Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
Tuesday, April 21, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बीआरआई: तिमीलाई पनि लाभ होस्, मलाई पनि लाभ होस् – टंक कार्की (भिडियोसहित)

टंक कार्की टंक कार्की
अशोज १०, २०७६
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अहिलेको चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र र केही समयभित्रै चीन संसारको पहिलो सबैभन्दा ठूलो अर्थतन्त्र हुँदैछ भन्ने गरिएको छ। यो तथ्यलाई अर्को ढंगले हेर्ने हो भने चीन पहिल्यै पहिलो अर्थतन्त्र बन्ने हो। चीनले अहिलेकै विकासको गतिमा ६.३ प्रति वर्ष आर्थिक वृद्धि गर्न सक्यो भने प्रति वर्ष प्रति व्यक्ति आयमा ५२० डलरले विकास गर्दै जान्छ। चिनियाँहरू धेरै व्यावहारिक छन्। उनीहरू सामाजिक सद्भावको कुरा गर्छन्। समाजभित्र विभिन्न शक्तिपिठ छन्, ती शक्तिपिठहरूलाई सन्तुलनमा कसरी लिएर जाने, चिनियाँहरूको प्राचीन शुद्धि र बुद्धि, जसलाई कन्फ्युसयिसको विचारमा उनीहरूले यो सन्तुलन कायम गरेका छन्।

    सी जिनपिङको अवधारणाको कुरा गर्दाखेरि त्यसका केही शर्तहरू छन्। त्यसलाई सीमाबद्ध गर्ने केही रेखाहरू छन् । ती रेखाहरू भनेका ‘सी जिनपिङ थट अन सोसियलिजम विथ चाइनिज क्यारेक्टरस्टिक्स’मा उल्लेख छन्। सी जिनपिङ विचार समाजवादसँग सम्बन्धित छ। त्यो समाजवादचाहिँ चिनियाँ प्रकृतिको, चिनियाँ अर्थतन्त्रसँग गाँसिएको छ।

    सामाजिक विकासको प्रक्रियामा भित्रै हिस्टोरिकल स्टेज (ऐतिहासिक चरण) हुन्छन्, त्यो हिस्टोरिकल स्टेजको एउटा खास स्टेज (चरण)मा सामाजलाई अगाडि बढाउने क्रान्तिको एउटा चिनियाँ सन्दर्भमा बनाइएको एउटा डिजाइन चिनियाँ माओ विचारधारा हो। सामन्ती समाजबाट समाजवादतिर जानका निम्ति जुन निर्देशन चाहिन्छ, त्यो निर्देशनचाहिँ चिनियाँहरूले परिभाषित गर्दाखेरि नयाँ जनवादमा माओत्सेतुङको उपनाममा परिभाषित गरियो र त्यसलाई अगाडि बढाइयो। अहिले चीन विश्वको दोस्रो अर्थतन्त्र बनेको, समाजवादकै हिसाबमा गइरहेको छ। उनीहरू प्राइमरी लेभलमा सोसलिजम (प्रारम्भिक चरणको समाजवाद) भन्दैछन्। सी जिनपिङ विचारधारा अहिलेको ग्लोबल कन्टेक्स्ट (विश्व सन्दर्भ), चिनियाँ कन्टेक्स्टमा यो दुइटैको सन्तुलन छ। दोस्रो विश्वयुद्ध पछाडि विकसित भएको विश्व व्यवस्था भनेको सोभियत संघले नेतृत्व गरेको एउटा ध्रुव र अर्को अमेरिकाले नेतृत्व गरेको ध्रुव हो। त्यो सन् १९९० सम्म या सोभियत संघ विघटन नहुन्जेलसम्म रह्यो।

    भिडियोमा हेर्नुहोस्

    सोभियत संघ र पूर्वी युरोपको विघटन पछाडि र समाजवादको अवसान पछाडि छोटो अवधिका लागि लगभग यस्तो भयो कि दुनियाँचाहिँ यसरी बढिराखेको छ। संयुक्त राष्ट्र संघको अनुमति नै नलिएर इराकमा, अफगानिस्तानमा, लिबियामा अमेरिका गयो। त्यसमा कसैको अनुमोदन चाहिएन। ऊ एकछत्र सुपर पावर, सुप्रिम पावरको रूपमा छोटो अवधि रह्यो। खास गरेर यो कुरा सन् १९९० देखि लिएर लगभग २००८ सम्म रह्यो। २००८ पछाडि जब विश्व पुँजिवादी व्यवस्था आर्थिक संकटमा पर्न थाल्यो, इराक युद्धमा, अफगानिस्तान  युद्धमा यति खर्चिलो भयो कि अब पश्चिममा दुनियाँहरू र त्यसको नायक अमेरिका अन्तरमुखी बन्नुपर्ने भयो।

    अहिले चीनले जुन विकास गरेको छ, हामी नबिर्सौं कि त्यसको कारण  भनेको त्यसले अवलम्बन गरेको आर्थिक, सामाजिक, राजनीतिक प्रणाली नै हो। त्यसको संगतिको वाई प्रोडक्ट (सहउत्पादन) के हो ? यदि त्यस्तो किसिमको राजनीति हुँदैनथ्यो, त्यस्तो किसिमको आर्थिक व्यवस्था हुँदैनथ्यो, त्यस्तो किसिमको सामाजिक व्यवस्था हुँदैनथ्यो भने चीनले त्यो प्रगति गर्न सक्दैनथ्यो। सन् १९५० को सुरुवातमा, जतिखेर भर्खरै (सन् १९४७ मा) भारत स्वतन्त्र भएको थियो–  सन् १९४९ मा चिनियाँ क्रान्ति सम्पन्न भएर नयाँ चीन बनेको थियो। सन् १९८० मा पुग्दाखेरि चीन र भारत अर्थतन्त्रको हिसाबले दुईवटै बराबरीमा आए।  तर चिनियाँ अर्थतन्त्र आज पाँच गुणा ठूलो छ। सन् १९८० मा चीनका नेताको पहिलो अमेरिका भ्रमण गर्ने बेलामा चिनियाँ नेतृत्वसँग फरेन करेन्सी (विदेशी मुद्रा) नभएर कोही एउटा व्यापारीसँग मागेर डलर लिएर गएका हुन्। आज त्यो चीनसँग तीन ट्रिलियन डलरभन्दा बढी छ। चीनको यो विकासमा चिनियाँ कम्युनिष्ट पार्टीसँग मात्रै होइन, त्यसको समाज र संस्कृतिसँग पनि गासिएको छ।

    छोटो अवधिमा एउटा तिलस्मी परिवर्तन गरेको छ चीनले। त्यो तिलस्मी परिवर्तन ३० वर्षसम्म निरन्तर दोहोरो अंकको आर्थिक वृद्धि गर्ने दुनियाँको कुनै मुलुक छ ? आजसम्म इतिहासमा कहीँ भएको छ यस्तो ? अहिले चिनियाँहरू केमा लागिरहेका छन् भने हिजोको यिनीहरूको ग्रोथ मोडल जुन थियो, त्यो ग्रोथ (बृद्धि) के गरे भने जेजति तिमीसँग पैशा छ उत्पादनका लागि इन्भेस्टमेन्ट (निवेश) गर अनि उत्पादन गरेको वस्तुचाहिँ सबै बाहिर बेच भन्ने नीति बनाए। त्यसो गर्दा गर्दा यिनीहरू सन् १२-१३ मा आइपुग्दा तीन ट्रिलियन डलरभन्दा बढीको अर्थतन्त्रका धनी बने। अब पुँजिवादी बजारमा संकुचित हुन थाले। फाइनान्सियल क्राइसिस (वित्तीय सङ्कट)हरू आए। वस्तुहरू बिक्री हुन छाडे। त्यसलाई के गर्ने त ? अब आन्तरिक बजारलाई नै बढावा दिने, आन्तरिक उपभोगको आधारलाई बढाउने। त्यो उत्पादित वस्तुचाहिँ बाहिर सप्लाई गर्ने मात्रै होइन कि आन्तरिक उत्पादनलाई खपत गर्ने र जनताको जीवन स्तर पनि बढाउने।

    यस अर्थमा चिनियाँहरू सी जिनपिङको विचारधारामा पिपुल सेन्टर्ड डेभलपमेन्ट (जनताकेन्द्रीत विकास) जुन छ, नि, त्यो पहिले जनताको क्रय शक्ति, उनीहरूको जीवनस्तर बढाउनेमा केन्द्रित भए। त्यसका निम्ति एक करोडजति मानिसहरू मात्रै बाँकी छन्, त्यो पनि यो वर्षभित्र सम्पन्न गर्ने योजना छ। उनीहरूका प्रत्येक योजनाहरू समयमै पूरा भएका छन्। सन् १९८० को दशकको चीनको जुन जीपीडि छ, त्यसको चार गुणा बढी जीपीडि सन् २००० मा बनाउने भन्ने थियो। त्यो लक्ष्य सन् १९९७ मा पूरा गरे।

    हिजो दुनियाँले अवलम्बन गरेको आर्थिक विश्व व्यवस्था जुन थियो, अर्थात् एउटा माथि जाने अरू तल, नाफा एकथरीले मात्रै खाने, घाटाजति अर्कोलाई, अल्पविकसित विकास समूहका मुलुकहरूलाई घाटा र लाभजति सबै सेन्टरका मुलुकहरूले लिने खालको थियो। अहिले चिनियाँहरू के कुरा गरिरहेका छन् भने त्यो मोडलले स्थायित्व दिँदैन, त्यसैले अबको नयाँ आर्थिक विश्व व्यवस्था के हुनुपर्छ भने तिमीलाई पनि लाभ होस्, मलाई पनि लाभ होस् – बीआरआई भनेको यही हो।

    (नेकपाका केन्द्रीय सदस्य ट‌ंक कार्कीले कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समिति, नेपाल प्रदेश ३ ले काठमाडौंम २०७६ असोज ४ गते शनिवार आयोजित ‘सी जिनपिङ् विचारधारा र बीआरआईः के विश्व व्यवस्था बदलिँदै छ?’ विषयक विचार गोष्ठीमा प्रस्तुत कार्यपत्रमाथिको टिप्पणी गर्दै राख्नुभएको धारणाको सम्पादित अ‌ंश) ।

    लोकसंवाद  अनलाइनबाट साभार ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टंक कार्की

      टंक कार्की

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.