Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के वास्तवमै इतिहास दोहोरिन्छ ?

मार्क्सले यसै सन्दर्भमा ‘एइटिन्थ ब्रुमेर अफ लुइ बोनापार्ट’ शिर्षकमा किताब लेखेका छन्। त्यसमा उनले सो घटना कसरी भयो भनेर व्याख्या गरेका छन्। मार्क्स भन्छन्, ‘इतिहासले आफैँलाई दोहोर्‍याउँछ।

nepal_readers nepal_readers
साउन १२, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ‘इतिहासले आफैँलाई दोहोर्‍याउँछ, पहिले एक त्रासदीका रूपमा र दोस्रो पटक प्रहशनका रूपमा।’ यहाँ ‘प्रहशन’को अर्थ हो, नाटक। ‘इतिहास दोहोरिन्छ’ भन्ने खालका अभिव्यक्तिहरू तपाईंहरूले पनि बेलाबेला सुन्नु भएको या पढ्नु भएको होला। र, तपाईंले प्रसिद्ध चिन्तक हेगेलका बारेमा सुन्नुभएको छ। ती जर्मन दार्शनिक हेगेलले ‘दर्शनशास्त्रको इतिहास’ भन्ने किताब लेखेका छन्। त्यसमा उनले भनेका छन् कि ‘इतिहासमा कुनै पनि घटना दुई पटक घटित हुन्छ।’ व्यक्तित्व वा घटना इतिहासमा दोहोरिन सक्छ। यस कथनलाई कार्ल मार्क्सले विस्तारमा व्याख्या गरेका छन्। हामीलाई थाहा नै छ, मार्क्सले हेगेलबाट धेरै कुरा लिएका छन्। त्यसलाई परिस्कृत गरेर आफ्नो किसिमले व्याख्या गरेका छन्। मार्क्सले सन् १८५२ मा एक लेख लेखेका छन्, जतिखेर लुइ नेपोलियन बोनापार्ट तेस्रा, नेपोलियन बोनापार्टका भतिज थिए, जो बोनापार्टवादी दलका नेता थिए। उनले १८४८ मा अन्य गणतन्त्रहरूलाई समाप्त गरेर उनी फ्रान्स गणतन्त्रको राष्ट्रपति बनेका थिए।

    यसअघि नेपोलियन बोनापार्टले गणतन्त्र समाप्त गरेका थिए। फ्रान्समा क्रान्ति भएपश्चात् त्यसलाई गणतन्त्र घोषणा गरिएको थियो। नेपोलियन बोनापार्ट पहिले मिलिटरी कमान्डरका रूपमा उदाएका थिए। आफूले कू गरेर पहिलेको गणतन्त्रलाई सिध्याएका थिए र सत्ता आफ्नो हातमा लिएका थिए। त्यसो गर्दा पनि उनले प्रजातन्त्रका नाममा अनेकौँ खालका नाटक गरे र आफ्नै शासनलाई स्पष्ट रुपमा राजतन्त्रमा बदले।

    त्यसपछि १८४८ मा फ्रान्समा क्रान्ति भयो र गणतन्त्र पुनःस्थापित भयो। र, पुनस्थापित गणतन्त्रमा भएको पहिलो राष्ट्रपतिको चुनावमार्फत नेपोलियन बोनापार्टका भतिजा लुइ नेपोलियन बोनापार्ट त्यहाँका राष्ट्रपति बने। र, ४ बर्षभित्र उनले आफूलाई राष्ट्रपतिबाट सम्राट घोषणा गरे र गणतन्त्रलाई नेपोलियनले झैँ ध्वस्त पारे। मार्क्सले यसै सन्दर्भमा ‘एइटिन्थ ब्रुमेर अफ लुइ बोनापार्ट’ शिर्षकमा किताब लेखेका छन्। त्यसमा उनले सो घटना कसरी भयो भनेर व्याख्या गरेका छन्। मार्क्स भन्छन्, ‘इतिहासले आफैँलाई दोहोर्‍याउँछ। पहिला त्रासदीका रुपमा र त्यसपछि प्रहसनका रुपमा।’ नेपोलियनले यति चलाखीपूर्ण ढंगले फ्रान्स कब्जा गरे कि फ्रान्सेलीहरू अन्ततः ठगिए।

    किनकि फ्रान्सेलीहरूलाई उतिखेर लागिरहेको थियो कि नेपोलियनले क्रान्तिको सेवा गरिरहेको छ। सर्वसाधारण जनताले उतिखेर थाहा नै पाएनन् कि क्रान्तिकै नाममा आफूलाई क्रान्तिको शिशु भन्ने व्यक्तिले नै क्रान्तिलाई नष्ट गर्‍यो। यो एक त्रासदी थियो। र, लामो समयपछि फेरि त्यही घटना दोहोरियो। त्यो घटना यसकारण पनि दोहोरियो कि जनताले त्यस्ता महत्वका र त्रासदपूर्ण घटनाबाट पाठ सिकेनन्। या केहीले जानीबुझी नै यसो हुन दिए किनकि जब फ्रान्समा गणतन्त्र स्थापना भयो, त्यो गणतन्त्र समाजवादतिर उन्मुख थियो। तर फ्रान्सका मध्यम वर्गलाई समाजवादतिर देश उन्मुख भएको कुरा पचेन र लुई तेस्रोलाई सत्ता कब्जा गर्ने काममा सहयोग गरे।

    यो के हो त? यो आखिरमा एक प्रहशन हो। पहिलो घटनाबाट पाठ नसिकेपछि फेरि त्यही घटना नाटकका रुपमा प्रकट भएको हो।

    यसै घटनालाई हेर्ने हो भने इतिहासले तपाईंलाई शक्ति या खुराक दिन्छ। त्यस शक्तिका कारण तपाईंले काम गर्न सक्नुहुनेछ। इतिहास दोहोरिएका यति धेरै उदाहरणहरू छन् कि तपाईंले खोज्नुभयो भने जति पनि पाउनुहुन्छ। रुसका शासक जार अलेक्जेण्डर प्रथमको पालामा नेपोलियनले चलाएको ‘मस्को अभियान’लाई नै हेरौँ न। उतिखेर पश्चिमी ब्रिटेन अविजित थियो। र, आफ्नो हालत कमजोर हुँदाहुँदै पनि फ्रान्स मस्को अभियानमा गयो। त्यस अभियानमा नेपोलियन नेतृत्वको फ्रान्सले ठूलो हार र नास बेहोर्‍यो। त्यहाँ फ्रेन्च सेना लगभग नष्ट भएको थियो। जब मस्कोबाट नेपोलियन फर्केर आए, त्यतिखेर ब्रिटेन पहिले नै सबै तयारी गरेर फ्रान्सको प्रतिक्षामा बसेको थियो। र, त्यही भुलको पुनरावृत्ति १३० वर्षपछि हिटलरले दोहोर्‍यायो, मस्को अभियानकै क्रममा।

    हामीले १९२९–३० को आर्थिक संकटलाई पनि उदाहरणका रुपमा लिन सक्छौँ। त्यसपछि सन् २००७, ०८ र ०९ मा पनि विश्व आर्थिक मन्दी भयो। तर हामीले इतिहासबाट कुनै सवक वा शिक्षा लिन सकेको देखिएन। आम मान्छेको अलग कुरा, पूँजीपति वर्गले पनि त्यसबाट सबक लिन सकेन। त्यस्ता कैयौँ उदाहरणहरू दिन सकिन्छ। पहिलो र दोस्रो विश्वयुद्धको उदाहरणहरू पनि लिन सक्छौँ हामी। पुराना शासक र नयाँ शासकहरूका उदाहरण लिन सकिन्छ।

    सन् २००९ मा लेखक सियाभोज जिजेकले ‘फस्ट एज् अ ट्रेजेडी, देन एज ए फार्स’ नामक पुस्तक नै लेखेका थिए। त्यो किताव २०२० तिर भारतमा निकै चर्चित भयो। त्यो पुस्तक आर्थिक संकटबारे लेखिएको थियो। भारतमा भने त्यो पुस्तक कोेरोना महामारीका कारणले चर्चित भएको थियो। भारतले इतिहासमा कैयौँ महामारी झेल्दै आएको छ। तर ती महामारीहरूबाट भारतमा शासकहरूले कुनै शिक्षा लिएनन्।

    विश्वमा अनेकन घट्नाहरू घट्छन्। इतिहासका त्यस्ता अनेकौँ महामारी र दुर्घटनाहरूबाट मानव जातिले पाठ सिक्ने हो भने मानव जीवनलाई हामी अझै व्यवस्थित र समृद्ध बनाउन सक्छौँ। तर आम रूपमा मान्छेले इतिहासबाट सिक्न नसकेको देखिन्छ। पहिलो विश्वयुद्धपछि दुनियाँमा फासीवाद र दक्षिणपन्थ आएको थियो। र, आज फेरि पनि दुनियाँमा फासीवादी र दक्षिणपन्थी सरकारहरू सत्तामा छन्। तिनले चर्चा कमाइरहेका छन्।

    हामीले इतिहासबाट कुनै पाठ नसिकेकै कारण आज पनि फासीवादीहरू सत्ता चलाउने हैसियतमा आइपुगेका छन्। यदि हामी सोच र समझ भएका व्यक्ति हौँ भने तपाईंहामीले इतिहास दोहोरिएको देख्न र इतिहासबाट पाठ सिक्न पर्ने थियो।

    मणिकान्त सिंहको प्रवचन (द स्टडी एन् इन्स्टिच्युट फर आइएस)बाट साभार।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.