Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बोधिसत्व, भक्ति परम्परा र देउताको गाँठो

धर्मका संस्थापकको मृत्युपछि उनका अनुयायी र चेलाचपेटाहरूले संस्थापकले छाडेर गएका विचार र अवधारणामा केही थप नुन मसला थप्छन्, परिवर्तन ल्याउँछन्। त्यो स्वभाविक हो। र, महायानमा त्यसै भयो।

nepal_readers nepal_readers
माघ २४, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बुद्ध अरहन्त थिए, अरहन्तको अर्थ होः जसले आफूमाथि नै विजय प्राप्त गरेको छ। व्यक्तिगत इच्छाहरूबाट मुक्त या निवृत्त भएको हुन्छ। ख्याल राख्नुपर्ने कुरा यो छ कि बुद्व एक शिक्षक वा उपदेशक थिए। उनले दुनियाँलाई ‘निर्वाण’(मोक्ष)को शिक्षा दिए र भने, ‘मैले भनेका ९ चर्या र १० अनुशासनको पालन गरेर अगाडि बढ्नुभयो भने तपाईं निर्वाणको बाटोमा हिँड्नुहुनेछ। शिक्षक वा उपदेशकको मतलव मजस्तै शिक्षक। मैले तपाईंलाई कुनै परीक्षाको तयारीका लागि यस्ता–यस्ता कुराहरू पढ्नुस् भनिरहेको छु। र, म तपाईंलाई भन्दैछु, यस्तो बाटो हिँड्नुभयो भने तपाईंले फलानो परिक्षा पास गर्नुहुनेछ। तर तपाईँले मैले भनेको मान्नुभएन भने त यो शिक्षकले केही गर्न सक्नेवाला छैन। म तपाईंलाई केवल बाटो देखाउन सक्छु। बुद्धको यही दृष्टिकोण थियो–निर्वाणका लागि आफैँ पहलकदमी लिनुपर्छ।

    यता, इसाको सुरुवाती वर्षहरूमा भक्तिको अवधारणा आयो। बौद्ध परम्परामा पनि भक्ति परम्पराको प्रवेश भयो। माथि नै उल्लेख भइसक्यो, मूल बौद्ध दर्शनमा ९ चर्या र १० अनुशासनको उल्लेख छ। ख्याल गर्नुहोस् है, ‘तिमीहरूले केही गर्नुपर्दैन, मैले पढ्छु र परीक्षामा तिमीहरूको नम्बर आउँछ’ भनेर शिक्षकले भनिदिने हो भने विद्यार्थीहरूले ‘जय गुरु, धन्य हो!’ भन्दै तपाईंकै भक्ति गर्न शुरु गर्छन्। अरु कोही व्यक्तिले पढेकै कारण मेरो राम्रो अंक आएर म कसरी उत्तिर्ण हुन सम्भव छ भनेर विद्यार्थीले सोच्दैन। यस्तै खालको अवधारणा महायानी बौद्ध परम्परामा आउन शुरु भयो। जस्तो कि महायानी मत भन्छ कि ‘बुद्व त स्वयं निर्वाणको बाटोमा गए, बाँकी मानिसहरूलाई त ८४ लाख जुनीमा भड्कनकै लागि छोडिदिए।’

    नुन–मसला र वोधिसत्व
    बुद्वले वास्तवमै के भने र महायानी बौद्ध दर्शनले के भन्दैछ? धर्मका संस्थापकको मृत्युपछि उनका अनुयायी र चेलाचपेटाहरूले संस्थापकले छाडेर गएका विचार र अवधारणामा केही थप नुन मसला थप्छन्, परिवर्तन ल्याउँछन्। त्यो स्वभाविक हो। र, महायानमा त्यसै भयो। महायानमा पनि भनियो कि निर्वाण सबैलाई प्राप्त हुन सक्दैन। निर्वाणका लागि सबैको बाटो खुल्ला छैन। र, निर्वाण प्राप्त गर्नका लागि अमुक–अमुक कुराहरूको पालना गर्नुपर्छ। त्यसमा कर्मकाण्डको अभ्यास पनि बढिरहेको थियो। र, मानिसहरूलाई पनि एउटा यस्तै सजिलो बाटो चाहिएको थियो, जसमार्फत खासै कठीन केही गर्न नपरोस्, बसीबसी नै निर्वाण मिलोस्। र, यसै क्रममा भक्तिको अवधारणा आएको थियो, जसका अनुसार तपाईं सिधैं गएर ईश्वरका सामु झुक्नुहोस्। ‘तपाईं नै सबैथोक हो, तपाईंले नै हाम्रो उद्वार गर्नुहुनेछ’ भनेर भक्ति गर्नुहोस्, तब तपाईंलाई मुक्ति मिल्छ या निर्वाण प्राप्त हुन्छ।’

    भक्ति सर्वसुलभ हुन्छ र यही सर्वसुलभ चीज बन्यो–महायान बौद्ध पन्थ। बौद्ध परम्परामा बुद्व हराए र त्यसको ठाउँमा नयाँ अवधारणा आयो :  बोधिसत्व। बोधिसत्वको मतलब हुन्छ निस्वार्थ सेवा। बुद्वका बारेमा यो पनि भनिन्छ, ‘जे सुकै भए पनि बुद्व त स्वार्थी थिए। आफूले निर्वाण प्राप्त गरे, हामीलाई भड्कनकै लागि छाडेर गए। हामीलाई सबैथोक छोडेर निर्वाणको बाटोमा एक्लै गए।’ त्यसको बदलामा महायानमा आयो–बोधिसत्व। बोधिसत्व त्यो हो, जसले निर्वाण प्राप्त गर्ने योग्यता राख्छ तर निर्वाण प्राप्त गरेको हुँदैन र अहिले नै निर्वाण प्राप्त गर्न पनि चाहँदैन। ‘संसारका प्रत्येक प्राणीलाई निर्वाण नदिलाइकन हामी स्वयम् निर्वाणको बाटोमा जानेछैनौँ’ भन्छन् बोधिसत्वहरू।

    अतः जो महायानी बौद्व दर्शन छ , त्यसले गुणको हस्तान्तरणमा विश्वास गर्छ। जसअनुसार जब ९ चर्या १० अनुशाशनको पालना गरेर निर्वाणको योग्यता आफूमा आउनेछ। तर आफूले मात्रै निर्वाण प्राप्त गरेर त पुगेन, तब सबैलाई ९ चर्या र १० अनुशासनको पालना गर्न लगाएर निर्वाण प्राप्तिको दिशामा पठाउने कुरा गर्छ महायानी बौद्ध दर्शन। र, महायानी बौद्व दर्शन यो प्रक्रियामा लिप्त छ कि हरेक प्राणीलाई निर्वाण मिलोस्। यो कुरा निरन्तर चलिरहेको छ। र, यो त अघि नै मैले बताएकै मार्गको कुरा भयो, गुरुले पढेपछि विद्यार्थीले पढ्न नपरोस्। निर्वाणको यस्तो सहज तरिका बोधिसत्वले निकाले।

    बोधिसत्व मान्छे होइन, यो एक परिकल्पना हो, जस्तो कि अन्य धर्ममा पनि भगवानको परिकल्पना छ। त्यस्तो एक मसिहा या मुक्तिदाता कोही छ, जो तपाईंको मुक्तिका लागि काम गरिरहेको छ। यस्तो धारणा बौद्व परम्परामा फैलिँदै गयो र मान्छेहरूमा बोधिसत्वका लागि श्रद्वा विकसित हुनथाल्यो। श्रद्धा किन आयो? कसैले तपाईंको निर्वाणका लागि प्रयास गर्दैछ भने उसका लागि तपाईंको मनमा श्रद्वा त आउने नै भयो। र, श्रद्वाबाट आएको भक्तिबाटै बोधिसत्वको भक्ति हुनथाल्यो। र, भक्तिसँगै जोडियो मूर्तिपूजा। अब बोधिसत्वको मूर्ति बन्नथाल्यो। पछि, बोधिसत्व र बुद्वलाई एकै ठाउँमा मिलाइयो। बोधिसत्व बुद्ध भए, बुद्ध बोधिसत्व भए। यसरी बुद्ध र बोधिसत्व दुवैको मूर्ति बन्न थाल्यो।

    बोधिसत्वमा अवलोकित्तेश्वर, पद्मपानीलगायतका धेरै बोधिसत्वहरू छन्। अनेकौँ बोधिसत्वहरूको मुर्ति बनेपछि तिनको उपासना शुरु भयो, मूर्तिपूजा हुन थाल्यो। व्यापक रूपमा मूर्तिहरू बन्न थाले। बोधिसत्वहरूको विकाश हुँदै गर्दा यता व्यापार र व्यवसायको पनि विकास भइरहेको थियो। समाजमा धनी र कुलिन वर्गहरू उदाउँदै थिए। त्यस्ता वर्ग निर्वाण चाहन्थे तर उनीहरूसँग त्यसका लागि समय थिएन। तर यता बोधिसत्व थिए, जोसँग समय थियो तर पैसा थिएन। अब बोधिसत्वका नाममा उनीहरूले बौद्व संघमा धेरै मात्रामा आर्थिक अनुदान दिन थाले।

    सम्भ्रान्त संघ
    महात्मा बुद्वले पहिले दिएको शिक्षाअनुसार बौद्व भिक्षुहरुलाई वर्षमा नौ महिना घुम्न र ३ महिना अर्थात् बर्षाकालको समय रोकिएर विश्राम गर्न अनुमति थियो। घुम्दा झोला, कमण्डलु वा केही अत्यावश्यक सामान बोकेर मात्र हिँड्नु पर्थ्यो। र, बुद्धले त कसैले केही मूल्यवान चीज वा महँगो उपहार दियो भने नलिनु भनेर आफ्ना चेलाहरूलाई निर्देश गरेका थिए। तर अब बौद्व परम्परा उदार बनिसकेको थियो। जे उपहार दिएपनि सहजतासँग स्वीकार गर्न थालियो। सुन, चाँदी, हिरा, पैसा वा जेसुकै पनि स्वीकार गर्न थालियो। यसरी देख्दादेख्दै बौद्व संघमा धन थुप्रन थाल्यो।

    पहिले भिक्षुहरू नौ महिना देशदेशावर घुम्थे तर अब त स्थायी रूपमै आवास बनाएर विभिन्न ठाउँमा बस्न थाले, ऐश्वर्यको जीवन जिउन थाले। यसो भएपछि त्यसभित्र बौद्व मठाधिसहरूको जन्म हुनथाल्यो। उनीहरूसँग सम्पन्नता थियो। पैसा कुस्त भएपछि उनीहरूले रेसमको कपडा लगाउन थाले। महायानको समयमा बौद्धसंघमा यति धेरै पैसा आयो कि त्यस समूहबाट अनेक खालका मागहरू आउन थाले। अर्थतन्त्र बलियो भएर उनीहरुको रहनसहन र जीवनपद्वती नै बदलियो। देख्नेको नजर पनि बदलियो।

    पाली छाडेर अभिजात्य भाषा
    त्यस समय दक्षिण एसियामा पालि भाषा लोक भाषाका रूपमा थियो। अहिले हिन्दी र नेपाली भाषा बोल्ने सम्भ्रान्तहरूले अंग्रेजी भाषाप्रति देखाएको मोहजस्तै त्यतिखेर पालि भाषा बोल्ने बौद्धसंघका मान्छेहरूले संस्कृतलाई आफ्नो भाषाका रूपमा विकसित गरे। किनभने उनीहरूमा आभिजात्यपन आयो। उदाहरणका लागिः आज जो अंग्रेजी भाषा अपनाउँछन् या पहिल्यैदेखि अँग्रेजी बोल्छन्, उनीहरू दुबैको मनमा कहीँ न कहीँ अंग्रेजी भाषामा एक प्रकारको आभिजात्यपन छ भन्ने बुझाइ रहन्छ। जो अंग्रेजी भाषाको विरोध गर्छन्, उनीहरूको मनमा पनि कहीँ न कहीँ मैले पनि अंग्रेजी सिक्न पाएको भए गजबै हुन्थ्यो भन्ने धारणा रहन्छ।

    र, जब अवसर पाउनुहुन्छ, तपाईं अँग्रेजीमै बोल्ने कोसिस गर्नुहुन्छ। आफूलाई अँग्रेजी बोल्ने व्यक्तिकै रूपमा स्थापित गर्ने प्रयास गर्नुहुनेछ। यस्तो दमित सोच हुन्छ मान्छेमा। बौद्धसंघको पनि त्यही हाल भयो। पालि भाषा त्यतिखेरको लोकभाषा थियो तर महायान बौद्ध परम्पराले त्यतिखेरको अभिजात्यहरूको संस्कृत भाषालाई अपनायो। बौद्ध संघमा पनि अभिजात्यपन आयो। भक्तिका कारण धेरै परिवर्तनहरू आए महायानी बौद्ध परम्परामा। उता ब्राम्हणधर्ममा पनि यस्तै भएको छ। विष्णुका दश अवतारको परिकल्पना आएका थिए। विष्णु र शिवको मूर्ति बन्न लागिसकेका थिए। र, ब्राह्मणहरूले यस्तै सहज मौका खोजी रहेका थिए। यसैबीच, विष्णुका दस अवतारमा नवौँ अवतारका रूपमा बुद्धलाई  ब्राम्हणहरूले घोषित गरिदिए र बौद्ध परम्परालाई उदरस्थ गर्ने प्रयास गरे।

    दोस्रो कुरा, त्यस समयमा धर्ममा लोकतत्व एकदमै महत्वपूर्ण भएको छ। यता, जैनपन्थमा भने केही कुरा फरक थियो। दिगम्वर र श्वेताम्वरको मिलन इसाको शुरुकै शताब्दीमै भइसकेको थियो। भद्रवाहु र असुल स्थुलभद्रवाहु थिए। उनीहरूका बीचमा विचारको मतभेद भयो र भद्रवाहुले सबै ग्रन्थ आफूसँगै लिएर हिँडे। जो दिगम्वर साधु थिए, यिनीहरू नाङ्गै हिँड्थे। तिनले कर्नाटक क्षेत्रलाई आफ्नो आधार बनाए। यता, गुजरात क्षेत्रमा श्वेताम्वर साधुहरुको विशेष वर्चश्व रह्यो। जैन परम्पराले आजसम्म पनि आफ्ना मुलभूत कुरालाई नछोडेकाले त्यस धर्म/परम्परामा त्यति धेरै बदलाव आएको छैन जति तपाईंले जति महायानमा पाउनुहुन्छ। तर भक्तिको प्रभावचाहिँ जैनमा पनि छ। त्यता पनि तीर्थंकरहरूको मूर्ति बनाउन थालियो। महाविर र तीर्थंकरको मूर्ति बनाई त्यहाँ पनि पुजा र उपासना गर्न थालियो।

    देवताहरूको एकिकरण

    व्राह्मणवादले आर्य, गैरआर्य लगायत अनेकौँ तत्वको मिश्रण गरेर वैष्णव र शैवको विकास गरे। माछा र बराहलाई विष्णुकै अवतार भन्दै वैष्णवमा मिसाइयो। योसँगै धेरै धार्मिक पन्थहरू व्राम्हणपन्थमा समाहित हुँदै थिए। र, यस्तो धार्मिक धार्मिक एकीकरणको प्रक्रिया पूर्वमध्य कालसम्म चलिरह्यो। देवता, जनजाति र आर्य देवताहरूबीचको यस्तो प्रक्रिया लामो समयसम्म चलिरहेको हामी पाउँछौँ। स्मरण रहोस्, देवताको स्वरूपमा पनि बेलाबेला परिवर्तन आइरहन्छ। म सोच्छु–मानव कल्पनामा आएका त्यति धेरै स्वरुपका देवता बनाइएका छन् भने अहिले,यो २१औं शताब्दीमा कम्युटर र इन्टरनेट चलाउने कुनै देवताचाहिँ किन बनाइएका छैनन्? सम्भवतः त्यो पनि बन्ने क्रममै होला। जसरी–जसरी जीवनका आवश्यकता बदलिन्छन्, उसैगरी देवता र धर्मका अवधारणाहरू पनि बदलिँदै जान्छन्।

    किनकि दार्हा भएका देवता, जुङ्गा भएका देवता र पुच्छर भएका देवतासमेत छन्। धर्ममा पशु पूजा र रुखको पूजा छ। अर्धदेवताका रूपमा जनसमक्ष यक्षयक्षिनीको पुजाको चलन छ। यिनीहरू पूर्ण देवता थिएनन्, अर्ध देवता थिए, देवताका सेवक थिए। नाग नागिनको कुरा पनि त्यही हो। सर्वसाधारणले यिनीहरूको पूजा गर्ने गर्थ्यो, ब्राह्मणवादले यी सबै परम्परालाई आफ्नो धर्ममा समेट्यो। यक्ष र यक्षीनीको पूजा जनजनमा गरिन थालियो। ब्राह्मणवादले यी सबै पन्थहरूलाई आफूमा समाहित गर्‍यो। र, यो सँगै यस समयमा ब्राह्मण धर्म÷मतमा मूर्ती पूजा त शुरु भएको थियो नै, मन्दिरहरू पनि बन्न थाले। मन्दिर बन्न थालेको आधिकारिक प्रमाण गुप्त कालमा मिल्छ। तर मौर्योत्तर कालमा पनि नागरिका–मन्दिरलगायतका अनेकौँ मन्दिरहरू बनेका प्रमाण उत्खननहरूमार्फत मिलेका छन्। यसलाई गहिरो रूपमा हेर्दा धर्ममा भएका अनेकौँ परिवर्तनहरूका बृहत रूप बुद्वकालमा देखिन्छ। परिवर्तनको प्रक्रिया यसै कालमा भएको थियो। धर्मको यो स्वरुप, जसलाई तपाईँ ‘हिन्दू धर्म’ भन्नुहुन्छ यसको आधार यसै कालमा तयार भयो।

    वेद र पुराणका फरक
    ख्याल राख्नुपर्ने कुरा यो छ कि पुरानो अथवा आरम्भिक व्राह्मणपन्थको आधार वेद थियो भने भक्ति, अवतारवाद र मुर्तिपूजा भएको जुन नव– व्राम्हणपन्थ छ, यसको मौलिक आधार पुराण हो। वेदमा धर्मको आभिजात्य रूप आएको छ भने पुराणमा लोकतत्व आएको छ। तथाकथित हिन्दू धर्मको आरम्भिक रूप पुराणमा आयो। भक्ति, अवतारवाद र मुर्तिपूजा पुराणमा आयो। किनकि यस्ता चीजहरू लोकका लागि सहज हुन्छ।

    अब बेदको मन्त्रको कुरा गरौ। तपाईंहरूमध्ये केहीसँग पुजा गरेको अनुभव होला। मन्त्रोच्चारण के हो ? मन्त्रोच्चारण यज्ञ हो। अनाज र पशुहरूको आहुती दिइन्छ त्यस विधिमा। पुरोहितले ‘यहाँबाट यो सामान उठाउनुहोस्, अक्षता त्यो भाँडोमा राख्नुहोस्। बेलपत्र दुनामा राख्नुहोस्, पैसा उता चढाउनुहोस्’ भन्छन्। तर मलाई दुनामा हाल्न भनिएको चीज म कलशमा झुक्किएर अन्यत्रै राखिदिन्छु। ध्यान केन्द्रित नभएर। मैले अघि नै भनेँ यज्ञमा त ध्यान दिन असहज हुन्छ। सबै कर्मकाण्डमा पूरा ध्यानै जाँदैन। तर मन्दिरमा जानुभयो भयो भने त्यहाँ भजन र संगीत चलिरहेको हुन्छ। त्यहाँ आकर्षक र ठूलो मूर्ति हुन्छ। त्यसो हुँदा संगीत, ठूला र आकर्षक मुर्तीले मान्छेको ध्यान सहजै खिच्छ। यसो भनौँ, भक्तिमा मन लाग्छ।

    बेलपत्र र दुनोबाट तपाईंले कल्पना गर्नुभएको कुनै देवतासँग सहजै नजोडिनुहोला तर, भजन, संगित तामझाम र मुर्तिले एउटा भक्तलाई आफ्नो देउतासँग जोडिन सहज बनाउँछ। मन खुसी हुन्छ। यस कारण सर्वसाधारणलाई मन्त्रोच्चारण र अनेक खालका जटिल कर्मकाण्डले भन्दा भजन र मुर्तिले खुसी दिन्छ। फेरि हवन र यज्ञ खर्चिलो पनि हुन्छ। त्यसो हुनाले वैदिक परम्परा हराएर पौराणिक परम्परा लोकप्रिय भएका हुन्। र, आज वेदका कारण हिन्दू धर्म लोकप्रिय भएको होइन, पुराणहरूका कारण भएको हो। सोही कारण, आज एक सर्वसाधारण हिन्दूलाई ‘मैले हिन्दू धर्म भनेको के हो?’ भनेर सोधेँ भने उसले त मुर्तिपुजाकै कुरा गर्छ।

    ‘द स्टडी–एन् इन्स्टिच्युट फर आइएस ‘युट्युब च्यानलमा मनिकान्त सिंहको हिन्दी प्रवचनबाट नेपाल रिडर्सका लागि नेपालीमा उतारिएको। अनुवादः महेश पाण्डेय ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.