Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चिनियाँ समस्या

एल्लीन आयरलेण्ड एल्लीन आयरलेण्ड
साउन ६, २०७४
- विचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चीनका बारेमा अहिले व्यापक रुपमा कौतुहलता जागेको छ तिनका सनसनीपूर्ण कारणहरू छन्। तर, ती कारणहरू ती आफैमा खेदजनक छन् । तापनि ती कारणहरूले, चीनको भावी विकासले विश्व सामू ल्याउने ठूला र तात्कालिन समस्याहरूलाई कुनै न कुनै तरिकाले समाधान गर्नेबारे जनसमुदायको ध्यान खिच्न सक्छन् ।

    === किनभने, तथ्य के हो भने, एउटा राष्ट्रका रुपमा चीनले जनाउने प्रतिक्रियाले त्यसप्रतिको ठूला शक्तिशाली राष्ट्रहरूको नीतिलाई अन्तोत्वगत्वा सीमित वा निर्धारित गर्नेछन्। तर, एउटा राष्ट्रका रुपमा चीनको त्यस्तो प्रतिक्रियाको मात्रा एकनास हुनेगरेको छैन, र त्यसलाई हरेक घटनापछि मात्र मापन गर्न सकिन्छ।

     चिनियाहरू रुसी, जर्मन वा फ्रेन्च जस्तै जनता भएका भए, हामीले (म यहाँ मुख्य रुपमा अमेरिकी वा बेलायती पाठकहरूलाई सम्बोधन गरिरहेको छु) उनीहरूको औद्योगिक गतिविधि वा राष्ट्रिय आक्रामकतामा जुन उल्लेख्य बृद्धि देख्थ्यौं, त्यसलाई हामी सम्भवतः केही मतभिन्नताका रुपमा हेर्ने थियौँ, र हाम्रा सामाजिक वा आर्थिक राष्ट्रिय अस्तित्वलाई गम्भीर खतरा पैदा गर्न सक्छ भन्ने भावना हामीमा आउने नै थिएन । त्यो एउटा मित्र राष्ट्रको प्रशंसनीय प्रगतिमूलक अभियान हो भन्ने कुरा हामी मान्न बाध्य हुने थियौं । हामीले आफूलाई धाप मार्दै के भन्नु पर्छ भने जुन काम एउटा रुसी वा एउटा जर्मन वा एउटा फ्रान्सेलीले गर्न सक्छ, त्यो काम, कमसे कम त्यत्ति नै दक्षतापूर्ण तरिकाले, एउटा अमेरिकी वा अङ्ग्रेजहरूले गर्न सक्छ।

    तर, खास रुपमा भन्नु पर्दा चिनियाँहरू अरु सबै जातिहरूभन्दा अलग्गै भएकाले, चिनिया जीवन र नीतिमा हुने क्रान्तिकारी परिवर्तनको सम्भावनालाई, प्रशस्तै बुद्धिमान पर्यवेक्षकहरूले खतरामुक्त नरहेको ठानी, चासो राखेर हेरिरहेका छन् ।

    यस संसारमा चीन सबैभन्दा ठूलो शक्ति राष्ट्र बन्नु निश्चितै छ भन्ने केही मानिसहरूको विचार छ। त्यस विचारसँगको मेरो असहमति छ। कारण के भने उष्ण क्षेत्रहरूमा सेता जातिहरूलाई बेफाइदाजनक स्थितिमा पुर्याउनेगरी चीनको विस्तारलाई शक्तिशाली राष्ट्रहरूले एकीकृत प्रयासबाट अवरुद्ध गर्नेछन्। तर, चिनियाँहरूको स्वतन्त्र विकासले चीन ठूलो शक्ति राष्ट्र बन्न सक्तैन भन्ने कुरामा मेरो असहमति होइन।

    चिनिया गतिविधिको क्षेत्रलाई विस्तारित हुन दिने वा सीमित गर्ने सम्भावना भएका प्राकृतिक र कृत्रिम शक्तिहरू छन्। ती शक्तिहरुको जाँचपडतालबाट चिनिया जनताको गतिशील क्षमताको हामीले आकलन गर्न सक्छौं।

    चीनले (त्यसको संरक्षित भूभागसहित) ४४ लाख ६० हजार वर्गमील क्षेत्र ओगटेको छ। त्यसको जनसंख्या ४४ करोड छ। अर्को शब्दमा भन्नुपर्दा, विश्वको एक चौथाई जनसंख्या चिनियाहरूको छ। चीन विश्वको भू–भागको बाह्र खण्डको एक खण्डमा विस्तारित छ। हरेक प्रान्तहरूको माटो मलिलो छ र खनीज स्रोतमा विविधता छ। अनि अर्को कुनै पनि मुलुकमा भएको खनिज स्रोतको तुलनामा त्यस मुलुकमा सबैभन्दा बढी कोइला र फलामको भण्डार छ। जर्मन भूगर्भशास्त्री फोन रिख्त ओफनको आकलन अनुसार, एक्लो सान्सी प्रान्तले, वर्तमान खपत दरमा, सारा विश्वको कोइला र फलामको आवश्यकता तीन हजार वर्षसम्म पूर्ति गर्न सक्छ र माटोको उत्पादकत्व पनि कमसेकम विश्वका अन्य कुनै पनि ठाउँका त्यत्तिकै क्षेत्रफल बराबर छ।

    हाल चिनिया साम्राज्यलाई विकसित गर्न करोडौं हातहरू तम्तयार छन् र यी स्रोतहरूलाई व्यवहारिक रुपमा संसारको पहुँचभन्दा पर राखिएको छ। सन् १८९७ मा घरेलु उत्पादनको निर्यातको अध्ययन गर्दा चीनको निर्यात व्यापारको महत्वहिनता (अन्य राष्ट्रहरूसँगको तुलनामा) देख्न सकिन्छ। जुन तथ्याङ्कबाट चार वटा पश्चिमी देशहरूको प्रति व्यक्ति वार्षिक निर्यात सालाखाला १९.८८ अमेरिकी डलर छ, जब कि चीनको ३० अमेरिकी सेन्ट वा उदार हुँदा ४० अमेरिकी सेन्ट होला। यस कुराले वर्तमान समयमा विश्व बजारमा एउटा अमेरिकी वा युरोपेलीले वितरण गरेको उत्पादनको बराबरी गर्न पचास चिनियाँहरू आवश्यक पर्दछन् भन्ने कुरा हामी देख्न सक्छौं।

    मशीनहरूको आम प्रचलन, सुधारिएका कृषिका तौरतरिका र यातायातका साधनहरूको पर्याप्त सुविधाको कारणले त्यस देशका निर्यातबाट हुनसक्ने आम्दानीमा पर्ने प्रभाव ठ्याक्कै यस्तै हुन्छ भनी आकलन सकिदैन तर अनुमान गर्न सकिन्छ । यस्ता अनुमान सत्यको नजिक हुन सक्छ । त्यसो भए, मानी लिऊँ, आगामी दश वर्षका दौरानमा चीनले पाँचजना चिनिया बराबर एकजना गोरा जाति अनुरुपको उत्पादक कौशलता हुने गरी पश्चिमा तौरतरिका अपनायो भने यसको परिणाम माथिको तथ्याङ्क अनुसार यस्तो हुनेछ – यसको अर्थ सन् १८९७ मा चीनको निर्यात अमेरिकी डलर १ अर्ब ६० करोड भन्दा कम हुने छैन, जुन जर्मनी र फ्रान्स दुवैको कूल निर्यातको मूल्य बराबर र संयुक्त राज्य अमेरिका एवम् संयुक्त अधिराज्य दुवैको कूल निर्यातको ७५% हुनेछ ।

    यति धेरै उत्पादनका निम्ति बजार सुरक्षित गर्न चीनका निमित्त कठिनाई हुन सक्छ भन्न पनि सकिन्छ, किनभने केही देशहरूमा चिनिया उत्पादनहरू प्रति बढी पूर्वाग्रह छ। यसैगरी धेरै राष्ट्रहरूले चिनिया उत्पादनहरूका बिरुद्धमा नाँघ्न नसकिने भन्सारका पर्खाल खडा गर्नेछन् भन्ने पनि अपेक्षा गर्न सकिन्छ। चिनिया निर्यातको मात्रा र दिशा तय गर्न यो तत्वले केही भूमिका खेल्छ। र यो पनि मानौ कि संयुक्त राज्य अमेरिका, अस्ट्रालासिया एवम् क्यानाडाका साथै एक हदसम्म फ्रान्स एवम् जर्मनीमा हुने चिनिया निर्यातलाई, चिनिया सामानहरूप्रतिका यो पूर्वाग्रहले, न्यूनिकरण गर्ने भूमिका सम्भवत निर्वाह गर्न सक्छन्। तापनि चिनियाहरू संसारका अन्य कुनै पनि श्रमिक भन्दा बढी काम गर्न र कम ज्यालामा काम गर्न सक्छ भन्ने तथ्यलाई नजरअन्दाज गर्नु हुँदैन। यो परिवेशले चीनलाई, सस्तो उत्पादनलाई स्वाभाविक रुपमा प्राथमिकता दिने बहुसंख्यक जनसमुदायलाई लोभ्याउन सक्ने बनाउन सक्छ – ती देशहरूमा समेत, जहाँ उप्रति चर्को वैरभाव छ।

    तर चीनको व्यापार विकासको प्रश्न, गोरा जातिहरूका घरेलु बजारमा गोरा जातिसँगको प्रतिस्पर्धाको मात्र प्रश्न होइन। यो उष्ण र समशितोष्ण बजारमा यूरोप, अमेरिका र अष्ट्रालासियासँगको प्रतिद्वन्द्वीताको समेत प्रश्न हो। जब हामी भविष्यमा व्यापार विकासका समग्र सम्भाव्यता माथि विचार गर्दछौं, यो तथ्यको महत्व त्यतिबेला मात्र अझ प्रष्ट हुन्छ। गोरा जातिहरूको उत्पादक र उपभोक्ताको कौशलताको प्रगतिको दर यति उच्च बिन्दूमा पुगेको छ कि  यस दरलाई आगामी शताब्दीमा पनि कायम राख्न सकिने भविष्यवाणी गर्न सकिन्न। तर उष्ण प्रदेशका जनसमुदायहरूका उत्पादक कौशलता अझै धेरै तल्लो स्तरमा छ र उपभोक्ताका रुपमा उनीहरूको मूल्य, अनुपातिक रुपमा, थोरै छ।

    सङ्क्षेपमा भन्नु पर्दा, उष्ण प्रदेशका मान्छेहरूभन्दा गैरउष्ण प्रदेशका मान्छेहरूका बीचमा वास्तविक र सामान्यरुपमा निहित आर्थिक कौशलतामा ठूलो भिन्नता छ। यस्तो भिन्नताले खास समयावधिमा उष्ण प्रदेशको व्यापारमा दुई गुणा वृद्धि ल्याउन गैरउष्ण प्रदेशको व्यापारमा ३०% वृद्धि आवश्यक छ भन्ने कुराको अपेक्षा गर्न सकिन्छ।

    अब, हामीले उष्ण तथा सम–शितोष्ण प्रदेशहरूको ठूलो हिस्सामा चिनिया जनसंख्या अधिक हुने सम्भावनालाई नमान्दा पनि, ती प्रदेशहरुका बजारमा हामीले चिनिया उत्पादनहरूसँग खुला प्रतिष्पर्धा गर्नै पर्ने हुन्छ। यसमा ढुक्क हुनु हुदैन कि ती प्रदेशहरुमा जुनसुकै मुलुकमा चिनियाहरू बसोबास गर्न तथा मौलाउन सक्छन्। त्यहाका केही मुलुकहरूमा चिनियाहरू बसोवास गरिसकेका छन्, तर गोरा जातिहरूको सँधै नै अस्थायी वासस्थान मात्र हुने गर्छ। जस्तो कि भारत, सिलोन, बर्मा, स्याम, मलाया, बोर्नियो, न्यू गायना, प्यासिफिक द्वीपहरू, उष्ण अफ्रिका, मरिशस, ब्राजिल, पेरु, चिली, मध्य अमेरिकी गणतन्त्रहरू, इक्वेडर, वोलिभिया र भेनेजुएला।

    चीनको आर्थिक जागरणको सम्भाव्यताले व्यापारिक अवसर तथा समस्या सिर्जना गर्न सक्छ। त्यसले उष्ण एवम् समशितोष्ण प्रदेशका मान्छेहरूको आर्थिक कौशलतामा ठूलो वृद्धि ल्याउनेछ। तर, गोरा जातिहरूलाई भने उक्त अवसरको लाभ लिनबाट बञ्चित गराइने सम्भावना रहनसक्ने सोझो अनुमान गर्न सकिन्छ।

    हामीले चिनियाहरूलाई भौगोलिक रुपमा सम्बन्धित ठाउँमा राख्नु पर्छ। यो कुरा अत्यन्त्तै महत्वपूर्ण छ। किनकि भविष्यको औद्योगिक प्रतिस्पर्धाको एउटा तत्वका रुपमा र जातीय सर्वोच्चताका निम्ति हुने आगामी संघर्षमा तिनीहरुलाई पूर्वी भारतीय वा निग्रोभन्दा बढी नआँक्ने गल्तीमा जाकिनबाट बचौं।

    त्यसो भए अब, चिनियाहरू वास्तवमा कुन धातुले बनेका मान्छे हुन् त? यसका बारेमा सयौं लेखकहरूले बारम्बार वर्णन गरेका छन्। चिनियाहरूको सामाजिक विस्तारको सम्भाव्यताका बारेमा छलफललाई अघि बढाउनु भन्दा पहिले तिनीहरुका बारेमा प्रष्ट दृष्टिकोण बनाउनु पर्छ। यसका लागि मैले तीनवटा संक्षिप्त वर्णनहरूलाई छानेको छु।

    “अनुभवले सिद्ध गरेको छ कि सबै क्षेत्रमा पोख्त श्रमिकहरूका रुपमा चिनियाहरूले सबै प्रतिस्पर्धीहरूलाई सजिलै उछिन्न सक्छन्। तिनीहरू यस्ता परिवेशहरूमा काम गर्न सक्छन्, जसले कम शक्ति भएको जातिका मान्छेहरूलाई भुतुक्कै पार्न सक्छ, सलमान्दर (आगोमा पर्दा पनि नमर्ने एक प्रकारको छेपारो) लाई पायक पर्ने गर्मी होस् वा ध्रुवीय क्षेत्रमा बस्ने हिउँ भालुलाई मन पर्ने जाडो, केही बटुका भात मात्रका भरमा धेरै घण्टा अथक परिश्रम गर्न उनीहरू आफ्नाे शक्ति टिकाइरहन सक्छन्’’ वासिङ्गटन स्थित चीनका महामहिम राजदूत वु तिङ फाङको भनाईः (नर्थ अमेरिकन रिम्यू, जुलाई १९००) ।

    “चिनिया जाति एउटा सक्रिय एवं परिश्रमी जाति हो । युगौंदेखि उनीहरू कहाँ सबैभन्दा बलियोको अस्तित्व रहने रीत रहिआएको छ। सबैभन्दा मामुली खानाका भरमा युवावस्था देखि नै बाँच्न सिकाइएका, कम सुत्दा पनि हुने बनाइएका र धैर्यतापूर्वक दिनको १२–१४ घण्टा काम गर्ने बानी बसाइएका यी मानिसहरू कठिनाइहरू र थकाइलाई हाँसोमा उडाउँछन्। त्यस्तो मेहनत कुनै पनि युरोपेलीले गरे भने एक वर्षभित्र उसलाई मृत्युको डिलमा पुर्याउन सक्छ,’’ (राइन्स, उन्नाइसौं शताब्दीको अन्त्यमा विश्व राजनीति)।

    “करोडौं मानव सागर भएको एउटा जनसमुदाय, जसलाई हजारौं वर्षदेखि कहिल्यै नथाक्ने उद्योगमा काम गर्न अनुशासित बनाइएको छ र जो छाक काटेर फारो गर्न अभ्यस्त छ र त्यो पनि यस्तो अवस्थामा कि हाम्रा कामदार जनसमुदायहरूको निम्ति त्यो मर्नु भन्दा तुच्छ हुने थियो। संक्षेपमा, यस्तो जनसमुदाय, जो सामान्य जीवन निर्वाहका बदलामा जस्तोसुकै कठिनाइ उठाउन पनि तयार छन्” (लाफकाडियो हेरान, एटलान्टिक मासिक, १८९६) ।

    ती व्यक्तिहरू यस्ता छन्, र हामीले उनीहरूका उपयोगिताका क्षेत्रहरूमाथि विचार गर्दा उनीहरू संसारको बसोबासयोग्य कुनै पनि भूमिमा बाँच्न एवं प्रगति गर्न र गुणात्मक संख्यामा बढ्न सक्छन्। जब कि गोरा जातिहरूले, यदि आफ्नो जातीय चारित्रिक गुणहरूलाई समेत बचाई राख्नु छ भने, करिब करिब ३०º उत्तरभन्दा माथि वा ३०º दक्षिणभन्दा तलका भूभागहरूमा मात्रै बसोबास गर्नुपर्ने हुन्छ।

    उष्ण प्रदेशका अधिकांश भागहरूमा गोरा जातिलाई श्रमिकहरूका रुपमा प्रयोग गराउन सकिदैन। यस्तो अवस्थामा चिनियाहरू, निग्रो र पूर्वी भारतीयहरू मध्येबाटै काम लगाउनु पर्ने विकल्प बाँकी रहन्छ। तर जुनसुकै परिस्थितिमा पनि चिनियाहरू यी बाँकी दुईभन्दा बढी परिश्रमी हुन्छन्, किनभने ऊ निग्रोभन्दा सधैँ नै बढी उद्यमी हुन्छ र पूर्वी भारतीयभन्दा उसँग सधैं नै बढी बल तथा टिक्न सक्ने क्षमता हुन्छ। मेरो आफ्नो अध्ययनबाट म के कुरामा सन्तुष्ट छु भने चिनीयाहरुको अरुको तुलनामा कार्यक्षमता माथि छ।

    चिनिया सरकारद्वारा …. आवश्यक अवस्थाहरू परिपक्व भएको अवस्थामा नयाँ कोणहरू तिर आफ्ना राजनीतिक प्रभावहरूको विस्तारका बाटाहरू निश्चित रुपले खोज्नेछ। चीन राजनीतिक रुपले पूर्णरुपमा विश्रृंखलीत हुन्छ भन्ने भविष्यवेत्ता सही भएभने त्यसबेला चिनिया राष्ट्रिय नीति पनि हुने छैन, तर मेरो विचारमा यस्तो भविष्यवाणी सही सावित हुनेछैन। यसका प्रशस्त कारणहरू छन्।

    राजनीतिक एकाइका रुपमा चीनको टिकाउपन सुनिश्चित गर्ने दुई तत्वहरू मिलेका छन्ः एउटा हो – त्यस साम्राज्य टुक्र्याउने नियतप्रति संयुक्त राज्य अमेरिका र ग्रेट ब्रिटेनको घोर असहमति र अर्को हो – समग्र केन्द्रीय तथा दक्षिणी प्रदेशहरूका जलवायुका कारण गोरा जातिहरूलाई स्थायी कब्जा गरी राख्न असम्भव अवस्था । संयुक्त राज्य अमेरिका र ब्रिटेनले फ्रान्स, जर्मनी वा इटलीबाट चिनिया भूभागको स्थायी कब्जा गर्न नदेलान् । रुसद्वारा साइवेरियाको सीमानालाई दक्षिणीतर्फ गरेको विस्तार वा जापानद्वारा कोरियालाई गर्ने कव्जाका विरुद्ध बल प्रयोग नगर्लान्। तर हुँदा, बढीमा के सम्म हुन सक्छ भने, रुसले मंचुरिया र मंगोलिया कब्जा गर्न सक्छ र जापानले कोरियन प्रायद्वीपमा कब्जा जमाउन सक्छ।

    यस्तो भयो भने, चीनले निश्चित रुपमा दक्षिणतिर क्षतिपूर्ति खोज्न थाल्नेछ, जहाँ हावापानीका कारणले कुनै पनि युरोपेली जातिले उसको विस्तारको सफलतापूर्वक प्रतिकार गर्ने आशा गर्न सकिँदैन। यसो भएमा चीनमा कोचिनको विलयीकरण, तथा अझ सुदूर भविष्यमा स्याम एवं दक्षिणी तिब्बतको विलयीकरण अवश्यम्भावी बन्ने छन्।

    हामीले चीनलाई उसका उत्तरी प्रान्तहरू बेगरको बनायौ र त्यसको दक्षिण तिरको विस्तारलाई केही समय रोक्यौं भने पनि, त्यसवेला पनि एउटा विशाल चिनिया राष्ट्र नै हुनेछ। त्यो कमसेकम एउटा निश्चित विदेश नीति लागू गर्न सक्षम रहनेछ। निश्चित नै छ कि वर्तमान अवस्थाका तात्कालिन मामलाहरू जे सुकै भए पनि विभाजित चीन एउटा शक्तिशाली सैनिक एवम् सामुद्रिक शक्तिका रुपमा विकसित हुनेछ।

    “बक्सर’ क्रान्ति, जन्मजात एउटा देशभक्तिपूर्ण आन्दोलन हो। यसको मुख्य उद्देश्य ‘चीन चिनियाहरूका लागि हो’ भन्ने नीति प्राप्त गर्नु रहेको छ  त्यसको प्रतिफलका रुपमा आउँदा दिनमा चिनिया साम्राज्यद्वारा सम्भवत सैनिक तथा सामुद्रिक शक्तिमा व्यापक विस्तार गरिनेछ। ४० करोड जनताको स्रोत भएको, यति ठूलो जनसंख्याबाट सुधारिएको प्रशासनले परिचालन गर्नसक्ने आम्दानी भएको र मुलुकको असिमित प्राकृतिक सम्पदा आफ्ना लागि परिचालित गर्नसक्ने चीनले आफूलाई सजिलै सुदूर –पूर्वको प्रभुत्वशाली शक्ति बनाउन सक्नेछ।

    (सन् १९०२ मा प्रकाशित चाइना एण्ड पावर्स नामक पुस्तकको चिनिया समस्या को अंश) अनुवाद – यमनाथ बराल

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: चीनरेशम मार्गवान बेल्ट वान राेडसिल्क राेड
      एल्लीन आयरलेण्ड

      एल्लीन आयरलेण्ड

      Related Posts

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.