Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कमला भासिनसँग महिलावादी तालिम लिएको भन्दै विद्या भण्डारीलाई चिठी काट्न खोजियो

०४७ को संविधान लेख्ने क्रममा हामीले पैतिृक सम्पत्तिमा छोरा र छोरीको समान हक हुनुपर्ने विषय राख्न माग ग-यौं। त्यतिबेला यौनिक तथा लैंगिक अल्पसंख्यकलाई मान्यता नदिइसकेकाले हामीले छोरा र छोरीको मात्रै कुरा उठायौं। तर विडम्बना, हाम्रै पार्टीका नेता संविधान बनाउने ठाउँमा रहदा समेत त्यस्तो व्यवस्था गरिएन। उल्टै छोरी विवाह गरेर अर्काको घर जाने जात भएकाले छोरीलाई अंश दिँदा संस्कार बिग्रिने जवाफ हाम्रै नेताहरूले दिए।

nepal_readers nepal_readers
अशोज १३, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    महिलावादी अभियन्ता कमला भासिनको ७५ वर्षको उमेरमा मृत्यु भएको छ। सर्वप्रथम म उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छु। उनी मूल रूपमा दक्षिण एसिया र विश्वस्तरमै ‘महिलावादी भनेको राजनीतिक विचार हो र महिलावादलाई राजनीतिक हिसाबबाट स्वीकार गर्न नसकेसम्म लैंगिक समानता प्राप्त हुन सक्दैन’ भनेर लागिपरेको अभियन्ता थिइन्।

    पितृसत्ताविरुद्धको राजनीतिक विचारधारा भनेको महिलावाद हो र हामीले कुरा गर्ने महिलावाद समाजवादी महिलावाद हो।महिलावादले महिलाको समानताको कुरा मात्रै गर्दैन। समाजमा रहेको विविधता अन्तर्गत किनारामा पारिएका लिंग, समुदाय र वर्गलाई मूलधारमा ल्याउनका लागि पनि पितृसत्ताको अन्त्य गर्नुपर्छ। यो भनेको समाजवादी र महिलावादी विचारधारामा पर्छ भनेर भासिनले निरन्तर वकालन गरिन्। उनी दक्षिण एसियाका सबै देशको जनस्तरमा भिजिसकेकी अभियान्ता हुन्। विश्वस्तरले पनि सम्झने खालको महिलावादी अगुवा हुन्।

    महिलावाद पुरुषविरुद्ध होइन

    मार्क्सवादी दर्शनले मात्रै भनेको समाजवादमा पुग्न पितृसत्तात्मक स‌ंरचना पनि अवरोधक छ। दुनियाँमा महिलाविरुद्धको विभेदको जरा भनेको नै पितृसत्ता हो। त्यसैले पितृसत्ताको अन्त्य आवश्यक छ। र, आर्थिक हिसाबबाट पिँधमा परेको श्रमजिवी वर्गको मुक्तिका लागि पनि महिलावाद आवश्यक छ। महिलावाद भनेको पुरुषको विरोध गर्नु होइन। महिलावाद त पितृसत्ताविरुद्ध हो। पितृसत्ताले महिलालाई मात्रै विभेद गरेको छैन, पुरुषहरूलाई पनि विभेद गरेको छ।

    पितृसत्ताले पुरूषलाई अनावश्यक जिम्मेवारी, बोझ र दायित्व बोकाएको छ। यसबाट पुरुषहरूलाई पनि मुक्त गर्ने हो भने महिलावादलाई मूलधारको राजनीतिमा समाहित गरेर जानुपर्छ। यो मुक्तिका लागि आम रुपमा सबैभन्दा ठूलो समुदायको रुपमा रहेको वर्गसँग हातेमालो गरेर जाँदा मात्रै पितृसत्तालाई अन्त्य गर्न सकिन्छ। त्यसैले मार्क्सवाद र महिलावादलाई हामीले एक अर्काको परिपूरकको हिसाबबाट अगाडि बढाउनुपर्छ भन्ने सोचलाई नै हामी समाजवादी महिलावाद भनेर बुझ्ने गर्छौ। कमला भासिन एक समाजवादी नेता हुन्। समाजवादी नेता हुनेबित्तिकै कम्युनिष्टहरूको सहकर्मी वा साथी हुने नै भयो।

    पितृसत्ताको जरा

    ख्याल गर्नु पर्ने कुरा यो छ कि जबसम्म एउटा यौनिक पहिचान भएको व्यक्तिले दिने र अर्को यौनिक समुदायले लिने खालको सम्बन्ध कायम रहन्छ, तबसम्म पितृसत्ताको जरा उखेलिँदैन। त्यसैले महिलावादको सम्बन्ध भनेको शक्ति संरचनासँग छ। आज कुनैपनि पदमा बस्ने व्यक्तिले कसैलाई उ महिला वा पुरुष भन्दा पनि एउटा नागरिकका रुपमा देख्छ कि देख्दैन भन्ने कुराले उसमा पितृसत्ता कति छ भन्ने कुरा बुझ्न सकिन्छ।

    यतिसम्म कि यहाँ एउटा बच्चा जन्मियो भने उ कति स्वस्थ छ वा छैन भनेर सोधिँदैन। त्यो भन्दा पहिला समाजको आँखा उसको यौनाङ्गमा जान्छ। यसबाट पितृसत्ता अझैसम्म पनि हाम्रो समाजमा जरा गाडेर बसेको छ भनेर बुझिन्छ। कुनैपनि व्यक्ति जन्मिँदैदेखि उसमा पितृसत्तात्मक सोचको बिउ रोप्न सुरु गरिन्छ। बच्चा हुर्कने क्रममा उसले घरभित्रै आमालाई हुने व्यवहार र बुवालाई गरिने व्यवहारमा भिन्नता देखेको हुन्छ। त्यहीँबाट उसको मानसिकता बन्न थाल्छ।

    त्यसपछि स्कुलमा केटा र केटीलाई गर्ने व्यवहार, मिस र सरलाई गरिने व्यवहारबाट उसले महिला र पुरुषको शक्ति कस्तो छ भनेर बुझ्दै जान्छ र त्यो नै संस्कार बन्छ। उ किशोर, युवा र प्रौढ बन्ने क्रममा उसले सानोबेला देखिको दृष्टिकोण बोकिरहेको हुन्छ। उसको दृष्टिकोण समान छ कि विभेद गर्ने खालको छ भन्ने कुराले नै उसको मानसिकता, संस्कार र संस्कृति बन्छ।

    त्यसैले गर्दा हाम्रो समाज र राजनीतिमा पुरुष दिने र महिला माग गर्ने वा लिनेका रुपमा बुझिन्छ। हाम्रो आन्दोलनमा जतिसुकै कम्युनिष्ट पार्टीको शासन भएपनि, यो जतिसुकै प्रगतिशील भनेपनि वा हामीले क्रान्ति सपन्न गर्‍यौं भनेर जतिसुकै भनेपनि हाम्रो नेतृत्वले जन्मदैबाट सिकेको संस्कारलाई नै छोड्न सकेको छैन।

    पारिश्रमिकमा विभेद

    परिवारमा बुवा ठूलो र आमा सानो भनेर सिकाइएको हुन्छ। हुर्कने क्रममा दिदीबहिनी अर्काको घर जाने जात र दाजुभाइ चाहिँ घरको स्वामित्व लिने मालिक भनेर चिनाइएको हुन्छ। बुवाले भनेको आमाले मान्नुपर्छ भनेर बच्चाले सिकेको हुन्छ। बुवा घरमूली, आमा परिवारको सेवा गर्ने व्यक्ति अथवा घरेलु श्रमिकका रुपमा व्यक्तिले बुझेको हुन्छ।

    घरबाट बाहिर जाँदा पनि महिलाहरूले उत्तिकै विभेद भोग्नुपर्छ। हामी सानो हुँदाका केही कुरा सम्झना छः मेलापातमा जाँदा पुरुषलाई खाजामा दुई माना चिउरा र महिलालाई एकमाना चिउरा दिइन्थ्यो। र, पुरुषले पाएको तलबको आधा मात्रै महिलाले पाउने गर्थे। त्यसको विरोधमा हामीले समान काम र समान पारिश्रमिकको नारा ल्यायौं।

    महिला र पुरुषबीच भेदभाव गर्न पाइँदैन भन्यौं र समान हैसियतको नगारिक हुनुपर्छ भन्यौं। तर हाम्रो मनस्थिति, व्यवहार र बोली बदलिएको स्थिति छैन। मूलतः राजनीतिक नेतृत्वमा, कर्मचारीतन्त्रको माथिल्लो तहमा बस्ने व्यक्तिमा र नागरिक समाजका नेता भनिनेहरूमा मानसिक परिवर्तन नआएसम्म आम मानिसको सोचमा परिवर्तन आउँदैन।

    कम्युनिष्ट आन्दोलनमा महिलावाद

    अन्र्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई हेर्ने हो जुन बेला मार्क्स र एंगेल्सले कम्युनिष्ट घोषणापत्र ल्याउनुभयो, त्यतिबेला उनीहरूको देशमा औद्योगिक विकास भइसकेको थियो। त्यतिबेला मार्क्स र एंगेल्स् ‘महिलाहरू आर्थिक रुपबाट सशक्त भए भने उनीहरूको मुक्ति हुन्छ’ भन्ने निष्कर्षमा पुगे। अनि दुनियाँका कम्युनिष्ट पार्टी त्यही नारा दिएर अघि बढे। जब चीनमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्दै गयो, सन् १९४० मा माओले महिलाहरू आर्थिक रुपमा सशक्त भएर मात्रै मुक्त नहुने रहेछन् भन्ने कुरा अनुभूति गरे।

    माओले महिलामाथि पुरुषले गर्ने विभेदसँगै महिलामाथि सामाजिक र आर्थिक विभेद पनि हुने भन्दै शोषणका चार पहाडहरू तोड्नुपर्छ भने। नेपालका कम्युनिष्ट पार्टीले पनि त्यही कुरा लेखे। तर चार पहाडका शोषणहरू कस्ता छन् भनेर बहस गरिएन। मूलतः नेपालका कम्युनिष्ट पार्टीले २०४६ सालसम्म आर्थिक हिसाबबाट आत्मनिर्भर भएपछि महिला मुक्त हुन्छन् भन्ने कुरा गर्दै आए।

    नेताहरूलाई ‘संस्कार’ बिग्रिने डर

    पञ्चायतपछि हामीले पैतृक सम्पत्तिमा अधिकार हुनुपर्छ भन्ने मूल नारा लियौं। तर ०४७ को संविधान लेख्ने क्रममा हामीले पैतिृक सम्पत्तिमा छोरा र छोरीको समान हक हुनुपर्ने विषय राख्न माग गर्‍यौं। त्यतिबेला यौनिक तथा लैंगिक अल्पसंख्यकलाई मान्यता नदिइसकेकाले हामीले छोरा र छोरीको मात्रै कुरा उठायौं। तर विडम्बना, हाम्रै पार्टीका नेता संविधान बनाउने ठाउँमा रहदा समेत त्यस्तो व्यवस्था गरिएन। उल्टै छोरी विवाह गरेर अर्काको घर जाने जात भएकाले छोरीलाई अंश दिँदा संस्कार बिग्रिने जवाफ हाम्रै नेताहरूले दिए।

    त्यसैले जबसम्म मानसिकतामा परिवर्तन आउँदैन तबसम्म हाम्रो संस्कारमा पनि फरक पर्दैन। कम्युनिष्ट नेताहरू ठाउँमा पुगेर पनि उनीहरू मानिसकता परिवर्तन नभएका कारण प्रगतिशील विषयलाई संविधानमा अटाउन सकेनन्।

    पछि महिलाहरू विस्तारै आर्थिक गतिविधिमा लाग्न थाले। हामीले महिलाहरू घर बाहिर उत्पादनको क्षेत्रमा संलग्न भएपछि मुक्ति हुन्छ भन्यौं, तर पुरुषलाई घरभित्रको काममा सहभागी हुन नभनिँदा महिलाहरूलाई दोहोरो जिम्मेवारी पर्न गयो। यो दस्तावेजमा नलेखिएका कारणले भएको होइन।

    जबजमा महिला नीति

    २०४९ सालमा नेकपा एमालको पाँचौं राष्ट्रिय महाधिवेशनले पास गरेको जनताको बहुदलीय जनवादमा महिलासम्बन्धी नीतिलाई व्याख्या गर्ने हो भने त्यहाँ समाजवादी र महिलावादी सोच पाउन सकिन्छ। त्यसले घरभित्रको काममा पनि पुरुषहरूको सहभागिता र बाहिरको काममा महिलाको सहभागिता हुनुपर्ने कुराको व्याख्या गरेको छ। तर त्यही जबज बोकेर हिँड्ने नेताहरूले कहिल्यै पनि घरभित्रको काममा पुरुषको पनि समान सहभागिता हुनुपर्छ भन्ने कुरा गरेनन्। नेताहरूले त्यसलाई बुझ्दै बुझेनन्।

    हामीले मार्क्सवादी दृष्टिकोणबाट आर्थिक उपार्जनमा महिला सहभागिताको कुरा मात्रै गर्‍यौं तर महिलावादी दृष्टिकोणबाट सबै काममा पुरुषको पनि सहभागिता हुनुपर्छ भन्ने कुरा बुझिएन र बुझाइएन। समाजमा यो पुरुषको काम, यो महिलाको काम भनेर लिंगका आधारमा भूमिका र जिम्मेवारी विभाजन गर्ने गरिन्छ। कम्युनिष्ट आन्दोलनले त्यो विभाजनको रेखालाई मेट्न सक्नुपर्छ।

    महिलावादः राजनीतिक विषय

    आज आर्थिक उपार्जनमा लागेकै महिलाहरू पनि आत्मनिर्णय गर्न र स्वतन्त्र रूपमा आफ्नो विवेक प्रयोग गर्ने स्थिति छैनन्। पितृसत्ताले निर्माण गरेको संस्कार र संस्कृतिलाई परिवर्तन गर्न सकेनौं भने महिला र पुरुषबीचको समानताको लक्ष्यमा हामी पुग्न सक्दैनौं। संस्कृति आफैं परिवर्तन हुँदैन। हाम्रा गतिविधिबाट नै संस्कृति निर्माण हुँदै जाने हो।

    आजका दिनमा पनि कुनै ठाउँमा महिलामाथि अपराध हुँदासम्म मानिसको चिन्ता पीडितको पक्षमा नभई अझैपनि पीडकको पक्षमा देखिन्छ। महिलामाथि नै अपराध हुँदा समेत ती महिलाले के लगाएकी थिई, उ कतिखेर हिँडेकी थिई जस्ता प्रश्न तेर्साइन्छ। अपराधीले अपराध किन ग-यो र त्यसको मूल जरा के हो भनेर खोतल्ने काम कमै भएको पाइन्छ।

    निष्कर्षमा भन्नुपर्दा कम्युनिष्ट आन्दोलन बलियो हुँदाहुँदै पनि पितृसत्ताका विरुद्ध जुझ्ने र यसलाई अन्त्य गर्ने भनेको राजनीतिक महिलावाद हो भन्ने कुरालाई हामीले अंगाल्न सकेनौं।

    आजका दिनमा पनि हामीले महिलाका हकहित र महिलावाद राजनीतिक विषय पनि हो भन्ने कुरा उठाउँदा हामीलाई ‘महिलावादी’ भनेर गाली गर्ने गरिन्छ। आजभोलि ‘महिलावादी’ शब्दलाई गाली गर्ने शब्दका रुपमा लिइन्छ। जुन दिनसम्म नेपालको समाजवादी आन्दोलन महिलावादलाई पनि राजनीतिक विषयका रुपमा स्वीकार गरेर अगाडि बढ्दैन तबसम्म संविधानमै उल्लेख गरिएको समाजवादमा पुग्न सकिँदैन।

    समाजवादमा पुग्नका लागि हामीले महिलावादी सोचलाई आत्मसात गर्नुपर्छ र यसलाई व्यवहारमा लागु गर्नुपर्छ। यस विषयलाई कमला भासिन आफ्ना लेख तथा रचनामा धेरैपटक उठाएकि छिन्।

    भासिनले भन्दै आएकी थिइन्, ‘पितृसत्ता अन्त्य गर्नु भनेको मातृसत्ता ल्याउनु होइन, समानता प्राप्त गर्नु हो।’ साथमा उनले ‘योग्य पुरुषहरूले समानताको विरोध गर्दैनन् अर्थात् क्वालिटी भएका पुरुष इक्वालिटीको विपक्षमा बोल्दैनन्’ जस्ता प्रभावकारी भनाई राखेकी थिइन्। भासिनले छोडेका यी विचारहरूले महिला समानतामा धेरै योगदान गर्छ।

    भासिनसँगको भेट

    मेरो महिलावादको यात्राको बारेमा कुरा गर्नुपर्दा म २०४३ सालमा अखिलमा रहँदाको एउटा घटना सम्झिन्छु। त्यतिबेला एकजना दिदीले मलाई भनिन्, ‘तिमी अखिलमा त लागी छौ, महिलावादी चाहिँ नहुनु है।’ वास्वतमा मैले पहिलोपटक ‘महिलावाद’ शब्द सुनेको त्यतिबेलै हो।

    त्यस समय महिलावादी साहित्य पाइँदैन थियो र हाम्रो आन्दोलनले पनि महिलावाद स्वीकार गरेको थिएन। हामीले ०४७ सालमा संविधानमा छोरा र छोरीको समान हकको व्यवस्था गरिनुपर्छ भनेर कुरा उठाउँदा हामीलाई ‘तपाईं महिलावादी कुरा नगर्नुहोस्’ भनियो। त्यतिबेला महिलावाद के हो भन्ने खालको खुलदुली थियो।

    २०५१ सालमा म हङकङ गए। त्यहाँ धेरै महिलावादी साथीहरू भेटेँ, महिलावादका सामग्रीहरू अध्ययन गर्न पाएँ र त्यही बीचमा कमला भासिनसँग भेट भयो। उनी युएन सिस्टममा काम गर्थिन्। उनी नेपालमा सांसदहरूलाई लैंगिक समानताको बारेमा प्रशिक्षण दिन आएकी थिइन्।

    झण्डै स्पष्टीकरण

    हङकङबाट फर्किए यता भासिनसँग मेरो सम्बन्ध र सम्पर्क निरन्तर नै थियो। २०५४ सालमा अनेसंघको अध्यक्ष वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी थिइन्। हामीले अनेमसंघको आयोजनामा कमला भासिनबाट प्रशिक्षण लिने कुरा भयो। भासिनले पनि यहाँ कार्यक्रम राख्ने भए कुनै खर्च नगर्नुपर्ने र उनी नेपाल आउदा लागेको खर्च उनले स्वयम् व्यहोर्ने कुरा गरिन्। त्यसपछि हामीले स्टाफ कलेजमा चार दिनको आवासीय प्रशिक्षण कार्यक्रम ग-यौं।

    प्रशिक्षण कार्यक्रम एकदमै राम्रो भयो। भासिनको प्रशिक्षणपछि हामीले अहिलेसम्म भन्दै आएको र गर्दै आएको कुरा नै वास्तवमा समाजवादी महिलावादी काम नै रहेछ भन्ने कुराको अनुभूति भयो। तर पार्टीको अनुमति बिना भासिनसँग महिलावादी तालिम लिएको भन्दै स्पष्टीकरणका लागि विद्या भण्डारीलाई चिठी काट्ने तयारी भयो। त्यसै क्रममा मैले प्रदिप नेपालसँग कुरा गरेर ‘यो कार्यक्रम गर्नका लागि सबै व्यवस्था मैले गरेको हुँ, बरु मलाई नै कारबाही गर्नू’ भनेपछि त्यो कुरा त्यतिमै टुंगिएको थियो।

    त्यो बेलादेखि कमला भासिनसँग मेरो एकदमै नजिकको सम्बन्ध रह्यो। नेपालमा उनको एक महिने तालिम हुँदा म जाने र सेसन लिने काम गर्थें। पछिल्लो समयमा उनले साउथ एसियाको ‘संगत’ भन्ने नेटवर्क बनाएकी थिइन्। त्यो नेटवर्कमा त्यति धेरै योगदान गर्न त सकिनँ, तर त्यसको कोर ग्रुप मेम्बर भएर मैले काम गरेँ।

    म आज महिलावादको बारेमा जति कुरा गर्न सक्छु, महिला आन्दोलनको बारेमा जुन तहको मेरो सूचना र ज्ञान मसँग छ, यसमा कमला भासिनको ठूलो योगदान छ। अरु सयौं हाम्रा साथीहरूमा भासिनले विभिन्न तालिममार्फत महिला मुक्ति र समानताका लागि महिलावादी विचार लिनुपर्छ भन्ने सोचको बिउ रोप्ने काम गरेकी छिन्। नेपालको महिला मुक्ति आन्दोलन भासिनप्रति सधैं आभारी नै रहन्छ।

    नबदलिएको सोच

    पञ्चायतको अन्त्य भएदेखि नै हामीले महिला हक अधिकारका विषयमा कुरा उठाउन थाल्यौं। तर त्यतिबेला नेताहरूमा देखिएको सोचमा अहिले पनि परिवर्तन हुन सकेको छैन। त्यसको एउटा उदाहरणः २०६४ सालमा म पहिलोपटक संविधान सभामा गएँ। संविधान लेख्दै गर्दा त्यसको प्रस्तावनामा ‘पितृसत्ताको अन्त्य’ शब्द लेखौं भनेर नेताहरूसँग प्रस्ताव गरेँ। तर नेताहरू त्यो शब्द लेख्न तयार भएनन्। उनीहरूलाई आफ्नो सत्ता हल्लिएला भन्ने डर होला।

    आज देशमा गणतन्त्र छ, तर हामीकहाँ गणतान्त्रिक संस्कार बसेको छैन। खासमा गणतन्त्र र राजतन्त्रमा धेरै फरक हुनुपर्ने हो। राजतन्त्रमा कोही जन्मदै शासक र कोही शासित हुन्छन् भने गणतन्त्रमा सबै मानिस जन्मदा समान हैसियतको नागरिक भएर जन्मन्छन्। सबै काम मर्यादित हुन्छन्।

    पदको आधारमा कसैको जिम्मेवारी फरक होला, तर आधारभूत रुपमा हामीले सबैलाई समान व्यवहार गर्नुपर्छ। मर्यादित व्यवहार गर्नुपर्छ भन्ने कुरा गणतन्त्रका आधारभूत कुरा हुन्। तर हाम्रो नेतृत्वमा गणतन्त्रिक व्यवहार देखिँदैन। नेतृत्व समाजको टाकुरामा बस्ने मानिस हो र नेतृत्वको बोली, व्यवहार र सोचले आम जनतालाई असर पर्छ।

    अहिले हाम्रो पार्टी विधान महाधिवेशनको तयारीमा छ। हाम्रो पार्टीको विधानको प्रस्तावनामा ‘अहिलेको समृद्धिको सबैभन्दा ठूलो बाधक पितृसत्ता र जातीय विभेद हो’ भन्ने कुरालाई लेख्नुपर्छ भनेर हाम्रो समूहबाट सुझाव दिएका छौं। आएका सुझावहरूलाई समेट्ने आश्वासन दिइएको छ। कति लेखिन्छ वा लेखिँदैन थाहा छैन।

    यदि हामीले जबजलाई कार्यान्वयन गरेर जाने हो भने हामीले हाम्रो दस्तावेजमा महिला सम्बन्धी कार्यक्रम समाजवादी महिलावाद हो भन्ने कुरा किटानी गर्नुपर्छ। यो नगरेसम्म हामीले महिलामुक्तिको गफ मात्रै गरेको ठहर्छ। जब महिलावादी सोचलाई राजनीतिक विषयका रुपमा लिइँदैन त्यसलाई हामीले कार्यान्वयन गर्न सक्ने सवाल नै आउँदैन। हाम्रो पार्टीभित्रै पनि पितृसत्ताको अन्त्य गर्ने र समाजवादी महिलावादी विचारसहितको समानता कायम गर्न सक्छौं भन्ने कुरा हाम्रो दस्तावेजमा खुल्ला मनले लेख्न सक्ने हैसियतमा नेतृत्व पुगेको म पाउँदिनँ।

    भिडियो –

    (नेकपा एमाले नेता विन्दा पाण्डेसँग प्रकाश अजातले गरेको कुराकानीमा आधारित।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.