स्थानीय प्रशासनले शालिक निर्माणमा अवरोध गरेपनि गेल्सेनकिर्चेनको वामपन्थी पार्टी जर्मन मार्क्सवादी–लेनिनवादी पार्टीको विजय
जर्मन शहर गेल्सेनकिर्चेनमा भ्लादिमिर लेनिनको शालिकको स्थापना गरिने भएकोछ। यसका लागि वामपन्थी पार्टी र स्थानीय प्रशासनबीच लामो समयदेखि विवाद जारी थियो।रुहर उपत्यकाको बीचमा रहेको गेल्सेनकिर्चेन, एक पटक जर्मनीको औद्योगिक केन्द्र थियो, रूसी कम्युनिष्ट पार्टीका संस्थापकको शालिक रहेको पहिलो पश्चिमी जर्मन शहर हुनेछ।
कुनै समय लेनिनका शालिकहरूले कम्युनिष्ट पूर्वका विभिन्न शहरहरू र नगरहरुमा स्थान पाएका थिए तर पश्चिमी जर्मनीको सार्वजनिक स्थानमा लेनिनको शालिक स्थापना हुनेछन् भनेर कहिल्यै सोचिएको थिएन। हालै आएर लेनिनको धातुको शालिक जर्मनीको मार्क्सवादी-लेनिनवादी पार्टीको मुख्यालय बाहिर राख्न अदालतले अनुमति दिएको छ। स्थानीय प्रशासनले शालिक राख्न नदिन कोसिस गरेका थियो। प्रशासनले शालिक त्यहाँ स्थापन गरिँदा १९३० को दशकको समाज शाखाले सूचिबद्ध भवनको “दृश्यलाई अवरोध पुर्याउँछ” भनिरहेको थियो।
तर शालिक निर्माणमा लागेको मालेपार्टीले त्यहाँको प्रशासनका विरुद्ध कानूनी युद्ध लड्यो र अदालतले यस कार्यलाई अवरोध नगर्न आदेश दिएकोछ। यो शालिक स्थापना गर्ने निर्णयलाई सो पार्टीले “व्लादिमीर इलिच लेनिनको लागि शानदार विजय” भनेकोछ। एमएलपीडीका प्रमुख गाबी फेचनेरले जर्मन मिडियालाई भने: “हामी वास्तवमै खुसी छौं। गेल्सेनकिर्चेन श्रमिकहरुको एक शहर हो र लेनिन यहाँ राम्ररी सुहाउँछन्।” तर स्थानीय प्रशासनका प्रवक्ताले “अदालतको फैसलाको विपक्षमा रहिरहने” भनेकाछन्।
लेनिनले दाहिने मुठ्ठी उठाएको शालिक १४ मार्चमा एक समारोह गरेर अनावरण गरिनेछ, जसले मुलुकभरका वामपन्थीहरुलाई आकर्षित गर्ने अनुमान गरिएको छ। हुन त एमएलपिडिले यसको अनावरण लेनिनको १५० औं जन्मदिवशमा नै गर्न कोशिस गरेको थियो।फलामले बनाइएको यो शालिक १९३० ताका सोभियत संघमा बनाइएको थियो। यसलाई चेक गणराज्यबाट एमएलपीडीले मूल्य नखुलाईकन अनलाइन लिलामीबाट प्राप्त गरेको हो।स्मरण रहोस् सन् १८९२ मा स्थापीत एमएलपीडि जर्मन जासूसको निगरानीमा छ र यसले सो पार्टीलाई उग्रवादी र असंवैधानिक भन्ने गर्दछ।