Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनियाँ परेडले रूस र अमेरिकालाई अर्को शक्तिशाली प्रतिस्पर्धी थपिएको जानकारी दिएकोछ

पल एन्टोनोपाउलोस पल एन्टोनोपाउलोस
अशोज १७, २०७६
- यो हप्ता, विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बेजिङ्ग-१ अक्टूबरका दिन, जनगणतन्त्र चीनको ७० औं वर्षगाँठको उपलक्ष्यमा एक भव्य सैन्य परेड भएको थियो। तियानमेन स्क्वायरमा गरिएको सो परेडमा १५,००० सेना, ५८० सैन्य उपकरण र १६० विमान र हेलीकप्टर सामेल गरिएका थिए।

    स्मरण रहोस्, कैयन प्रकारका नयाँ मिसाइल प्रणालीको प्रदर्शन वास्तवमा नै सनसनीखेज थियो।

    WZ-८ सुपरसोनिक रिकग्निशन ड्रोन, DF-१७ हाइपरसोनिक वारहेड मिसाइल सिस्टम, DF-१०० सुपरसोनिक क्रूज मिसाइल र DF-४१ अन्तरमहाद्वीपीय मिसाइलहरुका प्रदर्शनीले सैन्य उपकरण विशेषज्ञहरुको ध्यान आकर्षित गरेको थियो। यी मध्ये कुनै पनि प्रणाली आजसम्म प्रदर्शन गरिएका नै थिएनन्। स्पुतनिकका सैन्य विशेषज्ञ दमित्री कोर्नेवले चीनद्वारा प्रदर्शित सैन्य सामग्रीहरुको विश्लेषण गरेका छन्।

    पहिलो पटक सार्वजनिक गरिएको नयाँ ब्राण्डको WZ८ रिकग्निशन ड्रोनको बारेमा, वास्तवमा कुनै विश्वसनीय जानकारी त छैन। कसैकसैले मात्र यसको बाह्य बनावट, आयाम र इन्टरनेटमा रहेका सीमित सूचना (डेटा) हेरेर यसको क्षमताहरुका बारेमा केही निष्कर्ष निकाल्न सक्छन्। विमानलाई वायुको गति नियन्त्रण र स्थीर राख्ने पुच्छर नराखी निर्माण गरिएकोछ। आश्चर्य छ कि यो १९६०(१९७०को दशकको सोवियत क्रूज मिसाइलहरु जस्तो देखिन्छ, यो एक तरल-ईन्धनले भरिएको दुई कोठे रकेट इन्जिनयुक्त छ।

    यो डिभाइस जमीनबाट होइन वायु वाहकबाट लन्च गरिन्छ – यसलाई ड्रोनको बडीको टाउकोमा भार थेग्ने भागले जनाउ दिन्छ। हामी अनुमान गर्न सक्छौं कि डिभाइसमा शायद मच २ या ३ बराबरको उच्च सुपरसोनिक गति छ। डब्ल्यूजेड – ८ ले २०,००० मीटर वा सो भन्दा बढी उचाइमा उडान भर्न सक्छ। यसको आकार र इन्धन अट्ने अवस्था हेरेर यसको उडान दुरी क्षमता ८०० किमि मात्र सीमा राखिएको हुनसक्छ।

    यस्तो हुनसक्छ कि विमान दुई तरिकाले उडान भर्ला: दुश्मनको इलाका भन्दा बाहिर कम खर्च हुने गतिमा उडान गर्ला र दुश्मनको वायु सैन्यले मार हान्नसक्ने क्षेत्रमा उच्च गतिले उडान भर्न सक्ला। यसरी, डिभाइसको उच्च वायुगतिकीय गुणवत्तालाई मान्नै पर्छ र यसैको कारण लामो दूरी पार पनि गर्न सक्छ। यसका साथसाथै, वाहकको सीमामाथि पनि विचार गर्नु नै पर्छ।

    हामीले ध्यान दिनु पर्छ कि विश्वका सबैभन्दा ठूलो सैन्य बलहरुका आधुनिक सशस्त्र बलहरुको शसास्त्र भण्डारमा समेत यस्तो उपकरण छैन। आजको वायु रक्षा प्रणालीहरुद्वारा यसतो किसिमको उपकरणलाई नष्ट गर्न सकिएला तर यो एक कठिन कार्य हुनेछ। यदि रक्षात्मक पक्षमा आधुनिक वायु रक्षा उपकरण छैन भने यस उडानलाई जासुसी गर्ने ड्रोनले रोक्न सक्ने सम्भावना छैन।

    न त प्रेसले र न कुनै अन्य स्रोतले यी मिसाइलहरुको क्षमताहरु या यिनीहरुको स्वरूपका बारेमा सूचना प्रसारण गरेका छन्, तरपनि यस हथियार प्रणालीको आक्रमण क्षमतासम्बन्धी परीक्षण गरिएको हुनसक्छ। किनकि परेडमा उल्लेखनीय संख्या प्रदर्शन गरिएको थियो, परेड दर्शकहरुले नै १६ वटा लञ्चर देखेका थिए।

    लन्चरहरु हरियो रङका भएकाले, यी स्थल सैन्यबल या चीनियाँ पीपुल्स लिबरेशन आर्मीको रणनीतिक स्थल बलहरुसँग सम्बन्धित हुनसक्छ। कन्टेनरहरुको आकार हेर्दा यी मिसाइलहरुको रेञ्ज ५०० किमी या सो भन्दा बढीको हुनसक्छ।
    कुनै पनि आधुनिक वायु रक्षा प्रणालीका लागि आधुनिक सुपरसोनिक क्रूज मिसाइललाई मार हान्नु धेरै कठिनाई हुन्छ किनकि यसतो मिसाइल कम उचाइमा मात्र तीव्र गतिले यात्रा गर्न सक्छ। यसैकारण यसता मिसाइललाई र्‍याडारबाट पत्ता लगाउन कठिनाई हुन्छ र त्यसलाई मार हानेर गिराउन एन्टी एअरक्रयाफ्ट प्रणालीले उडान भर्न ज्यादै कम समयमात्र पाउन सक्छ। साथसाथै, यसता प्रकारका मिसाइलहरुले एन्टी-एयरक्राफ्ट मिसाइलहरुबाट बच्न र यसको मारलक्षलाई अवरोध गरेर झुक्याउन पनि सक्छन्।

    अनुमान छ कि यसको गुणहरुका कारणले, नयाँ चीनियाँ मिसाइल प्रणाली ओनिकस सुपरसोनिक मिसाइल (Oniks supersonic missiles) हरु भएको रूसी बास्टिन प्रणाली (Russian Bastion system) जत्तिकै क्षमताशाली छ र शायद, रूसी प्रणाली जसरी नै, जमीनबाट जमिन र सतहबाट सतह दुवैमा रेडियो तरङ्ग परावर्तक निशाना मार लगाउन सक्छ।

    यस प्रकारको हथियार प्रणाली weapon system) को विकास हुनुले सुपरसोनिक उडान उपकरणहरुको क्षेत्रमा चीनियाँ विज्ञान र प्रविधिको महत्वपूर्ण सफलताहरुलाई सङ्केत गर्दछ।

    यो परेड अति नै सनसनीखेज लाग्ने प्रकारको थियो । पहिलो पटक, मोबाइल लन्चरमा हाइपरसोनिक वारहेड ग्लाइडरका साथ एक नयाँ ब्राण्ड चीनियाँ मध्यम दूरीको मिसाइल प्रणाली, यसका साथसाथै १६ इकाइहरु देखाइएको थियो। यसले बुझाउँछ, कम्तिमा यति भन्न सकिन्छ, चीन यसभन्दा अघि नै हाइपरसोनिक मिसाइल प्रणालीको प्रयोगात्मक डिजाइन गर्ने कार्यबाट सैनिक यूनिटहरुले अपनाउन सक्नेगरी सफल भइसकेको रहेछ। जहाँसम्म, प्रदर्शन गरिएको मध्यम दुरी प्रणाली (यस प्रणालीको मार सीमा १,८०० देखि २,५०० किमी हुने अनुमान गरिन्छ) को कुरा छ, हालका दिनसम्म रुस र अमेरिकालाई त्यो प्रणालीको निर्माण प्रतिबन्ध छ। यस कुरालाइ चिनले आफ्ना दुई रणनीतिक साझेदारहरुलाई एक प्रकारले नजरअन्दाज गरेकोछ।

    यसता आधुनिक मिसाइल प्रणालीका क्षमताहरुबारे हालसम्म पुरै जानकारी प्राप्त भएको त छैन, तथापी हामी निर्धक्कसँग के भन्न सक्छौं कि उडानका अन्तिम चरणहरुमा यस प्रकारका वारहेडलाई मार हान्न हाल भएका कुनै पनि मिसाइल प्रणालीका लागि अत्यन्त कठिन लक्ष हुनेछ। यसका बलियो पक्षहरु भनेका यसको उच्च हाइपरसोनिक उडान गति (मच ५ भन्दा बढी) र अपेक्षाकृत कम उचाइमा कुद्ने एरोबालिस्टिकको मार, जस्तो कि ढिलो पत्ता लगाउन सकिने भएकाले विरोधीको रक्षा प्रणालीहरुले प्रत्याक्रमण गर्न कम समयमात्र पाउने अवस्था हुन्छ।

    यस प्रकारको वारहेडले सम्भवतः मिसाइलहरुलाई बचाउनका लागि चाल चल्न सक्छ, यसो हुँदा, प्रतिरक्षा मिसाइललाई सञ्चालन गर्न थप कठिनाइ बनाइदिन्छ। आधुनिक मिसाइल प्रणालीहरुको अचूकताका कारण, यस प्रकारको प्रणालीको उपयोग सैन्य अभियानहरुका सफलताका लागि विशेषरूपमाः महत्वपूर्ण लक्ष्यहरु विरुद्धमात्र गरिनेछस् र्‍याडार र एन्टीक्रयाफ्ट प्रणाली, सैनिक मुख्यालय र ठूला जहाजहरु (वास्तवमा विमान वाहक सहित) का विरुद्ध यसको प्रयोग गरिएला।

    धेरै वर्षदेखि थाहा छ कि एउटा चलायमान अन्तरमहाद्वीपीय बैलिस्टिक मिसाइल (ICBM) चीनसँग छ। समय(समयमा चीनियाँ सैन्य ब्लगहरुले मिसाइल लञ्चरको एकाध तस्वीरहरु र नयाँ आईसीबीएमका विशेषताहरुबारे केही सूचनाहरु चुहाएका थिए। तर हेर्नुस् त, अन्तिममा, यस पटकको परेडमा डीएफ (४१ पो देखाए, मलाई लाग्छ कि आउने दिनहरुमा यसका क्षमताहरुमा सही सही सूचना प्रकाशित गर्लान्।

    विज्ञको विश्लेषणबाट थाहा पाइन्छ कि DF-४१ एक आधुनिक ठोस ईन्धनवाला मोबाइल आईसीबीएम हो जुन रूसी यार्स प्रणालीसँग मिल्दोजुल्दो बनावट जस्तो लाग्छ । मलाई लाग्छ कि चिनियाँ क्षेप्यास्त्र निर्माण कार्यको पछिल्लो सुरुवात र महत्वपूर्ण प्रमुख शक्तिको सबै प्राविधिक प्रगतिलाई आत्मसात गर्ने कुरामा चीनको ठूलो क्षमता छ, यसकारण DF-४१ वास्तवमै विश्वको सबैभन्दा विकसित आईसीबीएम हुन सक्छ।


    आईसीबीएमले १२ देखि १५ हजार किलोमिटर मार हान्ने ६ देखि १० वटा सम्मका वारहेड्स बोक्ने विश्वास गरिन्छ, भनौ न यूरेशिया देखि महासागरसम्म मार हान्न सक्छ।

    यस परेडमा प्रदर्शन गरिएका कुराले उच्च स्तरीय मिसाइल सिस्टमको निर्माणमा चीनियाँ मिसाइल निर्माणकर्ताहरुले उल्लेखनीय सफलता पाएका छन् भन्न सकिन्छस् यस्ता कुराहरु हामीले एकपटक मात्र रूसी आईसीबीएम मोबाइल सिस्टममा देखेका थियौं, अहिले चीनियाँ डीएफ-४१ सिस्टममा एकीकृत गरिएका रहेछन्। अचम्म मान्नु पर्ने कारण छैन कि यस्तो मिसाइल प्रणाली पीपुल्स लिबरेशन आर्मीको गठ्ठाघरमा भण्डारण भइसकेको छ र अब पीपुल्स लिबरेशन आर्मी चीनको सामरिक बलहरुको अन्तरमहाद्वीपीय मिसाइल प्रणालीको एक खम्वा बन्ने सम्भावना छ। साभार – फर्ट रस अनलाइन ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पल एन्टोनोपाउलोस

      पल एन्टोनोपाउलोस

      पल एन्टोनोपाउलोस सेन्टर फर सिन्क्रेटिक स्टडीज नामक संस्थाका रिसर्च फेलो हुन् । उनी ठुला शक्ति राष्ट्रको पुनारागमनका साथसाथै मध्य पूर्व तथा दक्षिण अमेरिकाको अन्तर्राष्ट्रीय सम्बन्धहरु र राजनीतिक अर्थव्यवस्थामा रुचि राख्छन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.