Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अब पढेलेखेकाहरूले गाउँलाई ‘बस्न लायक’ बनाउनुपर्छ

गाउँमा समतामूलक समृद्ध समाज निर्माण गर्ने उद्देश्यले हामीले एउटा सरकारी विद्यालयमा जीवनमुखी शिक्षाको अभ्यास पनि गरेका छौँ। यसको प्रयोग निजी स्कुलमा पनि गर्न सकिन्थ्यो। तर निजी विद्यालयले ‘हुनेखाने’ र ‘हुँदाखाने’ बालबालिकालाई वर्गिकृत गरेको हुन्छ। यी दुई वर्गका बालबालिकाबीच भेटघाट नहुने, उनीहरूको खेलकुद नमिल्ने लगायत विविध कारणले उनीहरूलाई विभाजित गर्दो रहेछ भनेर हामी सामुदायिक विद्यालयलाई नै सुधार गर्नुको विकल्प छैन भन्ने निष्कर्षमा पुग्यौँ।

nepal_readers nepal_readers
माघ १३, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    युद्धबाट गुज्रिएर आएको एकिकृत माओवादीले धेरै प्रगतिशील कामहरू गरेका छन्। यस अर्थमा माओवादीको प्रसंशा गर्नुपर्छ। सिनियर कमाण्डरले जे भन्छन्, त्यसैलाई आदेशको रूपमा लिँदै आएको र एउटा हरियारबन्द सामरिक युद्धको अभ्यास गरेर आएको पार्टीमा अहिले आएर निर्वाचित हुने परिपाटी सुरुवात भएको छ। माओवादीको हकमा यो ठूलो फड्को हो।

    गोजीबाट नाम निकालिएको होइन

    अहिले धेरैजनाको प्रश्न छः यस्तो प्रगतिशील पार्टीमा ३० वर्षदेखि निरन्तर पुष्पकमल दहाल ‘प्रचण्ड’ मात्रै किन अध्यक्ष छन्? हामीले ख्याल राख्नुपर्ने कुरा छ, प्रचण्डले यस्तो कालखण्डमा पार्टीको नेतृत्व गरे, जुन समय प्रचण्ड बाहेकको नेतृत्वको कल्पना गर्न सकिँदैन थियो। अहिले पनि माओवादीको हकमा संक्रमणकालिन अवस्था छ। हिजोको जनयुद्धको समयमा समेत सबैले विश्वास गर्ने नेता जरुरी पथ्र्यो। नत्र संक्रमण हुँदै गरेको शक्ति आफैँमा छिन्नभिन्न पनि हुन सक्छ। त्यसैले अहिलेका लागि प्रचण्ड निर्विवाद र निर्विकल्प हाम्रो पार्टीका अध्यक्ष हुन्।

    पछिल्लो महाधिवेशनलाई राम्रोसँग हेर्ने हो भने पार्टीले २० प्रतिशत युवालाई समेटेको छ। पुस्तान्तरणको विषय उमेरसँग मात्र सम्बन्धित छैन। खासमा विचार, कार्यशैली र एजेण्डाहरूमा पुस्तान्तरण चाहिएको हो। पुरानै एजेण्डा बोकेर पुरानै नेताको काँध थाप्दै युवा नेतृत्वमा आउनुको कुनै अर्थ हुँदैन। माओवादीमा अब वास्तविक पुस्तान्तरण हुन्छ। महाधिवेशनपछि केन्द्रीय कमिटीको पहिलो बैठकमा कमरेड प्रचण्डले भनेका थिए, ‘पार्टीलाई अहिलेको संघर्षको स्वरुप अनुकूल बनाउन र यसको नेता स्थापित गर्नका लागि यो मेरो अन्तिम अवसर र चुनौति हो।’

    एउटा नेता आफ्नो कार्यकालमा कुशल नेतृत्व मात्रै गरेर कुशल हुन सक्दैन, उसले आफू पछाडि पनि त्यतिकै कुशल उत्तराधिकारी दिन सक्नुपर्छ। प्रचण्डले कुशल नेतृत्व गरिसकेका छन् र अब एउटा कुशल उत्तराधिकारी बनाए मात्र उनी कुशल नेता बन्न सक्छन्। हुनसक्छ, ५० वर्ष उमेर नाघेकै व्यक्ति नेतृत्वमा आउलान्, तर उ नयाँ तरिकाले आएमात्र वास्तविक पुस्तान्तरण हुनसक्छ।

    जहाँसम्म प्रचण्डले केन्द्रीय सदस्यहरूको नाम खल्तिबाट निकालेर पढेको भन्ने सन्दर्भ छ, यो हाम्रो पार्टीप्रति लगाइएको एकदमै गलत लान्छना हो। म आफैंपनि पार्टी स्थायी कमिटी सदस्य भएका नाताले यस विषय पार्टीभित्र पटकपटक भएका छलफलको साक्षी पनि हुँ। प्रचण्डले एकजना सदस्यको नाम पनि आफूखुसी लेखेका होइनन्। सबै प्रदेशका जिल्लाको संख्या र पार्टी सदस्य संख्याका आधारमा चुनिने केन्द्रीय सदस्यको संख्या तोकेर सबै प्रदेशलाई नै सदस्य चुन्नका लागि भाग लगाइएको हो।

    यस हिसाबले ३० जनाको स्थानमा कोही छुटेमा समेट्ने हिसाबले त्यो ठाउँ खाली राखेर प्रदेशबाट सर्वसम्मत भएर आएका नामहरू नै पढिएका हुन्। २३४ जनाको नाम मात्रै किन पढियो भन्ने प्रश्न पनि आउला, प्रदेशले कतिपय कोटा खाली नै राखेकाले यसो गरिएको हो। जस्तैः कतिपय ठाउँबाट मधेशी महिलाको एउटा पनि नाम सिफारिस भएन, कतै मुस्लिम समुदायबाट खाली छ, कतै युवा थारु पुरुष र कतै युवा थारु महिलाको कोटा खाली छ।

    यसरी सम्बन्धित क्लस्टरले आफ्नो नाम दिन नसकेका कारण केही ठाउँ बाँकी रहेका हुन्। ति पनि अब केन्द्रीय कमिटीले पदपूर्ति गर्दा सम्बन्धित प्रदेश र सम्बन्धित क्लस्टरलाई नै नाम सिफरिस गर्न आह्वान गर्ने र ति नाम सर्वसम्मत नभए बहुमतले निर्णय गरी पठाउन भनिएको छ। त्यसैले केन्द्रीय सदस्यका यी नाम कसैको गोजीबाट निकालिएको होइन। यो एकदम लोकतान्त्रिक विधि हो।

    शिक्षितका लागि गाउँ

    राजनीतिसँगै अहिले शिक्षा क्षेत्रलाई पनि सुधार गर्ने उद्देश्यले आफ्नै गाउँको विद्यालयलाई उदाहरणीय बनाउने कोशिस गर्दैछु। माध्यमिक परीक्षा सकेपछि र राजनीतिकै दौरान केही समय शिक्षक भएका कारणले नेपालको शिक्षामा केही सुधार गर्नुपर्छ भन्ने धारणा जाग्यो। यदि देश बनाउनु छ भने शिक्षामा आवश्यक सुधार गर्न आवश्यक छ। शिक्षा क्षेत्र राम्रो छैन भने समृद्ध र सुसंस्कृत समाजको परिकल्पना गर्न सकिँदैन।

    अहिलेसम्मको हाम्रो शिक्षा नीति र शिक्षाको दर्शन हिन्दुवादबाट निर्देशित दर्शन हो। हिन्दूवादले मुखबाट ब्राह्मण, पाखुराबाट क्षेत्री, पेटबाट वैश्य र खुट्टाबाट शुद्र निस्किएको व्याख्या गर्छ। यसअनुसार पढ्ने लेख्ने काम बाहुनको हो। मेरा बुवाले मलाई राई हुन पढाएको होइन, बाहुन हुन पढाएका हुन्। यसैले हामीकहाँ शिक्षाको दीशा नै उल्टो बनेको छ।

    हामी कसैले पनि आफ्ना आमाबाले गरेको कर्ममा फर्किन होइन, त्योभन्दा उच्च वर्गको हुन पढेका हौँ। शिक्षित मान्छेले जब आफूलाई अरुभन्दा उच्च ठान्छ भने यो समाज बिग्रिनबाट कसैले रोक्न सक्दैन। शिक्षित मानिसको सोच विभेदरहित हुनुपर्छ। पहिला हामीले पूरानो शिक्षाको दर्शन नै गलत छ भन्दै जनवादी शिक्षाको नारा लगायौँ। मैले चाहिँ जीवनमुखी शिक्षाको कुरा उठाउँदै आएको छु र यही अनुसार आफ्नो गाउँमा यसको अभ्यास पनि सुरु गरेको हुँ।

    गाउँमा समतामूलक समृद्ध समाज निर्माण गर्ने उद्देश्यले हामीले एउटा सरकारी विद्यालयमा जीवनमुखी शिक्षाको अभ्यास पनि गरेका छौँ। यसको प्रयोग निजी स्कुलमा पनि गर्न सकिन्थ्यो। तर निजी विद्यालयले ‘हुनेखाने’ र ‘हुँदाखाने’ बालबालिकालाई वर्गिकृत गरेको हुन्छ। यी दुई वर्गका बालबालिकाबीच भेटघाट नहुने, उनीहरूको खेलकुद नमिल्ने लगायत विविध कारणले उनीहरूलाई विभाजित गर्दो रहेछ भनेर हामी सामुदायिक विद्यालयलाई नै सुधार गर्नुको विकल्प छैन भन्ने निष्कर्षमा पुग्यौँ।

    त्यसकारण हाम्रो नेतृत्वमा सामुदायिक विद्यालयको सुधार गर्न समुदायबाटै प्रयास गरौँ भनेर हामीले केही नीति बनाएर अघि बढ्यौँ। नसक्नेले पैसा नतिर्ने र सक्नेले पनि जति सक्छन् त्यति सहयोग गर्नेगरी हामीले बनाएको नीतिलाई ‘प्रगतिशील सहयोग नीति’ नामाकरण गर्यौँ। हामीले सञ्चालन गरेको ज्योति मावी, खोटाङमा २२ जना शिक्षकमध्ये ४ जना सरकारी दरबन्दीका हुने भने बाँकी शिक्षकहरूलाई अभिभावकको सहयोगबाट तलब दिइन्छ।

    आजभोलि शिक्षित मानिस गाउँघरतिर बस्दैनन्। यदि साच्चिकै गाउँको विकास गर्नका लागि पढे लेखेको मान्छे गाउँमा बस्नुपर्छ। उनीहरूले आफूलाई सर्वसाधारण सरह ठान्नुपर्छ र अरुलाई सहयोग गर्नुपर्छ। अब शिक्षित व्यक्ति शहर पस्ने होइन, गाउँलाई नै बस्नलायक बनाउनुपर्छ। अरुले बनाएको गाउँ अथवा स्वतः बनेको सुविधासम्पन्न ठाउँमा जानुभन्दा त्यो सुविधा आफ्नै ठाउँमा ल्याउनुपर्छ भन्ने हिसाबले हामीले गाउँमा काम सुरु गरेका हौं।

    शिक्षामा सुधारको प्रयास

    सुरुमा कक्षा ३ सम्म पढाई हुने यस विद्यालयमा हामीले १० कक्षासम्म पुर्यायौँ। विद्यालयका विद्यार्थीलाई आत्मनिर्भर बनाउका लागि ९ र १० का बालबालिकालाई अनिवार्य होस्टल बस्ने व्यवस्था मिलाएका छौँ। बालबालिकाले आफैं भाडा माझ्न, लुगा धुन र समूहमा मिलेर बस्न सिकुन् भनेर यस्ता नीतिहरू अख्तियार गरिरहेका छौँ।

    यस विद्यालयको कम्पाउन्डभित्र एकले अर्कोलाई ‘तँ’ सम्बोधन गर्न पाइँदैन र नामको पछाडि एकलखे लगाउन निषेध गरिएको छ। ठूलोले सानोलाई र शिक्षकले विद्यार्थीलाई पनि तपाईँ भनेर सम्बोधन गर्नुपर्छ। जसले गर्दा एक अर्कामा समानताको भावना आओस्। यस विद्यालयमा ‘अश्लिल’ शब्द बोल्न पूर्ण निषेध गरिएको छ। यहाँ अंग्रेजी माध्यमबाट पढाइन्छ, तर अंग्रेजी बोल्न बाध्य गराइँदैन। किनभने मानिसले आफूलाई अभिव्यक्त गर्नका लागि उसको आफ्नै भाषाको आवश्यकता पर्छ।

    हामीले अभिभावकको वर्ग अनुसार ए, बी, सी, डी र ई मा वर्गीकरण गरेका छौँ। ए : त्यस्ता अभिभावक जसले जिल्ला बाहिरका ठूला सहरमा लगेर आफ्ना छोराछोरी पढाउन सक्छन्, बीः जसले जिल्ला सदुरमुकामको निजी विद्यालयमा पढाउन सक्छन्, सीः जसले गाउँमै निजी विद्यालय खुल्यो भने त्यहाँ पढाउन सक्छन् र डीः जसले सामुदायिक स्कुलमा पढाउन सक्छ।

    यसपछि अर्को एउटा वर्ग आयो। जो अभिभावकविहिन छन् अर्थात् अशक्त अभिभावकका बालबालिका छन्, उनीहरूलाई ई श्रेणीमा राखियो। उनीहरूका लागि विद्यालय नै अभिभावक बनेको छ। उनको खानपान देखि पढाई खर्च लगायत सबै विद्यालय व्यवस्थापनले नै व्यहोर्छ। अहिले यसखालका ११ जना बालबालिका विद्यालयको होस्टलमा छन्।

    असहाय बालबालिकाहरूलाई काठमाडौं वा विराटनगरजस्ता सहरका ठूला अनाथालयमा पढाउन सकिन्थ्यो। तर त्यसरी बाहिरका सहरमा लगेर राख्दा उनीहरू सामाजिक हुन नसक्ने र एक्लो महशुस गर्ने भएकाले हामीले गाउँकै विद्यालयमा बसेर पढ्न सक्ने व्यवस्था गरेका हौँ। गाउँमै बसेर पढ्दा उसले कम्तिमा आफ्ना नजिकका आफन्त वा नातागोतामा सम्बन्ध राखिरहन सक्छ र सामाजिक तथा सांस्कृतिक पाटोलाई पनि बुझ्न सक्छ।

    यी विद्यार्थीका लागि हामीले विभिन्न ढंगले सहयोग संकलन गरिरहेका छौँ। हामीले नगरपालिकाहरूबाट आर्थिक सहयोग लिएका छौँ भने स्थानीय अभिभावकले जति सक्नुहुन्छ त्यति दिनुहुन्छ। विभिन्न दाताहरूबाट आएको सहयोगलाई जम्मा गर्न एउटा अक्षय कोष पनि बनाएका छौँ।

    यसरी सहयोग जुटाउन हामीले ‘फ्रेन्ड्स् अफ ज्योति’ अभियान सुरु गरेका छौँ। सहयोगको इच्छा हुनेले यस अभियानमा सहभागी भएर महिनाको १०० रुपैयाँ यस विद्यालयलाई सहयोग गर्न सक्नेछन्। हाम्रा एउटा फेसबुक ग्रुप छ, जसमार्फत जो कोही पनि यसमा जोडिन सक्नुहुन्छ। यसमार्फत महिनाको १०/१२ हजार सम्म संकलन भएको छ। यस अभियानमा आवद्ध हुने कतिपयले वर्षभरीको १२ सय एकैपटक दिने पनि कुरा गर्नुभएको थियो। तर हामीले यसलाई इन्कार ग-यौँ।

    किनभने एक वर्षको सहयोग एकैपटक गर्नेले पैसा दिइसकेपछि विद्यालयलाई बिर्सन सक्छ। तर जब महिना–महिनामा सहयोग गरिरहनुपर्ने हुन्छ, तब उसलाई विद्यालयप्रति माया झनै प्रगाढ भएर जान थाल्छ र विद्यालयमाथि चासो पनि बढ्छ। त्यसरी आएको सहयोगको ५० प्रतिशत विद्यार्थीको नानीहरूको तत्कालको आवश्यकता र भौतिक पूर्वाधारमा खर्च गर्छौ भने ५० प्रतिशत अक्षय कोषमा जम्मा गर्दै जान्छौँ। यस अभियानलाई धेरै सकरात्मक रुपमा लिइरहनुभएको छ।

    मुन्धुम मार्ग र गोठस्टे

    नेपाली उद्योगमा सबैभन्दा राम्रो सम्भावना भएको क्षेत्र पर्यटन हो। यसमा पनि केही सेवा पुगोस् भन्ने उद्देश्यले पनि काम गरिरहेको छु। मुन्धुम किँरातीहरूको धर्मशास्त्र, दर्शन र दैनिक जीवनको मार्गदर्शक पनि हो। मुन्धुममा विभिन्न कुराहरूको वर्णन पाइन्छ। यसमा ३ प्रकारका बोटविरुवासम्बन्धी वर्णन गरिएको छः पवित्र बिरुवा, सांस्कारिक विरुवा अर्थात् जुन बोटविरुवा सांस्कारिक कर्ममा अनिवार्य चाहिन्छ र औषधिय बिरुवाहरू, जसलाई हर्बल प्लान्ट भनिन्छ। यी तीन खालका बिरुवाहरू संकलन गरेर एउटा ‘बोटानिकल गार्डेन’ बनाउन सक्रिय छु। यसलाई ‘मुन्धुम बोटनिकल गार्डेन’ भनेका छौँ।

    यस्तै अर्को छ, मुन्धुम पदमार्ग। मध्य पहाडी क्षेत्रको यो ‘सफ्ट एड्भेन्चर’ मा अहिले पूर्वाधारहरू बन्दैछन्। यसमा मानिसहरूको आवतजावत बढ्न थालेको छ। तर त्यहाँ अहिलेसम्म आफैले खाजा सामल बोकेर हिँड्नुपर्ने अवस्था छ, जुन कठिन काम हो। यसलाई सहज बनाउनका लागि हामीले ‘गोठस्टे’को अवधारण ल्याएका छौँ।

    त्यस पदमार्ग क्षेत्रमा केही सिजनमा गोठ निस्किने गर्छन्। ती गोठहरूमा पर्यटकहरूलाई बास बस्ने व्यवस्था मिलाइयो भने पर्यटकलाई सहज हुन्छ र स्थानीयको पनि अतिरिक्त आम्दानी हुने भयो। घरमा ‘होमस्टे’ हुनसक्छ भने गोठवास किन ‘गोठस्टे’ हुन सक्दैन? गोठस्टेलाई फराकिलो, आरामदायी र सफा बनाउने चुनौति हामीमाझ छ। यसका लागि स्थानीयसँग कुरा भइरहेको छ। सबैभन्दा सुरुमा ‘एक गोठ, एक शौचालय’ अभियानलाई प्राथमिकतामा राखिएको छ।

    मास्टर्स–डिग्री पढिसकेका युवा गाउँमै भेडा र चौँरी पालेर बसिरहेका छन्। यस्ता कार्यक्रमहरूले उनीहरूलाई प्रेरणा दिनसक्छ। सिर्जनात्मक उमेरमा उनीहरूका लागि सहयोग हुनेखालका कार्यक्रम ल्याएनौँ भने उनीहरू निराश भएर सहर पस्ने सम्भावना हुन्छ। त्यसैले युवालाई आकर्षित गरेर गाउँमै केही गर्न सकियो भने गाउँबाट युवा विस्थापित हुने क्रम घट्छ र गाउँमै विकासको सुरुवात गर्न सकिन्छ।

    यसैगरी त्यहाँको स्थानीय बैंक ‘साल्पा विकास बैंक’मा म आफैँ अध्यक्ष छु। त्यसमा एउटा कोष ‘साल्पा कल्याणकारी कोष’ स्थापना गरिएको छ। यस कोषमा कर्मचारी, सञ्चालक र दाताहरूले पैसा हाल्ने गरेका छन्। कोषमार्फत हामीले साल्पा स्तम्भ पनि निर्माण गर्दै आएका छौँ। साल्पा एउटा पोखरी हो। पूजा गर्न जानेहरूले त्यस पोखरीमा पूजाका सामग्रीहरू फ्याक्ने हुँदा त्यो फोहोर हुने गर्छ। त्यसैले पूजा सामग्रीहरू राख्नेगरी स्तम्भ बनाइएको हो।

    भाषाको कारण समस्या भएन

    धेरैजसो सामुदायिक विद्यालयमा खस पर्वते अर्थात् नेपाली भाषामा पढाइने हुँदा अन्य मातृभाषा भएका बालबालिकालाई आज पनि भाषाकै कारण पढ्न समस्या छ। तर, म राई समुदायबाट भएपनि मेरो बाल्यकालमा भाषाकै कारण खासै समस्या भोग्नुपरेन। मेरो गाउँमा क्षेत्रीबाहुनहरूको एउटा पनि घर थिएन। त्यसकारण मेरो बोलीकै कारण मैले सानै उमेरमा भाषाकै कारणले कसैले जिस्क्याएन। बरु ठूलो भएपछि भने त्यसको अनुभव छ।

    मेरो मावलीतिर पहिले देखि नै पढ्ने संस्कृति सुरु भइसकेको थियो। खासगरी बुढो मावलीपट्टी। नारदमुनी थुलुङ हाम्रो सम्बन्धभित्रकै हुनुहुन्छ। उहाँहरूमा पहिले नै निकै जागरण आएको थियो। २००७ सालको आन्दोलनमा समेत उहाँको नेतृत्वदायी भूमिका थियो। त्यो देखेर पनि मेरा बा आमालाई पनि हामी छोराछोरीलाई पढाउन प्रेरणा जागेको हुनसक्छ।

    मेरा बुवा आफैँ पनि फराकिलो सोच र चिन्तन राख्ने व्यक्ति हो। समाजको भलाई गर्नुपर्छ भन्ने सोच उहाँमा थियो। गाउँको स्कुल स्थापनामा उहाँको पनि पहल छ। आफैँ संस्थापक सञ्चालक समितिको सदस्य भएका हिसाबले पनि उहाँले हामीलाई पढाउनुभयो। विद्यालयको स्थापना भएपछि त्यहाँ पढाउन बाहिरबाट आउनुभएका कतिपय शिक्षकहरू हाम्रै घरमा बस्नुहुन्थ्यो। शिक्षकसँगको संगतले पनि हामीलाई मान्छे शिक्षित हुनुपर्छ भन्ने लागेको होला।

    हामी राई समुदायका भएपछि हामी खस समुदायसँग राम्रैसँग कुराकानी गर्न सक्थ्यौँ। तर तामाङ र नेवार समुदायका विद्यार्थीहरूले आफ्नै मातृभाषामा संवाद गर्ने भएकाले उनीहरूको पढाईमा समस्या देखिन्थ्यो। म पछिसम्म महशुस गर्छु, भाषाकै कारणले पनि ती बच्चाले स्कुलमा कहिल्यै पनि पहिलो वा दोस्रो हुने अवसर पाएनन्। अतः हामीहरूले शिक्षा दिँदा भाषाको संवेदनशिलतालाई पनि ख्याल राख्नुपर्ने रहेछ।

    नेकपा माओवादी केन्द्रका नेता टंक राईसँग मेनुका बस्नेतले गरेको कुराकानीको अंशको दोस्रो भाग।

     

     

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.