Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

त्यतिखेर मलाई विशुद्ध मार्क्सवादीहरूले ‘जातिवादी’ भन्ने गर्थे। उहाँहरूले मलाई मार्क्सवादी होइन, जातिवादी भन्थे भने म उहाँहरूलाई तपाईँहरू मार्क्सवादी होइन, जातिवादी हो भन्थेँ। उहाँहरू मार्क्सवादी होइनन्, विरुद्ध जडसुत्रवादी, शास्त्रवादी हुन्।

भूपाल राई भूपाल राई
साउन २५, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    म कवि हुँ, कविता लेख्छु । यहाँ हामी ठूला–ठूला कुराहरू, मार्क्स-लेनिनका कुराहरू गर्छौं, ठूला–ठूला जार्गनहरू प्रयोग गर्छौं। तर, म कवि भएको हुनाले बिम्बको प्रयोेग गर्छु। यसर्थ, बोल्ने क्रममा सकेसम्म सरल भाषाको प्रयोग गर्ने प्रयास गर्छु। कम्युनिस्ट पार्टीको गठनदेखि नै नेताहरूले शास्त्रीय जार्गनहरू प्रयोग गर्दै आएका छन्। तर, हामीले समाजलाई केलाएर हेरेका छैनौँ, बुझेका छैनौँ, त्यसमा समाज सम्पूर्ण रुपमा हराएको छ।

    वामपन्थ भनेको के हो? मैले बुझेको वामपन्थीको दार्शनिकी र वैचारिकी आधार मार्क्सवाद नै हो। किनभने कांग्रेसले आफूलाई वामपन्थी भनेर दाबी गरेको छैन, राप्रपाले पनि गरेको छैन। त्यसैले, वामपन्थको आधारभूत सैद्धान्तिकी भनेको मार्क्सवाद नै हो। माओले ‘ मार्क्सवादका तीन संघटक अंगहरूः दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका आधारबिन्दु भनेकै समाज’ भनेका छन्। समाजभन्दा उप्रान्त यी तीन वटै संघटक अंग काम लाग्दैनन्। त्यसले गर्दा उनले भने, ‘शिक्षकहरू, कविहरू र दार्शनिकहरू गाउँ जाउ किनकि गाउँ नै ज्ञानको उत्पादन थलो हो, वर्ग संघर्षको स्पष्ट चित्र त्यहाँ देखिन्छ।’ तर हाम्रो देशमा शास्त्रका कुरा मात्रै भए, गाउँ गइएन। गाउँलाई बुझ्ने प्रयत्न भएन।

    मैले ३० को दशकदेखि लेख्न सुरु गरेर ४० को दशकबाट धारावाहिक ढंगले नै मैले जातीय मुक्तिका मुद्दाहरू कवितामा उठाएँ, गीतमा उठाएँ। एउटा साप्ताहिक पत्रिकामा १० वर्ष स्तम्भ नै लेखेँ यही मुद्दामा, २०४६ देखि २०५६ सम्म। त्यतिखेर मलाई विशुद्ध मार्क्सवादीहरूले ‘जातिवादी’ भन्ने गर्थे। उहाँहरूले मलाई मार्क्सवादी होइन, जातिवादी भन्थे भने म उहाँहरूलाई तपाईँहरू मार्क्सवादी होइन, जातिवादी हो भन्थेँ। उहाँहरू मार्क्सवादी होइनन्, विरुद्ध जडसुत्रवादी, शास्त्रवादी हुन्। र, उपल्लो जातिवादी र हैकमवादी हो तपाईँहरू भनेर म भन्थेँ।

    म के आक्षेप लगाउँथे भने तपाइँहरूले शास्त्र मात्र बुझ्नुभएको छ, समाज बुझ्नुभएको छैन। मैले समाज बुझेको छु, त्यसकारण म मार्क्सवादी हुँ। मार्क्सवादको जरा भनेको समाज हो। माओले मार्क्सवादलाई व्याख्या गर्ने क्रममा चिनियाँ मोडलको समाजमा व्याख्या गरे। चिनियाँ मोडलको समाज अनुसार मार्क्सवादलाई उहाँले प्रयोग गर्नुभयो। राम कार्कीले भन्नुभयो, ‘ मार्क्सवादमा थप्नुपर्छ।’ हो, अन्यत्र थपिएको छ। तर, नेपालमा चाहिँ नथपिएर समस्या भएको हो। सिर्जनशील शास्त्र हो मार्क्सवाद। यहाँको समाज र यहाँको सामाजिक संरचना अनुसार मार्क्सवादलाई कहाँ थपियो? खाली पुरानो शास्त्रमात्रै पढिँदैछ।

    मलाई त्यतिबेला जातिबारे लेखेको आधारमा जातिवादी भनिन्थ्यो। मैले जातका बारेमा लेख्नैपर्छ किनभने एतिहासिक कालदेखि म उत्पीडनमा छु भने मैले किन नलेख्ने? ‘उत्पीडनमा जो पर्छ, उसले आक्रोश देखाउँछ र त्यो उसको नैसर्गिक अधिकार हो’ भनेर मार्क्सले नै भन्नुभएको छ। त्यसले गर्दा म जोड गर्दै भन्छु, ‘समाज बुझ्नुहोस्। मार्क्सवादीहरूले यो देशको समाजको संरचना बुझ्नहोस।’ मेरो मूलभूत कुरा यति नै हो ।

    हामी सबैले आफूलाई वामपन्थी भन्छौँ, एमाले र माओवादी केन्द्रलगायत सबैले। वामपन्थीले आफूमा राष्ट्रियता पनि जोड्नुपर्छ। मैले यहाँ राष्ट्रवाद भन्न खोजेको होइन। म आन्तरिक राष्ट्रियताको सवलीकरणबिना वामपन्थ बाँच्दैन। मार्क्सवाद बाँच्दैन, विकास पनि हुँदैन भन्ठान्छु। यो देशको आन्तरिक राष्ट्रियता कमजोर छ, हाम्रा धेरै आन्तरिक राष्ट्रहरू ओझेलमा छन् र विभेदमा छन्।

    त्यही राष्ट्रियता भनेको नै हाम्रो समाज हो। किरातीको आदर्श र संस्कृतिको केन्द्र हो खुवालुङ। खुवालुङको संवेदनशीलतालाई ख्याल नगर्ने र फुटाउने तप्का कसरी वामपन्थी हुन्छ? प्रदेश १ मा अहिले किराँत प्रदेशको कुरा उठिरहेको छ। ऐतिहासिक विभेदमा रहेको जातिले पहिचानको मुद्दा अगाडि बढाइरहेको छ, किराँतको पहिचान नदिने तप्का पनि वामपन्थी हुन्छ?

    नेपालमा यही समाजको संरचनाअनुसार मार्क्सवादमा थप विचार थपिएन, अरु सिर्जनशील बुँदाहरू थपिएन। त्यही भएर यस खालमा समस्याहरू आएका हुन्। समाजलाई बुझ्ने सवालमा मार्क्सवादीहरू कमजोर भएका हुन्। यो देशमा हिजोदेखि, ७ साल वा ६ सालदेखि आर्थिक वर्गको कुरा गरिन्छ। तर नेपालमा आर्थिक वर्ग मात्रै छैन। सांस्कृतिक वर्ग पनि छ। यो देशमा वर्ण व्यवस्थाले वर्ग उत्पादन गरेको छ। त्यसलाई हल गर्न तपाईँहरू कुन मार्क्सवाद प्रयोग गर्नुहुन्छ? वर्णाश्रम व्यवस्थामा आधारित देश हो यो। यसलाई विशुद्ध शास्त्रको आधारले, १९ औँ शताब्दीको युरोपियन सन्दर्भको आधारले हेरेर कसरी यहाँको छुवाछुतलगायत उत्पीडनका समस्याहरू हल हुन्छन्? त्यही कारण दक्षिण एसियामा मार्क्सवादको विकास हुन सकेको छैन।

    यहाँ वर्णाश्रम व्यवस्थाले सिर्जना गरेका बिसमता छन्, त्यसलाई हल नगरीकन आर्थिक वर्गमा मात्रै सोलोडोलो तरिकाले हल गर्न सकिँदैन। तपाईँलाई केही उदाहरण दिन्छुः एकजना धनाढ्य राई छन्, उनको ७७ वटै जिल्लामा घडेरी छन्। नेपालको सन्दर्भमा उनी धेरै धनी मानिस हुन्, तर राज्यसत्ताको दृष्टिकोणमा हेर्ने हो भने उनी पनि साँस्कृतिक उत्पीडनमा छन्। त्यस्ता कैयौँ उदाहरणहरू छन्। त्यस्ता मुद्धालाई कसरी हल गर्ने ?

    आजको तितो यथार्थ, अझैपनि गणतन्त्र नेपालमा, धर्मनिरपेक्षता र संघीयतासहितको संविधान भएको देशका नागरिकहरू गोरु र गाई काटेवापत आजका दिनमा पनि जेलमा छन्। त्यसलाई हल गर्न कुन यहाँहरू कुन मार्क्सवाद प्रयोग गर्नुहुन्छ? रुकुम काण्डमा नवराज विकले तथाकथित उच्च जातकी युवतीसँग गरेको प्रेमकै कारण ती युवकलगायत ६ जनाको हत्या भयो। त्यसलाई हेर्न तपाईँ कुन मार्क्सवाद प्रयोग गर्नुहुन्छ ? सबैभन्दा चुरो कुरा त समाज हो। माओले चिनियाँ मोडलको समाज अनुसार मार्क्सवादलाई व्याख्या गरेर प्रयोग गरेर पो त चीनका धेरै समस्याहरूको हल भयो।

    चीनले त्यतिकै विकासको यो गति समातेकोे होइन। चीनका मानिसमा विशुद्ध नैतिकताको पाठ ताओवाद र कन्फ्युसियसवादको आधारमा विकास भएको छ। हाम्रोमा कसरी मान्छेमा नैतिकताको विकास हुन्छ, जबकि वर्णाश्रम व्यवस्थाको आधारमा समाजमा गहिरो विभेद छ र आज पनि व्यवहारतः हिन्दू धर्मको जगमा यो देशमा शासन चलिरहेको छ।

    अतः मार्क्सवादलाई केलाउँदा हामीले समाजलाई केलाउनुपर्छ। मेरो पनि एउटा सानो टिम छ, त्यसमा हामी समाजवादका विषयमा छलफल गर्छौं। हामीले एउटा टिमबाट के निस्कर्ष निकालेका छौँ भने समाजवाद ल्याउने भाष्य ठीक हो त? कहाँबाट ल्याउने? रुसबाट ? चीनबाट ? कि मार्क्सको जर्मनबाट ? समाजवादतिर त जाने हो। यो त्यसरी ल्याउने होइन।

    समाजवादको मार्गमा कसरी जाने त? यो देशका सांस्कृतिक अंशका धेरै जातिहरूसँग समाजवादको अभ्यास छ। जस्तैः किराँतीहरूको विवाह छिन्दा महिलाका लागि तीनवटा कुराको ग्यारेन्टी गरिन्छ। पहिलो, विवाह गरेर जाने छोरीको त्यो घरमा हैसियत के हुन्छ ? त्यसका लागि चुला खुल्ला गरिएको हुन्छ। किराँतीका लागि चुलो सांस्कृतिकदेखि लिएर अरु अधिकारको सबैभन्दा ठूलो बिम्ब हो। त्यस्तै त्यो घरमा छोरीको आर्थिक हैसियत के हुन्छ ? सारा घर उसैको हो। अर्को, यदि बिहे गरिने छोरीमाथि ज्वाईँले तलमाथि गर्यो भने मेरो छोरीले के गर्न सक्छे? तीन कुरालई ग्यारेन्टी गरेर केटीको हातमा खुर्पी राखिइन्छ। त्यसको अर्थ हो, केटीमाथि अन्याय भएमा उसले खुर्पीमार्फत उसले विरोध जनाउन सक्छे र माइती फर्किन सक्छे।

    समाजवाद भनेको महिला अधिकार र महिलामुक्ति पनि होला। हामीसँग भएका यस्ता समाजवादी अभ्यास अन्यत्रबाट ल्याउने होइन। हाम्रा समाजमै भएका यस्ता समताका संकेत या अभ्यासहरूलार्य हामीले विकसित गर्नुपर्छ। यहीँ भएका रैथाने र मौलिक ज्ञानहरूलाई राष्ट्रियकरण गरेर र अवलम्बन गरेर हामी समाजवादमा जान सक्छौँ। त्यसैले ‘समाजवाद ल्याउने’ भाष्य नै गलत छ। अब हामीले ‘समाजवादमा जाने’ भाष्य ल्याउनुपर्छ।

    अहिले धरानका मेयर हर्क साम्पाङको सामापजक संजालमा धेरै चर्चा छ। उनी भोेलिका दिनमा कति सफल हुन्छन्, त्यसमा मेरो चासो छैन। तर उनले देखाइरहेको श्रमको संस्कार किराँतीको संस्कार हो। र त्यसलाई अरुहरूले पनि अवलम्बन गर्नु जरुरी छ। कतिपयले हर्क साम्पाङलाई भन्छन्, ‘टेबलमा बसेर नीति निर्माण गर्नुपर्ने मान्छे बेल्चा समातिरहेका छन्।’ त्यो भनाई सामन्ती संस्कार र सोचको उपज हो। किनभने अहिलेसम्म हामीले हाकिम भएपछि टाइ लगाएर टेबलमै बस्ने अभ्यास गर्यौँ। तर हाम्रा अनेका जातजातिहमा श्रमको संस्कृति छ। र, त्यही श्रमको संस्कृतिलाई हामीले स्थापित गर्नुपर्ने होइन र?

    अर्को कुरा, समाजवादको कुरा हुँदा निजी सम्पत्तिको पनि कुरा आउँछ। बि.सं. २०२१ सम्म धेरै जसो किराँती परिवारमा निजी सम्पत्ति थिएन। किपट व्यवस्था नै हाम्रो साझा सम्पत्ति थियो। निजी सम्पत्तिको अवधारणा कहाँबाट आयो? आफ्नो छातिमा हात राखेर सोच्नुहोस् त। हाम्रो किराँतीमा त यो अवधारणा थिएन। अतः आदिवासी, जनजाति, दलित तथा अन्य जातिहरूमा भएका मौलिक र समाजवादी अभ्यासहरूलाई देशले अंगीकार गरेपछि मात्रै समाजवादतर्फ गइन्छ।

    भिडियो –

    (नेपाल अध्ययन केन्द्रले साउन १४ र १५ गते काभ्रेको पनौतीमा आयोजना गरेको ‘आजको वामपन्थ’ विषयक अन्तरसंवाद कार्यक्रममा –कवि/लेखक भूपाल राईले गरेको सम्बोधनमा आधारित रहेर यो सामग्री तयार पारिएको हो।)

    यो पनि  –

    नेपाली समाजका ७ अन्तरविरोध – पीताम्बर शर्मा 

    आजको वामपन्थ – घनश्याम भूसाल 

    पतित–वामपन्थीहरूबाट वामपन्थलाई जोगाउँ – खगेन्द्र संग्रौला

    बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन – राम कार्की ‘पार्थ’ 

    सिद्धान्तबिहिन हुनु भनेको कुहिराको काग बन्नु हो – टंक कार्की 

    आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने? – रोशन जनकपुरी 

    कम्युनिष्टहरुमा ‘डिकोडिङ’को समस्या छ – उमेश चौहान

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      भूपाल राई

      भूपाल राई

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.