Monday, April 12, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home विमर्शका लागि

ओलीले घुँडा टेक्नैपर्छ, ओलीकाण्डबाट हामीले पाठ सिक्नुपर्छ – अष्टलक्ष्मी शाक्य

by अष्टलक्ष्मी शाक्य
January 13, 2021
- विमर्शका लागि, समाचार
ओलीले घुँडा टेक्नैपर्छ, ओलीकाण्डबाट हामीले पाठ सिक्नुपर्छ – अष्टलक्ष्मी शाक्य
Share on FacebookShare on TwitterEmail

संसद विघटनको असंवैधानिक घोषणापछि म काठमाडौंका विभिन्न वडा कमिटी र नगरपालिका भेलाहरूमा पुगेको थिएँ। काठमाडौं किन तातेन होला भन्ने मनमा लागेको पनि थियो। ०६२/६३ मा जस्तो यतिखेर सडकमैं जनता किन उत्रेनन् भनेर चिन्ता लाग्या थियो । तर आज यो वृहत भेला देख्दा म खुशी छु । काठमाडौं जिल्ला र तमाम सहभागीहरूलाई यति ठूलो सहभागिताका लागि धन्यवाद ।

मेरो मुल्यांकन अनुसार काठमाडौंको चरित्र र स्वभाव अनौठो छ । कि यो तात्दै–तात्दैन, तातेपछि सेलाउन गाह्रो हुन्छ । यो आन्दोलनलाई निर्णयक तहमा पु-याउन अन्तिमसम्म कुनै परवाह नगरिकन जुध्नेछ अब काठमाडौं । यो बृहत भेलाको उपस्थितले मैले काठमाडौैं तातेको महसुस गरें । र, अब हामीले केपी ओलीलाई कमरेड भन्न छाडेका छौं। ओली अब तानशाही, प्रतिगमनकारी हो र स्वैच्छाचारी मात्रै हो । ओलीले गणतन्त्रमाथि धावा बोले । दुःख गरेर ल्याएको संविधानमाथि धावा बोले । यसर्थ, उनी अब कमरेड रहेनन् ।

काठमाडौं कहिले पनि निरंकुश तन्त्र, एकात्मक राज्य र राजतन्त्रको शासनमा बहकिएको मलाई थाहा छैन । यो काठमाडौंको अर्को स्वभाव हो । प्रगतिशील र लोकतन्त्रवादी हुन् काठमाडौंबासी ।

नेपाली जनताको त्याग र वलिदानले बनाएको संघीय गणतन्त्रमाथि निर्मम प्रहार भएको छ। र, अब तानाशाही केपी ओलीविरुद्धको आन्दोलन निर्णायक ठाउँमा पुग्न धेरै बेर पनि लाग्दैन । शक्तिको दुरुपयोग गर्नेले कुर्सीबाट झर्नैपर्छ। आज ओली देशभर भ्रम सिर्जना गरेर हिँडेका छन्। र, त्यसविरुद्ध हामी एक पटक फेरि सडकमा गएर धक्का दिनुपर्नेछ। उनको प्रतिगमनको कदमविरुद्व फेरि शसक्त भएर आन्दोलनलाई हामी निर्णायक ठाउँमा पु¥याउनेछौं ।

काठमाडौं कहिले पनि निरंकुश तन्त्र, एकात्मक राज्य र राजतन्त्रको शासनमा बहकिएको मलाई थाहा छैन । यो काठमाडौंको अर्को स्वभाव हो । प्रगतिशील र लोकतन्त्रवादी हुन् काठमाडौंबासी । तर गणतन्त्रलाई बलियो बनाउन हामीले अझै सक्रियतापूर्वक लाग्नुपर्छ, अझै मेहेनत गर्नुपर्छ । किनभने क्रान्ति भनेको निरन्तर सुधारको कुरा पनि हो । समाजवादमा पुगेर वर्गविहिन समाज बनाउने उद्येश्यले करमेड पुष्पलालले राष्ट्र, राष्ट्रियता र जनजिविकाका पक्षमा लड्नुभो ।

जनताको लागि निरन्तर लाग्नुभयो । त्यही मान्यताबाट प्रेरित भएर नै काठमाडौंबासीहरू पनि यो आन्दोलनमा लाग्नुभएको हुनाले पनि काठमाडौंबासी अब चुप लागेर बस्ने छैनन्। ओलीको कदमविरुद्वको यो आन्दोलन अब निर्णयक बिन्दूमा नपुगेसम्म काठमाडौं सेलाउनेछैन । विभिन्न भेलाहरूमा पुग्दा धेरै प्रश्नहरू पनि आएका छन्। सबै प्रश्न र जिज्ञासा यो आन्दोलन निर्णायक हुँदा मेटिनेछन् ।

५ जनाबाट स्थापना गरेको कम्युनिष्ट पार्टी विशाल पार्टी भइरहँदा आज कम्युनिष्ट पार्टीको नेतृत्वमा मुलुकको नेतृत्व हुनुपछ, त्यसकै पहलमा सुसाशन स्थापना गर्नुपर्छ, भ्रष्टाचार अन्त्य गर्नुपर्छ र त्यो कम्युनिष्ट पार्टीले मात्र गर्छ भनेर लागिरहँदा कम्युनिष्ट पार्टीभित्रैबाट तानाशाह जन्मनु हाम्रो दुर्भाग्य हो । यसले कम्युनिष्ट पार्टीमा केही धक्का लागेको छ । तर हामी समाजवादको बाटोमा अघि बढ्नुको विकल्प छैन । एकजुट भएर अघि बढ्नुपर्छ। तर आत्तिनुपर्ने जरुरी छैन । फेरि पनि हामी बहुमतमा छौं ।

आफूसँग १०० जना पनि सदस्य नपुगेपछि कमरेड ओलीलाई लाज भएछ र आयोजक कमिटी गठन गरेर टोलटोलबाट केन्द्रीय सदस्य थपिरहेका छन्। त्यसको कुनै औचित्य छ? एउटा केन्द्रीय सदस्य बन्न कति मेहनत गर्नुपर्छ कम्युनिष्ट पार्टीमा ?

आफूसँग १०० जना पनि सदस्य नपुगेपछि कमरेड ओलीलाई लाज भएछ र आयोजक कमिटी गठन गरेर टोलटोलबाट केन्द्रीय सदस्य थपिरहेका छन्। त्यसको कुनै औचित्य छ? एउटा केन्द्रीय सदस्य बन्न कति मेहनत गर्नुपर्छ कम्युनिष्ट पार्टीमा ? त्यसका लागि पार्टीमा कति भूमिका खेल्नुपर्छ ? सबैलाई लोभलाच देखाएर केन्द्रीय सदस्य बनाएर के गर्न खोजेको? यसरी कम्युनिष्ट आन्दोलन सिध्याउने तहमा पुगेका छन् खड्गप्रसाद ओली । म २०२८ सालमा कम्युनिष्ट आन्दोलनमा लागें। पुर्वको झापाबाट म अलिअलि प्रभावित भएर कम्युनिष्ट पार्टीमा लागें । मोहनचन्द्र देखि राधाकृष्ण, सिपी र कमरेड ओलीबाटै हामी त्यतिखेर प्रभावित भएका थियौं ।

र, दुई ठूला कम्युनिष्ट पार्टी एकिकृत भएपछि अब कम्युनिष्ट आन्दोलन शसक्त हुने भो भन्ने लाग्याथ्यो। तर हामी भ्रममा रहेछौं । ओली त आखिर कम्युनिष्ट विचार विरोधी रहेछन् । उनीमा एकरत्ती पनि कम्युनिष्ट आचरण छैन । हिजोका कमजोरी सच्याएर ओलीले राम्रो काम गर्लान् भन्नेठानेका थियौं तर ओलीभित्र गद्धार, तानाशाह, धोकेबाज जन्मिदैं रहेछ ।

अहिले हामी झनै प्रष्ट हुँदैछौं विचार, सिद्धान्त, आचरण र अनुशासन किन महत्वपूर्ण हुँदोरहेछ भनेर। ओलीकाण्डबाट हामीले अझै पाठ सिक्नुपर्छ । कामको मूल्यांकन गर्ने परिपार्टी हामीले अब निर्माण गर्नैपर्छ । त्यो परिपाटी स्थपित गरेर अघि बढ्नुपर्छ । मेरो मान्छे र फलाना मान्छे भन्ने प्रवृत्ति अब अन्त्य गर्नैपर्छ । र, सबैभन्दा प्रमुख कुरा, यो निरंकुश शासक ओली तानाशाहले घुँडा टेक्नैपर्छ ।

(वाग्मती प्रदेश इन्जार्च अष्टलक्ष्मी शाक्यले काठमाडौं जिल्लाको वृहत भेलामा राख्नुभएको मन्तव्य)

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
अष्टलक्ष्मी शाक्य

अष्टलक्ष्मी शाक्य

Connect with us

Recommended

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago
नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

5 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.