Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पार्टीभित्र भक्ति गर्ने होइन, प्रश्न गर्ने मान्छे चाहिन्छ हामीलाई

अहिले नेपालमा करीब ३०–३५ लाख मानिस त सक्रिय रूपमा राजनीतिमा होलान्, सदस्यहरूका रूपमा होलान्। र, यी मानिसहरूमध्ये पढेलेखेका, जाने–बुझेका, टाठाबाठा र आकाश–पाताल देखाउने मानिसहरू छन्। जबकि उनीहरूकै चेतना साइन्टिफिक छैन। अनि त्यसो भएपछि मुलुक कता जान्छ?

घनश्याम भूसाल घनश्याम भूसाल
असार ३१, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विज्ञान आफैँमा ठूलो र विस्तारित विषय हो। विज्ञानलाई विभिन्न कोणबाट व्याख्या गर्नुपर्छ। इतिहास र समाजशास्त्रको विद्यार्थी भएका हिसाबले कुन समाजमा विज्ञानले काम गर्छ र कुन समाजमा यसले काम गर्दैन भन्ने कुरा यहाँ बताउन चाहन्छु। अर्थराजनीतिका हिसाबले पनि आफूले जानेका केही सिमित कुराहरु यहाँ राख्न चाहन्छु। यो समाजबाट छुट्टै केही भिन्नै र केबल वैज्ञानिकहरुको मात्र विषय होइन विज्ञान। विज्ञान यही समाजभित्रको ज्ञान हो। विज्ञान पनि यहीँको उपज र यहीँको चेतनाको एउटा क्षेत्र हो भन्ने कुरा सबैभन्दा पहिले हामीले बुझ्नुपर्छ। किनभने इतिहासमा पूर्व र पश्चिम दुवैतिर विज्ञान र प्रविधिमा धेरै प्रयत्नहरू भएका छन्।

    र, तीमध्ये केही निकै राम्रा प्रयत्नहरु भएका धेरै उदाहरणहरू छन्। करिब–करिब इसाको शुरुतिरै प्राचिन रोममा नै पानी तान्ने मेसिन बनेको थियो। तर त्यस मेसिनले किन काम गरेन भन्दा त्यो मिसिनले सुरुङबाट पानी तान्थ्यो र धेरै दासहरूलाई त्यस मेसिनले विस्थापित गर्दथ्यो। अनि ती दासहरुलाई विस्थापित गर्ने त्यो मेसिन त्यहाँ टिक्न सक्दैन्थ्यो। खास सामाजिक ऐतिहासिकतामा विज्ञानले कसरी काम गर्छ भन्ने सन्दर्भमा मैले यो उदारहण उल्लेख गरेको हुँ। भन्नुको अर्थ, इतिहास यसरी नै विकास भएको छ।

    यस्तै, युरोपमा विज्ञानको कसरी विकास भयो र कसले यसलाई नेतृत्व ग¥यो भनेर हेर्ने हो भने जतिजति युरोपले उपनिवेशको विस्तार ग-यो, त्यसले आफ्नो उत्पादन पनि बढायोे। अन्त–अन्त उत्पादन गर्ने र आफूकहाँ ल्याउने र उपभोग गर्ने यो चक्रमा युरोपको विज्ञान विकसित भएको देखिन्छ। यस्तै अवस्था अमेरिकाको पनि हो। रुस र चीनमा विज्ञानको विकास अलि फरक ढंगबाट भएको हो। युरोपमा पूँजीपतिले नाफाका लागि विज्ञानको विकास गरेका थिए भने रुसमा विज्ञान–प्रविधिको विकास पार्टीहरुले गरेका थिए। चीनियाँहरूले अलिकति हाइब्रिड किसिमले विज्ञानको विकास गरे। त्यो वर्गलाई तथा पूँजी निर्माण कर्ताहरूलाई पार्टीले संरक्षण गर्ने र प्रत्यक्ष नियन्त्रण गर्ने हिसाबले गए।

    आज भारतसँग उसकोे आफ्नै राष्ट्रिय पूँजीपति वर्ग छ। यद्यपी त्यो कति राष्ट्रिय हो वा होइन भन्नेमा विवाद होला। तर मैले देख्दा भारतको पूँजीपति वर्ग र राजनीति एक ठाउँमा छन्। र, उनीहरूले विकासका केही सपना देखेका छन्। मोदीले विकासका सपनासम्बन्धी भाषण गर्छन्। र, त्यो भाषण भनेको पूँजी निर्माणको भाषण हो। त्यसका अथाह सम्भावनाहरू छन्। भारतको जनसंख्या र त्यहाँको प्राकृतिक स्रोतसाधनलाई एक ठाउँमा राख्दा त्यहाँको सत्ता–राजनीति चलाउन र टिक्नका लागि पूँजी निर्माण आवश्यक छ।

    त्यो वर्ग अगाडी बढ्न र उसको आफ्नै विकासका लागि पनि त्यसले पूँजीको विकास गर्नुपर्छ। त्यसका लागि उसले आकाश पाताल गर्दै हिँडेको छ। सोही कारण मोदी कहिले फेसबुक त कहिले गुगलका सिइयोसँग युरोपतिर देखिन्छन्। उनी तिनीहरूलाई भेट्न किन जान्छन्? किनकि त्यसो गर्दा विज्ञान–प्रविधि र राजनीतिको भेट हुन्छ। अझ भन्नुपर्दा सामाजिकता, ऐतिहासिकता र राजनीतिकतालाई छोडेर विज्ञान–प्रविधिको विकास हुँदैन।

    हामीकहाँ राष्ट्रिय पूँजीपति वर्ग त वर्गका रूपमा आएकै छैन। ८० प्रतिशत बैंकको ल्यान्डिङ करिब÷करिब ३०÷३५ वटा व्यापारिक घरानाले व्यापारमा लगाउँछन्। तिनले उत्पादन गरेर रोजगारी दिने बाटो सब छोडे। अथवा त्यो टिकाउन सकिएन वा टेकेनन्। हामीकहाँ राष्ट्रिय पूँजीपति वर्ग त्यसरी आएन। हाम्रो पूँजीपति वर्गले त गाडी र साडीको व्यापार गर्दाखेरी नै नाफा हुने ठान्यो। गाडी र साडीको व्यापार गर्ने व्यापारी समूह र हाम्रो राजनीतिक नेतृत्वको लगनगाँठोले गर्दा यहाँको विज्ञान र चेतना अवरुद्व भयो भन्ने मलाई लाग्छ।

    यो विषयलाई गम्भीरताका साथ लिइयोस् र छलफल होस् भन्ने लाग्छ मलाई। केवल प्रविधि र नानो टेक्नोलोजीको कुरा गरेर मात्र हुँदैन अब हामीले। नानो टेक्नोलोजी कहाँ र कस्तो ठाउँमा उपयोग गर्ने? कम्युटर किन आयो? युद्धको असिमित र ठूलो आवश्यकताले गर्दा अमेरिकी सेनाले इन्टरनेटको उत्पादन ग¥यो। कस्तो समाजमा इन्टरनेट विकास हुन्छ र कस्तो समाजमा हुँदैन? हाम्रोमा किन हुँदैन? ‘हामीले त्यस्ता वैज्ञानिकहरुलाई किन जन्माउन सकेनौं?’ भन्ने विषयलाई ऐतिहासिकतामा हेर्नुपर्छ।

    उत्पादनशील र वैज्ञानिक वर्ग कसरी बन्छ? राजनीति र समाज कसरी बन्छ भन्ने कुरातर्फ बृहत् रूपमा ध्यान नदिए हामीले हाम्रा वैज्ञानिकहरूलाई अब बचाउन सक्दैनौँ। हाम्रा बालबच्चालाई हामीले राम्ररी पढायौँ र उनीहरू अब्बल निस्के भने आजका दिनमा तिनलाई एमआइटी, नासा वा गुगलतिर पठाइदिने मात्रै हो। हामीले हाम्रा वैज्ञानिकहरूलाई टिकाउने र विकास गर्नेगरी राजनीति बनाउनु पर्ने हो। तिनको सुरक्षा यहाँ कसरी हुन्छ भन्ने कुरा नै यसको मुख्य कुरा हो। यसर्थ, यसको पनि जरो नियाल्दा, यदि हाम्रो राम्रो राष्ट्र बनाउने हो भने राम्रो राजनीति चाहिन्छ। राम्रो राजनीति चाहिने हो भने राम्रा पार्टी पनि चाहिन्छ भन्ने लाग्छ। तराईमा नहिँड्ने गोरु र राँगाजस्ता हाम्रा कमर्चारीहरूलाई खेदेर वा ‘हाम्रो पूँजीपतिले यो गर्दिन्छ कि’ भन्ने ठानेर विज्ञानको विकास हुन्छ त?

    उसो भए विज्ञानको विकास गर्ने पात्र हाम्रोमा को हो? कसले गर्दिन्छ विज्ञानको विकासको काम? विज्ञानको विकास गर्ने पात्र केवल ल्याबमा बस्ने वैज्ञानिक हो? यदि माथि उल्लेख गरिएका पात्र या अन्यहरूले विज्ञानको विकास गर्ने होइन भने त्यो काम राजनीतिले गर्नुपर्छ। राजनीति आखिर राजनीतिक पार्टीले नै गर्ने हो। र, हाम्रोमा विज्ञानको विकास किन भएको छैन त भन्दा मैले अघि भने राम्रो राष्ट्रको परिकल्पना गर्ने हो भने राम्रो राजनीति चाहियो। राम्रो राजनीतिका लागि राम्रो पार्टी चाहियो। खराब पार्टीहरु भएको मुलुकको राम्रो भबिष्य हुँदैन। यसर्थ, राम्रो पार्टी चाहिन्छ। राम्रो पार्टी भनेको वैज्ञानिक चेतना भएको पार्टी नै हो।

    विपीले २०१२ सालतिर ‘प्रजातान्त्रिक समाजवाद’ भन्नुभाथ्यो रे ! त्यसबारे सानो एक अनुच्छेद लेख्नुभएको थियो। विपीले प्रजातान्त्रिक समाजवादका बारेमा जुन व्याखा गर्नुभयो, अहिले पनि काँग्रेस त्यही भन्दैछ। त्यो ‘प्रजातान्त्रिक समाजवाद यसरी आउँछ?’ भनेर कसलै वैज्ञानिक तरिकाले भनिदियो भने राम्रो हुन्थ्यो। वैज्ञानिक तरिका भनेको के हो? कुनै कुरा ‘हो कि होइन’ भनेर परिक्षण गर्न सकिने तरिका नै वैज्ञानिक तरिका हो। र, ‘प्रजातान्त्रिक समाजवाद’ लाई परिक्षण गर्न सकिने तरिकाले कुनै कांग्रेसले बताउँछ भने त्यो प्रजातान्त्रिक समाजवाद वैज्ञानिक विचार हो। तर कसैले त्यसो गरेको देखिँदैन।

    र, यो त राजनीतिक बिषय हो। यो विवादको बिषय पनि होला। हामी एमालेवालाहरूले ‘समृद्व नेपाली, सुखी नेपाली’ भनेका छौँ तर त्यो कसरी आउँछ भन्नेबारे कसैले भन्दैन। प्रचण्ड कमरेडले अस्ति आफ्नो दस्तावेजमा ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ वा केही भन्नुभाछ। तर त्यो कसरी आउँछ भन्नेबारे उहाँले भन्नुहुन्न। एकीकृत समाजवादीले ‘यात्रा समृद्धीको, लक्ष्य समाजवाद’को भन्छ तर कसरी आउँछ भन्नेबारे उसले व्याख्या गरेको छैन? ‘२ मा २ जोड्दा ४ हुन्छ, ४ मा १ घटाए ३ हुन्छ, र, ३ मा २ जोड्दा ५ हुन्छ’भने जस्तै गरी स्पष्ट गरी बताइदियो भने त गजब हुन्थ्यो। जबकि, ‘समृद्ध नेपाल, सुखी नेपाली’, ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ र ‘प्रजातान्त्रिक समाजवाद’ नामका कार्यक्रम आफैँमा वैज्ञानिक छैनन्।

    अहिले नेपालमा करीब ३०–३५ लाख मानिस त सक्रिय रूपमा राजनीतिमा होलान्, सदस्यहरूका रूपमा होलान्। र, यी मानिसहरूमध्ये पढेलेखेका, जाने–बुझेका, टाठाबाठा र आकाश–पाताल देखाउने मानिसहरू छन्। जबकि उनीहरूकै चेतना साइन्टिफिक छैन। अनि त्यसो भएपछि मुलुक कता जान्छ? र, यो माथिको नेतृत्व वर्गले त्यो गाडी र साडीवाला वर्गसँग लगनगाँठो जोड्छ र राष्ट्र दोहन गरेर बस्छ। त्यसो भएपछि विज्ञान मर्छ, ज्ञान मर्छ र चेतना मर्छ। यसको सुधारका लागि जहाँबाट हस्तक्षेप गर्दा पनि हुन्छ। राम्रो शिक्षाबाट हस्तक्षेप गर्दा पनि हुन्छ। राम्रो कर्मचारीतन्त्रबाट हस्तक्षेप गर्दा पनि हुन्छ। कहिँ न कहिँबाट हस्तक्षेप त चाहियो।

    तर सबैभन्दा सजिलो र प्रभावकारी र अहिलेसम्म हुँदै आएको हस्तक्षेप चाहिँ राजनीतिले नै गर्ने हो। राजनीतिक नेतृत्वले नै हस्तक्षेप गर्ने हो। यसर्थ, विज्ञान र प्रविधिको कुरा गर्ने हो भने हामीले प्रश्न गर्ने मान्छेहरू जन्माउनुपर्छ। कमरेड प्रचण्ड यही कार्यक्रममा हुनुहुन्छ। म कमरेड प्रचण्ड, कमरेड ओली, माधव र मित्र देउवालगायत अरु पार्टीका साथीहरुलाई भन्न चाहन्छु, हामी हाम्रो पार्टीभित्र प्रश्न गर्ने मान्छे जन्माउँछौँ। र, विज्ञानले पनि त्यही गर्ने हो। विज्ञानले प्रश्न गर्न सिकाउने हो। आस्था र भक्ति गर्ने मान्छेले हामीलाई प्रश्न गर्न सिकाउँदैनन्।

    त्यसैले पार्टीमा भक्ति गर्ने मान्छे हामीलाई चाहिएको छैन। त्यस्तो मान्छेहरू सत्तामा गएर तिनले वैज्ञानिक चेतना ल्याउँछन? अहँ, ल्याउँदैनन्। प्रश्न गर्ने मान्छेले विज्ञानको विकास गर्दै जान्छ र वैज्ञानिक चेतना भएको पार्टीले नै वैज्ञानिक राज्य बनाउँछ। र, त्यो राज्यमा विज्ञान सुरक्षित हुन्छ । ‘धर्मो रक्षति रक्षितः’ अर्थात् ‘जसले धर्मलाई रक्षा गर्छ, उसको धर्मले उसको रक्षा गर्छ’ भनेजस्तै जसले विज्ञानको रक्षा पार्टीभित्रैबाट गर्छ, त्यसलाई पनि विज्ञानले रक्षा गर्नेछ।

    विहिवार काठमाडौंमा आयोजित ‘नेपालमा विज्ञान तथा सूचना–प्रविधि सम्बन्धी नीति सम्वाद’ बिषयक कार्यक्रममा एमाले नेता घनश्याम भूसालले दिएको मन्तव्यको सम्पादित अंश।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.