Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दलाल पूँजीवादले क्रान्ति हाइज्याक गर्‍यो, हामी संकटका सामू खडा छौं

हामीले गल्ति गर्‍यौं, अब हामी गल्ति गर्दैनौं, अब हामी वामपन्थी भएरै अगाडि बढ्छौं भन्न तयार हुने हो भने, त्यस्तो एउटा जमात  तयार हुन्छ भने कमसेकम व्यक्तिगत जीवनमा प्रश्न नउठेका मान्छेहरुको एउटा जमात तयार हुन्छ भने आजको यो सारा सन्नाटाले निराशाले उकुसमुकुस भएको वाम आन्दोलनलाई फेरि एउटा दिशामा लैजान सकिन्छ

घनश्याम भूसाल घनश्याम भूसाल
पुस २८, २०८०
- राजनीति, विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आजको वामपन्थ – २ (बहस शृङ्खला)

    दीपकजीले संकटको कुरा उठाउनु भयो। मलाई अरु केही भन्न लगाएको भए पनि म अन्तत संकटकै कुरा गर्थें। किनभने मैले अलि बढी संकट देख्छु। वाम आन्दोलनमा लागेदेखि आजसम्मको जिन्दगीमा अहिले म सबैभन्दा धेरै संकट देख्छु। र आगामी केही समयभित्रै अझै डरलाग्दा संकटका शृङ्खलाहरु देख्छु। हुन त अलि पहिले पनि ‘नेपालको अर्थराजनीतिः संकटको पुनर्उत्पादन र रुपान्तरणको दिशा’ भन्ने किताब लेखेका थिएँ, २०५९ सालमा। त्यहाँदेखि नै म संकट मात्रै हेर्दैछु। अर्थराजनीतिक संकट, अर्थतन्त्र र त्यसले सार्वजनिक नीतिहरुमा पार्ने प्रभाव र सार्वजनिक नीतिहरुको रेस्पोन्सले फेरि अर्थतन्त्रमा ल्याउने संकट हेरिरहेका छौ‌ं आमरुपमा। त्यसहिसाबले हेर्दा हामी असाध्यै ठूलो संकटमा छौं भन्ने मलाई लाग्छ।

    संकटको कुरा गर्दा, आजको वाम आन्दोलनको सबैभन्दा ठूलो समस्या के हो? त्यसलाई विभिन्न रुपमा भन्न सकिन्छ। यसको सैद्धान्तिक संकट के हो भने संसद र समाजवाद कहाँ भेटिन्छ भन्ने कुरामा हामीले कहिल्यै छलफल गरेका छैनौ। पार्टीहरुमा पनि छलफल हुँदैन। काहीँपनि छलफल हुँदैन। संसद र समाजवाद कहाँ भेटिन्छ? तिनको यात्रा कसरी अगाडि जान्छ भन्ने बारेमा एउटा धेरै राम्रो प्रष्ट कार्यक्रम चाहिन्छ। यद्यपि यो विषयमा हिजोपनि नेकपा एमालेमा म थिएँ, कमरेड पृथ्वी सुब्बा र हामीले यो विषयमा त्यहीँ पनि प्रश्न उठाइरहेको छलफल गरिरहेको विषय हो। व्यक्तिगत रुपमा हामीले के भनिरहेका छौं भन्ने अर्को कुरा भयो। तर पार्टीका रुपमा, आन्दोलनका रुपमा यहाँनिर समस्या छ, भोट कसरी क्रान्तिमा रुपान्तरित हुन्छ भन्ने कुराको व्याख्या अलमलमा छ।

    कार्यकर्ता अराजनीतिक हुँदै गएको छ र उसले केही हुनुपर्छ भन्ने पनि छ, लडेर आएको पनि हो, इतिहास पनि छ, मूल्य पनि छ। अहिले अगाडि जान उ डराइरहेको छ। किनभने क्रान्ति  साच्चै हुन्छ? क्रान्ति हुन्छ नै भने त म  हामफाल्थें, नत्रभने किन हाम फाल्नु एक्लै परिन्छ फेरि। हाम्रोमा  पहिले एकपटक टंक कार्की बनाइदिन्छु भन्थे। टंक कार्की किन बन्नु भन्ने त्यो संन्त्रास व्यक्त वा अव्यक्त  हरेक कार्यकर्तामा छ।

    लोकतन्त्रका कतिपय कुराहरुलाई अंगिकार गर्नुपर्ने एउटा खास परिस्थिति थियो त्यसलाई हामीले यस्तो सिद्धान्त बनाइदियौ कि त्यसलाई हामीले चुनावदेखि चुनावसम्म जाने र फेरि त्यसपछि के गर्ने भन्दा चुनावदेखि चुनावसम्म जाने। चुनावमा जाने, भोट जित्ने, भोट जितेर पद पाइन्छ, पदले पैसा तान्छ, पैसाले अलि ठूलो पद जित्न पाइन्छ र अनि त्यो पदले अझै ठूलो पैसा प्राप्त हुने ठाउँ हुन्छ। यसको यही दुश्चक्र, यसको पुनर्उत्पादन, संकटको पुनर्उत्पादन र यो दुश्चक्रको उत्पादन चलिरहेको छ। यो संकट हो।

    कसरी भोट क्रान्तिमा रुपान्तरित हुन्छ, कसरी संसदले समाजवाद ल्याउँछ भन्ने कुरा झलझली देख्नेगरी मान्छेले बुझ्नेगरी आफ्नै चित्र हेरेजस्तो देख्नेगरी हामीले बनाउन सकेनौं भने यो अलमल फेरिपनि रहिरहनेछ।

    यसले गर्दा पार्टीहरुमा नेताहरुको नैतिक संकट धेरै नराम्ररी पाकिसकेको छ भन्छु म। किनभने यो कुरा दिन सकेका छैनन्, यसको हिसाबकिताब बताउन सकेका छैनन्। तिनी कतिपटक प्रधानमन्त्री भएर मुलुकमा के परिवर्तन भयो, हामीले जुन परिवर्तनको कुरा गर्दैछौं। एउटा टावर बन्यो, घर बन्यो, पुल बन्यो आदि इत्यादि काहीं बन्यो, काहीं  बनेन, काहीं बजेट एलोकेट गरेर कर्मचारीले दिएन यस्ता तमाम कुरा भन्न सकिन्छ। तर समाज रुपान्तरणको हिसाबले हेर्दाखेरी चाँहि हामीले के गर्‍यौं भनेर देखाउने कुरा छैनन्। लिडरसिपले आफूले आफूलाई जस्टिफाई गर्ने कुरा नहुँदा खेरी उसले ढाँट्छ, झुट बोल्छ, त्यतिले पनि नपुगे अनेक तरिका गर्छ र संगठनभित्रको लोकतन्त्र खाइदिन्छ। त्यसपछि विरोध हुन्छ, त्यसपछि त्यसलाईपनि खाइदिन्छ।  अनि विचारको कुरा हुन दिँदैन, छलफलको कुरा हुन दिँदैन। अहिले आएर के भयो भने उसमाथिको विश्वास हराएको छ। कुन तहमा हराएको छ भन्दा खेरी अब करिब करिब यो लिडरसिपले भनेर केही पनि हुँदैन भन्ने तहसम्म पुग्दैछ। करिब करिब यहाँ पुगेको हो कि विश्वासको तह भन्ने लाग्छ। यो एउटा नैतिक संकट लिडरसिपमा छ।

    कार्यकर्तामा लामो समयदेखि अराजनीतिक प्रवृत्ति मुख्य बनेको छ। किनभने हरेक पार्टीहरुमा बैठकको एजेण्डा समाजको रुपान्तरण, अघि मैले भनेजस्तो हाम्रो भोट कसरी क्रान्तिमा रुपान्तरित हुन्छ भन्ने प्रश्नमा कहिलेपनि छलफल हुँदैन। हामीले भोट जितेर गए जनताले के पाउँछन्, सुशासन बन्छ वा बन्दैन यस्ता प्रश्नहरुको एजेण्डा राखेर पार्टीहरुमा छलफल हुँदैन। पार्टीहरुमा नियुक्तिको छलफल हुन्छ, त्यहीपनि ल्याउनैपर्ने नियुक्ति भएदेखि औपचारिक रुपले पार्टीले गर्नुपर्ने निर्णय भए मात्रै बैठकमा हुन्छ, नत्र भने त्यही कोठाकोठाबाट, गुटगुटले गर्छन्।

    यसरी कार्यकर्ता अराजनीतिक हुँदै गएको छ र उसले केही हुनुपर्छ भन्ने पनि छ, लडेर आएको पनि हो, इतिहास पनि छ, मूल्य पनि छ। अहिले अगाडि जान उ डराइरहेको छ। किनभने क्रान्ति  साच्चै हुन्छ? क्रान्ति हुन्छ नै भने त म  हामफाल्थें, नत्रभने किन हाम फाल्नु एक्लै परिन्छ फेरि। हाम्रोमा  पहिले एकपटक टंक कार्की बनाइदिन्छु भन्थे। टंक कार्की किन बन्नु भन्ने त्यो संन्त्रास व्यक्त वा अव्यक्त  हरेक कार्यकर्तामा छ। तपाईंले ढोका बन्द गरेर कुरा गर्नुभयो भने एकखालको कुरा गर्छ, धेरै राम्रो कुरा गर्छ, गएर आँगनमा कुरा गर्नुभयो भने अलि ठीक कुरा गर्छ, जब सडकमा निस्किएर कुरा गर्नुपर्ने हुन्छ, उसको कुरा त्यो आँगनको पनि हुँदैन, भित्रको पनि हुँदैन, अर्कै कुरा गर्न थाल्छ, चुनावको कुरा गर्छ, औपचारिक कुरा गर्छ, टिकटको कुरा गर्छ। कार्यकर्ताको आम पल्टन अब क्रान्ति, करिब करिब क्रान्ति न स्रान्ति यथास्थिति। कार्यकर्ताको आम पंक्ति मूलभूत रुपले त्यो दुविधामा बाँचिरहेको छ।

    यसरी लिडरसिपले क्रान्ति खाइदिन्छ भन्ने कुरा मलाई त्यतिखेरैदेखि लागेको र गएको १५ वर्षदेखि म यो भन्दैछु कि दलाल पूँजीवादले क्रान्ति हाइज्याक गर्छ, खाइदिन्छ र त्यसले त्यो गरेर उसले हाम्रो राजनीति हुन दिँदैन र स्वदेशी राजनीति हुन दिँदैन र यसअर्थमा वामपन्थी राजनीति हुन दिँदैन र आजको वामपन्थी राजनीति हुन दिँदैन

    मैले पहिलेदेखि नै, नेपालको जनवादी क्रान्ति सम्पन्न भयो भन्ने निष्कर्ष निकाल्दाखेरी म जसरी त्यो निष्कर्षमा पुगेँ, त्यहाँदेखि नै अबको हाम्रो संकट के होला भन्दा सामाजिक संकट, खासगरी राजनीतिक संकट, त्यो आउने संकट बेरोजगारीले आउँछ, बेरोजगारी दलाल पूँजीवादले आउँछ, त्यो दलाल पुँजीवाद अन्तराष्ट्रिय साम्राज्यवादको अंग हो। यसर्थ योसँग लड्ने क्षमताको माग भएन भने अब हाम्रो क्रान्ति हाइज्याक हुन्छ। अरु मुलुकहरुमा जस्तै। किनभने लिडरसिप जान्छ, त्यसले रुपान्तरण गर्न नसकेपछि ढाँटछल गर्न थाल्छ, ढाँटछल गर्ने दौरानमा दलाल पूँजीवादसँग आफैं उठवसमा लाग्छ, आफू सुरक्षित हुन लाग्छ।

    यसरी लिडरसिपले क्रान्ति खाइदिन्छ भन्ने कुरा मलाई त्यतिखेरैदेखि लागेको र गएको १५ वर्षदेखि म यो भन्दैछु कि दलाल पूँजीवादले क्रान्ति हाइज्याक गर्छ, खाइदिन्छ र त्यसले त्यो गरेर उसले हाम्रो राजनीति हुन दिँदैन र स्वदेशी राजनीति हुन दिँदैन र यसअर्थमा वामपन्थी राजनीति हुन दिँदैन र आजको वामपन्थी राजनीति हुन दिँदैन यसअर्थमा क्रान्तिकारी राजनीति हुन दिँदैन। जहिलेसुकै उसँग सरेन्डर गरेर हिँड्छ।

    त्यो लिडरसिपले आफूले नकमाएरै प्राप्त भएको सम्पत्तिबाट गुट पाल्छ, चुनाव गर्छ, फेरि पदमा जान्छ। फेरि त्यही गर्छ, फेरि त्यही गर्छ। यस्तो राजनीतिले गठजोड गरेको त्यो दलाल पूँजीपति वर्ग जो एउटा गठबन्धन बन्छ, तिनले राजनीति गर्छन्। उषा कमरेडले भनेजस्तो लफंगाहरुले राजनीतिको कुरा गर्ने, नेताहरुले चाहिँ लफंगाहरुको जस्तो कुरा गर्ने। यो अन्तरविरोध आम साहित्यमा, आम हाम्रो भाष्यमा, आम वाङ्‍मयमा सर्दैसर्दै जान्छ र यो संस्कृति बन्छ। एकले अर्कोलाई नक्कली भन्छ। र, वस्तुत सबै नक्कली हुन्छ।

    पार्टीभित्र जो क्रान्तिकारी कुरा गर्छ उ पनि नक्कली, अर्को त्यो भन्दा ठूलो क्रान्तिकारी कुरा गर्छ उ पनि नक्कली। त्यसरी नक्कलीहरुको भिड जम्मा हुँदै जान्छ। र, यो संकट आउँछ। यसो गर्दाखेरी आजको मुलुकको संकट अर्थराजनीतिक संकट हो। यो दलाल पूँजीवादले ल्याएको संकट हो। पूँजीवाद आफैं संकटमा पर्छ।  दलाल पूँजीवादले अर्थतन्त्रलाई उत्पादनमुखी बन्न दिँदैन। उत्पादनमुखी नभएपछि यो संकटमा पर्छ। त्यसपछि अरु आफ्नो नाफाका लागि उसले गलत नीतिहरु लिन्छ र मुलुकलाई झन संकटमा पार्दै जान्छ। यस्तै संकटमा लाग्दै गरेको राजनीति आफू संकटग्रस्त हुँदै जान्छ। यसरी राजनीति र अर्थतन्त्र संकटग्रस्त हुँदै जान्छन्। हामी आज ठीक यही प्रक्रियामा छौं।

    आम रुपमा आजको राजनीतिमा दलाल पूँजीवादसँग गठजोड गरिएको लिडरसिप (लिडरसिप भनेको एउटै मात्रै पद होइन, त्यो एउटा तह बनिसकेको छ) मजाले देख्न सकिन्छ। हामी ३/४ जना बस्यौं भने आफ्नो लिडरसिपमा मात्र होइन अर्को पार्टीको लिडरसिप कहाँ पनि दलाल पूँजीवादले हाइज्याक गरिसकेको छ भन्ने कुरा हामीले निष्कर्ष निकाल्न सक्छौं। को अब निक्लन नसक्ने गरी फसिसक्यो, कसलाई अब निकाल्न सकिन्छ, को चाहिँ पसिसकेको छैन दलाल पूँजीवादमा भन्ने कुरा हाम्रो पार्टीभित्र साच्चै छलफल गर्ने हो भने यी कुरा निकाल्न सकिन्छ।

    यो जो संकट आउँदैछ (राम कार्की पटकपटक भन्नुहुन्छ, सबैलाई घुस दिन सक्ने भए राम्रै हुन्थ्यो, तर सबैलाई घुस दिन सकिँदैन भन्नुहुन्थ्यो एकपटक) आफ्नै तरिकाले सामाधान हुने छैन। कम्तिमा अहिलेका पार्टीका व्यवस्थापनमाथि भयंकर संकट आउँदैछन्।

    छलफल गर्ने केही स्पेस सधैँभरी पार्टीभित्र छ। त्यसले गर्दा सामान्यतया पार्टीभित्र रहेका मान्छेहरुले गर्ने नै प्रयत्न हो, जो फेरिपनि यो संकट, यो जो संकट आउँदैछ (राम कार्की पटकपटक भन्नुहुन्छ, सबैलाई घुस दिन सक्ने भए राम्रै हुन्थ्यो, तर सबैलाई घुस दिन सकिँदैन भन्नुहुन्थ्यो एकपटक) आफ्नै तरिकाले सामाधान हुने छैन। कम्तिमा अहिलेका पार्टीका व्यवस्थापनमाथि भयंकर संकट आउँदैछन्। म तीन महिनाभित्र भन्न चाहन्छु, छ महिनाभित्र भन्न चाहन्छु, त्यसो नभनी हालौं भनेर मात्रै हो, यही तरिका हो भने एकैवर्षभित्र पनि लिडरसिपको नैतिक संकट त्यस्तै रहन्छ। कार्यकर्ताहरुमा यही दुविधा रहन्छ। फेरि पनि टिकटका लागि क्रान्तिको सारा वाचा कसम छोडेर हिँड्नका लागि हरेक कार्यकर्ता तयार भइरहन्छ। अर्थराजनीतिक संकट यस्तै रहिरहन्छ। सैद्धान्तिक संकट यस्तै रहिरहन्छ भने बरवाद हुन्छ।

    यसअर्थमा कमसेकम यसमाथिको छलफलका लागि हाम्रा पार्टीका बन्धनहरु तोड्न सुरु गरौं आजैदेखि सुरु गर्‍यौं भने एउटा ठूलो क्रान्तिकारी आन्दोलनको नयाँ सुरुवात हुन्छ। सबै बसेर छलफल गरौँ।  हिजो के भएर गल्ति भयो , जसका लागि दुनियाँका सामु हामीले माफी माग्नुपर्नेछ। यो कारणले हामीले गल्ति गर्‍यौं, अब हामी गल्ति गर्दैनौं, अब हामी वामपन्थी भएरै अगाडि बढ्छौं भन्न तयार हुने हो भने, त्यस्तो एउटा जमात  तयार हुन्छ भने कमसेकम व्यक्तिगत जीवनमा प्रश्न नउठेका मान्छेहरुको एउटा जमात तयार हुन्छ भने आजको यो सारा सन्नाटाले निराशाले उकुसमुकुस भएको वाम आन्दोलनलाई फेरि एउटा दिशामा लैजान सकिन्छ भन्ने लाग्छ मलाई। अध्याँरो मात्रै छैन। काहीँ न काहीँ टनेलको अन्तिममा केही उज्यालो देख्छु म।

    पृथ्वीसुब्बा कमरेड, यो भन्यो भने बढी हुन्छ होला, हामी ठ्याक्कै एउटै मुद्दामै छलफल गर्थ्यौं। अहिले म नेकपा एकीकृत समाजवादीमा छु। कमरेड शंकर पोखरेलसम्म पनि बसेर कुरा गर्‍यौं भने, सामान्यतया, सामान्यतया भन्छु म, हिजो ठूल्ठूला संसद विघटन आदि इत्यादिमा पनि हामी एकैठाउँमा हुन्थ्यौं। यो कुरा अनौठो लाग्ला हामी जब दुईवटा भेट हुन्थ्यौं, हामी एकैठाउँमा हुन्थ्यौं।

    अरु जतिसुकै कुरा गरेपनि हाम्रो एउटा तथ्य के छ भने अनन्त जी र म कुरा गर्छौं , गरिराख्या छौं। हाम्रो कुरामा खासै भिन्नताहरु हुँदैन। हामीले इतिहासमा के गर्‍यौं भन्ने कुरामा केही भिन्नताहरु छन्। त्यसलाई पनि हामीले जिज्ञासापूर्वक एकअर्कामा राख्छौं। त्यही समयमा मैले भनेको थिएँ, आजको कम्युनिष्ट आन्दोलनका विषयमा हामीले कुरा गर्दा जनयुद्ध यदि उपलब्धिमूलक थियो भनेदेखि त्यो हिजो शान्तिपूर्ण गरेर आएको कम्युनिष्टहरुले, शानसित मेरो जनयुद्ध, मेरो कम्युनिष्ट आन्दोलन भन्न सक्नुपर्‍यो। यदि त्यसमा केही गल्ति कमजोरी भएदेखि स्वयं माओवादी आन्दोलनबाटै आएका साथीहरुले पनि यो हाम्रो कमजोरी थियो भन्न सक्नुपर्‍यो। हिजोको एमाले धाराको शान्तिपूर्ण आन्दोलनबाट आएका उपलब्धिलाई पनि आत्मसात गर्न सक्नुपर्‍यो भन्ने विषयमा पनि हामीले धेरैपटक कुरा गरिसक्यौँ। नमल्निे कुरै छैन। पृथ्वीसुब्बा कमरेड, यो भन्यो भने बढी हुन्छ होला, हामी ठ्याक्कै एउटै मुद्दामै छलफल गर्थ्यौं। अहिले म नेकपा एकीकृत समाजवादीमा छु। कमरेड शंकर पोखरेलसम्म पनि बसेर कुरा गर्‍यौं भने, सामान्यतया, सामान्यतया भन्छु म, हिजो ठूल्ठूला संसद विघटन आदि इत्यादिमा पनि हामी एकैठाउँमा हुन्थ्यौं। यो कुरा अनौठो लाग्ला हामी जब दुईवटा भेट हुन्थ्यौं, हामी एकैठाउँमा हुन्थ्यौं।

    त्यसो भए कहाँ समस्या छ? जनताले साथ दिएनन्? (दुईतिहाईले साथ दिएको हैन?) जो सुकैका लागि असाधारण कुरा हो यो। संसदीय राजनीतिमा दुईतिहाई जोसुकैका लागि, जस्तोसुकै सिद्धान्त बोकेकाका लागि यो असाधारण कुरा हो। जनताले पनि हामीलाई साथ दिए, जनता हामीसँगै रहे। यत्रो कार्यकर्ता पंक्ति आदि इत्यादि। बौद्धिकहरुले वास्तवमा अलि राम्रै चलखेल गरेको एउटा बेला थियो। जतिबेला, ५०, ५५, ६० सालसम्म पनि बौद्धिकहरुले स्वतन्त्र रुपमा पार्टीका लिडरहरुलाई दबाब दिनसक्थे। ती चाकर जस्ता थिएनन्, ती भन्न सक्थे, आफ्ना तर्कहरु पेश गर्न सक्थे। कहिलेकाहीँ नेताहरुले मान्दैनथिए भने तिनको मानमनितो भने राख्नुपर्थ्यो। पछि तिनको सत्व हामीले नै खाइदियौं, हातखुट्टा भाँचेर तिनलाई मिचेर अपांग बनाएर, त्यो अर्को कुरा भयो। अहिलेपनि अरु बुर्जुवा साहित्यसँग लड्नका लागि आफ्नो कुरा भन्नका लागि त्यो बौद्धिक जमात हामीसँग पर्याप्त छ। कार्यकर्ता पंक्ति छ, यत्रो जनमत छ, इतिहास छ।

    आजको नेता के हो? हिजोदेखि योगदान गरेको, त्याग गरेर आएको, हामीसँगै हो, दुईचार वर्ष जेठो थियो त्यति हो। त्यहीपनि त्यो माथिल्लो पदमा बसिदियो र गरिदियो। त्यसबाहेक उसले तमाम कमजोरीहरु पनि गर्‍यो। पछिल्ला दिनमा कमजोरी लुकाउनका लागि पार्टीहरु भित्रै संगठन भित्रै शत्रु खडा गर्‍यो। अनि गुटबन्दी, पर्खालबन्दी गरेर आयो। यो भत्काउन सक्छौँ हामीले भने वामआन्दोलन बाँच्छ।

    अरु कतिपय मुलुकहरुमा कम्युनिष्टहरुले गल्ति गरेका छन्, त्यस्ता गल्तिहरु पनि हामीले गरेका छैनौं। अहिले पनि ४३/४४ प्रतिशत पपुलर भोट कम्युनिष्टहरुकै छ। एकैठाउँमा हुने बित्तिकै भोटकै कुरा गर्ने हो भने पनि मिसन ८४ कै कुरा गर्ने हो भने पनि यो बढेर ५० भन्दा माथि पुर्‍याउँन सक्छौं। मिसन ८४ इन्कार गरेर पोलिटिक्स् त हुँदैन। तर मिसन ८४ पछि के हुन्छ भन्दा ‘मिसन ७४’ भन्ने हो भने बिग्रने हो। उल्टा घुम्ने हो भन्ने भयो भने त के अर्थ रह्यो र। त्यसो गर्दाखेरी मिसन ८४ पछि हामी कसरी जान्छौं भन्ने बारेमा पनि हामीमा असहमति हो। किनभने अरुमा विवाद भएन। हाम्रो खास लिडरसिपको एउटा तह छोडेर हेर्दाखेरी हामीले जनवादी क्रान्ति पूरा गर्‍यौं, पूँजीवादी समाज हो। यसमा दलाल पूँजीवादको वर्चश्व छ, यसलाई रुपान्तरित गर्दै, .राष्ट्रिय पूँजीको विकास गर्दै समानता, समावेशितालाई विकास गर्दै तलैदेखि, जरैदेखि हाम्रो आफ्नो राष्ट्रिय अर्थतन्त्रको विकासको बाटो बनाउँदै समाजवादको तयारी गर्ने हो। एक लाइनमा बाटो यही हो। केही विवाद छ?

    यहाँसम्म पनि विवाद छैन। विवाद छ भने के विवाद छ भन्दा जब नेताको टोपी लायो, त्यसपछि अब कोही पनि मिल्दैन। छुवाछुत अब त्यहीबाट सुरु हुन्छ। म फेरि पनि भन्दैछु, आजको नेता के हो? हिजोदेखि योगदान गरेको, त्याग गरेर आएको, हामीसँगै हो, दुईचार वर्ष जेठो थियो त्यति हो। त्यहीपनि त्यो माथिल्लो पदमा बसिदियो र गरिदियो। त्यसबाहेक उसले तमाम कमजोरीहरु पनि गर्‍यो। पछिल्ला दिनमा कमजोरी लुकाउनका लागि पार्टीहरु भित्रै संगठन भित्रै शत्रु खडा गर्‍यो। अनि गुटबन्दी, पर्खालबन्दी गरेर आयो। यो भत्काउन सक्छौँ हामीले भने वामआन्दोलन बाँच्छ।

    एकता भनेर, वर्षमान कमरेडले केही संकेत गर्नुभयो, कमरेड पृथ्वीसुब्बाले क्लियर्ली राख्नुभयो। आजको कार्यक्रम के हो? आजको समाजवादी कार्यक्रम के हो? यो मुद्दा पार्टीहरुमा उठिरहेको हो, हामीले यो मुद्दा उठाइराखेको हो। यसमा हामी जान चाहेनौँ। किनभने कार्यक्रम बनाएपछि कार्यक्रममा सामेल हुनुपर्छ त्यसले लिडर बनाउँदै जान्छ। यो कारणले गर्दा पार्टीभित्रका गुटहरु त्यसमा जान सकेनन्। त्यसले अरु के गर्ने भन्दा अघि भनेजस्तै  राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको तयारी गर्दै अघि बढेर जाने हो भन्ने तर्फको एउटा ठोस कार्यक्रम तयार गर्ने हो र जाने हो। १० वर्षमा, अहिले पनि भन्छु, बरु यसैमा बहस गरौँ, एउटा यसको सेसन राख्न सकिन्छ भने छलफल गरौं, १० वर्षमा हामीले आजको जुन बेरोजगारी छ, यो तहको बेरोजगारी उन्मूलन गर्छौं, सुशासन बनाउँछौं। हाम्रो पार्टीभित्र एकजना पनि भ्रष्टाचारी जन्मिन्न भन्ने कुराको कसरी त्यसको संरचनात्मक प्रक्रियात्मक हामीले योजना बनाउन सकिन्छ, संरचना बनाउन सकिन्छ त्यसमा लागौं। त्यसका लागि बहस सुरु गर्ने हो? म र मेरो पार्टी तयार छ।

    धन्यवाद।

    नेपाल अध्ययन केन्द्रले (पुष १८-१९ मा) आयोजना गरेको आजको वामपन्थ – २ कार्यक्रममा भूसाल।  भिडियो: 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.