Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

वंशको सम्पत्तिबाटै उक्सिएका जुकाहरू हुन् आजका अर्बपतिहरू

जब हामी वाल्टनहरूजस्ताले अथाह सम्पत्ति लुँड्याएको कुरा सुन्छौँ, त्यसबेला पूँजिका बारेमा कार्ल मार्क्सले गरेको ब्याख्याको स्मरण हुन्छ, जसमा भनिएको छ, ‘पूँजी त्यस्तो मृत श्रम हो, जो जुकाझैँ हुन्छ र त्यसले बल्लतल्ल बाँचेका श्रमिकहरूलाई चुसेरै बाँचिरहन्छ, र त्यो जति लामो समय बाँच्छ, त्यसले उति नै धेरै श्रमिकलाई चुसिरहन्छ।’

जेम्स प्लेस्टेड जेम्स प्लेस्टेड
साउन ५, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्वका महाधनीहरूका लागि २१औं शताब्दीको पहिलो दशक, कमाइको हकमा स्वर्गझैँ हुनपुगेको छ। विश्वका अर्बौँ जनता आर्थिक मन्दी, बढ्दो जलवायु र वातावरणीय समस्या र पछिल्लो पटक भयानक विश्वव्यापी महामारीको चपेटाले थिल्थिलो बनेका छन् तर यसैबेला अर्बपति बर्गको धनसम्पत्ति भने आजसम्म कहिल्यै नबढेको दरमा तीव्ररुपमा बढेको छ।

    अमेरिकास्थित ‘इन्स्ट्च्यिुट फर पलिसी स्टडिज्’ले ‘चाँदीका चम्चावाला कुलिन वर्ग : अमेरिकाका कसरी ५० वटा सबैभन्दा ठूला पैत्रिक सम्पत्तिवाला साम्राज्यले असमानतालाई तीव्ररूपमा बढाएको छ?’ नामक प्रतिवेदन प्रकाशित गरेको छ, त्यसले पूँजिवादी समाजको असमानता कति अश्लिल र भद्धा हुँदै गएको छ भन्ने देखाउँछ। हुन त त्यसले व्यक्तिगत रूपमा अर्बपतिहरूमा अध्ययन केन्द्रित गरेको छैन, सो प्रतिवेदनले अमेरिकाका सबैभन्दा बढी अर्बपतिहरूको परिवारको विश्लेषण गरेको छ। यी त्यस्ता परिवारहरू हुन्, जो अनेकौँ पुस्ताअघि देखि पुर्खाहरूले ‘कमाएको’सम्पत्तिमा रजाइँ गर्दै आइरहेका छन्।

    ठूलो खाडल

    प्रतिवेदनले पत्ता लगाएको छ कि ‘सन् २०२० मा अमेरिकाका अति धनिमा पर्ने ५० वटा ‘पुर्ख्यौली सम्पत्तिका हकदार’ अर्बपतिहरूसँग १.२ खर्ब सम्पत्ति छ। यसको मतलव अमेरिकाको आधा जनसंख्या अर्थात् ६ करोड ५० लाख जनाको सम्पत्ति २.५ खर्ब मात्र छ।

    रिपोर्टले बाहिर ल्याएकोमध्ये सबैभन्दा आश्चर्यजनक खुलासा यो छ कि विगत चार दशकमा मात्रै पुर्ख्यौली सम्पत्तिमा रजाइँ गर्ने यी अर्बपतिहरूको सम्पत्ति अति नै तिब्र दरमा वृद्धि भएको छ। सन् १९८३ मा फोर्ब्स पत्रिकाले जारी गरेको लिस्ट र २०२० मा जारी गरेको लिस्टमै रहेका २७ परिवारकै सम्पत्ति जोडेर हेर्दामात्रै, उनीहरूको संयुक्त सम्पति गत ३७ वर्षमा १ हजार ७ प्रतिसतले बढेको छ। ८०.२ अर्ब डलरबाट ह्वात्तै ९०३.२ अर्ब डलरमा पुगेको छ, त्यो पनि मुद्रास्फितिमा ‘एडजस्ट’ गरिएको डलरमा।

    लेखक- जेम्स प्लेस्टेड

    सबैभन्दा धनीहरूको लिस्टको तपाईँ जत्ति निकट (माथि)जानुहुन्छ, उत्ति नै बढी अर्बपतिहरूको कमाईको दर बढी छ। ‘अमेरिकाका सबैभन्दा ५ धनी वंश’ नामको उपशीर्षकमा उल्लेख गरिएको छ, ‘उनीहरूको सम्पत्ति वृद्धिमा सन् १९८३ देखि २०२० सम्ममा २ हजार ४ सय ८४ प्रतिसतको दरले बढेको देखिन्छ।’ तपाईं कल्पना गर्नसक्नुहुन्छ, यतिको दरमा कसैको सम्पत्ति वृद्धि हुनसक्छ?

    र, यत्रा सम्पत्तिमध्ये एक अंश पनि प्राप्त गर्नका लागि यी मान्छेहरूले कुनै कठिन परिश्रम गर्नुपरेन, वा तथाकथित ‘उद्यमशील मेहनत’ को दुःख गर्नु परेन। यिनीहरू भनेका ‘जन्मदै खर्बपति अण्डा’हरू हुन् । जस्तो कि : वालमार्टका संस्थापक स्याम वाल्टनका सन्तानहरू, जसको पूरा सम्पत्ति ५.६ अर्ब (सन् १९८३) बाट बढेर अहिले २४७ अर्ब डलर पुगेको छ। त्यो वृद्धिदर ४ हजार ३ सय २० प्रतिसतको वृद्धि हो। वाल्टनका साखा सन्तानले यति धेरै धन प्राप्त गर्नका लागि एउटा सिन्को पनि भाच्नु परेन।

    नवउदारवादको असर

    सन् १९८० देखि स्थापित नवउदारवादी पूँजिवादको अवधारणालाई अमेरिका र सारा विश्वमै फैलाइएको छ। र, वाल्टन्सजस्ता मान्छेहरूले जेसुकै गरेर पनि सदासर्वदा धनी भइरहुन् भनेर नै यसो गरिएको हो। दक्षिणपन्थी प्रोपागाण्डाहरूले भन्ने गरेको ‘ट्रिकलिङ डाउन’ (राज्यले कर्पोरेसन र पूँजिपतिहरूलाई ट्याक्स घटाइदिँदा त्यसको लाभ सबैतिर छरिएर पुग्छ भन्ने सिद्धान्त) विपरित राज्य प्रणालीले वालमार्ट र अरु प्रमुख ठूला कम्पनीहरूका कम ज्यालाका मजदुरहरूलाई नै उल्टै शोषेर शासक वर्गको गोजीमा पैसा हालिदिनेगर्छ।

    जब हामी वाल्टनहरूजस्ताले अथाह सम्पत्ति लुँड्याएको कुरा सुन्छौँ, त्यसबेला पूँजिका बारेमा कार्ल मार्क्सले गरेको ब्याख्याको स्मरण हुन्छ, जसमा भनिएको छ, ‘पूँजी त्यस्तो मृत श्रम हो, जो जुकाझैँ हुन्छ र त्यसले बल्लतल्ल बाँचेका श्रमिकहरूलाई चुसेरै बाँचिरहन्छ, र त्यो जति लामो समय बाँच्छ, त्यसले उति नै धेरै श्रमिकलाई चुसिरहन्छ।’

    रिपोर्टमा यी ‘जुका’हरूले आर्जन गरेको धनको डंगुरमध्ये केही धनलाई कसरी राजनीतिज्ञहरूलाई प्रभावित पार्दै अझै सरकारी प्रणालीलाई आफ्नो पक्षमा पार्नका लागि प्रयोग गरेका छन् भन्नेबारे पनि सो रिपोर्टमा उल्लेख गरेको छ। राज्यलाई प्रभाव पार्नका लागि बस, मार्स, कोच र वाल्टन परिवारहरूका सदस्यहरू जम्मैले गरेको खर्च जोड्दा विगत दस वर्षमा १२ करोड अमेरिकन डलर हुन आउँछ। उनीहरूले सो रकम सरकारबाट कर मिनाह गराउन, श्रमिक र व्यावसायिक नीतिहरू आफ्नो पक्षमा लेखाउन, आफू सुहाउँदो र सहज लगानीको वातावरण बनाउन लागि खर्च गरेका हुन्।

    जति गरिब, उति नै धेरै कर

    र, यस्ता प्रयासहरू धेरै हदसम्म सफल पनि भएका छन्। केही अघि मात्र प्रोपब्लिक नामक गैरसकारी संस्थाले गरेको अनुसन्धानमा २५ जना सबैभन्दा धनी अमेरिकनहरू, जो वाल्टनजस्तै पूर्खाको सम्पत्तिका हकदार हुन्, तिनीहरूले तिर्नुपर्ने ट्याक्सको जम्मा ३.४ प्रतिसतमात्रै तिरे, जबकि यिनीहरूको संयुक्त सम्पत्तिको वृद्धि यस अवधिमा (२०१४ देखि २०१८ मा) ४०१ अरब डलर पुगेको थियो। जबकि पछिल्ला वर्षहरूमा प्रति मध्यम वर्गीय परिवारले वार्षिक ७० हजार डलरमात्रै कमायो तर उनीहरूले प्रतिपरिवार १४ प्रतिसत कर तिरे।

    निश्चय नै, श्रमिकहरूलाई शोसेर बाउबाजेले कमाएको अनैतिक धनमाथि अनैतिक हालिमुहाली गर्ने अर्बपतिहरूका नाति जनाति पुस्ताहरूले मात्रै अहिलेको प्रणालीलाई थप ध्वस्त पार्ने काम गरेका छैनन्, ‘चाँदीको चम्चाले भात खाने कुलीन वर्ग’ जो यस्ता रिपोर्टहरूमा समेटिएका छैनन्, पछिल्ला दशकहरूमा यिनीहरूको जीवन पनि उति दौलत र आरामदायीपूर्ण बनेको छ कि धेरैजसो मान्छेले कल्पनै गर्न सक्दैनन्।

    विश्वका दुई सबैभन्दा धनी जेफ बेजोज् र इलन मस्कलाई आफ्नै मेहेनत र परिश्रममा खडा भएका अर्बपतिका रूपमा चित्रण गर्ने गरिन्छ। तर बेजोजलाई उतिखेर उनका बाउआमाले २ लाख ४५ हजार डरल (आजको मूल्यांकनमा ४ लाख २६ हजार डलर) अमेजन कम्पनी खोल्नकै लागि दिइएको थियो। यता, मस्कको बाउ कन्सल्टेन्ट र घरजग्गा व्यापारी थिए।

    भ्रम

    बिजनेस इन्साइडर नामक पत्रिकको साउथ अफ्रिकन संस्करणमा सन् २०१८ मा प्रकाशित एक रिपोर्ट अनुसार मस्कका बाउले कुनै बेला आफ्नो परिवारको समुद्री डुंगा सयरका लागि, स्किइङ होलिडे मनाउन र महंगा कम्प्युटरमा खर्च गर्नकै लागि जाम्बियाको अत्यन्त महंगो ‘पन्ना’(एक खालको महंगो पत्थर) को उत्खनन्सम्बन्धी व्यापारको आधी सेयर नै किनेका थिए। र, तिनै बाउले मस्कलाई उनको पहिलो कम्पनी सुरु गर्नका ल २८ हजार डलर आजको मूल्यांकनमा ४८ हजार डलर दिएका थिए।

    सत्ता र जुका

    अस्ट्रेलियन शासक वर्गको सन्दर्भ पनि त्यस्तै हो। आजका चार अति धनी अष्ट्रेलियन नागरिकहरूमध्ये चारै जना अस्ट्रेलियाको अति धनी परिवारमै जन्मेका थिए। जसमध्ये गिना राइनहार्टको सम्पत्तिको मूल्यांकन आजका दिनमा ३१ अर्ब डलर छ। उनले धेरैजसो सम्पत्ति उनकै बाउबाट पाएकी हुन्। उनका बाउ माइनिङ (उत्खनन्सम्बन्धी धन्दा) का ठूला मालिक थिए। यता, एन्ड्र्यु ट्विगी फरेस्ट, जसको सम्पत्ति आजका दिनमा २७ अर्ब डलर छ, उनी ‘पश्चिमा अस्ट्रेलियन जमिन्दार’को परिवारमा जन्मेका थिए। र, ती जमिन्दारहरूमध्ये सर जोन फरेस्ट पनि पर्छन्, जो पश्चिमी अस्ट्रेलियाका प्रथम मुख्यमन्त्री थिए।

    र, उनी अस्ट्रेलियाको पहिलो संघीय संसदका क्याबिनेट मन्त्री पनि थिए। यस्तै, एटलास्सियन कम्पनीका सहसंस्थापक माइक क्यानन ब्रुक्स सिनियर (२० अर्ब डलरका मालिक) का बाउ माइक क्इानन ब्रुक्स भने ग्लोबल ब्यांकिङका कार्यकारी नै हुन्। र, एन्थोनी प्राट (२०अर्ब अमेरिकन डलरका मालिक) ले विश्वकै सबैभन्दा ठूलो कागज तथा प्याकेजिङसम्बन्धी कम्पनी ‘भिसि इन्डस्ट्रिज’ आफ्नो बाउ रिचर्ड प्राटबाटै प्राप्त गरेका हुन्।

    आजको वैश्विक पूँजिवादी प्रणाली त्यस्तो मेसिन हो, जसले मानव जीवन र प्राकृतिक स्रोतहरूलाई पिँध्छ र समाजको सबैभन्दा माथि रहेको, चयन काटीरहेको वर्गको लागि अहिलेसम्मकै धेरै धन ओकल्छ। पूँजिवादी प्रणाीलीले प्राप्त गरेको मुनाफा अति धेरै मेहनत गर्ने या अति धेरै आइडिया भएकाहरूका लागि छुट्याइन्न, बाँडिन्न। आजका श्रमिकहरूले पसिना बगाएर कमाएको अति धेरै सम्पत्ति झनैझनै थोरैभन्दा थोरै पूँजिपति जुकाहरूका हातमा केन्द्रित हुँदै गएको छ। र, यी जुकाहरूले हाम्रो समाजका लागि केही पनि योगदान गर्दैनन्। र, यीबिना हाम्रो समाज अझै राम्रो पो हुनेथियो।

    रेडफ्ल्यागडटओआरजीडटएयुबाट प्रकाश अजातको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जेम्स प्लेस्टेड

      जेम्स प्लेस्टेड

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.