Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पूँजीवादले विश्वलाई समृद्ध बनायो त ? [भाग-२]

के अब पूँजीवादको भविष्य छ? यदि हामीसँग वैकल्पिक मोडल हुन्थ्यो भने सिधै भन्न सकिन्थ्यो कि यसको भविष्य छैन। हामीसँग पूँजीवादभित्रै ठाउँ खोज्ने उपाय भने छ। पूँजीवादको कुनै एउटै मोडल छैन। पूँजीवादका ब्रिटिस–अमेरिकन, जापानी मोडल लगायत छन्।

मणिकान्त सिंह मणिकान्त सिंह
चैत्र ३०, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पूँजीवादका तीन चरण–वाणिज्य, औद्योगिक र वित्तियकरणमध्ये अघिल्ला दुईका विषयमा चर्चा भइसकेको छ। अब हामी वित्तियकरणबारे चर्चा गर्दैछौँ। वित्तियकरणमा वित्तबाट वित्त कमाइन्छ। पूँजीवाद वाणिज्य चरणबाट औद्योगिक चरणमा आइपुग्ने क्रममा उत्पादन र उपभोक्ताबीचको प्रत्यक्ष सम्बन्ध टुटेको थियो। पहिले उपभोग गर्नको लागि मात्रै उत्पादन गरिन्थ्यो। तर औद्योगिक चरणमा भने उपभोगको अपेक्षा गर्दै वस्तुको उत्पादन गरिन्छ।

    अब वित्तियकरणमा रिअल इकोनोमी अर्थात् उत्पादन वा सेवासँग सम्बन्धित अर्थतन्त्र र वित्त अलग–अलग हुन्छ। वाणिज्य चरणमा कृषि उत्पादन वा औद्योगिक उत्पादन र पैसाको प्रत्यक्ष सम्बन्ध हुन्थ्यो। यस चरणमा ‘रियल इकोनमी’को क्षेत्र सानो र वित्तीय क्षेत्र ठूलो हुन थाल्यो। आजको वैश्विक युगको नव उदारवादलाई हेर्ने हो भने रिअल इकोनोमी र वित्तबीचको खाडल झनै बढेको छ।

    वित्तियकरण किन आयो ?

    विश्व अर्थतन्त्रमा वित्तियकरण आउनुको पहिलो कारण–पूँजीको संचय हो। सन् १८७० को दशकपछि दोस्रो औद्योगिक क्रान्ति भएसँगै नयाँ–नयाँ प्रविधिको विकास हुन थाल्यो। सबैभन्दा पहिले वाष्प इन्जिन थियो, त्यसपछि इन्टरनल कम्बसन इन्जिन हुँदै मोटर इन्जिनको पनि विकास भयो।

    औद्योगिक क्रान्तिका कारण पूँजीको संचय भयो। पूँजी एउटा यस्तो चीज हो, जसले जहिले पनि धेरै मुनाफा कमाउन चाहन्छ। पूँजीवादले ‘कमाई प्रशस्त भयो, अब शान्त हुनुपर्छ’ कहिल्यै पनि भन्दैन। पूँजीवाद ‘मुनाफा, मुनाफा र धेरै भन्दा धेरै मुनाफा’ चाहन्छ। यसरी पूँजीको संचय भएपछि उसले त्यही पैसाबाट पैसा कमाउने उपाय खोज्न थाल्यो। यही कारण वित्तियकरण सुरु भयो।

    अर्को कारण हो : कामदारमा चेतना आउनु। पहिले मालिकहरूले कामदारको तलब काटेर आफ्नो नाफा बढाउँथे। समय क्रममा मार्क्सवाद र समाजवाद आयो। यसले गर्दा मजदुरहरूमा आफ्ना हकहितका बारेमा चेतना छायो र उनीहरूले अधिकारप्राप्तिका लागि ट्रेड युनियनहरू बनाउन थाले। यस्तो स्थितिमा पूँजीपतिहरूले कामदारसँग द्वन्द्व गर्नुको सट्टा वित्तबाटै वित्त कमाउनेबारे सोच्न थाले।

    तेस्रो कुरा, सुरुमा बेलायतको एकल औद्योगिकिकीकरण थियो। पछि उसका प्रतिद्धन्द्धीका रूपमा अमेरिका, जर्मनी र जापानलगायतका खडा भए। प्रतिस्पर्धा बढेपछि मुनाफा कम हुने स्थिति भयो र पूँजीपतिहरूको ध्यान उत्पादनबाट वित्तियकरणतर्फ गयो। रिअल इकोनमी र वित्तबीच भिन्नता हुनु वित्तियकरणको दुःखद परिणाम हो। यस भिन्नताले विश्व अर्थतन्त्रलाई बारम्बार गिराउने काम गर्छ। रिअल इकोनमीअनुसारकै वित्त हुनुपर्थ्यो, तर त्यसो भइरहेको छैन।

    साम्राज्यवाद

    उग्र रूपमा आएको मार्क्सवादले युरोपका कामदारको चेतना बढायो। यसले उद्योगी तथा पूँजीपतिहरूमा भने समस्या थप्यो। औद्योगिक क्रान्ति दोस्रो चरणमा पुगिसकेकाले खनिज पदार्थ पनि आवश्यक भयो। यसका लागि उनीहरूले आफ्नो उपनिवेशलाई थप फैलाउन थाले। उपनिवेश लादेर खनिज पदार्थहरू लिनका लागि युरोपियन शक्तिले विश्वका अनेकौँ ठाउँमा साम्राज्यवाद फैलायो। उपनिवेशहरूमा लगानी गर्दा ज्यादा मुनाफा हुन थाल्यो। त्यहाँ श्रम पनि सस्तो हुने गर्थ्यो।

    विश्वलाई समृद्ध बनाउने दाबी गर्छ पूँजीवाद। तर इतिहासमा यो धेरै अवसरवादी सिद्ध भयो। अवसरवादी यस अर्थमा कि उसले आफ्नो हितका लागि ‘भगवान’को पूजा गर्‍यो र आफ्नो हितको कुरा आउँदा उ ‘भुत’को पूजा गर्न पनि पछि परेन। जस्तैः अमेरिकाले लिबरल प्रेसिडेन्ट पैदा गर्छ। अर्कोतर्फ डोनाल्ड ट्रम्पजस्ता राष्ट्रपति पनि पैदा गर्छ। यसको मतलव पूँजीवाद मुनाफाका लागि जस्तोसुकै कदम चाल्न पनि तयार छ। अब यहाँ प्रश्न उठ्छ, के पूँजीवादले विश्वलाई क्षतिग्रस्तमात्रै बनायो त? हामीले कुनैपनि कुरालाई एउटै मात्र आयामबाट हेर्नुहुँदैन। पूँजीवादले विश्वलाई धेरै दियो र धेरै लियो पनि।

    त्यसोमात्रै होइन, यसले विश्वलाई धेरै कुरा दियो पनि। पूँजीवादको उपलब्धिहरूः

    व्यापक स्तरमा उत्पादन – पूँजीवादले विश्वलार्ई सियोदेखि मोेटरकारसम्मका सामग्रीहरू दियो। यसले गर्दा मानिसको जीवनशैलीको स्तर बढ्यो। जीवन पहिलेभन्दा धेरै सहज भयो।

    जीवनस्तरमा सुधार–जब उत्पादन बढ्यो, जीवनस्तर स्वभाविक रुपमा सुधारियो।

    रोगको रोकथाम र आयु वृद्धि– पूर्व औद्योगिक युगमा मानिसहरूको छोटो उमेरमै मृत्यु हुन्थ्यो। साधारण रोगका कारण पनि मानिसको ज्यानै जाने गर्थ्यो। जन्म दिने क्रममा धेरै महिलाहरूको मृत्यु हुन्थ्यो, पोषणको कमीका कारण शिशु तथा बालबालिकाहरूको मृत्यु हुन्थ्यो। पूँजीवादले औषधिको उत्पादन गर्‍यो र धेरै हदसम्म मान्छेको स्वास्थ्यको रक्षा गर्‍यो।

    वैश्विक व्यवस्थाको स्थापना– आधुनिक यातायात एवं सञ्चारको व्यवस्थाका कारण अहिले पूरै विश्व साँघुरो भएको छ। यस्तो वैश्विक चरण १९ औँ शताब्दीमा सुरु भएको हो।

    पूँजीवादको परिणामः विश्वयुद्ध

    मुनाफाका लागि विभिन्न राष्ट्रबीच प्रतिस्पर्धा हुन थाले। जसका कारण विश्वयुद्धहरू जन्मिए। मैले पूँजीवादले नै विश्वयुद्ध जन्माएको कुरा गरेको होइन। विश्वयुद्धका लागि पूँजीवाद मात्रै एकल कारण होइन। तर कम्तिमा एउटा कारण युरोपियन पूँजीवाद हो। किनभने युरोपियन पूँजीवादले साम्राज्यवाद निम्त्यायो।

    कुनै बेला बेलायत विश्वको सबैभन्दा ठूलो औद्योगिक शक्ति थियो। तर सन् १८७० को दशकसम्म जर्मनी औद्योगिक शक्तिको रुपमा उदायो। दोस्रो शक्ति अमेरिका भएको थियो। त्यसबेला विश्वको सबै साम्राज्य बेलायतसँग थियो। बेलायतको नारा नै थियो, ‘हाम्रो साम्राज्यमा सुर्यास्त हुँदैन।’

    यसैमा जर्मनीले काउन्टर नारा दिएको थियो, ‘हामीलाई सुर्य हेर्ने जमिन देऊ।’ बेलायत र जर्मनीबीचको यो प्रतिस्पर्धा पहिलो विश्वयुद्धअघि घटेको थियो। पहिलो विश्वयुद्धमा केही प्रश्न अनुत्तरित रहेका थिए, तिनलाई दोस्रो विश्वयुद्धमार्फत जवाफ दिने प्रयास गरियो। यसंैवीच सन् १९२९/३० को आर्थिक मन्दीले विश्वयुद्धलाई जन्म दियो। पूँजीवादी प्रणालीमा यसप्रकारको मन्दी आउनु सामान्य कुरा थियो।

    अल्पउपभोगको अवस्था

    पूँजीवादको एउटा पाटो पूँजी हो भने दोस्रो श्रम हो। पूँजीले श्रमको मूल्यमा मुनाफा लिन्छ। त्यसका लागि श्रमलाई कम मूल्य दिनुपर्ने हुन्छ। अर्थात् श्रमिकलाई कम तलव दिनुपर्ने हुन्छ। श्रमिक कामदार मात्रै होइन, श्रमिक पूँजीवादको बजार पनि हो। यदि श्रमिकलाई उसको उचित मूल्य नदिने हो भने पूँजीपतिको बजार पनि सुक्छ, जसका कारण मन्दीको सामना गर्नुपर्छ।

    मार्क्सवाद र समाजवादी दर्शनका कारण मजदुरमा चेतना बढ्दै गएका बेला अमेरिकन उद्योगपति हेनरी फोर्डले श्रमिकलाई चुनौती दिँदै रोबोटको प्रयोग गर्नेबारे बताए। उनले ट्रेड युनियनका नेतालाई सोधे, ‘अब तिमीहरूको काम यो रोबोटले गर्छ। अब तिमीहरू कोबाट युनियनका लागि चन्दा लिन्छौँ? यसै रोबोटबाट? त्यसपछि युनियनका नेताले उनलाई प्रतिप्रश्न गरे, ‘त्यसो भए तपाईं आफ्नो कार कसलाई बेच्नुहुन्छ ? यसै रोबोटलाई?’

    यसर्थ, जब पूँजीपतिले श्रमिकलाई शोषण गर्छ र उसको तलब कट्टा गर्छ भने उसको बजार खुम्चिनु पनि स्वभाविक हो। किनभने उद्योगहरूका उत्पादन खरिद गरेर उपभोग गर्ने तिनै श्रमिकहरू हुन्। जब पूँजीपतिले श्रमिकको तलब काट्छ, उत्पादनको खरिद पनि कम हुन्छ र अतिरिक्त उत्पादनको समस्या आउँछ। यस्तो अवस्थालाई ‘अन्डर कन्जम्प्सन्’ अर्थात् अल्पउपभोग भनिन्छ। यसरी पूँजीवाद आफैँले उत्पादन गरेको अन्डरकन्जम्प्सन् उसैका लागि गलपासो बन्छ।

    सेयर मार्केट तथा बैंकिङ सिस्टमको माध्यमबाट पनि अन्डरकन्जम्प्सन्’ हुन्छ। सेयर मार्केट तथा बैंकिङ सिस्टमका कारण पैसा चलायमान बढ्छ। यसका कारण बजारमा माग बढी सिर्जना हुन्छ वा मुद्रास्फितिको प्रेसर आउँछ। वस्तुको मूल्य बढ्छ, मानिसहरूको खरिद गर्ने क्षमता हुँदैन र बजारमा मन्दी आउँछ।

    क्लासिकल अर्थशास्त्रको अवसान

    पूँजीवादको अर्को पनि नराम्रो पक्षको चर्चा गरौँ। बजारमा जब अन्डरकन्जम्प्सन्‌को समस्या आउँछ, तब बैंकिङ सेक्टर तथा वित्तिय संस्थाहरू ऋण दिएर भए पनि उपभोक्ताको क्रय क्षमता बढाउने गर्छन्। त्यस्ता संस्थाले पूँजीपतिको बहकावमा ऋण दिन्छन्।

    १९२९/३० को आर्थिक मन्दीका समयमा धेरै अमेरिकीहरूले क्यापिटल सेयर मार्केटमा लागेका थिए। आम मानिसलाई सेयर मार्केटमा उक्साइयो। बैंक तथा वित्तिय संस्थाहरूले नै ऋण दिएर लगानी गर्न उक्साउँछन्। पछि भुक्तानका लागि दबाब दिइन्छ, भुक्तानका लागि सेयर खरिदकर्ताले मार्केटमा गएर सेयर बेच्न खोज्छ, परिणामतः सेयर मार्केट खस्कन्छ।

    १९२९/३० को आर्थिक मन्दीका अवस्थामा बजार वस्तुले भरिएको थियो, तर माग थिएन। यस अवस्थामा क्लासिकल (परम्परागत) अर्थशास्त्र असफल भयो। किनकि एडम स्मिथ र त्यसपछि आएका परम्परागत अर्थशास्त्रीहरूले बजार आफ्नो अनुशासनमा स्वयम् चल्छ भनेका थिए। तर पहिलोपटक मार्केट र्‌यासनल (स्वतः चल्ने, स्वयं समस्या व्यवस्थापन गर्ने)  हुन नसक्ने देखायो।

    मार्केटको अवस्था देखिएजस्तो अवस्था हुँदैन। जव यसरी मार्केटमा माग खस्कियो र एडम स्मिथ कठघरामा आए। यस्तो स्थितिमा दुनियाँका सामुन्ने अर्थशास्त्रका एक नयाँ मोडल लिएर आए, जोन मिनार्ड केन्स। यो नै केन्सियन अर्थशास्त्रको उद्भव हो।

    अर्थतन्त्रमा सरकारी हस्तक्षेप

    क्लासिकल अर्थशास्त्रले ‘हामी उत्पादनको मात्रै चिन्ता गरौँ, उत्पादनले आफैं माग सिर्जना गर्छ, उत्पादन भयो भने मानिसले रोजगार पाउँछन् र क्रय क्षमता बढ्छ र यदि वस्तु खरिद भयो भने बजारमा माग आफैं बढ्छ’ भनेको थियो। आम्दानी र खर्चबीचको सन्तुलनमा माग हुने गर्छ, तर जुन आम्दानी तपाइँ आफ्नो घरमा बचाएर राख्नुहुन्छ, वा बैंकमा राख्नुहुन्छ त्यसले स्वतः मागको सिर्जना गर्दैन। यस्तो अवस्थामा सरकार अघि सर्नुपर्ने हुन्छ।

    आर्थिक मन्दीका समयमा जब बेरोजगारी बढ्यो, आर्थिक उत्पादनको प्रयोग भइरहेको थिएन, बजारमा माग कम भयो, फ्याक्ट्री बन्द हुनथाले। नियो क्लासिकल अर्थशास्त्रीहरू यस्तो समस्या समाधानका लागि सरकारले कर घटाउने, खर्च घटाउने र कामदारको तलव कम गरिदिने उपाय बताउँथे।

    कतिपय अर्थशास्त्रीले माग बढाउनका लागि बैंकहरूलाई सस्तोमा ऋण दिन लगाउने उपाय पनि सुझाएका थिए। तर केन्स यसमा असहमत थिए। यदि अभावको समयमा मानिसहरूलाई सस्तोमा ऋण दिने हो भने उनीहरूले त्यसलाई बचाएर राख्ने र बजारमा माग सिर्जना नहुने उनको तर्क थियो। यस्तो अवस्थामा उनले सरकार अगाडि बढ्नुपर्ने कुरा राखे। उनले सरकारले लगानी गरेर बजारलाई माथि उठाउन सकिने सुझाव दिए, जसलाई उनले नाम दिएका छन्–एनिमल स्पिरिट।

    यसका लागि सरकारले राजकोषीय नीति ल्याउनुपर्ने उनको अवधारणा थियो। उनका अनुसार बजारमा माग कम भएको अवस्थामा सरकारले दुईवटा उपकरणको प्रयोग गर्न सक्छ– १) कर घटाउने र २) सरकारबाट लगानी गर्ने।

    सरकारले विभिन्न किसिमका निर्माणमा राजकोषीय नीतिमार्फत लगानी गरे जनताले रोजगार पाउने, त्यसपछि माग बढ्ने र अर्थतन्त्र माथि उठ्ने केन्सियन अवधारणा थियो। यसो गर्दा अर्थतन्त्र माथि उठ्छ र अर्थतन्त्रमा इन्फ्लेसनरी (मुद्रास्फितिको) प्रेसर पर्न थाल्छ। अर्थतन्त्रमा कहिल्यैपनि मन्दी र मुद्रास्फिति एकैपटक आउन सक्दैन। मुद्रास्फिति बढ्नेबित्तिकै खर्च कटौति गर्न र कर बढाउन सकिन्थ्यो। यसो गर्दा बजारले अतिरिक्त पैसालाई तान्छ र माग कम हुन्छ। यसो गर्दा सरकारले व्यहोरेको बजेट घाटा करबाट पूर्ति हुने कुरा बताइयो।

    तर ती उपकरण अपनाउन खासगरी फ्रेड्रिक ए हायक सहमत हुन सकेनन्। ती हायकलाई नै नवउदारवादी आर्थिक नीतिका जनकका रुपमा चिनिन्छ, उनी सहमत हुन सकेनन्। उनले यी उपकरण प्रयोऊ गरेर आर्थिक मन्दीबाट बच्नु भनेको बच्चालाई माथि उफार्ने र हातले समात्ने खेल जस्तै भएको तर्क गरे। यदि एकपटक बच्चा समात्न छुट्यो भने बच्चा जमिनमा खस्छ। मुद्रास्फिति पैदा गरेर अर्थतन्त्रलाई उकास्ने कुरा गर्न गलत तरिका भएको उनको भनाइ थियो।

    पूँजीवादको नयाँ संस्करण

    केन्सियन अर्थशास्त्रलाई राजनीतिक पाटोबाट पनि हेर्न सकिन्छ। क्लासिकल अर्थशास्त्रले सानो राज्यको कुरा गर्‍थ्यो, मध्यम वर्गले पनि सानो राज्यलाई सधैं साथ दियो। तर केन्सियन अर्थशास्त्रले माग व्यवस्थापन गर्नका लागि एउटा शब्द ल्यायो– माग प्रबर्द्धन। माग व्यवस्थापन गर्नुपर्ने हुँदा सरकार पनि शक्तिशाली बन्नुपर्ने भयो, जस्तैः रुजवेल्टको सरकार र जर्मनीमा हिटलरको सरकार।

    हिटलरले कहिले पनि केन्सलाई भेटेका थिएनन्, तर हिटलरले केन्सियन अर्थशास्त्रको उपयोग गरेर जर्मनीको अर्थतन्त्रलाई बचाए । उनकै उपायबाट पूरै युरोपमा मन्दीसँग लड्नमा सबैभन्दा सफल जर्मनी बन्न पुग्यो। भक्सवागन गाडी हिटलरकै समयमा विकास भएको थियो। उनी आफैँले लगानी गरेर अटोमोबाइल उत्पादन सुरु गरेका थिए। यसरी उनले मन्दीको चरणलाई तोडे र अन्जानमै केन्सको सिद्धान्तलाई अपनाउन पुगे।

    त्यस समय रुसी क्रान्ति भइसकेको थियो, रुसले विश्वका कामदारहरूलाई एकिकरण गरिरहेको थियो, मजदुर त्यसतर्फ आकर्षित भइरहेका थिए। साथै अब सरकारले पनि खर्च गर्न थालेको थियो र मजदुरलाई सुविधा दिइरहेको थियो। मजदुरलाई सुरक्षा मिलिरहेको थियो र उनीहरू पनि सन्तुष्ट थिए। यहाँ, पूँजीपति वर्गलाई पर्चेजिङ पावर चाहिएको छ, सरकारलाई स्थायित्व र मजदुरलाई रोटी। केन्सियन अर्थशास्त्रले यी सबै एकैसाथ दिइरहेको थियो।

    यता राज्यबाट माग प्रबद्र्धन सुरु भएसँगै ठूलो र शक्तिशाली राज्यको परिकल्पना भयो। तर स्वभाविक रुपमा मध्यम वर्गले शक्तिशाली राज्यलाई मनपराउँदैन थिए। शायद यही कारण हुनसक्छ, मध्यम वर्गले विस्तारै विस्तारै आर्थिक स्वतन्त्रताको सन्दर्भमा सोच्न सुरु गर्‍यो। दोस्रो विश्वयुद्धपछि आइएफएम, वर्ल्ड बैंक र ग्याटजस्ता संस्थाको स्थापना हुनु भनेको केन्सकै ‘ब्रेन चाइल्ड’ हो। इन्टरनेसनल गर्भनेन्सलाई स्थापना गर्ने दुई प्रमुख अर्थशास्त्री थिएः केन्स र ह्यारी डेक्स्टर वाइट। यी दुईमध्ये केन्सकै भूमिका प्रमुख थियो।

    दोस्रो विश्वयुद्धपछि दुनियाँमा उपनिवेशहरू स्वतन्त्र भए, उता सोभियत रुस शक्तिशाली भएर आयो र कोल्ड वार सुरु भयो। पूँजीवादी दुनियाँमा भर्खरै आत्मनिर्भर बन्न थालेका एशियाली/अफ्रिकी देशहरू समाजवादी मोडलतर्फ जान्छन् भन्ने डर छाएको थियो। त्यस समय पूँजीवादी अर्थतन्त्रलाई समाजवादी मोडलको भूतले सताइरहेको थियो। त्यही डरबाट बच्नका लागि पनि यिनले आइएफएम, वर्ल्ड बैंक र ग्याट संस्थाहरूको स्थापना गरे। र, पूँजीवादले पूरै विश्व अर्थतन्त्रमा आफ्नो अप्रत्यक्ष पकड स्थापित गर्‍यो।

    शितयुद्ध पछाडि एकमात्र विषय थिएन, तर एक महत्वपूर्ण विषय पूँजीवादी अर्थतन्त्रलाई बचाउनु थियो। किनभने सोभियत रुसको समाजवादी अर्थतन्त्रको मोडलले पूँजीवादी विश्वका लागि डर पैदा गरिरहेको थियो। तेस्रो विश्वका अधिकांश देशले पनि पूँजीवादी अर्थतन्त्रलाई अपनाएका थिए, जवाहरलाल नेहरुले समेत मिश्रित अर्थतन्त्रको कुरा गर्दथे। भारतले पनि समग्रमा पूँजीवादी अर्थतन्त्रलाई नै अपनायो। चीन, भियतनाम र क्युवा भने समाजवादी अर्थतन्त्रको रुपमा उदाए।

    तेल संकट र केन्सको असफलता

    सन् १९७० को दशकको तेल संकट पूँजीवादका लागि धेरै ठूलो संकट बनेर आयो। त्यही समयदेखि विश्व अर्थतन्त्रको दिशा बदलियो। तेल संकट १९७३ र १९७९ मा गरी दुई पटक भयो। पहिलो संकटमा तेलको मूल्य ४ गुणा बढेको थियो भने दोस्रोमा ६ गुणा बढेको थियो। १९७३ मा ओपेक(अरब पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन) सदस्यहरूले पश्चिम देशहरूविरुद्ध तेल प्रतिबन्ध (आयल इम्बार्गो) लगाएका थिए। अमेरिकाले इजरायललाई साथ दिइरहेको अरब देशहरूको ठम्याइ थियो।

    उनीहरूले पूरै दुनियाँमा केही समयका लागि तेल निर्यातलाई रोक लगाइदिए। र, पछि मूल्य बढाइदिए। हेर्दाहेर्दै पेट्रोलियम पदार्थ ‘ब्ल्याक डाइमण्ड’ जस्तो हुन थाल्यो। यसै संकटले केन्सियन अर्थतन्त्रलाई असफल सावित बनाइदियो। तेल संकटसँगै मूल्य पनि बढ्यो। अब तेलको भण्डार रहेका अरबी देशहरूमा विश्वभरको अधिक पैसा जम्मा हुन थाल्यो। मानौँ, कुनै गरिब व्यक्तिले एकैपटक धेरै पैसा पायो भने उसले त्यो पैसा के गर्छ ? पक्कैपनि उसलाई त्यो पैसा खर्च गर्न लोभ लाग्छ र बचाएर राख्न खोज्छ। अरबीहरूले पनि त्यो पैसा बचाएर राखे।

    तेलको मूल्य बढेका कारण बाँकी देशमा बजेटको स्थिति बिग्रिन थालेको थियो, उनीहरूको क्रय शक्ति घट्दो थियो। यहाँ यस्तो स्थिति बन्यो कि एकातर्फ चाहेको कुरा किन्न सक्ने अवस्था थिएन भने अर्कोतिर खर्च गर्न सक्नेले खर्च नगरेको अवस्था थियो। पूरै दुनियाँमा माग खस्क्यो। माग खस्किएपछि मूल्य पनि गिरावट आउनुपर्थ्यो। तर त्यसो भएन। पेट्रोलियम पदार्थ महङगो भएपछि कुनै पनि उत्पादनको लागत बढ्छ। उत्पादन लागत बढेपछि उत्पादन महङगो हुने नै भयो। त्यसैले मागमा गिरावट आए अनुसार मूल्यमा गिरावट आउन सकेन। यसरी विश्वमा एउटा नयाँ आर्थिक समस्यालाई पहिलोपटक झेल्नुपर्ने स्थिति आयो।

    यहाँ केन्सको भनाइ ‘आर्थिक मन्दी र मुद्रास्फिति वा मूल्यवृद्धि एकैसाथ हुनसक्दैन’ असफल सावित भयो। तब दुई अर्थशास्त्री खडा भए, फ्रेडरिक ए हायक र मिल्टन फ्रेडम्यान। उनले पहिल्यै केन्सियन गलत दिशामा भएको बताइसकेका थिए। मध्यम वर्गीयहरू पनि ठूलो र शक्तिशाली राज्यसँग सन्तुष्ट थिएनन्। स्मरण रहोस्, मध्यम वर्गका मान्छे जहिले पनि व्यक्तिगत स्वतन्त्रतालाई लिएर चिन्तित हुन्छ। र यसैकारण त्यो वर्गले राजनैतिक नारा दियो- व्यक्तिको स्वतत्रता।

    किन्सको मोडल असफल भएपनि अब अर्थतन्त्रलाई खुल्ला बनाउने विषयमा आवाज उठ्न थाल्यो। फ्रेडरिक ए हायकले ‘अर्थशास्त्रलाई स्वतन्त्र छाड्ने र सरकारको भूमिकालाई कम गर्ने’ कुरा गरे। मिल्टनले सरकारले हस्तक्षेप बन्द गरेर सेन्ट्रल बैंकबाट मनी सप्लाइको माध्यमबाट नियन्त्रण गर्न सकिने विकल्प अघि सारे। यसमा सरकारले हस्तक्षेप गरिरहनु आवश्यक नरहेको बताइयो। यहीँबाट नवउदारवादी आर्थिक नीति सुरु भयो।

    वासिङ्गटन सहमति

    अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र आइरन लेडी भनेर चिनिने बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर मिलेर ‘रेगन–थ्याचर’ फर्मुला ल्याए। यस फर्मुलालाई विलियम्सन नामक अर्थशास्त्रीले ‘वासिंगटन सहमति’ को नाम दिए। यसले अर्थशास्त्रलाई खुल्ला रहन दिने कुरा गर्छ। सरकारी नियन्त्रणलाई टुक्रयाइदिने र क्लासिकल अर्थशास्त्रअनुसारै बजारलाई उसको आफ्नै नियममा छोडिदिने गरी सहमति भयो। यसको सिफारिस मिल्टन फिल्डम्यानले गरेका हुन्। यस सहमति अनुसार फेरि अर्थतन्त्रमा राज्यको भूमिका कम शक्तिशाली हुन गयो।

    अर्थतन्त्रको यसै प्रणालीलाई नवउदारवादी नीति भनियो। क्लासिकल अर्थशास्त्री एडम स्मिथसहित अन्यले ल्याएको अर्थव्यवस्थालाई उदारवादी अर्थतन्त्र भनिन्थ्यो, त्यही अर्थव्यवस्थालाई पुनर्जीवित गरिएकाले यसलाई नव उदारवादी अर्थशास्त्र भनिएको हो।

    अहिलेको वैश्विक अर्थशास्त्रमा डब्ल्यूटीओ, आइएमएफको नयाँ भूमिका, सूचना प्रविधिको भूमिका र सोभियत मोडलको विभाजन लगायतको पनि भूमिका छ। सन् १९९१ मा सोभियत संघ विघटन भएपछि पूँजीवादमा आत्मविश्वास आयो। गरीब मानिसको सुरक्षाको विषयलाई फिर्ता लिइयो र समाजकल्याणमाथिको खर्च कम गरियो। पूँजीवादले अब वृद्धिमा बल गर्नुपर्ने र वृद्धि भएपछि समृद्धि आफैं हुने दाबी गर्‍यो। नवउदारवादको नाममा गरिबीको सुरक्षालाई तोडियो।
    नव उदारवादी नीति पनि नयाँ संकटको शिकार भयो। प्राइम लोन संकट र युरोजोन संकटले यस नीतिलाई धक्का दिए।

    सब प्राइम लोन क्राइसिस्

    यो संकट सन् २००८ मा अमेरिकामा देखा परेको थियो। इन्भेस्टमेन्ट बैंकिङ कम्पनी लेहमान ब्रदर यसको शिकार भयो। पूँजीवादमा वित्तिय क्षेत्र ठूलो र उत्पादन क्षेत्र सानो हुँदै गएको थियो। वित्तिय क्षेत्रमा उतारचढाव आउनु निश्चित नै थियो। अमेरिकामा बिल क्लिन्टनको समयमा सबै अमेरिकीलाई आवासको सुविधा दिइयो। अर्थतन्त्र खस्कँदो अवस्थामा रहेका बेला आवासमा लगानी गर्ने योजना बन्यो। त्यसका लागि मानिसहरूलाई आवासका लागि ऋण दिने व्यवस्था गरियो।

    ऋण लिएर तिर्न सक्ने वर्गलाई दिइने ऋण प्राइम लोन थियो भने तिर्न नसक्ने अवस्थाका मानिसलाई दिइने ऋणलाई सब प्राइम लोन भनियो। पछि, सब प्राइम लोन लिनेहरूले ऋण तिर्न नसक्ने अवस्था भएपछि उनीहरू घर बेच्न तयार भए, जसको परिणाम स्वरुप घरहरूको मूल्यमा ठूलो गिरावट आयो।

    युरोजोन क्राइसिस

    यो संकट सन् २००९ मा सुरु भएको हो। युरोपियन देशहरूबीच मुद्रा एउटै बनाउने सहमति भयो। जसलाई मौद्रिक एकिकरण भनियो। उनीहरूले मौद्रिक एकिकरण त गरे, तर उनीहरूले फिस्कल युनिफिकेसन गरेनन्। अर्थात्, सबै देशका बजेट घाटा, श्रम नीति, अवकाशको उमेर, वित्तिय नियम आदि अलग–अलग हुन्छन्, सबैको नीति अलग भएका कारण वस्तुको उत्पादनको लागत पनि अलग हुन्छन्, तर मौद्रिक एकिकरण सँगसँगै यी सबै पाटोलाई समायोजन गरिएन। जसको अर्थतन्त्र सबैभन्दा बलियो हुन्छ, उसको उत्पादन लागत कम हुन्छ र उत्पादन सस्तो हुन्छ।

    युरोपका मुलुकहरूमध्ये जर्मनीको अर्थतन्त्र सबैभन्दा बलियो थियो। त्यसैले जर्मनीका उत्पादन दक्षिणी युरोपमा छाएको थियो। पछि यसलाई कम गर्नका लागि जर्मनीको उत्पादनमा कर लगाउने निर्णय गरियो। तर युरोजोनमा यसो गर्न छुट थिएन। त्यसपछि दक्षिणी युरोपियन देशको अर्थतन्त्र चौपट हुन थाल्यो, उत्पादकहरूले ऋण लिएर उत्पादन गरेका थिए, ऋण तिर्न सकेनन्, बैंकहरू असफल हुन थाले। तर यसबाट बेलायत भने बचेको थियो। किनकि उ युरोजोनमा थिएन र उसले मुद्राको एकिकरण पनि गरेको थिएन।

    यी दुई संकटले पूँजीवादलाई हल्लाइदिए। यस्तो संकट १९२९/३० मा पनि आएको हो, तर त्यस समय केन्सले अर्थतन्त्रलाई बचाएर राखे। विश्व युद्धका कारण पनि माग सिर्जना भएको थियो, अर्थतन्त्र बचाउनका लागि यो पनि एउटा कारण थियो। अहिलेको हाम्रो पूँजीवादी मोडल दिशाहिन छ। अहिले सबै देश आ–आफ्नै खालका प्रयोग गरिरहेका छन्।

    पूँजीवादका अन्य असर

    यसका अलावा पूँजीवादले हामीलाई अन्य धेरै संकट थोपरेको छ। तीमध्ये एक हो, आतंकवाद। भारतको नक्सल आन्दोलनलाई हेरौँ, यो आन्दोलन पश्चिम बंगालबाट सुरु भएको हो। सन् १९७० को दशकमा त्यहाँको कम्युनिष्ट सरकारले गरेको भूमि सुधारपछि यो आन्दोलन शान्त भएको थियो। आर्थिक स्वतन्त्रताको समयमा बहुउद्देशीय कम्पनीहरूले खनिज पदार्थको दोहन सुरु गरेपछि भारतमा नक्सन आन्दोलन सुरु भएको थियो।

    शितयुद्धलाई पनि पूँजीवादकै रिफ्लेक्सन मानिन्छ। यता अफगानिस्तानमा युद्ध जित्नका लागि अमेरिकाले जिहादी संगठनलाई भड्काएको कुरा सत्य सावित भएको छ। शित युद्धले विश्वभरमा हतियारको बजार फैलायो। चाहे अमेरिकन होस् वा रसियन यी दुवैको यसमा भूमिका छ।

    पूँजीवादको अर्को असर पर्यावरण संकट हो। हामीकहाँ देशको उत्पादन र आर्थिक वृद्धिको मापन जीडीपीबाट गरिन्छ। तर यो वातावरणको लागि सबैभन्दा ठूलो र घातक शत्रु हो। दोस्रो विश्वयुद्धको संकटको समयमा तत्कालिन आर्थिक वृद्धिको मापकका लागि ल्याइएको मोडल हो यो। यसमा सामाजिक र वातावरणीय पाटो जोडिएको छैन। यसबाट कुनैपनि देशको आर्थिक वृद्धिमात्रै हेर्न सकिन्छ, तर त्यो देशको सामाजिक अवस्था, वातावरण तथा पर्यावरण कस्तो छ भनेर यसबाट बुझ्न सकिँदैन।

    सन् १९९० को दशकमा यो अवधारणा बदल्ने कोशिस भएको हो, जसका लागि ग्रिन– जीडीपीको अवधारणा आयो। तरपनि आज पूरै विश्व ‘वृद्धि’ अर्थात् ग्रोथमा मात्रै ध्यान दिन्छ। सन् १९७० बाट पहिलोपटक वातावरणमा समस्या आएको कुरो पहिल्याइएको थियो, आज यस समस्या निराकरण हुनुको साटो बढ्दै गएको छ। मानव सभ्यताका लागि सबैभन्दा ठूलो खतरा वातावरणीय समस्या हो। आज हामीले कोभिडको मात्रै सामना गर्नुपरिरहेको छ, तर सम्भावित वातावरणीय चुनौतीले मानव अस्तित्वलाई ठूलो समस्यामा पार्न सक्छ।

    पूँजीवादले निम्त्याएको अर्को संकट शरणार्थी समस्या हो। सिरियाको युद्ध आधिनायकत्वको युद्ध हो। अफ्रिकन देशहरूको पनि दोहन भयो, त्यहाँका कति देशमा गृहयुद्ध भए। ती सबै देशमा शरणार्थीको समस्या छ। सिरियाबाट जहाजमा युरोप छिर्नेहरूमध्ये कति भूमध्य सागरमा डुबेर मरे। पूँजीवादले ‘समृद्धि सबैमा पुग्छ’ भनेर वचन दिएको थियो तर सबैकहाँ समृद्धि पुगेको छैन। कोही रोजगारीका लागि र कोही शरणार्थीका रूपमा आफ्नो ठाउँ छोडिरहेका छन्।

    पूँजीवादको अर्को रुप हो, दक्षिणपन्थी राष्ट्रवादको पुनरुत्थान। विश्वमा आर्थिक मन्दी आएपछि हिटलर र मुसोलिनीजस्ता दक्षिणपन्थी राष्ट्रवादीको जन्म भयो। आज पूरै दुनियाँमा ‘आधा हिटलर’ खडा भएका छन्।

    र, अन्त्यमा महामारी

    आजको वैश्विक युगमा मानिस र जनावरबीच करिब ६० प्रतिशत रोग साझा छन्। पूँजीवादले मुनाफाको उद्देश्यले जनावरलाई बिना परीक्षण एक ठाउँबाट अर्को ठाउँ लैजान्छ र बिक्रिवितरण गर्छ। जति बढी मानिस र जनावरबीचको सम्पर्क हुन्छ, एकको भाइरस दोस्रोमा जाने सम्भावना त्यति नै बढी हुन्छ। पूँजीवादले मुनाफा चाहन्छ र त्यसका लागि उसले हरेक प्रकारको सीमालाई तोडिदिन्छ।

    के अब पूँजीवादको भविष्य छ? यदि हामीसँग वैकल्पिक मोडल हुन्थ्यो भने सिधै भन्न सकिन्थ्यो कि यसको भविष्य छैन। हामीसँग पूँजीवादभित्रै ठाउँ खोज्ने उपाय भने छ। पूँजीवादको कुनै एउटै मोडल छैन। पूँजीवादका ब्रिटिस–अमेरिकन, जापानी मोडल लगायत छन्।

    हामीसँग कुनै विकल्प नभएकाले अब पूँजीवाद थोरै बदल्न जरुरी छ। मुनाफाका पछि मात्रै दौडिने प्रवृत्तिले हामीलाई समृद्धि दिन सक्दैन। हामी समृद्धि भएको देख्छौँ, जीवनशैलीको स्तर बढेको देख्छौँ र हामीसँग उपभोग्य वस्तुमाथिको पहुँच बढिरहेको पनि छ। तर पनि नयाँ पिढी बढी असुरक्षित र अशान्त भइरहेको छ। पूँजीवादी प्रतिस्पर्धाले अमानवीकरण बढेको छ। सफलता, मुनाफा र विजयजस्ता शब्दहरू सुन्दा धेरैलाई राम्रो लाग्छ। तर यिनैले समाजमा अमानवीयकरण बढाइरहेको छ।

    समाज विज्ञानमा कुनैपनि विषयमा कुनै एक व्यक्तिको कुरा सुनेर पूर्णतः विश्वास गरिँदैन। त्यसैले तपाईंको विकल्प के भन्ने कुराको निर्णय गर्ने जिम्मा तपाईंलाई नै छोड्दैछु। तपाईंको विकल्प गान्धीले भनेको जस्तो उत्पादन बढाउनुको सट्टा उपभोग कम गर्ने हुन सक्छ वा अन्य चिन्तक थोरो वा कार्ल मार्क्स वा सेन्ट साइमनले देखाएको बाटो अँगाल्नु हुन्छ। यो कुरा तपाईं आफैँ तय गर्न सक्नुहुन्छ।

    ‘द स्टडी–एन् इन्स्टिच्युट फर आइएस’ युट्युब च्यानलमा मणिकान्त सिंहको हिन्दी प्रवचनबाट नेपाल रिडर्सका लागि नेपाल रिडर्सका लागि मेनुका बस्नेतको अनुवाद। 

    यो पनि-

    पूँजीवादले विश्वलाई समृद्ध बनायो त? (भाग १) 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मणिकान्त सिंह

      मणिकान्त सिंह

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.