Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

यक्ष प्रश्नमा वामदेवको जवाफ-दुवैथरीलाई मिलाउँछु भनेर सोचेको थिएँ…

म त्यहाँ पुगिसकेपछि माधव नेपाल बोल्न नपाउँदै केपी ओलीले भन्नुभयो, ‘तपाईंले आइजीपी र गृृहसचिवलाई हटाउने, यी दुईवटा काम तुरुन्तै गर्नुपर्छ। त्यसबेला मैले माधव नेपाललाई सोधेँ, ‘तपाईंको सल्लाह हो त्यो ?’ उहाँले "हो" भन्नुभयो।

वामदेव गौतम वामदेव गौतम
मंसिर १८, २०७९
- राजनीति, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालमा कम्युनिष्ट पार्टीले पाउने जनमत ठूलो भए पनि त्यो जनमतको सम्मान गर्न नेतृत्वले सकिरहेका छैनन्। तिनीहरुका अहम् र व्यक्तिगत स्वार्थका कारण वाम आन्दलोनलाई विभिन्न टुक्रामा विभाजित गर्न उद्दत भएका छन् तर आम वाम आन्दोलनको प्रवृत्ति एकता उन्मुख छ। यस्तो प्रवृत्ति अहिले चरम चर्चाको बिषय बनेको छ र प्रश्नहरु उठ्दैछन् – यसअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा (नेकपा) फुटमा को दोषी? कम्युनिष्ट पार्टीहरुबीच कसरी एकता होला? र अबको वामपन्थी आन्दोलन कसरी अगाडि बढ्ला? लगायतका बिषयसहित फेरि कम्युनिष्टहरु एक हुनुपर्ने कुरा उठिरहँदा पहिले गरिएका एकतामा ती दलका नेतृत्वले के कस्ता चालबाजी र बेइमानी गर्दा ती असफल हुन पुगे। ती बेइमानी बुझ्न, समान मुद्दा भएका पार्टीहरु चुनावमा किन एक भएर जान सकेनन्? चुनावमा कम्युनिष्ट पार्टीहरु नै एकअर्कासँग लडे? र असफलबाट पाठ सिक्नसमेत २०७९ कार्तिक ९ गते प्रशारित ‘हिमालय टिभी’को ‘यक्ष प्रश्न’मा नेकपा एमालेका पूर्व नेता वामदेव गौतमसँगको यो अन्तर्वार्ता सान्दर्भिक ठानेर अन्तर्वार्ताका क्रममा दिएको जवाफको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ-

    नेकपा विभाजनतर्फ उन्मूख हुने क्रममा दुईवटा समूहका नेताहरू एक अर्कालाई निषेध गर्ने स्थितिमा जान थाल्नुभयो। म ती दुवैमा जान सकिनँ। मैले प्रतिनिधि सभा विघटनलाई समर्थन गर्न सकिनँ, आफ्नै पार्टीको प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव राख्न पनि मेरो नैतिकताले दिएन। त्यसैले म यस्तो नगरौं, मिलौं भन्ने पक्षमा गएँ। त्यसो भन्दै गर्दा कहिले एउटा पक्ष मिल्न तयार हुन्छ, अर्को तयार हुँदैन।

    त्यही क्रममा सर्वोच्च अदालतले पार्टी विभाजन गरिदियो। एमाले सग्लै भएको भए म त्यही हुने थिए। किनभने त्यो मैले निर्माण गरेको पार्टी हो, अहिले बाँचेकाहरू मध्ये सबैभन्दा धेरै मेरै योगदान छ त्यो पार्टी निर्माणमा। तर त्यो फेरि विभाजन उन्मूख भयो। माधव – झलनाथ एकातिर र केपी ओली अर्कोतिर भएपछि त्यसलाई कसरी मिलाउने भन्ने प्रयत्नमा म लागेँ। त्यसका लागि अनेक गरेँ।

    दशभाइको कार्यदल माधव नेपालले स्वीकार गरेनन्
    विवाद मिलाउनका निम्ति उहाँहरूले एउटा कार्यदल बनाउनुभयो, त्यो कार्यदल बनाउनु त्रुटीपूर्ण थियो। किनभने नेताहरूले अर्को नेतालाई मिलाउनका लागि दुवै पार्टीका दोस्रो/तेस्रो तहका व्यक्तिहरूको कार्यदल संसारमा काहीँ पनि हुँदैन। नेता मिल्नका लागि नेताले डाइरेक्ट कुरा गर्नुपर्छ। म त्यसमा लागिरहेको थिएँ। त्यतिकैमा त्यो कार्यदल बन्यो, कार्यदलले अनेक कोशिस गर्यो।
    कार्यदलका सदस्यहरूले भने बमोजिम केपी ओलीलाई पनि त्यही प्रतिवेदन दिइएको हो र माधव नेपाललाई पनि त्यही दिएको हो। माधव नेपालले जे–जे भन्नुभएको छ, ती सबै समावेश गरिएको छ, तर माधव नेपालले अन्त्यमा मान्नुभएन। प्रतिवेदनमा नभएको तर कार्यदलका सदस्यहरूले भनेको विषय होः माधव नेपालले अध्यक्ष माग्नुभयो। केपी ओलीले दुईवटा अध्यक्ष बनाउने प्रस्ताव गर्नुभयो। दुईवटा अध्यक्ष हुँदा बराबर हैसियत हुने भन्ने सम्मको कुरा भयो। तर सिरियल नम्बरमा १ नम्बरमा केपी ओलीको र दुई नम्बरमा माधव नेपालको नाम राख्ने भन्दा केपी ओली तयार हुनुभयो। माधव नेपाल तयार हुनुभएन। यसमा षड्यन्त्र छ भन्नुभयो, मिल्न सक्नुभएन।

    उहाँले त्यसो गरेको हुनाले कार्यदलमा भएका सबै केपीतिर गए। केपी ओलीतिरका पाँच त जाने नै भए, माधव नेपालतिरका पनि सबै गए। किनकि उनीहरू त्यस(प्रतिवेदन)मा प्रतिबद्ध थिए। माधव नेपालले भनेरै गरेको भन्थे। यद्धपि केपी ओली पछि उहाँहरूलाई बदला लिने किसिमले जानुभयो। त्यसरी गएका कसैले पनि टिकट पाएका छैनन्। केपी ओलीको बदला लिने भावना र पार्टीभित्र आफू बराबर कोही पनि नआओस् भन्ने ईच्छा हो। उहाँले त्यसलाई कार्यरुप दिनुभयो।

    मैले त्यो सबै अवस्थामा सधैंभरी मिलाउनका निम्ति प्रयत्न गरेँ। तर त्यो सम्भव भएन। त्यो सम्भव नभएपछि एक किसिमको संगठन बनाउनुपर्यो, जसले दुईवटालाई मिलाउने कोशिस गर्छ। तल्लो तहमा सबैलाई एकताका निम्ति आग्रह गरेर लैजाने कुरा भयो र माथि केन्द्रमा मैले गर्ने भएँ। केन्द्रमा मैले अनवरत प्रयत्न गरेँ, अब मिल्छ भन्दाभन्दै मिल्दैन। तलतिर पनि मैले भनेजसरी काम हुन सकेन। जसरी म केन्द्रमा खटिएको थिएँ, त्यसरी तलतिर गएको भए सायद परिणाम अलि फरक आउन सक्थ्यो।

    वामदेवको पछिल्लो प्रयास
    अन्तिमपटक एकताको निम्ति पार्टी नै गठन गरेर जानुपर्यो भनेर गएको असार ११ गते पार्टी गठन गरियो। र, मैले सबै नेताहरूसित खासगरी नेकपाकालका मुख्य नेताहरू केपी ओली, प्रचण्ड र माधव नेपालसित कुरा गरेँ। कतिपय विषयमा केपी ओली बढी आक्रामक ढंगले प्रस्तुत हुनुभएको थियो, तर तिनलाई समाधान गर्न सकिन्छ भन्ने मलाई लागेको थियो। उहाँलाई लागेको थियो कि माधव नेपालसँग मिल्न सकिन्छ, किनकि ज्यादै कठिन अवस्थाका साथीहरू हौँ र गाली गरेका कुरा बिर्सन सकिन्छ। तर प्रचण्ड जीसँग अहिले भर्खरै मिल्न सकिँदैन भन्ने उहाँलाई लागेको थियो। विगतमा हामीले बिषयगत मतभिन्नताहरूको समाधान नगरीकन पार्टी एकता गरेको हुनाले पनि यस्तो अवस्था आएको हो। तर, कार्यगत एकता गर्न तयार छु भन्ने उहाँको भनाई थियो।
    हाम्रो नेतृत्वमा बहुमत आइसकेपछि सरकार गिर्नै पथ्र्यो। नयाँ बनाउने र त्यो सरकारले चुनाव बनाउनेसम्मका विषय उहाँ (केपी ओलीले)ले अगाडि सारेका हुनाले उहाँ(माधव नेपाल र प्रचण्ड)ले माफी माग्नुपर्छ, लिखित दिनुपर्छ, सबै आरोप झुटा हुन भन्नुपर्छ भनेर ‘पुच्छर’ गाँस्नुभएको थियो। तर ती ‘पुच्छर’ कैँचीले काटेपछि हुन्छ भनेर म प्रचण्ड र माधवसित गएँ। उहाँहरूले केपीको त कुरै नगर्नू, बरु निर्वाचनपछि सहमति हुनसक्छ, निर्वाचन अघि त कुरै नगर्नू भनेपछि म त्यही स्टप भएँ।

    मैले गरेको कामको निम्ति त असफलता त बोक्नै पर्यो। मैले दुवैथरीलाई मिलाएर जान्छु भनेर सोचेँ, त्यसका निम्ति प्रयत्न गरेँ र नजिक– नजिक पनि पुर्याएँ। म मिलेर हुने भए म मिल्ने थिएँ, केपी ओलीले उहाँलाई लगाएको आरोपत्र फिर्ता लिनुस् भन्दा मैले फिर्ता लिउँ भनेँ, प्रचण्डले मान्नुभएन। म पार्टी एकताको मूल्यमा जुनसुकै बेला पनि त्यो फिर्ता लिन तयार थिएँ।

    केपी ओलीमाथि आरोपपत्र कसको?
    हामी दुई वर्षदेखि केपीको गलत कार्य र अनुचित कार्यशैलीको विरुद्धमा संघर्ष गरिरहेका थियौँ। ती संघर्षहरू पार्टीभित्र मेमोरीको रुपमा रहनुपर्छ। त्यसरी रहनका लागि लिखित हुनुपर्छ। मैले लिखित रुपमा अघि सारौं भनेँ। तपाईंले लेख्नुहोस् भनेर भनियो। मैले लेखेँ, उहाँहरूले त्यसलाई मान्नुभएन। नमानेपछि आफैं लेख्नुभयो। प्रचण्डले आफैं लेख्नुभएको हो। मैले लिखित राखौं भनेँ, किनकि दुई वर्षसम्म हामीले के गर्यौं भन्ने कुरा जनतालाई थाहा दिनु पर्दैन? भावी पुस्तालाई जानकारी दिनुपर्दैन? पछि गएर एउटाको मेमोरी एउटा हुन्छ, अर्कोले अर्को किसिमले बुझेको हुन्छ, त्यही राख्ने कि साच्चिकै दस्तावेज राख्ने भनेर मैले भनेँ। उहाँको बुद्धी खुल्यो। उहाँहरू लेख्न बस्नुभयो, मैले लेखेर दिएँ, त्यो भन्दा राम्रो लेख्छु भनेर आफैं लेख्नुभयो। आफैं प्रस्तुत गर्नुभयो।
    प्रस्तुत गर्दा उहाँहरूले सुस्त सुस्त पार्टी फुटाउने कुरा गर्न थाल्नुभयो। मैले पहिले नै भनेको थिएँ, यो पार्टी विभाजनको अस्त्र बन्नुहुँदैन। यो कसैले उक्साएर गरेको भन्ने कुरा होइन, यदि यो मैले गर्दा भएको हो भने वामदेवले नेतृत्व गरेको भनेर प्रचण्डले भन्नुपर्छ।

    म नेतृत्वमा रहेको व्यक्ति हो। तर, म पाँचजनाको गुट बनाउँ भन्ने पक्षमा होइन। अध्यक्षले बोलाईसकेपछि म जान्छु। दुवैजना अध्यक्ष मेरो लागि उत्तिकै सम्मानित छन्। उहाँहरूले अविश्वासको प्रस्ताव राख्ने योजना बनाउनु भन्दा अगाडि तीन महिना पहिले नै मैले थाहा पाएर दुईपटक सम्म अविश्वासको प्रस्तावलाई असफल गराएँ। र, अन्तिम पटकको योजना उहाँहरूले मलाई बताउनुभएन।

    उहाहरू भन्नुहुन्थ्यो, ‘केपी ओलीले कसरी पार्टी चलाउँछ? उहाँले पार्टी चलाएको थाहा छ?’ मलाई थाहा छैन, यो कुरा साचो हो कि उहाँलाई कसरी पार्टी सदस्य बनाउनुपर्छ, कसरी कोही मानिसलाई सदस्यसम्म विकसित गर्नुपर्छ र पार्टी सदस्यको निम्ति सिफारिस गर्नुपर्छ भन्ने उहाँलाई थाहा छैन। उहाँले अभ्यास नै गर्नुभएन। उहाँ १४ वर्ष जेल बस्नुभयो, आउनुभयो र एकैचोटी माथिल्लो स्तरमा बसेर काम गर्न थाल्नुभयो। हामीले त केही नबुझेको व्यक्तिलाई अक्षर चिनाएर सिद्धान्त बुझाएर पार्टी सदस्य दिएर हिँडाएका छौँ र आज ती मध्ये कतिपय केन्द्रीय सदस्य पनि भएका छन्।

    सांसद बन्ने र प्रधानमन्त्री महत्वकांक्षा
    मेरो प्रधानमन्त्री बन्ने महत्वकांक्षा होइन। मलाई हराउन उद्देश्यमूलक ढंगबाट अन्तरघात गर्न लगाइयो। माओवादीका १०,००० व्यक्ति र एमालेका ४ हजार व्यक्ति बिक्री भए। पैसा दिएको काँग्रेसका उम्मेदवारले हो। उहाँले ११ करोड खर्च गर्नुभएको छ। ती इतिहासको कालखण्डमा आउँछन्, कुनैबेला। म नै प्रमाण हुँ भन्न मिल्दैन। अहिले यो आरोप मात्र हो। मैले यही विषय छानबिन गरिदिनुस् भनेको हो।

    राष्ट्रिय सभामा त म जान्न भनेको हुँ। केपी ओलीले मलाई तपाईं चुनावमा जानुहोस्, राष्ट्रिय सभामा जानुहोस् भन्दा मैले ‘म राष्ट्रिय सभामा जान्नँ, म यसको योग्य व्यक्ति नै होइन। म प्रतिनिधि सभाकै योग्य व्यक्ति हुँ। त्यसकारण लैजाने भए प्रतिनिधि सभामा लैजानुहोस्’ भनेको थिएँ।

    प्रतिनिधि सभामा लैजाने कुरा कसैले पार्टीमा प्रस्ताव राख्यो, मैले हुन्छ भनेँ। त्यो विषय सचिवालयमा उठ्यो। प्रतिनिधि सभाबाट कुनै व्यक्तिलाई राष्ट्रिय सभामा लैजाने र वामदेवलाई निर्वाचनमा लगेर प्रतिनिधि सभामा लैजाने विषय सचिवालयमा सर्वसम्मत भएको हो। यो निर्णय मैले लेख्नु पनि पर्छ भन्दा प्रचण्डले सबै विषय लेखिँदैन भन्नुभयो। प्रधानमन्त्रीमा नाम लेखाउने कुरा उहाँहरूले नै भन्नुभएको हो। मलाई प्रधानमन्त्री बनाउने विषयमा प्रचण्डजीले त संसद मै बोल्नुभएको थियो।

    के भएको थियो पुष ४ गते?
    माधव–प्रचण्डले केपी ओलीलाई प्रतिगमनकारी भनेर लगाएको आरोप र ओलीले माधव–प्रचण्डलाई ‘गरी खान नदिएको’ भनी लगाएको आरोप दुवै गलत छन्। त्यत्रो ठूलो पार्टी चलाउन सक्ने औकात छैन यिनीहरूको। केपी ओलीदेखि लिएर प्रचण्डको असक्षमता मात्रै हो यो। आज हेर्नुहोस्, केपी ओली एक्लो बन्न चाहँदा रहेछन्। थोरै मात्रै गल्ति गर्नुभयो भनेर औँलो उठाउँ भने औलो नै भाँचिदिने र यता प्रचण्ड त महाधिवेशनबाट बनेको केन्द्रीय कमिटी, नीति निर्माण सबै एकैचोटी सिद्याउने र अध्यक्ष नै पार्टी हो, सचिवालय नै पार्टी हो भनेर हिँड्ने सम्म गर्ने व्यक्ति हुन्।
    पुष ५ गते संसद विघटन हुनु अघि अर्थात् २०७७ साल पुष ४ गते म संयोगले प्रचण्डकहाँ पुगेको थिएँ। प्रचण्डले मलाई बोलाउनुभएको थियो, म पुग्दा दुवै जना (केपी ओली र प्रचण्ड) थिए। तीन जना बसेर कुरा गर्दा केपीले भन्नुभयो, ‘मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन तयार हुनुहोस् र मलाई लगाएको आरोप फिर्ता लिनुहोस्।’ उहाँले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनका निम्ति प्रचण्डले तयार छु भनेर भन्नुभयो।

    तर, त्यो आरोप फिर्ता गर्न उहाँ मान्नुभएन। मैले उहाँलाई ‘फिर्ता लिनहोस्, यो हाम्रो लडाइँको जित हो’ भनेँ। र, त्यसबेला उहाँ अविश्वासको प्रस्ताव राखिहाल्ने, ओलीलाई हटाइहाल्ने र प्रधानमन्त्री बन्छु भन्नेमा हुनुहुन्थ्यो। त्यसका लागि छुट्टै बसेर उहाँले आफू प्र्रधानमन्त्री म बन्नुपर्छ भनेको भए म उहाँलाई नै मैले समर्थन गर्थें। उहाँको लागि त म लडिरहेको थिएँ।

    म तिनीहरूलाई मिलाइरहँदाको कुरो थियो। जब पार्टी फुट्ने नै तहमा पुग्न थाल्यो मैले मिलाउने कोशिस गरेको हो। अरुले पनि गरेका थिए ।

    वामदेवको गुन
    मैले बर्दियाको निर्वाचनको छानबिन गरिदिनुहोस् भनिरहेँ। निर्वाचनमा अन्तरघात भइरह्यो भने पछिको निर्वाचनमा पनि पार्टी अघि बढ्न सक्दैन। म त हारे, तर अन्तरघात कसले गर्यो भन्ने आउनुपर्यो। मलाई त केपी शर्मा ओलीसम्म पनि पुगेको छ र प्रचण्डसम्म पनि त्यो अन्तरघात पुगेको छ भन्ने लागेको थियो। ४४ हजार भोट त मैले प्राप्त गरेको छु नि। म ७ सय ले हारेको छु। ४४ हजार व्यक्तिले म कसरी हारेको छु भनेर बुझ्न पाउनुपर्यो। त्यसको निम्ति मैले आफूलाई चित्त बुझाउनका निम्ति छानबिन गरौं भनेको हुँ ।

    केपी ओलीलाई मैले भनेँ, ‘एमाले विभाजन भयो भने म माधव नेपालसितै हुन्छु। त्यसैले माधव नेपाललाई ल्याउनुहोस्। माधव नेपाल आउनुभयो भने म पनि सँगसँगै आउँछु। उहाँलाई छोडेर म तपाईंसित आउँदिन।’

    त्यो ठाउँमा म केपी ओलीका कारण पुगेँ। केपी ओलीका क्रियाकलाप मैले देखेँ, ओलीको गलत कार्यशैलीको त अरुले भन्दा पहिले नै मैले लेखेर प्रस्तुत गरेको छु। उहाँलाई मैले ३६/३७ वटा सुझाव दिएको छु। यदि तपाईं सच्चिनुभएन भने तपाईंले नेतृत्व गर्न सक्नुहुन्न भनेर आरोप लगाएको हो।

    हो, नवौं राष्ट्रिय महाविधेशनमा अध्यक्ष बनाउने र संसदीय दलको नेता बनाउने काम मैले नै गरेको हो। नत्र उहाँ तेस्रो नम्बरको नेता हो, पहिलो होइन। उहाँलाई जीवनमा पहिलो पटक मैले काँध हाले र मेरो काँधमा टेकेर माथि पुग्नुभएको हो र उहाँले कहिले पनि त्यसको गुन मान्नुभएन।

    नवौं राष्ट्रिय महाविधेशनमा मैले उहाँलाई साथ दिँदा त्यस्तो केही पनि भएन। जुन साथीहरूले मलाई केपीलाई साथ दिनुपर्छ भन्नुभयो, उहाँहरूले मलाई कहिलेकाहीँ सुनाउनुभयो। तर मैले यसो गर्नुस् भनेर कहिले पनि प्रस्ताव राखिनँ। मेरा सर्त पनि थिएनन्। इतिहासमा मैले त्यस्तो कहिले पनि गरेको छैन, गर्दिनँ। माधव नेपालले नवौं महिाधवेशनमा मलाई बोलाएर मोलतोल गर्नुभयो। मैले मोलतोलको राजनीति गरेको छैन, मलाई ‘यसोउसो’ बनाउनुपर्दैन भनेर आएँ र केपी ओलीलाई समर्थन गरेँ।

    एकिकृत समाजवादीमा नजानुको कारणः

    उहाँहरू(माधव नेपाल–झलनाथ खनाल)ले जनताको समाजवाद छोड्नु हुन्छ भनेर मैले कल्पना पनि गरिनँ। जनताको बहुदलीय जनवाद छोडेर त्यसमा घृणा फैलाउने किसिमले अहिले झलनाथ खनाल र उहाँको टिम पुगिहेको छ। र, मलाई जानका निम्ति पनि रोक्नुभयो। सिद्धान्तको सम्बन्धमा माधव नेपाल निरिह र अरु प्राविधिक किसिमका काम गर्न मात्रै उहाँ अध्यक्ष हो।

    जनताको बहुदलीय जनवादमा झलनाथ खनालको विमति पहिलेदेखि थियो। तर उहाँले सहमति छ भनेर दुई हात उठाउनुभयो र पार्टीको महासचिव बन्नुभयो(आठौं महाधिवेशनमा)। नत्र उहाँ महासचिव पनि बन्न सक्नुहुन्थेन, अध्यक्ष पनि बन्न सक्नुहुन्थेन।

    त्यति मात्रै होइन, हामी कसैले पनि पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा जनताको बहुदलीय जनवाद राखेकै थिएनौँ। उहाँले पहिलोपटक राख्नुभएको हो। दस्तावेजमा माक्र्सवाद लेनिनवाद, बहुदलीय सिद्धान्त हाम्रो मार्गदर्शक लेख्ने उहाँ हो। त्यस्तो अवसरवाद दिमागमा राख्ने व्यक्ति कहिले पनि नेता हुन सक्दैन। त्यो माक्र्सवादी नै होइन।

    मलाई कहिले पनि कसैले पनि मेरो टुपी समातेर यो पार्टीको नेतृत्वमा पुर्याएको होइन। म आफ्नो कामले आवश्यकताले राखेको हो। मैले मलाई मन्त्री बनाउँ भनेको पनि होइन। म तीनपटक मन्त्री भएँ। ५४ सालमा संजोगले म मेरो टिमको प्रमुख हुन पाएँ। तर पठाएको पार्टीले नै हो। मैले प्रस्ताव गरेर पठाएको होइन।

    आइजीपी प्रकरण
    म पहिलोपटक उपप्रधानमन्त्री भएर शुभकामना लिन तत्कालिन अध्यक्ष मनमोहन अधिकारीकहाँ गएँ। मनमोहन अधिकारीले भन्नुभयो, ‘कांग्रेसले निर्वाचन गराएन, स्थानीय तहको निर्वाचन गराउनहोस् त्यो भन्दा अरु केही गर्नुपर्दैन। पहिलो प्राथमिकतामा गराउनहोस्।’

    त्यसपछि महासचिव माधव नेपालकहाँ जाँदा केपी ओली पनि त्यही हुनुहुन्थ्यो। म त्यहाँ पुगिसकेपछि माधव नेपाल बोल्न नपाउँदै केपी ओलीले भन्नुभयो, ‘तपाईंले आइजीपी र गृृहसचिवलाई हटाउने, यी दुईवटा काम तुरुन्तै गर्नुपर्छ। त्यसबेला मैले माधव नेपाललाई सोधेँ, ‘तपाईंको सल्लाह हो त्यो ?’ उहाँले “हो” भन्नुभयो।

    त्यसपछि मैले कति समय हो भनेर सोध्दा केपीले नै १० दिन भन्नुभयो। म शुभकामना लिन गएको मान्छेलाई नर्ककुण्डमा फसाउनका निम्ति गरिरहेका छन् भनेर सोचे। मैले म १० दिनमा सक्दिनँ भनेँ। कमसेकम १ महिना चाहिन्छ भनेँ। केपी ओलीले २० दिन भन्नुभयो। जाने बेलामा उहाँले भन्नुभयो, ‘यदि २० दिनभित्र आइजिपीलाई हटाउनु सक्नुभएन र गृहसचिवलाई हटाउन सक्नुभएन भने राजीनामा दिनुपर्छ।’ मैले भनेँ, ‘राजीनामा लेखेर राख्छु, सकिन भने दिन्छु।’ यति भनेर म हिँडेँ।

    त्यसपछि प्रधानमन्त्री(लेकेन्द्रबहादुर चन्द)कहाँ पुगेँ। मैले सबै सुनाएँ। उहाँले कोशिस गर्छु भन्नुभयो। आइजीपी हटाउनका लागि राजाको सहमति चाहियो। राजाले त्यो नगर बन्दुक बोक्ने फौजलाई तलमाथि गर्नुहुँदैन, त्यसो गर्दा तिमीलाई नै अप्ठ्यारो पर्छ भनेर भन्नुभएछ। तेस्रोपटक जाँदा राजाले फौज चलाउने तिमीले हो, नगरी हुन्न भने गर भनेपछि मैले १२ वा १५ दिनमा आइजीपी हटाए। नहटाए राजीनामा दिनुपथ्र्यो।

    तर, जुनदिन उनलाई हटाइयो, त्यही दिन केपी ओलीले अच्युतकृष्णलाई फोन गरेर ‘एउटा गुण्डा, मुर्ख व्यक्ति हाम्रो पार्टीभित्र छ, हटाउन पनि सकिन्न त्यही व्यक्ति अहिले गृहमन्त्री छ, त्यसले तपाईंलाई अत्याचार गर्यो। तपाईं नआत्तिनुस्, हामी तपाईंलाई पुनर्स्थापित गर्छौं।’ भन्नुभयो। त्यसको सट्टा म राजीनामा लेख्छु भन्ने थियो होला। मैले राजीनामा लेखिनँ र क्याविनेटको पहिलो बैठकमा निर्वाचनको निर्णय गरियो र उपयुक्त समय आउँदा यो निर्णय (आइजीपी हटाउने) गरियो। त्यो मेरो ईच्छा विपरित थियो। मैले गर्न नहुने काम गरेको छु। तर पार्टीको निर्देशन त्यही थियो, तर त्यही पार्टीका नेता सबैभन्दा साकुल्ली भएका छन्। नभन्दै उहाँहरूले ७ महिनापछि त्यो सरकार गिराउनुभयो। केपी ओलीले नै त्यो सरकार गिराएको हो।

    पदमा हुँदा घुस खाने ले खान्छन् होला। न मैले खाए, न मैले त्यो पैसा पार्टीलाई दिएँ। मैले त्यो काम गरिनँ। व्रिफकेस लिएर कोही व्यक्ति कहाँ आउँदा पनि आएन। ज–जसले यस्तो आरोप लगाउँछन्, त्यसको निम्ति मलाई मुद्दा हाल्नुपर्छ, मेरो सम्पत्ति जाँच गर्नुपर्छ। त्यहाँबाट प्रमाणित गरेर हतकडी लगाएर जेल हाल्नुपर्छ।

    यसपटक चुनाव लड्ने गुम्यो मौका
    हाम्रो राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ मा २ वा २ भन्दा बढी पार्टी मिलेर साझा चुनाव चिन्हमा चुनाव लड्न सक्छन् भन्ने छ। त्यसो गर्दाखेरी जति पार्टीले साझा चुनावमा जान्छन् तिनीहरूले आफ्नो केन्द्रीय कमिटीको बैठक बसेर निर्णय गर्नुपर्छ। त्यो निर्णय गरेपछि या त साझा मध्ये कुनै एउटाको चुनाव चिन्ह लिनुपर्यो वा नयाँ चुनाव चिन्ह बनाउनुपर्यो। नयाँ चुनाव चिन्ह बनाउँदा बहुमत जसको छ, त्यसैको नेता संसदीय दलको नेता बन्छ र जसको चुनाव चिन्ह बनाइन्छ त्यसको संसदीय दलको नेता नै सबैको संसदीय दलको साझा हुन्छ।

    ह्विप जारी गर्न सक्छ र सबैलाई ह्विप लाग्न सक्छ भनेर भनिएको छ र त्यसको अर्थ अलग–अलग पार्टी चलाउन पाउने तर चुनावमा जाँदा एउटै चुनाव चिन्हमा जाने हो। अहिले हसियाँ हतौडा वा माओवादीको चुनाव चिन्हमा बाबुराम भट्टराई जानुभएको होइन, माओवादीको चुनाव चिन्हलाई साझा चुनाव चिन्ह बनाएर नेपाल समाजवादी पार्टी र माओवादी केन्द्र चुनावमा लागेका छन् भन्ने हो। त्यो बुझ्नका लागि मैले उहाँहरूलाई अनुरोध गरेँ। यसो भन्दा बिहान स्थायी कमिटीको बैठक बसेर वामदेव गौतम र बाबुराम भट्टराईलाई निर्वाचन चिन्ह प्रयोग गर्न दिइने निर्णय भयो। त्यसको एक घन्टापछि बाबुराम भट्टराई बसेर ऐनको दफा ४९ बमोजिम बाबुराम भट्टराई र प्रचण्डले मात्रै सिग्नेचर गरेर बुझाउनुभयो। मलाई छुटाउनुभयो।

    त्यसरी त म जान सक्दिनँ। त्यसो भए एउटा जेन्टलमेन्ट एग्रिमेन्ट गरेर यसलाई निर्वाचन आयोगले दर्ता गर्यो भने त्यही दुईवटाको साझा चुनाव चिन्हमा म पनि जाने भएँ। अब त भट्टराईले पनि निर्णय गर्नुपर्छ। यसको अर्थ नैतिक रुपले आवद्ध भयौं भन्ने हुन्छ भनेर मैले भनेको थिएँ। त्यसो हुँदा मेरो स्वत्व पनि कायम हुन्थ्यो, अलग प्रतिष्ठा पनि कायम नै हुन्थ्यो। तर त्यस्तो भएन। उहाँहरूले मान्नुभएन।

    चुनाव लड्न मन थियो, प्रतिनिधि सभामा म जान चाहन्थे। आज पनि म जान चाहन्छु। तर त्यो सम्भावना ट्रयो। कुनै दिन मेरो क्षेत्र खाली भयो भने म त्यो ठाउँमा भिड्छु। म प्रतिनिधि सभामा जान पाएँ भने पार्टी एकता गराउँछु।

    रविन्द्रको कास्की-१ मा किन लडिन
    रविन्द्र अधिकारीको निधनपछि केपी ओलीले उहाँको क्षेत्रबाट निर्वाचन लड्न भन्नुभयो। म त्यो परिवारमा गएँ। रविन्द्रको बा, आमा, दाई र विद्या सबै भएको बेला भेटेँ र त्यहाँबाट म फर्किएर आउँदा म रोएँ। म त्यहाँ गएँ भने काट्टो खान गएजस्तो हुन्छ भन्ने मलाई लाग्यो। मैले निर्माण गरेको कार्यकर्ता मरेर खाली भएको ठाउँमा म जानु भनेको अर्काको अधिकार खोस्नु र त्यो परिवारलाई पीडामा पार्नु हुन्छ भनेर म त्यहाँ गइनँ। फेरि कतै खाली हुँदा म मेरै पार्टीबाट जान्छु।

    हेर्नुहोस् पुरा अन्तर्वार्ता भिडियोमा –

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      वामदेव गौतम

      वामदेव गौतम

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      नेपाल रिडर्स
      कार्तिक २२, २०८१

      लमजुङबाट माओवादी विचारबाट प्रेरित बिद्रोहको बाटो हिडेका केशवलाल श्रेष्ठको राजनीतिक उतारचढावबारे नेपाल रिडर्सका लागि शिव कुमार पौडेलसँग केशवलाल श्रेष्ठको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.