Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

त्यस्तो हुँदा दलाल पूँजीवादले अदालत र सांसदलाई समेत किनिदिन्छ

कस्तो व्यवस्थामा न्यायाधिशले सरकारसँग मन्त्री माग्छन्? कस्तो राजनीतिक व्यवस्था हो त्यो? अथवा कस्तो सामाजिक राजनीतिक, आर्थिक व्यवस्थामा न्यायाधिशले आफ्नो ‘कोटा’ खोज्छ, कस्तो व्यवस्थामा उसले सेटिङ गर्छ?

घनश्याम भूसाल घनश्याम भूसाल
कार्तिक ७, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हामीले नेकपा एमाले र खासगरी नेपालको आजको राजनीतिमा भएका सबै समस्यालाई हेर्ने र यसको समाधानका बारेमा कुरा गर्ने केही दृष्टिकोण, केही प्रस्थान विन्दु र केही आधार बनाइसकेका छौं। खासगरी आठौं महाधिवेशनदेखि हामीले पार्टीलाई एउटा नयाँ कार्यदिशामा लैजान खोज्यौं। अहिले प्रधानन्यायधिशले सरकारमा भाग मागेको सन्दर्भमा कुरा गर्नुपर्दा हाम्रो प्रणालीका विषयमा केही प्रश्नहरू उब्जन सक्छन् : कस्तो व्यवस्थामा न्यायधिशले सरकारसँग मन्त्री माग्छन्? कस्तो राजनीतिक व्यवस्था हो त्यो? अथवा कस्तो सामाजिक राजनीतिक, आर्थिक व्यवस्थामा न्यायाधिशले आफ्नो ‘कोटा’ खोज्छ, कस्तो व्यवस्थामा उसले सेटिङ गर्छ? यदि राजनीतिक मुद्दामा सेटिङ हुन्छ भने अरु तमाम मुद्दामा त झनै के हुँदो हो? र, कसरी अदालत ‘हाइज्याक’ हुन्छ, कानुन, राजनीतिक नैतिकता, मुल्य र सिद्धान्त कसरी ‘हाइज्याक’ हुन्छ भन्ने कुरालाई एउटा खास एंगलबाट हेर्दै आएका छौं।

    समाचारहरू तथा हाम्रा साथीहरूले तत्कालिन् घटनाक्रममका बारेमा गरेका रिपोर्टिङहरूमा हाम्रो पार्टीभित्रका र कतिपय हामीसँग जोडिएका विषयहरू पनि आइरहेका छन्। खासमा हामीले भन्न खोजेको विषयमा अझैपनि कतिपय ठाउँमा अस्पष्ट भएका कारणले गर्दा मैले यसलाई स्पष्ट पार्न खोजेको हुँ।

    चुनावदेखि चुनावसम्मको गोलचक्कर

    सुरुमा हामीले नेकपा एमालेको आजको समस्या बुझ्नुपर्ने हुन्छ। खासगरी समृद्धि र समाजवादतर्फ जाने र ‘सुखी नेपाली र समृद्ध नेपाल’जस्ता नाराका आधारहरू हामीले पार्टीको आठौं महधिवेशनमा पेश गरेका थियौं। अबको कार्यदिशा कस्तो हुनुपर्छ भनेर हामीले पेश गरेको प्रस्ताव र त्यसबाट गरिएको निर्णयबाट नै सामान्यतः यी सबै मामलालाई हेर्ने र बुझ्ने गरेका छौं।

    २०६२÷६३ यता नेपालको कम्युनिष्ट आन्दोलन एउटा गोलचक्करमा फसेको छ। पार्टीमा जनताको बहुदलीय जनवाद (जबज) नै समृद्धि हो, जबज नै विकास हो, जबज नै सुशासन पनि हो, यो नै चुनाव हो, अदालतको न्याय पनि जबज नै हो र भोलि जे हुन्छ त्यो पनि जबज नै हुन्छ भनेर भनिन्छ। तर पार्टी भने चुनावदेखि चुनावसम्मको गोलचक्करमा फसेको छ।

    चुनाव जतिसुकै खर्चिलो, वेथितिपूर्ण र जतिसुकै विसंगतिपूर्ण होस्, यसलाई सामना गर्नैपर्ने गोलचक्करमा अहिले नेपालका राजनीतिक पार्टी फसेका छन्। चुनावदेखि चुनावसम्मको राजनीतिका कारण जनताको बहुदलीय जनवाद भनेको चुनाव जित्ने, पदमा पुग्ने र अर्को चुनाव जित्ने चक्करलाई बुझ्न थालिएको छ।

    यसलाई अझै व्याख्या गरेर मैले भन्ने गरेको छुः कुनै एउटा कार्यकर्ता चुनाव लड्छ, पद पाउँछ, पद पाएपछि पदअनुसारकै पैसा कमाउँछ, त्यो पैसाले फेरि अझै ठूलो पद किन्छ। हिजो वडाध्यक्ष भएको मानिस अर्को चुनावमा मेयर बन्न तम्सिन्छ। मेयर भइसकेको व्यक्ति त्यो भन्दा ठूलो पदमा पुग्न खोज्छ। यसरी पैसा र पदको चक्कर चलिरहन्छ।

    विद्रोहदेखि चुनावसम्म

    राजनीतिकर्मीको अन्तिम लक्ष्य भनेकै चुनाव जित्नु र पद तथा पैसा प्राप्त गर्नु हुन्छ। चुनावदेखि चुनावसम्मको गोलचक्करमा फसेर जनताको बहुदलीय जनवादको नारा दिइन्छ र पार्टीको पूरै कार्यकर्ता पंक्तिलाई यही गोलचक्करमा फसाउने काम अहिले भइरहेको छ।

    विद्रोहबाट आएको अर्को एउटा पार्टी नेकपा माओवादी (केन्द्र)को पालुङटारदेखि खरिपाटीसम्मका भेलाहरूलाई हेर्ने हो भने त्यहाँ विद्रोहदेखि विद्रोहसम्मको मात्रै गोलचक्कर देखिन्थ्यो। चुनाव र सरकारमा नै विद्रोह प्रयोग गर्छु भन्ने यो पार्टी पनि अहिले वस्तुतः चुनावदेखि चुनावसम्मको गोलचक्करामा फस्यो। सिद्धान्ततः विद्रोहदेखि विद्रोहसम्मको भयंकर र डरलाग्दो गोलचक्करबाट निस्कनका लागि हामीले यस पार्टीलाई सैद्धान्तिक रुपमा योगदान गर्यौं भन्ने हाम्रो दाबी छ।

    चुनावमा जित्नु र चुनावमा जानुमात्रै पर्याप्त छैन। चुनावमा जितेर पनि समाजको रुपान्तरण गर्न सकिएन भने त्यो चुनाव अर्थहिन हुन्छ। त्यसले राजनीति र मुलुकका लागि कुनै योगदान गर्दैन। बरु अरु यस्तै चुनावहरू उत्पादन मात्रै गर्छ र अरु तमाम हजारौं मान्छे चुनावमा लाग्छन्। तल वडादेखि माथिल्लो तहसम्मका मानिस चुनावमा लाग्छन्, चुनावदेखि चुनावसम्म लागिरहन्छन् र तिनले समाजलाई चुनावको विकृतिमा धकेल्छन् र चुनावले समाजलाई नै भ्रष्ट बनाउँदै जान्छ।

    एउटै कार्यदिशा र पार्टी एकता

    यो गोलचक्कर र समाजको यो समस्याबाट मुक्त हुनका लागि कम्युनिष्ट र प्रगतिशील पार्टीले सबैभन्दा सुरुमा दलाल पूँजीवादलाई चिन्नुपर्छ, यसलाई साँघुर्याउनुपर्छ र रुपान्तरण गर्नुपर्छ। यस दौरान राष्ट्रिय पूँजीको विकास गर्नुपर्छ। राष्ट्रिय पूँजीको विकासको यस्तो बाटो अपनाउनुपर्छ जसले समाजवादको आधार तयार गर्छ।

    कम्युनिष्ट पार्टीहरू विद्रोहदेखि विद्रोहसम्म वा चुनावदेखि चुनावसम्मको गोलचक्करमा फस्नु हुँदैन। चुनाव के का लागि ? जित के का लागि ? हारियो भने पनि हाम्रा मुद्दा के हुनेछन्? चुनावमा जित्दा होस् या हार्दा कम्युनिष्ट पार्टीको उद्देश्य भनेको दलाल पूँजीवादलाई साँघुर्याउने, राष्ट्रिय पूँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने हुनुपर्ने छ।

    हामीले एमालेको आठौं महाधिवेशनमा कम्युनिष्ट पार्टीको यही उद्देश्यको कार्यदिशा ल्याइसकेका थियौं। माओवादी केन्द्र पनि यही कार्यदिशामा आयो। नेकपा एमाले पनि नवौं महाधिवेशनसम्म पुग्दा यस कार्यदिशामा प्रष्ट भयो र दलाल पुँजीवादलाई साँघुर्याउने, राष्ट्रिय पूँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने उद्देश्यको आधारमा एमाले र माओवादीको एकता पनि भयो।

    यदि नेकपाको पार्टी एकताको डकुमेन्ट हेर्ने हो भने त्यहाँ यस कार्यदिशालाई प्रष्टसँग लेखिएको छ। नेकपा एमालेले नवौं महाधिवेशन र माओवादीको हेटौडा कंग्रेसले भनेको भन्दा अझ प्रष्ट कार्यदिशा नेकपाको एकता प्रतिवेदनमा उल्लेख गरिएको छ। यसैलाई हामीले कार्यक्रम भन्यौं। तर कार्यदिशा मात्रै आयो। त्यो कार्यदिशाअनुसार राष्ट्रिय पूँजीको विकास गर्न र समाजवादको तयारी गर्न खास के के गर्नुपर्छ भनेर छलफल नै भएन।

    विभाजनको परिणाम

    राष्ट्रिय पूँजीको विकास गर्न र समाजवादको तयारी गर्न के के गर्नुपर्छ भन्ने कुराको व्याख्या नगर्ने हो भने पार्टी फेरि पनि चुनावदेखि चुनावसम्म फस्न पुग्छ। यस कार्यदिशातर्फ हामी जान सकेनौं भने राजनीतिले कार्यकर्तालाई भ्रष्ट बनाउन र यिनै विभिन्न किसिमका चलखेल गर्न थाल्छ। र, दलाल पूँजीवादले अड्डा अदालत र सांसदलाई किनिदिन्छ।

    नेकपा कालमा पनि दलाल पूँजीवादको विरोधमा उल्लेखनीय काम नभएको तपाइँ हामीले देखेकै छौं। यस कार्यक्रमको व्याख्या गर्न र यसलाई अंगालेर अघि बढ्नतर्फ नलागेर हामी आन्तरिक शक्ति संघर्षमै लाग्यौं र पार्टी कार्यक्रमविहिन बन्यो। पार्टीलाई कार्यक्रम दिएर अगाडि बढ्नमा केन्द्रित नहुने दिशातर्फ हामी विभाजित भयौं। मूलतः विभाजित हुनुपर्ने कारण नै छैन। राजनीतिक सैद्धान्तिक रुपमा सबैले दलाल पूँजिवादलाई साँघुर्याउने, राष्ट्रिय पूँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने नै नारा दिन्छन्। तर विडम्बना यो एउटै नारा बोकेका पार्टी तीनवटा पार्टीमा विभाजित भइसकेका छन्।

    आन्तरिक सहमति

    अब कम्युनिष्ट आन्दोलनमा समृद्धि र समाजवाद अथवा राष्ट्रिय पूँजीको विकास र समाजवादको तयारीको कार्यक्रम बनेन भने नेपालको राजनीति निरन्तर यही गोलचक्करमा फसिरहने छ। केही दबाबका कारण भर्खरै सम्पन्न नेकपा एमालेको विधान महाधिवेशन भने उपलब्धिमूलक रहेको मैले मानेको छु। अध्यक्ष केपी शर्मा ओली कमरेड र उहाँको पंक्ति नै नवौं महाधिवेशनको त्यो कार्यदिशामा सन्तुष्ट थिएनन्। उहाँहरू त्यो कार्यदिशा ठीक होइन, मदन भण्डारीले जे–जे भनेका थिए त्यो नै पर्याप्त छ, नेपाल अहिले पनि सामन्तिवादी मुलुक हो, सामन्तिवादीको अवशेषहरूसँगै लड्नुपर्छ भन्ने अडानमै हुनुहुन्थ्यो।

    त्यसबेलासम्म उहाँहरू राष्ट्रिय पूँजी र समाजवादको तयारी गर्ने बेला भएको छैन भन्दै हुनुहुन्थ्यो। अस्तिसम्म आइपुग्दा ओलीजी नै दलाल पूँजीवाद र यसलाई कसरी चिन्ने भन्ने कुराको व्याख्या गर्ने ठाउँसम्म आइपुग्नु नै यो विधान महाधिवेशनको सकारात्मक पक्ष हो। यसर्थ, नवौं महाधिवेशनमा हामीले जुन कार्यदिशाको कुरा गरेका थियौं अब त्यसमा विवाद रहेन।

    पार्टीको विधान महाधिवेशनका क्रममा भएको आन्तरिक छलफलमा पार्टीको दशौं महाधिवेशनले विधान महाधिवेशनका निर्णयलाई करेक्सन गर्नसक्छ भन्ने कुराको सहमति भएको छ। त्यहाँसम्म जानका लागि बाटो खुल्ला छ। ओलीले विधान महाधिवेशन मै मत मतामतको कुरा नगरौं भनेर गम्भीर रुपमा कुरा राख्नुभयो। भर्खरै पार्टी विभाजित भएको अवस्थामा यही मुद्दालाई लिएर कार्यकर्ताबीच कित्ताकाटको अवस्था नहोस् भनेर हामी एउटा सहमतिमा पुग्यौं।

    जबजः फेज आउट

    यदि एमालेले हामीले तय गरेको यो कार्यक्रम सम्पन्न गर्न सकेन भने यसले कुनैपनि विकास गर्न सक्दैन। समस्या यहीँनेर छ। जनताको बहुदलीय जनवादको कुरा गर्दै फेरि पनि चुनावमा जाने र सत्तामा पुग्ने प्रतिस्पर्धामै हामी लागिरहने नै छौं। यसले मुलुकलाई केही योगदान दिनेवाला छैन। जबज भनेर हामीले जतिसुकै भनेपनि कार्यक्रमका हिसाबले यो ‘फेज आउट’ भइसक्यो भनेर हामी उतिखेरै भनिसकेका हौं। त्यसका केही तथ्यहरू हामीले राखेका छौं।

    चे ग्वेभारा भयंकर क्रान्तिकारी भएका कारण उनी धेरै चर्चित थिए। उनी पपुलर भएपछि युरोपमा केही कम्पनीले उनको फोटो टाँसेर महिलाका अन्तरवस्त्र बनाएको विषयमा एकपटक विवादसमेत भएको थियो। यसबाट थाहा हुन्छ कि दलाल पूँजीवादले यस्ता विषयलाई कसरी पैसाको लेनदेनको विषय बनाउँछ।

    सफलताको मानक के हो ?

    जनताको बहुदलीय जनवादलाई पनि हामीले सत्ताको सिँढीमात्रै बनाएर गयौं। त्यस कार्यक्रमलाई ठोस रुपमा कार्यन्वयन गर्नतर्फ गएनौं। रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासन नै अहिलेको मोटो कार्यक्रमको रुपरेखा हो। हरेक क्षेत्रमा सुशासन, शिक्षा र स्वास्थ्यमा राज्यको जिम्मेवारी हुनुपर्छ। रोजगारी भन्नेबित्तिकै कृषि र उद्योगमा के गर्न सकिन्छ भन्ने खाका ल्याउनुपर्ने हुन्छ।

    कुनैपनि सरकारले यी चार/पाँच वटा विषयमा प्रष्ट भन्न सक्यो र सोही अनुरुप कार्यान्वयनको दिशातर्फ जाने काम ग-यो भनेमात्रै त्यो सरकार सफल भएको मान्न सकिन्छ। धरहरा, रानीपोखरी र दरबार हाइस्कुल बनाउनुलाई नै सफलता र विकासको मानक बनाउन सकिँदैन।

    कृषिको जनसंख्यालाई उद्योगमा लग्यौं, श्रमजिवीको जीवनस्तर उकास्न हामीले यति गर्यौं, त्यो उक्सिएको जीनस्तरले शिक्षा र स्वास्थ्यमा यति ग¥यो र यो सबै व्यवस्थापनका लागि सुशासनमा यति गर्यौं भन्ने जस्ता मानकमा हाम्रो ध्यान गएन। कुनैपनि व्यक्ति एमाले वा वामपन्थी हुनका लागि उसले शिक्षा, स्वास्थ्य र रोजगारीमा कस्तो दृष्टिकोण राख्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। उसको सोच, हिँडडुल, उठाइ, बसाई, लेखाई, बोलाई जस्ता कुराकै आधारमा उसको विचार छुट्टिन्छ।

    मूल प्रश्न

    यो कार्यक्रम सम्पन्न भएन भने हामी कांग्रेसजस्तै नै हुने भयौं। यो गोलचक्करको वरिपरि दशौं महाधिवेशन आउँदै छ। मैले यसतर्फ सबैको ध्यानाकर्षण गराउन खोजेको हुँ। आउने महाधिवेशन पनि यो गोलचक्करबाट मुक्त हुने तर्फ नेकपा एमालेले के गर्छ वा के गर्दैछ भन्ने नै आजको मूल चासोको विषय हो। सञ्चार माध्यमले पनि अब यसै एंगलबाट हेर्नुपर्ने हुन्छ। एमालेले अब राष्ट्रिय पूँजीको विकास गर्ने र समाजवादको आधार तय गर्ने काम गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न यदि कसैले गर्छ भने म भन्छुः अवश्य सक्छ।

    यसतर्फ जाने अभ्यास एउटा आफैंमा डेमोक्रेटिक हुने अभ्यास हो। स्वयम् नेकपा एमाले धेरै डेमोक्रेटिक अभ्यासबाट गुज्रिँदै आएको पार्टी हो। सामूहिकता र संगठनात्मक प्रणाली विकासित भएर एमाले बनेको हो। तर पछिल्ला दिनमा हाम्रो सामूहिकता र संगठनात्मक प्रणाली धेरै नराम्ररी बिग्रदै गएको छ।

    गएको विधान महाधिवेशनलाई नै हेर्ने हो भने हाम्रो सांगठनिक–संस्थागत जीवन ध्वस्त भइसकेको पाउँछौं। संस्थागत रुपमा पार्टीको दशौं महाधिवेशनका बारेमा काहीँपनि छलफल भएन। दशौं महाधिशेवन कहाँ हुँदैछ भन्ने विषयमा समेत छलफल भएन।

    विधिमा चल्ने प्रणालीको आवश्यकता

    एउटा पार्टीले कस्तो नारा दिन्छ, कस्ता विचार बोक्छ र सारा प्रतिनिधिलाई कतातर्फ लैजान्छ भन्ने विषय यहाँ महत्वपूर्ण देखिएन। अहिले पार्टीको नारा, विचार र विधान भन्दा व्यक्ति महत्वपूर्ण देखिएको अवस्था छ। संस्थागत प्रणाली भत्किएकाले नै तपाइँले ओलीजी निर्विकल्प देखिएको ‘होडिङबोर्ड’ र ‘बुख्याँचा’ देखि लिएर व्यक्तिलाई महत्व दिएर बनाइएका गीतहरू देखिनु र सुनिनुको कारण नै एमालेमा आन्तरिक रुपमा संस्थागत जीवन नराम्ररी ध्वस्त हुनु हो।

    यो क्रम चलिरह्यो भने हामी अझै ठूलो संकटतर्फ जाने छौं। यसर्थ, अब हाम्रो जोड पार्टीलाई संस्थागत जीवनमा र व्यक्तिले विधिलाई नभएर विधिले व्यक्तिलाई हिँडाउने प्रणालीमा फर्काउनुमा हुन्छ। व्यक्तिले विधि बनाइदिने र अरु सबै त्यसमा हिँड्छन भने विधि भत्किने नै भयो। सबैको सहभागितामा विधि बनाउने र त्यस विधिमा व्यक्ति हिँड्नुपर्नेमा अहिले व्यक्तिले बनाएको विधिमा अरु हिँड्ने अभ्यास हुँदैछ कि भन्ने डर हामीमा छ।

    त्यसैले यही वरिपरि रहेर वा यस मुद्दालाई मध्यनजर गरेर पार्टीले कार्यक्रम दिन्छ कि दिँदैन र अहिलेसम्मका सबै अन्यौलतालाई तोडेर जान्छ कि जाँदैन भन्ने प्रश्नहरू आज विद्यमान छन्। यही प्रश्नहरूका बीचमा अब हामी दशौं महाधिवेशन गर्दैछौं। त्यसैले अबका खास मुद्दा, विवाद र बसहहरू अहिलेको समस्या र राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको आधार तयार गर्नुमा केन्द्रित हुनुपर्नेछ।

    दशैँअघि पत्रकारहरूसँगको  एक भेटघाटमा एमाले उपमहासचिव घनश्याम भूसालले गर्नुभएको अनौपचारिक सम्बोधनको सम्पादित अंश।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.