Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Monday, April 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मार्क्सहरुका आठवटा दाबीहरू, जसले तपाईंलाई आश्चर्यचकित बनाउँछन्

उनीहरुले कस्तो खाले निजी सम्पत्तिको विरोध गरे भने - पूँजीपति बुर्जुवासँग ठूलो परिणाममा भएको सम्पत्तिको र संकेन्द्रित सम्पत्तिको । मार्क्स र एंगेल्स् पूँजीवादले मानिसलाई उसको ‘स्वआर्जित सम्पत्ति’ बाट अलग गर्ने आरोप लगाउँछन्।

मिचेल अबुलफिया मिचेल अबुलफिया
अशोज १, २०७९
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मार्क्सहरुका आलोचकहरु महान समाजवादी विचारकहरुलाई गलत सावित गर्न प्रयाशमा छन्। यिनीहरुले मार्क्सहरुबाट विशद व्याख्या हुन छुटेका सवाललाई लिएर त्यसो गर्ने गरेका हुन्छन्। तापनि कैयन सवालहरु र गलत आरोपहरुको सटिक जवाफ मार्क्सहरुलाई गहिरिएर विचरण गरेमा पाइन्छ। यहाँ हामीले मार्क्सहरुका लेखनप्रति तिनीहरुले उठाएका सवालहरु र आरोपबारे जवाफ फर्काउने छौं।

    मार्क्सलाई धेरै विधिले व्याख्या गर्ने गरिन्छ। ती मध्ये धेरै व्याख्या उपयुक्त छन्। तर केहीले कम्युनिष्टविरोधी झुण्डको उक्साहटमा शव्दजाल बुनेर मार्क्सलाई खारेज गर्न खोज्छन्। तिनीहरू मार्क्सलाई ‘अपरिपक्क आर्थिक निश्चयवादी’ को संज्ञा दिएर उपहास गर्छन् वा उनका विश्लेषण तथा भविष्यवाणी अति नै दुरग्राही भए–भनेर नराम्ररी आक्रमण गर्छन्।

    मार्क्सहरु सधैँ सही थिएनन्। हुनत को नै सधैँ सही हुन्छ र? तर, या त मार्क्स सहीहरु थिए वा उनीहरु मानिसहरूले सोचेभन्दा समर्थन गर्न योग्य बनाइए। यहीकारणले उनीहरु ध्यान दिन लायक छन्। 

    उनीहरुलाई गलत चित्रित गर्ने बेतुकका तर्कलाई मार्क्सहरु वा मार्क्सवादका विश्वसनीय विचारले खण्डन गर्नु पर्छ। यहाँ मार्क्सहरुलाई गलत छन् भन्न गरिने तर्कलाई खण्डन गर्ने आठवटा तथ्यहरू उल्लेख गरिएका छन्:

    १. समान्यतः पूँजीवादलाई नकारेका थिएनन्। उनी त यसबाट प्रभावित थिए। उनी पूँजीवाद विश्वमा अहिलेसम्मकै सबैभन्दा बढी उत्पादनशील प्रणाली भएको तर्क गर्थे। यसबारे मार्क्स र एङ्गेल्सले कम्युनिष्ट घोषणापत्रमा लेखेका छन्ः  

    “एक शताव्दीभन्दा थोरैको आफ्नो वर्गीय शासनकालमा बुर्जुवा वर्गले अघिका सबै पुस्ताहरुले मिलेर सिर्जना गरेको भन्दा अधिक शक्तिशाली र अपार उत्पादक शक्तिको निर्माण गरेको छ। प्राकृतिक शक्तिहरुमाथि विजयप्राप्ति उत्पादनमा यन्त्रहरुको उपयोग, कृषि तथा उद्योग कार्यमा रसायन विज्ञानको प्रयोग, वाष्पचालित परिवहन, रेलमार्ग, विद्युतीय टेलिग्राफ, खेतीका लागि पूरा का पूरा महद्वीपहरुको आवादी, जहाज सञ्चालनका लागि नदीलाई उपयुक्त बनाइनु, पूरै जनसंख्याको जीवनशैली र स्तर आश्चर्यचकित रुपमा माथि उठ्नु – यी सबैलाई हेर्दा एउटा प्रश्न गर्न सकिन्छः सामाजिक श्रमको काखमा यस्तो उत्पादक शक्ति सुतेको छ भन्ने कुरा कुनै पूर्ववर्ति शताब्दीमा कल्पनासम्म पनि गरिएको थियो होला?” – कम्युनिष्ट घोषणापत्र   

    २. मार्क्सले पूँजीवादले आज भनिएको भूमण्डलीकरणलाई प्रोत्साहन दिनेछ भन्ने सटिक भविष्यवाणी गरेका थिए। पूँजीवादले एउटा विश्व बजारको निर्माण गरिरहेको र यसमा विभिन्न देशहरू बढ्दो रुपमा अन्तरनिर्भर हुने अनुमान लगाएका थिए।यस्तो अनुमान मार्क्स र एङ्गेल्सले कम्युनिष्ट घोषणापत्रमा गरेका छन्ः  

    “विश्व बजारको शोषणद्वारा बुर्जुवा वर्गले सबै देशहरुको उत्पादन र उपभोगलाई सार्वभौमिक स्वरुप दिएको छ। प्रतिक्रियावादीहरुको लागि निराशाको कुरा के छ भने यस पूँजीवादले उद्योगको पैतालामुनिबाट राष्ट्रिय आधारलाई उखेलिदिएको छ। पुराना राष्ट्रिय उद्योगका शाखाहरु नष्ट हुन गएका छन् र दिन प्रतिदिन नष्ट हुँदैछन्। … पुरानो स्थानीय तथा राष्ट्रिय पृथकता र आत्मनिर्भरताको ठाउँमा, समस्त राष्ट्रहरुको बहुमुखी, आपसी सम्बन्ध र सार्वभौमिक पारस्पारिक निर्भरता कायम भएको छ।”  – कम्युनिष्ट घोषणापत्र   

    ३. पुराना समाजहरु परम्परा र जीवनशैलीलाई जोगाउँदै सञ्चालन हुनेगर्थे। तर यसको विपरित, पूँजीवाद हाम्रो जीवनलाई असर पुर्‍याउने उत्पादनका नयाँ र वैकल्पिक तरिकाहरू आविस्कार गर्दै विकसित हुन्छ। प्रविधिहरुले हाम्रो जीवनलाई तीव्र गतिमा परिवर्तन गर्दछन्। पुराना उत्पादनहरूले नयाँ उत्पादन र तिनलाई निर्माण गर्ने व्यक्तिका लागि मार्ग बनाइदिनुपर्छ।

    यद्यपि पूँजीपतिहरूले पूँजीवादलाई आमरुपमा विशुध्द वस्तुका रुपमा चित्रित गर्छन्। यद्यपि यसबाट हुने खास–खास परिवर्तनहरू सकारात्मक भएपनि यो ज्यादै अस्तव्यस्तको कारण बन्छ। यसले मानिसहरूलाई आफ्ना मूल्य र जीवनशैलीको अब यस विश्वमा कुनै स्थान नभएकाले  अवाञ्छित व्यक्ति जसरी बाँचिरहेको महसुस गराउन सक्छ।

    साथै, केहीका लागि नाफाको खोजीमा नयाँ प्रविधि र उत्पादनको तरिकालाई प्रयोग गर्दा अप्रत्याशित नतिजा दिनसक्छ। (यदि अहिलेको समयमा मार्क्स ज्युँदो हुन्थे भने जलवायु परिवर्तनलाई अनियन्त्रित परिवर्तनको नतिजा हो भनेर उनले निसङ्कोच भन्ने थिए। उनिहरु जलवायु परिवर्तनबारे कति सजग थिए भन्ने कुरा  उनीहरुले लेखेको कम्युनिष्ट घोषणापत्र  कव एक अुनच्छेदबाट स्पष्ट हुन सकिन्छः

    “उत्पादनका साधनहरु निरन्तर परिवर्तन बेगर, अनि यसको फलस्वरुप उत्पादन सम्बन्धको साथसाथै  समाजको समस्त सम्बन्धहरुका क्रान्तिकारी परिवर्तन बेगर बुर्जुवा वर्ग जीवित रहन सक्दैन। … उत्पादन प्रणालीको निरन्तर परिवर्त, सबै सामाजिक सम्बन्धहरुको अनवरत उथलपुथल, सधैंको अनिश्चितता र अनिस्थरताले नै  पूँजीवादी युगलाई सबै पूर्ववर्ति युगहरुबाट अलग गर्छन्। पूँजीवादमा प्राचिन र पुज्य मानिएका पूवाग्रहहरू र धारणाहरुसहितका सबै जड र जीर्ण सम्बन्धहरू ध्वस्त हुन्छन् । र सबै नवनिर्मित सम्बन्धहरु स्थापित हुनुभन्दा पहिले नै पुरानो भइसक्छन्। जुन ठोस छ, त्यो हावामा उड्छ, जो पवित्र छ, त्यो भ्रष्ट हुन्छ, र अन्त्यमा मानिसहरु आफ्नो जीवनको वास्तविक अवस्था र पारस्पारिक सम्बन्धहरुलाई गम्भीर दृष्टिले हेर्न बाध्य हुन्छन्।”– कम्युनिष्ट घोषणापत्र   

    ४. शक्तिशाली कम्पनीहरू, सम्पत्तिको संकेन्द्रिकरण र उत्पादनको नयाँ तरिका लगायतले आत्मनिर्भर पेशेवर र मध्यमवर्गीय व्यवसायीहरूलाई आफ्नो हैसियत कायम राख्न झन्–झन् गाह्रो बनाउँछ। उनीहरू या त गलत तरिकाले पछि हट्छन् वा उनीहरू आफ्नो व्यवसायबाट बाहिर निकाल्न सक्ने कम्पनिमा काम गर्छन्। अर्को भाषामा भन्नुपर्दा, मार्क्सले पूँजीपति समाजको ‘वालमार्टिफिकेसन’ (उत्पादन तथा विक्रिवितरणको श्रृङ्खलाबद्ध व्यवस्था) को परिकल्पना गरेका थिए। यो कुरा – कम्युनिष्ट घोषणापत्रमा लेखिएको एक अनुच्छेदले स्पष्ट गर्दछः   

    “मध्यम वर्गको तल्ला तह – सानातिना व्यवशायी, खुद्रा व्यापारी र साहुकार, समान्यतः सेवानिवृत्त व्यापारी, शिल्पकार र किसान – यी सबै विस्तारै सर्वहाराको तहमा पुग्छन्। कोही यसकारणले यिनीहरुको सानो पूँजी आधुनिक उद्योग व्यवशाय खोल्न पर्याप्त हुँदैन र त्यसले ठूलठूला पूँजीपतिहरुसँग प्रतिस्पर्धा गर्न सक्दैन। अनि कोही कुन कारणले भने उत्पादनका नयाँ–नयाँ तरिकाहरु निक्लनाले उनीहरुको पेशागत प्रविणताको कुनै मूल्य रहँदैन।”– कम्युनिष्ट घोषणापत्र   

    ५. मार्क्सले सबै सम्पत्तिको उन्मूलनको माग गरेका थिएनन्, बरु उनी मानिसको ठूलो संख्यासँग थोरै भौतिक वस्तु भएको अवस्था चाहँदैन थिए। उनी भौतिकवादी–विरोधी अव्यावहारिक थिएनन्। उनले कस्तो खाले निजी सम्पत्तिको विरोध गरे भने – पूँजीपति बुर्जुवासँग ठूलो परिणाममा भएको सम्पत्तिको र संकेन्द्रित सम्पत्तिको । मार्क्स र एंगेल्स् पूँजीवादले मानिसलाई उसको ‘स्वआर्जित सम्पत्ति’ बाट अलग गर्ने आरोप लगाउँछन्। तर यसको अर्थ या वास्तविकता अर्कै छ। त्यसलाई तलका अनुच्छेदहरुले स्पष्ट गर्दछन्ः

    “साम्यवादको विशेष चरित्र के हो भने त्यसले आमरुपमा सम्पत्तिको उन्मूलन गर्दैन, बरु खाली पूँजीवादी स्वामित्वको उन्मूलन गर्दछ। तर आधुनिक बुर्जुवाको व्यक्तिगत स्वामित्व नै यस्तो उत्पादन र शोषणप्रणालीको अन्तिम तथा सबभन्दा पूर्ण रुप हो। जुन वर्गीय अन्तरविरोध र अल्पसंख्यकद्वारा बहुसंख्यकको शोषणमा आधारित छ।

    यसअर्थमा साम्यवादी सिद्धान्तको सारांशलाई एउटै वाक्यमा भन्नुपर्दा यस्तो भन्न सकिन्छः निजी स्वामित्वको उन्मूलन।

    हामी कम्युनिष्टहरूलाई आरोप लाग्ने गरेको छ कि हामी स्वयम् आफैंले कमाएको आफ्नै श्रमले आर्जित गरेको सम्पत्तिमाथिको अधिकारलाई अपहरण गर्न चाहन्छौँ। जुन हरप्रकारको वैयक्तिक स्वतन्त्रता, क्रियाशीलता र आत्मनिर्भरताको मूलधार हो।

    पसिना चुहाएर कमाइएको कडा मेहनत गरेर आर्जन गरिएको आफ्नै श्रमले पैदा गरिएको सम्पत्ति ! तपाईंहरुको मतलव के त्यो साना कालीगढ र साना किसानको सम्पत्ति पूँजीवादी युगभन्दा अगाडि थियो? त्यस्तो सम्पत्तिको उन्मूलन गर्नु कुनै आवश्यकता छैन; उद्योगको विकासले त्यसलाई नष्ट गरी नै सकेको छ र दिन प्रतिदिन गर्दैछ।” – कम्युनिष्ट घोषणापत्र 

    ६. मार्क्सले सोचेका थिए– आफूद्वारा निर्मित वा रचित वस्तुहरुसँग एकाकार हुने मानवजातिको एउटा प्राकृतिक झुकाव/लगाव हुन्छ। यसलाई उनले श्रमको ‘वस्तुकरण’ भनेका छन्। जसको अर्थ हुन्छ कि हामी हाम्रो काममा ‘आफ्नोपना’ (या मौलिकता) को केही न केही कुरा राख्छौँ। जब कोही आफुद्वारा सिर्जित वस्तुलाई “बाह्य” महसुस गरेर त्यससँग एकाकार हुन वा जोडिन सक्दैन भने यसले ‘अलगाव’ ल्याउँछ।

    यसलाई यसरी पनि बुझ्न सकिन्छः तपाई एउटा प्रतिमा बनाउनुहुन्छ, र कसैले यसलाई तपाईंबाट लिन्छ, र तपाईंलाई त्यो वस्तु फेरि छुन र हेर्न दिँदैन। मजदुरहरू १९ औँ शताब्दीको पूँजिवादी फ्याक्ट्रीमा एउटा तुलनात्मक स्थितिमा हुन्छन् भन्ने मार्क्सको तर्क छ। यसबारे मार्क्सले लेखेका छन्ः

    तेसो भए “श्रमको अलगाव के हो?

    पहिलो तथ्यः श्रम मजदुरका लागि बाह्य वस्तु हो भन्नुको मतलव यो उसको आन्तरिक स्वभावजन्य होइन। त्यसकारण उसले काममा भएकाबेला उ आफ्नो स्वत्व पुष्टि गर्दैन, बरु आफैलाई अस्वीकार गर्छ, उ सन्तुष्ट महशुस गर्दैन तर अप्रशन्नता महशुस गर्छ। उसले आफ्नो शारिरीक तथा मानसिक उर्जालाई स्वतन्त्र रुपमा विकास गर्दैन, बरु उसले आफ्नो ज्यानलाई बिगार्छ र मनलाई उदाश बनाउँछ।

    त्यसैले मजदुर कामबाट बाहिर भएकोबेलामा मात्र आफ्नो स्वत्व महशुस गर्छ र काममा भएको बेला आफ्नो स्वत्व बाहिर भएको महशुस गर्छ। काम नगरेका बेला उ आफूलाई घरमा भएको जस्तो महशुस गर्छ र काम गरिरहेका बेला घर जस्तो महशुस गर्न सक्दैन। त्यसैले उसको काम कुनै स्वेच्छिक होइन, बाध्यात्मक हो अर्थात् यो जबर्दस्ति श्रम हो।” – Economic and Philosophical Manuscripts of 1844. Karl Marx  

    ७. मार्क्सले श्रम विभाजन र लामो कार्यदिनको अत्याचारबाट मानवजाति मुक्त होउन् भन्ने चाहन्थे। श्रम विभाजन र एउटै काममा लामो सयम खटिरहनुले व्यक्ति विशेषलाई फरक किसिमको क्षमता तथा सीप विकास गर्न निषेध गर्ने उनको तर्क थियो। हामी एक प्रकारको मात्रै कामको नोकर (मजदुर) भयौँ भने हाम्रो व्यक्तित्वको अन्य आयामहरू विकसित हुन पाउँदैनन्। उनले आफ्नो युवावस्थामा यसलाई एउटा रुपरेखा दिन एउटा आकांक्षापूर्ण अनुच्छेद लेखेका थिएः

    “श्रम विभाजन हुनेबित्तिकै प्रत्येक व्यक्तिसँग उसमाथि जबर्जस्ति थोपरिएको र त्यसबाट त्यो व्यक्ति उम्कन नसक्ने विशेष, एकक्षेत्रसँग सम्बन्धित क्रियाकलाप हुन्छ। एउटा मानिस एउटा शिकारी हो, एउटा मछुवारे हो, एउटा गोठाला हो वा उ एउटा आलोचनात्मक समीक्षक र भने उ यस्तै भइरहनुपर्छ । यदि यस्तो नभइरहने हो भने त्यसले जीवनगुजारा गर्ने साधन गुमाउँछ।

    जबकि साम्यवादी समाजमा कोहीलाई विशेष, एकक्षेत्रसँग सम्बन्धित क्रियाकलाप तोकिएको हुँदैन सबै व्यक्ति आफूले चाहेबमोजिमको जुनसुकै क्षेत्र तथा शाखामा निपुण भएर काम गर्न सक्छ। समाजले सामान्य उत्पादनको अनुगमन गर्छ र मलाई आज एउटा काम गर्न र भोलि अर्को काम गर्न सम्भव बनाउँछ। यो समाजमा म बिहान शिकार गर्छु, अपरान्ह माछा मार्छु, साँझमा पशु हेर्छु, र बेलुकीको खानापछि समीक्षा गर्छु, किनकि शिकारी, मछुवारे, गोठालो वा समीक्षक नभई मसँग दिमाग हुनेछ― Karl Marx, The German Ideology 

    ८. मार्क्स एउटा अपरिपक्क आर्थिक निश्चयवादी थिएनन्। व्यक्ति कसरी सोच्छ र कार्य गर्छ– भन्ने कुराले महत्व राख्छ। मार्क्सको मृत्युपछि एंगेल्स्‌ले जे. ब्लखलाई लेखेको एउटा पत्रमा, उनले अर्थशास्त्रको महत्वलाई जोड दिएको कुरा लेखेका छन्, तर त्यस पत्रका आधारमा नै मार्क्स र उनलाई गलत तरिकाले व्याख्या गरियो, र यो आंशिक रुपमा हाम्रै गल्ति थियो भन्ने कुरालाई पनि प्रष्ट पार्ने कोशिस गरेका छन्। (तलको अनुच्छेदमा “मार्क्सवादी” भनेर कोष्ठक गरिएकोलाई राम्ररी ख्याल गर्नुहोस्)

    हामीले आफ्ना ती विरोधीहरूको तुलनामा मुख्य सिद्धान्तमा जोर दिनु पर्थ्यो, जसले यसको खण्डन गरेका थिए। र, अन्य तत्वका कारण हामीसँग बातचीतमा सहभागी हुनका लागि सधैँ समय, स्थान र अवसर थिएन। तर, जब इतिहासको एउटा खण्डलाई प्रस्तुत गर्ने कुरा आयो, अर्थात् व्यवहारिक रुपले लागु गर्ने कुरा आयो, यो अलग विषय थियो र यसमा कुनै त्रुटि गर्ने हक थिएन।

    कहिलेकाहीँ युवाहरूले आर्थिक पक्षमा आवश्यकता भन्दा जोड दिने गर्छन् जसको आंशिक रूपमा दोषी मार्क्स र म दुवै हौं। हामीले हाम्रा मूल सिध्दान्तसम्बन्धी हाम्रा विपक्षीहरुले अस्वीकार गरेका कुराहरु माथि ध्यान केन्द्रीत गर्नैपर्ने थियो र अन्तरक्रियाका अन्य पक्षहरुमाथि आवश्यक प्रकाश पार्न हामीसँग पर्याप्त समय, उपयुक्त स्थान वा अवशर हुदैंनथ्यो। तर जब इतिहासको कुनै अंश प्रस्तुत गर्नुपर्ने अवस्था आयो, अर्थात् त्यसको व्यवहारिक प्रयोग गर्नुपर्ने भयो, त्यो विलकुलै भिन्दै अवस्था थियो। दुर्भाग्यवश प्रायशः मानिसहरु आफुहरुले नयाँ सिद्धान्त आत्मसात गरिसक्ने वित्तिकै त्यसको प्रयोग गर्न सकिन्छ भन्ने ठान्छन् र त्यो प्रयोग पनि प्रायशः सही हुँदैन। र म हालसालैका नयाँ “मार्क्सवादीहरु”लाई पनि यस्तो दृष्टिकोणबाट मुक्त छन् भनेर छुट दिन सक्दिन किनभने सबैभन्दा विस्मयकारी फोहोर पनि यसै ठाउँबाट (नयाँ मार्क्सवादीहरुको क्वार्टरबाट) उत्पादन भएको छ।–  Engels to J. Bloch in Konigsberg

    अनुवाद  र साभारः म्यानहट्टन कजेका दर्शनका प्रोफेशर मिचेल अबुलफियाको लेखन ज्याकोविन डट कमबाट।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मिचेल अबुलफिया

      मिचेल अबुलफिया

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.