Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
Wednesday, April 29, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पश्चिमा प्रभुत्ववादको विकल्प खोज्दै अरब

नीरज लवजू नीरज लवजू
पुस ६, २०७९
- राजनीति, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जुत्ता लगाउनेलाई त्यसभित्र कहाँनेर पोल्छ भन्ने कुरा थाहा हुन्छ भनेजस्तै पश्चिमा साम्राज्यवादी शक्ति कस्ता हुन्छन् भन्ने प्रश्नको सटिक उत्तर अरब देशलाई थाहा हुन्छ । तेलमा धनी अरब देशलाई आफ्नो तखतमा राख्न पश्चिमा देशहरूले अरबको भूगोलमा फैलाएको अशान्ति, विभाजन र विग्रहको घाउ अझै चहराउन कम भएको छैन । अरब जसको हातमा हुन्छ, संसार उसैको हातमा हुन्छ भन्ने यथार्थ बुझेका पश्चिमा शक्तिले त्यो भूगोलमाथि आफ्नो निगरानी बलियो बनाउन प्यालेस्टाइनी जनतालाई आफ्नो थातथलोबाट लखेट्दै इजरायल नामको अर्को देश नै बनाए । दोस्रो विश्वयुद्धयता संसारकै सबभन्दा अस्थिर र विभाजित भूगोल हो अरब । पश्चिमा शक्तिले त्यो भूगोलमा आफ्नो हात सधैँ माथि राख्न कतिबेला मानवअधिकारको डण्डा चलाउने अनि कहिले आर्थिक समृद्धिको आधार भनी फुर्काउने ‘लट्ठी र गाजर नीति’ अवलम्बन गर्दै आएको छ ।

    पश्चिमाहरूले भनेजस्तो गर्न तयार नहुँदा र आफ्नो देशसँग भएका प्राकृतिक स्रोतसाधन उनीहरूको हातमा दिन नमान्दा इरानमाथि पश्चिमा देशहरूको कडा नाकाबन्दी आज पनि उस्तै छ । इतिहासमा सभ्यताको केन्द्र इराक आज पश्चिमा हस्तक्षेपको कारण अराजकता र अशान्तिको भुँवरीमा फसेको छ । दोस्रो विश्वयुद्धपछि उपनिवेशवादको विरोधमा समाजवादी आन्दोलन अघि बढाएका अरब देशहरू आज फेरि पनि पश्चिमा प्रजातन्त्रको दावानलमा डुबेका छन् ।

    अरब देश प्राकृतिक स्रोतसाधनले धनी भएर पनि त्यहाँ शासक वर्ग पश्चिमा शक्तिको पछि लाग्दा आज अरबी जनताले कदाचित भोग्न नपर्ने कठिन समय भोग्न बाध्य छन् । उनीहरूबिच आपसमा विभाजनको विष फैलाएर बाह्य शक्तिले त्यहाँको प्राकृतिक स्रोत आफ्नो नियन्त्रणमा पारेको छ । अरबको तेलको मूल्त्न्दा बढी संरा अमेरिकाले त्यहाँ हातहतियारको अथाह आपूर्ति गर्दा मानव सभ्यताको त्यो आदिभूमिको आकाशमा सधैँ युद्धको बादल मडारिरहेको छ ।

    समय बगिरहन्छ । तर, समयले सधैँ सिक्नको लागि केही न केही पाठ छोड्दै गएको हुन्छ । अरब देशले भोगेको पश्चिमा देशहरूको ‘फुट गर र राज गर’ को नीतिको दुष्परिणामबाट सिक्दै आज उनीहरूले धेरै कुरा सिकिसकेका छन् ।

    पश्चिमा साम्राज्यवादी शक्तिले जन्मजात बोकेको हस्तक्षेप, विभाजन र आक्रमणको अन्त्यहीनताबाट त्राण पाउन आज अरब विश्व सबल विकल्पको खोजीमा छ । पूर्वबाट उदाइरहेको चीनसँगको सहकार्यलाई अरबले आफ्नो भविष्यको सहकार्यको बाटो बनाउन चाहेको पछिल्ला घटनाक्रमले पुष्टि गरिरहेका छन् । चीनका राष्ट्रपति सी चिनफिङ गत साता साउदी अरबको राजधानी रियादको भ्रमणमा हुनुहुन्थ्यो । प्रथम चीन–अरब देश शिखर सम्मेलन र चीन–खाडी सहकार्य परिषद् शिखर सम्मेलनमा सहभागी बन्न उहाँ रियाद पुग्नुभएको थियो । कोभिड–१९ महामारीको कारण लामो समयदेखि देश बाहिर नहिँडेका सीको अरब भ्रमण कोभिडपछिको दोस्रो अन्तर्राष्ट्रिय भ्रमण हो । रियाद भ्रमणको क्रममा भएका अन्य धेरै बहुपक्षीय र दुईपक्षीय भेटघाट र बैठकले आगामी दिनमा अरब र चीनबिचको आपसी सहकार्य र संवाद अझ घनीभूत बन्दै जानेछ । सीको अरब भ्रमणबारे प्रतिक्रिया दिँदै संयुक्त अरब इमिरेट्सका रणनीतिविद् इब्राहिम हासेमले आगामी पाँचदेखि दस वर्षसम्मको चीन–अरब सम्बन्धलाई सीको भ्रमणले निर्देशित गर्ने बताए ।

    सीको अरब भ्रमणले प्रस्टतः पश्चिमा शक्तिहरू, विशेषतः संरा अमेरिकाका राष्ट्रपति जो बाइडेनले ‘प्रजातन्त्र’ को नाम फलाक्दै संसारलाई फेरि पनि विभाजन गर्ने नीति खारेज गरेको छ । ‘प्रजातन्त्र’ र ‘गैरप्रजातन्त्र’ भन्दै विश्वलाई विभाजित गर्ने र आफ्नो रुग्न विश्व व्यवस्थालाई फेरि पनि अक्षुण्ण राख्ने बाइडेन नीतिलाई सीको भ्रमणले गतिलो उत्तर दिएको छ । उहाँको भ्रमणले निषेध होइन, सहकार्यले मात्र विश्वको कल्याण हुने सन्देश प्रवाह गरेको छ ।

    दोस्रो, सीको भ्रमणले पश्चिमा दबाब, कोभिड महामारी र आर्थिक सङ्कटको कारण सुस्त बनेको बेल्ट एन्ड रोड परियोजनालाई गतिवान् बनाउन भूमिका खेल्नेछ । राष्ट्रपति सीले सन् २०१४ मा विश्वभरको विकास र समृद्धिको लक्ष्यसहित अघि बढाउनुभएको बीआरआई परियोजना कार्यान्वयनमा आए संसारमाथिको आफ्नो प्रभुत्व कमजोर हुने सङ्कीर्ण निष्कर्षसहित पश्चिमा शक्तिले त्यो परियोजनाप्रति वैरभाव राख्दै आएको छ । कोभिड महामारीको कारण बाध्यतावश पनि यो परियोजनाले अपेक्षित गति लिन नसके पनि आगामी दिन यसको गतिलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बलियो आधार सीको अरब भ्रमण भएको छ । अरब देश र खाडी सहकार्य परिषद्सँगको शिखर सम्मेलनमा बीआरआईलाई कार्यान्वयनमा लाने विषयमा महत्वपूर्ण सहमति भएका छन् । वास्तवमा बीआरआई परियोजनाको कार्यान्वयनले सिङ्गो अरब देशलाई बहुआयामिक लाभ हुनेछ । यसले अरबको अर्थतन्त्रलाई पश्चिमा शक्तिमा मात्र निर्भर रहने अवस्थाको अन्त्य गर्नेछ । अरबको तेलले अझ फराकिलो बजार पाउनेछ । फलतः अरब देश आर्थिकरूपमा अझ सबल हुनेछन् । साथै, चीनसँगको सम्बन्ध बिस्तार हुँदा अरब देश राजनीतिकरूपमा पनि बलियो बन्न मद्दत गर्नेछ । अरबसँग चीनको यो सम्बन्धले सन् २०४९ सम्ममा संसारको शक्तिशाली विकसित समाजवादी देश बन्ने चिनियाँ लक्ष्य पूरा गर्न मद्दत गर्नेछ ।

    रियादमा राष्ट्रपति सीले दिनुभएको मन्तव्यले अरबका जनताले हिजो पश्चिमा शक्तिसँगको सहकार्य र आज चीनसँगको सहकार्यबिच तात्विक अन्तर हुने अनुभव गरेको हुनुपर्छ । पश्चिमा देशका नेताहरू अरब भ्रमणमा आउँदा अरबी शासकहरूलाई आदेश दिएर जान्थे । मानौँ, पश्चिमा साम्राज्यवादी शक्तिका राष्ट्रप्रमुखहरू सम्राट हुन् र अरबका शासक उनीहरूको तखतमा चल्ने छोटे राजाहरू हुन् । त्यस्ता बैठकमा आपसी सम्मान र हितको कुरा कम, पश्चिमाहरूका चाहना बढी हाबी हुन्थ्यो । तर, सीले त्यसको ठीक विपरीत अरबलाई रणनीतिक साझेदारको रूपमा लिएर समानता र आपसी हितलाई जोड दिनुभएको छ । उहाँले अरब र चीनबीचको सम्बन्धलाई दुई सभ्यताबिचको सम्बन्धका रूपमा ‘ऐक्यबद्धता र आपसी सहकार्य, समानता र आपसी लाभ र समावेशी र आपसी सिकाइ’ को भावनाबाट मलजल गर्नुपर्ने धारणा राख्नुभयो ।

    चीनले अरू देशका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गर्दै, सही अर्थमा बहुपक्षवादको अभ्यास गर्ने र विकासशील देशका वैध अधिकार र हितको रक्षा गर्नेमा जोड दिँदै आएको छ । उसले कुनै पनि देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानप्रति बलियो समर्थन गर्दै आएको छ । चीनको यो नीति अरब देशसँग बलियो सम्बन्ध बिस्तार गर्ने दरिलो आधार हुनेछ ।

    संसारकै ठूला अर्थतन्त्र मानिएका चीन र अरब विश्वबिच हरित र न्यून कार्बन उत्सर्जन हुने विकास, स्वास्थ्य र चिकित्सकीय सेवा, लगानी र वित्तको क्षेत्रमा हुँदै आएको सहकार्यमा प्रगति गर्दै हवाई उड्डयन, अन्तरीक्ष, विद्युत्तीय अर्थतन्त्र र आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगका नयाँ सम्भावनाको खोजी गर्ने शिखर सम्मेलनमा सहमति भएको छ ।

    सीले आफ्नो भाषणमा प्रस्टतः पश्चिमा देशहरूलाई औँल्याएर मध्यपूर्वका जनता नै सो क्षेत्रका मालिक भएको बताउनुभयो । यसबाट उहाँले सो क्षेत्रका राजनीतिक, आर्थिक आदि समस्याको समाधानको मुख्य कडी अरबी जनता हुनुपर्ने प्रस्ट पार्नुभयो । यो वाक्य आफै पनि पश्चिमा शक्ति र चीनबिचको फराकिलो अन्तरको दसी हो । सीले प्यालेस्टाइनी जनतामाथि भएको इतिहासका अन्यायहरूलाई बेवास्ता गर्न नसकिने भन्दै प्यालेस्टाइन मुद्दाको हलबिना मध्यपूर्वमा शान्ति र स्थायित्व ल्याउन नसकिने पुरानै अडान दोहो¥याउनुभयो ।

    अरबलाई पश्चिमा शक्तिहरूले आफ्नो आँगन सोच्न छोडेका छैनन् । अरबका प्राकृतिक स्रोत साधनमाथि आफ्नो हतियारले पहरा दिने उनीहरूका पुराना मान्यता अझै बदलिएको छैन । अर्को शब्दमा भन्दा पश्चिमा देशका सरकारमा जोसुकै सत्तासीन भए पनि संसारमाथि एकध्रुवीय प्रभुत्व जमाउने चिन्तन अद्यापि कायम नै छ । अनि आफ्नो प्रभुत्वलाई चुनौती दिन खोज्ने शक्तिलाई ऐनकेनप्रकारेन कमजोर बनाउने दाउपेच खेल्न उनीहरूले छोडेका छैनन् । आजको विश्वमा पश्चिमा प्रभुत्ववादलाई चुनौती दिने सामथ्र्य भएको शक्ति चीन भएको वास्तविकता उनीहरूले धेरै अघि नै थाहा पाएका हुन् । तसर्थ, चीनलाई चारैतिरबाट घेरेर सोभियत सङ्घलाई जस्तै असफल बनाउने उनीहरूको रणनीति हो । तर, इतिहासका कठिनभन्दा कठिन परिस्थिति सामना गरेर आजको उचाइ हासिल गरेको चीन र चिनियाँ जनताको अनुभवले पश्चिमाहरूको यो भेउ पाइसकेका छन् । त्यसकारण, चीनलाई सोभियत सङ्घलाई जस्तै विफल बनाउन पश्चिमाहरूलाई सजिलो छैन । पश्चिमाहरूले चीनलाई घेराबन्दी गर्नु त परको कुरा, अहिले चीनले पश्चिमा शक्तिका कथित प्रभाव क्षेत्रसँग समेत आफ्नो सकारात्मक प्रभाव बिस्तार गर्दै छ । सीको अरब भ्रमणलाई पश्चिमा देशहरूले आफ्नो मुटुमाथि सुइरो रोपेको अनुभव गर्न सक्छन् । चीनसँग सम्बन्ध बिस्तार गर्ने अरब देशहरूलाई उनीहरूले प्रजातन्त्र नभएको, तानाशाही, मानवअधिकार हनन गरेको जस्ता अनेकन बहानामा आरोप लगाएर बदनाम गर्र्नेछन् । आफ्नो कुरा मान्दा प्रजातन्त्र भएको र मानवअधिकार पालना भएको मान्ने अनि त्यसो नगर्दा प्रजातन्त्र र मानवअधिकार नभएको दोषारोपण गर्ने पश्चिमा शक्तिको पुरानो दोहोरो नीति हो । तर, आज संसारलाई उनीहरूको पाखण्डीबारे पनि राम्ररी थाहा भइसकेको छ । तसर्थ, आज उनीहरूका यस्ता आरोपलाई पनि कसैले पत्याउने अवस्था छैन । अब अरब देशहरूलाई पश्चिमा तखत नस्वीकार्ने सार्वभौम अधिकारबाट कसैले रोक्न सक्नेछैन । आफ्नो हित कुन देशसँग सम्बन्ध बिस्तार गर्दा हुन्छ भन्ने कुराको बोध अरब देशलाई छ ।

    अरब देश कतारमा फिफा विश्व कपका खेलहरूको मचामच चलिरहेको बेला रियादमा चीनका राष्ट्रप्रमुखको भ्रमणले अन्तर्राष्ट्रिय समुदायमा राजनीतिक तरङ फैलाइरहेको थियो । विश्व कपको विजेता को हुने हो, अब केही दिनपछि टुङ्गो लाग्ला । तर, रियादबाट चीनका राष्ट्रपति सीले भने अरबी जनताको मन भने जितेर फर्किसक्नुभएको छ ।

    – नीरज लवजूको लेख अनलाइन मजदूरबाट साभार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नीरज लवजू

      नीरज लवजू

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      नेपाल रिडर्स
      कार्तिक २२, २०८१

      लमजुङबाट माओवादी विचारबाट प्रेरित बिद्रोहको बाटो हिडेका केशवलाल श्रेष्ठको राजनीतिक उतारचढावबारे नेपाल रिडर्सका लागि शिव कुमार पौडेलसँग केशवलाल श्रेष्ठको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.