Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बुद्धको सन्देशः शासक! क्रोधलाई वशमा राख, जनता! मेरो गुरु’ले भनेको भनेर झट्ट विश्वास गरी नहाल

टंक कार्की टंक कार्की
बैशाख २५, २०७७
- history, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कसैले बुद्धलाई सोध्यो, ‘तपाई यत्रो ठूलो मानिस भएर पनि किन भुइँमा बस्नु हुन्छ ?’

    ‘किनभने भुइँको मानिस पछारिदैन।’ बुद्धले जवाफ फर्काए,। उनी मानवीय मर्यादाका पक्षपाति थिए। उनको विचार प्रणालीमा समाज भन्दा व्यक्ति ठुलो थिएन। उनको नारै थियो– संघम शरणं गच्छामि।

    शासकको धर्म

    त्यसो त धेरैलाई लाग्न सक्छ, बुद्धिज्म धर्मशास्त्र हो राजनीति शास्त्र होइन। फेरि पनि बौध वाङ्मयमा राजनीति शास्त्रमा सरोकार राख्ने प्रसंग यत्रतत्र अभिलेखन भएको पाइन्छ। यस्ता प्रसंगले बुद्धिज्मको व्यापक आयामलाई मात्रै सतहमा ल्याउदैनन्, पूर्वेली, एशियायी शासन पद्धति स्वेच्छाचारी हुन्थ्यो भन्ने पश्चिमा भ्रमनिवारण गर्न पनि विपुल खजाना उपलब्ध गराउँछन्।
    यहाँ तल यस्तै एउटा प्रसंग पस्किने काम भएको छ। राजाको धर्म बारे। यो महावस्तुमा वर्णन भएको विषय हो। यसमा त्यसका मुख्य मुख्य अंश उल्लेख गरिएका छन्। समयको यत्रो अन्तराल पछि पनि अधिकांश सुझावहरु आज पनि उत्तिकै सान्दर्भिक छन्।

    भनिन्छ, महावस्तु ईसा पुर्व दोस्रो शताब्दीमा लेख्न थालियो र त्यसमा थप्ने क्रम ईस्वीको चौथो शताब्दी सम्म कायम रह्यो। यो काल खण्डमा बुद्धका विचारको व्याख्या गर्ने र रंग पोत्ने काम भयो। महावस्तुमा बोधिसत्वहरु बीच विकास भइरहेका विचारहरुको संकलन छ। त्यसमा श्रुतिमा आधारित कतिपय प्राचिन कथा, परम्परा र बौध मूल ग्रन्थका अनुच्छेद संरक्षण गरिएका छन्।

    ‘राजा क्रोधको वशमा कदापि पर्नु हुन्न। उसले त बरु त्यसलाई कावुमा राख्नु पर्दछ, किनभने आक्रोसमा न आफ्नो हित साधना हुन्छ न त कर्तव्य नै।…विवाद उत्पन्न हुँदा राजाले दुवै पक्षको फिराद उत्तिकै मनन गर्नु पर्दछ, उनीहरुका तर्क सुन्नु पर्दछ। अनि मात्र जे सही हो त्यसको फैसला गर्नु पर्दछ । उ पक्षपाति हुनुहुन्न, भय, घृणा या मूर्खताले काम पनि गर्नु हुन्न।… राजपाटलाई तन्दुरुस्त राखी रहँदा सारा प्रजालाई खुसवहाल राख्न कुनै कसर बाँकी राख्नु हुन्न। हिंसाजन्य कर्मबाट उ जोगिनु पर्दछ र उसले पुनित कर्म गरे प्रतिफल निस्कन्छ भन्ने देखाउन सक्नु पर्दछ। उ परिणाममुखी हुनुपर्दछ। पूर्ववर्ती राजाहरुले आफ्नो राज्यमा अन्यत्रबाट आउने प्रजालाई आश्रय गराए जस्तै (आजका) राजाले आप्रवासीहरुलाई आश्रय दिनु पर्दछ। सर्वदा गरिवलाई विशेष महत्ता दिंदा दिदै पनि आफ्ना धनी प्रजालाई पनि संरक्षण गर्न भुल्न हुँदैन। छिमेकी राजा(राज्य)हरुसँग शत्रुता न मोल। जसले अरुलाई घृणा गर्दछ, उसलाई पनि विरोधीले त्यसरी नै घृणा गर्दछ। आफ्ना छिमेकीसंग सुमधुर मित्रताको सम्वन्ध बनाउँ। जो मित्रतामा खरो उत्रन्छ उसलाई अरुले पनि आदर भावले हेर्दछन्। जे पायो त्यो विषयमा लम्बेतम्बे प्रवचन नदेऊ । उपयुक्त समय न आउन्जेल धैर्य बन र अनि मात्रै आफ्नो निर्णय सुनाऊ।

    न्यायोचित ढंगले जो जियेका छन् तिनको संरक्षण गर। किनभने सत्ताको चक्र न्यायको चक्रमा टिकेको हुन्छ (बल चक्रम् हि निर्णय धर्म चक्रम् प्रवर्तते।)

    कोही अनैतिक, झगडालु वा अधम छ भने उसलाई गाउँको या प्रदेशको मुखिया बनाउने काम कुनै हालतमा न गर – ती तिम्रै भाइ छोरा या आफन्त किन नहुन्। शासक या सत्ताको निम्ति मुर्ख या लालची मन्त्रीको कुनै प्रयोजन छैन। त्यसैले यस्ता मन्त्रि नियुक्त गर जो लालची होइन विवेकशील छन्, परामर्शको काममा दत्तचित्त भएर लाग्छन् र सत्तालाई बाटो देखाउन सक्छन्। तिम्रा आँखा गुप्तचरको जस्तो तिख्खर न हुन सक्छन्। त्यसैले आफ्ना समस्त क्रियाकलापमा मदत पुग्ने गरी तिनलाई ठाउँ ठाउँमा भर्ति गर।’

    शासकमा प्रज्ञा र शील/सदाचार दुवै हुनु पर्दछ। उसमा न्यायिक भावना पनि उत्तिकै बेजोड हुनु पर्दछ । बौध शास्त्रमा कोरिएको राजनीतिको लक्ष्मण रेखा भनेको नै :
    बल चक्रम् हि निर्णय धर्म चक्रम् प्रवर्तते।

    (सन्दर्भ सामाग्री: THE MAHAVASTU VOLUME I , Translated by : J. J. JONES, 1949 ) 23 जुलाई 2018

    जनतालाई बुद्धको सल्लाहः धारणा कसरी बनाउने?
    उ जमानाको कुरो हो, बुद्ध घुम्दैघुम्दै कोसल अधिराज्यको केसपुत्त नगरमा पुगेका थिए। त्यहाँका बासिन्दाहरुलाई कालाम भनिन्थ्यो। बुद्ध त्यहाँ आएको हल्ली-खल्ली मचियो, एक कान दुई कान हुँदै सारा नगर भरि हल्ला फैलियो। बुद्धको दर्शन गर्न कालामहरुको भींड लाग्यो। उनीहरुले बुद्धलाई आफ्नो ब्यथा बिसाए, “हाम्रो नगरमा अक्सर गरेर केही सन्यासी र ब्राह्मणहरु आई रहन्छन्। एक थरि आउँछन् र आफ्नो धर्मको बखान गर्दै त्यसलाई अचुक र अद्वितीय बताउँछन्, बाँकी सबको न्वारनदेखि बल लगाएर निन्दा भर्त्सना गर्दछन्। अर्को थरि आउँछन् त्यसै गर्छ र पहिलोको उछितो काट्छन्। हामी हैरानमा पर्छौं – ती मध्ये को सत र को असत ?!”

    बुद्धले उनीहरुको मनमा परेको माखे साङ्ग्लो फुकाउन कोशिस गर्दै भने, “हे नगरबासी हो! तपाईहरुमा शंका उपशंका आउनु बिल्कुल जायज छ, तपाईहरु हैरान हुनुहुन्छ किनभने तपाईहरुमा शंका गर्न लायक विषयमा शंका छ। हेर, अव तपाईहरु कसले के भन्छ, परम्परा या अफवाहमा न बरालिनुहोस्। धर्म शास्त्रमा के लेखिएको छ त्यसको पछि लाग्नु पनि जरुरी छैन, कसैले तर्क या सन्दर्भ पस्कियो भन्दैमा पत्याई हाल्नु पनि हुँदैन। कुनै चीजको रुपरंग हेरेर लट्ठिनु पनि हुँदैन। कसैको जोखानामा या ‘यो त मेरो गुरु’ले भनेको भनेर झट्ट विश्वास गरी नहाल्नोस्। तपाईहरु आफु स्वयं नै जुन कुरो अकुशल, गलत र खराब छ भन्नेमा ढुक्क हुनुहुन्छ त्यसलाई त्यागी दिनुस्। … अनि तपाईहरु आफु स्वयं जुन कुरो कुशल, र ठीक ठान्नुहुन्छ त्यसलाई ग्रहण गर्न्नुस् र अनुसरण गर्नुस्।”

    (श्रोत: Walpola Rahulaa, What The Buddha Taught बाट)

    लेखन मितिः ३० अप्रिल २०२०

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टंक कार्की

      टंक कार्की

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.