Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अराजकतावाद र मार्क्सवाद : कति फरक ?

यूरोपियन पूँजीवादको निर्दयीपन बुझ्दै जाँदा अराजकतावादीहरूले राज्यलाई पनि उपनिवेशवादी व्यवस्था भनेर व्याख्या गरे। राज्य–व्यवस्था हिंसामा आश्रित रहेको र उसले शोषणलाई समर्थन गर्दै, जनताबाट जवर्जस्ती उठाएको करबाट शासन चलाएको भन्दै राज्यको आलोचना गरे।

नेपाल रिडर्स नेपाल रिडर्स
माघ २०, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -नविन तिवारी-

    अराजकतावाद भनेको के हो ? यो अन्य प्रकारको समाजवाद भन्दा कसरी फरक छ ?

    यसलाई विविध तरिकाले व्याख्या गर्न सकिन्छ। कसैले यसलाई बहुतहवाला संजाल भन्छन्, जुन विभिन्न विचार र व्यवहारबाट उत्पत्ति हुन्छ। मचाहिँ अराजकतावादलाई एउटा विचार र व्यवहारको रूपमा व्याख्या गर्छु, जुन १९औँ शताब्दीको अन्त्यतिरबाट यूरोपमा समाजवादको कुनै निश्चित प्रवाहका रूपमा उत्पत्ति भयो। केही अराजकतावादी, जस्तैः पिटर क्रोपोटकिनले पनि अराजकतावादको उत्पत्तिलाई १८७० को दशकका रूपमा लिन्छन्, किनकी त्यो समयबाट अराजकतावादीहरू संसारभरी नै संगठित हुन थाले। उनको मान्यता त यो पनि थियो कि प्राचीन दर्शन र धर्ममा पनि पूर्व–अराजकतावादी चिन्तन थियो। मलाई उनको यो कुरा मन पर्छ र मलाई लाग्छ कि “संस्कार”को धारणाले यी कडीहरूलाई जोड्न र अराजकतावादी राजनीतिको फरक पहिल्याउन सकिन्छ।

    अराजकतावाद १८७० अगावै समाजवादसँग आवद्ध भइसकेको थियो। प्रुदोले १८४० मै अराजकतावादको प्रयोग सुरु गरिसकेका थिए। उनको पुस्तक “ह्वाट् ईज प्रोपर्टी?” सँगै यो सुरु भएको थियो। साथै १८४८ मा फ्रान्समा मजदुरको महत्वपुर्ण आन्दोलन सुरु भइसकेको थियो। यस कितावले अराजकतावादको विश्वव्यापी कदम सुरु हुनुपूर्व नै अराजकतावादको विविधतालाई स्थापित गरेको थियो। प्रुदोको तर्कको आधार यो थियो की १८ औं शताब्दीको क्रान्तिले यूरोप–अमेरीकामा राजतन्त्रलाई संवैधानिक र प्रतिनिधीमूलक सरकारले विस्थापित त गर्‍यो तर मनपरीतन्त्र फाल्न सकेन। ती गणराज्यहरूमा क्रान्तिपश्चातका उदारवादी शासनहरूमा पनि नागरिकहरूले शासकका इच्छामा चल्नुपर्ने हुन्थ्यो। तर संविधानले सम्पत्तिको पनि रक्षा गरेको थियो। तसर्थ, सम्पत्तिबिहिनहरूलाई काम गर्ने अनुमति त थियो तर रोजगारीका सर्त तोक्ने अनुमति थिएन। यसले उनीहरू मालिकहरूबाट सजिलै शोषित हुन्थे। साथै, उनीहरू आफू अनुकुलको श्रमको नियम बनाउन पनि असफल रहे।

    प्रुदोपश्चात् अराजकतावादीले त्यही तर्कलाई परिवारको सम्बन्ध हेर्नमा प्रयोग गर्न थाले। तर्क यस्तो आयो कि महिलाहरू पुरुषमा आश्रित थिए र त्यही काम गर्न बाध्य भए, जुन उनीहरूको श्रीमानले माग गर्थे, जसरी श्रमिकहरू बाध्य थिए। अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अराजकतावादीहरूको तर्क थियो कि धनी यूरोपियन मुलुकहरूले अन्य गैरयूरोपियन मुलुकहरूलाई शोषण गर्थे र आदिवासीहरूलाई उनीहरूको नियमअनुसार काम गर्न बाध्य तुल्याइन्थ्यो। किनकी उनिहरूसँग सैन्यलगायत अन्य औजारहरू थिए।

    ख्याल राख्नु पर्ने कुरा यो छ कि अराजकतावादीहरू अन्य समाजवादीहरूझैँ पूँजीवाद विरोधी थिए, तर यो तर्क गर्थे कि पूँजीवादलाई अन्त्य गरेसँगै कानूनी शासनको पनि अन्त्य गरिनुपर्छ किनकी यसैले “मालिक”को स्थापना गर्दछ। यो अवधारणा नै राज्य थियो। पूँजीवाद र राज्य दुवै दमन र शोषणका साधन हुन्। पूँजीवादले बढाउने राज्यको भुमिकालाई यूरोपियन उपनिवेशवादले अझ सहज बनायो। यूरोपियन पूँजीवादको निर्दयीपन बुझ्दै जाँदा अराजकतावादीहरूले राज्यलाई पनि उपनिवेशवादी व्यवस्था भनेर व्याख्या गरे। राज्य–व्यवस्था हिंसामा आश्रित रहेको र उसले शोषणलाई समर्थन गर्दै, जनताबाट जवर्जस्ती उठाएको करबाट शासन चलाएको भन्दै राज्यको आलोचना गरे।

    तपाईं बोल्सेभिकप्रति निकै कठोर हुनुहुन्छ र आफ्नो किताब “द गभर्मेन्ट अफ नो वान” मा वोल्सेभिकको कार्यलाई ‘कू’को संज्ञा दिनुहुन्छ। एउटा क्रान्ति र ‘कू’बीच के फरक हुन्छ?

    ‘कू’ भनेको सम्भ्रान्तको शक्तिमा आएको परिवर्तन हो। क्रान्ति भनेको जनसमुदायको कार्य हो, जसले शक्ति संरचनालाई नै बदल्ने ल्याकत राख्छ। १९१७ मा अराजकतावादीहरूको आश थियो कि जारतन्त्रलाई फालेपछि राज्यनियन्त्रण र केन्द्रिकृत व्यवस्थाको अन्त्य हुन्छ तथा विकेन्द्रिकृत गणराज्यहरूको स्थापना हुन्छ। उनीहरू त्यो राज्यहरूलाई भंग गरेर रुसीकरणको नीतिको अन्त्य गर्न चाहन्थे, जसले जार र रुसी मान्यताप्रति आज्ञाकारी हुन सिकाउँथ्यो। अराजकतावादीहरूले जारवादीविरुद्ध मात्र हतियार उठाएनन् (विशेष गरी यूक्रेनमा), साथसाथै उनीहरूले लालसेनाविरुद्ध पनि धावा बोले। लालसेना डरलाग्दा बन्दै थिए। बोल्सेभिकले जारतन्त्रविरुद्धको क्रान्तिलाई आफ्नो सत्तारोहणको लागि प्रयोग गर्न सक्थे र जार व्यवस्थाका उपकरणहरूलाई उनीहरूको ‘भर्सन’को साम्यवादको निर्माणमा प्रयोग गर्न सक्थे। यो सुन्दर नै थियो तर उनीहरू आफ्नो पार्टीप्रति जनताको बफादारीता बढाउने कुरामा पनि उत्तिकै सजग थिए।

    तपाईंले लेख्नु भएको छ “मार्क्सको भौतिकवादी चिन्तन यो थियो कि उत्पादनमा अन्वेषणले अस्तित्वमा रहेको शक्ति सन्तुलनलाई नै हलचल पार्न सक्छ।” के यसको मतलव उत्पादनमा बृद्धि गर्नका लागि मार्क्सले मेसिनको सुधार गर्नुहुन्न भन्ने धारणा बोक्थे?

    होइन। मलाई लाग्छ, मार्क्स प्रविधिको विकासप्रति नकारात्मक थिएनन्। किनकी उनको बुझाइ थियो–पूँजीवादको पतनबाटै समाजवाद आउने हो। एउटा प्रक्रिया जसलाई आधुनिकीकरण र ज्यादाभन्दा ज्यादा नाफा कमाउने इच्छाले ठेलेको थियो, त्यो दिर्घकालिन थिएन। म गुस्ताभ ल्याण्डउरको कुरा गर्छु, जसलाई उग्र दक्षिणपन्थी मिलिसियाले हत्या गरेका थिए। ल्याउण्डरले एउटा किताव लेखेका छन् “फर सोसिअलिज्म”। यसमा उनले मार्क्सको कठोर आलोचना गरेका छन्। उनी मार्क्सलाई छद्म वैज्ञानिक भन्छन्, जसले समाजवादलाई आफ्नो सुन्दरता र रचनात्मकताबाट खोसेर केवल उत्पादनको सिद्धान्तमा सिमित पारे।

    तपाईंको तर्क छ, २० औँ शताब्दीका अराजकतावादीहरूले मार्क्सवादलाई राज्य–समाजवादको रूपमा व्याख्या गर्ने कोशिस गरे। के यही विचारलाई लेनिनवाद, स्तालिनवाद र माओवादको पूर्वाधिकारी भन्न मिल्छ?

    १९ औँ शताब्दीका अराजकतावादीले मार्क्सवादी–सामाजिक–प्रजातन्त्रलाई “राज्य समाजवाद”को रूपमा व्याख्या गरे भने अराजकतावादी–समाजवादलाई “मुक्तिवादी”। मुक्तिवादीलाई अमेरिकामा रहेको उग्र दक्षिणपन्थी–उदारवादीजस्तै एउटै नसोच्नुहोस्। यो मुक्तिवाद पूँजीवादको विरोधी नै हो। र, यसको मत छ कि मुक्ति दिलाउने साधनको रुपमा राज्यलाई प्रयोग गर्न सकिन्न। अराजकतावादीहरूको तर्क यहि छ कि मार्क्सवादीहरूले पूँजीवादलाई अन्त्य गर्न राज्यलाई नियन्त्रण गर्नुपर्ने प्रस्ताव अघि सारे। यो योजना नै काम नलाग्नेवाला थियो किनकी यसले शासक र शाषितबीचको विभाजन कायमै राख्यो। वर्गको अन्त्य त्यस अर्थमा हुन्छ कि राज्यले जमिन र उद्योगको स्वामित्व लिन्छ तथापी “बर्गविहीन” समाजमा मजदुरबर्ग शोषित नै रहनेछन्।

    मार्क्सवादले अन्ततः पार्टी–अधिनायकत्व स्थापित गर्छ भन्दै मिखायल बाकुनिनजस्ता अराजकतावादीहरूले मार्क्सवादलाई इन्कार गरे। बाकुनिनको विश्वास थियो, क्रोपोटकिनले लेनिन र बोल्सेभिकबारे त्यस्तै उद्घोष गरेका थिए। चीनमा पनि लिउ शिफुले यस्तै कारण अघि सारेर क्रान्तिकारी–आतंकवादलाई इन्कार गरेका थिए। १९१७ पश्चात् आलोचकहरूले यस्तै दृष्टान्तबाट अस्तित्वमा आएका कम्यूनिष्ट शासनहरूलाई विरोध गरेका छन्।

    डेभिड प्रिस्टल्याण्ड अराजकतावादलाई राज्यलाई निलम्वन गर्ने चिन्तनका रूपमा र  मार्क्सवादलाई योजनाविद, प्रविधिविद र राज्यका कर्मचारीप्रति संवेदना व्यक्त गर्ने चिन्तनका रूपमा व्यक्त गर्छन्। यसलाई कसरी हेर्नुहुन्छ?

    मचाहिँ मार्क्सवादलाई ‘एकल राजनीति’ भन्न चाहन्न। मार्क्सवादी चिन्तनका केही आयाम छन्, जसले कर्मचारीतन्त्र लगायतलाई प्रभावकारी रूपमा आलोचना गर्छन्। मलाई लाग्ने अन्तर यो हो कि अराजकतावादीहरू जरैदेखि सीमाना र सार्वभौमिकताको हकको विषयलाई लिएर राज्यको विरोध गर्छन्। अराजकतावादीहरू विकेन्द्रिकृत गणराज्यको पक्षमा हुन्छन्। साथै शक्तिको एकाधिकार विरोधी हुन्छन्। यी विविध प्रतिवद्धताहरूका बावजुद अराजकतावादी संगठन आफैँमा तहगत संरचनाबाट मुक्त हुन्छन् भन्ने छैन। तर, यसको मतलब यतिका खतराका बावजुद उनीहरू सधैँ राज्यको प्रतिरोध गर्छन् भन्ने पनि होइन।

    प्रुदो अराजकतावादी समाजमा प्रतिस्पर्धालाई संगठनको अंगका रूपमा लिन्छन्। जबकी लुई ब्ल्यांकचाहिँ ‘भातृत्वमा प्रतिस्पर्धालाई ल्याउनु भनेको नपुंसकलाई हटाएर दुईलिङ्गी ल्याउनु भनेको जस्तै हो’ भन्छन्। यो बहसलाई तपाईं कसरी हेर्नुहुन्छ?

    यो बडो दिमाग लगाउनु पर्ने प्रश्न हो। मलाई लाग्छ, प्रुदोमात्र त्यस्ता अराजकतावादी होइनन्, जसले अराजकतावादमा प्रतिस्पर्धा चाहिन्छ भनेका छन्। भोल्टाइरिन डी क्लेयरले पनि यो कुरा गरेका थिए, जब उनको बहस एमा गोल्डम्यानसँग भयो। हामीले यो बुझ्नु जरुरी छ, अराजकतावादीले सामाजिक एकरूपता र कुनै निश्चित सामाजिक संस्कारमा मात्र निहित हुने कुरालाई इन्कार गरेका थिए।

    उनीहरूले विभिन्न तह र चिन्तनबाट मानव समाज असमान छ भन्ने कोणबाट हेर्न खोजे। एकै प्रकारको चिन्तनलाई समाजमा प्रोत्साहन गर्दा त्यसले समाजमा दमन हुन्छ भन्ने कुरामा उनीहरूले चिन्ता व्यक्त गरे। यस आयामबाट हेर्दा असमानताले सिमित मान्छेलाई शक्ति संचय गराउने अवसर प्रदान गर्दैन र सामाजिक एकता तथा सहकार्यलाई अवरोध गर्दैन। अझ, फरक तरिकाले हेर्दा, साँच्चिकै सहकार्य र एकता मानिसको फरक–फरक गुणलाई पहिचान गर्दा नै हुने हो।

    क्रोपोटकिनजस्ता अराजकतावादीले प्रतिस्पर्धालाई नभएर सहकार्यलाई बढी महत्व दिए। उनीहरूलाई लाग्यो, उदारवादी र हब्सवादी विचारसँग प्रतिस्पर्धाको धेरै समानता छ। प्रतिस्पर्धावादीले स्रोतका लागि संघर्ष गर्ने कुरालाई बढी स्थान दिए। र, भने–कानूनमात्रै सबैविरुद्ध गरिने युद्धविरुद्धको मूल अस्त्र हो। क्रोपोटकिनको तर्क छ, प्राकृतिक रूपमा एकअर्कासँग सहकार्य गर्ने जात मानिस हो। अर्थात् मानिस आफ्ना लागि आफैं नियम बनाउन सक्ने जात हो। साथै, उनी ठान्थे–समाजमा दमन सिर्जना गर्ने त्यस्ता नियम–कानूनलाई चुनौती दिँदा समाजमा भलाइ आउँछ। डी क्लेयरजस्ता अराजकतावादी हब्सवादी थिएनन्। डी क्लेयरहरूलाई ‘जनता प्रकृतिको विशुद्ध एउटा अणु हो’ भन्ने कुरामा विश्वास थिएन। डि क्लेयरको मान्यता थियो–मानिस सामाजिक प्राणी हो तर क्रोपोट्किनले मान(स्ट्याण्डर्ड)कोे सहकार्य र प्रतिस्पर्धाको महत्वको तहलाई उल्ट्याइन्।

    मिखायल बाकुनिन अराजकतावाद प्राप्तिकै लागि राज्यको तत्काल विलय गराउनु पर्ने मान्यता राख्छन्। तथापि नोम चोम्स्की राज्यको तत्काल विलय हुनुहुन्न भन्ने कुरामा जोड दिन्छन्। चोम्स्कीको राय छ कि राज्य जतिसुकै अत्याचारी भएतापनि समाजमा सबैभन्दा सानो तहमा रहेर त्यसले मानिसहरूलाई झिनो भएपनि सुरक्षाको प्रत्याभूति दिन्छ। यसलाई व्याख्या गरिदिनुस न।

    मलाई लाग्दैन, बाकुनिन र चोम्स्कीले एकै प्रकारको समस्यालाई सामना गरेका हुन्। बाकुनिनले गरेको राज्यको तत्काल विलयको माग वास्तवमा ती समाजवादी क्रान्तिकारीको आलोचनामा थियो, जसले राज्यसत्तालाई आफ्नो मातहत लिएर “अस्थायी अधिनायकत्व” स्थापना गर्न चाहन्थे। उनले ऐङ्गेल्सको राज्य आफैं विलय हुने धारणा र लेनिनजस्ता नेताको “राज्यलाई समाप्त पार्ने” र “बस्तुहरूको प्रशासन”लाई संगठित पार्ने धारणाको आलोचना गरेका हुन्।

    मलाई लाग्छ, चोम्स्कीको तर्क समृद्धिको अवस्था र राज्यबाट पाइने केही फाइदाको रक्षाका निम्ति हो, जुन कठोर संघर्षपश्चात नागरिकहरूले हासिल गरेका हुन्छन्। चोम्स्कीले ‘खराब कुरालाई र अन्यायलाई राज्यले कसरी सही भनेर पुष्टि गर्छ’ भन्नेबारे बहस उठाए। साथै, नवउदारवादले लिएको सार्वजनिक–खर्च–कटौतीको पनि जमेर प्रतिरोध गर्छन्। सम्भवतः यी दुई अवस्थालाई लिएर बाकुनिन र चोम्स्कीबीच केही मतभेद होलान्, तर त्यस्तो विरोधाषपुर्ण कुरा छैन।

    पिटर क्रोपोट्किन आफ्नो किताव ‘द कन्क्वेस्ट अफ ब्रेड’मा कुनै ज्ञानलाई एक व्यक्तिले सृजना नगरेर धेरैले गरेको योगदानको उपज हो भन्छन् । अर्थात् उनि प्याटेन्टको विरोधमा छन्। अराजकतावादले अन्वेषण र प्याटेन्टलाई कसरी हेर्छ?

    यसमा कुनै एकल समस्या मात्रै छैन। कसैले पनि एकल रूपमा कुनै ज्ञान पुर्णरूपले आफूले निर्माण गरेकोे भनेर दावि गर्न सक्दैन, मिल्दैन पनि। केही प्रुदोतिर झुकाव राख्ने व्यक्तिवादी–अराजकतावादीहरू कपिराइटको पक्षमा बोल्थे। कसैले बौद्धिक सम्पत्तिको सुरक्षा गर्नुपर्छ भन्ने मत राख्थे, कोही भने क्रोपोट्किनको विचार लिएर हिँड्थे। अहिलेका यूरोपियन अराजकतावादीहरू धेरै हदसम्म क्रोपो्टकिनतिर झुकाव राख्छन्। उनीहरू भन्छन्, ‘कुनै बौद्धिक सम्पत्तिलाई निःशुल्क भोगचलन गर्नु पर्छ, जबसम्म त्यसमा नाफा भन्ने चिन्तन आवद्ध हुँदैन।’

    एडम स्मिथदेखि कार्ल मार्क्ससम्मका अर्थशास्त्रीहरूले श्रम विभाजनको पक्षपोषण गरेको भेटिन्छ। यद्यपि, क्रोपोट्किनजस्ता अराजकतावादीहरू श्रम विभाजनका विरुद्ध छन्। यसको विकल्प के होला?

    क्रोपोटकिनले श्रम विभाजनले मजदुरलाई क्षति पुर्‍याइरहेको छ भन्थे। त्यो कुरा सही हो। श्रम विभाजनले रचनात्मक नागरिकको उत्पादनभन्दा पनि कुशल मजदुरको उत्पादनमा टेवा पुर्‍यायो, जसले उत्पादनमा बृद्धि ल्यायो। अहिलेको भुमण्डलीकृत संसारमा श्रम विभाजनले विश्वका केही भागले औद्योगिक यूरोपलाई सेवा–अर्थतन्त्रमा टेवा पुर्‍याएको छ । यसले एकल संस्कार, प्राकृतिक सम्पदाको शोषण र परनिर्भरतालाई मलजल गर्ने काम गरेको छ। साथै, अहिलेको अर्थ पद्धति निकै अस्थिर रह्यो, जसले बजार प्रतिस्पर्धालाई अन्ततः अन्तर्राष्ट्रिय राज्यव्यवस्थामा बृद्धि गराउँदै लग्यो।

    क्रोपोट्किनको सोच ‘स्थानीय समुदायको विकेन्द्रिकृत गणराज्यलाई सहयोग पुग्ने गरी संरचना गर्नुपर्छ’ भन्ने थियो। यो सोचको उद्देश्य कृषि र उद्योगको संयोजन गर्दै ज्ञानको प्रचार अन्तर्राष्ट्रिय रूपमा गर्नु थियो, जसले गर्दा अन्य कतै भएको अन्वेषणले पनि स्थानीय अर्थतन्त्रमा टेवा देओस्। यस्तो अवस्थामा उत्पादनका विषयको निर्णय पनि स्थानीय तहले नै गर्नेछ। मलाई लाग्छ क्रोपोटकिन प्रविधिलाई प्रतिरोध गर्थे भन्ने कुरा नै गलत छ। उदारवादी बजारको विकल्प अराजकतावादी बजार हो। र, यो विकल्प मार्क्सवादी–साम्यवादी उपायभन्दा ज्यादा आकर्षक छ। यो तर्क अहिले चलेको बैकल्पिक–भुमण्डलीकरणसँग ज्यादा मिल्दोजुल्दो छ।

    मिखायल बाकुनिन “गड एण्ड द स्टेट”मा तर्क गर्छन् “भौतिकवादीको उदयसँगै मेटाफिजिक्स केवल मनोविज्ञानमा झरेको छ।” तपाईंले ईश्वरको सन्दर्भ लिएर लियो टोल्सटोय र बाकुनिनको बहस अघि सार्नु भएको छ। के अराजकतावादीले ईश्वरलाई इन्कार गर्दागर्दै टोल्सटोयले प्राधिकार/ईश्वरको आवश्यकता ठानेका थिए?

    म बाकुनिनको ‘राजनीतिक–ईश्वर’को आलोचनालाई मध्यनजर गर्दै भन्छु कि उनको आलोचना एउटा राजनीतिक प्रक्रिया हो। मानव जाति अपुर्ण छ र पुर्णताको लागि कुनै निकाय/प्राधिकार/ईश्वर चाहिन्छ भन्नेमा नै त्यो दृष्टिकोण आश्रित छ। कतिपय चिन्तकहरू राज्य र ईश्वरलाई केही हदसम्म पूर्णताको साधनका रुपमा लिन्छन्। बाकुनिनको राय छ–राजनीतिक–धर्मशास्त्र पुर्णरूपमा ईश्वरको आज्ञापालनको माग गर्छ। राजनीतिक–धर्मशास्त्रवालाहरू ठान्छन् कि कुनै पनि मुक्ति प्राप्तिका लाई जस्तोसुकै सजायँ पनि जायज हुन्छ।

    बाकुनिनको आलोचनालाई साँघुरो घेराबाट केjल पुजारी–विरोधी स्वरूपमा हेरिन्छ। र, उनलाई आक्रामक–नास्तिकका रूपमा हेरिन्छ। बाकुनिनले धर्म र धर्मपालनबीच फरक छुट्याए, जसरी उनले “मोची (जुत्ता सिउने खास सम्प्रदाय)को प्राधिकार” र “वैज्ञानिकको प्राधिकार”बीच छुट्याए : एक सुझावमा आश्रित, अर्काे सम्प्रभुतामा आश्रित। यदि त्यसो हो भने उनको नास्तिकी टोल्सटायसँग त्यति अमिल्दो छैन। टोल्सटोयले पनि प्राधिकारको अगाडि झुक्ने कुराको विरोध गर्थे। उनको मान्यता थियो, व्यक्तिले ‘देवत्व’ आफैंभित्र प्राप्त गर्छ। ईश्वरबारेको ज्ञान मानव जातिका लागि लाभदायक हुन्छ तर धार्मिक निर्देशन विनासकारी हुन्छ भन्ने कुरा टोल्सटोय मान्दथे।

    अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेकी रुथ किन्ना बेलायतको लफबोरो युनिभर्सीटीकी प्राध्यापक हुन्। उनी द गभर्मेन्ट अफ नो वान : थेरी एण्ड प्राक्टिस अफ् एनार्किजम्, एनार्किजम्ः अ बिगिनर्स गाइडजस्ता किताबकी लेखक हुन्। उनीसँग केही पहिले लेखक नविन तिवारीले इमेलमार्फत यो अन्तवार्ता गरेका हुन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.