Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओलीले घुँडा टेक्नैपर्छ, ओलीकाण्डबाट हामीले पाठ सिक्नुपर्छ – अष्टलक्ष्मी शाक्य

अष्टलक्ष्मी शाक्य अष्टलक्ष्मी शाक्य
पुस २९, २०७७
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संसद विघटनको असंवैधानिक घोषणापछि म काठमाडौंका विभिन्न वडा कमिटी र नगरपालिका भेलाहरूमा पुगेको थिएँ। काठमाडौं किन तातेन होला भन्ने मनमा लागेको पनि थियो। ०६२/६३ मा जस्तो यतिखेर सडकमैं जनता किन उत्रेनन् भनेर चिन्ता लाग्या थियो । तर आज यो वृहत भेला देख्दा म खुशी छु । काठमाडौं जिल्ला र तमाम सहभागीहरूलाई यति ठूलो सहभागिताका लागि धन्यवाद ।

    मेरो मुल्यांकन अनुसार काठमाडौंको चरित्र र स्वभाव अनौठो छ । कि यो तात्दै–तात्दैन, तातेपछि सेलाउन गाह्रो हुन्छ । यो आन्दोलनलाई निर्णयक तहमा पु-याउन अन्तिमसम्म कुनै परवाह नगरिकन जुध्नेछ अब काठमाडौं । यो बृहत भेलाको उपस्थितले मैले काठमाडौैं तातेको महसुस गरें । र, अब हामीले केपी ओलीलाई कमरेड भन्न छाडेका छौं। ओली अब तानशाही, प्रतिगमनकारी हो र स्वैच्छाचारी मात्रै हो । ओलीले गणतन्त्रमाथि धावा बोले । दुःख गरेर ल्याएको संविधानमाथि धावा बोले । यसर्थ, उनी अब कमरेड रहेनन् ।

    काठमाडौं कहिले पनि निरंकुश तन्त्र, एकात्मक राज्य र राजतन्त्रको शासनमा बहकिएको मलाई थाहा छैन । यो काठमाडौंको अर्को स्वभाव हो । प्रगतिशील र लोकतन्त्रवादी हुन् काठमाडौंबासी ।

    नेपाली जनताको त्याग र वलिदानले बनाएको संघीय गणतन्त्रमाथि निर्मम प्रहार भएको छ। र, अब तानाशाही केपी ओलीविरुद्धको आन्दोलन निर्णायक ठाउँमा पुग्न धेरै बेर पनि लाग्दैन । शक्तिको दुरुपयोग गर्नेले कुर्सीबाट झर्नैपर्छ। आज ओली देशभर भ्रम सिर्जना गरेर हिँडेका छन्। र, त्यसविरुद्ध हामी एक पटक फेरि सडकमा गएर धक्का दिनुपर्नेछ। उनको प्रतिगमनको कदमविरुद्व फेरि शसक्त भएर आन्दोलनलाई हामी निर्णायक ठाउँमा पु¥याउनेछौं ।

    काठमाडौं कहिले पनि निरंकुश तन्त्र, एकात्मक राज्य र राजतन्त्रको शासनमा बहकिएको मलाई थाहा छैन । यो काठमाडौंको अर्को स्वभाव हो । प्रगतिशील र लोकतन्त्रवादी हुन् काठमाडौंबासी । तर गणतन्त्रलाई बलियो बनाउन हामीले अझै सक्रियतापूर्वक लाग्नुपर्छ, अझै मेहेनत गर्नुपर्छ । किनभने क्रान्ति भनेको निरन्तर सुधारको कुरा पनि हो । समाजवादमा पुगेर वर्गविहिन समाज बनाउने उद्येश्यले करमेड पुष्पलालले राष्ट्र, राष्ट्रियता र जनजिविकाका पक्षमा लड्नुभो ।

    जनताको लागि निरन्तर लाग्नुभयो । त्यही मान्यताबाट प्रेरित भएर नै काठमाडौंबासीहरू पनि यो आन्दोलनमा लाग्नुभएको हुनाले पनि काठमाडौंबासी अब चुप लागेर बस्ने छैनन्। ओलीको कदमविरुद्वको यो आन्दोलन अब निर्णयक बिन्दूमा नपुगेसम्म काठमाडौं सेलाउनेछैन । विभिन्न भेलाहरूमा पुग्दा धेरै प्रश्नहरू पनि आएका छन्। सबै प्रश्न र जिज्ञासा यो आन्दोलन निर्णायक हुँदा मेटिनेछन् ।

    ५ जनाबाट स्थापना गरेको कम्युनिष्ट पार्टी विशाल पार्टी भइरहँदा आज कम्युनिष्ट पार्टीको नेतृत्वमा मुलुकको नेतृत्व हुनुपछ, त्यसकै पहलमा सुसाशन स्थापना गर्नुपर्छ, भ्रष्टाचार अन्त्य गर्नुपर्छ र त्यो कम्युनिष्ट पार्टीले मात्र गर्छ भनेर लागिरहँदा कम्युनिष्ट पार्टीभित्रैबाट तानाशाह जन्मनु हाम्रो दुर्भाग्य हो । यसले कम्युनिष्ट पार्टीमा केही धक्का लागेको छ । तर हामी समाजवादको बाटोमा अघि बढ्नुको विकल्प छैन । एकजुट भएर अघि बढ्नुपर्छ। तर आत्तिनुपर्ने जरुरी छैन । फेरि पनि हामी बहुमतमा छौं ।

    आफूसँग १०० जना पनि सदस्य नपुगेपछि कमरेड ओलीलाई लाज भएछ र आयोजक कमिटी गठन गरेर टोलटोलबाट केन्द्रीय सदस्य थपिरहेका छन्। त्यसको कुनै औचित्य छ? एउटा केन्द्रीय सदस्य बन्न कति मेहनत गर्नुपर्छ कम्युनिष्ट पार्टीमा ?

    आफूसँग १०० जना पनि सदस्य नपुगेपछि कमरेड ओलीलाई लाज भएछ र आयोजक कमिटी गठन गरेर टोलटोलबाट केन्द्रीय सदस्य थपिरहेका छन्। त्यसको कुनै औचित्य छ? एउटा केन्द्रीय सदस्य बन्न कति मेहनत गर्नुपर्छ कम्युनिष्ट पार्टीमा ? त्यसका लागि पार्टीमा कति भूमिका खेल्नुपर्छ ? सबैलाई लोभलाच देखाएर केन्द्रीय सदस्य बनाएर के गर्न खोजेको? यसरी कम्युनिष्ट आन्दोलन सिध्याउने तहमा पुगेका छन् खड्गप्रसाद ओली । म २०२८ सालमा कम्युनिष्ट आन्दोलनमा लागें। पुर्वको झापाबाट म अलिअलि प्रभावित भएर कम्युनिष्ट पार्टीमा लागें । मोहनचन्द्र देखि राधाकृष्ण, सिपी र कमरेड ओलीबाटै हामी त्यतिखेर प्रभावित भएका थियौं ।

    र, दुई ठूला कम्युनिष्ट पार्टी एकिकृत भएपछि अब कम्युनिष्ट आन्दोलन शसक्त हुने भो भन्ने लाग्याथ्यो। तर हामी भ्रममा रहेछौं । ओली त आखिर कम्युनिष्ट विचार विरोधी रहेछन् । उनीमा एकरत्ती पनि कम्युनिष्ट आचरण छैन । हिजोका कमजोरी सच्याएर ओलीले राम्रो काम गर्लान् भन्नेठानेका थियौं तर ओलीभित्र गद्धार, तानाशाह, धोकेबाज जन्मिदैं रहेछ ।

    अहिले हामी झनै प्रष्ट हुँदैछौं विचार, सिद्धान्त, आचरण र अनुशासन किन महत्वपूर्ण हुँदोरहेछ भनेर। ओलीकाण्डबाट हामीले अझै पाठ सिक्नुपर्छ । कामको मूल्यांकन गर्ने परिपार्टी हामीले अब निर्माण गर्नैपर्छ । त्यो परिपाटी स्थपित गरेर अघि बढ्नुपर्छ । मेरो मान्छे र फलाना मान्छे भन्ने प्रवृत्ति अब अन्त्य गर्नैपर्छ । र, सबैभन्दा प्रमुख कुरा, यो निरंकुश शासक ओली तानाशाहले घुँडा टेक्नैपर्छ ।

    (वाग्मती प्रदेश इन्जार्च अष्टलक्ष्मी शाक्यले काठमाडौं जिल्लाको वृहत भेलामा राख्नुभएको मन्तव्य)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अष्टलक्ष्मी शाक्य

      अष्टलक्ष्मी शाक्य

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.