यदि तपाईंले कुनै व्यक्तिलाई के हिंसाले समस्याको समाधान गर्छ भनेर सोध्नु भयो भने धेरैजसोले ‘हैन, यसले वास्तवमा समाधान गर्ने भन्दा झन् बढी कठिनाइहरू निम्त्याउँछ’ भन्नेछन्।
म स्पष्ट गर्न चाहन्छु– यो लेख हिंसाको समर्थन गर्न लेखिएको होइन, तर यसमा कसरी हिंसालाई इतिहासको केही विश्लेषण र धेरै व्यक्तिहरू, विशेषगरी सत्तासिनहरुले कपटी तरिकाले अपनाउँछन् भन्ने कुरा चर्चा गरिनेछ।
उदाहरणको लागि, मानव जातिको अभिलिखित इतिहासमा विश्वमा कतैपनि युद्ध नभइरहँदा समेत धेरै पटक हिंसा अन्तिम विकल्पको रुपमा होइन प्रथम विकल्प भएर देखा परेको थियो।
त्यसरी नै, सत्तासिनहरूले हिंसाको अन्त्यको माध्यमका रूपमा हिंसालाई सधैं निन्दा गरेपनि, तिनीहरूले आफ्नो लक्ष्य हासिल गर्न वा सत्तामा आफ्नो पकड जमाइराख्ने उद्देश्यले नियमितरूपमा यातना, मारकाट, बलात्कार र मार्ने कार्य गरिरहेका छन्। वास्तवमा, कुख्यात आततायी तथा पीडक जीना हस्पेल कार्यवाहक निर्देशक भएको सीआईए त्यसको इतिहासका शुरुदेखि नै अपहरण, यातना र हत्याका असंख्य घटनाहरूका लागि जिम्मेवार छ।
हिंसाको खिलाफ बोलिन्छ। के भनिन्छ भने यो घृणित र नियोजित हुन्छ। तथापी कताकता यसको प्रयोग अहिंसात्मक आन्दोलनले गरेको आरोप पनि लगाइन्छ। उदाहरणका लागि, धेरै जीवनीकारका तर्क छन् कि अहिंसात्मक अभियानकर्ताले पनि हिंसा चाहेका थिए। ती मध्ये डा. मार्टिन लुथर किंग जूनियरले अल्बानी, जर्जियामा उनले चलाएको नागरिक अधिकार अभियान सबैभन्दा उल्लेखनीय छ।
त्यस अभियानको क्रममा अल्बानीका पुलिस प्रमुख, लोरी प्रिचेटले लुथर किङ्गले अख्तियार गरेका गान्धीको कार्यनीतिहरूको अध्ययन गरे। यसपछि ती पुलिस प्रमुखले के महसुस गरे भने यदि प्रहरी अधिकारीहरूले आन्दोलनकारीलाई हिंस्रक प्रतिक्रिया नगरेमा भने त्यस्ता अहिंसक अभियानका पछि लाग्दैनन्।
तर्कहरु गर्न सकिन्छ कि अल्बानी असफलताका लागि डा. लुथर किङ्गलाई मात्र दोष दिन मिल्दैन। उनी अल्बानी अभियानमा यसका रचनाकार भन्दा बढी संलग्न थिए तर यसका रचनाकार प्रिचेटको रणनीतिले नै “यदि रक्तपात भए यसले प्रमुखता पाउँछ। अरू केहि पनि समाचार होइनन् “पत्रकारिताको अव्यक्त मन्त्र”लाई पुष्टि गर्यो जस्तो देखिन्छ।
जब डा. लुथरले अर्को ठूलो नागरिक अधिकारको अभियानको प्रारम्भ गर्नका लागि अल्वामा राज्यको वरमिङ्गम शहर रोजे, त्यस बखत उनले “पत्रकारिताको अव्यक्त मन्त्र” को औचित्यता माथि ध्यान दिएको देखिन्छ। कु क्लास क्लानसँग साँठगाँठ भएका त्यस शहरका “जन सुरक्षा आयुक्त” युजेन “बुल”कोनरले सन् १९६१ मा क्लानका सदस्यहरूलाई त “फ्रिडम राइडर” का नामले चिनिने नागरिक अधिकारकर्मीहरूको समूहमाथि हमला गर्न पन्ध्र मिनेटको “तयारी” को समय दिएका थिए, कोनरका योजनाका बारेमा एफबीआईलाई एकजना सुलसुलेले पूर्व सूचना दिएको थियो। तापनि जातीय अहंकारवादी जे. एडगर हूवरको नेतृत्वमा रहेको उक्त एजेन्सीले कोनरका योजनालाई रोक्न कुनै पनि प्रकारको हस्तक्षेप गरेन।
त्यसैकारण, डा. लुथरलाई थाहा थियो, चाहे जतिसुकै अहिंसात्मक विरोध अभियान चलाएपनि, कोनरले हिंसाले नै जवाफ दिने निश्चित छ।
त्यसपछि त मिडिया आइहाल्छ।
नभन्दै यस्तै भयो। नागरिक अधिकारकर्मीहरूलाई पुलिसका कुकुरहरूले आक्रमण गरिरहेको, पानीको फोहोराले आन्दोलनकारीलाई तितरवितर पारिरहेको र प्रहरीका डन्डाले पिटिएको रक्तपातपूर्ण दृश्यहरू देशभरिका अखबार र समाचार कार्यक्रमहरूमा आउन थाले। भनिन्छ कि कोनरको यस्तो दमनकार्यले नै नागरिक अधिकार ऐन १९६४ आउनमा राम्ररी सहयोग पुर्यायो।
मैले धेरै लेखहरुमा उल्लेख गरेको छु कि “धेरैको भनाइ छ– इतिहास आफैं दोहोरिन्छ, र यदि नदोहोरिए त्यसलाई दुत्कारिन्छ।” आज हामी अझैपनि अमेरिकाको शक्ति संरचनाले हिंसामा विश्वास गर्नेलाई निन्दा गरिरहेको र यसलाई अपनाइरहेकोसमेत देखिरहेका छौं।
उदाहरणका लागि, ब्ल्याक लाइभ म्याटर (बिएलएम) का प्रदर्शनहरुको क्रममा भएका दुईवटा गोलीकाण्ड प्रचारमा आएका छन्: पहिलो काइल रिटनहाउसले गरेको भनिएको काण्डमा केनोशा, विस्कन्सिनमा दुई व्यक्तिको हत्या गरेको र एकलाई घाइते बनाएको आरोप लगाइएको छ, र अर्को माइकल रेनोहललाई ओरेगनको पोर्टल्याण्डमा एक जना व्यक्तिको हत्या गरेको आरोप लगाइएको थियो।
मुख्य भिन्नता केनोशाका पीडितहरू बीएलएमका समर्थक थिए भने पोर्टल्याण्डका पीडितहरू डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने एउटा समूहका सदस्य थिए।
त्यसैकारण, रिटनहाउसलाई गोलीकाण्ड पछि उनलाई घर फर्कने अनुमति नदिई शान्तिपूर्वक गिरफ्तार गरियो। यसरी नै रिटनहाउसका समर्थकहरु वा ट्रम्प आफैंले आत्मसुरक्षाको लागि गोली हान्नु परेको भन्दै उनको बचाउ गरे। यसको विपरित “पक्राउको प्रतिरोध गर्दागर्दै” पनि ट्रम्पका समर्थकमाथि हमला गरेका कारण रेनोहल मारिए के यी दृष्टान्त अचम्मका होइनन् र?
तर रेनोहलले किन आत्मसुरक्षाको दाबी गरेको हुन सक्छ भन्ने कुरा छलफल गर्दैनगरी उनलाई मारियो। यसबेला अखवारमा उनी कसरी “बिरोध (र) हिंसाबारे अपरिचित” थिए भन्न सकिन्छ भन्दै शीर्षकहरू बनिरहेका थिए।
यद्यपि म यी दुखद घटनाहरू वरपरका परिस्थितिहरूका बारेमाथिको निर्णय खारेज गर्न चाहिरहेको छु। म, अमेरिकाको जातीवादी इतिहासका आधारमा, झुकाव नराखी यी दुबै मामलाहरूमा अधिकारीहरूको कार्य (र उदासिनता) मा सन्देहपुर्वक हेर्छु।
मैले २०१९ डिसेम्वर २ का दिन “ह्याम्प्टन र क्लार्क: ५० वर्ष भयो, कहिले बिर्सिइदैन” भन्ने एक लेखमा ह्याम्प्टन र क्लार्कका हत्याबारे चर्चा गरेको थिएँ। त्यसमा मैले खुलस्त पारेको थिएँ कि धेरैजसो मिडियाले फ्रेड ह्याम्प्टन र मार्कलाई मार्न “गोली ठोक” को “आधिकारिक” लाई आदेशलाई कसरी लुकाइयो। यी दुवै इलिनोइस ब्ल्याक प्यान्थर पार्टी (दुबैलाई हूवरले “जनशत्रु नम्बर एक” भन्ने लेबल लगाएका थिए) का सदस्यहरु थिए। यतिसम्म कि कुनै पनि रिपोर्टरले व्यक्तिगत रूपमा नै सही यो कथित “”गोली ठोक” को आदेशले मारिएका हेम्प्टन र क्लार्कबारे रिपोर्ट नै गरेनन्। जव कि यो वास्तवमै शिकागो पुलिसको गैरकानूनी हत्या थियो।
जनताले यो बिर्सनु हुँदैन कि रिनोहल एन्टिफा नामक सँगठनका वकिल थिए। यो सँगठन वामपन्थी आन्दोलनको बाहक हो। तर यसलाई ट्रम्प, उनका अटर्नी जनरल विलियम बार, र कैयन दक्षिणपन्थी राजनीतिज्ञहरूले खुलेआम “आतंकवादी” संगठनको लेबल लगाउछन्।
अर्को शब्दमा, “जनशत्रु नम्बर एक।”
एन्टिफा आन्दोलनका केही सदस्यहरू हिंसात्मक गतिविधिमा संलग्न भएको वा नभएकोमा म बहस गरिरहेको छैन, तर ट्रम्प र एटर्नी जनरलको कार्यको बारेमा कुरा खोतल्दैछु। खास कुरा के हो भने, उनीहरू किन आतंकवादीको रूपमा उग्रदक्षिणपन्थीका सदस्यहरूलाई आतङ्कवादी भन्न इच्छुक छैनन्। जब कि उग्रदक्षिणपन्थीका सदस्यहरूले हिंसा गरेको स्वीकार गर्दागर्दै पनि यसबारे उनीहरू मौन मात्र होइन समर्थन र प्रोत्साहन गर्दैछन्।
यसमा अचम्म मान्नु पर्दैन कि ट्रम्प, एटर्नी जनरल र उनीहरुका अरु अरु मानिसहरु नै आँफू फासी–विरोधी “आतंकवादी” भएको भन्नेलाई मोलाहिजा गर्छन्। दुई प्रकारका कानून बनाउने प्रयास भइरहेको छ, जसबाट एउटा ट्रम्पका सहकर्मीका लागि र एउटा विपक्षीहरूका लागि। “शान्ति सुरक्षा कायम गर्न” लाई बढावा दिने कुरा जबसम्म ट्रम्प र उनका आसेपासेहरूले अपराध नगरेसम्म मात्र हुने गर्छ। बरु कतिपय कानून अमेरिकालाई जातीय आधारमा विभाजित गर्न र त्यसबाट शोषण गर्न उपयोग भइरहेका छन्। यस्ता तनाव र हिंसाको वातावरणले नै स्वार्थी राजनीतिक फाइदालाई प्रवर्तन गर्दछ। यसकारण अमेरिकामा प्रणालीगत जातिवाद रहेको कुरा स्वीकार गर्दै यसलाई समाप्त गर्न, ट्रम्प लगायतका उग्रदक्षिणपन्थीहरुको अन्त्येष्टि हुनु जरुरी छ। यसो भएमा मात्र फासीवादी, राजनीतिक भ्रष्टचारी, अधिनायकवादी राज्यलाई लोकतान्त्रिक बनाउन सकिन्छ।
यसो एक क्षण विचार गरौं त! अनौंठो कुरा छ, एक सय वर्ष पनि वितेको छैन, कसरी लाखौं मानिसहरूले फासीवादको बिरूद्धको युद्धमा आफ्नो ज्यान गुमाएका थिए, र अहिले पनि “आतंकवादी” भन्दै फासीवादका विरोधीहरू आवाज उठाइरहेका छन्, तर ट्रम्प भन्दैछन् , ती अमेरिकीहरू जसले फासीवादका विरोधमा ज्यान गुमाएका थिए तिनीहरू “हरुवा” र “लुटाहहरू” थिए।
भावानुवाद २०२० जुलाई ९ को प्राव्दा रिपोर्टबाट।