरूसम्म केही देशहरूले प्रयोग गरिरहने छन्।

    नकमाएको धनप्रति लक्षित यो व्यवस्थापन विस्तारै छिटै विखण्डन हुनेछ, तर त्यसले पनि समय लिनेछ। यो क्युविकल क्लासको पतन र शहरहरूको विग्रह केही दशकमा प्रकट हुने छ। यसरी परिवर्तन हुँदै जाने छ।  यस्तो अवस्थामा मानिसहरूले के गर्न सक्छन्? सन् २०१२ मा मैले लेखेको एउटा पोस्ट यहाँ उदृत गर्छु। यसको शीर्षक थियो ‘कोल्याप्स् नाउ एण्ड अभोइड द रस’। उक्त पोस्टमा मैले उल्लेख गरेको थिएँ, “अमेरिकी अर्थतन्त्रको विखण्डन, र औद्यौगिक सभ्यताको व्यापक परियोजनाले वेग लिएको छ। जो यसका लागि तयार छ, उसले तुरुन्तै आफ्ना खर्चहरू घटाउन, ऋणबाट मुक्त हुन र कर्पोरेट मेसिनको सट्टा मानिसका लागि वस्तु तथा सेवाको उत्पादन गर्न सुरु गर्न आवश्यक छ।” केही मानिसहरूले मेरा आह्वानलाई अपनाएकोमा मलाई खुशी लागेको छ। तर, अरु धेरैले मुख विगारे, वा तिनले अधिक सुविधाजनक वा अनुकूल समय पर्खिएर बसे, तर त्यस्तव अनुकुल अवस्था कहिले आएन।  केही वर्षपछि त्यो चेतावनीलाई सम्झाए र अरु विषय तिर लागें। किनकि काम गर्ने समय नै बितिसकेको अवस्थामा आउने वाला खतराको बारेमा दुखित हुनुपर्ने केही अर्थ रहेन। जसले यो समयमा केही तयारी गर्‍यो, उसले आगामी खतराको सामना गर्छ। जसले गरेन, समस्या त्यहीँ अड्केकोछ। म आशा गर्छु कि केही मानिसले अलग तरिका अपनाउँछन्। म भविष्यको बारेमा आफ्ना विचारमा बढी कट्टर छु। मैले वैकल्पिक सम्भावनाहरूका बारेमा अधिक खुल्ला विचार राख्न आवश्यक छ, ताकि अझै केही अद्भूत भविष्य हाम्रो पहुँचमा छ।

    हामी एउटा अवांछित नयाँ वास्तविकताको चिप्लेटो र भिरालो स्थानमा नाचिरहेका छौं। म अमेरिका र उसका नजिकका देशका पाठकहरूलाई केही दशकका आर्थिक, सामाजिक र राजनीतिक उथलपुथलका लागि आफैंलाई तयार गर्नका लागि प्रोत्साहित गर्छु। अन्य ठाउँका मानिससँग यसका लागि केही सहज समय हुनसक्छ, तर पनि चट्टानसँग ठक्कर खानुअघि एउटा ठूलो जंगल कट्नु छ। र नयाँ सामाजिक, आर्थिक र राजनीतिक व्यवस्थालाई दुर्घटनाबाट बचाउनुछ।

    (तीस वटाभन्दा बढी पुस्तकका लेखक जोन माइकल ग्रिअर अमेरिकामा Ancient Order of Druids का Grand Archdruid का रुपमा सेवारत थिए।)

    (अनहर्ड डट कमबाट भावानुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जोन माइकल ग्रिअर 

      जोन माइकल ग्रिअर 

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.