Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
Monday, May 25, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कम्युनिष्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण र एकीकरणका लागि घनश्याम भूसालको प्रस्ताव

घनश्याम भूसाल घनश्याम भूसाल
पुस २६, २०७९
- विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    करिब डेढ वर्षदेखि मैले सैद्धान्तिक तथा कार्यक्रमिक आधारमा नयाँ उचाइबाट कम्युनिष्ट पार्टीहरूबीच एकता गर्नुपर्छ भनेर पार्टीमा प्रस्ताव राख्दै, सार्वजनिक रूपमा लेख्दै र बोल्दै आएको सर्वविदित नै छ। नेकपा (एमाले)बाट अलग भएपछि मेरा अगाडि या त स्वतन्त्र रहेरै कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकताका लागि स्वतन्त्र अभियान सञ्चालन गर्ने या कुनै कम्युनिष्ट पार्टीमा सहभागी भएर त्यस दिशामा काम गर्ने विकल्प छन्।

    कम्युनिष्ट तथा वाम आन्दोलनमा योगदान गरेका, तर अहिले कुनै पार्टीमा संगठित नरहेका र वैकल्पिक राजनीतिको खोजीमा लागेका कैयन् प्रगतिशील तथा वाम झुकावका साथीहरूसँग नेपालको राजनीतिमा गर्नुपर्ने प्रगतिशील रुपान्तरणबारे देशव्यापी रूपमा बहस चलाउँदै एकता तथा रूपान्तरण अभियान सञ्चालन गर्ने विषयमा छलफल गर्दै आएको छु। मुख्य कुरा, कम्युनिष्ट पार्टीको पुनर्गठन, रुपान्तरण र एकता भएकोले नेकपा (एकीकृत समाजवादी)मा संगठित भएर त्यसतर्फ अगाडि बढ्न तपाईंहरूले गर्नु भएको आग्रहको महत्त्वलाई मैले बुझेको छु।

    यसबीच भएका अनौपचारिक छलफलमा एकीकृत समाजवादीका सबैजसो नेता/कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाउनु भएको तत्परता सकारात्मक छ। यसै सन्दर्भमा, यस कार्यदलले मसँग छलफलका लागि गरेको प्रस्तावलाई स्वागत गर्छु र मेरा प्रस्ताव निम्नानुसार राख्न चाहान्छु :

    हाम्रो राजनीतिक वैभव र अवसर
    १. नेपालको राजनीतिमा कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले सर्वथा प्रभावकारी भूमिका खेलेका छन्। त्यसमध्ये कम्युनिष्ट पार्टीको योगदान अझ विशिष्ठ छ। सामाजिक न्याय र विकेन्द्रित विकासका मुद्दाहरू राष्ट्रिय राजनीति र राज्यमा स्थापित हुनु तथा संघीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी राज्यको स्थापना हुनु नेपाली राजनीतिले करिब आठ दशकमा हासिल गरेका सबैभन्दा ठूला उपलब्धि हुन्। ती उपलब्धीमा कम्युनिष्ट पार्टीले अगाडि सारेका मुद्दा र उनीहरूले गरेका संघर्षको निर्णायक भूमिका थियो।

    संसदीय लोकतान्त्रिक अभ्यास र सशस्त्र संघर्षका बाटोबाट अगाडि आएका कम्युनिष्ट पार्टीका भूमिकालाई एकै ठाउँमा राखेर सिंगो कम्युनिष्ट पार्टीका रूपमा हेर्दा हामी कम्युनिष्टहरू नै यो राजनीतिक तथा बौद्धिक—सांस्कृतिक वैभवका मुख्य उत्तराधिकारी हौँ भनेर गरिने दाबीलाई कसैले चुनौती दिन सक्दैन। आज कम्युनिष्ट पार्टी विभाजित रहेको हुँदा त्यो गौरव पनि विभाजित छ।

    नेकपा विभाजित भएर एमाले र माओवादी केन्द्र ब्युँताइएपछि ती दुवै पार्टीले इतिहासलाई आ-आफ्ना संकीर्णतामा व्याख्या गर्न थालेका छन्। तर एकीकृत समाजवादी इतिहासका ती जडताबाट मुक्त भई इतिहासको व्याख्या गर्न सक्ने ठाउँमा उभिएको छ।

    इतिहासमुखी होइन, भविष्यमुखी भएर आन्दोलनबारे सोच्ने हो भने त्यो वैभव असाधारण अवसर पनि हो। इतिहासमा भएका सबै उपलब्धि र कमजोरीहरू हाम्रा साझा विरासत हुन् भन्ने उन्नत चेतनाले मात्रै आन्दोलनलाई वास्तविक पुनर्गठन, रुपान्तरण र एकताको धरातलमा उभ्याउन सकिन्छ। त्यस अवसरलाई हरेक हिसाबले उपयोग गर्न यो पार्टी अगाडि बढोस् भन्ने चाहन्छु।

    २. संसदीय लोकतान्त्रिक अभ्यास र सशस्त्र संघर्षका अगुवा एमाले र माओवादी केन्द्रजस्ता दुईवटा ठूला कम्युनिष्ट पार्टीहरूले एउटै घोषणापत्रका आधारमा निर्वाचन लड्नु, संसदमा असाधारण बहुमत पुर्‍याउनु र समाजवाद निर्माण गर्ने कार्यदिशाका आधारमा एकीकृत हुनु सैद्धान्तिक र सांगठनिक दुवै हिसाबले महत्त्वपूर्ण थियो।

    त्यो एकता हाम्रो समाजवादी क्रान्तिका लागि एउटा नयाँ आधार शिविर थियो, अगाडि बढ्नका लागि धेरै अवसरको ढोका खुलेको थियो। तर तत्कालीन संसदको विघटन र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनले समाजवादतर्फ रूपान्तरणको असाधारण सम्भावनालाई भत्काएको छ।

    उक्त घटना कम्युनिष्ट पार्टीको लागि मात्रै नभएर मुलुकको लोकतान्त्रिक स्थीरता र समृद्धि तथा समाजवादको सम्भावनामाथि प्रहार थियो। त्यो पार्टी विभाजित भएर अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बनेका छन्। अर्थात्, हामी माथिल्लो आधार शिविरबाट तल झरेका छौँ। हामी फेरि त्यहि आधार शिविरमा नफर्की सुखै छैन।

    तर अहिले एमाले नवौँ महाधिवेशनभन्दा पनि पछाडि फर्केर जनताको बहुदलीय जनवादलाई २०४७ सालको संविधानको वरिपरी कैद गर्न पुगेको छ। अर्कोतर्फ माओवादी केन्द्रले समाजवादी कार्यदिशा त लिएको छ, तर मार्गनिर्देशक सिद्धान्तमा ‘माओवाद’ नै कायम राखेर सैद्धान्तिक गञ्जागोलमा फसेको छ, पछाडि फर्केको छ। एकिकृत समाजवादी सैद्धान्तिक रूपमा अहिले पनि नेकपाकै विन्दुमा छ, पार्टी एकताको दस्तावेजमा उल्लेख भएको समाजवादी कार्यदिशामा स्पष्ट छ।

    अर्थात् कुनै दिन नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले एकीकृत समाजवादी कायम रहेको सैद्धान्तिक विन्दुमा नफर्किकन सुखै छैन। एकीकृत समाजवादीले आफूमा आएको जिम्मेवारी पूरा गर्ने संकल्पका साथ अगाडि बढोस् भन्ने मेरो शुभकामना तथा आग्रह छ।

    अहिलेका कार्यभार
    ३. २०६२/६३ को जनक्रान्तिपछि समाजवाद निर्माणको कार्यदिशा सुनिश्चित गर्नुपर्थ्यो। एमालेको नवौँ महाधिवेशनसम्म आउँदा हामीले त्यो ऐतिहासिक काम गर्यौँ। त्यस कार्यदिशामा आधारित रहेर ‘राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने’ पार्टीको कार्यक्रम तयार गर्ने जिम्मा महाधिवेशनले केन्द्रीय कमिटीलाई दियो।

    त्यस कार्यदिशाविरुद्ध रहनु भएका कमरेड केपी ओलीलाई महाधिवेशनले पार्टीको अध्यक्ष निर्वाचित गर्‍यो। त्यसपछि त्यो ऐतिहासिक कार्यभार अवरुद्ध भयो। नवौँ महाधिवेशनपछि मैले निरन्तर यो विषय उठाइ रहेँ। कमरेड ओली र मेराबीच भएका विवादको सबैभन्दा मुख्य विषय यही थियो।

    एमालेले त्यतिबेलै आजको क्रान्तिको ठोस कार्यक्रम (राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने) बनाउन सकेको भए स्थानीय, प्रदेश तथा केन्द्रीय तहका पार्टी संगठन, सम्पूर्ण जनसंगठनहरू, सबै तहका सरकारहरू र सम्पूर्ण पार्टी पंति त्यो कार्यक्रम लागू गर्न परिचालित हुन्थे र मुलुकले आर्थिक तथा सामाजिक विकासका सबै क्षेत्रमा एकताबद्ध राष्ट्रिय राजनीतिक नेतृत्व पाउँथ्यो। राज्यका सबै नीतिहरू रोजगारी सिर्जना र सामाजिक न्यायका मुद्दामा ठोस रूपमा केन्द्रित हुन्थे।

    कृषि, उद्योग, पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, सुशासनलगायत सबै क्षेत्रमा ठोस योजनाहरू बनाइन्थे। राष्ट्रिय स्वाधीनता र हितमा आधारित भएर संविधानले निर्दिष्ट गरेअनुसार विदेश सम्बन्ध सञ्चालन गरिन्थ्यो। राष्ट्रिय हित र विकासका लागि जनताको अझ ठूलो पंक्ति कम्युनिष्ट पार्टीको वरिपरि गोलबन्द हुन्थ्यो, राष्ट्रिय एकता अझ सुदृढ हुन्थ्यो। नेपाली समाजवादको भ्रुण विकसित हुन्थ्यो। समाजवादको त्यो भ्रुण आजको विश्व परिस्थितिमा कम्युनिष्ट पार्टीले कसरी समृद्धि र समाजवाद कार्यान्वयन गर्न सक्छ भन्ने एउटा उदाहरणीय नमूना बन्न सक्थ्यो।

    संसद विघटन र त्यसका साथै विकसित अस्थीरताको राजनीतिक घटनाक्रमले त्यो अवसर गुमेको छ। फेरि पनि, कम्युनिष्ट पार्टीले समाजवादको ठोस कार्यक्रम बनाएर मात्रै अगाडि बढ्न र समाजमा नयाँ आशा र विश्वास जगाउन सक्छ। एकीकृत समाजवादीले एमालेको नवौँ महाधिवेशनले जिम्मा लगाएको ठोस कार्यक्रम बनाउने कामको नेतृत्व गर्दै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध पार्न अगाडि बढ्नु पर्छ।

    ४. हामीले आजको समाजवादको ठोस कार्यक्रम बनाएको भए त्यो कार्यक्रम बोक्ने नयाँ संगठनात्मक सिद्धान्तहरू बन्थे, बनाउनै पर्थ्यो। यो नवौँ महाधिवेशनपछि मैले पार्टीमा उठाइरहेको दोस्रो मुख्य मुद्दा थियो। त्यसो गरिएको भए नयाँ सङगठनात्मक सिद्धान्तका आधारमा पार्टीको विधान बन्थ्यो। त्यसअनुसार समाजवादको ठोस कार्यक्रम लागू गर्ने योग्यता र क्षमताका आधारमा पार्टीका सबै नेता र कार्यकर्ताको मूल्यांकन हुने पारदर्शी र लोकतान्त्रिक पार्टी बन्थ्यो। त्यस्तो पार्टीमा कसैले पनि भ्रष्टाचार गर्दैन भन्ने कुराको ग्यारेन्टी हुन्थ्यो।

    सबै कमिटीहरू अनिवार्य रूपले निर्वाचित हुन्थे, कुनै पनि व्यक्तिसँग कुनै पनि विशेषाधिकार हुँदैनथ्यो। पार्टीका हरेक निर्णय सामूहिक रूपमा, पार्टी कमिटीबाट मात्रै गरिन्थे। स्थानीय, प्रदेश र संघीय सरकारमा पठाइने प्रतिनिधिहरू सबै आआफ्नो तहका सदस्यहरूबाट प्रत्यक्षरूपले निर्वाचित भएर आउँथे। आफ्नो दायित्व पूरा नगर्ने प्रतिनिधिलाई प्रत्याह्वान गर्ने व्यवस्था हुन्थ्यो। गुटबन्दीको कुनै गुञ्जाइस हुँदैनथ्यो। यसरी नयाँ संगठनात्मक सिद्धान्तका आधारमा नयाँ लोकतान्त्रिक र क्रान्तिकारी पार्टी बन्थ्यो।

    एमालेमा कमरेड के पी ओलीको नेतृत्वले गर्दा कम्युनिष्ट आन्दोलनले त्यो ऐतिहासिक अवसर गुमाएको छ। त्यसैले एकीकृत समाजवादीले नयाँ सङगठनात्मक सिद्धान्तहरूको विकास गर्न पहल गर्नु आवश्यक छ। अहिलेका कम्युनिष्ट पार्टीहरूमध्ये लोकतन्त्रमा आधारित क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न पहलकदमी लिने अवसरलाई एकीकृत समाजवादीले एउटा मुख्य कार्यभार बनाएर अगाडि बढ्नु पर्छ।

    ५. हामीले ध्यान दिनुपर्ने कुरा के छ भने, कम्युनिष्ट पार्टीमा रहेर विभिन्न हिसाबले योगदान गरेका, पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका साथीहरूको ठूलो पंक्ति अहिले पार्टीबाहिर छ। कम्युनिष्ट तथा वाम आन्दोलनको समर्थक तथा शुभचिन्तक र आफूलाई कम्युनिष्ट वा वामपन्थी नभन्ने, तर लोकतान्त्रिक, प्रगतिशील विचार भएकाहरूको अझ ठूलो पंक्ति अहिले निराश र कम्युनिष्ट पार्टीप्रति आलोचक हुँदै गएको छ। यसका ठोस र स्पष्ट कारण छन्।

    राज्यसत्तामा सहभागी हुँदै जाँदा, नेताहरूले दलाल पुँजीवादसँग हेलमेल गर्दै जाँदा, त्यसका बलमा गुटबन्दी गर्दै जाँदा क्रमशः हुर्कँदै गएको मूल्यहीन, विचारहीन, सिद्धान्तहीन व्यक्तिवादी, सुविधाभोगी, विकृतिहरूले गर्दा कम्युनिष्ट पार्टीलाई नराम्ररी प्रभावित पार्न थाल्यो। माथिल्लो पंक्तिमा बढ्दै गएको बौद्धिकता तथा ज्ञान—विज्ञानलाई अवमूल्यन गर्ने अर्थात्, तर्क र तथ्यलाई इन्कार गर्ने, दम्भ तथा घमण्डलाई योग्यता ठान्ने, चलखेल र षड्यन्त्रलाई नै राजनीति र शक्ति प्रदर्शनलाई नै सफलता देख्ने, पार्टीमा विचारका असहमतिको समाधान निन्दा/भर्त्सनामा खोज्ने, प्रश्न वा आलोचना सुन्नै नसक्ने प्रवृत्ति बढ्न थाल्यो।

    त्यस्तै, तल्लो तहमा सस्तो र झूठो प्रचारमा रमाउने, व्यक्तिपूजक तथा आत्मप्रशंसामा लिप्त हुने, चाकरी र भक्तिलाई नै व्यक्तित्व विकासको वृत्ति ठान्ने प्रवृत्ति विस्तार हुँदै गयो। जसले गर्दा कम्युनिष्ट पार्टी समाजको वामपन्थी तथा प्रगतिशील विचार राख्ने जागरुक मध्यमवर्गबाट अलग्गिँदै गयो र प्रश्नसमेत गर्न नसक्नेहरूको भिडमा परिणत भयो। झण्डै दुईतिहाइ बहुमत रहेको संसदलाई दृष्यअदृष्य स्थार्थहरूको आग्रह र उक्साहटमा विघटन गर्दा र सुनियोजित रूपमा नेकपा विभाजन गर्दासमेत हस्तक्षेप गर्न नसक्ने पार्टी पंक्ति त्यसको ज्वलन्त उदाहरण हो।

    जसले गर्दा समर्थक, शुभचिन्तकहरूको ठूलो पंक्ति कम्युनिष्ट पार्टीबाट विकर्षित हुन थालेको छ। त्यसैले हामीले कम्युनिष्ट पार्टीमा हिजो निर्माण गरेको उदार, सहिष्णु, आलोचनात्मक, लोकतान्त्रिक, सामूहिक चेतना र स्वतन्त्रतालाई पुनर्स्थापित गर्नुपर्नेछ।

    लाखौँ सदस्यको स्वतन्त्रता, प्रतिष्ठा, व्यक्तित्वमाथि कुनै खास नेताको मात्रै व्यक्तित्व, पहिचान, प्रतिष्ठा हुने अहिलेको संरचनालाई भत्काउनै पर्छ। वैज्ञानिक चेतना भएको, उदार, सहिष्णु, श्रमजीवी, दलित तथा पिछडिएको जनसमुदायप्रति प्रतिबद्ध, स्वाधीन अर्थतन्त्रको पक्षधर, प्रगतिशील, वामपन्थी तथा समाजवादीहरूलाई गोलबन्द गर्दै वा सम्भव भएसम्म सहकार्य गर्दै नयाँ पुस्तालाई पनि भरपर्दो राजनीतिक विकल्प दिन एकीकृत समाजवादीले संस्थागत पहलकदमी लिनु पर्छ।

    मेरो विश्वास
    कम्युनिष्ट आन्दोलनका उपरोक्त ऐतिहासिक अवसरलाई उपयोग गर्ने र कार्यभारलाई पूरा गर्ने संस्थागत संकल्पका साथ एकीकृत समाजवादीले अपील गर्दा देशभित्र र बाहिर रहेका सबै कम्युनिष्ट, समाजवादी, वामपन्थी तथा प्रगतिशीलहरूमा एउटा नयाँ आशा जगाउन सक्छ। पार्टी गठन गरेपछि ब्यहोरेका उतार—चढाव र हन्डर—ठक्करका साथै गत निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसक्दा पार्टी पंक्तिमा निराशा देखा परेको हुनसक्छ।

    तर प्रश्न व्यक्तिगत लाभहानीको होइन र क्रान्तिको हो भने, क्रान्तिकारी पार्टी निर्माणको हो भने, हामीले अभ्यास गरेको औपचारिक लोकतन्त्र र वामपन्थलाई वास्तविक लोकतन्त्र र वास्तविक वामपन्थ बनाउने हो भने, आज पार्टी कति ठूलो वा सानो छ भन्ने कुरा गौण हो। पार्टी ठूलो हुनुमात्रै सबै कुरा हुन्थ्यो भने हामीले दुईतिहाइ शक्तिका साथ संसद्‍मा खडा भएको, संघीय र प्रादेशिक तहमा सबैजसो सरकारहरूमा एकछत्र वर्चस्व भएको असाधारण शक्तिशाली पार्टी बनाएका थियौँ।

    केबल केही व्यक्तिका गुटका स्थार्थका लागि त्यत्रो पार्टी ढल्दै गर्दा हस्तक्षेप गर्न नसक्ने संरचना जतिसुकै ठूलो बनाए पनि त्यसले मुलुकलाई केही दिँदो रहेनछ। हामीले के भुल्न हुँदैन भने, मुलुकमा विचार तथा सिद्धान्तमा आधारित र आन्तरिक लोकतन्त्रको अभ्यास भएको कम्युनिष्ट पार्टीको निर्माण होस् भन्ने चाहाना राख्ने ठूलो क्रान्तिकारी जनमत छ। अहिले केबल यस विश्वासलाई वाणी दिने र साकार गराउने पार्टी र नेतृत्व आवश्यक छ।

    क्रान्तिमाथि बाहिरबाट हुने आक्रमण खतरनाक हुन्छन्, तर भित्रैबाट हुने आक्रमण पनि उत्तिकै खतरनाक हुँदा रहेछन्। तसर्थ, मुख्य प्रश्न हाम्रो आन्दोलन कुन बाटो भएर अगाडि बढ्छ र कति समयमा कस्तो परिणाम निस्कन्छ भन्ने स्पष्ट योजना बनाउनु हो। त्यसरी अगाडि बढ्दा मुलुकले खोजेजस्तो पार्टी निर्माण गर्न सकिन्छ भन्ने कुरामा मेरो गहिरो विश्वास छ।

    (एकीकृत समाजवादीको वाम एकता वार्ता टोलीसँग भुसालले राखेको प्रस्ताव)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.