Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विष्णुबहादुरको एउटै सुत्र, एकिकृत वामशक्ति

गणेश साह गणेश साह
चैत्र १९, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कम्युनिष्ट नेता विष्णुबहादुर मानन्धरसँग मेरो पहिलो भेट २७/२८ सालतिर मस्कोमा भएको हो। त्यसबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भइसकेको थियो। सोभियत युनियनमा नेपाली छात्र संघको पहिलो अध्यक्ष हुँ। त्यहाँबाट नेपालको विद्यार्थी संगठनसँग सहकार्य हुन्थ्यो। २०३१ सालको अन्त्यतिर म काठमाडौँ आएपछि उहाँसँगको राजनीतिक सम्बन्ध सुरु भयो।

    संयुक्त बाममोर्चाको पक्षधर

    त्यसबेला उहाँ पार्टी र पार्टीको कामका लागि एकदम अनुशासित हुनुहुन्थ्यो। उहाँ पार्टीका कुनैपनि बैठकमा समयमै आइपुग्नु हुन्थ्यो। उहाँ किर्तिपुरमा बस्नुहुन्थ्यो, त्यहाँबाट साइकल चढेर समयमै बैठकमा आइपुग्ने गर्नुहुन्थ्यो। विष्णुबहादुर मानन्धर रौतहट गौरको सम्पन्न परिवारबाट हुनुहुन्छ। उहाँले रौतहटको किसान आन्दोलनको बारेमा हामीलाई सुनाइ रहनुहुन्थ्यो। २०१५ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीले जितेका ४ सिटमध्ये २ सिट रौतहटबाटै थियो। त्यो समयमा कसरी जनतासँग जोडिएर काम गरिन्थ्यो भन्ने पनि उहाँले बताइरहनुहुन्थ्यो। त्यो बेला कसरी चुनाव लडिन्थ्यो, कति खर्चमा चुनाव गरिन्थ्यो र आम नागरिकसँग कसरी घुलमिल गरिन्थ्यो भन्ने कुरा उहाँबाट हामीले सुन्यौँ।

    २०४६ सालपछि हामीले गठन गरेको नेकपा संयुक्तमा विष्णुबहादुर मानन्धर महासचिव हुनुहुन्थ्यो भने म उपमहासचिव थिएँ। उहाँ २००८ सालदेखि नै कम्युनिष्ट हो। उहाँ विद्यार्थी आन्दोलनको फ्रन्टमा हुनुहुन्थ्यो। ०३६ सालमा जनमत संग्रह घोषणाको समयमा विद्यार्थी संगठनहरूले नै मूल भूमिका खेलेका थिए। त्यसबेला पनि उहाँले एउटा विशेष पहिचान बनाउनुभयो।

    जनमत संग्रहमा हाम्रो पार्टीले बहुदलको पक्ष लियो। त्यसबेला हाम्रो पार्टीको अध्यक्ष केशरजंग रायमाझी थिए भने महासचिवमा विष्णुबहादुर मानन्धर हुनुहुन्थ्यो। त्यतिखेर तत्कालिन माले बहुदल र निर्दल एउटै हो भनेर हिँड्यो। त्यो बेलादेखि उहाँले अब नेपालमा पञ्चायत व्यवस्थाविरुद्ध लड्नका लागि बाम र प्रजातान्त्रिक शक्तिको मोर्चा बन्नुपर्छ भन्ने आवाज उठाउनुभयो। त्यो अवधारणा चाहिँ विस्तारै लागु हुँदै गयो। र, ०४२ सालको सत्याग्रहमा हामी पनि कांग्रेससँगै रह्यौँ।

    त्यसपछि ०४६ सालको आन्दोलनमा उहाँको मूल अगुवाईमा संयुक्त वाममोर्चा बन्यो। त्यो बाममोर्चा र कांग्रेसले संयुक्त रुपमा आन्दोलन गरेपछि पञ्चायतको अन्त्य भयो। उहाँले सैद्धान्तिक र वैचारिक रुपमा संयुक्त बाममोर्चा निर्माण गर्नुपर्ने र कांग्रेसँगको समेत सहकार्यमा जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने बताउदै आउनुभएको थियो।

    सादा जीवनशैली

    उहाँ विधि, पद्धति, विधान र जनवादी तथा वैचारिक सिद्धान्तमा धेरै अडिग व्यक्ति हुनुहुन्थ्यो। उहाँको जीवन एकदमै सादा थियो। उहाँले कहिले पनि तडकभडक गर्नुभएन। ०४६ सालमा प्रजातान्त्रिक आन्दोलन सफल भएपछि किसुनजीको नेतृत्वमा बनेको अन्तरिम सरकारमा हाम्रो पार्टीलाई पनि मन्त्रीको सिट दिइयो। त्यसमा उहाँ आफैं जान सक्नुहुन्थ्यो। तर अरुलाई नै सरकारमा पठाउनुभयो।
    जनआन्दोलन गरेकाले लाभको पदमा गएपछि जनतासँगको सम्पर्क टुट्छ भन्ने धारणा थियो।

    उहाँ कुनैपनि लाभ, सुविधा र सुखसँग टाढा बस्ने व्यक्तित्व हो। उहाँ कतै जानुपर्‍यो भने पैदल पनि हिंड्नुहुन्थ्यो। उहाँबाटै अभिप्रेरित भएर म ०५२ सालमा विरगञ्जदेखि विराटनगरसम्म ४० दिनको पदयात्रामा हिँडेको छु। त्यसयता नेपालमा पदयात्राको क्रम पनि सुरु भयो। उहाँ अरु नेतासँगको सामान्य भेटघाटमा पनि जनताको कुरा गर्नुहुन्थ्यो।

    उहाँ जहिले पनि वैचारिक र सैद्धान्तिक लेख, रचना पढ्ने र कुनैपनि शब्दको अर्थलाई गहिरिएर अध्ययन गर्ने गर्नुहुन्थ्यो। बाहिरबाट बौद्धिक नदेखिएपनि उहाँ खासगरी कम्युनिष्ट आन्दोलनको बारेमा बौद्धिक र वैचारिक ज्ञान भएको व्यक्तित्व हो। दुई वर्षअघिसम्म, जतिखेरसम्म उहाँ स्वस्थ हुनुहुन्थ्यो, त्यो बेला पनि उहाँ नियमित पत्रपत्रिका पढिरहनुहुन्थ्यो।

    उहाँमा सादा जीवन, निष्ठाको राजनीति गर्ने र विचलित नहुने व्यक्तित्व छ। उहाँ निष्ठाको राजनीति गर्ने नेताहरूमा पहिलो वा दोस्रो नम्बरमा पर्नुहुन्छ। बरु अरु नेता जनताबीचमा जाँदा ‘नेता’ जस्तै देखिन्छन्। तर उहाँ जाँदा अर्कै व्यक्ति आएजस्तो लाग्थ्यो। एउटा आम नागरिक जस्तो देखिनु ठूलो गुण हो। नेता भएर पनि आम नागरिक बन्नका लागि ठूलो क्षमता चाहिने रहेछ।

    अहिलेका नेतासँग तुलना गर्न मिल्दैन

    गाउँ गएका बेला सानो पसलमा पनि चिया खाने र कहिलेकाहीँ होटल छोडेर गाउँकै कुनै कमरेडकहाँ गएर खाना खाने गरिन्थ्यो। कमरेडका परिवारका अरु सदस्यहरूसँग पनि मिल्ने गर्नुहुन्थ्यो। त्यो बेला धेरैजसो पुरुषहरू राजनीतिमा लाग्ने गर्थे। र, कुनैपनि घरका पुरुष सदस्यलाई राजनीतिमा ल्याउने क्रममा पनि उहाँ त्यस घरका महिलाहरूसँग शीष्ट व्यवहार गर्नुहुन्थ्यो।

    सरल जीवनशैलीका कारण उहाँलाई जनताका घरमा बढी इज्जत र सम्मान गर्ने गरिन्थ्यो। कमरेडहरूको घर सानो छ भने एउटै खाटमा सुत्ने, परालमै सुत्नुपरे पनि सुत्ने र परालकै गुन्द्री ओडेर पनि सुत्नुहुन्थ्यो उहाँ। त्यस्तो देखेका गाउँलेले उहाँलाई ‘साक्षत् विष्णु’ भन्थे। उहाँ यस्तो मान्छे हो कि, उहाँ गाउँमा रातिको समयमा पुग्नुभयो भने पनि १/२ हजार मान्छे जम्मा हुन्थे।

    खासगरी तराईका १०/१२ वटा जिल्लाको एउटा पुस्ताले उहाँलाई धेरै आदर्शवादी नेताको रुपमा चिनेको छ। केन्द्रमा निष्ठावान् नेताका रुपमा र तराईमा आम नेताको रुपमा विष्णुबहादुरलाई चिनिन्थ्यो। उहाँले तमसुक च्यात्ने आन्दोलनपनि गर्नुभयो। उहाँले आफ्नै बुवाको तमसुक च्यात्नुभएको छ। उहाँको जेठो दाई दरबारको मुख्य सचिव हुनुहुन्थ्यो। उहाँको परिवार शिक्षित, धनी र संभ्रान्त परिवार हो। उहाँ परिवारको एकमात्र सदस्य हो, जो कम्युनिष्ट राजनीतिमा लाग्नुभएको छ।

    रौतहटमा उहाँको पुख्र्यौली घर छ। हामी त्यहाँ गएका बेला कुनै होटलमा गएर खाउँ भन्दा उहाँ ‘भात तरकारी त आधा घन्टामा पाक्छ’ भन्दै स्टोभमा पकाउन थाल्नु हुन्थ्यो। भाँडा कहिले हामी माझ्थ्यौँ र कहिले उहाँ आफैं माझ्नुहुन्थ्यो। मैतीदेवीमा उहाँ बसेको ठाउँमा हेर्न जानुभयो भने एउटा कोठामा उहाँका श्रीमान र श्रीमती बस्ने गर्नुहुन्थ्यो, अर्को कोठामा भान्सा र बाहिर एउटा सानो बस्ने ठाउँ छ। उहाँको बसाई त्यति सरल थियो।

    यसरी सादगी जीवन बिताउनुमा हामी के कुराबाट प्रेरित भएर राजनीतिमा लागेका छौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ। आफूलाई भित्रैबाट परिवर्तन गरेर राजनीतिमा लागियो भने अरु कुरापनि परिवर्तन गर्न सकिन्छ। मलाई लाग्छ, विष्णुबहादुरले त्यसरी आफूलाई परिवर्तन गर्नुभएको थियो। उहाँले सबैभन्दा बढी रेडियो सुन्नुहुन्थ्यो। पहिले बिबिसी हिन्दी सुन्ने गर्नुहुन्थ्यो। उहाँको हरेक जीवनशैली हेर्दा उहाँ र अहिलेका कम्युनिष्ट नेतामा तुलना गर्नै मिल्दैन।

    बामशक्ति एक नभए आन्दोलन कमजोर हुन्छ

    भित्रदेखि नै कम्युनिष्ट आदर्श र सिद्धान्त बोकेको कम्युनिष्ट नेता जुनसुकै ठाउँ जानेबित्तिकै त्यहाँका मानिसहरूले आनन्दको अनुभूति गर्ने गर्छन्। राजनीतिमा पहिलो कुरा आदर्श, सिद्धान्त र निष्ठा चाहिन्छ। अर्को कुरा भनेको जीवनशैली सामान्य हुनुपर्छ। आजका नेताहरूलाई यो कुरा मैले धेरैचोटी भनिसकेको छु कि तपाईंको सिद्धान्त र आदर्शको राजनीतिक भाषण भन्दा हजरौँ गुणा बढी तपाईंको जीवनशैलीले तपाईंलाई चिनाउँछ। तपाईँले के लगाउनुहुन्छ, कसरी हिँड्नु हुन्छ र कसरी बस्नुहुन्छ भन्ने कुराबाट तपाईंको सिद्धान्तले भन्दा हजार गुणा बढी सन्देश बोकेको हुन्छ।

    त्यसैले अहिले पनि नेपाली समाजको अवस्था बुझेर आफ्नो जीवनशैली बनाउने हो भने त्यो सिद्धान्तगत राजनीति भन्दा बढी प्रभावकारी हुन्छ। अहिले त मैले कस्तो लुगा लगाए, कस्तो खाएँ र कस्तो सोफामा बसे भन्ने मात्रै हेरिन्छ। आम्दानी अनुसारको जीवनशैली अपनाउनुपर्छ भन्ने उहाँको सिद्धान्त थियो।

    सरल र सिद्धान्तनिष्ठ

    आफूसँग थोरै पैसा भयो भने उहाँले गरिबका छोराछोरीको शिक्षाका लागि दिने गर्नुहुन्थ्यो। खासगरी त्यो बेला तराईमा गरिबी व्याप्त थियो। हामीले त्यहाँका गरिब, दलित, अपहेलित समुदायका मानिसहरूको घरमा खायौँ। उहाँ त्यहाँका सबै असहजताहरूलाई बेवास्ता गर्दै सबैसँग मिजासिलो बन्नुहुन्थ्यो। आदर्श र राजनीतिको कुरा पनि गर्नुहुन्थ्यो। विष्णुबहादुर माथिल्लो तहका नेताहरूसँग बोल्दा पनि हरेक शब्द तौलिएर बोल्नुहुन्थ्यो। अहिलेका नेताहरू जस्तो गालीगलौज गर्ने प्रवृत्ति उहाँमा कहिल्यैपनि थिएन। गर्नैपरे राजनीतिक भाषामा गर्नुहुन्थ्यो।

    पार्टी सुरुदेखि नै सैद्धान्तिक रुपमा उग्र वामपन्थको विरोधमा थियो। उग्र वामपन्थीले अन्ततः दक्षिणपन्थी राजनीतिलाई सहयोग गर्छ भन्ने धारणा थियो। एमालेले ५१ सालपछि लोकेन्द्रबहादुर चन्दसँग सरकार बनाएपछि एमाले पनि दक्षिणपन्थी भासमा जकडिँदै गएको छ भन्ने निश्कर्षमा हामी पुग्यौँ। त्यसैले जब कम्युनिष्ट आन्दोलन दक्षिणपन्थी भासमा फस्न थाल्छ, त्यसबाट निकालिनु धेरै कठिन काम हो।

    त्यसका लागि दक्षिणपन्थीविरुद्ध संघर्ष अगाडि बढाउनुपर्नेमा विष्णुबहादुरको जोड थियो। उहाँले विभिन्न समूहमा रहेर करिब २६÷२७ वर्ष कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्नुभयो। उहाँको एउटै सुत्र थियो कि बामशक्तिहरू बीचमा मोर्चा बन्नुपर्छ। संयुक्त बाममोर्चाले प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गर्नुपर्छ। नभए प्रतिक्रियावादी र प्रतिगामी शक्तिले हाम्रो लोकतान्त्रिक आन्दोलनलाई दिनप्रतिदिन कमजोर पार्दै लैजान्छ।

    (नेकपा माओवादी केन्द्रका नेता साहसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित ।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      गणेश साह

      गणेश साह

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.