Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

धेरै सैद्धान्तिक मुद्दामा माधव नेपाल पस्नै चाहनुभएन

माधवजीले त्यतापट्टि ध्यान दिनुभएन।आँट भएपछि ठिकठाक हुन्छ भन्नेतिर उहाँहरू जानुभयो। चैतको ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेला, त्यसपछिको स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयहरू उल्लंघन गरेर उहाँ जानुभएको हो।

नेपाल रिडर्स नेपाल रिडर्स
कार्तिक १२, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपा एमालेको दशौं महाधिवेशन यही मंसिरमा हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीका विवादित कदम, पार्टीभित्रको विवादको चरमोत्कर्ष र विभाजनजस्ता ऐतिहासिक घटनापछि हुन लागेको आगामी महाधिवेशन नीति र नेतृत्वका दृष्टिकोणले निकै महत्वपूर्ण छ। यसैबीच पार्टीभित्र विधिको स्थापना र एमालेको अबको कार्यदिशा समाजवादको आधार तयार गर्ने हुनुपर्छ भन्नेमा जोड दिँदै आउनुभएका एमाले उपमहासचिव घनश्याम भूसालले दशैँअघि काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम राख्नुभएको थियो। सो अनौपचारिक कार्यक्रममा पत्रकारहरू र भूसालबीच भएको कुराकानीको सम्पादित अंशः

    एमालेभित्रको पछिल्लो अन्तरसंघर्षमा तपाइँहरू सहभागी हुनुभयो। तर विद्रोहको रूप लिने बेलामा तपाइँहरूले साथ छोड्नुभयो। तपाइँले नै भन्दै आएको ‘चुनावदेखि चुनावसम्म’लाई ध्येय बनाएर अथवा लोगो र पार्टीको ब्रान्डलाई छोडेर चुनावमा जान सकिँदैन भन्ने भयले नै तपाईँहरूले विद्रोहमा साथ दिने आँट नगरेको भन्ने टिप्पणी आएको छ नि? यसमा के भन्नुहुन्छ?

    हामीले ललितपुरमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा पनि ‘न विद्रोह न समर्पण’ भनेका थियौं। तपाईँ पत्रकार साथीहरू यस विषयमा जानकार हुनुहुन्थ्योजस्तो लागेको थियो। त्यस भेलामा विचारका हिसाबमा म नै संयोजक थिएँ। मैले नै राष्ट्रिय भेलाको डकुमेन्ट लेखेको थिएँ। हामीले त्यतिबेलै प्रष्ट ढंगले ‘विभाजन होइन र आत्मसमर्पण पनि होइन’ लेखेका छौं। त्यसपछिका दिनमा पनि हामी त्यही पक्षमा छौं। त्यहाँभित्र केही साथीहरू विभाजनको पक्षमा हुनुहुन्थ्यो। योचाहिँ साचो हो। तर हाम्रो भू–राजनीति, अरुले खेल्ने खेल, अन्तराष्ट्रिय राजनीति र विभाजन गर्नुपर्छ भन्ने साथीहरूको एजेण्डा हेरेर उहाँहरू पनि समाजवादको मुद्दामा केन्द्रित हुनुहुन्न भन्ने थाहा हुन्छ।

    क्रान्तिकारीहरूको कार्यदिशाको कार्यक्रम कस्तो हुन्छ भन्ने कुरामा अहिलेसम्म एजेण्डा नै बनेको छैन। खासमा त्यो मुद्दामा केन्द्रित हुनुपर्ने हो। एमालेमै केन्द्रिकृत भएर नै यो मुद्दामा केही गर्न सक्छौं भन्ने हाम्रो भनाई थियो। माधवजीले त्यतापट्टि ध्यान दिनुभएन। धेरै सैद्धान्तिक मुद्दामा कमरेड माधव नेपाल पस्नै चाहनुभएन। आँट भएपछि ठिकठाक हुन्छ भन्नेतिर उहाँहरू जानुभयो। त्यसकारण हामीले छोडेको होइन, उहाँहरूले छाड्नुभएको हो। चैतको ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेला, त्यसपछिको स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयहरू उल्लंघन गरेर उहाँ जानुभएको हो। हामी पनि ‘चुनावदेखि चुनावसम्म’कै गोलचक्करमा फस्यौं कि प्रश्नमा म इतिहासका दुईवटा घटना सम्झिन्छु। हामी अनेरास्ववियुमा छँदाताक धेरै लडाइँ र संघर्ष ग-यौं।

    चेर्नोबिल दुधकाण्डविरुद्ध पनि हामीले आन्दोलन गर्यौँ। चेर्नोबिलमा एउटा आणविक दुर्घटना भयो। त्यतिबेला पोल्यान्डमा भएको दुध ‘रेडिएटेड’ भएको बताइएको थियो। त्यो दुध यहाँ ल्याइएपछि हामीले त्यसको विरुद्धमा ठूलो आन्दोलन ग¥यौं। त्यस्तै, अर्को उल्लेख्य घटनाः सोभियत संघबाट ८४ वटा बाकसहरू नेपाल आए। त्यसबेला यहाँ सोभियत संघको राजदुतावास बन्दै थियो। हामीले साम्रज्यवादबाट गोप्य रुपमा के–के सामान आए भनेर ठूलो विद्रोह ग¥यौं। हामीमध्ये कतिले कुटाइ खाए, हामी सैयौँ जेल गयौं। यी दुईवटा आन्दोलन भए। तर पछि फर्केर हेर्दै जाँदा त न दुधमा केही समस्या थियो न ती ८४ बाकसमा केही फेला परे।

    उतिखेर ‘राष्ट्रपुकार’ नामको कांग्रेस पक्षीय पत्रिकाले ८४ बाकस आइरहेको कुरा लेखिरह्यो। तर कांग्रेसबाट आन्दोलनमा कोही निस्केनन्। हामी मालेका विद्यार्थीहरूमात्रै सडकमा निस्कियौं। तर आखिर हामीले कसका लागि लड्यौँ त? मैले यो सन्दर्भ हामी कति सहजै बहकिन्छौँ भन्ने बुझाउन उल्लेख गरेको हुँ। र, हामी चुनावदेखि चुनावसम्मका लागि भनेर एमालेमा रहेको होइन। चुनावलाई मात्रै ध्यान दिने हो भने त यताभन्दा त त्यतैपट्टि (समाजवादीतर्फ) सजिलो छ। पार्टी विभाजनपछिको सन्दर्भमा माओवादी, संघीय समाजवादी, कांग्रेस लगायतसँगको गठबन्धनमा नै चुनाव लड्न सजिलो होला, होइन र? त्यसैले चुनावदेखि चुनावसम्मकै लागि हामी एमालेभित्रै रहेको कुरा बेकारको आक्षेप मात्रै हो। मुख्यतः विभाजनमा जाने खालको ओरियन्टेसन नै थिएन हाम्रो, पार्टी विभाजन गर्नु हुँदैन भन्ने नै थियो।

    र, अर्को कुरा, वास्तवमा आजसम्म विभाजित पार्टीहरू किन बलिया बनेनन्? किन तिनले प्रणालीका रूपमा विकसित भएनन्? यसो भन्दै गर्दा माओवादी र पहिलेको माले त बन्यो नि भन्ने कुरा पनि आउला। तर व्यवस्थाका विरुद्ध हतियार उठाएका सानो समूहबाट सिस्टमका रुपमा इभल्भ हुँदै विस्तारित भएका पार्टीहरू हुन् ती। दशथरीका मान्छेहरू जम्मा गरेर र ठूलो पार्टी बनाएर चुनावमा जान्छु भन्ने एउटै पनि पार्टीले आफूलाई विकास गरेका छैनन्। टुक्रिएर गएका मधेशवादी पार्टी र माओवादीबाट फुटेर गएका पार्टीले पनि आफूलाइए विकास गरेनन्। हामी फुट्यौं, हामीले पनि आफूलाई विकास गरेनौं, कांग्रेस फुट्यो, कांग्रेस पनि बनेन। त्यसो हुँदा यो ‘ग्रो’ गर्ने बाटो होइन। मैले यसअघि भनेको थिएँ, ‘यो तरिकाले कलमी हुँदैन कमरेड।’

    दशौं महाधिवेशनमा अब तपाइँहरूको भूमिका वा दाबी के हुन्छ भन्ने कुरामा धेरैको चासो छ। त्यसमा केही भनिदिनुहुन्छ कि?

    केही समयअघि सम्पन्न पार्टीको विधान महाधिवेशनमा कमरेड अध्यक्ष केपी ओलीले भन्नुभएको छ, ‘नीति पुष्पलालको भयो, तर उहाँलाई नेता बन्न दिइएन।’ नीति नै प्रष्ट हुनुपर्ने र त्यसअनुसारको नेतृत्व हुनुपर्ने कुराचाहिँ ओली कमरेडले नै भन्नुभएको हुनाले नेतृत्वको कुरा विवादित विषय नै रहेन कि भन्ने मलाई लागेको छ। यो कुरा उहाँले महाविधेशनको बन्दसत्रमा भन्नुभएको हो। अनेक जालझेल गरेर पुष्पलाललाई नेता बन्न दिइएन। नीति अनुसारकै नेता हुनुपर्ने रहेछ। त्यसो हो भने यो नीतिमा जसले नेता हुन चाहनेछन्, उसले एमालेको नीति हाम्रो हो भनेर पुष्टि गर्नुपर्छ भनेर स्वयम् हाम्रा अध्यक्ष ओलीले जोड दिनुभएको सन्दर्भलाई हेर्नुपर्ने हुन्छ।

    आगामी महाधिवेशनमा नीतिका विषयमा भन्दा पनि खासगरी नेतृत्वका विषयमा नै छलफल हुने छ। यसको संरचना कस्तो हुने भन्ने विषय लगभग सकियो। भर्खरै एमाले नेता ईश्वर पोखरेलले पनि ओलीलाई अप्ठ्यारो पर्नेगरी कुनैपनि पदमा दाबी नगर्ने कुरा बताउनुभयो। त्यसो हो भने आउने महाधिवेशनमा ओलीलाई कुनैपनि प्रकारका अप्ठ्यारा हुँदैनन्, सहज रुपमा छोडिने र दलाल पूँजीवादको विषयमा ओलीको कार्यकाल सकिएपछि मात्रै छलफल हुन्छ भनेर बुझ्दा भयो ?

    होइन। मैले अघि नै भनिसकेको छु। विधान महाधिवेशनले गरेका निर्णयमाथि छलफल हुनेछन् भनेर स्थायी कमिटिमा हामीले सहमति गरिसकेका छौं। दशौं महाधिवेशनले विधान महाधिवेशनका निर्णयलाई करेक्सन गर्न सक्छ। संगठन, नीति र विचार सबैमा महाधिवेशनले करेक्सन गर्न सक्छ। यो नै हाम्रो वैधानिक व्यवस्था हो। अहिले नै नीतिका विषयमा सबै कुरा टुंगिएको छैन। अझै धेरै गर्न बाँकी छ। हामी कम्युनिष्ट पार्टीको नीति–सिद्धान्त–विचारलाई अप्ठ्यारो हुनेगरी केही गर्दैनौँ।

    तपाइँ आगामी महाधिवेशनमा अध्यक्षको उम्मेद्वार हुने सम्भावना छ कि छैन ?

    हरेक पदाधिकारी अध्यक्षमा उठ्नसक्छ भन्ने हाम्रो पार्टीको वैधानिक व्यवस्था छ। उठ्छन् कि उठ्दैन वा त्यो अधिकार आफ्नो हैसियत अनुसार प्रयोग गर्छन् कि गर्दैनन् भन्ने कुरा उनीहरूकै हो। वास्वतमा अहिले सबै राजनीतिक कुन्ठाहरू पोख्ने ठाउँ हामी (ओली कदमको विरोध गरेका एमाले नेताहरू) नै भएका छौं। पार्टीलाई सैद्धान्तिक रूपले नै करेक्सन नगरीकन राजनीतिक मुद्दामा करेक्सन हुँदैन भन्ने मलाई लाग्छ। यही कुरा मैले निरन्तर भन्दै आएको छु।

    म फेरि पनि वैचारिक र सैद्धान्तिक रुपमा पार्टी धेरै प्रष्ट नभईकन राजनीतिक मामलामा मात्रै प्रष्ट हुन सक्दैन भन्ने कुरामा जोड दिन्छु। कांग्रेस, माओवादी र माधव नेपाललाई गाली गरेर मात्रै नेकपा एमालेको श्रीवृद्धि हुँदैन। त्यसैले पार्टीलाई राजनीतिक, सैद्धान्तिक र वैचारिक रूपमै स्पष्ट पार्नुपर्छ। सैद्धान्तिक र वैचारिक रुपले प्रष्ट पार्नका लागि त्यसलाई त्यसै हिसाबले नेतृत्व गर्नका लागि के गर्नुपर्छ, पार्टीभित्रका क्रान्तिकारीले सोच्ने छन्।

    दशौं महाधिवेशनपछि या यो बीचमा ओली एक हिसाबले सैद्धान्तिक रुपमा करेक्सन भइक्नुभएको हो ?

    हिजो उहाँले जे विषयमा विमति देखाउनुभएको थियो, आज त्यसैमा सहमति देखाउनुभएको छ। त्यो चाहिँ साचो हो। तर यसलाई कार्यक्रम र संगठनात्मक सिद्धान्तमा ढाल्न चाहिँ बाँकी छ। यदि यसलाई कार्यक्रम र सिद्धान्तमा नढाल्ने हो भने ‘जनताको बहुदलीय जनवाद’ भन्दै चुनावमा जानु भनेको फेरिपनि चुनावदेखि चुनावसम्म जाने नै काम हो। यस्ता कमी–कमजोरी र राजनीतिक विसंगतिहरू दोहोरिरहन्छन्। सामूहिक प्रणालीमा चलेको यो पार्टीमा यस्ता विसंगतिहरू अघि बढ्न सक्दैनन्। यस महाधिवेशनका प्रतिनिधिहरूले स्वभावैले यिनै विचार र तर्कहरूले नै आफ्नो नेतृत्व रोज्नेछन्।

    तपाइँहरूले संसद विघटन सही थियो र सो कदम आवश्यक हो भनेर स्वीकार गरिसक्नु भएको हो?

    होइन। यो विषयलाई तत्काल हरेक कमिटीमा लगेर विवादित नगरौं भन्ने कुरामा मात्रै हामीबीच समझदारी भएको हो। कमरेड अध्यक्षले पेस गर्नुभएकै प्रतिवेदनमा हाम्रो पार्टीभित्र विवाद थियो। उहाँले यो पार्टीभित्रको विवाद समाधान नभएपछि संसद विघटन गरिदिएँ भनेर लेख्नुभएको छ। त्यो आफैंमा ठीक हो कि होइन भन्ने कुरामा भोली छलफल हुँदै जाने छ।

    ओलीले संसद विघटन ठीक थियो भनेर दाबी गरेका र अदालतलाई तथानाम भनेका कुराहरू पारित भयो, त्यसमा तपाइँहरू पनि हुनुहुन्थ्यो। त्यसरी हेर्दा त तपाइँ पनि त्यो ठीक थियो भन्नेमा सहमत भएको जस्तो बुझिन्छ नि ? त्यहाँ किन फरक मत संस्थागत भएन?

    हामीले यस कुरालाई पार्टीभित्र उत्तिकै गम्भीरताका साथ राखेका छौं। संसद विघटन गलत हो भन्ने कुरामा हाम्रो मत उत्तिकै छ, उस्तै छ। त्यो मत स्थायी कमिटीमा पास गरेर विधान महाविधेशनमा पेश गर्ने निर्णय हामीले गराउन सकेनौं। कुरा यत्रि मात्रै हो। त्यसो गर्दा हामीले हाम्रो हिजोको मत छोडेको भन्ने होइन। आगामी दिनमा छलफल गर्छौ भन्ने कुरामा सहमति गरेका छौं। अध्यक्ष त्यसका लागि तयार हुनुभएको छ।

    तपाइँले पाँचदलीय गठबन्धनको भविस्य कस्तो देख्नुभएको छ ?

    यो कुरा नेकपा एमालेमा भर पर्छ। किनभने पाँच दलीय गठबन्धन निर्णायक शक्ति होइन। बाम आन्दोलनको केन्द्र र निर्णायक शक्ति नेकपा एमाले नै हो। यो आफैँ बिग्रियो भने बाम गठबन्धनले सुधार्दैमा सुध्रिँदैन। पाँच दलीय गठबन्धनले सुधारेर पनि सुध्रिन्न। बरु हामी सुध्रियौं भने उहाँहरूलाई पनि सुधारेर लैजान सक्छौँ। त्यसो गर्दा कमरेड माधव नेपालले लिड गरेको पार्टी र अरु पार्टीका बारेमा अलग्गै सोचिराख्नुपर्छ जस्तो लाग्दैन। हामी बिग्रियौं भने उहाँहरू सुध्रेर पनि केही हुँदैन।

    विधान महाधिवेशन समापन गर्ने क्रममा अध्यक्ष ओलीले ‘जनताको बहुदलीय जनवाद कार्यक्रम पनि हो र सिद्धान्त पनि हो’ भन्नुभएको थियो। विधान महाधिवेशन अघिको केन्द्रीय कमिटीमा तपाइँहरूले जबजलाई सिद्धान्त भन्नु ‘अति’ हो भन्नुभएको थियो। अब यो कार्यक्रम मात्रै हो, सिद्धान्त होइन भनेर तपाइँहरूको मत आउने सम्भावना हुन्छ कि हुँदैन ?

    हाम्रो दृष्टिमा जनताको बहुदलीय जनवाद (जबजलाई) मदन भण्डारीले हिजो वैधानिक राजतन्त्र भएका बेला एउटा कार्यक्रमको रुपमा ल्याउनुभयो। उहाँले ‘नयाँ जनवाद मै १४ बुँदा थपिएका छन्, त्यसैले यो बहुदलीय जनवादी कार्यक्रम हो’ भन्नुभयो। जबजले सामन्तवादलाई उन्मूलन गथ्र्यो र गणतन्त्र ल्याउँथ्यो। अब गणतन्त्र आइसकेको अवस्थामा जबजको कार्यक्रम पूरा भयो। अब अर्कोपटक राजतन्त्र हटाउनुपर्ने अवस्था त रहेन। त्यसले गर्दा त्यो कार्यक्रम पूरा नै भइसक्यो भन्ने हाम्रो कुरा हो।

    जहाँसम्म अहिलेको बहसको विषय छ, अस्ति त्यो बन्दसत्र चल्दै गर्दा अन्तिम दिनको स्थायी कमिटीमा मैले कुरा राखेको छुः जबजलाई जति महत्व दिनुपर्ने हो, त्योभन्दा बढी महत्व दिएर यसलाई अहिलेको पनि कार्यक्रम हो भन्यौं भने कमरेड ओलीले भनेको जस्तो ‘नेकपाको निरन्तरता’को कुनै अर्थ हुँदैन।

    सम्पूर्ण कम्युनिष्ट पार्टीको एकता अर्थात् नेकपाको निरन्तरता पनि भन्ने र नेकपाभन्दा पछाडि फर्किएर जबजको कुरा ग¥यौं यसले अरु पार्टी सँग मिलाउनका लागि अप्ठ्यारो बनाउँछ। आफैंलाई अप्ठ्यारो बनाउने कार्यक्रम नल्याऔं भनेर हामीले अस्ति कुरा राखेका छौं। उहाँले यसमा छलफल गरेर जाऔंला भन्नुभएको छ। आउँदो महाविधेशनमा हामी छलफलका लािग सम्पूर्ण हिसाबले प्रयत्न गर्नेछौं।

    जबजको व्याख्या कमरेड ओलीले गर्ने कि कमरेड घनश्याम भूसालले गर्ने भन्ने विषयको विवाद हो अहिले?

    जबजको नाममा चुनावदेखि चुनावसम्म जाने हो वा जबजको इतिहासलाई चुनावबाट पसेर समाजवादतिर निक्लने बाटो बनाउने हो विषयको विवाद हो। यो कुरा धेरै प्रष्ट छ। अहिलेका लागि जनताको बहुदलीय जनवाद चुनावदेखि चुनावसम्म जाने, मन्त्री हुने, प्रधानमन्त्री हुने र कमाउने बाटो हो। त्यसो गर्नका लागि गुटबन्दी गर्नुपर्छ, अर्कालाई सेक्नुपर्छ, कुटाकुट र तानातान गर्नुपर्छ र आफ्नोमात्रै प्राधिकार स्थापित गर्नुपर्छ। यदि चुनावदेखि चुनावसम्म नै जबज हो भनेर जाने हो भने त्यहीबाट गुटबन्दीदेखि सारा विकृतिहरू अझै बढ्दै जानेछन्।

    यी सबै कुरालाई करेक्सन गर्ने हो भने चुनावलाई दलाल पूँजीवादलाई साँघु-याउने, राष्ट्रिय पूँजीको विकास गर्ने र समाजवादको आधार तयार गर्ने माध्यमका रुपमा प्रयोग गर्दै जानुपर्छ भन्ने हाम्रो बाटो हो। कुरो यसमाथिको स्वामित्वको होइन। जबजलाई एउटा थ्योरी बिल्डिङको ढाँचामा राखेर मैले नै व्याख्या गरेको हुँ। बहसका दौरान यो कुरा मैले गर्दै आएको छु। अरु कसैले व्याख्या गर्नु भएको छ भने ल्याउनु भनेर मैले भन्दै आएको छु। त्यसैले संक्षीप्तमा भन्नुपर्दा जबजका नाममा चुनावमा पसेर चुनावमा निक्लने हो वा आजसम्मका अभ्यासका आधारमा अब कम्युनिष्ट आन्दोलनको कार्यदिशा तय गर्दै समाजवादको यात्रामा जाने भन्ने विषयमा नै विवाद हो।

    केही समयअघि नेता बादलले जनताको बहुदलीय जनवाद व्यवहारत पुष्टि भइसकेको सिद्धान्त हो भनेर भन्नुभएको छ नि। यसमा तपाइँ के भन्नुहुन्छ?

    यो विषयमा बादलजीसँग मैले फेरि कुरा गर्नुपर्ने छ। विवादका दौरान एकचोटी त मैले उहाँको कुरा सुनेँ। तर एकचोटी मात्रै कुरा गरेर मात्रै हुँदैन। वास्तविक कुरा बुझ्नका लागि उहाँसँग धेरै छलफल गर्नुछ जस्तो लाग्छ।

    एमाले विभाजनका सन्दर्भमा तपाइँले पटक–पटक भू–राजनीतिको कुरा गरिरहनुभएको छ। बुझ्ने गरी भनिदिनु न, एमाले विभाजन र भू–राजनीतिको सम्बन्ध के छ?

    मैले अघि नै उल्लेख गरेका दुईवटा प्रसंग : ८४ बाकस र दुधकाण्डमा हामीले धेरै नै कुटाई खाएका छौँ। तर पछि बुझ्दै जाँदा त्यो केही पनि होइन रहेछ। त्यो भू–राजनीति हो। आज फर्केर हेर्दा भू–राजनीतिले कसरी काम गर्दो रहेछ भन्ने कुरा यी दुईवटा घटनामा देखिन्छ।
    हामी चीनको छिमेकी हौँ, त्योभन्दा बढी तिब्बतको छिमेकी हौं। आजको महाशक्तिहरूको उदय र अस्तको जुन विश्वव्यापी छलफल चलिरहेको छ त्यसले हामीलाई पनि प्रभाव पारिरहेको हुन्छ। अस्ति बसेको ‘अउकस’ र त्योभन्दा अघिको ‘क्वाड’देखि लिएर जे तयारी हाम्रो वरिपरि भएका छन्, त्यसको असाध्यै घनिभूत प्रभाव पर्ने ठाउँमा हामी छौं।

    त्यसले गर्दा यहाँ सामाजिक–सांस्कृतिक रूपले परम्परागत इतिहास र विरासतका रूपमा बनिसकेका पार्टीहरू जस्तैः एमाले र कांग्रेस विभाजित भए भने हामीकहाँ यी भूराजनीतिक दबाब अझ भयंकर रूपले पर्छन् र त्यसलाई थेग्न सकिँदैन। त्यसैले एमाले र कांग्रेसजस्ता पार्टीभित्र कमिकमजोरी छन् भने त्यसभित्रका क्रान्तिकारी र लोकतन्त्रवादीले लड्नैपर्छ र ती पार्टीहरूलाई करेक्सन गर्नुपर्छ। विभाजनले हाम्रो राष्ट्रिय शक्तिलाई क्षय गर्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.