Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दुर्गामाताले ‘छुई’ र छाउपडीमाथि विजय गरुन्

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज १६, २०७६
- यो हप्ता, विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हामी दुर्गामाता थापना गरेको पण्डाल पुग्दा एक ११ वर्षीया बालिका त्यसको गेटमा उभिरहेकी थिइन्। उनी हामीलाई हेर्दै अफ्ठ्यारोगरी मुस्काइन्, यसरी बच्चाले मुस्कान लुकाउँछन् भन्ने जो कसैले सोच्न सकिदैन। तर तपाईं महिला हो भने वाल्यावस्थामा धेरथोर तपाईंलाइ पनि यस्तै अवस्था परेको हुनसक्छ।

    किन उनी यसरी ढोकामा नै उभिइन् मैले जान्न खोजें। अझै निश्चित गर्नको लागि मैले उनलाई सोधें ‘दर्शनमा जानुको सट्टा किन यहाँ उभिरहेको?’ र, उनीले अत्यन्तै दयनीय आवाजमा जवाफ दिइन् कि उनी नछुने (मासिकरक्त स्राव) भएकी छिन् र उनकी आमाले दुर्गा देवीको नजिक नजान भनेकी छिन्। विडम्बनाको कुरा, यस पण्डालभित्र महिला शक्तिको साक्षात् माता दुर्गाको मूर्ति थापना गरिएको थियो।

    मलाई थाहा छ कि किशोरीहरुलाई आमाहरुले के भन्ने गर्छन्। हुन त मासिकरक्तस्राव अरु शारिरीक स्रावजस्तै नै हो, तर यसलाई असुद्ध मानिइन्छ। यदि महिलाको मासिकरक्तस्राव भएको छ भने उनीलाई मन्दीर पस्न दिइदैन र उनीलाई घरभित्र देवताको मूर्त नजिक जान र अन्य परिवारलाई छुन पनि वर्जित गरिन्छ। उनीहरुलाई पुरुषको सामू आफूँ नछुने भएको छ भन्न पनि हुँदैन मानौ कि उनीहरुले अपराध गरेका छन् या लाजमर्दो कुरा हो। मासिक रक्तस्राव भइरहेका दिनमा महिलाहरु संकेत र इशाराले काम चलाउछन् र वरपर भएका पुरुषहरुको मानहानी नहोस् भन्नेमा सर्तक हुन्छन्। यसरी यी कच्चा दिमागमा मासिकरक्तस्राव र महिलाको कर्तव्य घुसाइन्छ, बालबालिकाहरु यसरी प्रशिक्षित हुँदै जान्छन् र ती बालबालिकाहरुले अर्को पुस्तामा यस्तै कुरा सार्छन्। त्यसदिन ती बालिकालाई मलाई भनेका कुरा उनलाई उनका आमाहरुले भनेका थिए र त्यसमा उनी प्रतिबद्ध थिइन्।

    मैले उनको हात समातें र मसँग भित्र जाउँ भने। उनी अनकनाइन्। मैले उनको अनकनाइ बुझें। मैले उनका आखाहरुमा एक प्रकारको त्रास देखें, दुर्गा माताको छेउ जाँदा कतै कुनै पाप लाग्ने त होइन। म उनलाई जवर्दस्ती घिसारेर लान पनि सक्थें होला या उनी अनकाउँदै भएपनि मसँग भित्र पस्थिन् होला। यसो गर्दा उनका आमाले आजका दिनसम्म मेहनतपूर्वक उनको दिमागमा भरेको विश्वास हटाउन सकिदैनथ्यो। यसकारण मैले अर्कै तरिका अपनाएँ।

    मैले उनीतिर हेर्दै सोधें ‘साच्चै नै तिमीलाई देवतामा विश्वास छ?’
    ‘हजुर’ उनले जवाफ दिइन्।
    ‘त्यसो भए देवता जहींतहीं हुनुहुन्छ भन्ने लाग्छ?’
    उनले यस कुराको सहमतीमा टाउको हल्लाइन्।
    ‘त्यसो भए तिमी यहाँ पनि उभिनु हुँदैन र मूर्तिको छेउमा जानु हुदैन, किनभने देवता तिमी उभिरहेको स्थानमा पनि हुनुहुन्छ। होइन र?’ मैले सोधें ।
    यस कुराले उनलाई केही गरेजस्तो लाग्यो। उनको अनुहारमा आएका परिवर्तनले मैले बुझें।
    मैले कुरा अघि बढाएँ ‘त्यसो भए हामी सबैलाई देवताले बनाउनु भएको कुरा तिमी मान्छौ होला’।
    ‘हजुर’ उनले जवाफ दिइन्।
    ‘यदि हामी सबैलाई देवताले बनाउनु भएको कुरा तिमी मान्छौ भने उहाँले हामीलाई किन बनाउनु भएको सोच्न सक्दैनौ?’
    उनी मुस्कुराइन्। सक्ने हो भने त उनी पण्डालको ढोकामा अब पर्खिन्न थिइन् होला। यदि समाजले औंला नउठाउने हो भने र प्राकृतिक प्रक्रिया नै हो भन्ने ठानेपनि कसैले पनि यस उत्सवको मौसममा आफ्नो आनन्दलाई रोक्न चाहँदैनन्। अब भने उनी खुसी भइन् र धेरै उत्साह र नवविश्वासका साथ देवीको दर्शन गर्न भित्र पसिन्।

    त्यस दिन म उनलाई पनि सन्तान उत्पादन प्रक्रियामा मासिक रक्तस्रावको भूमिकाको बारेमा बताउन चाहान्थें। हुन त मलाई यो पनि भन्न मन लागेको थियो (जीवनको उत्पादनकार्यमा प्रत्यक्ष सम्बन्धित भएको कुरा कहिले पनि अपवित्र चीज वा लाज लाग्ने कुरा हुन सक्दैन। तर मैले उनलाई यो कुरा अर्को दिन बताउने निर्णय गरें, सायद उनी अलि ठूलो भएपछि। आज, मैले सोचें) उनी बालिका नै छिन्, अझै बाल सुलभता रहुन् ।

    दुर्गा पूजा सबै दुष्टता माथि सत्यको विजयको शङ्खघोष हो । हाम्रो वरिपरिको दुष्टता, हामीभित्रको दुष्टता ‍‍‍… मासिक रक्तस्राव जस्तो प्राकृतिक कुराको बारेमा कुरा गर्नु वर्जित हो भन्ने अन्धविश्वासलाई हटाउन … लज्जाबोध हो भन्ने भ्रामक विश्वास हटाउन, सबैबाट पर हट्न र लुक्ने कुराको अन्त गर्न। यस पटक महिलाको देवता अवतार मानिएकी दुर्गा माताले हरेक घरमा मासिक रक्तस्रावको बारेमा खुलेर कुरा गर्न, र हाम्रा बालबच्चाहरूलाई यो जीवनको अर्को सामान्य प्रक्रिया हो भनेर बुझ्न, र यस प्राकृतिक चक्रबारे भ्रामक धारणा हटाउन मद्दत गरुन्। र हामी सबैले साना साना बालिकाहरूलाई मनोवैज्ञानिक बोझबाट स्वतन्त्र पार्ने काम गरौं। यसो भयो भने प्रत्येक महिना हुने मासिक रक्तस्रावको साथै अन्य शारीरिक बोझको उनीहरूले सहन गर्न सजिलै सक्नेछन्। वुमेन्स वेवबाट मुख्य अंश साभार ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.