Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सुलेमानी हत्याको गहन कथ्य

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
पुस २५, २०७६
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

     

    फेडरिको पाइरासिनीः जनरल कासिम सुलेमानीको हत्याको केहीदिनपछि इराकी प्रधान मन्त्रिको भाषण मार्फत नयाँ र महत्वपूर्ण सूचना प्रकाशमा आइरहेकाछन्। सुलेमानी हत्याको कथाका जरा हाल प्रकाशमा आएका तथ्यहरुभन्दा धेरै गहिरो गाडिएका छन झै लाग्छन्। त्यसमा साउदी अरब र चिनका साथै अन्तरराष्ट्रिय मुद्राको रूपमा अमेरिकी डलरको पनि भूमिका देखिन्छ।

    इराकी प्रधानमन्त्री आदिल अब्दुल-महदीले सुलिमानीको हत्या हुनु अघिका केही हप्ताहरुमा उनको ट्रम्पसँग भएको कुराकानीलाई इराकी संसदमा सार्वजनिक गरेका छन्। टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको उनको भाषणमा कसरी वाशिंगटनले उनी र संसदका अन्य इराकी सदस्यहरूलाई अमेरिकी लाइनमा ल्याउन धम्काएको थियो भनेर बुझाउन पटकपटक व्याख्या गरेका थिए। यतिमात्र होइन, वाशिङ्गटनले २००० मा कायरो, २०११ मा लिबिया र २०१४ मा मेडानमा घटेका घटनाक्रमलाई सम्झाउँदै परिस्थिति भड्काउनका लागि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच गोली हानाहान गराउनेसम्मको धम्की पनि दिएको थियो। त्यस्को अपमानजनक मकशद भनेको इराकलाई अराजकतापूर्ण अवस्थामा धकेल्नु नै थियो।

    घटनाभित्रका उपघटनाहरु यस्ता छन्:

    इराकको प्रतिनिधि सभाका अध्यक्ष हलबोसी संसदीय सत्रमा उपस्थित थिए तर सुन्नीका अन्य सदस्यहरू भने थिएनन्। किनकि अब्दुल-मेहदीले सत्रमा संवेदनशील रहस्यहरू उद्घाटन गर्ने कुरा अमेरिकीहरूले थाहा पाएका थिए र यसलाई रोक्नको लागि हलबोसीलाई पठाएका थिए। हलबोसीले अब्दुल-मेहदीको भाषणको माइक काटिदिए। त्यसपछि सत्रको प्रत्यक्ष प्रसारण कार्य रोक्न आग्रह गरे। यसपछि, हलबोसी अन्य सदस्यहरूसँगै अब्दुल-मेहदीको छेउमा बसे, उनीसँग रेकर्ड नहुनेगरी कुरा गरे,जुन प्रसारित हुनसकेन।

    अब्दुल-मेहदीले अमेरिकीहरूले कसरी देशलाई ध्वस्त गरे भन्ने बारेमा आक्रोसका साथ बताए। त्यसक्रममा उनले भने ­- तिनीहरुले तेलको आम्दानीको ५० प्रतिशत दिनुपर्ने माग गरे जुन त्यो दिन सकिदैन भन्दा तिनीहरुले पूर्वाधार र बिजुली ग्रिड परियोजनाहरू पूरा गर्न अस्वीकार गरे।

    अब्दुल-मेहदीले संसदमा गरेको  भाषणको अनुदित अंश:

    “यसैकारण मैले चीन भ्रमण गरें र उनीहरूसँग निर्माण कार्यको लागि महत्वपूर्ण सम्झौता गरें। म त्यहाबाट फर्केंपछि, ट्रम्पले मलाई फोन गरी सो सम्झौता रद्ध गर्न  भने। यसलाई मैले अस्वीकार गरें, उनले मेरा विरुद्धमा ठूला प्रदर्शनहरू गर्ने चेतावनी दिए जसले मलाई प्रधानमन्त्रीबाट हटाउनेछ।

    नभन्दै मेरा बिरूद्ध विशाल प्रदर्शनहरू हुनथाले। त्यसपछि ट्रम्पले फेरि धम्की दिए – यदि मैले उनीहरुका मागहरुलाई मानिन भने उनीहरुले अग्ला भवनहरुबाट कुनै तरिकाले प्रदर्शनकारीहरु र सुरक्षाकर्मीहरुलाई एक अर्काको निशाना बनाउन लगाउँनेछन्।

    मैले फेरि इन्कार गरें र बरु मैले राजीनामा दिएँ। आजसम्म अमेरिकीहरू चिनियाँहरूसँगको हाम्रो सम्झौता फिर्ता लिन हामीलाई दवाव दिइरहेकाछन्।

    यसपछि, जब हाम्रा रक्षामन्त्रीले ‘कुनै तेस्रो पक्षले (ट्रम्पले यस्तै गर्ने धम्की दिएका थिए) प्रदर्शनकारी र सुरक्षाकर्मी दुबैलाई लक्षित गरिरहेको’ कुरालाई सार्वजनिक गरे। ट्रम्पले मलाई पुनः फोन गरे। अब पनि हामीले कुनै “तेस्रो पक्ष”को बारेमा खुलासा गरिरह्यौं भने मलाई र रक्षा मन्त्री दुवै मारिने धम्की दिए।

    कसैले सोचेको पनि थिएन– यस धम्कि जनरल सोलेमानीमा लागु गरिनेछ। यस्तो आतंकवादी हमलाको पृष्ठभूमि प्रधानमन्त्री आदिल अब्दुल-महदीलाई एक हप्ताअघि खुलस्त गर्नु गाह्रो नै थियो।

    “मैले उन [सोलेमानी] लाई बिहान भेट्ने योजना गरेको थिएँ तर त्यसअघि नै उनी मारिए। हामीले साउदीहरुबाट इरानीहरुलाई दिइएको कुनै सन्देश पठाएका थियौं, उनी त्यसैको जवाफ दिन इरानबाट आएका थिए।

    हामी साउदी अरबको प्रतिक्रियालाई आधार मानेर भन्न सक्छौं, कि तेहरान र रियादबीच कुनै प्रकारको सहमति भइरहेको थियो।

    अमेरिकी हमलाको सम्बन्धमा साउदी अरबसँग परामर्श लिइएको थिएन। क्षणक्षणका  घटनाक्रमहरूको आधारमा, यस राज्यले गम्भीर नतिजाहरू आउनसक्नेसहितका विनास निम्त्याउन सक्ने सबै प्रकारका कारवाहीहरुबाट जोगिन संयम अभ्यासको महत्त्वलाई जोड दिएकोछ।

    “इराकमा घटिरहेका घटनाहरुका सम्बन्धमा त्यस राज्य(साउदी अरब)को विज्ञप्तिले यस क्षेत्रका  मुलुकहरु र यहाँका जनतालाई सबैखालका युद्धहरुको जोखिमबाट बचाउन युद्ध रोक्नुको महत्वमाथि राज्यको दृष्टिकोणलाई जोड दिएकोछ।

    सबैभन्दा महत्वपूर्ण कुरा, साउदीहरूलाई यस अमेरिकी कारवाहीको बारेमा कुनै सूचना दिइएको थिएन भन्ने कुरा साउदी शाही परिवारले जनताहरूलाई तुरून्तै जानकारी दिन चाहेको देखिन्छ।

    “अमेरिकी हमलाको सम्बन्धमा साउदी अरबसँग परामर्श लिइएको थिएन। क्षणक्षणका  घटनाक्रमहरूको आधारमा, यस राज्यले गम्भीर नतिजाहरू आउनसक्नेसहितका विनास निम्त्याउन सक्ने सबै प्रकारका कारवाहीहरुबाट जोगिन संयम अभ्यासको महत्त्वलाई जोड दिएकोछ।

    र युद्धप्रति उनको अनिच्छालाई जोड दिन, मोहम्मद बिन सलमानले एक प्रतिनिधिमण्डल संयुक्त राज्य अमेरिका पठाए– वासिङ्गटन पोस्टकी बेरुत व्यूरीकी लीज स्लाईले ट्वीट गरेकीछिन्।

    “साउदी अरबले [फारसी] खाडी राष्ट्रहरूको तर्फबाट इरानमाथिको प्रतिबन्ध फुक्का गरियोस् भनेर आग्रह गर्नका लागि प्रतिनिधिमण्डललाई वाशिंगटन पठाउँदै छ। सन्देश यस्तो हुनेछ: ‘कृपया हामीलाई अर्को युद्धमा होमिनु पर्ने पीडाबाट जोगाउनुहोस्’।

    स्पष्ट रूपमा के देखिन्छ भने सोलेमानीको बिरूद्ध अपरेशनको सफलता अमेरिका वा इजरायलको गुप्तचर भेलासँग कुनै सरोकार थिएन। यो सबैलाई थाहा छ र यो बिलकुलै फरक छ साउदी अरबले क्षेत्रीय संकट समाधानको मध्यस्थता गर्न इराकको प्रयासलाई स्वीकारेको कूटनीतिक क्षमताका साथ सुलेमानी बगदाद गएका थिए।

    यस्तो लाग्छ साउदी, इरानी र इराकीहरु सिरिया, इराक र यमन संलग्न क्षेत्रीय द्वन्द्व रोक्ने दिशामा अघि बढिरहेका थिए। अमेरिकी आक्रमण प्रति रियादले सार्वजनिक खुशियाली वा उत्सव मनाएको देखिदैन। धेरै मुद्दाहरुमा आमने सामने कुरा नगर्ने कतारले पनि उच्च तहका सरकारी अधिकारी, इरानी विदेशमन्त्री मोहम्मद जरिफ जरिफसँगको बैठक आयोजना गरेर लगत्तै इरानसँग ऐक्यबद्धता जनायो। टर्की र इजिप्टले पनि हत्यासम्बन्धी टिप्पणी गर्दा नरम भाषा प्रयोग गरेकाछन्।

    यसरी नरम भाषामा प्रतिक्रिया दिनुको अर्थ, इरानको जवाफी हमलाको सिकार भइने भय प्रतिविम्वित भएको हुन सक्छ। कतार, (जहाँबाट सोलेमानीलाई मार्ने ड्रोनले उडान मारेको थियो) हरमुज जलडमरुको पल्लो किनार इरानबाट घुयँत्रो हान्न सकिने दुरिमा छ। रियाद र तेल अवीव, तेहरानका दुवै क्षेत्रीय दुश्मनहरूलाई थाहा छ कि इरानसँगको सैन्य संघर्षको अर्थ साउदी शाही परिवारको अन्त्य हुनेछ।

    यदि इराकी प्रधानमन्त्रीका भनाइ यस क्षेत्रको भौगोलिक र ऊर्जा सम्झौतासँग जोडिएका छन् भने अमेरिकाको एकपक्षीय विश्व व्यवस्था घुँडा टेक्दैछ र बहुध्रुवीय विश्व देखापर्दैछ (जसको बारेमा मैले लामो समयदेखि लेख्दै आएको छु)।

    अमेरिकाले शेल-वाइल रिभोलुसनको परिणाम आफूलाई उर्जा निर्यातकर्ता ठान्छ र अब मध्य पूर्वबाट तेल आयात गर्न नपर्ने भन्छ (जुन पत्याउन सकिदैन)। तथापी यसको मतलब यो होइन तेल अब अमेरिकी डलर बाहेक अरू कुनै पनि मुद्रामा कारोबार गर्न सकिन्छ।

    पेट्रोडोलरले ग्लोबल रिजर्भ मुद्राको रूपमा अमेरिकी डलरलाई यथास्थितिमा राख्दा नै अमेरिकालाई क्षेत्रीय प्रभुत्वको भूमिका खेलेर ठूलो फाइदा लिने कुरालाई सुनिश्चित गर्दछ।

    विश्वव्यापी रिजर्व मुद्रा भएको यस्तो विशेषाधिकारले अमेरिकाले सजिलैसँग आफ्नो युद्धसंयन्त्रका लागि कोष खडा गर्न सक्छ। किनकि यसले विश्वका धेरैजसोलाई उसको बचत ऋणपत्र बाध्य पार्न सक्छ। यस्तो आरामदायी व्यवस्थामाथि आएको खतरा सहनु भनेको वाशिंगटनको विश्वव्यापी शक्तिलाई खतरामा राख्नु हो।

    जे भएपनि, भौगोलिक र आर्थिक प्रवृत्ति अकल्पनीय रूपमा बहुपक्षीय विश्वतर्फ उन्मुख छ, चीनले विशेष गरी मध्यपूर्व र दक्षिण अमेरिकामा अगुवाइ भूमिका खेल्दै आएको छ।

    भेनेजुएला, रसिया, इरान, इराक, कतार र साउदी अरबले विश्वमा तेल र ग्यासको ठूलो भण्डार बनाएका छन्। पहिलो तीनवटा (भेनेजुएला, रसिया, इरान,) मुलुकहरुको बेइजिङसँग उच्च सम्बन्ध छ र तिनीहरुको बहुपक्षीय शिविरतर्फ झुकाव छ। कुरा के छ भने युरेशियाली महाद्वीपको भविष्य र विकासलाई युद्ध र द्वन्द्व बिना सुनिश्चित गर्न चीन र रसिया अझ सुदृढ हुन इच्छुक छन्।

    अर्कोतर्फ साउदी अरब सं.रा अमेरिकी समर्थक हो तर उ सैन्य र उर्जाको हिसाबले चीन र रुसी शिविरतर्फ ढल्किदैंछ। यस्तै प्रक्रिया इराक र कतारमा हुँदैछ। २००३ मा इराकबाट शुरू भएको यस्तो प्रक्रिया २०११ मा लिबिया र हालका वर्षहरूमा सिरियामा भएको वाशिङ्गटनका असंख्य रणनीतिक त्रुटिहरूलाई धन्यवाद छ।

    इराक र चीनबीचको सम्झौता बेइजिङले इराक-इरान-सिरिया ट्रोइकालाई मध्यपूर्वको पुनर्जीवन गर्ने र यस क्षेत्रलाई चिनियाँ बेल्ट र रोड पहलसँग जोड्ने अभिप्रायका साथ गरेको एक उदाहरण हो।

    यस्तो सम्झौताबाट दोहा र रियाद आर्थिकरुपमा पीडित हुनसक्लान् तर बेइजिङको आर्थिक शक्ति विन-विन दृष्टिकोण भएकाले यसमा सबैका लागि स्थान छ।

    साउदी अरबले चीनलाई यसको अधिकांश तेल र कतारले रसियन फेडरेशनसँग मिलेर चीनलाई आफ्नो अधिकांश एलएनजी आवश्यकताहरू पूर्ति गर्दछ, जुन प्रदूषण उत्सर्जनलाई कम गर्ने लक्ष्ययुक्त सी जिनपिङको २०३० दृष्टिसँग मिल्दछ।

    यस चित्रमा, अमेरिका अनुपस्थित छ किनकि उसँग घटनाहरूलाई प्रभाव पार्ने वा कुनै अपील गर्ने आर्थिक विकल्पहरूको प्रस्ताव गर्ने थोरै मात्र क्षमता बाँकी छ।

    वाशिंगटन यस क्षेत्रलाई अराजकता र विनाशतर्फ धकेलेर युरेसियाली एकीकरण रोक्न चाहन्छ र यस उद्देश्यलाई उसले सुलेमानीको हत्या गरेर पूरा गर्‍यो। अमेरिका डलरलाई ग्लोबल रिजर्व मुद्राबाट विस्थापित गराउन सक्ने कुनै कुरालाई सहन गर्न सक्दैन। यसकारण ट्रम्प एक अनिष्टकारी जुवामा संलग्न छन् जसको परिणाम विनाशकारी हुन सक्छ।

    यो क्षेत्र, केही नभएपनि, धेरै देशहरू सम्मिलित भएको विनाशकारी युद्धको चपेटामा पर्न सक्छ। यस क्षेत्रभरका सम्पूर्ण तेल रिफाइनरिहरू नै ध्वस्त पारिन सक्छन्, विश्वको एक चौथाई तेल पैठारी रोकिन सक्छ, तेलको मूल्य (प्रति बैरल २००-३०० डलर) आकासिनेछ र विश्वव्यापी वित्तीय संकटमा दर्जनौं देशहरू फस्नेछन्। यो आरोप ट्रम्पकै थाप्लामा पर्नेछ र उनी  पुनः चुनाव जित्ने कुरा नै आउदैन।

    सुलेमानीको हत्या पश्चात् अमेरिकाले यस क्षेत्रमा लगातार प्रभाव गुमाउँदै जानेछ। तर इरानी र साउदी अरबबीच स्थायी शान्ति मध्यस्थता गर्ने इराकी प्रयासलाई यस क्षेत्रमा शान्ति रोक्न र यसको सट्टामा अराजकता र अस्थिरता बढाउने अमेरिका र इजरायलको संकल्पले क्षति भने पुर्‍याएकोछ।

    मध्य पूर्वका सबैलाई एकै थानकोमा राख्ने प्रयास गर्दा, वाशिंगटनले आतंकवादलाई अन्तिम विकल्प लिन छाडेपनि, यसले झूट र मित्र र शत्रुहरूमाथि विनाशको खतरा मडारिनेछ भन्दै अनिश्चित धम्कीको सहारा लिइरहेकोछ।

    अमेरिकाले मध्यपूर्वमा गर्नुपर्ने काम, त्यस क्षेत्रका कुनै पनि सहयोगीहरू बिना गर्न सक्छ, र त्यहाँ अमेरिकी डलरबाहेक अरू कुनै पनि मुद्रामा तेल बेच्ने हिम्मत कसैले गर्न सक्दैनन् भनेर कसैले ट्रम्पलाई विश्वास दिलाएको बुझिन्छ।

    सुलेमानीको मृत्यु अमेरिका र इजरायली हितको एक सहकार्यको परिणाम हो। यसको मुख्य उद्देश्य युरेसियाली एकीकरण रोक्नु हो। यसका लागि अरु कुनै उपाय उनीहरुलाई सुझेन। यसर्थ वाशिंगटनले मात्र इरान, इराक र सिरिया जस्ता देशहरूलाई लक्षित गरेर यो क्षेत्रलाई अराजकतामा पार्न सक्छ भन्ने ठहर गरे। किनकि इजरायलसँग त्यस्तो हत्या आफैंले गर्न सक्ने क्षमता वा हिम्मत छदैछैन। तर, अमेरिकी चुनावी वर्षमा इजरायल पक्षधरतालाई महत्व दिइदाँ ट्रम्पको चुनावी सफलताको लागि सघाउ पुग्दथ्यो।

    ट्रम्पको विश्वास थियो– उनको ड्रोन हमलाले उनका विपक्षीहरु डराउनेछन् र (सुलेमानीको हत्या ओसामा बिन लादेनको जस्तै मानिनेछ) उनका मतदाताहरुको समर्थन जितिनेछ र चीनसँगको सम्बन्ध गाढा बनाउँदा हुने खतराबारे अरबी देशहरुलाई चेतावनी पठाउँदै उसका सबै समस्याहरु समाधान गर्न सकिनेछन्।

    सुलेमानीको हत्या पश्चात् अमेरिकाले यस क्षेत्रमा लगातार प्रभाव गुमाउँदै जानेछ। तर इरानी र साउदी अरबबीच स्थायी शान्ति मध्यस्थता गर्ने इराकी प्रयासलाई यस क्षेत्रमा शान्ति रोक्न र यसको सट्टामा अराजकता र अस्थिरता बढाउने अमेरिका र इजरायलको संकल्पले क्षति भने पुर्‍याएकोछ।

    कूटनीति र शान्त संवादलाई प्राथमिकता दिँदा वाशिंगटनले आफ्नो प्रभुत्व प्राप्त गर्न सकेको छैन र ट्रम्पको यी उपायहरुलाई अपनाउने कुनै इरादा छैन।

    अब वाशिंगटनका साथी र दुश्मनहरू सबैले यो वास्तविकतालाई स्वीकार्नुपर्दछ र पागलपनलाई रोक्न आवश्यक पर्ने सबै उपायहरुलाई कार्यान्वयन गर्नुपर्दछ।

    साभारः डुरानमा प्रसारित फेडरिको पाइरासिनीको The Deeper Story Behind the Assassination of Soleimani नामक आलेखको संक्षेप तथा भावानुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.