Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चाडबाडमा बजारले थापेको पासोमा नफस्नुहोला

फोस्रो ढासा, फुर्ति र अहंकारलाई बजारिया विज्ञापनले प्रोत्साहन गरेपछि विपन्नहरू कहाँसम्म पुग्छन् भने तिनीहरू मृगौला काटेर भएपनि नयाँ आइफोन किन्न विवस हुन्छन्। याचाहिँ सन् २०११ को चीनको खबर हो। वान सान कुङ नामक युवकले आफ्नो एउटा मृगौला बेचेर आइप्याड र आइफोन किने।

प्रकाश अजात प्रकाश अजात
अशोज १८, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नास्तिक र ‘अधर्मी’ले समेत वेवास्ता गर्न नसक्ने चाडका रूपमा नेपाली समाजमा दशैँ स्थापित छ। राज्यको अविच्छिन्न संलग्नताले यो चाड ‘सबैको ठूलो पर्व’ र ‘साझा चाड’ का रूपमा नेपालमा स्थापित छ। यो चाड नमान्ने जातीय तथा साँस्कृतिक समूहहरूले समेत अचेल ‘नमानेरै पनि’ मनाउने गरेका छन्।

    दशैँलाई राज्यकै विशेष उत्सवका रूपमा पृथ्वीनारायण शाहको पालादेखि नै स्थापित गरिएको बताइन्छ। दशैँ नमान्नेहरूलाई राज्यले दण्डित गरेका प्रसंगहरू पनि भेटिन्छ र दशैँ मानेको प्रमाणस्वरूप दैलामाथि रगतको पंजाछाप (हातको छाप) लगाउने चलनका अवशेषहरू अहिले पनि छँदैछन् ।

    र, दशैँसँग जोडिएका राजनीतिकदेखि यसका सांस्कृतिक पक्षबारे अचेल खुलेआम बहसहरू हुन थालेका छन्। र, नेपाली राज्य धर्म निरिपेक्ष भएसँगै दशैँसँग राज्यको संलग्नता पहिलेभन्दा कम हुन थालेको छ। यद्यपि, पशुबलि र मासुका कारण सेना र प्रहरीमा दशैँको प्रभाव पहिलेभन्दा उति कम छैन ।

    चाडपर्वको दबाब

    नेपाली समाज होस् या विश्वभरका अनेक समाजहरू, आर्थिक रूपमा कमजोरहरूका लागि चाडपर्व, कर्मकाण्ड र बिहेबर्तुन नझेली पार नपाइने एउटा सकस हो। जसोतसो जीवन धान्नेहरू नै किन नहुन्, समाजको दवाबले चाडपर्व मनाउन विवस हुन्छन्। खासगरी समाज र राज्यको अर्थतन्त्रका जटिल आयामहरू नबुझेका बालबालिकारूका लागि जन्मदिनदेखि लिएर अन्य पर्वहरूको उल्लास ज्यादा हुन्छ। र, स्वभावैले अभिभावकले बच्चाकै लागि भए पनि चाड मनाइदिनुपर्ने वाध्यता रहन्छ। दशैँको हकमा पनि त्यो हुने भइहाल्यो।

    हामी नै सम्झौँ त ! कुनै बेला हामीहरूमध्ये कति आफ्नो वाल्यकालमा औँला गनेर दशैँ या तिहारका प्रमुख दिन आउने दिन गनेर बस्थ्यौँ। तर चाडपर्व आर्थिक रूपमा कमजोर, निम्छरा र बन्चितहरूका लागि ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई’ नै हो। र, दशैँमात्रै होइन, पूँजिवादी–उपभोक्तावादले अचेल हरेक चाडपर्वलाई आफ्ना ‘ब्रेकेजिज्’हरूको राम्रो मार्केटिङ गर्ने अवसरका रूपमा प्रयोग गर्ने गरेको छ। मोबाइल होस् या घडी, कम्प्युटर होस् या कार, होलिडे प्याकेज र तिर्थयात्राका प्याकेज बेचाउनका लागि पनि बजारले दशैँतिहार, क्रिसमस र इदको अवसर ताक्ने गर्छन्।

    बजारले भिडाउँछ

    किनकि बजारको रणनीति नै हुन्छ जति सक्यो धेरै बेच्नु, लादी फर्किनेगरी सामान भिडाउनु। किन्नेलाई आवश्यक होस् या नहोस्, किन्नेसँग त्यस सामान किन्नका लागि छुट्याइएको पैसा होस् या नहोस्, बजार हरदम मान्छेहरूलाई सामान भिडाएर पैसा असुल्न तयार भएर बसेको छ। पूँजिवाद र यसका चालकहरू कति कुसल छन् भने कोही मान्छेसँग तत्कालै पैसा छैन भने पनि उसलाई उसले भोलि पैसा तिर्ला भन्ने अपेक्षामा निश्चित रकम बराबरको उधारो कबोल कार्ड (क्रेडिट कार्ड) भिराउछन् र सामान किनाएरै छाड्छन्।

    चर्चित लेखक युबल नोहा हरारी आफ्नो पुस्तक ‘सेपियन्स’मा लेख्छन्, ‘उपभोक्तावादले भन्छ–खुसी हुनका लागि हामीले सकेसम्म धेरै सामान किन्नुपर्छ या धेरै सेवाको उपभोग गर्नुपर्छ। यदि आफ्नो जीवनमा कुनै समस्या छ वा केही कुरा मिलेको छैनजस्तो लाग्छ भने त्यस्तो अवस्थामा कुनै उत्पादन (कार, लुगा या अर्गानिक फुड) किन्नुपर्छ अथवा सम्बन्धसम्बन्धी थेरापी या योग गर्नुपर्छ।) टेलिभिजनमा बज्ने कमर्सियल (विज्ञापन) आफैँमा सामान किनेर वा सेवा उपभोग गरेर जीवन कति सुन्दर हुन्छ भन्ने कुरा बुझाउने साना पुराण नै हुन्।

    उनी अगाडि भन्छन्, ‘पूँजिवाद र उपभोक्तावादको आचारसंहिता एउटै हो। धनीहरूलाई पूँजिवाद/उपभोक्तावादले दिने धर्मादेश हो, ‘लगानी गर।’ अनि बाँकी रहेका हामीहरूलाई पूँजिवाद/उपभोक्तावादले दिएको धर्मादेश हो, ‘किन।’ उपभोक्तावादको नीति हो अनन्त उत्पादन, अनन्त खरिद र अनन्त उत्पादन। उसो त अझै पनि नेपाली समाज उति उपभोक्तावादी समाज होइन तर फरक्क फर्केर २० वर्षअघिमात्रै हेर्ने हो भने पनि हामीले हाम्रा काकाबाउ र काकीआमाहरूभन्दा धेरै नै बढी सामानहरू किन्ने र उपभोग गर्ने आदत बढाएका छौँ।

    सामानले खुसी बढाउँछ?

    अचेल शहरबजारीया र मध्यमवर्गका मान्छेहरूसमेत प्रत्येकजसो पार्टीका लागि नयाँ लुगा किन्छन्। बर्षमा एक दुई जोर लुगामै खुसी हुने मान्छेहरू कम छन्। भान्छामै खाने कुरा धेरै पाक्छ र त्यही अनुपातमा फ्याँकिन्छ पनि। विभिन्न धार्मिक र कर्मकाण्डहरूका अवसरमा जुटाइने भोज, सामान उपहारहरूको उपभोग नै अहिले बढेको छ। हाम्रै देशमा पनि दलाल पूँजिवादले नव सम्भ्रान्तहरू हलक्क हुर्काएको छ र त्यस्ता मान्छेहरू दलालीबाट आर्जित सम्पत्तिलाई कहाँ प्रदर्शन गरौँ र दम्भ देखाउँ भनेर पर्खेर बस्छन्। तर क्रय शक्ति नहुनेहरूले बजारबाट औषधी किन्दा पनि खुम्चनैपर्छ। उधारो किन्नुपर्छ या ऋण लिएर आफ्नो उपचार गर्नुपर्छ।

    तर आजको अर्को दुखद सत्य के हो भने क्रय शक्ति नहुनेलाई समेत बजारले नयाँ वस्तु किन्न विवस पार्छ। फोस्रो ढासा, फुर्ति र अहंकारलाई बजारिया विज्ञापनले प्रोत्साहन गरेपछि विपन्नहरू कहाँसम्म पुग्छन् भने तिनीहरू मृगौला काटेर भएपनि नयाँ आइफोन किन्न विवस हुन्छन्। यो चाहिँ सन् २०११ को चीनको खबर हो। वान सान कुङ नामक युवकले आफ्नो एउटा मृगौला बेचेर आइप्याड र आइफोन किने। र राम्रोसँग मृगौलाको शल्यक्रिया नभएका कारण ती मृगौलामै संक्रमण भएर बिरामी भए।

    दशैँमा उपभोक्तावाद

    फर्कौं दशैंतर्फ, दशैंको अति महिमामण्डन सम्भवतः शासकहरूले गरेका थिए। यसलाई शासनसत्ता स्थापित गर्न राजनीतिकीकरण गरिएको चाडका रूपमा पनि बुझने गरिन्छ। र, मिठो (मिठोलाई मासुसँग जोडिएको छ नेपाली समाजमा) खाने, राम्रो लाउने र शक्तिको उपासना गर्ने नाममा मठ मन्दिरमा पशुहरूको काटमार गर्ने। सार्वजनिक ठाउँमा हुने काटमारले शासनसत्ताको चरित्र पनि देखाउँछ।
    सम्भवतः राज्य काटमारमार्फत आफ्नो राज्यको वैधता देखाउन चाहन्थ्यो।

    अथवा यो पनि हुनसक्छ काटमारमार्फत सर्वसाधारणलाई युद्ध उन्माद देखाउन वा त्रस्त बनाउन चाहन्थ्यो राज्य। यस तर्कमा किन पनि दम छ भने भारत र नेपालको मधेसी हिन्दु समाजमा मनाइने दशहरामा टीका, जमरा र बलिको विषय नै छैन, बरु सात्त्विक दुर्गा पूजा मात्र छ। तर नेपालको पहाडी क्षेत्रमा ‘दशहरा’ या ‘दशमी’ (दश दिन)लाई काटमार गर्ने, अधिक भोजन गर्ने र नयाँ लुगा लगाएर फुर्तिफार्ति गर्दै मनाइन्छ।

    उसो त प्रत्येक चाडबाड र कर्मकाण्डले द्रव्यको माग गर्छ। तर अधिक दोहनको कुरा गर्ने हो भने हाम्रो सन्दर्भमा अति दोहनलाई प्रोत्साहन गर्ने पर्व हो दशैँ। रमादान, इद, क्रिसमस र चिनीयाँ नयाँ वर्षलाई पनि बजारवादले सामान भिडाउने अवसरका रूपमा प्रयोग गरेकै छ। सोही कारण दशैँलाई लक्षित गरेर बजारले अफर, अफर, बोनान्जा, डिस्काउन्ट, २ किन्दा एक सित्तैमाजस्ता जालझेल र तिकडमका रणनीतिहरू अँगाल्ने गर्छ। र, मिडियाको सहयोगमा त्यस्ता जालझेल–अफरहरूमा हामी फस्ने पनि गर्छौँ।

    फोहोरी उपभोक्तावाद

    युरोपमा १६ औँ शताब्दीमा सुरु भएर १८ औँ शताब्दीमा मौलाएको उपभोक्तावाद अहिले विश्वभर जागिरहेको छ। पैसा कमाउने होडमा यसले उत्पादनभन्दा राम्रो बट्टा र प्याकेजिङ बनाउँछ। बट्टालाई प्लास्टिक र ग्राफिक डिजाइनद्वारा टिलिक्क टल्काउँछ। उत्पादनलाई बोटल र बक्सामा हालेर खाउँखाउँ या किनुँकिनुँ लाग्ने बनाउँछ। आवश्यकै छैन भने पनि बजारको सामान घरको टेबुलमा ल्याएर सजाउँसजाउँ लाग्ने बनाउँछ। र, यस्तो लोभलाग्दो उपभोक्तावादका कारण आज महासागरहरूभरी प्लास्टिकका प्याक र प्लास्टिकका खोलहरू थुप्रिएका छन्। जंगल, जमिन र पानीका स्रोतहरू प्लास्टिकले गर्दा दुसित भएको छ। उर्बर माटोलाई प्लास्टिकले वर्वाद बनाएको छ। प्राणीहरू प्लास्टिकका डोरीहरूमा अल्झेका छन्, फसेका छन् र अकालमा मरेका छन्।

    पूँजिवादमाथि राज्य र समाजको नियन्त्रण छैन। जसका कारण ‘धन कमाउन जे गर्दा पनि हुन्छ’ अथवा ‘धनले नै सबै खुसी तय गर्छ’ भन्ने पूँजिवादी सिद्धान्तका कारण आजका दिनमा उपभोक्तावाद बहुलाएको आँधीझैँ बनेको छ र नाङ्गो आँखाले हेर्दामात्रै पनि यसले हाम्रो पर्यावरणलाई नै विनास गर्दैछ। गहिरिएर नियाल्ने हो भने अधिक रूपमा उपभोग्य सामानहरूको उत्पादन गर्नका लागि आखिरमा गएर कहिँ न कहिँ प्राकृतिक साधनस्रोतहरूकै दोहन हुनुपर्छ, उपयोग हुनेगर्छ। त्यसो हुँदा अधिक उपभोगको मार सिंगो पर्यावरणले खेप्नु परेको छ।

    खुसी हुने, समृद्ध हुने र सुखी हुने नाममा हामीले गरेको अधिक उपभोगकै कारण पृथ्वीको तापमान वृद्धि हुन गएको छ। सामान बनाउने र ढुवानी गर्नाकै कारण वायुमण्डलमा ठूलो मात्रामा कार्बनडाइअक्साइड स्टोर भएको छ र पृथ्वी तात्दै गएको छ। पृथ्वीका कतिपय जीव र वनस्पति लोप हुँदै गएका छन्। समुद्री सतहमा बस्ने मान्छेहरूको वासस्थान संकटमा पर्ने कुरा वैज्ञानिकहरूले औँल्याएका छन्। तर यसबारेको वैज्ञानिक ज्ञान आम मान्छेसम्म अझैसम्म पुर्‍याउनै सकिएको छैन।

    उपभोक्तावादका कारण पृथ्वी र वायुमण्डलमा परेको असर छँदैछ, यसले ‘ट्रेन्डी समान’कै लागि आफ्नै मृगौलासमेत बेच्न तयार वान सान कुङजस्ता मान्छेहरू पनि जन्माएको छ। अतः बजार र बजारिया ट्रेन्डको दबाब थेग्न नसक्ने निमुखाहरूका लागि उपभोक्तावाद आफैँमा एक दुःख हो। र, त्यो दुःख निवारण गर्नका लागि क्रान्तिकारी, समतावादी र समाजवादीहरूले सदैव यत्न गर्नुपर्छ ।
    दशैँ तिहारको मुखमा ज्याकमा र विनोद चौधरीहरूको काँधमा अडेर, प्रविधिको डोली चढेर र पैसाको छाता ओढेर बजार हामीलाई ङयाँक्न आउला, सचेत बनौँ। जीवनलाई सहज र छरितो त बनाउनु पर्छ। तर जीवन सजिलो बनाउने नाममा बजारका अफर र बम्बार्डमेन्टहरूमा नफसौँ। बजारलाई आवश्यकताअनुसार उपयोग गर्ने हो, बजारको दास नबनौँ। मिनिमलिस्ट (कम सामान र सेवामै जीवन जिउने) बनौँ।

    इलुस्ट्रेसन: पाट माचादो

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.