Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बामपन्थी बोरिकको विजय र उनका चुनौती

नवउदारवादले गरीब र निम्छराहरूलाई सँगै लिएर जान सक्दैन। यस्तोमा नवउदारवादबाहेक अन्य तरिकाले पनि प्रगति हासिल गर्न सकिन्छ भनेर देखाउनु बोरिसको कार्यभार हो।

nepal_readers nepal_readers
पुस ६, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ३५ वर्षे वामपन्थी युवा ग्याब्रियल बोरिक गत आइतबार चिलीको राष्ट्रपतिमा चुनिएपछि अन्र्तराष्ट्रिय संचार माध्यमहरूमा उनको प्रशस्त चर्चा छ। यी युवा सन् २०१९ र २०२० को सरकारविरोधी आन्दोलनबाट नेताका रूपमा उदाएका हुन्। यी युवा खुला बजारका धुवाँधार बिरोधी हुन्। खुला बजार अर्थशास्त्रको फायरब्रान्ड ठानिने डोनल्ड ट्रम्पहरूजस्ताका विरोधमा बोरिकको पार्टीले चुनाबअघि चर्का प्रचार अभियानहरू चलाएको थियो।

    ५६ प्रतिशत भोट प्राप्त गरेका बोरिकले दक्षिणपन्थी र धार्मिक पक्षका अर्का उम्मेद्वार होसे एन्टोनियो कास्टलाई हराए। कास्टले चुनाबअघि अपरिपक्व बोरिक आफ्ना गठबन्धन शक्तिको खेलौना सावित हुने भन्दै भोटरहरूलाई तर्साउन खोज्दै आफूले चिलीलाई दक्षिण अमेरिकाकै स्थिर र सशक्त अर्थव्यवस्थामा रुपान्तरण गर्ने दावा गरेका थिए। तर चुनावमा हारेलगत्तै कास्टले बोरिकलाई ‘भव्य जित’को बधाई मात्रै दिएनन्, बधाई दिनका लागि उनी बोरिककै चुनावप्रचार कार्यालयसमेत पुगे।

    लगत्तै निवर्तमान राष्ट्रपति सेबास्तिएन पिनेरा, जो दक्षिणपन्थी अर्बपति हुन्, उनले पनि बोरिकसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्दै बधाई दिए र आफ्नो तर्फबाट बोरिक नेतृत्वको नयाँ सरकारलाई आउँदो तिन महिने सत्ता हस्तान्तरणको संक्रमणको समयमा पूर्ण रूपले समर्थन गर्ने बताए।

    जलवायु र वातावरणका मुद्धा बोक्छन् बोरिक

    दारी पालेका र चस्मा लगाएका यी युवाका समर्थकहरू पनि प्रायः युवा नै छन्। बोरिक ती युवा हुन्, जसले विकास र समृद्धिका नाममा हुने प्रकृति विनासको जमेर बिरोध गर्ने हिम्मत गरेका छन्। जलवायु परिवर्तनको मुद्दा यिनको प्राथमिकतामा छ। सोही कारण तामा उत्खनन् गरेर चिलीलाई संसारकै सबैभन्दा धेरै तामा उत्पादक देश बनाउने लक्ष्यलाई रोक्न चाहन्छन् उनी। बोरिकले चिलीको निजि पेन्सन प्रणालीलाई समेत हटाउने बताएका छन्। यो प्रणाली नव उदारवादी अर्थततन्त्रको खास नमुना हो। र, त्यो प्रणाली पूर्व तानाशाह अगस्टो पिनोसेले लादेका थिए।

    विजय भएपछि उनले विजय सभालाई सम्बोधन गर्ने क्रममा भनेका छन्, ‘हामी सार्वजनिक जीवनमा त्यसरी उदाएका पूस्ता हौँ, जसले आफ्ना सार्वभौम अधिकारहरूलाई अधिकारकै रूपमा व्यवहार गरियोस् भन्ने चाहन्छ, बजारीया समानझैँ होइन। अब चिलीमा धनी र गरीबलाई उत्तिकै न्याय मिल्नेछ। चिलीको असमानताको भार गरीबलाई मात्रै बोकाइने कुरा अब मान्य छैन। त्यस्तो हुन दिनेछैनौँ।’

    चिलीको चुनाबमा महिलाहरू प्रमुख भोट ब्लक् हुन् र दक्षिणपन्थी उमेद्वार कास्टको जित भएमा वर्षौँसम्मको स्थिर लाभ फिर्ता लिएर महिलालाई झनै कमजोर बनाउनेछन् भन्ने त्रासमा थिए त्यहाँका महिलाहरू। पैतृक सम्पत्तिमा महिलाको हकसम्बन्धी विषयलाई कास्टले झनै पछि धकेल्छन् भन्ने त्रास पनि महिलाहरूमा थियो। विजय भएपछि बोरिकले ती महिलाहरूलाई पनि धन्यवाद दिए।

    स्यान्टियागोको सबवे (भूमिगत मार्ग), जहाँबाट भाडावृद्धिविरुद्ध २०१९ मा देशव्यापी प्रदर्शनको सुरुवात भएको थियो र सो भाडावृद्धिले खुल्लाबजारको समस्यालाई झनै प्रष्टसँग उजागर गरेको थियो। त्यही स्यान्टियागोमा आइतबार बोरिकका समर्थकहरू आफ्नो प्यारो उम्मेद्वारको नाम लेखिएको झन्डा फहराउँदै उफ्रिए र एकिकृत भएर जोडजोडले नारा लगाए। तिनीहरू सबवेमा एकिकृत भएर बोरिकको विजयी भाषण सुन्न शहरको केन्द्रतर्फ हानिए। बोरिकलाई शहरी युवाले त पत्याएकै छन्, सँगै दुरदराजका भोटरहरू पनि उनीसँग आकर्षित छन्।

    दक्षिणपन्थविरुद्धको जित

    ‘यो ऐतिहासिक दिन हो’, बोरिकको विजयसभामा संलग्न हुन आएका बोरिक सोतो नामका शिक्षकले बताए,‘हामीले फासिवाद र दक्षिणपन्थलाई मात्रै हराएका मात्रै छैनौँ, आफ्नो त्रासलाई पनि हराएका छौँ।’ आउँदो मार्चमा राष्ट्रपतिको पदभार ग्रहण गर्दैगर्दा बोरिक चिलीको सबैभन्दा कम उमेरका राष्ट्रपतिमा दर्ज हुनेछन्। ल्याटिन अमेरिकामा चिलीको राजनीतिक गतिविधिलाई महत्वका साथ हेरिनेछ, किनभने चिली यहाँको क्षेत्रीय प्रवृत्ति(ट्रेन्ड)को अग्रदुत मानिन्छ।

    चिली ल्याटिन अमेरिकाकै पहिलो देश हो, जसले शितयुद्धताका अमेरिकी प्रभुत्वबाट आफूलाई अलग राखेको थियो र जसले सन् १९७० मा चुनावमार्फत साल्भाडोर आलान्डेलाई जिताएर समाजवादी शासन व्यवस्था स्थापना गरेको थियो। त्यसको केही वर्षपछि सैनिक शासक अगस्टो पिनोसेको कुमार्फत दक्षिणपन्थी सैनिक शासनको स्थापना भयो, जसको नेतृत्वमा ल्याटिन अमेरिकालाई खुला बजारको प्रयोगशाला बनाइयो।

    चिलीमा युरोपियन स्टाइलको सामाजिक प्रजातन्त्र स्थापना गर्नु बोरिकको महत्वाकांक्षी योजना हो। जसमार्फत आर्थिक र राजनीतिक अधिकारको दायरा बढाउने उनको योजना छ। तर, बोरिकले ल्याटिन क्युबादेखि भेनेज्युऐलासम्म भएका अभ्यासलाई पनि ख्याल गर्नुपर्ने हुन्छ।

    कट्टर कास्ट

    बोरिकका प्रतिद्वन्द्वी कास्ट कट्टर रोमन क्याथोलिक (क्रिश्चियन) हुन्, जसका ९ जना सन्तान छन्। र, उनी घोर दक्षिपन्थी मोर्चाबाट उदाएका हुन्। कास्ट ब्राजिलका अति दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोका प्रशंसक हुन्। उनी धार्मिक र परम्परागत परिवार संरचनाको वकालत गर्छन् र हाइटीदेखि भेनेज्युएलाबाट आफ्ना देशमा आप्रवासी बनेर आउलान् र त्यसले देशमा अपराधका घट्ना बढाउलान् भनेर चिलीका नागरिकहरूलाई तर्साउने समेत गरेका छन्।

    कास्टले यौनिक अल्पसंख्यक समुदायमाथि निरन्तर प्रहार गर्ने गरेका छन्। उनी गर्भपतनको बिरोध गर्छन् र त्यसबारे झनै कडा कानून ल्याउनुपर्ने बताउँछन्। कास्टका भाइ तानाशाह पिनोचेका प्रमुख सल्लाहकार थिए। तर पछिल्लो समयमा दुबै उम्मेद्वारले आफूलाई मध्यपन्थीका रूपमा देखाएर भोटरलाई आकर्षित गर्ने प्रयास गरेका थिए।

    ‘म अतिवादीचाहिँ होइन’, कास्टले चुनाबको अन्त्यतिर भनेका थिए। जतिखेर यिनका जर्मनीमा जन्मेका बाउ हिटलरको नाजी पार्टीको सदस्य रहेको कुरा खुलेका थियो र यिनी सोही कारण पनि विपक्षीहरूबाट निरन्तर निसानामा थिए। चिलीमा भर्खरै चुनिएको संविधानसभाले पिनोसे कालको संविधानलाई पुर्नलेखन गर्दैछ। र, त्यो संविधानसभा चिलीको शक्तिशाली निर्वाचित निकाय हो। हुनत अहिलेको राष्ट्रपतिको कार्यकाल ४ वर्षको हो। तर सो संविधानसभाले नयाँ राष्ट्रपतिको चुनाव आह्वान गर्न पनि सक्छ। तर त्यसो गर्नका लागि संविधानसभाले आउँदो साल बनाउने, राष्ट्रपतिका बारे नयाँ प्रावधानसहितको संविधानको ड्राफ्टलाई जनमत संग्रहबाट पारित गर्नुपर्छ।

    चुनौती

    र, यस पटकको चुनाबमा मतदाताहरूको सक्रिय सहभागिताले बोरिकलाई बलियो बनाएको छ। तर बोरिसको यस्तो उभार सधँै कायम नरहन सक्छ। उनका अगाडि प्रशस्त चुनौती छन्। यी युवालाई चिलीलाई अब नयाँ राजनीतिक मार्गमा लैजाने गम्भीर जिम्मेवारी छ। अनेक जातजातिको यो देशमा सबैलाई समेटेर लैजाने चुनौती छ। उनले कल्याणकारी राज्यको स्थापना गर्नुपर्नेछ। क्रान्तिकारी हुँदै गर्दा उनले सयंमित पनि हुनुपर्नेछ।

    ११ प्रतिसत मार्जिनको फराकिलो र सहज जित हात पारेका बोरिसको उदयले चिलीलाई अनिश्चितता र त्रासको वातावरणको बदला आशाको संचार गरेको तथा उनको जितले चिलीको संरचनात्मक परिवर्तन र समतामुलक समाज निर्माणमा राम्रो भूमिका खेल्ने कुरा बताइरहँदा यहाँका परम्परागत सम्भ्रान्त वर्गहरू भने उनको उदयबाट त्रस्त छन्। बोरिकका कारण आफ्नो विषेशाधिकार खोसिएला भन्ने ठान्दै उनीहरूले बोरिकमाथि दवाब दिनेछन्। सँगै, बोरिककै पक्षधरहरूले भने छिटो परिणाम आउनेगरी काम गर्न दवाब दिनेछन्। व्यापारी समुदायलाई पनि बोरिकले विश्वासमा लिनुपर्नेछ। सँगै, उनले जनतालाई यो पनि बताउनु पर्ने छ कि अप्ठ्यारो समयमा संयमता आवश्यक हुन्छ।

    ल्याटिन अमेरिका, जहाँ घोर सामाजिक असमानता छ, अर्थतन्त्र धरासायी नबनाइकन पनि पनि असमानता घटाउन सकिन्छ भनेर उनले देखाउनुछ। त्यसका साथसाथै, ‘सामाजिक न्यायको मुद्दा केबल वामपन्थीहरूको शक्ति प्राप्त गर्ने रणनीति हो’ भन्ने कुरालाई पनि उनले खण्डन गर्नुपर्नेछ।

    उदारवादीहरूले केबल नाफा र धनीको हितको कुरा गर्छन् तर उच्च गुणस्तरीय शिक्षा कुनै स्वैरकल्पना होइन, न त पैसावालहरूमा ट्याक्सको दर बढाएर न्युन आय भएकाहरूको स्वास्थ्योपचार गर्नु नै असम्भव हो। यसमा पनि बोरिकले काम गर्नैपर्नेछ। किनकि कतिपय युरोपका देशमा अहिले त्यही नै भइरहेको छ। जबकि युरोपका कुनै पनि देश उग्र वामपन्थी होइनन्।

    बोरिकका धेरै चुनौती छन् र ती जटिल छन्। र, राष्ट्रपतिमा उत्साहजनक मत पाएपनि सिधा देखिएको चुनौती के हो भने बोरिसको पार्टीको बहुमत त्यहाँको कंग्रेसमा भने छैन। त्यसो हुँदा कंग्रेस सदस्यहरूमाझ उनले संवाद अघि बढाउनुपर्नेछ। चिलीले संविधान लेख्दै गरेको यो बखतमा सबैसँग विश्वास कायम गरेर अघि बढ्नु आवश्यक छ। ‘कि नवउदारवाद कि अन्धकार’ भन्ने पुरानो भाष्य सही होइन भन्ने कुरालाई बोरिकले प्रष्ट पार्न काम नै गरेर देखाउनु पर्नेछ।

    विभिन्न एजेन्सीको सहयोगमा नेपाल रिडर्स।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.