Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

फेरि पनि ओलीजी र प्रचण्डजीहरूकै नेतृत्वमा एकता हुन्छ भन्ने लाग्दैन

नेपालको राजनीतिमा अब वैचारिक भिन्नता लगभग सकियो। को कम्युनिष्ट, को कांग्रेस, को वामपन्थी, को गैरवामपन्थी र को बुर्जुवा भन्ने कुराको अन्तर कसले छुट्याउने ?

हेमराज भण्डारी हेमराज भण्डारी
असार ३, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गठबन्धनको अपेक्षाअनुसारको निर्वाचन परिणाम आएन। गठबन्धन गरिएका ठाउँमा क्रस चुनाव चिन्हका कारणले धेरै भोट बदर पनि भए। धेरै मात्रामा भोट बदर भएका थिएनन् भने यो भन्दा अझ राम्रो परिणाम आउन सक्थ्यो। कांग्रेसको चाहिँ अपेक्षा अनुसारकै नतिजा आयो। एकिकृत समाजवादीको पक्षमा माओवादीको भन्दा बढी भोट आउँछ कि भन्ने अपेक्षा थियो। कांग्रेसको हकमा उसका भोटरले हसियाँ हतौडा वा अरु कुनै चिन्हमा भोट हाल्ने कुरा कयौँ ठाउँमा अप्ठ्यारो नै भयो। कंग्रेसभित्रको मनोविज्ञानका कारण उनीहरूले अरु चिन्हमा भोट हाल्न सकेनन्। किनभने कांग्रेस अहिलेसम्म गठबन्धन नगरीकन एक्लै चुनाव लड्दै आएको पार्टी हो। कांगेसभित्र कम्युनिष्ट विरोधी मनोविज्ञान निकै बलियो छ। तर, सामान्यतया हेर्दा गठबन्धन सफल नै भएको मान्नुपर्छ।

    गठबन्धन आवश्यक थियो
    खासगरी केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उहाँले नेपालको राजनीतिमा जे अभ्यास गर्नुभयो त्यसैको नतिजास्वरुप यो गठबन्धन बनेको हो। झण्डै दुईतिहाई बहुमत भएका प्रधानमन्त्री ओलीले संविधानका धारामाथि हस्तक्षेप गर्दै संसद विघटन गर्नुभयो। फेरिपनि यही प्रवृत्ति स्थापित भयो भने यो व्यवस्थालाई नै निकै अप्ठ्यारो पर्न सक्छ भन्ने छलफलपछि यो गठबन्धन बनेको हो। ओलीले गरेको संसद विघटनविरुद्ध जुन गठबन्धन बन्यो, यो त्यही गठबन्धनको निरन्तरता हो।संसद पुनर्स्थापना गर्नुपर्छ, नागरिक सर्वोच्चता कायम गर्नुपर्छ र जननिर्वाचित निकायलाई सनकको भरमा विघटन गर्न पाइँदैन भन्ने शक्तिहरू एकठाउँ भएर गठबन्धन बनेको हो। त्यसकारणयो आवश्यक थियो।

    यो गठबन्धन बनाइदिने श्रेय केपी ओलीलाई नै जान्छ। त्यसैले यो गठबन्धनले सबैभन्दा पहिले ओलीलाई नै धन्यवाद दिनुपर्छ। उहाँले संसद विघटन गर्ने, व्यवस्थाविरुद्ध जाने र पार्टी विभाजनविरुद्धको हर्कत नगरेको भए यो गठबन्धन बन्दैन थियो।यसलाई वामपन्थी आन्दोलनको कोणबाट हेर्दा केही क्षति अवश्य भएको छ। तर यहाँ वामपन्थी कसलाई भन्ने? यो सवाल पनि विद्यमान छ। किनभने नेपालको राजनीतिमा अब वैचारिक भिन्नता लगभग सकियो। को कम्युनिष्ट, को कांग्रेस, को वामपन्थी, को गैरवामपन्थी र को बुर्जुवा भन्ने कुराको अन्तर कसले छुट्याउने ? यिनका जीवन, संस्कृति, उठबस, रहनसहन, खानपान र दैनिकीमा कहीँपनि अन्तर देखिँदैन। सिद्धान्त भनेको जीवन व्यवहारमा व्यक्त हुने कुरा हो। जुन सिद्धान्त जीवनमा अभ्यास हुँदैन त्यसको केही अर्थ हुँदैन।

    जसको योजना उसको नेतृत्व
    वामपन्थमा विश्वास राख्ने ठूलो पंक्ति अहिले पनि यो देशमा छ। यो निर्णायक पंक्ति हो। तर नेतृत्वले त्यो ढंगको संस्कार, मूल्यमान्यता र संस्कृति प्रदर्शन गर्न नसक्दा निराशा पनि छ। हामी झण्डै विशुद्ध बुर्जुवा लोकतन्त्रको अभ्यासमा मात्रै सीमित हुन थाल्यौँ। यसको असर अब चुनावमा देखिन थाल्यो।

    यसो भन्दै गर्दा वामपन्थी एकता आवश्यक नभएको भने होइन। तर, नेतृत्वले जीवन, व्यवहार, संस्कृति, नैतिकता र चरित्रमा प्रदर्शन हुनुपर्नेमा तिनले उल्टै यस वैचारिक भिन्नतालाई सिद्याउँदै गगए। यही नेतृत्वको अगुवाईमा वामपन्थी एकता हुँदैन।

    वामपन्थी एकता हुनका लागि त्यो मूल्य र आफ्नो फरक पहिचानसहित उभिन सक्ने पुस्ता वा नेतृत्व अगाडि आउनै पर्छ। फेरिपनि, ओली जी र प्रचण्ड जीहरूकै नेतृत्वमा हिजोकै तहमा वामपन्थी एकता हुन्छ भन्ने मलाई लाग्दैन। लामो समय राजतन्त्रसँग संघर्ष गरेको र अलिअलि सामन्तवाद तथा राजतन्त्रको अवशेष बोकेर बसेका नेतृत्वमा न त हामी ठूलो कायापलटको अपेक्षा गर्न सक्छौँ, न त वामपन्थीहरूको एकता नै गर्न सक्छौँ।

    उहाँहरूले आफ्नो जमानामा ठूलो ऐतिहासिक दायित्व पूरा गर्नुभयो। उहाँहरूको नेतृत्वमा ठूलो राजनीतिक परिवर्तन भयो। तर, अर्को परिवर्तन पनि उहाँहरूकै नेतृत्वमा हुन्छ भन्ने कुराको ग्यारेन्टी छैन। यो सम्भव छैन। अब नेपाललाई साच्चै समृद्ध बनाउने, सुखी बनाउने, समाजवादको यात्रातिर लैजाने र नेपाली जनताको साच्चिकै जीवन मूल्यलाई बदल्ने संकल्प बोकेर नयाँ पुस्तामा नआइकन वामपन्थी एकता सम्भव छैन जस्तो लाग्छ।

    यो निर्वाचनमा जनताले नयाँ प्रयोगहरू गर्न खोजे। कति ठाउँ गैर राजनीतिक मान्छेहरूलाई स्वतन्त्रको रुपमा उठाइदिए। त्यससँगै अहिलेका राजनीतिक पार्टीहरूले गठबन्धन गरेका ठाउँमा पनि जनताले तिम्रा सबै कुरा जनताले मान्दैनन् हैभन्ने संकेत दिए। यसले जनमत नयाँ नेतृत्व र नयाँ मूल्यमान्यता चाहन्छ भन्ने देखाइदियो। जनता समाज, संस्कृति र राजनीतिभित्र नयाँपन खोजिरहेका छन्। यो पार्टीहरूले आत्मसमीक्षा गर्ने विषय हो।

    अघिल्लो पुस्ताले जुन राजनीतिक दायित्व पूरा गर्यो त्यसका लागि उहाँहरूलाई धन्यवाद। उहाँहरूले एउटा ऐतिहासिक कर्तव्य पूरा गर्नुभयो। अबको बाँकी दायित्व तपाईँहरूबाट पूरा हुँदैन। तपाइँहरू अभिभावकको भूमिकामा बस्नुहोस् र अब हामी लक्ष्य पूरा गछौँ भन्ने संकल्प र चुनौतीसहित अर्को पुस्ता राजनीतिमा आउनुपर्छ ।

    पार्टीहरूको पुनर्संरचना
    हाम्रा कम्युनिष्ट पार्टीहरू पनि कम्युनिष्ट अभ्यासमा छैनन्। नीति निर्माण र नेतृत्व निर्माणको सबैभन्दा उच्च थलोमहाधिवेशनहरू केवल औपचारिकतामा सीमित भएका छन्। महाधिवेशनहरू वास्तवमा नेतृत्व चयन र नीति निर्माणको थलो हुँदैनन्, यी औपचारिकतामा निहित हुन्छन्। पार्टीहरू पनि औपचारिक र बुर्जुवा लोकतन्त्रको अभ्यासतिर गइसके। यसले कम्युनिष्ट पार्टीको सत्वलाई कमजोर बनाइसकेको छ। किनभने कम्युनिष्ट पार्टीको महाधिवेशन धेरै ऐतिहासिक थलो हो। त्यसले विचारको निर्माण गर्छ, भविष्यको दिशा तय गर्छ, समाजको समाजिक मनोविज्ञानलाई कसरी सम्बोधन गर्ने र समाजको आजको अन्तरविरोधलाई कसरी हल गर्ने भन्ने बहस गर्छ। तर यो बृहत बहस महाधिवेशनमा हुँदै हुँदैन। महाधिवेशनको त्यो वैचारिक बहस नभएपछि नयाँ नेतृत्व कसरी आउँछ? अब हामीले यसको समाधान पार्टीभित्रै खोज्नुपर्छ। बाहिर समाजमा खोजेर हुँदैन।

    पार्टीभित्रै नयाँ मूल्य मान्यतासहित वैचारिक राजनीतिक दबाबको सुरुवात गर्नुपर्छ। समाजलाई विकल्प दिनसक्ने ल्याकत हामीसँग छ वा त्यो योजनाहामीसँग छ भन्ने एउटा पुस्ता पार्टीभित्रै बाट आउनुपर्छ। त्यो सामूहिक रुपमा आउनुपर्छ। पार्टीहरूका अधिवेशनहरूबाट त्यसको अभ्यास गर्नुपर्छ। जसरी धरान र काठमाडौँसहित देशका केही ठाउँमा नेपाली जनताले चुनौती दिए, त्यसरी नै स्थानीय, जिल्ला र प्रदेशका अधिवेशनहरूमा नेताहरूलाई चुनौती दिने पुस्ता अब आउनुपर्छ। यसो नगरीकन पार्टीहरूको पुनर्संरचना नै हुँदैन।

    तर त्यसरी चुनौती दिनसक्ने मानिसहरू असाध्यै सीमित छन्। तिनलाई अहिले पनि कम्युनिष्ट आन्दोलन बिग्रिदै गएकोमा चिन्ता छ। अहिले पनि वर्ग प्रतिबद्धतामा च्यूत हुँदै गएकोमा चिन्ता छ र आधारभूत माक्र्सवादी मूल्य मान्यताबाट क्षयीकरण भएकामा चिन्ता छ। उनीहरू छलफल र परामर्श गरिरहेका छन्। तर, उनीहरू पार्टीबाट छायाँमा परेका छन्। त्यो पंक्तिलाई कसरी हामीले नेतृत्वको मूल प्रवाहमा ल्याउने भनेर बहस गर्न आवश्यक छ। पार्टी भनेको विचारको संगठन हो। पार्टीसँग विचार छैन र विचारलाई कार्यान्वयन गर्ने नेतृत्व छैन भने त्यो पार्टी विशुद्ध एउटा क्लवमा परिणत हुन्छ। क्लवहरू जहाँसुकै र जसका पनि बन्न सक्छन्। हाम्रा पार्टीहरू विभिन्न स्वार्थ समूहका क्लव वा कम्पनी जस्ता मात्र भए। यसलाई रुपान्तरण नगरी त कम्युनिष्ट पार्टी बन्दैन।

    यसलाई हामीले नै सच्याउनुपर्छ। कम्युनिष्ट पार्टी भित्र भएका,कम्युनिष्ट पार्टी बनोस्, कम्युनिष्ट पार्टीको नेतृृत्वमा समाजवादमा पुगियोस् र हामीले भनेको एउटा उन्नत समाज निर्माण होस् भन्ने चाहनेहरूले यो पार्टीलाई सुधार गर्नुपर्छ। त्यसो गर्न नसक्ने हो भने कम्युनिष्ट पार्टीको लोगो बोकेर जनतालाई अनावश्यक भ्रममा पार्न आवश्यक छैन।

    समाजवादको बहस
    हामीले संविधानमा समाजवाद उल्लेख गर्यौँ, तर त्यो के हो भन्ने कुरा कसैलाई थाहा छैन। जसलाई जसरी मनलाग्यो त्यसरी नै परिभाषित हुने खालको समाजवाद हामीले राख्यौँ। हामीले चाहेको समाजवाद कस्तो हो भन्ने विषयमा मूर्त बहस कहिल्यै भएन। संविधान निर्माण प्रक्रियार निर्माण पछि पनि यस विषयमा बहस भएन। हामीलाई नेपाली मौलिकता, नेपाली विशेषता, नेपाली चरित्र र आफ्नोपनसहितको समाजवाद चाहिन्छ। तर यसविषयमा थप अध्ययन र बहसको काम हुँदै भएन। भएपनि नगन्य रुपमा भयो। यो काम पार्टीहरू, विज्ञ र बौद्धिक जमातले गर्नुपर्ने हो।

    एउटा राजनीतिक सन्देश दिनेकाम संविधानले गर्यो। तर त्यसलाई मूर्त बनाउने काम कसैले पनि गर्न सकेन। यो काम जसले गर्छ, अब त्यसैले नेतृत्व गर्छ। यो जुनसुकै पार्टीको समूहले गर्न सक्छ। संविधानले परिकल्पना गरेको समाजवाद कस्तो हो र यसलाई प्राप्त गर्नका कारण कस्ता कस्ता चरणहरू पार गर्नुपर्छ भन्ने कुराको एउटा स्केच जसले ल्याउन सक्छ अबको देशको नेतृत्व उसैले गर्न सक्छ।

    सुरुमा संविधानले भनेको समाजवादको स्पष्ट र सुत्रबद्ध व्याख्या आवश्यक छ। संविधानले दिशानिर्देश गर्यो, अब हामीले त्यसको चित्र कोर्न सकेनौँ भने व्यवस्था र संविधान असफलता तिर जान्छ। यो खाका बनाउन सकेनौँ भनेअरु विकल्पहरू आउँछन्। अब विज्ञान र प्रविधिबाट शिक्षित भएको स्मार्ट पुस्ता आउँदैछ। अहिलेको संविधान र समाजवाद सबै बेकार रहेछ भन्दै यसलाई च्यालेन्ज दिने अर्को पुस्ता आउँछ। त्यो अराजक ढंग र असंगठित ढंगले आउन सक्छ, राजनीतिक ढंगले आउँदैन।त्यसैले अहिलेको संविधान र व्यवस्थामाथि राजनीतिज्ञहरूले, खासगरी कम्युनिष्ट राजनीति गर्ने मान्छेहरूले गम्भीरतापूर्वक अध्ययन अनुसन्धान र विमर्श नथाल्ने हो भने अहिलेको संविधान र व्यवस्था असफल हुनेतिर जान्छ।

    कस्तो समाजवाद?
    नेपालको आफ्नै उत्पादन सम्बन्ध, इतिहास र विरासतभित्र समाजवादका भ्रुणहरू छन्। हामीले माक्र्समा समाजवादमा खोजिरहनुपर्दैन, न त हामीले चीन पढिरहनु पर्छ। ती त सन्दर्भ सामग्री मात्रै हुन। जस्तैः गाउँतिर हाम्रो पर्म प्रणाली थियो। उत्पादन प्रणालीका लागि यो गज्जबको प्रणाली हो। यो समाजवादसँग मिल्दोजुल्दो प्रणाली हो।

    समाजवादसामूहिकतामा आधारित व्यवस्था हो।समाजवादी नमुनासँग मिल्दा संस्कारहरूलाई बचाउने दायित्व कम्युनिष्टहरूको हो। समाजवादतर्फ यात्राको सुरुवात त्यहाँबाट सुरुवात हुन्छ। हामीले स्थापित गर्ने व्यवस्थासँग जनताको मनोविज्ञान जोडिनुपर्छ। जनताको संस्कृति र जनताको उत्पादन चरित्र हामीले स्थापित गरेको मोडलसँग जोडिनुपर्छ। त्यो नेपाली मौलिकताको समाजवाद हो। यसका लागि हामीले नेपाली समाजको गहिरो अध्ययन गर्नुपर्छ।

    थुप्रै आदिवासीहरूका संस्कार र संस्कृतिभित्र समाजवादसँग मिल्दा जुल्दा संस्कृति र उत्पादन सम्बन्धहरू छन्। हामी पहिले त्यतातिर गएनौँ। राजनीतिक रुपमा आदिवासी, महिला, दलित, जनजातिलाई अधिकार दिने कुरा उठ्यो। त्यो अधिकार प्राप्त भइसकेपछि हामीले ल्याउने व्यवस्था कस्तो हुन्छ भन्ने बहस कहिले पनि भएन। माओवादीले पनि अधिकारका मुद्दा उठायो। तर त्यो अधिकारलाई सुत्रबद्ध गर्न र हल गर्नका लागि हामीले ल्याउने व्यवस्था कस्तो हुन्छ भन्ने बहस पनि सँगसँगै ल्याइदिएको थियो भने आज हामी यो भड्खालोमा फस्नुपर्ने थिएन। माओवादी आफैँ पनि यो भड्खालोमा फस्नुपर्ने थिएन। अहिले हामी बुर्जुवा संसदीय व्यवस्थाको भासमा जाकियौँ कि भन्ने चिन्ता छ। हामीले विगतमा जे गल्ति गर्यौँ अब यसलाई करेक्सन गर्न आवश्यक छ।

    जनताको जीवन र मनोविज्ञानसँग नजोडिने व्यवस्थालाई जतिसुकै राम्रो ब्राण्ड बनाएपनि त्यो असफल हुन्छ। चिनियाँहरू किन अरु भन्दा सापेक्षिक ढंगले सफल भए भने उनीहरूले चिनियाँ विशेषताको समाजवाद अंगाले। उनीहरूले माक्र्स, लेनिन र माओले भनेभन्दा फरक र नयाँ खालको अभ्यास गर्न थाले। उनीहरूले लामो गुरुयोजना निर्माण गरे र जो नेतृत्वमा आएपनि त्यसैलाई पछ्याउने गरे।

    तर, आज हामीसँग यो खालको योजना छैन। सत्तामा पुगेपछि जागिर लगाइदिने, सरुवाबढुवा गर्ने र अनावश्यक ढंगले राजनीतिक हस्तक्षेप गर्ने जस्ता काम मै अल्झिन्छन्। के यही हो कम्युनिष्ट पार्टीको धन्दा ?यसै गर्ने कम्युनिष्टलाई जनताले मानिदिनुपर्ने?कहाँनिर चुक्यौँ ? जनताको जीवनसँग हाम्रा क्रियाकलापहरू जोडिएनन्। जनताको जीवन, उत्पादनका साधन, संस्कृति र जनताको दैनिकीसँग जोडिने समाजवाद चाहिएको छ। त्यही समाजवाद दिगो हुन्छ र बलियो हुन्छ। नेपालमा त्यही समाजवाद मात्रै टिकाउ हुन्छ।

    त्यसको मोडलमाथिको बहस कहीँ न कहीँबाट भइदिए हुन्थ्यो भन्ने जनताको चाहना छ। तर, काहीँबाट पनि त्यसको सुरुवात भएन। कुनै पार्टीका महाधिवेशन र फोरमहरूमा यो मोडलको बहस हुँदै भएन। समाजवादका शास्त्रीय बहसहरू भए, अरुले अभ्यास गरेका समाजवादका व्याख्यानहरू भए, तर हाम्रो आफ्नै समाजवादको बहस नहुनु आफैंभित्रको हिरा नचिन्नु जस्तै हो। हाम्रो जनसंस्कृतिभित्रको समाजवादलाई हुर्काएर यसको प्रवद्र्धनका साथै ब्राण्डिङ गर्न सक्नुपर्छ।

    विधिमा सुधार
    पछिल्ला निर्वाचनहरूका खर्चहरूलाई हेर्ने हो भने सामान्य मान्छेले चुनाव लड्न सक्दैन भन्ने कुरा प्रष्ट छ। यस निर्वाचन प्रणालीभित्र केही खोटहरू छन्। प्रणालीमा भएका खोटलाई विधिमार्फत हल गर्न पनि सकिन्छ। हामी अहिले नै प्रणाली फेर्न सक्दैनौँ, तर विधि फेर्न भने सक्छौँ।

    गतवर्ष म रसुवा गएको थिएँ। त्यो सानो जिल्ला हो। प्रतिनिधि सभाको निर्वाचनमा पचासौँ करोड खर्च गरेर त्यहाँबाट एकजना प्रतिनिधिले जित्नुभयो। हार्ने अर्को प्रतिनिधिले ३० करोड जति खर्च गर्नुभयो भन्ने तथ्यांक त सरकारी निकायसँगै छ। किन त्यस्तो भयो ? रसुवामा आधारभूत चेतनाको पनि समस्या थियो। त्यहाँबाट नेपालका ए क्लासका ठेकेदारहरू संसद भएर आउनुभयो। राजनीतिमा अब ठूला घररानिया, व्यपारी वा तिनले रोजेका मान्छेहरू मात्रै आउन पाउने भए। त्यसैले यी सबै कोणलाई हेर्यौँ भने हामी अहिलेको निर्वाचन प्रणालीलाई सुधार्न सक्छौँ।

    विगतको स्थानीय तहको निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा उम्मेद्वारहरूको खर्च कम भयो। विगतको निर्वाचनमा उम्मेद्वारहरूको मनोनयन गरिसकेपछिको तीन महिनासम्म उम्मेद्वारहरूले प्रचार गर्न र खर्च गर्न पाए। जान पायो। २० दिनमात्रै उम्मेद्वारको रुपमा बाहिर जान पाउँछन्। यो समय सीमाले खर्च घटाइदियो।

    यस्तै चुनावको अन्तिम अवस्था शुन्य समयमा असाध्यै आर्थिक चलखेलहरू भए। जागरुक र सचेत भएको भनिएको समाजमा अहिले पनि पैसाको चलखेल निर्णायक छ। त्यसका दुईवटा कारणहरू छन्। एउटा कारण गरिबी र बेरोजगारी हो भने अर्को कारण राजनीतिक वितृष्णा हो। जो जितेर गएपनि काममा तात्विक भिन्नता हुँदैन भने जनताले त पैसा खाने नै भए।

    यसलाई हल गर्ने विधि के हो ? राजनीतिज्ञ वा पदमा पुगेका मान्छेले नैतिकता प्रदर्शन गर्ने हो भने त्यो स्वतः कम हुन्छ। अहिलेको राजनीतिमा नेतृत्व र जनप्रतिनिधिहरूले राम्रो छवि बनाउन नसकेका कारण निर्वाचन प्रणालीमा विकृति आयो।

    पराजयपछि एकता
    वाम एकता जरुरी छ तर चुनाव लक्षित एकता नहोस् भन्ने मेरो कामना छ। बरु सबै कम्युनिष्ट हारुन्, तर चुनावका लागि एकता नहोस्। चुनावका निम्ति भएको एकताले पहिला के गर्यो? हामीले भोगिसकेका छौँ। एकता जनता, देश र लक्ष्य प्राप्तिका लागि होस्। जनताको जीवन परिवर्तन र नेपालमा साच्चिकै समाजवाद ल्याउनका लागि कम्युनिष्ट पार्टीहरूबीच एकता होस्। चुनाव जित्न, प्रधानमन्त्री हुन वा केही थान मान्छेको सत्तास्वार्थ पूर्तिका लागि गठबन्धन वा एकता हुनु सबैभन्दा ठूलो दुःखद कुरा हो। त्यो जनमत र पार्टीका लाखौँ कार्यकर्ताको अपमान हो।

    त्यसैले चुनावको मुखमाएकताको बहस नगरौँ। निर्वाचन सकिएपछि र एकपटक सबै पछारिएपछि मात्रै एकताको बहस गर्नुपर्छ भन्ने पक्षमा म छु। कोरोनाकालमा जनता कोरोनाले मरिरहेका थिए,विदेशीले दिएको पैसामा पनि भ्रष्टाचार भयो। वैदेशिक रोजगारमा गएकाहरू बाकसमा फर्किँदा पनि संसदमा हुनेहरूको मन छुँदैन। कम्युनिष्ट पार्टीका नेता संसदमा हुनुको अर्थ के भयो? अहिले पनि स्वास्थय उपचार नपाएर जनता मरिरहेका छन्, तर कुनै पनि कम्युनिष्ट नेताको मुटु दुख्दैन।

    साच्चै कम्युनिष्ट एकता गर्ने हो भने सुरुमा विचारमाथि छलफल गरौँ। नेपालमा कस्तो व्यवस्था स्थापित गर्ने भन्ने विषयमा कुरा गरौँ। ‘स्टेप वाई स्टेप’ हाम्रो गुरुयोजना ल्याऔँ र त्यो गुरुयोजनाको आधारमा एकता गरौँ। कम्युनिष्टहरूबीच एकतासम्भव छ। तर, के अहिले हामीले नेतृत्वको जिम्मा दिएका नेताहरू कति कम्युनिष्ट हुन् ? कम्युनिष्ट पार्टीको कुर्सीमा बस्ने बित्तिकै उ कम्युनिष्ट नेता हुँदैन।

    हाम्रा कतिपय नेताहरूको इतिहास गौरवशाली त छ। तर इतिहासमा एकचोटी राम्रो काम गरेको मान्छेले सधैँ राम्रो गर्छ भन्ने छैन। खबरदारी र निरन्तर आलोचना तथा आत्मलोचनाको प्रक्रिया चाहिन्छ। यो भएन भने असल नेता पनि बिग्रिन्छन्। अहिले हाम्रा कम्युनिष्ट पार्टीहरू कम्युनिष्ट पार्टीको रुपमा छैनन्। त्यसैले यिनको एकता वा विभाजनबाट खुसी वा दुःखी हुन आवश्यक छैन।

    अहिले नेपालको राजनीतिमा केही अप्ठ्याराहरू छन्। एउटा पंक्ति छ, जो राजनीतिभन्दा बाहिर बसेर नेताहरूलाई गालीमात्रै गर्छ। अर्को, दुर्गन्धित राजनीतिमा आस्था राख्छ। तर अब हामी एकपटक गमबुट लगाएर यो फोहोरी राजनीतिलाई सफा गर्न पस्नुपर्छ। बाहिर बसेर यिनको आलोचना गर्दैमा हाम्रो दायित्व पूरा हुँदैन। चाहे कम्युनिष्ट पार्टीभित्रको विकृति होस् वा चाहे यो व्यवस्थाभित्रको विकृति होस्, यसलाई सफा गर्न हामी आफै पस्नुपर्छ। राजनीतिमा नयाँ, सचेत, अध्ययनशील र विवेकी पुस्ता आउनुपर्छ।यदी हामी अहिलेकै जस्तो जीवन चलाउने हो भने बाहिर बसेर धारे हात लगाइरहौँ। होइन भने सिर्जनात्मक तथा रचनात्मक बनौँ र विकल्पहरू प्रस्तुत गरौँ।

    भिडियो –

    माओवादी केन्द्रका नेता भण्डारीसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      हेमराज भण्डारी

      हेमराज भण्डारी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.