Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

अफसीन मोलावी अफसीन मोलावी
पुस १०, २०७७
- कोभिड–१९, यो हप्ता, विमर्शका लागि, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कोभिड – १९ का धेरै थरिका खोपहरूको प्रतिस्पर्धात्मक दौड अब सकिन लागेजस्तो देखिन्छ, तर हामीसँग विजेतालाई फूलमाला लगाएर उत्सव मनाउने समय छैन । नयाँ दौड शुरु गरिहाल्नु पर्नेछ– किनकि दुनियाँ खोप लगाउनका लागि लाम लागेर उभिएको छ। औषधि कम्पनीहरू खोप बनाउनका लागि अत्यधिक तीव्रतासहित उदाहरणीय सहकार्य र असाधारण योग्यता दुवै प्रदर्शन गर्दै दौडेका थिए। लाग्छ अब दौड शुरु हुनेछ- वितरणको।

    वैज्ञानिकहरूले त आफ्नो काम गरिसके तर अब के हुन्छ प्रश्न उठेको छ: हामी कसरी सीमित मात्रामा भएका खोपहरू विश्वभर वितरण गर्नेछौं ? महामारीले विश्वव्यापी रूपमा असमानताको विद्यमान खाडललाई तीव्रताका साथ बढाइरहेको महशुस गरिदैंछ। त्यसमाथि खोप वितरणले विश्वका ‘हुने’ र ‘न–हुने’का बीचमा रहेको खाडललाई उजागर गर्ने र तीव्रता दिने उत्तिनै खतरा छ।

    यस विश्वमहामारीले सबैभन्दा गरीब र जोखिममा रहेकाहरु बीचमा अत्यन्त क्रुरतापूर्वक आक्रमण गर्‍यो। विश्व बैंकको अनुमान अनुसार २०२१ मा १५ करोड मानिसहरु चरम गरीबीमा फस्न सक्छन्। दुई दशक यता, यति ठूलो संख्यामा गरीबी वृद्धि हुने यो पहिलो पटक हुनेछ। यति मात्र होइन,  हालैपनि एशिया र अफ्रिकाभरि कमजोर मध्यम वर्गबाट भर्खरै स्नातक गरेकाहरू पुनः गरीबीमा परिसकेका छन्।

    यसैबीच, जूमका ज्ञान भएकाहरुले आफ्ना रोजगारीलाई कायम राखेका छन् किनकि उनीहरूले नै अव्यवस्थितरूपमा लगानी गरिएका पोर्टफोलियोहरु विश्वव्यापी महामारीको बीचमा पनि रखवारी गरेका थिए। यस कुराले मात्र जूममार्फत काम गर्न सक्नेहरु भाग्यमानी हुन् भन्न सकिदैन। विकसित अर्थतन्त्रहरूका सम्पन्न धनी परिवारहरूले स्कुलबन्द हुँदा पनि राम्रो पहुँच भएका र ब्रोडब्यान्ड भएका कारण अनलाइन क्लासहरुमा निर्वाध भाग लिन सके तर अन्य मुलुकका गरीव परिवारहरुलाई यस्तो पहुँच हुन सकेन।

    कुन विश्व बढी सुरक्षित ?

    खोपहरू विकसित भएका कारण हामीमा एक किसिमको सञ्त्रास कम भएको छ। तथापी खोपको आम वितरणपछि पनि  हामीलाई सामान्य अवस्थामा फर्कियौं कि भन्ने अनुभूति हुन भने लामो समय लाग्न सक्छ र विश्वमहामारीको क्षतिको असर भने दशकौंसम्म रहनेछ। यसका साथै अर्को मुख्य प्रश्न उठेको छ: कुन “विश्व” पहिले सुरक्षित हुनेछ? वा सामान्य अवस्थामा फर्किनेछ?

    २०२१ को अन्त्यसम्म हामीले धेरैप्रकारका अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ। जस्तो कि ‘कोभिड १९ को धेरै कम खतराका रुपमा रहेका धेरै धनी, विकसित मुलुकहरु – जसले आफ्नो आर्थिक हैसियतका कारण खोपको प्रारम्भिक आपूर्ति अन्य मुलुकका लागि बन्द गर्नेछन् – र तथाकथित दक्षिणी गरीब मुलुकहरु मुर्मुरिएर बस्नु पर्नेछ।’ –जोन हप्किन्स युनिभर्सिटी स्कूल अफ एडभान्स्ड इन्टर्नेशनल स्टडीजका मेरा एक सहपाठि हेल ब्रान्डले ब्लूमबर्गको ओपिनियन स्तम्भमा यस्तो भनाइ राखेका छन्।

    पिपुल्स भ्याक्सिन एलायन्सले उल्लेख गरेको छ – ६७ वटा अति नै गरीब देशहरुमा, १० जना मध्ये एक जनालाई मात्र अर्को वर्षको अन्तसम्म खोप प्राप्त हुनेछ। यस एलाइन्सले विश्वको १४ % जनसंख्या भएका – अधिकांशतः पश्चिमी, अतिविकसित अर्थतन्त्रहरू – ले उत्पादन हुने प्रमुख खोपहरूका आधाभन्दा बढी उत्पादन अगावै खरीद गरिसकेका छन्।

    ९५% प्रभावकारीता भएको भनिएको फाइजर-बायोएनटेक खोप संयुक्त राज्य अमेरिकामा फ्रन्टलाइन स्वास्थ्यकर्मीहरुलाई र ब्रिटेनमा वृद्धहरूका बीच दिइने योजना तयार छ। फाइजरले संयुक्त राज्य अमेरिकालाई १० करोड डोज दिने वाचा गरेको छ। २०२१ को अन्तसम्ममा अमेरिकाको ठूलो जनसंख्याले खोप प्राप्त गरिसक्नेछ र यो देश चाँडै सामुहिक प्रतिरोधात्मक क्षमताको यात्रामा अग्रसर होला।

    युरोपमा वर्षभरि नै यस्तै आम खोप अभियानहरु भइरहलान्। तर “पश्चिमा” र “बाँकी” विश्वका बीचमा रहेका परम्परागत असमानताबारे पनि आवाज उठिरहनेछन्। अर्कोतर्फ,  विश्वका “दक्षिण” का मानिने कम विकसित मुलुकहरुले  विश्वमहामारीलाई उल्लेखनीयरुपमा व्यवस्थापन गरेका छन्, विशेष गरी भियतनाम, ताइवान र संयुक्त अरब इमिरेटले। तर यस मामलामा धेरैजसो तथाकथित विश्व “उत्तर” का धनी मुलुकहरुमा भद्रगोलको अवस्था छ।

    सिंगापुर, युएई वा ताइवान जस्ता साना, सुशासित देशहरू पश्चिमी देशहरूको तुलनामा अझ राम्रो स्थितिमा हुनसक्छन् किनभने तिनीहरुको जनसंख्यामा खोप लगाउन आवश्यक पर्ने संख्याहरू कम छन्, र त्यसमाथि ती मुलुकहरुको  स्वास्थ्य-उपचारसेवा र सरकारी प्रणालीसमेत महामारीको सामना गर्नमा कुशल देखिएका छन्। अष्ट्रेलियास्थीत ग्लोबल रेसपोन्सको संक्रमित रोग सूचकांकमा ती ३ मुलुकहरु कोभिड १९ को प्रतिकार्य गर्ने विश्वका शीर्ष १० देशभित्र पर्छन्।

    चीनकाे खाेपले गरीबकाे उद्धार गर्ला ?

    तर महामारीको चपेटामा परेका अफ्रिका, एशिया र ल्याटिन अमेरिकाका विशाल क्षेत्रहरुको अवस्था के हुन्छ केही भन्न सकिँदैन। के ती मुलुकहरुको चीनका सिनोफर्म र सिनोवाक कारखानामा विकसित भइरहेका दुई खोपहरुले उद्धार गर्लान्? चीनले विश्व खोप अभियानको महत्वाकांक्षी लक्ष्यहरू राखेको छ। सिनोफर्मले अर्को बर्षमा एक अरब डोज उत्पादन गर्ने बताएको छ र अन्य  आशलाग्दोगरी विकसित भइरहेका चिनियाँ खोपहरूले थप ३ अर्ब डोज विश्व बजारमा ल्याउन सक्छन्।

    फाइजर र अमेरिकास्थीत मोडर्नाका खोपहरूलाई अत्यन्त चिसो भण्डारणमा राख्नुपर्ने र आपूर्ति गर्न जटिल श्रृंखलाहरू पार गर्नु पर्ने हुन्छ। यसरी नै विकासोन्मुख देशहरूले बढी मूल्यको किन्न चाहेपनि आमजनसमुदायमा वितरण गर्ने अवस्था हुन सक्दैन। यसैले विकासोन्मुख देशहरूले अन्य खोपहरुको विकल्पमा रसियाको स्पुतनिक–५, चीनको एउटा खोप वा “विश्वका लागि खोप” सुलभ मूल्य हुने प्रतिज्ञा गरेको एस्ट्राजेनेका भ्याक्सिन रोज्न सक्नेछन्।

    वास्तवमा, सन् २००२१ मध्यमा, हामीले भ्याक्सिन “हुने” र “नहुने” बीच विभाजित भएको एकदमै स्पष्टरूपमा देख्न सक्नेछौं। पश्चिमका धनी देशहरू र एसिया तथा ल्याटिन अमेरिकाका विकसित मुलुकहरूले आफ्नो जनसंख्याको अधिकांशलाई खोप दिन सक्नेछन् तर अन्य मुलुकहरु भने खोप प्राप्त गर्न लामबद्ध रहेका देखिनेछन्।

    सिनोफर्मले गर्ला उद्धार ?

    सिनोफर्मले युएईमा खोपलाई आम जनसमुदायमा परीक्षण गरेपछि यसको प्रभावकारिता ८६ % प्रमाणित भयो। यसपछि यसले विश्व जनसमुदायमा व्यापक ध्यानाकृष्ट गर्‍यो। यो खोपको युएईमा स्वीकृत हुनुले सिनोफर्म खोप सुरक्षित र प्रभावकारी छ भन्ने जानकारी विकासोन्मुख देशहरूमा पुगेकोछ।

    खोप विकासको यो ऐतिहासिक दौडले आजको शक्ति भनेको वैज्ञानिक र विश्वभरका राष्ट्रराष्ट्रबीचको सहकार्य हो भन्ने शिक्षा दिएको छ। विभिन्न खोपहरू वितरण गर्नका लागि पनि यस्तै समान सहकार्यको भावना अति आवश्यक हुन्छ।

    नैतिक, राजनीतिक तथा आर्थिक कुनैपनि हिसाबले हामी विद्यमान जनताहरुबीच रहेको खाडललाई अझ गहिराउन सक्दैनौं। यसैले शक्तिशाली भाइरसलाई मार्ने काम गर्नु भन्दा बढी खोपहरूलाई प्रभावकारी वितरण गर्नाले यो महामारी नियन्त्रणमा ल्याउन सकिन्छ।

    लेखक जोन हप्किन्स युनिभर्सिटी स्कूल अफ एडभान्स्ड इन्टर्नेशनल स्टडीजका एक वरिष्ठ अनुसन्धाता हुन्।

    साभारः  डिसेम्बर १६, २०२० मा एशिया टाइम्समा प्रसारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अफसीन मोलावी

      अफसीन मोलावी

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.