Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारतमा वामपन्थी आन्दोलनको असफलता-रजनी कोठारी

एकातिर त वामपन्थी आन्दोलन सांगठानिक रुपमा विखण्डित रह्यो, अर्कोतिर जनवादी केन्द्रीयताको नाममा त्यसमा पत्थर जस्तो कट्टरता पनि बनी रह्यो। आन्दोलन भित्रको विभाजन पछि कतिपय हिस्सामा त तिनको चरित्र वहुलवादी रहँदै रहेन। तिनको सांगठानिक संरचनामा कहिल्यै कुनै जीवन्त लोकतान्त्रिक प्रक्रिया समावेश हुनै सकेन। लामो समय देखि र आजसम्म नै यस आन्दोलनको नेतृत्वमा उच्च जातिको वर्चश्व कायम रहेको छ। शैलीमा मात्र होइन, बौद्धिक पकडमा पनि यसको नेतृत्व ब्राम्हणवादी रही आएको छ।

नेपाल रिडर्स नेपाल रिडर्स
बैशाख ६, २०७७
- इतिहास, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    (नेपाली वामपन्थी आन्दोलनका सर्जक, सिद्धान्तकार, नीति निर्माता र अभियन्ता जो कोहीले यस आन्दोलनको पुनर्जागरणको निम्ति पनि सन्दर्भ सामाग्रीको रुपमा पढ्नै पर्ने आलेख। प्रगतिवादी वास्तविक सामाजिक परिवर्तन चाहनेहरुको निम्ति पनि पठनीय।- अनु.)

    जाति-धर्म निरपेक्ष राजनीतिको तेश्रो धाराको रुपमा वामपन्थी राजनीतिक आन्दोलनमा विचार गर्ने वित्तिकै यो धारा पनि उदार लोकतान्त्रिक एवं नविन सामाजिक आन्दोलनको धारा जस्तै वास्तविक सामाजिक परिवर्तनको निम्ति आधार प्रदान गर्न असफल रहेको छ। यसो हुनुको पहिलो कारण त, वामपन्थी आन्दोलनले धेरै अघि देखि नै आफ्नो आन्दोलनकारी चरित्र गुमाई सकेको थियो। सुरु सुरुमा वामपन्थी राजनीति व्यवस्थाको संस्थागत ढाँचामा अन्तर्निहित सम्भावनालाई उपयोग गर्ने आन्दोलनको रुपमा विकास होला भन्ने ठानिएको थियो। परन्तु व्यवहारमा त्यस्तो भएन। समयक्रममा जे भयो सब उल्टा भयो। संसद तथा निर्वाचन प्रक्रियामा उपलब्ध सम्भावनालाई दोहन गर्न यसले जनआन्दोलनलाई उपयोग गरेर फाइदा उठायो।

    वामपन्थी पंक्तिभित्र आन्दोलनकारी वेग एक हदसम्म त कायम रह्यो र विचारधारात्मक मुद्धामा पनि सरोकार त कायम रह्यो तर यी पार्टीमा सामाजिक रुपले उत्पीडित मानिसको प्रतिनिधित्व हुन सक्ने फराकिलो राजनीतिक व्यवहारको दायरा भने बन्नै सकेन। एकातिर त वामपन्थी आन्दोलन सांगठानिक रुपमा विखण्डित रह्यो, अर्कोतिर जनवादी केन्द्रीयताको नाममा त्यसमा पत्थर जस्तो कट्टरता पनि बनी रह्यो। आन्दोलन भित्रको विभाजन पछि कतिपय हिस्सामा त तिनको चरित्र वहुलवादी रहँदै रहेन। तिनको सांगठानिक संरचनामा कहिल्यै कुनै जीवन्त लोकतान्त्रिक प्रक्रिया समावेश हुनै सकेन। लामो समय देखि र आजसम्म नै यस आन्दोलनको नेतृत्वमा उच्च जातिको वर्चश्व कायम रहेको छ। शैलीमा मात्र होइन, बौद्धिक पकडमा पनि यसको नेतृत्व ब्राम्हणवादी रही आएको छ। यो आज पनि राष्ट्रवादी धर्म निरपेक्ष पाण्डित्याईंको विकल्प दिनुको सट्टा त्यसैमा लिसो झैं टाँस्सिएको छ। विकास सम्वन्धि प्रतिमानको सन्दर्भमा पनि वामपन्थीहरु प्रगतिवाद र प्राध्यौगिकीकरणको खिचडी पकाको जस्तो रहेको प्रतित हुन्छ। जन आन्दोलन मार्फत आफ्नो वैधता प्राप्त गर्न कोशिस गर्नुको साटो तिनीहरु संसदीय लोकतन्त्र र राष्ट्रवादी-धर्म निरपेक्ष ढाँचामा नै आफ्ना गतिविधि चलाउन मस्त छन्। यसले गर्दा उनीहरु यस व्यवस्थाको कुनै विकल्प दिन असमर्थ रहेका छन्। हालत यति खराव छ कि भाकपा तथा माकपा जस्ता वामपन्थी पार्टी पनि ‘आपतकाल’को अनुभवका बावजुद पनि कांग्रेस-कम्युनिष्ट व्यूह रचनाबाट माथि उठ्न सकेनन्, जुन व्यूह रचना निर्माण गर्न मार्क्सवादी बुद्धिजीवि तथा सिद्धान्तकारहरुको प्रमुख भूमिका रहेको थियो। यी बुद्धिजीविहरुले उपलब्ध पद प्रतिष्ठालाई दुत्कार्न सकेनन्। कांग्रेससंग पूर्णतः मोहभंग भई सकेपछि पनि जब जब दक्षिणपन्थी शक्तिसंग जुझ्न पर्दछ तब तब ती भित्रको एउटा ठुलो हिस्सा कांग्रेससंग अवसरवादी तालमेल बनाउन जुटी हाल्छ। कुनै महत्वपुर्ण क्रान्तिकारी विकल्प बनाउने त कुरै छोडी दिनुहोस्, व्यवस्थाको सिमा भित्र पनि कुनै दीर्घकालीन एवं प्रभावकारी वामपन्थी विकल्प बनाउने काम पनि उनीहरुको प्राथमिकतामा पर्न छोड्यो।

    नक्सलवादी संगठनहरुमा पनि ग्रामिण एवं क्षेत्रीय स्तरमा एक हदसम्म शानदार संघर्ष चलाई सकेपछि थकाईका लक्षण देखिन थालेका छन्। उनीहरुले पनि चुनावी मैदानमा पाइला टेकेका छन्। यी संगठनले पनि अधिकतर जसो उम्मेदवारमा द्विज तथा पछि परेका जातिका मानिस मध्येबाट नै छटनी गरेका छन्। वर्ग शत्रु सफायको कार्य दिशा प्रति प्रतिवद्ध अतिवादी किसिमका माओवादी गुटहरुमा पनि ब्राह्मणहरु तथा ब्राह्मणवादीहरुको वर्चश्वको कारण किचलो हावी छ। मार्क्सवादी लेनिनवादी धाराका केही व्यक्ति र समुह आत्मनिर्णयको निम्ति चलाइएको क्षेत्रीय आन्दोलन तथा संघवादी आधारमा चलेका केही जातियतावादी आन्दोलनमा भागिदार हुन थालेका छन्। यिनमा पंजाब, कश्मीर, अछाम तथा उत्तरपूर्वमा भई रहेका आन्दोलन पर्दछन्। दुई किसिमका जुझारु राजनीति मिलेर पनि यिनीहरु ज्वलन्त सामाजिक मुद्धासंग सुविदित हुन नाकाम रहेका छन्। वास्तवमा उत्पीडित एवं समाजबाट बहिस्कृत सामाजिक समुहलाई यी शक्तिले उपेक्षा नै गरी रहेका छन्। यसको एक उदाहरण पंजाबमा देख्न सकिन्छ। त्यहाँ अनुसूचित जाति तथा धार्मिक शिखहरुको समर्थन आज पनि कांग्रेसलाई प्राप्त हुँदै आएको छ।

    वामपन्थी धारामा सम्भवतः एक मात्र अपवाद जाति-वर्गमा सामन्जस्यताको दावा गर्ने सत्यशोधक विचारधारा नै हो। परन्तु यसको पहिलो समस्या भनेकै यसको प्रभाव केवल महाराष्ट्रका केही जिल्लामा सिमित रहनु हो र त्यहाँ पनि महरा तथा अन्य अनुसूचित जाति-समुहबीच कामकाजी गठजोड बनाउन असफल रहनु हो। सत्यशोधकहरुको दोश्रो समस्या भनेको उनीहरु माकपासंग आफ्नो पुरानो हिसाव किताब चुक्ता गर्न मै ज्यादा फसी रहनु हो। उता माकपा भने जाति तथा जातिगत चेतनालाई राजनीतिक संगठनको वैध तरिकाको रुपमा स्विकार्न आग्रह गरिने यस्ता असन्तोषका कुनै पनि स्वरलाई सहन तैयार छैन। माकपा यस आधारमा निम्न तथा उत्पीडित जातिहरुमा राजनीति गर्नुमा बेचैनी महसुस गरेको जस्तो लाग्दछ। यसै कारण माकपाले सत्यशोधकहरु जस्तालाई तिरस्कार र उपेक्षा वाहेक के नै दिन सक्छ र ?! उता कुनै कुनै इलाकामा त सत्यशोधकहरुले शासक वर्ग, यहाँ सम्म कि पुलिससंग पनि भित्र भित्रै हिमचिम गर्ने जस्तो अवाञ्छित कदम उठाउन पनि पुगेका छन्। समग्रतामा, मार्क्सवादी विचारधारामा सत्यशोधक जस्तो सुधारवादी प्रयास ग्रहण गर्ने कुनै गुञ्जायस रहेन। परिणाम स्वरुप त्यस्ता प्रयास र कमजोर धरातल हुँदा हुँदै पनि किसानहरुले गरेका संगठित प्रयास र पहलकदमी दक्षिणपन्थी प्रतिकृयावाद र स्थापित वामपन्थी शक्तिको दोहोरो मारमा पिसिनु परेको छ।

    यस स्थितिको नतिजा के निस्किन्छ भने दलित तथा अन्य उत्पीडित समुहमा जनचेतनाको ज्वार तेज भए पछि उत्पन्न भएको राजनीतिक प्रक्रियाको निश्चित वामपन्थी रुझान त छ तर त्यति हुँदा हुँदै पनि वामपन्थी आन्दोलन यस्ता सामाजिक तब्कामा आफ्नो जरा बिस्तार गर्न र त्यस माध्यमबाट व्यापक राजनीतिक दायरामा आफ्नो वर्चश्व कायम गर्नमा असफल रहेको छ। वास्तवमा उनीहरुको सट्टामा टिकैत, शरद जोशी र नाजुंदास्वामी जस्ता पूराका पुरा गैर-वामपन्थी तथा सामाजिक रुपले द्विजहरुका बीचबाट आएका शक्तिले घर गर्न पाए। दलितहरु प्रति गहिरो हमदर्दी राख्ने केही संवेदनशील बुद्धिजीवी तथा कार्यकर्ताले पनि यस्ता खाले मानिसहरुको पुच्छर समात्न पुगे। यस सम्वन्धमा गेल आँम्वेटको उदाहरण दृष्टव्य छ। आजका दिनसम्म वामपन्थी आन्दोलन अर्थवादको शिकार बन्दै आएको छ। तिनको दुनियाँमा सामाजिक मुद्धालाई सचेतनतापुर्वक उपेक्षा गरिदै आइएको छ, जब कि सच्चाई चाहीं के छ भने देश आजभोलि जुन राजनीतिक संकटको सामना गर्दै छ त्यस संकटको केन्द्रमा सामाजिक संकट नै छ। यस सामाजिक संकटको मर्म हो जात प्रथाको संकट। यही कारण हो कि एक नयाँ विचारधारात्मक आह्वानका साथ यस्तो हावा गुन्जिदै छ जो गान्धी, नेहरु,मार्क्स, लेनिन अथवा माओको नामबाट होइन बरु अम्बेडकरवादको नामले चिनिदै छ।

    दुर्भाग्यवस् अम्बेडकरवादी अपील पनि भ्रम तथा फुटको शिकार भएको छ। झलक्क हेर्दा यसमा पनि ब्राह्मणवादी दशानन हावा भर्दै छ। आम समझदारीको विपरित ब्राह्मणवाद कुनै जडसुत्रीय वैचारिक संरचना होइन, तर यो बडो लचिलो ढंगले सक्रिय हुँदै नित्यरुपमा नयाँ नयाँ क्षेत्रमा वर्चश्व स्थापित गर्ने परियोजनामा लिप्त रहेको छ। यो नयाँ उदीयमान शक्तिलाई ढुकेर हमला गर्छ। यसको उदाहरण, १९९३-९४को क्रममा उत्तर प्रदेशमा भएको दलित-विरोधी हिंसाको माहौलमा देख्न सकिन्छ। अर्को तिर यस विचारधारात्मक प्रवृत्तिले मध्यम तथा निम्न जातिका मानिसहरुलाई आफ्नो पक्षमा पार्न लिट्टी कसेर लागेको छ।उता पछौटे तथा दलित समुदायबाट आएको उच्च शिक्षित तथा प्रभावशाली तब्का पनि ब्रह्मणवादको प्रभावबाट अछुतो भने रहन सकेको छैन। तिनीहरु निम्न मानिने जनसाधारण र मेहनतकश जनतालाई हताशाजनक हालतबाट छुटकारा दिलाएर उत्पीडितहरुको आन्दोलनको नेतृत्व गर्ने स्थिति आउन सकेका छैनन्। ब्राह्मणवादले ‘संस्कृतिकरण’को प्रक्रियाको माध्यमबाट विद्रोही चेतना कुल्ची दिन्छ। अम्बेडकरवादी आन्दोलन पनि ब्राह्मणवादद्वारा गरिने यस आत्मसातिकरण (internalization)को दुसाध्य रोगको शिकार भएका छ। शेड्युल्ड कास्ट फेडरेसन देखि लिएर रिपब्लिकन पार्टी सम्म आत्मसातिकरणको यो इतिहास देख्न सकिन्छ। आफुलाई दलित पेंथर (चितुवा) भन्नेहरु तथा आरक्षण समर्थक विविध आन्दोलन देखि लिएर अम्बेडकरको नाममा ठुलो मात्रामा तीव्रताका साथ देखा परेका संगठन सम्मले यो समस्या भोग्नु परेको छ। हुन त अम्बेडकरवादको यस प्रसारका पछि दलित आईएएस अधिकृतहरुको मुख्य भूमिका छ र तिनैलाई यसको ठुलो लाभ पनि भएको छ। यहीं कारण यस आन्दोलनले आरक्षण माथि अलिकति बढ्तै जोड दिएको छ। अर्को तिर, उच्च जातिकाहरु दलित उभार तथा मध्यम वर्गीय व्यवसायमा उनको प्रवेशबाट भयभित हुन थालेका छन्। तिनले समाचार माध्यममाथि आफ्नो पकड तथा ग्रामिण राजनीतिमा आफ्नो चालबाजिको सहारा लिएर यस समग्र परिघटनालाई जबर्दस्त जातिवादी लहरको रुपमा चित्रित गर्न लिट्टी कस्न थाली सकेका छन्। मुठभेड र हिंसाका स्थानीय घटनालाई यी जातीय युद्ध विस्फोट भएको भनेर चित्रित गर्दैछन्।

    **रजनी कोठारी (1928-2015), आधुनिक भारतका एक उम्दा चिन्तक, राजनीति शास्त्री, सिद्धान्तकार तथा प्राज्ञिक लेखक।
    *प्रस्तुत लेख उनको ‘राजनीति की किताब’को ‘दलित उभार के मायने’ लेखको एक अंश।

    भावानुवाद : टंक कार्की

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: भारतमा वामपन्थी आन्दोलनराजनीति की किताब
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.