Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

डार्विन: जसले सबै प्राणीका पूर्खा एउटै हुन् भन्ने तथ्य पत्ता लगाए

ईसाइहरूको मान्यताअनुसार ईश्वरले सृष्टिको रचना एकैचोटी र एकै पटकका लागि गरेका थिए। उनका अनुसार मानिसको रचना धेरै पुरानो होइन। मानिसको रचना ६ हजार वर्ष पहिले अहिलेकै स्वरुपमा भएको उनीहरूको मान्यता छ। यसैगरी अन्य प्राणीहरू पनि आज जुन रुपमा छन्, त्यही रुपमा रचना गरिएको थियो। जुन पूर्ण रहेको धार्मिकहरूको मान्यता थियो। चार्ल्स डार्विनले आफ्नो अध्ययन र स्थापित सिद्धान्तबाट धार्मिकहरूको यिनै मान्यतालाई तोड्ने काम गरे। आफ्नो जीवनभरको श्रमसाध्य, सुविचारित र वैज्ञानिक अध्ययनको आधारमा उनले जीवनको विकासको विवरण तयार गरे।

nepal_readers nepal_readers
माघ २८, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    १२ फेब्रअरी विज्ञानको दुनियाँमा विशेष महत्वको दिन हो। २१२ वर्ष पहिले आजकै दिन अर्थात् सन् १८०९ मा जीवनको विकासको सिद्धान्त प्रतिपादन गर्ने महान् वैज्ञानिक चार्ल्स डार्विनको जन्म भएको थियो। डार्विनको जीव विकास सिद्धान्त (थ्योरी अफ इभोल्युसन) का कारण विज्ञानले एउटा ठूलो छलाङ् मार्‍यो। डार्विनको यस सिद्धान्तले पृथ्वीमा जीवनको उत्पत्ति कुनै बाहिरी वा भित्री दिव्य शक्ति वा कुनैपनि सृष्टिकर्ताले गरेको होइन, रासायनिक प्रतिक्रिया (केमिकल रियाक्सन) र भौतिक प्रक्रियाको (फिजिकल प्रोसेस) चल्दै जाने क्रममा निर्जिव पदार्थबाट नै जीवनको उत्पत्ति भएको प्रमाणित गर्‍यो।

    यात्रा र अध्ययन
    डार्विनले ‘हामी को हौँ, कहाँबाट आयौँ, केका लागि बाँचेका छौँ र हाम्रो अस्तित्व के हो?’जस्ता मूलभूत प्रश्नमाथि आम मानिसको सोच नै बदलिदिए र यसलाई वैज्ञानिक दृष्टिबाट प्रष्ट पारिदिए। डार्विनको जन्म सन् १८०९ मा श्रुसबरी, इंग्ल्याण्डको एउटा सम्पन्न परिवारमा भएको थियो। उनका बुवा एक प्रसिद्ध चिकित्सक थिए। डार्विन चिकित्सक बनुन् भन्ने उनका बुवाको अपेक्षा थियो। तर प्रारम्भिक दिनमा डार्विन भने कुकुरको शिकार गर्ने, मुसा समात्ने, घोडसवार गर्ने र प्रकृतिको गहिराइको जाँच पड्ताल गर्नमा रुची राख्थे।

    २२ वर्षको उमेरमा डार्विनलाई एचएमएस बीगल नामक समुन्द्री जहाजको यात्रामा विश्वका अलग–अलग भागको भौगोलिक अध्ययन गर्ने मौका मिल्यो। यो यात्राअघि डार्विन कट्टर धार्मिक रुढिबादबाट प्रभावित थिए। तत्कालीन प्रचलित रुढीवाद अनुसार सबै प्रजातिलाई भगवानले एकैचोटी बनाएका थिए भन्ने मान्यता थियो। त्यसै समय अर्को पनि धारण थियो, कुनैपनि प्रजाति बनाउने क्रममा त्यस प्रजातिको एउटा ‘आदर्श’ स्वरुप/शरीरको रचना गरियो र यदि कुनै प्रजाति आफ्नो ‘आदर्श’ स्वरुपभन्दा केही फरक छ भने त्यसमा उसैको दोष मानिन्छ।

    यस समुन्द्री यात्राको दौरान डार्विनले दक्षिण अमेरिका, अफ्रिका र अस्ट्रेलिया महाद्वीपको तटवर्ती इलाकामा किसिम–किसमका जीव, वनस्पतिहरू र जीवाश्मको अध्ययन गरे। उनले बढीभन्दा बढी मात्रामा तिनको स्याम्पल आफूसँगै लगे। यात्राको चौथो वर्षमा डार्विन र उनको टीमले गैलापगोस द्वीप समूहका पंक्षी र वनस्पतिहरूको विस्तृत अध्ययन गरे।

    यात्राकै क्रममा दक्षिण अमेरिकाको महाद्वीपमा उनले एउटा नयाँ भँगेरो देखे, त्यसलाई फिंच भनिन्छ। उनले गैलापगोस टापुमा फिंचको १४ भन्दा बढी प्रजातिहरू देखे। यी पंक्षीहरूको शारीरिक विशेषता बाँकी विश्वमा पाइने पंक्षीहरूभन्दा विलकुल फरक थियो। ती पंक्षीहरूमध्ये केहीले बिउमात्रै खान्थे, केहीले सिउँडीमात्रै त केहीले किराहरू खाने गर्थे। तिनका चुच्चोको आकारमा भिन्नता थियो। तिनको चुच्चोको आकार तिनका खानपानमा निर्भर थियो।

    डार्विनले त्यस द्वीपका कछुवाहरूको पीठ्यूँमा रहेको कवच (खबटा) थोरै केही फरक भएको पाए। कुन द्वीपको कछुवा हो भनेर त्यसको कवच हेरेरै बताउन सकिने बुझे। एउटै प्रजातिका पंक्षीहरूको चुच्चो र कछुवाहरूको कवचमा अन्तर हुनुको कारण के हो भन्ने विषयमा उनको जिज्ञासा थियो। यसै गुत्थीलाई सुल्झाउँदै डार्विनले मानव इतिहासमा पहिलोपटक वैज्ञानिक तथ्यसहित एउटा यस्तो सिद्धान्त स्थापित गरे, जसले जीवहरूको विकास सम्बन्धी तत्कालीन मान्यतालाई ध्वस्त पारिदियो।

    यस सिद्धान्तअनुसार यी सबै परिवर्तनहरूको मूल आधार सबै प्रजातिहरूमा पाइने विविधतााको भण्डार हो। यस प्राकृतिक विविधताका कारण कालान्तरमा नयाँ–नयाँ रुप तथा संरचना भएका र प्रकृतिमा नयाँ भूमिका निभाउन सक्ने प्रजातिहरूको उत्पत्ति भयो।

    माल्थसको सिद्धान्तसँगको सम्बन्ध
    बीगलको यात्रा सम्पन्न गरेर लण्डन फर्किएपछि डार्विनले आफ्ना नोट तथा नमुनाहरूको गहन अध्ययन गरे। उनको मनमा ‘मानिसले कृत्रिम चयन(आर्टिफिसियल सेलेक्सन) अर्थात् मानिसद्वारा आफ्नो मर्जीअनुसार लक्षणहरू चुनेर जनावर र बोटविरुवाहरूको अलग–अलग प्रजाति तयार गर्न सक्छ’ भने प्रकृतिमा देखिने यति विविध जीवन पनि लगातारको प्राकृतिक चयनकै प्रक्रियाको परिणाम हुनसक्ने कुरा आयो। तर डार्विनसँग चयनको यो प्रक्रिया प्रकृतिमा कसरी लागु हुन्छ भन्ने कुराको कुनै संकेत वा सुत्र थिएन।

    डार्विनले आफ्नो जीवनीमा लेखेका छन्, ‘सन् १८३७ मा मैले आफ्नो खोजको क्रमबद्ध समीक्षा सुरु गरे, १५ महिनापछि थोमस रोबर्ट माल्थसको किताब ‘एन एसे अन दि प्रिन्सिपल अफ पपुलेसन’ पढेँ, जसमा मानव अस्तित्वका लागि निरन्तर संघर्षको वर्णन गरिएको थियो।’

    रोचक कुरा के छ भने यस किताबको जीव विज्ञानसँग कुनै सम्बन्ध छैन। किताबमा माल्थसले जनसंख्या रेखागणिती ढंगले अर्थात् २,४,८,१६, …. को क्रममा बढ्छ, जबकि उसलाई जीवित राख्ने साधन अंकगणीतिय ढंगले अर्थात् १,२,३,४,…..बढ्छ भन्ने सिद्धान्त प्रतिपादित गरेका थिए। परिणामस्वरुप प्रकृतिको चयनकारी शक्ति जस्तैः अत्याधिक भीडभाड, अकाल, बीमारी, गरीबी र युद्धजस्ता घटनाका कारण जुध्न नसक्ने तथा कमजोर मानिसहरूको पनि मृत्यु हुन्छ। त्यसपछि समर्थ मानिस मात्रै जीवित रहन्छ भन्ने कुरा बुझे।

    डार्विनले माल्थसको यस सिद्धान्तलाई अझै अगाडि बढाए र प्रजातिहरूको प्राकृतिक चयनको सिद्धान्त प्रतिपादन गरे। यसै सिद्धान्तलाई आमरुपमा (सर्भाइभल अफ फिटेस्ट अर्थात् ‘सक्षम नै बाँच्छ’को सिद्धान्त पनि भनिन्छ। सबै जीवजन्तु आफैँले आफैँलाई सुरक्षित राख्दै बढी भन्दा बढी आफ्नो सन्तानलाई सफलतापूर्वक बचाउन लगातार कोशिसमा रहन्छन्। डार्विनले हामीलाई प्राकृतिक चयन अर्थात् प्रकृतिमा स्वतः हुने गरेको चयन प्रक्रियाबाट संसारको ज्यादातर जीवको उत्पत्ति भएको कुरा उल्लेख गरे।

    ‘ओरिजिन अफ स्पीसीज’मा के छ ?
    प्राकृतिक चयनको सिद्धान्तले कुन शक्ति विकासको अवस्थाको चयन गर्छ भन्ने कुरा बताउँछ। आफ्नो अस्तित्वलाई कायम राख्ने प्रतिस्पर्धामा जुन प्रजाति बाँचेको हुन्छ, त्यसले नै आगामी पिँढीको प्रजनन गर्छ। वास्तवमा जीवजन्तुको वरिपरिको परिवेशले नै कुन प्राणी बाँच्छ तथा आफ्नो पिँढीलाई अगाडि बढाउँछ र कुन प्राणी आफ्नो नश्ललाई अगाडि बढाउन सक्दैन या बाँच्न पाउँदैन भन्ने कुरा निश्चित गर्छ।

    सन् १८५९ मा प्रकाशित डार्विनको किताब ‘ओरिजिन अफ स्पीसीज’ मा जीव विकासको सिद्धान्तको विस्तृत चर्चा गरियो। जसका मूलभूत कुराहरू निम्न छन्ः

    –जीवमा विविधता पाइन्छ, जसको कारण तिनको बाँच्ने क्षमतामा पनि थोरैधेरै अन्तर पाइन्छ। कुनै कम बाँच्छ भने कुनै बढी, कुनैका कम सन्तान हुन्छन् भने कुनैका बढी। जसको बाँच्ने क्षमता बढी हुन्छ, त्यो नै वतावरणमा ढलीमली गर्दै बाँच्छ र त्यसको एउटा नयाँ प्रजातिको उत्पादन हुन्छ।

    –विश्वमा सबै प्रजातिहरूको उद्गम (ओरिजिन) एउटै हो। तिनको विकास एकै तरिकाको जीवाणुहरूबाट भएको हो। ती सबैका जीवन एक अर्कासँग जोडिएको छ। स–साना जीवदेखि लिएर हामी मानिसहरूसम्म सबै खालका जीवनको एकै पूर्वज छ। जीव विकासको गति धेरै ढिलो छ।

    – विश्वको सबै प्रजातिहरूको रचना एकै झट्कामा भएको होइन, बरु पहिलेदेखिकै प्रजातिहरूबाट भएको हो। जीव विकासको प्राथमिक क्रियाविधि प्राकृतिक चयन हो।

    धरतीमा रहेका जीवनको सारा रुपको मूलधार भनेको एकैप्रकारको आणविक जीव (मलेक्युलर वायलोजी ) हो। आफ्नो जीनबाट प्रोटीन बनाउनका लागि यो सबै एक नै अनुवांशिक कोड (जेनेटिक कोड) को प्रयोग गर्छन्।

    सबै जीन डीएनए श्रृंखलाहरूबाट बन्छ। विभिन्न जीवहरूका डीएनए श्रृंखलाहरूले धेरै समानता बोकेका हुन्छन्। जस्तैः हामी मानिस र बाँदरको जीनको डीएनए श्रृंखला ९५–९८ प्रतिशत मिल्न जान्छ। मानिस र बाँदरको उद्गम एकै पूर्वजबाट भएको हो। डार्विनले जीव विकासको सिद्धान्त स्थापित गर्दाताका कोही पनि व्यक्ति ‘डीएनए’ शब्दबाट परिचित थिएनन्। डार्विनको प्रस्तावनाको एउटामात्र आधार जीवहरूको निरिक्षण थियो।

    धार्मिक मान्यतालाई चुनौती
    डार्विनको किताब ‘ओरिजिन आफ स्पीशीज’ प्रकाशनमा आएपछि वैज्ञानिक जगतमा तहल्का मच्चियो। यसको घोर विरोध पनि भयो। डार्विनको यो नयाँ बुझाइ, नयाँ ज्ञान र नयाँ बोधले धार्मिक मान्यताहरूलाई चुनौती दियो। चर्च र यसका अनुयायीहरूलाई डार्विनको जीव विकासको सिद्धान्त विलकुल मान्य थिएन। उनीहरू डार्विनको यस सिद्धान्तले मानिस र जनावरहरूबीचको अन्तरलाई नै समाप्त गरिदिने भन्ने चिन्तामा थिए।

    डार्विनको यस सिद्धान्तले ईश्वर, उनका पुत्र येशु र ईसाइहरूका प्रमुख धर्मग्रन्थ बाइबलको अस्तित्वमाथि नै प्रश्न खडा गरिदिएको उनीहरूको आरोप थियो। ईसाइहरूको मान्यताअनुसार ईश्वरले सृष्टिको रचना एकैचोटी र एकै पटकका लागि गरेका थिए। उनका अनुसार मानिसको रचना धेरै पूरानो होइन। मानिसको रचना ६ हजार वर्ष पहिले अहिलेकै स्वरुपमा भएको उनीहरूको मान्यता छ। यसैगरी अन्य प्राणीहरू पनि आज जुन रुपमा छन्, त्यही रुपमा रचना गरिएको थियो। जुन पूर्ण रहेको धार्मिकहरूको मान्यता थियो।
    चार्ल्स डार्विनले आफ्नो अध्ययन र स्थापित सिद्धान्तबाट धार्मिकहरूको यिनै मान्यतालाई तोड्ने काम गरे। आफ्नो जीवनभरको श्रमसाध्य, सुविचारित र वैज्ञानिक अध्ययनको आधारमा उनले जीवनको विकासको विवरण तयार गरे। जसरी उनले सन् १८५९ मा लेखे ‘हरेक नयाँ प्रजाति, केही परिवर्तनसहित आफ्नो कुनै पूर्वज प्रजातिबाट उत्पादन हुन्छ।’ डार्विनको सिद्धान्तले जीव विज्ञानमा क्रान्तिको ढोका खोल्यो। त्यसयता करीब २०० वर्षमा जीव विकासको बारेमा नयाँ–नयाँ प्रमाणहरू अगाडि आए, यद्यपि विज्ञान जगतमा डार्विनको सिद्धान्त सर्वाधिक मान्यताप्राप्त सिद्धान्त बनेको छ।

    हामी के हौँ, कहाँबाट आयौँ, कहा गइरहेका छौँ जस्ता आधारभूत प्रश्नमा डार्विनको सिद्धान्तले दिएका जवाफ अहिलेसम्मकै समृद्ध र ठोस छ। डार्विनको जीव विकासको सिद्धान्त आधुनिक जीव विज्ञानको मूल आधार बन्यो। प्रख्यात जीव वैज्ञानिक थियोडोसियस डोबझान्सकीले भनेका छन्, ‘यदि डार्विनको जीव विज्ञान सिद्धान्त प्रकाश भएको थिएन भने जीव विज्ञान अर्थपूर्ण हुँदैन थियो।’ डार्विनको सिद्धान्त स्थापित भएको लामो भएको छ र जीव विज्ञानमा पनि धेरै प्रगति भएको छ। यदि यी प्रगतिका विवरणहरू हामीले डार्विनलाई बताउन सक्थ्यौँ भने उनी कति अचम्भित हुन्थे होलान्!

    म यस लेखलाई डार्विनका बारेमा जुलियन हक्सको यस कथनसँगै समापन गर्दैछु, ‘डार्विनको कामले जीवित दुनियाँलाई प्राकृतिक नियमको दायरामा ल्याइदियो। अब प्रत्येक प्राणी या वनस्पतिलाई विशेष रुपमा रचिएको हो वा कसैको आहार जुटाउन तथा दुश्मनबाट बच्नका लागि कुनै आलौकिक शक्तिको सोचको उपज हो भनेर सोच्न जरुरी छैन, अथवा यसरी सोच्न सम्भव नै रहेन। डार्विनको कामले हामी मानिस र आफ्नो वर्तमान सभ्यतालाई अपेक्षाकृत बढी वास्तविक ढंगबाट हेर्न सक्नुपर्छ। मानिस अहिलेको रुपमै रचना गरिएको होइन, न त यही रुप अन्तिम हो। जीव विकासको एउटा लामो इतिहास छ। यो इतिहास पतनको होइन, बरु उत्थानको हो। यसका लागि प्रगतिशील विकासको ढोका अब पनि खुल्ला छ।’

    Hindinews18 बाट अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.