Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के ‘लक्ष्मी’हरू साँच्चिकै ‘धनधान्य’ छन्?

लक्ष्मीको पूजा गर्ने नेपाली समाजका महिलाहरू साँच्चिकै धनधान्य छन् त? आजसम्म कति नेपाली महिलाहरूले आफूलाई घरसम्पत्तिको मालिकका रूपमा आफूलाई बुझ्लान्?

मेनुका बस्नेत मेनुका बस्नेत
कार्तिक १८, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जब महिलाहरूले धार्मिक संस्कारबाट नै प्रश्रय पाएका हिंसा र भेदभावलाई केलाउन थाल्छन्, तब एउटा समूह कुर्लन्छः ‘हाम्रो धर्मले त महिलालाई देवीका रूपमा पुज्छ।’ महिलालाई ‘सेकेण्ड सेक्स’ देख्ने र तर लोकाचारका लागि समताको शिलोक गाउनेहरूका लागि ‘देवीपूजा’ बलियो भाष्य हो। तर महिलालाई ‘देवी’का रूपमा पूजा गर्ने यसै समाजमा महिलामाथि हुने हिंसाका घटनाको तथ्यांक हेर्ने हो भने कहालीलाग्दो छ। देवी पुजिने भारतको त कुरै अर्को भयो, नेपालमा मात्रै दैनिक ६ देखि ७ जना महिलाको बलात्कार हुने गरेको तथ्यांकले ‘देवी पूज्ने नेपाली समाज’लाई गिज्याइरहेको छ।

    नेपालमा बहुसंख्यक हिन्दु धर्मावलम्बीहरूका विभिन्न ‘क्याट्गरी’का देवी छन्। शक्तिकी देवी, विद्याकी देवी, धनकी देवी आदि। रोग र महामारीहरूमा जन्माइएका देवीहरू पनि उत्तिकै छन्। तर विडम्बना, नेपाली समाजमा महिलाहरू न शक्तिशाली छन्, न सबै महिला विद्यावती छन्, न त धनवान् नै। नेपालमा विभिन्न राजनीतिक र सामाजिक चेतनामा आएका परिवर्तनका कारण महिलाहरूले शिक्षा आर्जन गर्ने मौका त पाए, तर अझै कतिपय महिलाहरू शिक्षाको ज्योतिबाट बंचित छन्। अवसर पाएका महिलाहरू पनि आफूले चाहेजति अध्ययन गर्न र उच्च शिक्षा हासिल गर्न आज पनि संघर्षरत नै छन्।

    पूजा मात्रै कि अधिकार पनि !

    महिलालाई शक्तिको प्रतिकका रूपमा पूजा गर्दै भर्खरै हिन्दुहरूले ‘महान् दशैँ’ मनाए। र, अहिलेको समाजमा शक्ति प्राप्त गर्ने प्रमुख आधार भनेको शिक्षा र सम्पत्ति नै हुन्। तर शिक्षा र सम्पत्ति आर्जनमा महिलाहरू संकुचित रहेको अवस्थामा ‘देवी पुज्ने समाज’को धक्कु कति जायज होला? हाम्रो भालेवादी समाजमा महिलामाथि विभेद र हिंसाका अनेक रूप छन्। सभ्य र सुसंस्कृत भनिने आजको युगमा, यो देशमा अझै पनि महिला पुरुषसरह स्वतन्त्र छैन। महिलाका सैयौं पुस्ताले विभिन्न क्षेत्रका अधिकारका लडाइँ लड्ने क्रममा आजका महिला कम्तिमा आफ्नो आवाज ठाउँमा पुगेका छन्। अझैपनि धेरै कुरा प्राप्त गर्न बाँकी नै छ। प्राप्त गर्न बाँकीमध्ये अहिले तिहार र लक्ष्मी पूजाको सन्दर्भमा सम्पत्तिमा महिलाको अधिकारको कुरा उठाउँदै छु।

    अचेल ‘हिन्दू’ भनिने ‘वैदिक सनातनी धर्म’मा लक्ष्मीपूजा विशेष रूपले मनाउने गरिन्छ। पश्चिमा पूँजिवाद र उपभोक्तावादको प्रभावले अहिले त डलर, युरो र दिर्हामका नोटहरूसमेत थुपारेर ‘लक्ष्मीको पूजा’ हुन थालेको छ। दोस्रो ठूलो मानिएको चाड तिहारअन्तर्गत पर्ने लक्ष्मीपूजा शायद नेपालीले मनाउने देवी पूजामध्येको सबैभन्दा बढी धुमधामका साथ मनाउने पर्व हो। ‘धनधान्यकी देवी लक्ष्मी’को पूजाका लागि बिहानैदेखि ‘घरका लक्ष्मी’हरूलाई सरसफाइको चटारो त छँदैछ, सँगै विभिन्न थरीका फूलमामाल, सर्दाम र बत्तीको जोहो पनि आवश्यक छ। लक्ष्मी पूजाको दिन धनकी देवी लक्ष्मीको पूजा गरेमा मानिस समृद्ध, सम्पन्न र भरिपूर्ण हुने विश्वास गरिन्छ।

    तर के लक्ष्मीको पूजा गर्ने नेपाली समाजका महिलाहरू साँच्चिकै धनधान्य छन् त? आजसम्म कति नेपाली महिलाहरूले आफूलाई घरसम्पत्तिको मालिकका रूपमा आफूलाई बुझ्लान्? सरकारी तथ्यांक हेर्ने हो भने महिलाका नाममा जग्गा वा घर पास गर्दा करमा छुट हुने नीतिका कारण सम्पत्तिमा महिलाहरूको स्वामित्व बढ्ने क्रम जारी छ। तर के ती सबै महिलाहरू आफ्नो नाममा भएका सम्पत्तिमाथि निर्णय गर्न सक्षम छन् त? तिनलाई त्यो अधिकार दिइएको छ त? सम्पत्तिमा महिलाको स्वामित्व (भोग गर्ने र निर्णय गर्न सक्ने अधिकारसहित) बढाउनका लागि सबैभन्दा महत्वपूर्ण कदम हुन्छः पैतृक सम्पत्तिमा छोराझैँ छोरीको पनि बराबर अधिकार।

    सम्पत्तिको मालिक को ?

    अहिलेसम्मको हाम्रो सामाजिक अभ्यासअनुसार अधिकांश परिवारमा निजी सम्पत्तिको मालिक पुरुष नै हुन्छ र छ। छोरा जन्मिनेबित्तिकै वंश र अंशको मालिक बनाइन्छ, छोरी भने ‘पराइ धन,’ हुन्छे। छोरीलाई अनिवार्य रूपमा शिक्षा दिलाउने अभिभावक पनि उनको विवाहको लागि केटाको चरित्र र बानी व्यवहोरा होइन, ‘सम्पन्न’ घरपरिवार खोज्छन्। यसको एउटैमात्र कारण होः सम्पत्तिमा छोरीको आफ्नो स्वामित्व नहुनु। यदि पैतिृक वा बुवाआमाको सम्पत्तिमाथि छोरीको पनि समान हक हुन्थ्यो भने न त केटीले ‘धनी’ परिवारको केटासँग विवाह गर्न कुनै सम्झौता नै गर्नुपथ्र्यो न त लोग्नेका घरमा दासी र नोकर्नीका रूपमा बस्न बाध्य हुन्थी। एकाध असल उदाहरणहरू होलान् तर बुहारीहरूको हालत प्राय : दासीकै हुने गरेको छ।

    कानुनी रूपमा छोरीले पनि छोराले जस्तै बुवाआमाको सम्पत्ति प्राप्त गर्छन्। बिवाह भएका भएका छोरीको हकमा पनि समान अंशको अधिकार छ। तर बिवाह भएका महिलाहरूको हकमा केही कानुनी अस्पष्टता भएकाले अदालतको व्याख्या औंल्याउने गरिएको छ। यसको मतलव यदि बिवाहित र अबिवाहित दुबै महिलाले पैतिृक सम्पत्तिमा दाबी गरे भने दुबैले छोरासमान सम्पत्ति पाउँछन्। तर, हाम्रो समाजमा हेर्दा, पहिलो कुरा, छोरीले सम्पत्तिमा दाबी गर्न नै हिच्किछाउँछे भने दाबी गरिहाले पनि सहमतिमा सम्पत्ति पाउने सम्भावना एकदमै कम हुन्छ। सम्पत्तिको मागले ‘घर र समाजको शान्ति’ खल्बलिन्छ।

    त्यसैले मुद्दाामामिला झेल्नुपर्ने र ‘माइति रिसाउने’ डरले आज पनि अधिकांश छोरीहरू आफ्नो अंशमाथि दाबी गर्ने हिम्मत राख्दैनन्। यदाकदा छोरीलाई पनि अंश दिएका घटनाहरू समाचार नै बनेर आउने गरेका छन्। कसै–कसैले सम्पत्तिको थोरै भाग (अंशको रुपमा होइन) छोरीलाई दिने गरेका छन्। कसैले ‘दया–माया’ले त, कसैले अधिकारकै रूपमा। तर यो अधिकार यदि समान हुँदैन भने अर्थात् छोरालाई जति नै सम्पत्तिको अधिकार दिइँदैन भने ‘छोरीलाई पनि दिएकै छौं नि’ भनेर गर्व गर्नुको कुनै औचित्य हुँदैन।

    हिंसाको कारक

    हामीले ‘छोराछोरी बराबरी’को नारा बोकेर हिँडेको वर्षौं भइसक्यो। सचेत र शिक्षित परिवारमा यसको अभ्यास पनि हुन थालेको छ। तर, एउटा मान्छे बाँच्नका लागि प्रमुख रूपमा जे आवश्यक पर्छ, त्यसमा नै अधिकार सम्पन्न नबनाएसम्म महिला सधैं नै निरिह भइरहन्छन्।

    हामी आफैँ विचार गरौँ त, तपाईंको खल्तिमा केही रुपैयाँ हुँदा र नहुँदामा तपाईंको आत्मविश्वासमा कति फरक पर्छ? एउटा पुरुषले आफ्नी श्रीमतीमाथि किन हात लगाउँछ? किनकि श्रीमान सम्पत्तिको मालिक छ र श्रीमती त्यसको हेरचाह गर्ने दासी। प्रायजसो घरेलु हिंसामा महिलाले पाउने गरेका गालीका शब्दहरू यस्ता हुन्छन्ः ‘तेरो यहाँ के नै छ र ?,’ ‘माइतीबाट के ल्याएकी थिइस्?,’ ‘अर्काको सम्पत्ति खान आएकी !’

    यसबाट पनि हामी अनुमान गर्न सक्छौँ, अधिकांश महिलाले हिंसा भोग्नुपर्ने प्रमुख कारण महिला शक्तिहिन (लक्ष्मीहिन) हुनु हो। र, अहिलेको समयमा शक्तिको प्रमुख कारकमध्येमा सम्पत्ति पनि पर्छ। यदि महिलाको आफ्नै सम्पत्ति हुन्थ्यो भने लोग्नेको पिटाई र अपहेलना सहेर अवश्य बस्दैनथे। पैसा हुँदा महिला स्वयं आफूले चाहेको शिक्षा आर्जन गर्न सक्छन्, चाहेको ठाउँ जान सक्छन् र आफ्नै घरमा सम्मानपूर्वक बाँच्न सक्छन्।

    सम्पत्तिवाला श्रीमानको रोजाई

    अंग्रेजीमा एउटा शब्द छ, ‘गोल्ड डिगर।’ यो शब्द मैले सामाजिक सञ्जालतिरै देखे/सुनेको हुँ। सामाजिक सञ्जालमा त्यस्ता केही भिडियोहरू देखाइन्छन्, जहाँ एउटी महिलाले एउटा पुरुषलाई सामान्य देखुन्जेल वास्ता गर्दिनन्। र, जब ती पुरुषले आफू सम्पत्तिवाला भएका केही सूचकहरू (जस्तैः आइफोन, महंगा कार आदि) को प्रदर्शन गर्छन्, महिला त्यस पुरुषप्रति अचानक आकर्षित हुन्छिन्। यी भिडियोहरूले महिलाहरू ‘लालची’ हुन्छन् भन्ने देखाउन खोजिरहेका हुन्छन्। त्यस्ता महिलालाई ‘गोल्ड डिगर’ भन्ने गरिन्छ।

    यस्ता भिडियोबाट रन्थनिएपछि मैले ‘गोल्ड डिगर’ को अर्थ नेटमा खोजें। त्यहाँ यसको अर्थ यस्तो भेटियोः “त्यस्तो व्यक्ति जसले पैसा प्राप्त गर्नकै लागि अरुसँग सम्बन्ध बनाउँछन्, खासगरी महिला, जो धनी पुरुषसँग विवाह गर्न या सम्बन्ध विस्तार गर्न प्रयास गर्छे।” यसबाट स्पष्ट छ कि सम्पत्तिकै लागि विवाह गर्नेमा खासगरी महिला नै हुन्छन् भन्ने शन्देस, भाष्य र भ्रम हामीमाझ व्याप्त छ।

    यदि यो कुरा सत्य नै हो भनेपनि यस कुरालाई लिएर महिलालाई दोष दिनुको सट्टा यस्तो अवस्था सिर्जना गर्ने समाजको शल्यक्रिया गर्नुपर्छ। हाम्रो सामाजिक संरचना, मानसिकता र छोरीले घरपरिवारबाट पाउने वातावरणको अध्ययन गर्नुपर्छ। एउटा परिवार गठन हुने क्रममा अर्थात् विवाहका लागि धनसम्पत्ति, शिक्षा, रोजगार, आवासलगायत धेरै कुराबाट सम्पन्न पुरुष तथा उभन्दा थोरैमात्रै भएपनि विपन्न महिलाको जोडीलाई समाजले रुचाउने गरेको छ।

    यस्तो समाजमा हुर्किएका महिलाले समाजले तोकेकै फ्रेमभित्र रहेर आफ्नो जीवनसाथीको कल्पना गरेकी हुन्छे वा सोहीअनुसारको जीवनसाथी रोज्छे। त्यसो हुँदा कतिपय शिक्षित महिला पनि समाजमा ‘चलेको चलन’विरुद्ध गएर आफ्नो लोग्ने रोज्न सक्दिन। हिजोआज भने त्यसमा थोरै परिवर्तनहरू देखिन पनि थालेका छन्।

    त्यसैले ‘शक्तिकी प्रतिक’ पुज्ने समाजमा महिला शक्तिहिन हुनु, विद्याकी देवीको पूजा गर्ने समाजका महिलालाई भनेजति पढ्न सहज नहुनु र धनकी देवी पुज्ने समाजमा महिला सम्पत्तिविहिन हुनु लज्जाको विषय मात्रै होइन, समाजलाई सदियौँ पछाडि धकेल्ने कारक पनि हुन्। त्यसैले ‘देवीको पूजा गरेका छौँ, यसरी महिलाको सम्मान गरेका छौं’ भनेर खोक्रो गर्व गर्नुभन्दा आफ्ना घरका महिला सदस्यलाई हरेक अवसरमा समान पहुँच पुर्‍याउन मद्धत गर्ने गरौं र महिलालाई साँच्चिकै ‘धनधान्य, शक्तिशाली र लक्ष्मी’ बनाऔँ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मेनुका बस्नेत

      मेनुका बस्नेत

      बस्नेत नेपाल रिडर्सकी संवाददाता हुन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.