Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महामारीले नेपाली अर्थतन्त्रका यी क्षेत्रमा पार्दैछ घातक असर

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख ४, २०७७
- यो हप्ता, विमर्शका लागि, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ताजा सरकारी तथ्याङ्कअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन वा जीडीपी साढे ३४ खर्ब रुपैयाँ छ। वर्षभरिको देशका यावत् आर्थिक गतिविधि, उत्पादन र कमाइ जोड्दा हुन आउने रकम नै जीडीपी हो।

    यस पटक सरकारले यो कुल परिमाणलाई सात प्रतिशतले बढाउने लक्ष्य राखेको थियो। तर कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी महामारीले निम्त्याएको ‘लकडाउन’ले झन्डै एक महिनादेखि आर्थिक गतिविधि ठप्प छ। अझै कति समयसम्म यो स्थिति लम्बिने हो ठेगान छैन।अभूतपूर्व यो सङ्कटले अर्थतन्त्रमा अहिले नै गम्भीर असर पारिसकेको छ। यो स्थिति जति लम्बिन्छ, त्यति नै असर घातक बन्दै जानेछन्।

    यसको असरबाट कुनै क्षेत्र पनि अछुतो छैन। तर नेपालका अर्थविद्हरू एवं सरकारी अधिकारीहरूसँगको कुराकानीका आधारमा सबभन्दा घातक असर पर्ने चार क्षेत्र स्पष्ट भएका छन्।

    १. विप्रेषण आय र वैदेशिक रोजगारी
    अघिल्लो आर्थिक वर्ष विदेशमा रोजगारी गरिरहेका लाखौँ नेपालीहरूले कमाएर घर पठाएको विप्रेषण आम्दानी आठ खर्ब ७९ अर्ब रुपैयाँ थियो। त्यो देशको कुल गार्हस्थ्य उत्पादनको एकचौथाइ हो।ठूलो योगदान गर्ने यो क्षेत्र कोरोनाभाइरस सङ्क्रमणका कारण गम्भीर जोखिममा परेको छ। यसले आगामी दिनमा पार्ने असर दोहोरो देखिन्छ।

    एकातिर त्यहाँ रहेका कामदारहरूको तलब ज्याला घट्न सक्छ भने अर्कोतिर ती देशमै आर्थिक मन्दी भए रोजगारी नै धरापमा पर्न सक्छ। नेपाली धेरै जाने खाडी देशहरू पेट्रोलियम पदार्थको माग र मूल्यमा आएको भारी गिरावटसँगै आर्थिक मन्दीमा पर्ने खतरा टड्कारो छ।

    अर्थविद् डा. विश्वम्भर प्याकुर्‍याल भन्छन्, ‘कतिपय देशले हाम्रा कारखाना बन्द भएपछि कामदार राख्न सक्दैनौँ भन्न थालेका छन्।’ ‘ती बेरोजगार भए देशकै विदेशी मुद्रा सञ्चितिमा असर पर्छ। यसको चौतर्फी असर नेपाली अर्थतन्त्रमा पर्छ।’

    अर्का अर्थविद् केशव आचार्यको अनुमानमा असार मसान्तसम्मको वर्तमान आर्थिक वर्षमा नै विप्रेषणको आय २० देखि २५ प्रतिशत वा दुई खर्ब रुपैयाँसम्म घट्न सक्छ। ‘दशौँ हजार मानिस बेरोजगार हुन सक्छन्,’ उनले भने।

    पूर्वअर्थसचिव रामेश्वर खनाल भने यसमा थोरै आशाका किरण पनि देख्छन्। खनाल भन्छन्, ‘सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटका बेला पनि हामीलाई डर लागेको थियो। तर धेरै असर परेन। यसको एउटा कारण भनेको अधिकांश नेपालीहरू अत्यावश्यक मानिने क्षेत्रमा कार्यरत छन्। जस्तै – सुरक्षागार्ड, खेतीपाती, सरसफाइ, किनमेलका पसल अनि आपूर्ति प्रवाह।’ ‘सङ्कटका बेला पनि यी सेवा चाहिन्छन् र रोजगारी जोगिन सक्छ,’ उनले भने।’तर कैयौँ नेपाली होटल तथा रेस्टुराँमा पनि छन् जुन समस्यामा पर्न सक्छन्। यस्ता क्षेत्रमा काम गर्ने मानिस स्वदेशनै फर्किए भनेपनि तिनमा दक्षता हुन्छ र तिनले अर्थतन्त्रलाई फाइदा दिन सक्छन्,’खनालले थपे।

    यसको मनोवैज्ञानिक खतरालाई भने उनले पनि स्वीकार गरे। अबको दिनमा मानिसहरू विदेशमा बस्न उत्सुक नहुन सक्ने र १० देखि १५ प्रतिशत मानिस घर फर्किन सक्ने उनले अनुमान गरे।

    २. पर्यटन
    पर्यटनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ठ्याक्कै कति योगदान गर्छ भन्नेमा स्पष्ट छैन। तर कम्तीमा तीनदेखि सात प्रतिशत योगदान गर्ने ठानिएको छ।भनिन्छ एकजना विदेशी पर्यटक आउँदा नौ जनाको रोजगारी सिर्जना हुन्छ।

    कोरोनाभाइरस महामारीले विश्वभरि नै सबैभन्दा मारमा परेको भनेको पर्यटन तथा यातायातको क्षेत्र नै हो।एक त जीवन र जीविका नै खतरामा परेपछि बाहिर डुल्न निस्किन सक्नेको सङ्ख्या लामैसम्म कम रहने देखिन्छ भने अर्कोतिर चाहना नै भएपनि’लकडाउन’ र सामाजिक दूरी कायम राख्नुपर्ने समयमा मानिस घुमफिरमा उत्सुक हुँदैनन्।

    अर्थविद् आचार्य भन्छन्, ‘जो पर्यटक भएर यहाँ आउँथे ती मानिस नै बेरोजगार हुने अवस्था छ। यो क्षेत्रमा ठूलै खति हुने देखिन्छ।’पूर्वसचिव खनाल पनि पर्यटनमा परेको असरबाट उभ्रन लामै समय लाग्न सक्ने ठान्छन्।यसले हवाई उड्डयन, होटल तथा रेस्टुराँ, यातायात, कृषि तथा अन्य व्यवसायी, ब्याङ्क तथा वित्तीय संस्था सबैको आयमा असर पर्नेछ।

    ३. साना तथा मझौला उद्योगी व्यवसायी
    कुनैपनि देशको अर्थतन्त्रको निम्ति एसएमई भनिने साना तथा मझौला व्यवसायी मेरुदण्ड नै हुने गर्छन्।ससाना उद्योग तथा व्यापार व्यवसायमा लागेका चिया पसलेदेखि लिएर रेस्टुराँ व्यवसायी अनि मम पसलेदेखि लिएर किराना व्यापारी सबै यसैमा पर्छन्।

    अर्थविद् डा. प्याकुर्‍यालको अनुमानमा यस्ता साना र मझौला व्यवसायीले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशतको योगदानका साथै १७ लाखलाई रोजगारी दिएका छन्।’तिनलाई उद्धार गर्ने प्याकेज नबनाए भयानक अवस्था आइपर्छ,’ उनले भने।  यस विषयमा अर्थविद् आचार्यको धारणा पनि उस्तै छ।’खानेकुरा र औषधिबाहेक सबै पसल बन्द छन्। यिनमै पनि बजारमा मासुको माग छ तर आपूर्ति गर्न सकिएको छैन। एकातिर अण्डा र चल्ला नष्ट हुँदैछ अर्कोतिर बजारमा पाइएको छैन,’ उनले भने।

    अहिलेको समयमा कोही पनि लुगा वा नयाँ गाडी वा टेलिभिजन किन्ने मनस्थितिमा हुन्नन्। यसले कति असर पारिरहेको छ भनेर हिसाबकिताबै भएको छैन।खासगरी यी अनि निर्माणका क्षेत्रमा निर्भर दशौँ हजार दैनिक ज्यालादारी गर्ने मजदुर तत्कालको निम्ति अत्यधिक जोखिममा परिसकेका छन्।

    ४. व्यापार तथा वित्तीय क्षेत्र
    अधिकांश व्यापार तथा व्यवसाय अहिले ठप्प छन्। देशको कुल गार्हस्थ्य उत्पादनमा निर्यातको अंश २.८ प्रतिशत अनि आयातको अंश ४० प्रतिशत छ।एकातिर यो अवस्थामा माग नै हुने देखिँदैन भने अर्कोतिर माग भएपनि त्यसको आपूर्ति गर्न सहज छैन। अत्यावश्यक भनिएका सामग्रीको आयात तथा ढुवानीमा त समस्या देखिएको छ भने अरूको कुरै छाडौँ।

    समग्रतामा ब्याङ्क वित्तीय संस्थाका अवस्था पनि नाजुक बन्दैछन्।सहज आर्थिक गतिविधि ठप्प भएकाले कारोबारमा असर त छँदैछ अन्य क्षेत्रमा परेका सबै किसिमका नकारात्मक असरले ब्याङ्क तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा जोखिममा पर्न सक्छन्।’पर्यटनमा मात्रै ब्याङ्क र वित्तीय संस्थाका अर्बौँ लगानी छ। त्यसको अब रिकभरी वा सुधार हुन समय लाग्छ। त्यसैकारण ब्याङ्कका सम्पति जोखिममा पर्छन् जसको चौतर्फी असर पर्छ,’ खनालले बताए। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.