हामी दुर्गामाता थापना गरेको पण्डाल पुग्दा एक ११ वर्षीया बालिका त्यसको गेटमा उभिरहेकी थिइन्। उनी हामीलाई हेर्दै अफ्ठ्यारोगरी मुस्काइन्, यसरी बच्चाले मुस्कान लुकाउँछन् भन्ने जो कसैले सोच्न सकिदैन। तर तपाईं महिला हो भने वाल्यावस्थामा धेरथोर तपाईंलाइ पनि यस्तै अवस्था परेको हुनसक्छ।
किन उनी यसरी ढोकामा नै उभिइन् मैले जान्न खोजें। अझै निश्चित गर्नको लागि मैले उनलाई सोधें ‘दर्शनमा जानुको सट्टा किन यहाँ उभिरहेको?’ र, उनीले अत्यन्तै दयनीय आवाजमा जवाफ दिइन् कि उनी नछुने (मासिकरक्त स्राव) भएकी छिन् र उनकी आमाले दुर्गा देवीको नजिक नजान भनेकी छिन्। विडम्बनाको कुरा, यस पण्डालभित्र महिला शक्तिको साक्षात् माता दुर्गाको मूर्ति थापना गरिएको थियो।
मलाई थाहा छ कि किशोरीहरुलाई आमाहरुले के भन्ने गर्छन्। हुन त मासिकरक्तस्राव अरु शारिरीक स्रावजस्तै नै हो, तर यसलाई असुद्ध मानिइन्छ। यदि महिलाको मासिकरक्तस्राव भएको छ भने उनीलाई मन्दीर पस्न दिइदैन र उनीलाई घरभित्र देवताको मूर्त नजिक जान र अन्य परिवारलाई छुन पनि वर्जित गरिन्छ। उनीहरुलाई पुरुषको सामू आफूँ नछुने भएको छ भन्न पनि हुँदैन मानौ कि उनीहरुले अपराध गरेका छन् या लाजमर्दो कुरा हो। मासिक रक्तस्राव भइरहेका दिनमा महिलाहरु संकेत र इशाराले काम चलाउछन् र वरपर भएका पुरुषहरुको मानहानी नहोस् भन्नेमा सर्तक हुन्छन्। यसरी यी कच्चा दिमागमा मासिकरक्तस्राव र महिलाको कर्तव्य घुसाइन्छ, बालबालिकाहरु यसरी प्रशिक्षित हुँदै जान्छन् र ती बालबालिकाहरुले अर्को पुस्तामा यस्तै कुरा सार्छन्। त्यसदिन ती बालिकालाई मलाई भनेका कुरा उनलाई उनका आमाहरुले भनेका थिए र त्यसमा उनी प्रतिबद्ध थिइन्।
मैले उनको हात समातें र मसँग भित्र जाउँ भने। उनी अनकनाइन्। मैले उनको अनकनाइ बुझें। मैले उनका आखाहरुमा एक प्रकारको त्रास देखें, दुर्गा माताको छेउ जाँदा कतै कुनै पाप लाग्ने त होइन। म उनलाई जवर्दस्ती घिसारेर लान पनि सक्थें होला या उनी अनकाउँदै भएपनि मसँग भित्र पस्थिन् होला। यसो गर्दा उनका आमाले आजका दिनसम्म मेहनतपूर्वक उनको दिमागमा भरेको विश्वास हटाउन सकिदैनथ्यो। यसकारण मैले अर्कै तरिका अपनाएँ।
मैले उनीतिर हेर्दै सोधें ‘साच्चै नै तिमीलाई देवतामा विश्वास छ?’
‘हजुर’ उनले जवाफ दिइन्।
‘त्यसो भए देवता जहींतहीं हुनुहुन्छ भन्ने लाग्छ?’
उनले यस कुराको सहमतीमा टाउको हल्लाइन्।
‘त्यसो भए तिमी यहाँ पनि उभिनु हुँदैन र मूर्तिको छेउमा जानु हुदैन, किनभने देवता तिमी उभिरहेको स्थानमा पनि हुनुहुन्छ। होइन र?’ मैले सोधें ।
यस कुराले उनलाई केही गरेजस्तो लाग्यो। उनको अनुहारमा आएका परिवर्तनले मैले बुझें।
मैले कुरा अघि बढाएँ ‘त्यसो भए हामी सबैलाई देवताले बनाउनु भएको कुरा तिमी मान्छौ होला’।
‘हजुर’ उनले जवाफ दिइन्।
‘यदि हामी सबैलाई देवताले बनाउनु भएको कुरा तिमी मान्छौ भने उहाँले हामीलाई किन बनाउनु भएको सोच्न सक्दैनौ?’
उनी मुस्कुराइन्। सक्ने हो भने त उनी पण्डालको ढोकामा अब पर्खिन्न थिइन् होला। यदि समाजले औंला नउठाउने हो भने र प्राकृतिक प्रक्रिया नै हो भन्ने ठानेपनि कसैले पनि यस उत्सवको मौसममा आफ्नो आनन्दलाई रोक्न चाहँदैनन्। अब भने उनी खुसी भइन् र धेरै उत्साह र नवविश्वासका साथ देवीको दर्शन गर्न भित्र पसिन्।
त्यस दिन म उनलाई पनि सन्तान उत्पादन प्रक्रियामा मासिक रक्तस्रावको भूमिकाको बारेमा बताउन चाहान्थें। हुन त मलाई यो पनि भन्न मन लागेको थियो (जीवनको उत्पादनकार्यमा प्रत्यक्ष सम्बन्धित भएको कुरा कहिले पनि अपवित्र चीज वा लाज लाग्ने कुरा हुन सक्दैन। तर मैले उनलाई यो कुरा अर्को दिन बताउने निर्णय गरें, सायद उनी अलि ठूलो भएपछि। आज, मैले सोचें) उनी बालिका नै छिन्, अझै बाल सुलभता रहुन् ।
दुर्गा पूजा सबै दुष्टता माथि सत्यको विजयको शङ्खघोष हो । हाम्रो वरिपरिको दुष्टता, हामीभित्रको दुष्टता … मासिक रक्तस्राव जस्तो प्राकृतिक कुराको बारेमा कुरा गर्नु वर्जित हो भन्ने अन्धविश्वासलाई हटाउन … लज्जाबोध हो भन्ने भ्रामक विश्वास हटाउन, सबैबाट पर हट्न र लुक्ने कुराको अन्त गर्न। यस पटक महिलाको देवता अवतार मानिएकी दुर्गा माताले हरेक घरमा मासिक रक्तस्रावको बारेमा खुलेर कुरा गर्न, र हाम्रा बालबच्चाहरूलाई यो जीवनको अर्को सामान्य प्रक्रिया हो भनेर बुझ्न, र यस प्राकृतिक चक्रबारे भ्रामक धारणा हटाउन मद्दत गरुन्। र हामी सबैले साना साना बालिकाहरूलाई मनोवैज्ञानिक बोझबाट स्वतन्त्र पार्ने काम गरौं। यसो भयो भने प्रत्येक महिना हुने मासिक रक्तस्रावको साथै अन्य शारीरिक बोझको उनीहरूले सहन गर्न सजिलै सक्नेछन्। वुमेन्स वेवबाट मुख्य अंश साभार ।