Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सुन्दरी प्रतियोगिताहरूले महिलालाई कठपुतली बनाइरहेका छन्

शरीरको लम्बाई–चौँडाई नापेर, अनुहार हेरेर, आँखा र नाकको आकारलाई नियालेर र जिउडालको लम्बाई चौडाई नापेर कसैलाई ‘राम्री’ घोषणा गर्ने कुरा कतिसम्म जायज होला र? यस्ता प्रतियोगिताहरू एउटा आयोजकले पैसा कमाउने र महिलालाई कठपुतलीको रुपमा प्रस्तुत गर्ने प्रपञ्च सिवाय अरु केही होइन।

रुपा सुनार रुपा सुनार
जेष्ठ १४, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    म कुनैपनि सुन्दरी प्रतियोगिताको पक्षमा छैन। एउटा व्यक्तिको बाहिरी आवरणलाई हेरेर उसलाई अर्को व्यक्तिसँग दाँज्ने कुरा ठीक होइन। मलाई व्यक्तिको क्षमतालाई दाँज्ने कुरा नै गलत लाग्छ। सौन्दर्यको क्षेत्रमा मात्रै होइन, गायन, नृत्य वा वक्तृत्व जस्ता क्षेत्रमा एउटासँग अर्कालाई दाँजेर प्रतियोगिता गर्नु र त्यसमध्ये एउटालाई उत्कृष्ट छान्नु उचित होइन।

    किनभने हरेक व्यक्तिको कला आफैँमा महत्वपूर्ण छ। पछिल्लो समय विभिन्न विधाका प्रतियोगितालाई पूँजीवादले पैसा कमाउका लागि प्रबद्र्धन गरिरहेको छ। यस्ता खालका प्रतियोगिताबाट आयोजकले त प्रशस्त कमाउने नै भयो, पूँजी बजारले पनि यिनै प्रतियोगितामार्फत आफ्ना उत्पदान बेच्ने काम गरिरहेको छ।

    सुन्दरी प्रतियोगिता

    सुन्दरी प्रतियोगिताहरूले महिलालाई एउटा वस्तुको रुपमा स्थापित गरिदिएको छ। बाहिरी सुन्दरता र भित्री सुन्दरता विलकुल फरक कुरा हुन्। कुनै सीमित मान्छे एउटा कोठामा बसेर २५ जना मध्येमा एउटालाई सबैभन्दा राम्री घोषित गर्ने कुरा कहीँ जायज हुन्छ? सामान्यत: मिस नेपाललाई नेपालभरीकी राम्री र मिस वल्र्डलाई विश्वभरीकी राम्रीको रुपमा उभ्याइन्छ, तर के नेपालभरीबाट एउटै मात्रै राम्री युवती हुने कुरा पनि हुन्छ? के विश्वभरीबाट एउटी मात्रै राम्री युवती निस्किन्छिन त ? यो गलत कुरा हो।

    शरीरको लम्बाई–चौँडाई नापेर, अनुहार हेरेर, आँखा र नाकको आकारलाई नियालेर र जिउडालको लम्बाई चौडाई नापेर कसैलाई ‘राम्री’ घोषणा गर्ने कुरा कतिसम्म जायज होला र? यस्ता प्रतियोगिताहरू एउटा आयोजकले पैसा कमाउने र महिलालाई कठपुतलीको रुपमा प्रस्तुत गर्ने प्रपञ्च सिवाय अरु केही होइन।

    सुन्दरता के हो?

    बाहिरी सुन्दरता व्यक्तिको दृष्टिकोणमा निर्भर रहन्छ। म तपाईँलाई कस्तो देख्छु भन्ने कुरा मेरो दृष्टिकोणमा भर पर्छ। मैले तपाईँलाई जस्तो देख्छु, अर्को व्यक्तिले पनि त्यस्तै देख्नुपर्छ भन्ने छैन। कसैले कसैलाई असाध्यै सुन्दर देख्छ भने उसैलाई अरु कसैले असाध्यै कुरुप पनि देख्न सक्छन्। यो दृष्टिकोणको कुरा हो।

    बाहिरी सुन्दरता परिवेशमा पनि निर्भर हुन्छ। मानौँ, आजको दिनमा म तपाईँलाई एकदमै सुन्दर लागेको छ भने केही दिनपछि मलाई हेर्नै मन नलाग्न पनि सक्छ। यहाँ दृष्टिकोणको मात्रै होइन, परिवेशको कुरा पनि जोडिन्छ। त्यसैले सुन्दरता मापन गर्ने कुरा होइन। हाम्रो सन्दर्भमा कालो अनुहार र होचो कदलाई नराम्रो भनिन्छ। मान्छे कहीँ मेसिनले नापेर कपडा काटेजस्तो जन्मिन्छ र? सुन्दरी प्रतियोगितामा यस्तै मापदण्डहरूका आधारमा सुन्दरी मापन गरिन्छ र त्यो बकवास हो।

    र, यस्ता प्रतियोगिताहरूले महिलालाई कठपुतली बनाइदिएका छन्। आँखामा कति हजारको परेला लगाउँदा महिलाहरू राम्री देखिन्छन्? कति हजार मूल्यको फाउन्डेसन लगाउँदा उ सुन्दरी देखिन्छे? लाखौँ रुपैयाँ समेत पर्ने लाली हुन्छ भन्ने सुन्दा मलाई अचम्म लाग्छ। कति इन्चको हिल लगाउँदा सुन्दरीको मापदण्ड पूरा हुन्छ? कति सानो कम्मर बनाउँदा र कति हड्डी देखाउँदा महिला राम्री देखिन्छिन्? अझ तथाकथित सुन्दरताका लागि तौलको पनि मापदण्ड तोकिएको हुन्छ।

    अहिले त मिस नेपाल मात्रै होइन, मिस एसईई हुँदै मिस नर्सरी सम्म पनि आइसक्यो। नर्सरी पढ्ने बच्चालाई के थाहा लिपस्टिक भनेको? र्याम्पमा हिँड्दा ती बच्चाहरूलाई यति असहज कपडा लगाइदिइन्छ कि त्यो कपडा सम्हाल्नका लागि उनीहरूका आमाहरू सँगसँगै हिँडिदिनुपर्ने हुन्छ। बच्चाको इच्छा के छ भन्ने कुरामा कसैको ध्यान हुँदैन। छोरीहरूलाई जबरजस्ती यस्ता प्रतियोगितामा बच्चैदेखि धकेलिन थालिएको छ। यदि स्कुल पढ्ने बच्चाले राजनीति र चेतनाका कुरा गर्छ भने ‘बालबालिकालाई राजनीतिमा प्रयोग गरियो’ जस्ता टिप्पणी गरिन्छ। तर तिनै बालबालिकालाई जबरजस्ती सुन्दरी प्रतियोगितामा नराम्रोसँग सामेल गराइन्छ।

    सामाजिक सञ्जालहरूमा ‘स–साना बच्चाहरूलाई कसरी राम्री देखिने, कसरी उभिँदा सुहाउँछ र कसरी हिँड्दा राम्रो देखिन्छ’जस्ता कुरा सिकाएर कमजोर बनाइन्छ। यसरी, छोरीहरूलाई एकप्रकारको खेलौना नै बनाइएको हुन्छ। आफूलाई खेलौना वा कठपुतलीको रुपमा प्रस्तुत गरिँदैछ वा त्यस्तोखालको व्यवहार गरिँदैछ भन्ने कुरा बच्चालाई त के थाहा होस्, कतिपय युवतीहरूलाई पनि थाहा हुँदैन।

    पूँजीवादले यी सबै प्रतियोगिताहरू आफ्नो बजार विस्तार गर्न र त्यसमा महिलाहरूलाई प्रयोग गर्नका लागि आयोजना गर्छ। अनेकौँ थरीका वस्तुहरू युवतीको शरीरमा भिराइन्छ र उनलाई ती वस्तुहरू प्रयोग गरेपछि मात्र ‘सुन्दरी’ भएको महशुस गराइन्छ। एउटै लेहंङ्गा १६ लाखसम्मको हुन्छ रे ! लिपस्टिक त्यति नै महङ्गा ! वास्तवमा लिपस्टिक नलगाएपनि हामी बाँचिरहेका छौँ, हाम्रा आमाहरू बाँचे। तर आम मान्छेहरू भने बजार, विज्ञापन र बजारिया ट्रेन्डबाट भाग्न सक्दैनन्।

    भ्रम

    सुन्दरी प्रतियोगिता र यसले महिलाहरूलाई गरेको वस्तुकरणका विषयलाई बुझ्ने कुरा हाम्रो चेतनासँग जोडिएको छ। यी विषयमा सबैतिर बहस हुन जरुरी छ। धेरै जनालाई आफू कसरी वस्तु बनाइएको छु भन्ने कुरा थाहा छैन। आफू कसरी यो व्यवस्थाको कठपुतली बनिरहेको छु भन्ने कुरा युवतीहरूले बुझ्न आवश्यक छ।

    कतिले आफ्नो कला प्रदर्शन गर्नका लागि मिस नेपालजस्ता सुन्दरी प्रतियोगितामा जाने कुरा गरेको सुनिन्छ। यसमा ठूलो भ्रम छ। अहिलेको विज्ञान प्रविधिको युगमा कुनै व्यक्तिले आफ्नो क्षमता प्रस्तुत गर्नका लागि मिस नेपालजस्ता सुन्दरी प्रतियोगितामा भाग लिन जरुरी छैन। टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालबाट पनि हामी धेरैको कला र क्षमता देखिरहेका हुन्छौँ। के काठमाडौँ र अन्य ठूला शहरका आसपास रहेका महिलामात्रै ट्यालेन्ट हुन्छन् त? हामी त घाँसै काटेरै हुर्केका हौँ। तर पनि हामी न्याय र अन्यायका कुरा बोल्न सकिरहेका छौँ। भिरमा एक भारी घाँस काटेर स्कुल जाने बालिकाहरूमा चाहिँ ट्यालेन्ट नहुने त होइन होला?

    पछिल्ला वर्षहरूमा सुन्दरी प्रतियोगिताहरू कति गलत छन् भन्ने विषयमा बहस हुन पाइरहेको छैन। बरु यसको व्यापार झनै बढेको छ। आफूलाई सम्हाल्न नसक्ने बच्चालाई समेत हिल लगाइदिएर क्याटवाक गर्न लगाइनुले यस विषयमा हाम्रो चेतना स्तर कहाँ छ भन्ने देखाउँछ। बालबालिकालाई विद्रोही बनाउने र उनीहरूमा आलोचनात्मक चेतनाको विकास गर्नतिर लाग्नुको सट्टा छोराहरूलाई सानैदेखि कराँते खेल्न सिकाउने र छोरीलाई चाहिँ पुतली बनाउने बाटोतिर हाम्रो समाज अघि बढेको छ। यो कुरा एकदमै घातक छ।

    सुन्दरी प्रतियोगिताहरूबाट स्वतन्त्रता पाउने कुराको पनि दाबी गरिन्छ। यो अर्को भ्रम हो। स्वतन्त्रता आवश्यक छ, महिलाहरू पनि पुरुष सरह नै बाँच्न पाउनुपर्छ र क्षमता प्रदर्शन गर्न आवश्यक छ। महिला बिना समाज चल्दैन। स्वतन्त्रताको नाममा यस्ता प्रतियोगिताले ठाउँ पाउनुहुँदैन। आजभेलि ‘हर् च्वाइस’जस्ता भाष्य लोकप्रिय बन्न थालेका छन्। च्वाइस अर्थात् रोजाईको नाममा महिलालाई पूँजीवादको वस्तु हुनेतिर मोडिएको छ।

    ‘महिलाहरू सुन्दर जात हुन्’ भनिन्छ। महिलाहरूलाई कोमल हृदय र सुन्दरताको प्रतिकका रुपमा उतारिन्छ। यो महिलालाई भोग्या र वस्तुको रुपमा देखाउने प्रयासबाहेक अरु केही होइन। जसले, जसरी र जे मन लाग्छ त्यसैमा महिलालाई ढालिदिएका छन्। २० जना महिलालाई उभ्याएर एउटा छानिन्छ र यही प्रक्रियाबाट कसैमा आफू सबैभन्दा बढी सुन्दरी भएको भान गराइन्छ। यसले समग्र महिला आन्दोलनलाई कुन बाटोमा पुरइरहेको छ भन्ने कुरा महिलाहरूले नै महशुस गर्नुपर्छ।

    प्रतिक्रान्ति

    पहिले मिस नेपालजस्ता सुन्दरी प्रतियोगिताहरू गलत छन् भनिन्थ्यो र यसको विरोध गरिन्थ्यो। विस्तारै–विस्तारै क्रान्तिकारी भनिएकाहरू समेत यी विषयमा बोल्न छाडे र सुन्दरी प्रतियोगिताका व्यवसायहरू व्यापक मौलाउन थाले। यो बीचमा पूँजीवाद हावी भइरहँदा हरेक क्षेत्रमा प्रतिक्रान्ति भएको छ।

    प्रेम गरेकै निहुँमा मारिएका नवराज विकहरूलाई सम्झिँदै हामीले हालै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनायौँ। यत्रो जनयुद्ध र जनआन्दोलन भएको देशमा प्रेम गरेकै आधारमा ६ जना युवाहरू मारिनुपर्ने अवस्था हो? आजको समयमा रुपा सुनारले जातकै आधारमा बस्नका लागि कोठा नपाउनुपर्ने अवस्था हो? हरेक क्षेत्रमा देश प्रतिक्रान्ति भएर यो ठाउँमा आएको छ। पूँजीवादीहरू मौलाउँदै गएपछि र हरेक कुराको व्यापारीकरण बढेपछि क्रान्तिकारीहरू नै व्यापारमा लाग्न थाले। क्रान्तिकारीहरूकै निजी स्कुल र व्यापारिक केन्द्रहरू छन्।

    बीचमा सम्पूर्ण वैचारिक बहसहरू नै सेलाउँदै गएको थियो। तर अब फेरि सुरु भएको छ। अब विस्तारै यी कुरा किन गलत हुन् भन्ने कुरा मानिसहरूले बुझ्दै गएको अवस्था छ। सुस्मिता रेग्मीको घटनाले पनि धेरै कुरा बुझाइदिएको छ। अब यस्ता प्रतियोगिताविरुद्ध गएर यिनका व्यापारलाई बन्द गर्नुपर्छ भन्ने आवाज उठिरहेका छन्। अब यो विषयलाई आम मानिसमाझ व्यवस्थित रुपमा लैजाने र बहस गर्ने बेला भएको छ।

    कस्ता मिस नेपाल जन्मिए ?

    नेपालमा महिला आन्दोलन हाँक्ने र महिलामुक्तिका लड्छु भन्ने महिलाहरू नै हिल लगाएर सडकमा गएको हामीले देखिरहेका हुन्छौँ। महिला आन्दोलन नै सीमित कुलिन वर्ग र मध्यमवर्गीय महिलाहरूको हातमा छ। त्यसले गर्दा विषय नै अन्त मोडिएको छ। खास महिला आन्दोलन उत्पीडित, दलित र जनजाति महिलाहरूले हाँक्नुपर्छ। सबैभन्दा पीँधमा रहेका, वादी, दलित र सीमान्तकृत महिलाहरूले नै महिलामुक्ति आन्दोलनको नेतृत्व गर्नुपर्छ। यहाँ त सीमित व्यक्तिले आफू महलमा बस्नका लागि महिला आन्दोलन गरिरहेका छन्। महिला आन्दोलन सम्भ्रान्त तथा कुलिन वर्गहरूका महिलाहरूको हातमा गएकाले आवश्यक र खास मुद्दामा बहस हुन पाइरहेको छैन।

    जसले यिनै आन्दोलनको नाममा पेट पालिरहेका छन्, उसले नै यी प्रतियोगिता स्वतन्त्रताको माध्यम भएको भन्दै वकालत गरिरहेका हुन्छन्। नेपालमा मिस नेपाल प्रतियोगिता सुरु भएको करिब २५ वर्ष भयो होला, यसको अर्थ अहिलेसम्म त्यही संख्यामा मिस नेपाल भए होलान्। त्यसो भए के नेपालका सुन्दरीहरू २५ जना मात्रै हुन्? यो नचाहिने कुरा हो। बरु यहाँ त महिला हिंसाको विषयमा बोल्न नसक्ने सुन्दरीहरू उत्पादन भएका रहेछन्। सौन्दर्य प्रतियोगितामा भाग लिने एउटी बालिकामाथि बलात्कार हुन्छ र ती बालिकाले फोन गरेर ‘तपाईँ कोरियोग्राफर भएको प्रतियोगिताको आयोजकले ममाथि बलात्कार गर्यो’ भन्छिन्। अनि, ‘इट्स् यो प्रब्लम’ भन्दै फोन राख्ने भन्ने मिस नेपाल जन्मायो यो व्यवस्थाले।

    तर इट्स योर प्रब्लम भनेर पन्छनेहरू पनि पूँजीवादका शिकार हुन्। अहिले धेरैजनाले उहाँमाथि प्रहार गरिरहेका छन्, तर उहाँ नै ‘विचरा’ हो। उहाँ यो सौन्दर्य प्रतियोगिता र महिलालाई कठपुतली बनाउने पूँजीवादी व्यवस्थाको शिकार हो। उहाँमा साच्चिकै सुन्दरता थियो भने ती बालिका पीडित हुँदा बोल्न सक्नुहुन्थ्यो। तर, यो प्रतियोगिताले उहाँलाई बोल्न सक्ने अधिकार पनि निर्माण गर्न सकेको रहेनछ भने यसले स्वतन्त्रता दाबी गर्नु निरर्थक हुन्छ।

    बोल्यो भने भोलि आयोजकले अर्को कार्यक्रममा नबोलाउला भन्ने पिर होला उहाँलाइ। आयोजकसँगको सम्बन्ध बिग्रने डरले बलात्कार जस्तो अपराधलाई टुलुटुलु हेर्नुपर्छ भने उहाँ कति पीडित हुनुहुन्छ भन्ने कुरा यहीबाट प्रष्ट छ। जसलाई अहिलेका युवतीहरूले आइडल मानेका थिए।

    अब लड्ने बेला भयो

    अब हरेक छोरीहरू ‘मिस नेपाल’ होइन, फुलनदेवी बन्नुुपर्छ। हरेक छोरीहरू विद्रोही बन्नुपर्छ। सुस्मिता रेग्मी बोलेपछि कति पीडितहरू बाहिर आउन थाले। कतिलाई शिक्षकबाट, कतिलाई आयोजकबाट, कतिलाई प्रेमीबाट बलात्कार भएको कुरा उजागर भए। यसबाट अहिले पनि हामी महिलाहरूको अवस्था कहाँ रहेछ भन्ने कुरा देखियो। यति सारा हुँदा पनि अझै हामी लिपस्टिक पोतेर सुन्दरी बन्ने प्रक्रियामै लागिरहने? अब हामी कठपुतली बन्ने दुनियाँबाट निस्किएर साच्चै आफ्नै मुक्तिका लागि लड्नुपर्छ भन्ने कुरा बुझ्ने बेला भयो।

    पढ्न पाएका, लेख्न पाएका र प्रशस्त सम्पत्ति भएका महिलाहरू बलात्कारमा पर्दैनन् भन्ने हामीलाई लाग्थ्यो होला। सुन्दरी प्रतियोगिताका प्लेटफर्महरू ‘गाउन लगाएका’ र ‘सुन्दरी’ देखिने महिलाहरू जान्छन् र उनीहरूलाई कुनै प्रकारको हिंसा हुँदैन भन्ने भ्रम हामीमा हुनसक्छ। भनेजस्तो सुन्दरी बन्न र मन लागेको हिल लगाउन पाएपछि पुग्यो र यही नै महिला मुक्ति हो भन्ने सोच्नेहरूले यसभित्र पनि महिलाहरू कति उत्पीडित रहेछन् भन्ने कुरा बुझ्नुभयो होला।

    एकखालका महिलाहरूलाई एक ठाउँमा उभ्याएर स्तन, नितम्ब, हातखुट्टा नापेर र उसलाई लगभग नंग्याएर ‘तँ भन्दा तँ सुन्दरी’ जस्ता मूल्यांकन गर्ने प्रतियोगिताहरू कुनैपनि हालतमा खारेज गरियोस् भन्ने कुरा म जोडदार माग गर्दछु।

    मेकअपबिना आत्मविश्वास

    महिलालाई कठपुतली बनाउने पूँजीवादको कोशिसबाट मैले आफूलाई निकै पहिलेदेखि निकाल्ने प्रयोस गरिरहेको थिएँ र अहिले पूर्ण रुपमा मुक्त छु। सुन्दरी देखिनका लागि समाजमा युवतीहरूले के–के प्रयोग गर्छन्, म यी सबैबाट पर छु। के अब मलाई कुरुप भन्ने? हाम्रो समाजमा गोरी भन्ने बित्तिकै राम्रो मानिन्छ। कालोलाई गोरोको विपरित मानिन्छि। यो अन्यायपूर्ण कुरा हो। सेतोको विपरित कालो हो भने रातोको विपरित रंग के हो? कालो भनेको रङ्ग हो, कालो भनेको अध्याँरो होइन। अध्याँरो त हाम्रो सोच रहेछ। सुन्दरताको परिभाषाको विषयमा पनि हामीले व्यापक बहस गर्नुपर्ने बेला भएको छ।

    आजको पुस्ताका कतिपय महिलाहरू मेकअप गरिनु र सजिनुलाई आत्मविश्वास विकास गर्नु भनेर बुझ्दा रहेछन्। म त्यस्तो मेकअप केही पनि प्रयोग गर्दिनँ तर के म कन्फिडेन्ट छैन ? यो सबै पूँजीवादले घुमाईफिराई उसले उत्पादन गरेको सामग्री बेच्नका लागि निर्माण गरेको भाष्य हो। म कहिलेकाहीँ च्यातिएको लुगा पनि लगाएर हिँड्छु, तर कहिले आफूलाई आत्मविश्वासविहिन पाइनँ। हामी अरुका लागि सुन्दरी बन्ने क्रममा आफ्नो अस्तित्व नै जोखिममा पार्ने बाटोमा हिँडिरहेका छौँ।

    अब महिलाका लागि महिलाले नै लड्ने हो। हामी नलडे महिला आन्दोलनका लागि कसले लडिदिन्छ? फेरि तिनै सम्भ्रान्त महिलाहरूले? के हामीले अबको १० वर्षपछि पनि ‘बलात्कारीलाई कारवाही गर्’ भनिरहने ? जबसम्म महिलाहरू सुन्दर हुन्छन् भन्ने भाष्य रहिरहन्छ, तबसम्म सुन्दरीलाई भोग गरिरहन्छन्। एउटा मान्छेले आफूमाथि बलात्कार भएको कुरा बोल्न ८ वर्ष लाग्यो। वर्षौदेखि मनमा उकुसमुकुस भएका कुरा राखेर पीडा बोकेर कति बसिरहनुभएको रहेछ।

    अहिले महिलाहरू घरबाहिर निस्कनुहुन्छ, जागिर खानुहुन्छ, महिनाभरी मेहेनत गरेर काम गर्नुहुन्छ र तलव आउनेबित्तिकै मेक अपको सामान किन्न गइरहेको देखिन्छ। सामाजिक सञ्जालतिर हेर्ने हो भने महिलाहरू कुन ब्रान्डको मस्कारा र कुन ब्रान्डको फाउन्डेसन लगाउने भन्ने जस्ता कुराहरूमा रुमल्लिएको पाइन्छ।

    महिला आन्दोलनमा हामी नयाँ पुस्ता आएका छौँ। सही विचार र सही दृष्टिकोणसहित ‘महिलाहरू सुन्दरी होइनन्, महिलालाई विद्रोही र सशक्त बनाइनुपर्छ’ भन्ने विद्रोही आवाज उठेको छ। जबसम्म महिलाहरूले आफ्नो अस्तित्व आफैँ स्थापित गर्न सक्दैनन्, तबसम्म हामीलाई दोस्रो दर्जामा राखिन्छ। त्यसैले अब ‘सुन्दरी’ बनिरहने होइन, स्वभिमान र गरिामलड्नुपर्ने बेला आएको छ।

    हेर्नुहोस् भिडियो –

    वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको केन्द्रीय सदस्य सुनारसँग नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानीमा आधारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रुपा सुनार

      रुपा सुनार

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.