Wednesday, March 22, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » के वास्तवमै इतिहास दोहोरिन्छ ?

के वास्तवमै इतिहास दोहोरिन्छ ?

मार्क्सले यसै सन्दर्भमा ‘एइटिन्थ ब्रुमेर अफ लुइ बोनापार्ट’ शिर्षकमा किताब लेखेका छन्। त्यसमा उनले सो घटना कसरी भयो भनेर व्याख्या गरेका छन्। मार्क्स भन्छन्, ‘इतिहासले आफैँलाई दोहोर्‍याउँछ।

nepal_readers by nepal_readers
July 28, 2022
- विमर्शका लागि, समाचार
A A
1.4k
VIEWS
Share on FacebookShare on Twitter

‘इतिहासले आफैँलाई दोहोर्‍याउँछ, पहिले एक त्रासदीका रूपमा र दोस्रो पटक प्रहशनका रूपमा।’ यहाँ ‘प्रहशन’को अर्थ हो, नाटक। ‘इतिहास दोहोरिन्छ’ भन्ने खालका अभिव्यक्तिहरू तपाईंहरूले पनि बेलाबेला सुन्नु भएको या पढ्नु भएको होला। र, तपाईंले प्रसिद्ध चिन्तक हेगेलका बारेमा सुन्नुभएको छ। ती जर्मन दार्शनिक हेगेलले ‘दर्शनशास्त्रको इतिहास’ भन्ने किताब लेखेका छन्। त्यसमा उनले भनेका छन् कि ‘इतिहासमा कुनै पनि घटना दुई पटक घटित हुन्छ।’ व्यक्तित्व वा घटना इतिहासमा दोहोरिन सक्छ। यस कथनलाई कार्ल मार्क्सले विस्तारमा व्याख्या गरेका छन्। हामीलाई थाहा नै छ, मार्क्सले हेगेलबाट धेरै कुरा लिएका छन्। त्यसलाई परिस्कृत गरेर आफ्नो किसिमले व्याख्या गरेका छन्। मार्क्सले सन् १८५२ मा एक लेख लेखेका छन्, जतिखेर लुइ नेपोलियन बोनापार्ट तेस्रा, नेपोलियन बोनापार्टका भतिज थिए, जो बोनापार्टवादी दलका नेता थिए। उनले १८४८ मा अन्य गणतन्त्रहरूलाई समाप्त गरेर उनी फ्रान्स गणतन्त्रको राष्ट्रपति बनेका थिए।

यसअघि नेपोलियन बोनापार्टले गणतन्त्र समाप्त गरेका थिए। फ्रान्समा क्रान्ति भएपश्चात् त्यसलाई गणतन्त्र घोषणा गरिएको थियो। नेपोलियन बोनापार्ट पहिले मिलिटरी कमान्डरका रूपमा उदाएका थिए। आफूले कू गरेर पहिलेको गणतन्त्रलाई सिध्याएका थिए र सत्ता आफ्नो हातमा लिएका थिए। त्यसो गर्दा पनि उनले प्रजातन्त्रका नाममा अनेकौँ खालका नाटक गरे र आफ्नै शासनलाई स्पष्ट रुपमा राजतन्त्रमा बदले।

त्यसपछि १८४८ मा फ्रान्समा क्रान्ति भयो र गणतन्त्र पुनःस्थापित भयो। र, पुनस्थापित गणतन्त्रमा भएको पहिलो राष्ट्रपतिको चुनावमार्फत नेपोलियन बोनापार्टका भतिजा लुइ नेपोलियन बोनापार्ट त्यहाँका राष्ट्रपति बने। र, ४ बर्षभित्र उनले आफूलाई राष्ट्रपतिबाट सम्राट घोषणा गरे र गणतन्त्रलाई नेपोलियनले झैँ ध्वस्त पारे। मार्क्सले यसै सन्दर्भमा ‘एइटिन्थ ब्रुमेर अफ लुइ बोनापार्ट’ शिर्षकमा किताब लेखेका छन्। त्यसमा उनले सो घटना कसरी भयो भनेर व्याख्या गरेका छन्। मार्क्स भन्छन्, ‘इतिहासले आफैँलाई दोहोर्‍याउँछ। पहिला त्रासदीका रुपमा र त्यसपछि प्रहसनका रुपमा।’ नेपोलियनले यति चलाखीपूर्ण ढंगले फ्रान्स कब्जा गरे कि फ्रान्सेलीहरू अन्ततः ठगिए।

किनकि फ्रान्सेलीहरूलाई उतिखेर लागिरहेको थियो कि नेपोलियनले क्रान्तिको सेवा गरिरहेको छ। सर्वसाधारण जनताले उतिखेर थाहा नै पाएनन् कि क्रान्तिकै नाममा आफूलाई क्रान्तिको शिशु भन्ने व्यक्तिले नै क्रान्तिलाई नष्ट गर्‍यो। यो एक त्रासदी थियो। र, लामो समयपछि फेरि त्यही घटना दोहोरियो। त्यो घटना यसकारण पनि दोहोरियो कि जनताले त्यस्ता महत्वका र त्रासदपूर्ण घटनाबाट पाठ सिकेनन्। या केहीले जानीबुझी नै यसो हुन दिए किनकि जब फ्रान्समा गणतन्त्र स्थापना भयो, त्यो गणतन्त्र समाजवादतिर उन्मुख थियो। तर फ्रान्सका मध्यम वर्गलाई समाजवादतिर देश उन्मुख भएको कुरा पचेन र लुई तेस्रोलाई सत्ता कब्जा गर्ने काममा सहयोग गरे।

यो के हो त? यो आखिरमा एक प्रहशन हो। पहिलो घटनाबाट पाठ नसिकेपछि फेरि त्यही घटना नाटकका रुपमा प्रकट भएको हो।

यसै घटनालाई हेर्ने हो भने इतिहासले तपाईंलाई शक्ति या खुराक दिन्छ। त्यस शक्तिका कारण तपाईंले काम गर्न सक्नुहुनेछ। इतिहास दोहोरिएका यति धेरै उदाहरणहरू छन् कि तपाईंले खोज्नुभयो भने जति पनि पाउनुहुन्छ। रुसका शासक जार अलेक्जेण्डर प्रथमको पालामा नेपोलियनले चलाएको ‘मस्को अभियान’लाई नै हेरौँ न। उतिखेर पश्चिमी ब्रिटेन अविजित थियो। र, आफ्नो हालत कमजोर हुँदाहुँदै पनि फ्रान्स मस्को अभियानमा गयो। त्यस अभियानमा नेपोलियन नेतृत्वको फ्रान्सले ठूलो हार र नास बेहोर्‍यो। त्यहाँ फ्रेन्च सेना लगभग नष्ट भएको थियो। जब मस्कोबाट नेपोलियन फर्केर आए, त्यतिखेर ब्रिटेन पहिले नै सबै तयारी गरेर फ्रान्सको प्रतिक्षामा बसेको थियो। र, त्यही भुलको पुनरावृत्ति १३० वर्षपछि हिटलरले दोहोर्‍यायो, मस्को अभियानकै क्रममा।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

March 19, 2023
पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

March 18, 2023
किन आवश्यक छ बहुध्रुवीयता?

किन आवश्यक छ बहुध्रुवीयता?

March 5, 2023
यौन उत्पीडन र शक्ति सम्बन्ध

यौन उत्पीडन र शक्ति सम्बन्ध

March 1, 2023

हामीले १९२९–३० को आर्थिक संकटलाई पनि उदाहरणका रुपमा लिन सक्छौँ। त्यसपछि सन् २००७, ०८ र ०९ मा पनि विश्व आर्थिक मन्दी भयो। तर हामीले इतिहासबाट कुनै सवक वा शिक्षा लिन सकेको देखिएन। आम मान्छेको अलग कुरा, पूँजीपति वर्गले पनि त्यसबाट सबक लिन सकेन। त्यस्ता कैयौँ उदाहरणहरू दिन सकिन्छ। पहिलो र दोस्रो विश्वयुद्धको उदाहरणहरू पनि लिन सक्छौँ हामी। पुराना शासक र नयाँ शासकहरूका उदाहरण लिन सकिन्छ।

सन् २००९ मा लेखक सियाभोज जिजेकले ‘फस्ट एज् अ ट्रेजेडी, देन एज ए फार्स’ नामक पुस्तक नै लेखेका थिए। त्यो किताव २०२० तिर भारतमा निकै चर्चित भयो। त्यो पुस्तक आर्थिक संकटबारे लेखिएको थियो। भारतमा भने त्यो पुस्तक कोेरोना महामारीका कारणले चर्चित भएको थियो। भारतले इतिहासमा कैयौँ महामारी झेल्दै आएको छ। तर ती महामारीहरूबाट भारतमा शासकहरूले कुनै शिक्षा लिएनन्।

विश्वमा अनेकन घट्नाहरू घट्छन्। इतिहासका त्यस्ता अनेकौँ महामारी र दुर्घटनाहरूबाट मानव जातिले पाठ सिक्ने हो भने मानव जीवनलाई हामी अझै व्यवस्थित र समृद्ध बनाउन सक्छौँ। तर आम रूपमा मान्छेले इतिहासबाट सिक्न नसकेको देखिन्छ। पहिलो विश्वयुद्धपछि दुनियाँमा फासीवाद र दक्षिणपन्थ आएको थियो। र, आज फेरि पनि दुनियाँमा फासीवादी र दक्षिणपन्थी सरकारहरू सत्तामा छन्। तिनले चर्चा कमाइरहेका छन्।

हामीले इतिहासबाट कुनै पाठ नसिकेकै कारण आज पनि फासीवादीहरू सत्ता चलाउने हैसियतमा आइपुगेका छन्। यदि हामी सोच र समझ भएका व्यक्ति हौँ भने तपाईंहामीले इतिहास दोहोरिएको देख्न र इतिहासबाट पाठ सिक्न पर्ने थियो।

मणिकान्त सिंहको प्रवचन (द स्टडी एन् इन्स्टिच्युट फर आइएस)बाट साभार।

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

by झलक सुवेदी
March 19, 2023

मेरो पुस्ता वा म भन्दा १०/१५ वर्ष अगाडि वा पछाडिको पुस्ता खासगरी दुई कुरामा अल्मलिएको छ। एकथरी सत्ताको जोडघटाउ वा...

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

by डेभिड रोभिक्स
March 18, 2023

हाम्रा बालबालिकाहरूको बुद्धि भुट्ने पाठ्यसामग्रीहरु लेख्ने कल्पनाकारहरु छ्यासछ्यास्ति भएपनि 'हुने र नहुने','धनी र गरीब', 'शासक र शासित वर्ग' बीचको द्वन्द्वको...

किन आवश्यक छ बहुध्रुवीयता?

किन आवश्यक छ बहुध्रुवीयता?

by इमरान बुक्कुस
March 5, 2023

युक्रेन युद्ध सुरु भएको एक वर्ष भइसकेको छ। गत साल २४ फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २ लाख सैनिकलाई युक्रेन...

यौन उत्पीडन र शक्ति सम्बन्ध

यौन उत्पीडन र शक्ति सम्बन्ध

by नम्रता मिश्र
March 1, 2023

हाम्रो समाजमा यौन उत्पीडनका विषयमा अझैपनि साँघुरो बुझाई छ। जसले गर्दा पीडक सबै ठाउँमा निर्धक्क हुन्छ भने पीडित जीवनभर विभिन्न...

लघुवित्तः साहूकारको पूँजीवादी अवतार

लघुवित्तः साहूकारको पूँजीवादी अवतार

by आनन्द
February 28, 2023

पछिल्ला केही महिनामा आन्ध्र प्रदेशमा गरीबहरूले आत्महत्या गरेका धेरै घटनाहरू सार्वजनिक भएका छन्। आत्महत्या गर्ने अधिकांश व्यक्ति कुनै न कुनै...

के हिन्डेनबर्ग रिपोर्टले भारतीय कुलिनतन्त्रमा संकट ल्याएको हो ?

के हिन्डेनबर्ग रिपोर्टले भारतीय कुलिनतन्त्रमा संकट ल्याएको हो ?

by जयती घोष
February 22, 2023

प्रधानमन्त्री नरेन्द्र मोदीसँगको साँठगाँठका कारण भारतीय अर्बपति गौतम अडानी एसियाकै धनी व्यक्ति बन्न पुगे। विश्वकै धनीहरू मध्येमा पर्ने अडानीको उदयले...

Leave Comment

सिफारिस

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

4 days ago
किन आवश्यक छ बहुध्रुवीयता?

किन आवश्यक छ बहुध्रुवीयता?

2 weeks ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In